Sep 23, 2009

शुभकामना सन्देश


~उपमा अर्याल

बिदेश मै भइयो यसपाली पनि, महान चाड दशैमा
लाउँला टिका, लिउँला आशिर्बाद, अर्को बर्षको दशैमा।

सुबाश छर्दै आयो है घट्टस्थापना, पालुवा नयाँ लिएर
मिलेर फुलाऔं यही पालुवा हामी, नव रात्रीको लहर।

घाँटी हेर्दै हाँड निल्लौ है सब, आफ्नो गक्ष अनुसार
देउ शक्ती लड्न दुर्गे भवनी! अभाबसँग भएर निडर।

भ्याइ नभ्याइ होला चटारो कामको, इस्टमित्र भेटघाट
लिङ्गे पिङको मज्जा, धर्ती छोड्दा, ताजै छ मन्स्पटल।

जान्थें रमाउँदै दरबार, गर्न दर्शन गोरखकालिको
मग्थें शक्ती सधैं उन्मुल गर्न दानव अत्यचारीको।

हत्या हिंसा रोकौ है सब, होइन राम्रो दिएको बली
जिउने अधिकार सबको हुन्छ बुझौ है यसैपली।

हर्ष उल्लासको रौनकसँगै गरौं प्रसाद दुर्गाको ग्रहण
शुभकामना बोकी पठाकी छु परेवी, उमङ्गको बातावरण।

~ अस्तु ~

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

मन लाग्छ


चकेन्द्र राई कैदी
माइकल ज्याकशन को कर्ण पि्रय स्वार जस्तै गरी
मुटुका कथा ब्याथा गाउन मन लाग्छ ।
दुनियाको कानलाई आफुतिर आकर्षण गर्न मन लाग्छ ।
एडमनलाई पछ्याउदै सगरमाथाको चुचुरामा
सबभन्दा पहिले पुग्ने नेपालि तेन्जीङ हुन मन लाग्छ ।
साधरण परिवारको सदस्य भएर पनि
अमेरिका सोहा्रै राष्ट्रपति अब्रहम हुन मन लाग्छ ।

तोरीको एक एक दाना जम्मा गरेर
दुनियाकै सबभन्दा धनि कुबेर हुन मन लाग्छ ।
गरिब तन्नम कंगाल भएर पिन
बिशाल हृदय भएकी धनि सुदामा हुन मन लाग्छ ।
रत्नकार भएर जन्मेर
कालिदास जस्त भएर मर्न मन लाग्छ ।


मंजुश्री ले जस्तै अशभ्यताको चोभार कोटेर
शभ्य र आदर्श एउटा मानव बस्ती बसाउनु मन लाग्छ ।
त्यहा एउटा छाना मुनि मन्दिर र मस्जीद
चर्ज र गुम्बा बनाउई मानवता को बिजा रोपन गर्न मन लाग्छ ।
गंगा नदि जस्तै भएर धर्म धर्म बिचको
दन्द लाई अबिरल अबिरल बगाउई रहन मन लाग्छ ।

नेपाल भित्र रहेको शान्तिको प्रतिक लुम्बिनी भित्र
शान्तिको खातिर पुरै विश्व लुकाउन मन लाग्छ ।
सिमानामा कार्यरत एक सिपाही जस्तै
२४ सै घण्टा यो देशको अंगुरक्षा भएर बांच्न मन लाग्छ ।
पुस्कर शाहले जस्तै नितान्त अनौठो शाहासी
भाईचाराको नारा लिएर साइकलको भरमा विश्व परिक्रमा गर्न मन लाग्छ ।
आफ्नो हातले कमाएको सुख्खा रोटी
आधा पेट खाएर सोन्ताषले ढुक्कले निदाउन मन लाग्छ ।

बुद्ध जन्मेको हाम्रो नेपालमा सधै सधै
सुरक्षा सुशासन समान अधिकार र शान्ति भएको हेर्न मन लाग्छ ।
आधा भन्दा धेरै जनसंख्या ओगटेको महिलाहरुलाई
सम्पुर्ण सरोकारको बिषयहरुमा समान अवसर र
समान अधिकार दिएको एउटा शभ्य समाज हेर्न मन लाग्छ ।
नेपाली मन र नेपाली पन भएर होला ……………
नेपाली भएर बुच्न मन लाग्छ ।
अनि…………………इमान्दार नेपाली भएर मर्न मन लाग्छ ॥

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 18, 2009

आमाको चिठ्ठी !


राजु लामिछाने
माझठाना ६, कास्की
हालः हप्किन्स, मिन्नेसोटा, अमेरिका



प्यारो छोरा,
तिम्रा खुट्टामा ठेस नलागोस, तिमीलाई टाउको नदुखोस, तिमीले आँटे ताकेको कुरा पुगोस, तिम्रो कृती बढ्दै जाओस, तिमीलाई लोकले मानोस र तिमी चिरञ्जीबी भए भनि हरेक साँझ बिहान उनै दयालु भगवान श्री पशुपतीनाथसँग प्रार्थना गरेकी छु।

हरेक हप्ता फोनमा कुरा गर्दा पनि आमाले किन चिठ्ठी लेखिछ भनेर अचम्म लाग्यो होला। हुन पनि अचम्मै हुन्छ जव तिम्रो फोन आउँछ। म यती भावमग्न हुन्छु की भन्छु भनेको कुरा नै दिमागमा आउँदैन। “तिमीलाई कस्तो छ? शरीरको ख्याल गर्नु” भन्दा भन्दै फोन बन्द हुन्छ। मनको गन्थन बाँकी नै हुन्छ।

हेरन, नचाहेर पनि चाडबाडहरु आई दिन्छन। तिमी अमेरिका गए पछिको यो नवौ दशै हो। गाउँ भरी दशैंको चहलपहल छ। मेलापाता, पानी पँधेरा अनि चिया पसलहरुमा आ–आफ्ना घरमा लाहुरे आएको र आउँदै गरेको कुरा सुनिन्छ। सबेरै पसल तिर निस्केकी थिएँ “तिम्रो छोरा यस पाली पनि आएन?” भनेर कसैले सोधिदिन्छ। म तिमीले नै भने झैं उत्तर दिन्छु “अर्को साल आउँछु भनेको छ।” प्रश्नकर्ताले जवाफ फर्काउँछ “पैसा पठाएकै होला क्यारे, अरु के चाहियो, मज्जाले दशैं मनाए भै हाल्यो नी।” म नाजवाफ शिर झुकाएर अर्को बाटो लाग्छु।


यस पाली त तिमी पक्कै आउँछौ भन्ने आश थियो। तिमीलाई साथै लिएर मनकामना जाउँला भनि कालो पाठो किनेर राखेकी थिएँ। दूई घरी केरा पकाउन राखेकी थिएँ। कटेरामुनिको बेलाउँती (अम्वा)को बोटमा बाक्लो फल लागेको थियो। तिमीलाई मन पर्छ भनेर कसैलाई खान नदिई जोगाई राखेकी थिएँ। तिमी आउन नपाउने भनि खवर गर्‍यौ। सबै कुरा खेरै गए।

घरमाथी देबीस्थानमा सधैं झैं यसपाली पनि लिङ्गे पिङ्ग हालेका छन। परदेशमा बस्ने देखि शहरमा बस्ने तिम्रा सबै दोस्ती दामोलीहरु जम्मा हुन्छन। मेरा आँखाहरु भने तिमीलाई नै खोजी रहन्छन। रात भरि चचहुई चचहुईको आवाज आउँछ, मेरा कानहरु तिम्रो आवाज सुन्नको लागि ठाडा हुन्छन। हिजो राती पनि निन्द्रै परेन। जव तिम्रो याद आउँछ तिमी जन्मे देखिका कुराहरु टेलिभिजनका धारावाहिक श्रृखंलाहरु झैं मेरो मश्तिस्कमा आईदिन्छन। मेरो जीवनमा थुप्रै आँधीहरु आए कति कुराहरु त तिमीलाई सुनाएकै छैन र सुनाएर साध्यै छैन।

म २० वर्ष हुँदा तिमी जन्मियौ, तिमी ४ वर्षमा टेकेका थियौ, बहिनी केबल ३ महिनाकी मात्र थिई, तिम्रो बाबाको अल्पआयू मै श्वर्गे भयो। हाम्रो जीवनमा ठूलो बज्रपात पर्‍यो। घरपरिवार र छरछिमेकले हामीलाई धृणा र तिरस्कार सिवाय केहि गरेनन। तिम्रा हजुरबा हजुरआमाको नजरमा म टोकाही र अलिक्षिनी सावित भएँ। बाबाको स्वर्गे पछि घरले मात्र हैन मेरा माईतीले पनि मलाई निको मानेनन। धन्सारको एक कुनामा तिमीहरुलाई काखी चापेर बसेको हिजै होकी जस्तो लाग्छ। जवानी मै बिधवा हँदाका पिडाहरु कसरी पोखुँ? समाज त्यस्तै थियो। कसरी, कुन निउ पारेर यो बिधवालाई लखेटौं भन्ने भावना हामै परिवारका सदस्यहरुलाई पनि थियो। बाटोमा कसैलाई भेट्दा पनि म कुसाईतकीे पात्र कहलाउँथें। मान्छेहरु मसँग बोल्न पनि डराउँथे। जो सँग बोल्छु , गाउँलेहरुले मलाई त्यसैसँग पल्किएकी छे भनेर कुरा काट्थे। मैले त जीवनसँग हार खाई सकेकी थिएँ। धेरै पटक आत्महत्या गर्न सम्म तम्सिएकी थिएँ। फेरी तिमीहरुको मायाले मलाई मर्न दिइन। यो दुष्ट समाजमा अधम्य साहस बटुलेर मनलाई पत्थर बनाई संधर्ष गरिरहें। खाली पेटमा पटुकी कसेर, रात दिन मेलापाता र निबेकी गर्दै तिमीहरुलाई हुर्काएँ। जोरीपारी र समाजको सामु तिमीहरुलाई कहिल्यै टुहुरा महसुस हुन दिईन। तिमीहरुले पनि मेरो भावना बुझेर मेहनत गर्‍यौ। आज तिमी मेरो मात्र नभएर हाम्रो खानदान कै बत्ती बनेका छौ। तिम्रो बाबाले आजको तिम्रो सफलता अनि यो ऐश्वर्य देख्न पाउनु भएन जुन उहाँको धोका थियो। सायद उहाँको चिर आत्माले अस्तित्वको कुनै ओझेलबाट हेरेर सन्तोष गर्दै होला। यस्तै विश्वासले मलाई आनन्द लाग्दछ। अधिल्लो हिउँद सम्म बहिनी सँगै थिई। मेरोलागि ठूलो साहारा बनेकी थिई। जति माया गरे पनि छोरीको जात पराईको नासो रहेछ। गतिलो घर पाएर बेलैमा जिम्मा लगाईयो। अचेल उसकै घर नजिकैको हेल्थपोष्ठमा काम गर्छे। बहिनी घर गए पछि मलाई मुख बोल्ने साथी सम्म कोही छैन। भित्तामा टाँसेका तिम्रा तस्विरहरु हेरेर, कहिले तिम्रो सुन्दर भविश्यको कल्पनामा डुबेर र कहिले आफैंले पार गरेका काहाली लाग्दा दिनहरुको यादमा दिनहरु बिताई रहेकी छु।

तिमीले घर छोडे पछि आजसम्म तिम्रो कोठा जस्ताको तस्तै छ। हरेक साँझ बत्ति बालिदिने गरेकी छु। हरेक दिन बिहान कोठा खोलेर तिम्रा तस्विरहरु नहेरी मेरो दिनाचार्य शुरु नै हुँदैन भने हरेक रात तिमीलाई नसम्झी उज्यालै हुँदैन। घरबाट विदा भएर निस्कने बेलामा फेरेका तिम्रा एक जोडी कपडाहरु अझसम्म पनि नधोईकन राखेकी छु। जव तिम्रो यादमा म बेहाल हुन्छु तिम्रा कोठामा पसेर रोए पछि मेरो मन हलुङ्गो हुन्छ। भान्छामा मिठो पाक्दा पनि तिमी बिना मेरो घाँटीबाटै तल जाँदैन। तिम्रो मिठाउरे स्वभाव सम्झेर मुटुमा भक्कानो छुटेर आउँछ। हरेक चोटी खाना खाने बेलामा दराजमा सजाएर राखेको तिमीले खाना खाने चरेसका थाल कचौरामा आँखा पुग्छन। लाग्छ तिम्रो घर, कोठा देखि लिएर तिमीले प्रयोग गर्ने सबै चिजहरुले मैले जस्तै तिम्रो प्रतिक्षा गरेर बसेका छन।

बहिनी अनि ज्वाईले त बुझेका छन, तिम्रा साथी भाईले फोन गर्दा “तेरी आमा बिरामी छे, कमजोर भएकी छे” भनि सुनाई देलान। मेरो चिन्ता नगर। म अझै तगडै छु। कहिल्यै शुख नपाएको यो बुढो शरीर अब शुखका दिन आउँदैछन भनेर निउँ खोजेको हो जस्तो लाग्छ। ठूलो रोग हैन। अलिकती उकालो ओरालो हिँड्न असजिलो हुन्छ र देब्रे छातीको करङ्ग भित्र दुख्ने रोग हो। दवाई खान थाले पछि धेरै बिसेक भएको छ । बहिनी र ज्वाईले हरेक महिनाको २० गते अस्पताल लैजान्छन र हरेक साँझ बिहान उनीहरुले नै फोन गरेर औषधी खान सम्झाउँछन।

तिमी त मैले जन्माएको छोरा हौ। सानै देखि मेरा शुख दुखमा सहभागि भएर हुर्कियौ। सारा दुःख सहेर तिमीलाई राम्रो शिक्षा दिन कहिल्यै पछाडि परेकी छैन र तिमीले पनि समाजमा “आच्चि” भन्ने खालका कामहरु कहिल्यै पनि गर्ने छैनौ भन्ने ममा घम48ड छ। समयले युग काटे पनि, गाउँमा विकासले काँचुली फेरे पनि सामाजको सोचाई जस्ताको तस्तै छ। तिमीलाई थाहै छ। कसलाई कसरी होच्चाउने र गिराउने भन्ने मात्र चासो राख्दछ। फलानीको छोरो त अमेरिका मै बिहे गरेर उतै बस्यो अरे भनेर आजकल जोरीपारीहरु खासखुस कुरा गर्छन। मलाई त दुनियाका यस्ता कुराहरुमा बिश्वासै लाग्दैन। तिमी माथि पूरा विश्वास छ। तिमीले हाम्रो उराठ काहाली लाग्दो परिवारमा धन अनि ईज्जतको थुप्रो लागाई दिएका छौ। अव मेरो एउटै धोको छ, तिम्रो घरजम भएको देख्न पाउनु। आशा छ आमाको यो धोको पुर्‍याउन आउँदो हिउँद सम्ममा छोरा हाँजिर हुने छ।

फेरि पनि, तिम्रा खुट्टामा ठेस नलागोस, तिमीलाई टाउको नदुखोस, तिमीले आँटे ताकेको कुरा पुगोस, तिम्रो कृती बढ्दै जाओस, तिमीलाई लोकले मानोस, तिमी चिरञ्जीबी भए र तिमीलाई छिट्टै भेट्न पाउँ भनि नवदुर्गा भवानीसँग प्रार्थना गर्दछु।

तिम्री आमा


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 17, 2009

गजल


अधिकारी, बसन्त मोहन
यूएइ (चितवन)


फुल्दै होलान् फूलहरु गाँउघरमा अझै पनि
बाँच्दै होलान् कयौं फूल मेरो भरमा अझै पनि

दशैं आयो तिहार आयो शान्ति भने आई छैन
प्रदेशमा बस्नु पर्यो करै करमा अझै पनि

प्रेम र विश्वास मर्दा गाँउघरमा रुवाँवासी
बाँच्नु पर्यो म नेपाली मर मरमा अझै पनी


हत्याहिंसा बलत्कार यो भ्रष्टचार पेवा हुँदा
शान्ति, प्रेम, विश्वास ढले बगरमा अझै पनि


गाँउघरमा रहि रह्यो चिसो चुल्हो नाङ्गो आङ्ग
यो दशैंमा म रुँदा हाँस्छन् शहरमा अझै पनि


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 13, 2009

My beautiful baby



Shreejana Lumbini
Minnesota State University, Moorhead, USA


No one can have seen a baby as beautiful as this one. When one looks at her eyes, it seems as though the whole image of the cryptic world is being seen. Her face is so nicely cut that anyone can notice the perfect angles in her face. One cannot imagine how perfectly her nose is placed and how slender it is. Her face is so widely mysterious that even the doons under her nose seems to be throwing out some secrets. One cannot help but praise the unearthly innocence of her rosy lips. They are so red that one wonders whether blood drops will appear even with the slightest prick. The chubby little cheeks cannot hold anyone’s hand from touching it. And then its softness, any softening cream agents could come running around just to show the world, the miracle of their products. But its not the mere work of these moisturizers or the softeners that makes her the most beautiful in this entire world. It is natural and once anyone sees her for the first time can feel the cascade of warmth and love flowing from her large almond shaped eyes.


Although not a princess or a winner of some sort of beauty pageant, she has the most beautiful face that any strong heart could be captivated by her beauty. She has expressions so charming and touching that no one can ever forget it. Not even the most oblivious minds! When she is happy and laughing, the once expressionless room turns into a peaceful ambience. Her face looks so bright and stunning that one gets reminded of the riding sun during the dawn. One might call it a bit of exaggeration but I can almost feel rose petals falling when she gives me the most brilliant smile. The sense of relaxation after seeing her, one gets after they are back from exhausting and tiring work schedule is simply indefinable. The people of the neighborhood stop by just to have one glimpse of that little angel smiling. They take the smile as an amulet that’s going to protect them from a jinx that day. Such is the glory of her beautiful smile.
Nothing is different even when she cries. Although she makes the most perplexed face anyone can imagine, she still looks cute as always. The thick tear drops falling from her eyes almost resemble the dropping pearls. It only takes one warm hug from me to quiet her up. It gives me pleasure to have the most beautiful baby in my arms as I look at her moist eyes that look like dew drops on leaves after a fresh night. She makes her eyes look so gorgeous after she is done crying; with those long, thick and curved eyelashes that one cannot help wishing that she would cry again. When she wants something so bad, she paralyzes a person by just giving out that wide innocent look through her large eyes that makes one just so kind to give away everything to her.
As the wise says, “A baby will ,make love stronger, days shorter, nights longer, home happier, the past forgotten and the future worth living for”, she actually does that. The saintly face she has, when she is asleep makes anyone leap up with joy. One cannot actually pass the night without hearing her cooing during her sleep. She has such divineness in her face while she is asleep hat one can almost feel the dream she is having. I can spend the whole night watching her sleep and I wouldn’t get tired at all. One thing that takes one’s heart away when she is sleeping is the certain time when she makes a face to yawn. The tiny little mouth with only few numbers of whit teeth and sweet small tongue gives one yards of happiness when opened.

In such a state of innocence childhood she has the power to alter one’s characteristics! My Dad, the most austere of all men, starts laughing when he is with her. One obtains the peace of mind state when they are with her. Not able to go away from her, one is totally hypnotized by those mesmerizing shrills of laughter she gives when she wants someone to be near her. One cannot put out objections on her wants. No it’s not that easy! She has a world of her own and one cannot find a single person who doesn’t want to remain in it. The soft curls of her hair, the big, brown eyes, the slender nose, the rosy lips, each of them seem to be saying something to you although one can never figure out what it is saying.
One might find the descriptions of my baby too elaborative. Or some even might take it as a fantasy. Needless to say, everybody might find their own baby the most beautiful, the sweetest and the most gorgeous of all times. But for me, my sweet little baby sister is always the most beautiful baby in this whole world!

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 11, 2009

दण्डहिनता कहिले सम्म? - भाग २:


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

भाग १ पढ्न यहा क्लिक गर्नुहोला
अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर त्यहाँका केही दानब रुपी मान्छेहरुले उल्टो उसलाई बन्दुक देखाएर "अब आइन्दा यस क्षेत्रमा तँ "पत्रकार" आइस भने तेरा दाईहरु त बाँकी हुँदैनन हुँदैनन, तँलाई पनि बाँकी छोड्दैनौ" भनेर तर्साए। तीन गनिन्जेलमा उसलाई त्यहाँबाट भाग्न भने र कहिल्यै त्यिनिहरुको सामु देखा नपर्ने आदेश पनि दिए। ठुलो दाईको अत्तोपत्तो थिएन। कान्छा दाई मात्र देखिनु भएको थियो त्यो दिन पनि। दाईको आँखामा पुलुक्क हेरेकी थिइ त्यतीखेर सुनिताले। हजार कुरा भन्न खोजेका थिए ति निर्दोश आँखाहरुले। त्यही आँखाको सन्कोले पनि उस्लाई भाग्न अह्रायो। यही नै गरेकी थिइ उस्ले त्यती बेला। अहिले ५ बर्ष पूरा भयो उस्का दाईहरु बेपत्ता भएका, दश बर्ष सम्मा द्रोन्द गरेका त्यही पक्षहरुले नै आहिले देश हाँकेका छन तर उ जस्ता लाखौं लाख नेपाली बेपत्ता जनताका परिवारहरुले न त उनिहरुका लाश नै पाएका छन न त सास नै। तै पनि आश मार्न सकेका छैनन त्यस्ता पीडित परिवारहरुले।

दुई जना आफ्ना सन्तान आफ्नै सामु बेपत्ता बनाएपछी सुनितका बाबुआमा र उस्का सारा परिवारको अहिलेको चिनारी नै " बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवार" भनेर चिनिदै आएको छ। दाईहरु नभएपछी घरको सारा व्यवहार सुनिताको टाउकोमा परेको छ। बुवा आमा दाईहरुको नाम सुन्ना साथ आँशु बगाउन थाल्नु हुन्छ, ठुलो भाउजु पनि त्यस्तै। दाईहरुलाई लैजाँदा भाउजुको पेटमा दाईको निशानी हुर्किरहेको थियो। आहिले त उ साँढे चार बर्षको पनि भई सक्यो। मानिसले आफ्नो जिम्मेवारी गहनता र इमान्दारीका साथ निर्वाह गरेको खण्डमा उस्ले आँटेका काम कुराहरु पुरा हुन्छन - भनेर एकदिन दाईले उस्लाई आफ्नो लक्ष्य सम्म पुग्न यसरी हौसाउनु भएको थियो। यही जिम्मेवारी र इमान्दारी नै उस्ले उस्का दाईहरु खोज्न प्रयोग गरेकी थिइ तर जति सजिलो बोल्नलाई हुन्छ, त्यसको तीन गुणा ज्यादा मुस्किल गरेर देखाउन हुँदो रहेछ अहिलेको समयमा। कती ठाउँमा उजुरी हाली उस्ले कतैबाट केही भएन। उजुरी हालेको ६० दिन भित्र अपराधीहरुलाई सार्बनिक गर्नुपर्छ भन्छन हाम्रा प्रशासन अनी मानब अधिकारका आयोगहरु तर त्यो ६० दिन कती बर्ष पछी आउने हो त्यो कसैलाई पनि थाहा छैन। पीडित परिवारलाई सहयोग गर्न भनी लाखौंको संख्यामा खोलिएका यस्ता आयोगहरु पनि आफ्नो स्वार्थ पुर्तीका लागि मात्र खोलिएका रहेछन। के त्यस्ता आयोगहरुले आफ्नो लक्ष्य पुरा गर्न सकेका छन होला त? समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले नै कानुनलाई निक्कम्मा बनाएर हर प्रशासन, हर आयोगहरुलाई राजनैतीक बिषयबस्तुको चट्पट बनाउँछन।आफ्नो फाईदामा छ केही भने राता राता निर्णय लिन पनि पछी पर्दैन्न। थाकी सकेकी छ उ हर ठाउँ, हर समय हरेक चिज राजनीतिकरण हुँदा। "जुन जोगी आए पनी कानै चिरेका" भनेजस्तै जुन पक्षबाट जो सुकै सत्तामा पुगे पनी आफ्नै भुँडी भर्न मात्र खोज्छन, आखिर किन? किन बुज्दैनन हाम्रा देशका ठुलाबडाहरुले यो एउट व्यक्ती बिशेषको समस्या होइन यो त सारा नेपालीहरुको समस्या हो भनेर। किन प्रशासन र आयोगहरु स्वत्रन्त्र हुन सक्दैन। यस्तो परिस्थितीमा के उ सफल होली त उस्को दाईहरु पाउन।
परापूर्व काल देखी नै नेपाली इतिहास काण्ड नै काण्डले भरिएको छ। २००७ सालको काण्ड, २०१७ सालको काण्ड, २०४६ सालको काण्ड, गिरिजा शक्तिमा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजाले टनकपुर बेचेको काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, पारस-काण्ड, जातियता काण्ड, पशुपतिनाथ-काण्ड, सिमाना काण्ड, उमा सिहँ काण्ड, ख्याती काण्ड आदी आदी। कतै यस इतिहासको पानामा सुनिताको पनि नाम कोरिन्छ कि भनेर उस्को आमा आत्तिन थाल्नुभएको छ, आफुलाई धिकार्न थाल्नुभएको छ किन मैले छोरीलाई पत्रकार बनाएँ भनेर। बुवा आमाको अटेर गरी गरी सुनिताले दाईहरुको खोजी गर्न लगिपरेकी छ। राज्यले राज्य भएको आभाष जनतालाई दिन सकेको छैन। यो चरम अस्थिरता अनी दण्डहिनताको अन्योल नेपाली धर्तिबाट बिदा हुने कहिले? कहिले हुन्छ त यस्को अन्त्य। झन एक पछी अर्को गर्दै परिस्थिती नाजुक बन्दै गइरहेको छ। न त कसैसँग विश्वाश नै गर्न सकिन्छ न त मानबता दर्शाउन नै। मानबिय समबेदना छैन आजभोलिका मान्छेहरुमा, खाली मान्छेको खोल ओडेका मात्र छन। सुनिता जस्ता थुप्रै कर्मचारीहरु डर र त्रासमा आफ्नो जीवन बिताइ रहेका छन। के आन्नदले आफ्नो जीवन बच्ने अधिकार उनिहरुमा छैन? उस्ले विश्वाश लिएकी छ कि उस्ले दाईहरुको मात्र नभइ सारा बेपत्ताका तर्फबाट पीडित परिवारहरुको प्रतिनिधित्वो गरी यस्त बेपत्ता, हत्या, हिंसा, अपहरण र अरु कुनै अपराधहरु उन्मोलन गर्न टेवा पुराउने छे। दिन रात त्यसैमा लागि परेकी छ। तर आफ्नो दाईहरुको खोजी आफ्नो देशबाट केही नभएपछी अन्तरराष्ट्रिय अदालत पनि ढक्ढकाइ उस्ले। ९० दिनको समय दिएको थियो हाम्रो सर्वोच अदालतलाई, छानविन गरी दोशीलाई काठघरामा उभाउन तर टेर पुच्छर लगाएन। अब कता जाने के गर्ने, उ आँफै अन्योलमा परेकी छ।
क्रमश…


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 7, 2009

"दण्डहिनता कहिले सम्म?"


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका



(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


९ बजेको समाचारबाट सुनिताको नमस्कार! आजको प्रमुख समाचारहरुमा- राज्यमा भएको दण्डहिनता अन्त्यको लागि सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्ने प्रतिबध्त्ता ब्यक्त र तिर्थ यात्री बोकेर जादै गरेको सवारी दुरघटनाबाट ५ को घटना स्थलमै मृत्युज !
अब सुन्नुहोस् पुरा समाचार……….

off air भएपछी सुनिताको रिसको ज्वाला आज पनी बिस्फोर्ट हुने भनेर सबै जना मुखामुख गरी रहेका थिए। समाचार सिध्दिना साथ आज त उ कसैसँग केही नबोली आफ्नो बाटो लागि। अचम्म माने सबै कर्मचारीहरुले सुनिताको आजको चाला देखेर। नत्र भने उ सधैं समाचार वाचन गरिसकेपछी रिसको आगो हुन्थी, जहीले पनि उही हत्या, हिसाँ अनी मृत्‍यु कै मात्र समाचार हुन्छ हाम्रो देशमा। जहिले नि मूड नै off हुन्छ समाचार वाचन गरेपछी भन्थी। तर आज त अचम्म भयो।


सुनिता, पेशाले उ RJ हो। समसमायीक कार्यक्रमहरु चलाऊनुका साथै समाचार वाचन पनि गर्छे उ। पत्रकारितामा पनि उस्को चाख छ। आफ्नो चाख पुरा गर्छे, बेलाबेला पत्र-पत्रीकाहरुमा आफ्ना रचनाहरु छापेर। उस्को मुल बिषयबस्तु नै हाम्रो देशमा भई रहेको दण्डहिनता सम्बन्धी हुन्छ प्राय। उस्ले चलाऊने प्राय कार्यक्रम पनि यसैसँग मिल्दो जुल्दो हुन्छ। जबसम्म हाम्रो देशमा दण्डहिनताले प्रसय पाइ नै रहन्छ, हाम्रो देशमा कानुनीले राज्यको उपहास हरेक स्तरबाट भैइ नै रहन्छ भन्ने उस्को मुल्याङ्कन छ। देशका ठुलाबडा भनाउदाहरु चाँही दश थरी नाटक रचेर मस्तले तमासा हेरिरहेका छन। चुनाव ताका नयाँ नेपाल बनाउने खुब प्रचार गरेपनी खै त्यो नयाँ नेपाल अहिले? क्षितिजमा अझैसम्म पनि देखिएको छैन नयाँ नेपालको झिल्को न त देखाएकै छ कुनै छाँटकाँट, ती ठुलाबडाहरुले देखएको त्यो सपनाले मुर्त रुप लिने। बेरोजगारिको समस्या अझ बडी नै रहेको छ। यस्तै यस्तै बिषयबस्तु हुन्थे उस्को कार्यक्रमहरुमा अनी लेखहरुमा। संचार माध्यम नै एउटा दरिलो माध्यम मानेकी छ उस्ले सारा जनतलाई जाकरुक गराउने अनी आफ्नो लक्ष्य सम्मा पुग्ने।

उस्को आमाको सपना थियो उस्लाई media line तिर लगाउने, जुन पुरा पनि भयो। तर नेपालको media line को के कुरा गर्ने ? न कुनै सुरक्षा छ न त कसैले पत्रकारितालाई इज्जतिलो दर्जाले हेर्छन नै। 'कुनै पनि क्षेत्रमा पुरुष सरह क्षमता प्रदर्शन गर्न एउटी नारीलाई चारगुणा बढी क्रियाशील हुनुपर्छ रे'। तै पनि उस्ले, एउटी नारिले हिम्मत नहारी सफलताको शिखर चुमि रहेकी छ। उस्को एउटा अटल शोभाव छ। कुनै पनि काम "ए मलाई त त्यो आउँदैन" भन्नु भन्दा, एक चोटि प्रयास गर्छु भन्न रुचाउँछे। आउँदैन- भनेर पन्छिनेहरुले त नयाँ कुरा सिक्ने अबसर नै गुमाउँछन नि होइन्न र भन्छे। हरेक कुरा सिक्न खोज्छे त्यसैले "आउँदैन" कहिले पनि भन्दिन उ। जुन कुरा सुरु गर्छे, सफल पनि हुन्छे।
पिताको आशिर्बाद, आमाको ममता, दाईहरुको हौसला थियो केही बर्ष पहिला सम्मा उस्को साथ ! त्यही आशिर्बाद, ममता, हौसला अनि साथीभाईहरुको शुभकामना पाएर नै सुनौलो सपना देख्न थालेकी थिइ उस्ले- एउटा सफल महिला पत्रकार अनी RJ हुने - आफ्नो जीवनको अन्तिम घडी सम्म पनि। ढकमक्क फुल्न खोजेका फुल जस्तै थिए उस्का सपनाहरु उस्का सारा परिवार एकै साथ् हुँदा। तर बिगत केही बर्ष पहिला देखी त्यो सपना फुलाउने धुनमा छैन उ। आफ्नो जिबिका धान्न्को लागि लगिपरेको छ आज उस्का सपनाहरु अहिले। २ जना दाईहरु बेपत्ता छन बिगत २ बर्ष देखी। कस्ले केका लागि लगेका हुन अहिले सम्म थाहा छैन। दाईहरुलाई लगेको २-३ दिनमा खोज्दै, भौतारिदै उ मेल्टरी क्याम्प सम्मा पुगेकी थिइ। कान्छा दाईलाई देखेकी थिइ त्यहाँ उस्ले। दाईको शरीर रगताम्य थियो। मरेतुल्य भएको थियो उस्को मन। "को होउ तिमीहरु ? किन यहाँ राखेका छै मेरा दाईहरुलाई ? "भनेर चिच्याउँदा कसैको पनि बोली फुटेको थिएन त्यतिबेला। दाईले पसलमा भएको पैसा सबै यिनिहरुले लिएका छन, करिब एकलाख जती थियो भन्नुभएको मात्र थियो समय सिध्दियो भनेर बाहिर निकालिदिए। अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर…
क्रमश...
भाग २ पढ्न यहा क्लिक गर्नुहोला

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 6, 2009

यो दुनिया


राजु लामिछाने (जुदने)
माझठाना–६, कास्की
हालः हप्किन्स, मिन्नेसोटा



मन भरी शंका पाल्छ,
पाईलै पिच्छे तगारो हाल्छ,
न अगाडि सर्छ, न अरुलाई सर्न दिन्छ, यो दुनिया।
बलेको आगो ताप्छ,
हुने खानेलाई काखी च्याप्छ,
निर्धोलाई न बाँच्न दिन्छ, न मर्न दिन्छ, यो दुनिया।।

कसैको खुशीको क्षण,
उसलाई शुभकामना दिएर,
आफ्नो मन धमिलो बनाउन सक्छ, यो दुनिया।
कसैको दुःखको क्षण,
उसलाई समबेदना दिएर,
मन मनै खुशियाली मनाउन सक्छ, यो दुनिया।।

न दया माया छ,
न त यसमा विबेक छ,
जता फाईदा हुन्छ उतै लाग्छ, यो दुनिया।
नपाए वास्तै गर्दैन,
पाए जय जय भन्छ,
हेर्नुस न कस्तो नकचरो छ, यो दुनिया।।


त्यसैले अब त
झुटलाई सत्य, सत्यलाई झुटमा बदलेर
रातोलाई सेतो भन्नु परेको छ।
नौटंकी बनेर
कहिं खुट्टा खोच्चाउँदै त कहिँ आँखा बन्द गरेर
दुनियासँग दोस्ती गर्नु परेको छ।।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 4, 2009

सपना !!‏




चकेन्द्र राई”कैदी”
हाल :- दोहा, कतार



सपना,

यथेष्ट पिल्सिएको आत्माको सुगन्दित र आकर्शक सपनाबाट मुरी मुरी सादुवाद ! !

आज मलाई यति असजिलो भइरहेको छ, सायद यत्तिको अफ्ठ्यारो त सर्वप्रथम सगरमाथा चढ्नलाई तेन्जिङ र एड्मण्डलाई पनि भएको थिएन होला । उनीहरुलाई त थाहा थियो सगरमाथाको चुचुरोमा पुग्नलाई सबैभन्दा पहिलो पाइला सगरमाथाको फेदिमा नै राख्नु पर्छ भनेर । तर मलाई आज यो पत्र कसरी शुरु र अन्त्य गर्ने भन्ने अस्पष्ट भएकोले होला यति अफ्ठ्यारो लागिरहेको छ । आज तिमी प्यारी सपना, प्राण प्यारी सपना, अर्धाङ्गिनी सपना जस्ता सबै आफनत्वको शव्दहरुबाट पर तिमी संवोधान विहिन भएकी छौ

जिन्दगी दुई दिनकै भए पनि अनेकौं समस्याहरुसँग लड्दै मुकाविला गर्दै जीउनु पर्दो रहेछ । थुप्रै थुप्रै दुख: सुखका अनुभवहरु संगाल्नु पर्दोरहेछ । सायद त्यसैले भन्ने गर्छन् – जीन्दगी अनुभव हो , भोगाइहरुको सम्पूर्णता हो ......।

तर विछोडको पिडाहरु भने जीवनको अनौठो व्यथा भएर सधै वल्झिदिंदो रहेछ । हरपल चिमट्दो रहेछ, रातदिन आँशुको सागरमा डुव्दै वेदनाको ज्वालामा जल्नु पर्दो रहेछ । अनि मिठो मिठो कल्पनामा हराउदै सपना भित्रको विपनामा आफ्नो भविष्यलाई चियाउनु पर्दो रहेछ । म अलिकति साहस वटुलेर तिनै भोगाइहरुलाई गम्भिर भएर सोंच्छु……… ? जताततै अन्धकार नै अन्धकारले छाउन थाल्छ । आफू बाँचिरहन पनि घृणा लाग्छ । यस्तो लाग्छ यो मतलवी संसारबाट सधै सधैको लागि विदा लिऊ , तर मर्न झनै ठूलो साहस चाहिंदो रहेछ । सायद आफूमात्र भएको भए .... ! आजपनि मेरो मनमा ताजै छ, म सानै छदा ममीले भन्नुभएको कुरा, उहाँले भन्नु भएको थियो “ छोरा भनेको आशाको लौरी हो, जो अभावको दुवाली छेक्न सकिने दुख:को उकालोमा टेक्न सकिने ” निश्चय नै मेरो वुढा आमा, वावाहरुले आशाका पहाडहरु विश्वासका हिमालहरु चुलाएर प्रतिक्षा गरिरहनुभएको छ । अर्कोतिर निर्दोष कलकलाउदी प्यारी नावालिका छोरी “श्रृजना” यति बेला मैले मेरो भावनालाई भन्दा कर्तव्यलाई नै अगाल्नु परेको छ ।

सपना ! आज तिमीसँगैको स्वर्णिम बर्षहरुको अविस्मरणिय अतितको सारांश लेख्ने प्रयास गर्ने छु । तिमिले दिएको अनुपम उपहारहरु सकेसम्म सम्झेर सम्ट्ने प्रयास गर्ने छु । तिमी मेरो जीवनमा विपना भएर आयौ, सपना भएर विलायौ । साँच्चिनै भनौ भने विश्वको सबैभन्दा वियोगान्त मानिने “इडिपस” भन्दापनि वियोगान्त छ तिमीले दिएका उपहारहरु ….। इडपसले त आफ्नो वियोग खप्न नसकेर आत्महत्या गर्छ । म त कांतर छु, त्यसैले आत्महत्या गर्ने दुस्साहस पनि गरिन । तिमी त चाहन्छौ इडपस जस्तै आत्महत्या गरोस भनेर । म तिम्रोलागि यो दुनियाँमा बाँच्नु हुँदैन यहि चाहना तिम्रो होइन त ? जसरी विरेन श्रेष्ठले क्रुरताको सबै सिमा काटेर ख्याति श्रेष्ठको विभत्स हत्या ग-यो । त्यसरी नै तिमीलेपनि मेरो निर्मम हत्या गर्न चाहन्थ्यौ । भनिन्छ – दुश्मन लागेर केही हुँदैन भगवान नलागुन । यस्तै भयो मेरो साथमा पनि, तिम्रो लाख लाख प्रयास अन्तत: असफल नै रह्यो । म आज तिम्रो वहिनी र ज्वाइलाई हार्दिक कृतज्ञता प्रकट गर्दछु । जसले मलाई बचाएर रातारात काठमाण्डौ फर्काएका थिए ।

सपना ! एक दशक वितेछ हामी श्रीमान,श्रीमती भएकोपनि । आज त्यो हाम्रोबीचमा केवल याद मात्रै बाँकी छ । हामी नदिका दुई किनार भयौ जो समानान्तर छन् । तर आपसमा कहिल्यै भेटिने छैनन् ......... ! भनिन्छ – सुखका समयहरु छोटो हुन्छन् । थाहै नपाई १० बर्ष बितेछ, हाम्रो त्यो १० बर्ष यति रमाइलोसँग बित्यो कि – कहिल्यै हाम्रो नमिटो बचनसम्म भएन । प्रेम विवाह असफल हुन्छ भन्नेहरुकोलागि हामी गतिलो जवाफ जिउँदो उदाहरण थियौ । हाम्रो मेलमिलाप देखेर सबै छक्क पर्थे । हाम्रो “परेवा प्रिती” रे । हुन पनि यो लामो समयसम्म एक रात दुई खाटमा सुतेनौ हामी , हामी आफै आफै दंग थियौं । मायाको , विश्वासको कुनै सिमा थिएन । मलाई यस्तो लाग्थ्यो – कलियुगकी सत्यवती सावित्रा मेरी प्राणप्यारी सपना नै हुन । तपाँइहरुले कुनै न कुनै दिन देख्नुभएको होला कसैले कसैको लास जलाउदै गरेको ………… । तर म आफ्नै लास जलाउदै छु । आफू जल्दै गरेको मुकदर्शक भएर हेरिरहेको छु । नचाहेर पनि तिमीसँग टाढा भएर बस्न वाध्य भएको छु । मेरो दुनियाँ अन्टार्कटिका महादेश जस्तै अन्धकार भएको छ । त्यहाँ त ६ महिनापछि उज्यालोको आशा गर्न सकिन्छ तर म ....... !

मैले जीन्दगी दुखमा जिउन तिमीसँगै सिकें । कुनै दिन एकरोटी आधा आधा खाएर एकले अर्काको मुख हेर्दै आन्नद र सन्तोषले पनि निदाएका थियौं । जाडो याममा माकुरीको जाल जस्तै पछ्यौरा ओढेर पनि रात काटेका थियौ । आजपनि सपनीहरुमा तिमी मेरो अंगालोमा नै हुन्छौ………….!! तर यथार्थमा तिमी त मेरो सिंगो आकाशगंगा भन्दापनि पर छौ । यस्तै असजिलो जीन्दगीको गोरेटोहरुमा हिंड्दै गर्दा हाम्रो सन्तानको रुपमा छोरीले जन्म लिइन् । उनको नाम “श्रृजना” जो तिम्रो र मेरो मायाको अमूल्य श्रृजना थियो । फेरि हाम्रो खुशीको अर्को सगरमाथा थपियो । छोरी वढ्दै गइन र स्कुलमा पनि भर्ना गर्यौ । एक दुई हुदै श्रृजनापनि क्लास चारमा पुगिन । काठमाण्डौको महंगाई खर्च बढ्दै गएपछि घर चलाउन गाह्रो हुन थाल्यो र तिम्रै सल्लाह अनुसार म २०५८ मंसिर २ गते मलेशिया तर्फ प्रस्थान गर्दछु । तिमीलाई सुखसँग राख्ने मेरोपनि चाहना थियो । त्यसैले म तिमी र छोरी श्रृजनालाई छाडी प्रदेशिय । त्यो समयमा मेरो मनभित्रको वेदना यी शव्दहरुमा व्यक्त गर्न सक्दिन सफल कथाकारले एउटा गतिलो वियोगान्त कथा लेख्ने थियो तर म महशुस मात्र गर्न सक्छु व्यक्त गर्न सक्दिन ।

एकजना सज्जनलाई मैले सोधेको थिएँ । प्रेम असफलका कारणहरु के के हुन सक्छन ? उत्तरमा ती सज्जनले भनेका थिए जव दुईजना बीचमा प्रेम भन्दा वढी महत्वमा अरु कुराहरु पर्न थाल्छन् । त्यतिवेला दुनियाँको कुनैपनि प्रेम असफल हुन्छ । यो भनाईसँग मेरो पनि सहमति नै छ । भन्छन् – हरेक मान्छे एउटा सुनौलो अवसरको खोजीमा हुन्छ जव त्यो अवसर प्राप्त हुन्छ तव उसले जे त्याग्नु परेपनि जे अपनाउनु परेपनि अपनाउछ । त्यस्तै ग-यौ तिमीलेपनि एउटा सुनौलो जीन्दगीको कल्पना गर्दै एउटा धनी केटासँग विवाह गर्ने तिम्रो निर्णयले मेरो मायालाई वेवास्ता मात्र गरेन छोरी श्रृजना आमा वावा हुँदाहुँदै टुहुरी भइन । श्रृजनालाई सकेसम्म आमाको अभाव महसुस नहोस् भन्ने चाहेर उनलाई सवभन्दै धेरै ख्याल गरिरहन्छु । तर मान्छे आफ्नो जन्म दिने आमालाई कुनै मूल्यमा भूल्न चाहदैनन् र भुल्न सक्दैन पनि तर पनि म उनलाई हर सम्भव यही प्रयास गर्नेछु । छोरी मात्र होइन असल छोरी, राम्री छोरी र आदर्श छोरी वनाउने प्रयास गर्नेछु । मेरो छोरी देखेर दुनियाँ छोरीप्रति विश्वास गर्नेछन् आमा वावा हुँदाहँदै टुहुरी वनेकी छोरी यो दुनियाँको नमुना छोरी वनाउने छु । त्यतिबेला सबै आमावावाहरु गर्वका साथ भन्नेछन् वाह ! यस्तो पो हुनु पर्छ छोरी.......!

सपना ! तिम्रो बारेमा सुनेर मलाई दुख लाग्दैछ । हुन त म तिमीलाई यस्तो हुँदा ताली बजाउनु पर्ने हो । तर म तिम्रो उज्जल भविष्यको कामना गर्दछु । तिमीलाई यस्तो मान्छेले विहे गरेछ जसले तिमीलाई श्रीमती भनेर आफ्नो घरमा लैजाने आँट सम्म गर्न सकेन । कतिदिनसम्म तिमीलाई लुकाएर राख्छ……….? हुनत यो मेरो मन दुखाइको होइन तरपनि म तिम्रो कुभलो कहिल्यै चिताउदिन जतिबेला तिमी कुवेर अनि म सुदामा हुनेछौं त्यतिबेलापनि तिमीलाई म यही कामना गर्ने छुँ । सपना, म चाहन्छु अर्को जन्म लिने मौका मिल्यो भने म तिम्रो जीवनसाथी भएर बाँच्न चाहन्छु । त्यतिबेला म तिमीलाई यो जीवन र जगतको साँचो दर्शन गराउने थिएँ । पैसा जीवन र मायासँग तुलना हुदैन भनेर त्यस्ता धेरै दाहरण देखाउने थिएँ, सुख र आनन्दको अर्थ बताउने थिएँ, ठुलो मान्छे र राम्रो मान्छे हुनुको फरक बताउने थिएँ । तिमी सुखमा बाँच्न चाह्यौ ठिकै छ म त तिमीलाई सुख दिन सकिन यही मेरो गल्ती हो र ? अनि मलाई यो सजाय दियौ ?? यो तिम्रो प्रेरणाले म राम्रो मान्छे बन्न चाहन्छु !! सुखमा होइन आनन्दमा बाँच्न चाहन्छु । किनकी सुख वाहिय हो भने आनन्द आन्तरिक हो । साँचो जीवनको दर्शन आन्नदबाट मात्र पाउन सकिन्छ नकी सुखबाट, अनि सबै ठूलो मान्छे राम्रो हुँदैनन् तर सबै राम्रो मान्छे महान पक्कै हुन्छऩ् । म महान हुन चाहन्छु जहाँ तिमी जस्तो मान्छेपनि अट्नेछन् ।



अन्तमा, तिम्रो म र मेरो साथमा पुरा नभएका सम्पूर्ण सम्पूर्ण अधुरो सपनाहरु पुरा होउन् । यसरी भोलि अलपत्र परेको मैले सुन्न नपरोस् सपना ।

भन्छन - पाप धुरीबाट कराउछ, तिमीलाई समयले त्यही दिइरहेको त छैन ?? तर म अझपनि तिम्रो जीन्दगिको सफलताको कामना गर्दे हार्दिक हार्दिक सुभकामना दिन चाहन्छु । सकभर तिमीलाई देख्नु नपरोस् यदि देख्नु परेमा यो हालतमा सुन्नु र देख्नु नपरोस् ।उही तिम्रो भुपु प्रकास घले

नोट : प्रकाश घले { ऩुवाकोट } प्रति समर्पित छ ।





[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Sep 1, 2009

झरी परिरहन्छ (अन्तिम भाग)

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


पहिलो भाग
दोश्रो भाग
तेश्रो भाग

वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए।


मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गएको। बाबु-आमा दुबैको अनुहारमा उमेरका रेखाहरु प्रशस्त फैलिसकेकाथिए। कपाल पनि आधी भन्दा बढी फुलिसकेकाथिए। हालखबरका सामान्य गफ पछि मैले मेघासंगको बिवाहको कुरा चलेको र केही निर्णय गर्नु पूर्ब नैनकलासंग भेट्न चाहेको कुरो बाबु-आमासंग राखेको थिँए।

बुवा-आमा दुबैले लामो नि:श्चास लिनु भएकोथियो।
“नैनकला र तेरो सम्बन्धबारे सुनेका थियौं, बाबु तर अब तैले नैनकलालाई भुलिदिए हुन्छ”। बुवाले निराशाजनक स्वरमा भन्नु भएको थियो। आमाको अनुहारमा पनि त्यस्तै नैराश्यता देखेको थिँए।

“किन र बुवा, के नैनकलाको बिवाह भइसक्यो र?” मैले ब्याकुलताका साथ सोधेको थिँए।

“होइन, नैनकला माओबादीसेनामा गईन। जिँउदै छिन् या मरिसकिन् थाहा छैन।”। मलाई अचानक म मुनिको जमीन धस्सिएको आभास भएको थियो। अकास पनि फनफनी घुमेको जस्तो लाग्यो।

“किन, कसरी बुवा, यस्तो कसरी हुन सक्छ? नैनकला कसरी माओबादी सेनामा जान सक्छे”? मैले बुवालाई प्रश्नहरुको वर्षा गरेकोथिँए।

“अव यो किन र कसरीको खोजी गरेर केही फाइदा छैन बाबु। अव खुरुक्क अमेरिका फर्किएर मेदिनीप्रसाद काकाले जे जे भन्नुहुन्छ, त्यहि त्यहि गर। हामीले त तँलाई जन्म दिएर हुर्काइदिएकोसम्म हो, तेरो भाग्य बिधाता भनेका मेदिनीप्रसाद नै हो”।

मैले जिद्धि गर्दा पनि बुवाआमाले थप केहि बताउन चाहनु भएको थिएन। मैले एकचोटी गाँउजाने र नैनकलालाई खोज्ने कुरा गरेको थिँए। सुरक्षाको कारण देखाएर उँहाहरुले गाँउजाने कुरो सिधै अस्विकार गरिदिनु भएको थियो। बाबु-आमाको अस्विकृतिको बाबजुद म गाँउजान हिँडेको थिंए।

दुई दिनको बसयात्रा, त्यसपछिको पैदल यात्रा। ऊकाली, ओराली, कहिले खोलाको किनार किनार, कहिले जंघार तर्दै, कहिले सुनसान जंगलको बाटो। बाटोमा भेटिएका मानिसहरुले शंकालु, डर त्रास मिस्रित नजरले हेर्थे र म पनि मानिसहरु देख्दा भित्र भित्र त्रसित हुन्थें। मेरो हिँड्ने बानी छुटिसकेकोले एकैछिनमा थकित हुन्थें। तर बिश्राम नलिई अघि बढिरहेको थिंए; नैनकलालाई भेट्ने दृढतालले मलाई तानिरहेकोथियो। म गाँउको बेसीमा पुगिसकेको थिँए र डाँडाको थुम्कोमा रहेको मेरो गाँउ देखिइसकेको थियो। आफ्नो गाँउको झलकले मलाई आत्मबिभोर तुल्याएको थियो। ती बनपाखाहरु, खोलाहरु, बेसीका खेतका गराहरु सबैले मलाई स्वागत गरिरहेकोजस्तो लागेको थियो।

“हाल्ट”

पछाडिबाट कसैको कडा आवाज आएकोथियो र म रोकिएको थिए। मलाई सेनाका पोशाक लगाएका केही युवाहरुले घेरेका थिए। सबै हातहतियारबाट सु-सज्जित थिए। उनीहरुको टोपीमा भएको रातो तारा चिन्हले उनीहरु माओबादी सेना भएको अडकल काट्न गारो भएको थिएन।

“तंपाई को, कहाँ जान आएको, नाम के हो, घर कहां हो? किन आएको, कसको ईजाजतले आएको?....” उनीहरुले एकै पटक थुप्रै प्रश्नहरु बर्साएका थिए। आफू उपल्लो गाँउको भएको, १०-१२ बर्षदेखि गाँउ छोडेर काठमाण्डौ र त्यसपछि थप अध्ययनको लागि अमेरिका गएको र अहिले आफ्नो गाँउ घुम्न मन लागेर आएको बताएको थिँए।

“तँपाईका उत्तरहरु सत्य हुन भनेर कसरी मान्ने? तँपाई हाम्रो दुश्मनको मानिस पनि हुन सक्नुहुन्छ। त्यसैले थप अनुसंधानको लागि हामी तंपाईलाई कब्जामा लिंदैछौ र हाम्रो कमाण्डर समक्ष प्रस्तुत गर्नेछौं”। त्यसपछि उनीहरुले मेरो आँखामा पट्टी र हात पछाडि लगेर बाँधिदिएका थिए र मलाई उनीहरुसंगै हिंड्न बाध्य पारिएको थियो। भित्र भित्र डर लागिरहेको थियो तर आफूले कुनै जन बिरोधी काम नगरेको, र आफू शत्रु वा मित्र कुनै कित्ताको मानिस नपरेकोले केहि गरिहाल्लान् भन्ने चाँहि लागेको थिएन। करिब दुई-तीन घण्टा हिंडेपछि हामी रोकिएका थियौं।

“कसलाई लिएर आउनु भयो कमरेडहरुले”? एउटा कडा नारी स्वर गुञ्जिएकोथियो। कता कता चिरपरिचित जस्तो आवाज।

“यो मान्छे, पल्लो गाँउको हुँ भन्छ, ९-१० बर्ष अघि अमेरिका गएको रे, अहिले गाँउ घुम्न आएको भन्छ। यसको कुरा बिश्वास नलागेर लिएर आएको, कमाण्डर कमरेड”। मलाई लिएर आउने मध्य एउटाले जवाफ दिएकोथियो।

“हँ, अमेरिकाबाट आएको रे , पल्लो गाँउको रे? ” नारी स्वर झस्किएकि थिइन्। “पट्टी खोल्नूस त।

मेरो आँखाको पट्टी खोलिएको थियो।

“नैनकला !!!!”” मेरा ओँठहरुबाट मेरो सामुन्नेको नारीको नाम निस्किएकोथियो। हो, मेरो अगाडी नैनकला थिइन्। सैनिक पोशाकमा। बन्दुक बोकेकी। दुब्ली। आँखा अलि भित्र धस्सिएर गालाको हड्डी माथि उठेको जस्तो देखिएको। सुक्खा अनुहार। कलेटी परेको ओंठ। तर तिनी मेरी नैनकला थिइन् जो संग मैले संगै बांच्ने संगै मर्ने कसम खाएकोथिँए। यसरी अचानक नैनकलासंग भेट होला भनेर चिताएको पनि थिइन।

“तिमी”......”? उनी पनि चकित् भएकि थिइन्। भावनाका हजारौं रेखाहरु उनको अनुहारमा आएर गएका थिए। आंखामा आँशु छचल्किएको थियो र उनले हठात् मलाई अँगालोमा बाँधेकीथिइन्। “तिमी कसरी यहाँ अकस्मात??

अन्य जनसेनाको उपश्थितिले होला सायद, उनी छिट्टै सम्हालिएकी पनि थिइन। मलाई अंगालोबाट मुक्त गरेकीथिइन्।
“कमरेडहरु, तँपाईहरुले मेरो साथीलाई पो लिएर आउनु भएछ। उ थाकेको होला, भोक पनि लागेको होला, ल छिट्टो खानपानको ब्यबश्था गर्नूस्”।

“ए हो र , गल्ती भयो कि कमरेड, पुर्याउन जाऊँ”। जनसेनाका सिपाहीहरु पनि आश्चर्यमिश्रिग भावमा मुखामुख गरिरहेका थिए।

“हैन, केहिछैन, आज थाकेको होला, आराम गर्छ, भोली झिस्मिसेमा नै सुरक्षाकासाथ इलाका पार गराईदिनुहोला।“

“तिमीले बिहे गर्यौ”? खाना खाँदै गर्दा उनले सोधेकीथिइन्।

“छैन, म अहिले सम्म तिम्रै प्रतिक्षामा छु। म तिमीलाई लिन आएको नैनकला”। मैल जबाफ दिएको थिँए।

“तिम्रो प्रेम मेरो लागि सौभाग्य हो। म खुशी छु, तिमी अमेरीका देखि मलाई खोज्न आयौ। प्रेम निभायौ। तर मेरो बाटो अब अलग भइसकेकोछ। म तिमीलाई मेरो प्रेम बन्धनबाट मुक्त गर्छु। जाऊ, फर्क र घरजम गर”। उनले भनेकी थिइन्।

"तर तिमीले जीबनको यो कस्तो बाटो रोज्यौ नैनकला?” मैले सोधेको थिँए।

“भयो, यो कुरातिर नजाऔं, तिमी थाकेकाछौ। आराम गर। भोलीबिहान कमरेडहरुले तिमीलाई सुरक्षित साथ पुर्याईदिन्छ” उनले कुरा मोड्न कोशिष गरेकिथिइन्।

“म त तिमीलाइ भेट्न आएको नैनकला। तिमीले मलाई किन बिर्सियौ? मेरा पत्रहरुको जवाफ किन आएन? तिमीले किन यस्तो बाटो रोज्यौ, जुनबाटोमा हिँसा नै हिँसा छ? “ मैले प्रश्नहरु छोडिन।

“तिमी मसंग राजनैतिक कुरा गर्न आएको”? उनी अलि चिडचिडाएको थिइन। सायद मेरा पछिल्लो प्रश्न उनलाई मन परेको थिएन।

“म मेरो प्रेम फिर्ता लिना आएको, नैनकला”। त्यसपछि उनी गम्भिर बनेकीथिइन्।

“तिमीले २०५६ सालतिरको ‘किलो सियरा टु’ अपरेशन बारे सुनेका थियौ?

“सुनेको जस्तो लाग्छ, तर त्यति जानकारी भएन”। मैले जवाफ दिएको थिँए।

“२०५६ साल फागुण १० गतेको कुरा हो। गाँउमा अझै चिसो घटेको थिएन। हिउँदको वेला त्यति काम नभएकाले गाउँलेहरु सबै घरमै थिए । आईमाईहरु घर कंसेर गर्दै थिए। कोही पानी लिन गएका थिए। कोही गाईबस्तुहरुलाइ घाँस पराल दिंदै थिए। दिन अघिल्लो दिन जस्तै सामान्य थियो। केही फरक थिएन तर एकाएक श्थिति बदलिएको थियो। यहाँ बिध्वंश मच्चिएको थियो। हेर्दाहेर्दै त्यो हाम्रो सुन्दर गाँउ खरानी भएको थियो । १५ जनाको जीवन एउटै चिहान भयो । ७० भन्दा बढी घर जलेर खरानी भए। साना नानीहरुले अघिल्लो रात सँगै सुतेका बाबाहरुलाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे”।

“म पनि पानी लिन गएको थिंए। त्यो दिन हाम्रो घरको छाना छाउने दिन थियो। छिमेकी काकाहरु, दाइहरु आउनु भएको थियो। फर्किंदा मैले देखें आंगन भरि प्रहरीहरु थिए। बुवा, काका, दाइहरु सबैलाई लाइन लगाएर राखिएकोथियो र प्रहरीले बन्दुक सोझ्याएको थियो। म डरले कान्लाको छेउमा लुकें। प्रहरीको हाकिमले आदेश दियो, “ यिनीहरु सबै माओबादी हुन्, यिनीहरुलाई गोली ठोक”।

“बुवाले नेपाली काँग्रेस सदस्य परिचय पत्र देखाउदै दुई हात जोड्नु भयो। गोलीले उँहाका हातहरु उछिट्टिए। अर्को गोली छातीमा लाग्यो र उँहा ढल्नु भयो। काका, दाइहरु सबैजना ढल्नु भयो। उनीहरुले दोहोर्याएर फेरि सबैलाई गोली हाने। परिचयपत्रहरु उंहाहरुको मुखमा कोचिदिए। हाम्रो घरमा आगो लगाइदिए। त्यसपछि गोली चलाउँदै, आगो लगाउँदै उनीहरु माथितिर लागे। त्यो दिन बिहान गाँउ पस्ने बाटोमा प्रहरीको गस्ती टोलीसंग माओबादीको जम्काभेट भएको रहेछ र दोहोरो फायरिंगमा एक जना प्रहरीको मृत्यू भएको रहेछ। त्यसको रिसमा प्रहरीहरु हाम्रो गाँउमा पसेर ताण्डब गरे। मैले मेरो बुवा, दाइ र काकाहरुलाई निमेष भरमा गुमाएँ। त्यसै दिन पछि हेलिकप्टरबाट समेत गोली बर्षा भयो। मानिसहरुमात्र होइन, गाइबस्तुहरु समेत मरे। भोलिपल्ट रेडियो समाचारले बुवा, काका, दाइहरुको नामै तोकेर भन्यो, दोहोरो भिडन्तमा माओबादी सेनाहरुको मृत्यु। सरकार हाम्रै थियो-नेपाली काँग्रेसको। निहत्था मेरा बुवा, काकाहरु, दाइ जो सबै नेपाली काँग्रेसकै हुनुहुन्थ्यो लाई माओबादी बनाईयो। त्यसको शोकले गलेर आमा पनि केही महिना पछि बित्नु भयो। तिमी यहाँ थिएनौ। म एक्लो र असुरक्षित भएँ। आफन्तहरु सबै माओबादीको नाममा मारिए पछि म पनि कुनै दिन त्यसरी नै मारिनसक्ने डरले माओबादीको आश्रय लिँए। म कुन बाटो आएँ, सही गरेँ या गलत गरेँ, अब फर्केर हेर्न चाहन्न”।

नैनकलाको दर्दनात्मक कथा सुनेर म एकछिनलाई स्तब्ध भएकोथिँए। नि:शब्द भएकोथिँए। तर मैले आश मारेको थिइन। उनलाई यो हिँसात्मक बाटो छोडेर सामान्य जीबनमा फर्किन अनेक अनुरोध गरेकोथिँए। तर उनी उनको निर्णयमा अटल थिइन्। म असफल भएकोथिँए।

अर्को बिहान नैनकला मलाई पुर्याउन धेरै परसम्म आएकिथिइन्। त्यसपछि उनका जनसेनाहरुले उनलाई सुरक्षाको कारण देखाएर अघि बढ्न रोकेकाथिए। नैनकलालाई त्यसरुपमा छोडेर हिँड्न पर्दा मेरो मन मा पहिरो गएको थियो। मैले लुकाएर आँशु झारेको थिँए। नैनकला सायद सैनिक तालिमले होला, कठोर देखिन्थिन्।

म अमेरिका फर्किएको केही दिन पछि माओबादी र तत्कालिन शाहीसेनाको भिषण दोहोरो भिडन्त भएको थियो र मैले नैनकलालाई सदाको लागि गुमाएको थिँए। सरकारी सेनाको लागि एउटा आतंकबादी मारिएको थियो र माओबादीहरुको लागि एउटा सहयोद्धा। तर यो युद्धमा मेरो प्रेम शहीद भएकोथियो।
=======
बाहिर ढोकाको घण्टी कसैले एकनाससंग बजाइरहेको रहेछ। म अतितको तन्द्राबाट ब्युँझन्छु। ढोका खोल्छु। मेघा कामबाट फर्केकी रहिछिन्।

“हैन, मैले घण्टी बजाएको कति भयो, हजुर निदाइ’सेछ कि क्या हो, खै त बच्चाहरु?”

मेघा निथ्रुक्कै भिजेकि रहिछन्। बाहिर झरी परिरहेकै रहेछ।

(२०५६ साल फागुण १० गते रुकुम, खारामा भएको प्रहरी दमनमा आधारित)
समाप्त।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP