~उपमा अर्याल
बिदेश मै भइयो यसपाली पनि, महान चाड दशैमा
लाउँला टिका, लिउँला आशिर्बाद, अर्को बर्षको दशैमा।
सुबाश छर्दै आयो है घट्टस्थापना, पालुवा नयाँ लिएर
मिलेर फुलाऔं यही पालुवा हामी, नव रात्रीको लहर।
घाँटी हेर्दै हाँड निल्लौ है सब, आफ्नो गक्ष अनुसार
देउ शक्ती लड्न दुर्गे भवनी! अभाबसँग भएर निडर।
भ्याइ नभ्याइ होला चटारो कामको, इस्टमित्र भेटघाट
लिङ्गे पिङको मज्जा, धर्ती छोड्दा, ताजै छ मन्स्पटल।
जान्थें रमाउँदै दरबार, गर्न दर्शन गोरखकालिको
मग्थें शक्ती सधैं उन्मुल गर्न दानव अत्यचारीको।
हत्या हिंसा रोकौ है सब, होइन राम्रो दिएको बली
जिउने अधिकार सबको हुन्छ बुझौ है यसैपली।
हर्ष उल्लासको रौनकसँगै गरौं प्रसाद दुर्गाको ग्रहण
शुभकामना बोकी पठाकी छु परेवी, उमङ्गको बातावरण।
~ अस्तु ~
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


पोस्तक श्रेष्ठ