sapanasansr.com Words Of Wisdom

We have potential to do anything and to be anything. As young women in this world, we are truly limitless” - Maggie Doyne, 2009 Do Something Award Winner ! Read Related Article

Jun 5, 2009

दोबाटोमा तिमीलाई म याद आएँ भने ..... भाग १

मैले डिभोर्स दिएको पनि आज ३ बर्ष भएछ । एक प्रकार ले भन्दा खेरी म मेरो बैबाहिक जीवन भन्दा त यो एक्लो जीवनमा नै खुसी छु । मेरो एउटी मात्र छोरी,खुसीले कहिलेकाहि बाबाले किन हामीलाई माया नगरेको भन्दा नाजवाफ हुन्छु , नत्र भने म पुर्ण रुपमा खुसी छु, उमेशलाई डिभोर्स गरेपछी । उमेश मेरो बाबु आमा को रोजाई थियो, मलाई पनि बिहे अगाडि उ निकै राम्रो लाग्थ्यो ! हाम्रो पारिबारिक पृष्ठभूमि पनि मिल्थ्यो ।काठमाण्डौं युनिभर्सिटी मा मानबिकीको स्नातक तहको अध्ययन को क्रममा उस्लाई मैले पहिलो पटक चिनेकी थिए ।

पछि, म उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका मा एमबीए डिग्री को लागी एउटा राम्रै बिश्वबिध्यालयमा भर्ना भए । उमेश र मेरो संपर्क ईमेल बाट भैईनै रहन्थ्यो । उ कहिले काहि नेपालमा मेरो मम्मी ड्याडि लाई पनि भेट्न जादो रहेछ । एस्ले गर्दा म उ प्रति झन आकर्सित भएकी थिएँ। मेरो एक मात्र दाई पनि बिदेशमा रहेको ले मम्मी ड्याडि मात्र घरमा(नेपालमा) हुनु हुन्थ्यो त्यती बेला !मम्मी ड्याडिले पनि उमेशलाई राम्रै मान्नु हुन्थ्यो र उसलाई ज्वाईको रुपमै हेर्न थालि सक्नु भएको थियो ।

त्यहि साल अमेरिकामै म आफ्नो दाई भाउज्यु को घर बोस्टन मा आफ्नो सेमेस्टर ब्रेक मनाउन जान्छु । त्यहि समयमा मेरो बिनोद संग भेट हुन्छ । बिनोद मेरो दाई को मिल्ने साथि हो । मैले पहिलो पटक उस्लाई त्यहि भेटेकी थिएँ । हो म त्यति खेर न त कुनै प्रेम बन्दनमा नै बादिएकि थिए , न त कसैलाई बिश्वाश नै जगाएकी थिएँ ! तर पनि कता कता उमेश प्रति प्रेमको टुसा पलाउन लागेको मलाई भान हुन्थ्यो तर मैले उमेशलाई बिहे अगाडि मैले कहिल्यै पनि यो भान हुन दिएकी थिईन् ।

त्यहि साल अमेरिकामै म आफ्नो दाई भाउज्यु को घर बोस्टन मा आफ्नो सेमेस्टर ब्रेक मनाउन जान्छु । त्यहि समयमा मेरो बिनोद संग भेट हुन्छ । बिनोद मेरो दाई को मिल्ने साथि हो । मैले पहिलो पटक उस्लाई त्यहि भेटेकि थिएँ । हो म त्यति खेर न त कुनै प्रेम बन्दनमा नै बादिएकि थिए , न त कसैलाई बिश्वाश नै जगाएकी थिएँ ! तर पनि कता कता उमेश प्रति प्रेमको टुसा पलाउन लागेको मलाई भान हुन्थ्यो तर मैले उमेशलाई बिहे अगाडि मैले कहिल्यै पनि यो भान हुन दिएकी थिईन् ।

बिस्तारै मलाई थाह हुन्छ, बिनोद पनि म प्रति आकर्सित हुदैछ भन्ने ! काले काले हिस्सी परेको थियो उ ! उ सार्है सहयोगी पनि थियो । उँ संग मेरो केवट ३ महिना को चिनाजानी छ । मलाई थाह छ, उ मलाई एकदमै भित्र बाटै मन पराउथ्यो ! उस्ले मलाई कम्सेकम ४-५ वटा ईमेल पठायो , हाई ५ र फेसबुकमा मेसेज पठायो । उस्ले मलाई फेसबुक फ्राईन्ड लिस्ट मा एड गर्यो, मेरो घमण्ड ले गर्दा उस्लाई सजिलै मैले स्विकार्न सकिन । मैले उस्को न त कुने मेसेज को जवाफ नै पठाए न त कुने ईमेल नै रिप्लाई गरे ! उ मेरो दाई को घरमा कम्से कम हप्तामा १ पटक केहि न केहि बहाना मा आएकै हुन्थ्यो ! मलाई थाह छ उ म संग बोल्न खोज्थ्यो तर मैले उसको भावना लाई त्यसै लत्याई दिन्थे। उ त्यसपछि १ २ हप्ता मेरो दाईको घरमा आएन । ३ महिनाको समर बिदा सकियकोले , मेरो फर्कने समय आयो , म फर्के । मेरो फर्काई संगै मैले बिनोद को याद हरु लिएर फर्के ।

बाटो भरि बिनोदलाई सम्झे, उस्का सबै राम्रा पक्ष सम्झे , मनमा खुल्दुली लागेर आयो। अनि आफैँमा घृणा जागेर आयो , किन मैले उस्को ईमेल को जवाफ फर्काईन, किन मैले उस्ले बिभिन्न सोसियल साईट बाट पठाएका सन्देस हरु को वास्ता गरिन, आखिर उस्ले के नै लेखेको थियो र ? , केवल मेरो सुन्दरता र कोमलता को प्रसंसा गरेको त थियो, यस्मा उस्को के गल्ती थियो र ?अनि उस्ले मलाई मन पराउनु उस्को गल्ती पनि त होईन । म युनिभर्सीटि पुग्ने बित्तिकै उस्का ईमेल हरु चाहर्छु र प्रफुल्ल हुदै उस्को काखमा निदाउछु केवल सपनिमै भय पनि ! अनि उ संग उस्ले राखेको मित्रताको निम्तो स्विकार्न फेसबुक र हाई फाईब मा लग ईन गर्छु र उस्ले करिब २ महिना अगाडि पठाएको साथीको निम्तो स्विकार्छु ।

अनि म आफ्नो ल्यापटपलाई काखमा राखेर उस्को प्रोफाईल तिर हेर्छु , अनि एकै छिनमा म छाँगा बाट खसे जस्तो हुन्छु , अनि आफूलाई एक्लो पाउछु । उ त्यती खेर नेपाल गएको रहेछ, र बाबु आमा को रोजाईमा नेपालमै हिजो मात्रै बिहे गरेछ । म मेरो प्रेमको पलाउन लागेको मुनालाई दागबत्ति दिन पनि सक्दिन, रात भरि रुन्छु, अनि एक छिन संम्झन्छु, यो समय उल्ट्याउन मिल्ने भय ? यत्तिकैमा रात भरि रुन्छु अनि अचेत अवस्था मै निदाउछु ।राति कति खेर निदाए, मलाई थाहनै भयन, बिहान उठेर बिनोदको बिहेको तस्वीर हरु फेरी हेर्छु । अनि आफ्नो सपना टुटेको पाउछु। अनि आफैलाई धिक्कार्छु ।

त्यसपछि उस्को जीवनमा म कहिल्यै पनि नआउने प्रण गर्दै म उस्को जीवन खुसीँ साथ बितोस् भन्दै कामना गर्छु । घरि घरि यस्तो लाग्थ्यो , म त केटि मान्छे, सामाजिक बन्धनमा बाधिएकी, कम्से कम बिनोद ले विहे गर्न भन्दा अगाडि एकचोटि मलाई उस्ले प्रेम प्रस्ताब राखेको भय, कम्से कम उस्ले घुमाएर कुरा राख्नु सट्टामा सोझै कुरा राखेको भय ! मलाई थाह छ त्यतिखेर मेरो सुन्दराता को घमण्ड, म मा थियो ,मलाई लाग्थ्यो , धेरै भन्दा धेरै केटा हरु मलाई मन पराउन् , मेरो पिच्छा गरुन अनि म सबैलाई मलिन संझौंता मा अल्झाई राखूँ ! आज त्यहि भावना ले मैले बिनोद लाई गुमाउनु पर्यो !

बिहान उठेर बिनोदलाई बिवाह को शुभकामना सन्देस फेसबुकबाट पठाउछुँ र उस्को सफल भविष्य को कामना पनि गर्छु । केहि बेरमै उता बाट बिनोद को रिप्लाई आउछ , "श्रेया, मैले मेरो जीवनमा ठिक गरे या गरिन, चाहेको पाएँ या पाईन , तर पनि जे चाहेँ जे पाएँ र जे गरेँ, जानि जानि कहिल्यै पनि कसैको मन दुखाउने प्रयास मा गरिन् । आफुँले चाहेको भन्दा पनि जे लेखिएको छ , त्यहि हुदौ रहेछ। तिमी सधै खुशी रहनु, जीन्दगी को यात्रा मा कुनै पनि दोबाटोमा तिमीलाई म याद आएँ भने मैले आफुँलाई भाग्यमानि ठान्ने छु । उहि, बिनोद ! " म फेरी रुन्छु , सोच्छु यो समय उल्टाउन पाय, कति सुन्दर हुन्थ्यो होला यो संसार ! कम्से कम संझनामै भए पनि एक छिन बिनोद को अंगालो मै हराउछु ! थाहै नपाई त्यो दिन पनि उसैको संझनामा घरमै एक्लै बिताउछु !

समयले सजिलै कोल्टो फेर्दो रहेछ , उमेश पनि अमेरिका आउछ, उता नेपाल मा उमेसका बाबा आमा र मेरा बाबा आमाले हाम्रो बिहे को लागि संझौता गर्छन् , अनि हामि करिव ६ महिना पछि नेपाल गएर बिवाह बन्धनमा बादिन्छौं । बिवाह अगाडि मैले बिनोद को बारेमा सबैकुरा उमेशलाई सुनाई सकेको हुन्छु् । उस्ले पनि मलाई त्यती खेर एउटा सान्तोना दिएको थियो । बिहेको १ बर्षमै हाम्रो माया को उपहार "खुशी" पाउछौ हामी, उ हाम्रो एक्ली छोरी हो । खुशी को पहिलो बर्ष जन्म दिनको उपलक्ष्य मा हामीले यहिँ अमेरिकामै सानो जन्म दिन कार्यक्रम राख्छौ जुन दिनले मेरो जीवनमा भुई चालो नै ल्याई दियो । त्यो दिन रक्सी खाएर उमेशले म संग आफुँ हाम्रो बैबाहिक बन्दन संग असन्तुष्टी भएको कुरा म संग राख्यो ! खुशी को खुशी त्यहि दिनमानै छिनियो जस्तो लाग्यो मलाई । हामी करिव १ महिना जति बोलेनौ र उल्टो मैलेनै माफि मागे ! तर त्यती बेलासंम्म बिनोद अर्कै मेरो साथी को साथी संग प्रेम बन्धनमा परिसकेको रहेछ । मैले मेरो बाबा आमा तथा दाई भाउज्यु संग सल्लाह गरेर उस्लाई डिभोर्स दिने र बाकी समय खुशी को खुशी को लागि समर्पण गर्ने बाचा बाध्छु र त्यहि हप्ता मै, म र उमेश डिभोर्स गर्छौ ।

यत्तिकैमा ३ बर्ष खुशी को लागीनै संघर्ष गर्दैमा बितेछ, बिच बिचमा बिहे को प्रस्ताब पनि नआएको होईन तर पनि मलाई अव बिहेमा ईक्षा नै नभयको ले मैले सबै प्रस्ताब अस्वीकृत गरेँ। आजो खुशी को चौथो जन्म दिन , मेरो बिगत संझन मन लाग्यो , उमेश लाई संझे अनि बिनोद लाई संझे उमेश र बिनोद जहा भए पनि उनि हरु दुबै जना सुखी हुन , यहि कामना गर्छु । र जादा हादै आज म बिनोद संग माफी माग्न चाहन्छु अनि तिम्रै यी बाक्या सापट लिन चाहन्छु , "बिनोद, मैले मेरो जीवनमा ठिक गरे या गरिन, चाहेको पाएँ या पाईन , तर पनि जे चाहेँ जे पाएँ र जे गरेँ, जानि जानि कहिल्यै पनि कसैको मन दुखाउने प्रयास मा गरिन् । आफुँले चाहेको भन्दा पनि जे लेखिएको छ , त्यहि हुदौ रहेछ। तिमी सधै खुशी रहनु, जीन्दगी को यात्रा मा कुनै पनि दोबाटोमा तिमीलाई म याद आएँ भने मैले आफुँलाई भाग्यमानि ठान्ने छु । उहि,श्रेया! "




9 comments:

Universe said...

It is sad indeed, this is like those “what if” questions that we keep asking in all those situations in life!
I wish for everyone to have that strength to stop “the miserable life that they have” and move on if the situation demands it.
I believe we get what we are meant for or what is written for us. I wish that there was a happy ending to every love story and that there was no tragedy in anyone’s life. I wish people got what they wanted and that there was love between two people all through their life time. I envy those old people who walk on the side walk holding hands and smiling at each other with their eyes. They must be in their 80s but they still look so much in love as if they fell in love just yesterday. I wish every marriage was like that and that every love story ended like that. But these are just wishes, and life is what we get and what we make out of it.
I am glad Shreya moved out of her miserable life and that she is happy. But at the same time I am sad that she has no one to share this wonderful life with at this moment. I wish for no one to go through times like those but at the same time I wish for them to have the strength to be happy as everyone deserves to be happy.
Knowing or unknowing we might hurt someone; it is always good to ask for forgiveness. If someone has touched our heart and we have touched theirs I am sure we will think of them and they will think of us at some point in time.
Lovely story.
We are getting a lot of good stories on "love" lately! Seems like everyone is an expert!

Anonymous said...

Listen beauties! She got the result of her past behavior. Self-righteous kills Love.

Anonymous said...

Hi Khusi.........it is late but again HAPPY BIRTHDAY. And I request you to try to put some smile on the face of your Mom because I think sje loves you very much and you know Mom it Mom.

Anonymous said...

Well written, Girls should not feel pride of their beauty ! If you love some one just let him/her know on time !

myaawaz.com said...

"" म त केटि मान्छे, सामाजिक बन्धनमा बाधिएकी, कम्से कम बिनोद ले विहे गर्न भन्दा एकचोटि मलाई उस्ले प्रेम प्रस्ताब राखेको भय, कम्से कम उस्ले घुमाएर कुरा राख्नु सट्टामा सोझै कुरा राखेको भय ! मलाई थाह छ त्यतिखेर मेरो सुन्दराता को घमण्ड, म मा थियो ,मलाई लाग्थ्यो , धेरै भन्दा धेरै केटा हरु मलाई मन पराउन् , मेरो पिच्छा गरुन अनि म सबैलाई मलिन संझौंता मा अल्झाई राखूँ ! आज त्यहि भावना ले मैले बिनोद लाई गुमाउनु पर्यो !""


धेरै जना पछुताउछन, प्रेममा ,
सबै हुने कुराहरु पहिला नै थाहा हुने भएको भए एस्तो हुने नै थिएन । बितेको कुरालाई सम्झिएर मात्र केही हुने छैन । जिन्दगी नै यस्तै छ । सबै सोचेको पुग्ने भए आज मान्छे कहाँ हुन्थे ,

Samjhana said...

If you don't take the right decision at right time you will regret on your whole life. Oportunity knocks, you should be able to recognize it.
Well done sapanasansar, good piece ! Keep writing.

Anonymous said...

Really a good pice of writing...The story is really heart touching...

Anonymous said...

khot kasko maya ma!! shreya ko ki umesh ko!!! antya ma binod lai adress gareko dekhda ta yesto laagchha ki jun eak barsa ko baibahik sambandha thiyo, tyo kewal eauta samjhauta maatrai thiyo...yedi umesh ko saath vayeko tyo eak barsa pani binod kai yaad ma dubeko vaye sambandha ma asantusti swabavik ho!!! khot kasko maya ma ta!!!

Ram kumar said...

Khot ta keti kai ho jasto lagyo malai ta.... tara keti lai dosh pani di halna mildaina.....

Post a Comment

कृपया माथि को प्रस्तुती लाई आफ्नो बिचार हरु पोख्नुहोस । प्रतिकृया सभ्य भाषामा लेखिदिनु होला !यदि तपाई रजिस्टर नगरिएको प्रयोग कर्ताहुनुहुन्छ भने कहिले काहिँ गुगलको एन्टि स्प्याम सेक्युरिटि सिस्टमले गर्दा कमेन्ट पब्लिसमा ईरर आउन सक्छ । यस्को समधान को लागि कि त फेरि पोस्ट कमेन्ट बटन थिच्नुहोस त रजिस्टर युजर बाट मात्रै कमेन्ट प्रकासित गर्नुहोस ! धन्यबाद !