Oct 28, 2009

देउसी भैली भिडियो २००९

नमस्ते आमा बाबा , दाजु भाइ , दिदी बहिनी , तथा साथी सँगी हरू !

तिहार पनि सकियो, हजुर हुरको तिहार पनि राम्ररी बित्यो होला हैन ! यो पाली पनि बिगतका ३-४ बर्ष जस्तै दिदी सँगै नहुँदा मेरो निदार खालि नै रह्यो तर पनि तिहारको दिन मा भएको दिदी भाइको भलाकुसारीले दिदीसंगै बसेर टीका थापे जस्तै भएको थियो।
के बिछोड को कुरा गर्ने हगी, ‍अनि तपाई हरुको देउसी भैलो कस्तो रह्यो कुन्नि ? हाम्रो त सानो समुह भएर देउसी भैलो खेल्यौ , रमाइलो नै भयो । प्रस्तुत देउसी भैली कार्यक्रम को सानो क्लिप यहा पस्केको छु । क्लिप उपलब्ध गराईदिनु भएकोमा दीपक संजेल र कृती दाइलाई मुरी मुरी धन्यवाद !









[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 23, 2009

Back Home ......



Dikshya Dhital
(Universal Initation)
Kathmandu, Nepal


From the day that I have been back, people have been asking me the same question; “How long are you here for, or when are you going back?”! No one seems to understand the fact that I am here for good; that I have left US for a good reason and I am seriously trying to build a career in my own country! At the same time I don’t even want to blame them, after all how many people have returned home after their education abroad to work here? Even if there are some, they might be in such small numbers that you can count them within your fingers!

Yes, I am back home and I am proud for the fact that I am here. I am having the time of my life in doing all those things that I had been putting off from the past few years. I am exploring my country and realizing how beautiful it is. I have finally seen Everest, drank through streaming rivers and walked along wild lives. I even had time to take that dance and language class that I always thought that I would.
We have heard people complaining about the fact that there is no opportunity here. What they don’t understand is that there are plenty of opportunities for those who are willing to put that extra effort. In fact there are more jobs than capable people to fill them. I am not stating that just by the fact that someone comes from a foreign country he would have a better chance to get a job here but he might have that extra edge to succeed for sure.

In the US I had to compete fiercely to get an unpaid internship at a well known company. Here I am getting a chance to choose a job that I want to do and enjoy it at the same time! In the beginning I was sad thinking in Nepal you don’t get a job unless you are recommended by someone, but it is not always so. You are respected for your achievement. The last two job offers that I got were entirely based on me and my own work rather than recommendation.
There is obviously room for a lot of work. Most important thing is you get to do something that you believe in! If you are in such a job, everyday is a blessing and a joy in itself. The only downside is you will obviously be not paid as much, but that is something that you should be prepared for. If you are coming back to Nepal, you are not coming here for the money. But that doesn’t mean you will not have enough for you living here; you will be pretty well off.
It is not just the job and career aspect that you get here, but the whole family experience. The simple joy that comes from being with your family or by being able to celebrate the festivals with them. By wearing new cloth and visiting relatives to get their blessing during Dashain. Just simply enjoying Tihar by lighting the candles all around your house and listening to small children coming to your door steps to sing their “Bhaileo”.
I am not saying this is for everyone. I am not saying you should catch the next plane tomorrow and be here the day after. I understand that all of us have our responsibilities and that we have our families. But it is sad that we forget at times that we have a responsibility towards our country as well. We forget our roots and tend to live for instant gratification in exchange for long term happiness. There are some people who can afford to give up their life in a foreign country and be back home. But it is sad to know that only a handful of them actually do it.
I have realized that you need a lot of courage and support to take that important step towards home. I have realized that it is ok to worry and be anxious. It is ok to think and rethink, to decide and to be undecided. But in the end whatever you choose it will take you to the right direction.
For me the direction was back to my country. Give yourself some time and think about it once again, which way does your direction show?

[Note: All the pictures posted above were taken by the Author herself]
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 21, 2009

शुँभ दीपावली २०६६ देउसी भैलो कार्यक्रम, मिनिसोटा

शुँभ दीपावली २०६६ को शुभ अवसरमा मिनिसोटा बासी नेपालीहरुले देउसी भैलो कार्यक्रम गरेर उत्साहजनक तवरले मनाएका छन् । संजेल परिवार को संयोजनमा भएको उक्त कार्यक्रममा मा गीत सङ्गीत साथ साथै रमाइला रमाइला देउसी गीत हरू गाइएका थिए । केटा केटीहरुको पनि उत्साहजनक सहभागिता थियो । कतिपय नेपाली मुलका यी केटा केटीहरूको लागी यो नै पहिले देउसी भैलो कार्यक्रम थियो ।
बिदेशीएका नेपाली परिवार हरुले पनि आफ्नो रीतिरिवाज तथा चालचलन लाई पूर्व रुपमै अगालेको भान भएको थियो । प्राय सबै जसो परिवारहरूले ले सेल रोटी, अनरसा, अर्सा, पुरि, खीर तथा विभिन्न फलफूल हरुले देउसीभैलो टोली लाई स्वागत गरेका थिए ।
पङ्क्तिकार पनि प्रस्तुत कार्यक्रममा संलग्न थियो । उक्त कार्यक्रम का केही तस्विर यहाँ पेस गरेको छ, तस्विर उपलब्ध गराइदिनु भएको मा संजेल परिवारलाई धन्यवाद !

कार्यक्रम बाट करिब ६०० डलरको हाराहारीमा रकम सङ्कलन भएको थियो। उक्त रकम को सहि ठ सदुपयोग को लागी कार्यक्रम आयोजकहरू भलाकुसारी गर्दै छन् । एउटा निकै रमाइलो प्रस्ताव पनि आएको थियो, केहि देउसी भैलो टोलीका मित्र हरुलाई उक्त ६०० डलर दिएर क्यासिनो पठाउने , अनि उहाँ हरुले डबल गरेर ल्याउने ! यो डबल गर्ने प्रस्तावमा , तपाईको के बिचार छ कुन्नी ?
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 20, 2009

दण्डहिनता कहिले सम्म? - भाग ३:

उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


भाग १ पढ्न यहा क्लिक गर्नुहोला
भाग २ पढ्न यहा क्लिक गर्नुहोला
समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु।
अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी रहेको थियो। तर हिम्मत हारिन उस्ले। "थोपा थोपा पानीले समुन्द्र बन्दछ" भने जस्तै अहिले बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवारका सदस्यहरु राष्ट्रिय स्तरबाट नै आएका छन। सबै जनाको एउटै बोली थियो- हाम्रो बेपत्ता व्यक्तिहरुको कि त लाश चहियो कि त सास। दण्डहिनताको अन्त्य हुनु पर्छ। देशका ठुलो ओहदामा बसेका
ब्यक्तिहरु हरेक छलफलमा सकारत्मक जवाफ दिन्छन तर कार्यवायन चाँही कहिलै गर्दैन। त्यसै हुनाले राज्य आँफैले पनि दण्डहिनतालाई प्रत्सोहन गरिरहेको आभस भइरहेको छ सबै जनताहरुलाई। आखिर किन त ? यस्तो अवस्थामा पीडित पक्षहरु आक्रोशित हुनु स्वाभाबिक नै हो। नियम भित्र रहेर आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हरेक जनताको अधिकार हो । त्यो अधिकार राज्यले जनताहरुलाई दिन नै खोज्दैन, किन? के जनताको सुरक्षाको लागि हाम्रो सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्न सक्दिन्न, आखिर किन ?
यो ५ बर्षमा कती चाडबाड आए गए, न त ति चाडबाडहरुले कुनै हर्स उल्लसको रौनकता नै भित्रायो उस्को घरमा न त कुनै उमङ्ग नै। यसै आउथें, जन्थें ति चाडहरु। तर हरेक सालको तिहार आउँदा त सुनिताको मन साह्रै नै रुन्थियो। यसपाली पनि त्यो आँशुको भेल खहरे खोला झै बर्सिने पक्क थियो। अफिस तिर जाने तर्खर गर्दै थिइ आज बिहान उ मोबाइल को घन्टी बज्यो। मोबाइल हेरी उस्ले तर नाम नै आएको थिएन। हत्तपत्त उठाइ। उताको कुरा सुनेर उसको बोली नै फुटेन। उस्ले यो कुरा त सोचेकी पनि थिइन की आफ्नो चाहना अनुसार, आफ्नो रहर पुरा गर्ने नाममा उस्ले उस्कै दाईहरुको ज्यान खतरामा मोलिदिएकी रहिछ। उ पत्रकार भएको कारण नै उस्का दाईहरु उस्को सामुबाट खोसिएका रहेछन, त्यतिबेला भूमिगत भएका दलबाट। अझ फोनमा आवाज आहिरहेको थियो कि अझ उ बेपत्ता व्यत्तिहरुको खोजीमा सकृया रुपमा लागि परेमा वा त कुनै त्यस्ता सम्बन्धी लेख रचना प्रकाशित गरेमा उस्लाई पनि यस संसार बाट बिदा गरिदिने धम्की दिएर फोन रखिदियो। आज भाईटिकाको दिन नै उस्ले यो के सुन्नु पर्योद। उ जो जहिले पनि आफ्नो दाजुभाईको सु-स्वास्थ अनी दिर्गायुको कामना गर्छे, उसैले नै गर्दा उस्का दाईहरु पीडित हुनु परेको हो त? यही कुराले मन गरुङ्गो पार्दै आजको समाचार वचन गरेकी थिइ उस्ले अनी कसैसँग पनि केही नबोली सरासर आफ्नो अफिस कोठा तिर लगेकी थिइ। सुनिताको मन छट्पटी रहेको छ। के गर्दा बेश होला, के नगर्दा ठीक होला छुटाउन सकेकी छैन उस्ले। आफ्नो बाँच्न पाउने अधिकार पनि उस्ले अरुको ईशारामा प्रयोग भएको महसुस गर्दै छे।
के यही नै हो त मानब अधिकारको सुनिश्चितता? दाईहरुको बिछोडबाट बुवा आमा मरेतुल्य हुनुहुन्छ नै, यदी उस्लाई पनि केही भयो भने उँहाहरुले के गर्नुहुन्छ। ५ बर्ष अगाडिको द्रोन्द्रले अनेक थरीका पिडाहरु दिएका छन उँहाहरुलाई, मानसिक स्थिती झन कम्जोर भइरहेको छ। यस्तो परिस्थितीमा अब फरी अर्को एउटा उमा सिंह पनि थपिएमा के हुन्छ होला यो देशको गती? केहि गर्छु भन्ने सुनिता जस्तालाई गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाई उचित बाटो देखाउनु भन्दा ति नै जनताहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक अनी यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरि आफु भव्य जीवन जिइरहेक छन। सभ्यताले भन्दा किन बडी प्राथमिकता पाइरहेको छ भव्यताले आजभोलि? "खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ" भने जस्तै जे जस्तो परिस्थिती आए पनी आफ्नो ज्यानको बाजी लगाएर दण्डहिनता जस्तो जघन्य प्रकृतिका अपराधीलाई नयाँ बन्ने संविधानमा मृत्युदण्डको प्रावधान हुनुपर्छ भने नारा अगाडि सर्ने अठोट लिइ उस्ले। देशका ठुलाबडाहरुले कानुनको शासनलाई नमाने सम्म, देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहार मै नत्यागे सम्म र कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झन झन दलदल भित्र फस्दै जाने निश्चित छ। त्यस्तै गन्तब्यहिन बाटो हिडेको हाम्रो सरकारले मानवीय कल्याणका लागि उठेका सुनिता जस्ताका पाइलाहरु साँच्चिकै कहिले देखी प्रशंसा गरी, देशमा दण्डहिनता अन्त्य गर्न निश्पक्ष रुपमा त्यस्ता अपराधहरुको अनुसन्धान गर्ने? त्यसैले आउनुहोश सरकारबाट केही आशा नराखी फरी अर्को पत्रकारको हत्य हुन नदिन, दण्डहिनताको अन्त्य गर्न सबै जना जागौ, अबेर भैसक्यो !

~अस्तु~
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 16, 2009

अमेरिकी राष्ट्रपती बराक ओबामा द्वारा दिपावली को शुभकामना ब्यक्त

दिपावली को शुभ उपलक्क्षमा अमेरिकी राष्ट्रपती बराक ओबामाले समस्त हिन्दु धर्मावलम्बीलाई दिवावलीको शुभकामना सन्देस ह्वाईटहाउस मार्फत सञ्चालित वेभसाईटमा राखेका छन् । प्रस्तुत छ उक्त शुभकामना सन्देस को भिडियो !



[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 10, 2009

नयाँ संबिधान,संघियता र नेता

-चकेन्द्र राई ‘कैदी’

आज हामी एतिहासीक क्षण नयाँ सबिधान बनाउने पुर्ब संध्यामा उभिई रहेका छौ । यो नयाँ संबिधानले नै हामी र हाम्रो भबिश्यको निर्धारण गर्ने छ । हिजो हामीले २०४७ को संबिधानलाई विश्व कै सर्बोउत्कृष्ट संविधान भनेर घोषण गर्यौ । त्यति बेला हामीलाई खुसी लागेको थियो । तर त्यो संबिधानले देश र देशबासिलाई राम्ररी आधा दशक पनि हिडाउन सकेन । आज हामी ति सम्पुर्ण बिगतका कमजोरीहरुलाई गम्भीर समिक्षा गर्नै पर्छ । संबिधान छिन छिनमा परिवर्तन गर्ने बस्तु होईन । यती सवेदनशिल बिषयमा हामी किन गम्भीर भईरहेको छैनौ अरु राष्ट्रमा एक पल्ट बनेको संबिधान ५० बर्ष पछि पनि त्यतिकै उपयोगी हुन्छन् । हाम्रो मात्र संबिधान किन यसरी बारम्बार परिवर्तन गर्न जरुरी पर्छ हामी कति होसियार र हाम्रो बिचार कति सुदुर छन त भनेर कसैलाई सोधि रहनु पर्दैन । अन्तरीम स्ांबिधान त्यस्को सबै भन्दा ज्वालन्त र राम्रो उदाहरण हुन सक्छ । जसलाई पाचौ पल्ट शसोधन गरि निकट भबिश्यमा नै छैटौ पल्ट सशोधन गर्न लाग्दैछौ ।

दश वर्षको जनयुद्धले नै आज हामी संबिधान सभाको निर्वाचन गरि नयाँ संबिधान बनाउने ऐतिहासिक मोडमा खडा भएका छौ । यो समयाबधि मा धेरै नेपाली आमाबाबाहरुले आºनो छोरा छोरीहरु गुमाउनु पर्यो । धेरै नेपाली चेलीहरुको सिन्दूर पुछियो । धेरै नाबालक छोरा छोरीहरु टुहुरा टुहुरी हुनु पर् यो । हजारौ योद्धाहरु अन्धा अपा¨ भएका छन । आज हामी ति आन्दोलनहरुमा आºनो जिन्दगीलाई रति भर प्रवाह नगरी जिवन आहुती दिने ती सम्पुर्ण बीर शहिदहरु को आलो रगतमा उभिई रहेका छौ । हामी त्यसैको जगमा उभिएर आज मन्त्रि प्रधानमन्त्रि हुदै सपथ खाइरहेका छौ । तर हामीले शहिद र शहिद परिवारलाई संम्मान गर्नू त कता हो कता ती चर् याई रहेको घाउहरुमा अलिकति मलम लगाई दिने उद्धारता सम्म देखाउन सकि हरेको छैनौ यो राष्ट्रको यो भन्दा निर्लजता अरु के हुन सक्छ त्यो आन्दोलमा भएका हजारौ अपा¨ उहाँहरुलाई अलिकति सहानुभुति सम्म देखाउनु नसक्नु साच्ची नै दुःखलाग्दो कुरा हो । हाम्रो यति संकुचित सोचाई छ हामी ति महान योद्धाहरुलाई जातिय रुपले हेर्छौ । िल¨गीय रुपले ब्याबहार गर्छौ । राजनिती आस्थाको हिसाबले आफन्त र पराईको रेखा कोर्छौ । यति सम्मकी हाम्रा समस्त श्रद्धय बीर शहिदहरुलाई यहि नजरले हेरी बिभेद गरीन्छ । शहिद कुनै जाति समुदाय बर्ग राजनीति आस्था धर्म लिंग भित्र राखेर हेरीनु यो राष्ट्र जनता र ती शहिद हरुको लागी कतिको जायज हो यस्तो विभेद पुर्ण निर्णयले फेरी शहिदकाहुन कै लागी अरु धेरै शहिद हुनु नपर्ला भन्न सकिदैन । एउटा आगोको तिलीङ्गाले संसार जलाउन सक्छ । यो हाम्रा आदरणीय शहिदहरु लाई र शहिद परिवारलाई मात्र होईन सम्पुर्ण तपाई हामी जस्ता नेपाली जन्ताहरु माथीको ठुलो अपमान हो भन्ने लाग्छ । कसैको पुर्वग्राहि नितीले शहिदहरुको नाम छुट्नु हुदैन यति नै हो मेरो चाहाना ।

कुनैपनि राष्ट्रको संबिधान भनेको नागरीकता राज्यको दाईत्व निर्देशक सिद्धान्त तथा नितिहरु कार्यपालिका ब्याबस्थापीका सासद संबिधान सभा आर्थिक कार्य प्रणली न्यायपालिका अख्तियार दुरुपयोग अनुसन्धान आयोग लोक सेवा आयोग महान्याधिबक्त राज्यको ढाचा र स्थानिय स्वायत्ता शासन र सेना सम्वन्धि ब्याबस्था आदी आदी सबै………

संघियताको चर्को नारा सडक र सदन सम्म सुन्दा कति आनन्द लाग्छ । सयौ बर्ष देखि अन्यायको जातोमा पिल्सीएका ति दलित जनजाती सिमान्तकृत महिला बालबालिका पिछडाबर्ग धर्म प्रदेश र सबै सबैको लागी एउटा सुनौलो भविश्यको ग्यारेन्टि गर्ने समानुपातिक प्रतिनिधित्व र संघियताको सोचको साथ मा नेपाल र नेपालीले नयाँ संबिधान पाउदैछन । न्याय नपाएकाहरुले न्याय पाउने दिन कपडा लगाउन नपाएकाहरुको लागी कपडा लगाउन पाउने खाना नपाएकाहरुको लागी पेट भरी खाना पाउने दिन बेरोजगारीहरुको लागी काम पाउने दिन यी सम्पुर्ण कुराहरुलाई परिपुर्ती गर्ने छ भन्ने सम्पुर्ण नेपालीको आशा विश्वास र भरोसा पनि छ संघियतामा । तर आज हामी कुन संघियतालाई अपनाउने भन्ने कुरामा अनेकता देखिएको छ हामीले त्यो बाटोलाई रोज्नु पर्छ जुन बाटो बाट यो देशको दिर्गकालिन शान्ति जनताको सुरक्षा बिकाशकानूनी राज्यको स्थापना र प्रत्यक नागरीकहरुको मौलिकहकहरु सुरक्षित हुन्छन । संघियताको बारेमा निर्णय गर्नु पहिला नै यस बारेमा गम्भिर छलफल गर्नु अति जरुरी हुनेछ । नत्र राज्य फेरी अर्को ठुलो युद्धमा होमीने छ । अनि पचास वर्ष पछि धकेलीने छ । तर हामीले हिजो सुझाव संकलनको बाहाना मा जस्तै जन्ताको आँखामा छारो हाल्ने काम र राष्ट्रिय डुकुटी सक्ने काम मात्र नहोस मेरो कामना त यति मात्र हो नेपालले फेरी आर्का युद्धको चपेटामा नपरोस………

नयाँ सबिधामा नेताको बारेमा पनि लेखिएमा राम्रो हुने थियो की नेता हुनलाई के के चाहिन्छ भनेर बहस हुन जरुरी छैन एउटा नेता नै सांसद हो मन्त्रि हो प्रधानमन्त्रि हो राष्ट्रपति हो । राष्ट्रपति भनेको कुनै पनि राष्ट्र र जनताको अभिभाबक पनि हो । उसो भए २१ औ सताब्दिको नेपालीहरुको नेता त्यो मात्र हुन सक्छ जस्को कादमा जिम्मेवारी होस जसको दिमागमा समझदारी होस जसको आत्मामा ईमान्दारी होस । कानून बनाएर मात्र केहि हुदैन पालना नगरे जस्तो सुकै कानून भएपनि काम लाग्ने छैन । हाम्रा उपराष्ट्रपति जसलाई हामी यो देशको शंरक्षक भन्छौ । त्यस्तो गरीमामयपदमा आसीन महासयले त कानूनको खुल्ली उडाईदिन पछि पर्दैनन् भनॆ अरु को के कुरा कानुनलाई पालना गर्ने इच्छा शक्त्ति र कानुनलाई सम्मान गर्ने सबै भन्दा बडी तत्परता ति गरीमामय पदहरुमा आसिन महासयहरुले नै गर्नु पर्छ या त जनतालाई भनि दिनु पर्छ उपराष्ट्रिपतिहरु लाई कानुन पालना गर्नु जरुरी छैन भनेर । नेपाली जन्ता आज सम्म एक पेट खान पाउदैननएक आ¨ लुगा लाउन पाउदैनन आºनो झुपडीमा ढुक्कले निदाउन पाउदैनन कस्ले बाड्यो सिंघापुर बनाई दिने सपनाहरु झठ्ठो आस्वासनहरु अलिकति चर्चामा आउन जे मन लाग्यो त्यो बोलि दिने हुनै नसक्ने यी सपनाहरु जनता र राष्ट्र प्रतिको ठुलो घात हो भन्न करै लाग्छ । त्यसैले नेपाली जनतालाई एउटा असल नेता र नेतृत्व चाहिएको छ । एक पटक सम्पुर्ण सज्जन बृन्द्धलाई प्रश्न के नेता हुनलाई शिक्षा चाहिदैन चरित्र चाहिदैन एउटा नेता कति पल्ट सम्म सांसद मन्त्रि या प्रधानमन्त्रि हुन पाउने हदबन्दि हुदैन आज नयाँ संबिधान बन्दै गर्दा यस्तो कुराहरु समेट्नु जरुरी छ की छैन।




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 8, 2009

Norway, The best place to live on !

According to the United Nations Development Index Report 2009[1],compiled on the basis of data from 2007, Norway has been rated as the best country to live in .Out of 182 countries, UNDP ranked the best country to live in based on the criteria like life expectancy, literacy, school enrollment and gross domestic product (GDP) per inhabitant.
Canada is on rank 4 where as United State in on Rank 13. Nepal has been ranked on 144. Last years Reports shows Nepal's Rank as 142.[2]
Following are the rankings from Human Development Report 2009[1] published by UNDP.

1. Norway
2. Australia
3. Iceland
4. Canada
5. Ireland
6. Netherlands
7. Sweden
8. France
9. Switzerland
10. Japan

11. Luxembourg
12. Finland
13. United States
14. Austria
15. Spain
16. Denmark
17. Belgium
18. Italy
19. Liechtenstein
20. New Zealand
21. United Kingdom
22. Germany
23. Singapore
24. HongKong,China(SAR)
25. Greece
26. Korea(Republic of)
27. Israel
28. Andorra
29. Slovenia
30. Brunei Darussalam
31. Kuwait
32. Cyprus
33. Qatar
34. Portugal
35. United Arab Emirates
36. CzechRepublic
37. Barbados
38. Malta
39. Bahrain
40. Estonia
41. Poland
42. Slovakia
43. Hungary
44. Chile
45. Croatia
46. Lithuania
47. Antiguaand Barbuda
48. Latvia
49. Argentina
50. Uruguay
51. Cuba
52. Bahamas
53. Mexico
54. CostaRica
55. Libyan Arab Jamahiriya
56. Oman
57. Seychelles
58. Venezuela(Bolivarian Republic of)
59. Saudi Arabia
60. Panama
61. Bulgaria
62. Saint Kitts and Nevis
63. Romania
64. Trinidad and Tobago
65. Montenegro
66. Malaysia
67. Serbia
68. Belarus
69. Saint Lucia
70. Albania
71. Russian Federation
72. Macedonia (the Former Yugoslav Rep of)
73. Dominica
74. Grenada
75. Brazil
76. Bosnia and Herzegovina
77. Colombia
78. Peru
79. Turkey
80. Ecuador
81. Mauritius
82. Kazakhstan
83. Lebanon
84. Armenia
85. Ukraine
86. Azerbaijan
87. Thailand
88. Iran (Islamic Republic of)
89. Georgia
90. Dominican Republic
91. Saint Vincent and the Grenadines
92. China
93. Belize
94. Samoa
95. Maldives
96. Jordan
97. Suriname
98. Tunisia
99. Tonga
100. Jamaica
101. Paraguay
102. Sri Lanka
103. Gabon
104. Algeria
105. Philippines
106. El Salvador
107. Syrian Arab Republic
108. Fiji
109. Turkmenistan
110. Occupied Palestinian Territories
111. Indonesia
112. Honduras
113. Bolivia
114. Guyana
115. Mongolia
116. Viet Nam
117. Moldova
118. Equatorial Guinea
119. Uzbekistan
120. Kyrgyzstan
121. Cape Verde
122. Guatemala
123. Egypt
124. Nicaragua
125. Botswana
126. Vanuatu
127. Tajikistan
128. Namibia
129. South Africa
130. Morocco
131. Sao Tome and Principe
132. Bhutan
133. Lao People’s Democratic Republic
134. India
135. Solomon Islands
136. Congo
137. Cambodia
138. Myanmar
139. Comoros
140. Yemen
141. Pakistan
142. Swaziland
143. Angola
144. Nepal
145. Madagascar
146. Bangladesh
147. Kenya
148. Papua New Guinea
149. Haiti
150. Sudan
151. Tanzania (United Republic of)
152. Ghana
153. Cameroon
154. Mauritania
155. Djibouti
156. Lesotho
157. Uganda
158. Nigeria
159. Togo
160. Malawi
161. Benin
162. Timor-Leste
163. Côte d’Ivoire
164. Zambia
165. Eritrea
166. Senegal
167. Rwanda
168. Gambia
169. Liberia
170. Guinea
171. Ethiopia
172. Mozambique
173. Guinea-Bissau
174. Burundi
175. Chad
176. Congo (Dem Republic of the)
177. Burkina Faso
178. Mali
179. Central African Republic
180. Sierra Leone
181. Afghanistan
182. Niger

References:

[1].Human Development Report 2009, UNDP, WebURL: http://hdr.undp.org/en/media/HDR_2009_EN_Complete.pdf
[2].Human Development Report 2007/2008, UNDP, WebURL: http://hdr.undp.org/en/media/HDR_20072008_EN_Complete.pdf


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 6, 2009

ए एन एम एन दशै तिहार कार्यक्रम २००९ संपन्न !

ए एन एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले गत साल को जस्तै यो साल पनि दशै तिहार कार्यक्रम आयोजना संपन्न गरेको छ । नेपाली मन र मस्तिष्क तथा दशै तिहार को झझल्को दिलाउने प्रस्तुतीहरु सार्है प्रसंसनिय थियो ।
प्रस्तुत कार्यक्रमका केहि फोटो तथा भिडियो हरु तल पेश गरेको छु ।


नोट : तपाई यहा भएका कुनै पनि तश्वीर हरु हाई रिजोलुसन(३८८८, ‌‌२५९२ पिक्सल) मा डाउनलोड गर्न चाहनु भएमा माथिको स्लाईड सोमा डबल क्लिक गरेर पिकासा को वेभ एल्बमा गएर डाउनलोड गर्न सक्नु हुनेछ। प्रति पिक्चर साईज लग भग ३।५ एम बि छ ।

मैले केहि भिडियो दृष्यहरु पनि खिचेको थिए,हेर्नलाई भित्र आउनुहोस् ।

प्रस्तुत कार्यक्रममा लंगुरबुर्झा तथा कौडा पनि खेलाईएको थियो । साथसाथै केटाकेटिको लागी रमाईला रमाईला खेल कार्यक्रम हरु आयोजना गरिएको थियो । बिजयीहरुलाई फुलमाला सहित पुरस्कृत गरिएको थियो ।



प्रस्तुत कार्यक्रम मा केहि कामुक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए , कर्यक्रम समापनको बेलामा भएको, शुवास सिलवाल को कामुक नृत्यले सबैलाई दंगै पारेको थियो ।





[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Oct 2, 2009

कमजोरी

नोट : प्रस्तुत कथा केवल एउटा लोक कथा हो। मैले उक्त कथा कुनै समयमा कुनै ईन्टर्नेट पत्रपत्रिकामा पढेको थिए ।
कक्षा १०
जब म मेरो अंग्रेजी को कक्षामा थिए, मैले उनलाई निकै निहालेर हेरेको थिए । उनी मेरो बेस्ट फ्रेण्ड" थिईन् । मैले उनलाई निकै बेर हेरे, उनको सललल बगेको कपाल ..... ,साहेद उनि मेरी भैदिएको भए ! मलाई थाह थियो, मैले उनलाई यसरी हेरेको साहेद उनलाई भानै भएन् ।कक्षा सकिएपछी उनी मेरो नजिग आईन र हिजो उनले कक्षा छुटाएको क्लासको नोट मागीन् र मैले उनलाई उक्त नोट दिए। ऊनले मलाई धन्यबाद भनिन् अनि मलाई अंगालो हालरे बिदा मागेर गाईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

कक्षा ११
फोन मा घण्टि बज्यो। फोनमा उनै थिईन् । उनी रोईरहेकि थिईन् । भन्दै थिईन् , उनी अरु कसैको प्रेममा मा पागल छिन, आफ्नो दिनानु दिन मुटु टुक्राईरहेकि छिन् । उनीले मलाई आफ्नो ठाउँ मा आउन आग्रह गरिन् । उनी त्यो समयमा एक्लै बस्न नसक्ने अवस्था मा थिईन् । म उनलाई भेट्न गए । म उनको नजिगै सोफा मा बसे अनि उनका मलिन आखाँमा हेरेर टोलाईरहे , अनि सोचे, उनी मेरो भईदिएको भए ! २ घण्टाको बसाई अनि एउटा अग्रेजी फिल्म र ३ वटा चिप्सको पोका सकाएपछि उनी आफुँ सुत्न जाने तरखर गरीन् । उनी मलाई टोलाएर हेरिन र धन्यबाद दिदै मलाई सच्चा साथी भन्दै मेरो गालामा किस गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
बि ए दोश्रो बर्ष

कलेज महोत्सव तथा सांगीतिक कार्यक्रम थियो ,उनी मेरो नजिग आईन् र भनिन , "मेरो प्रेमी बिमार छ, के तिमीलाई थाह छ, कक्षा ९ मा तिमी म एक चोटी कुरा गरेका थियौँ नि , यदि हामी दुबै जना को प्रेमी हामी संग छैनन् भने हामी दुबै मिलेर कुनै पनि कार्यक्रमा मा जाने तर केवल सच्चा साथीको रुपमा मात्र !" म उनी संगै कलेजको सांगीतिक कार्यक्रममा गए । कार्यक्रमा सकियो । म उनको घर अगाडि उभिएको थिए, उनलाई हेरे, उनका मोतिका दाना स्वरुप आखाँ संगै उनी मुस्कुराईन् । म उनकै हुन चाहन्थे तर मलाई थाह थियो, उनी त्यो अपेक्षा राख्दैनथिईन् । उनले भनिन् "मैले आज तिमी संग सार्है राम्रो समय पाए, धन्यबाद !" र उनले मलाई फेरि पनि अंगालोमा हालरे रात्रीकालीन सुभेक्षा सहित बिदा गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

दिक्क्षान्त समारोह !
एक दिन बित्यो, महिना दिन बित्यो , अनि बर्ष पनि बित्यो । यस्तो लाग्यो , आखाँ चिम्लेर आखाँ खोल्दा मेरो दिक्क्षान्त समारोह आयो , बास्तबमा भन्ने हो भने मैले पत्तै पाईन् ।उनी गाउनमा निकै राम्री देखिएकि थिईन् , मानौ कि कुनै परि ले आफ्ने डिप्लोमा लिन मञ्चमा उक्लैदै छिन् । मैले त्यति खेर फेरि उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । सबै घर तिर लागे तर उनी आफ्नो गाउन टोपी र डिप्लोमा सहित मेरो नजिग आईन् । मैले बधाई दिए, उनि रुदै मेरो अंगालो मा परेकि थिईन् । एकैछिन मा आफ्नो टाउको मेरो काधबाट झिक्दै उनले भनिन् " तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद मेरो सफलतामा तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । ऊनले मलाई धन्यबाद भनिन् अनि मेरो अंगालो मा पर्दै बिदा भईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

केहि बर्ष पछि !
म मन्दिर बाहिर बसिरहेको थिए,उ बिहे गर्दै छे । मैले स्वयँ मेरो आखाँले ,उनीले आफ्नो नया जीवन सुरु गरेको देख्दै छु। कुनै परपुरुष संग बिहे गरेकी छिन् उनले। मैले सधै उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । उनी जानु अगाडि मेरो नजिग आईन भनिन् "तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।


दाहसंकार !
बर्षौ बित्यो, आज म मेरो केटि साथीको, जो सधै मेरो "बेस्ट फ्रेण्ड" हुन्थिन् ,हो उनैको मुर्दा अगाडि छु। उन्लाई चितामा राख्नु अगाडि , उनको अन्तिम ईक्षा स्वरुप वा मृत्यु उप्रान्तको को ईक्षा अनुसार, उनको उच्च माध्यमिक बिध्यालय तथा स्नातक तहमा लेखिएको डायरी बाचन गरियो । डायरीको केहि अंस यस्तो थियो !
" मैले उसलाई निकै निहालेर हेरे , हेरिरहे , साहेद उ मेरो भैदिएको भए- - - ! मलाई थाह थियो, मैले उसलाई यसरी हेरेको साहेद उसलाई भानै भएन् । म उसलाई बुझाउन चाहन्थे कि म केवल उस्को बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त उसलाई लाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । मेरो एउटै मात्र चाहना , केवल उसले मेरो नजिग आएर आफ्नो प्रेम प्रस्ताब पोखोस् ,छताछुल्ल पोखोस् ,अनि मलाई जीवन भर माया गरोस। म बर्षौ सम्म त्यो दिनको लागि पर्खै , तर त्यो दिन आएन - - - -"

मैले के गरे, किन मैले भनिन् मेरो चाहना, मेरो बेस्ट फ्र्याण्डलाई । म अस्थब्यस्थ भैसकेको थिए। म उनको मुर्दा सरीर समातेर रुन्छु! तिमीलाई सधै माया गरे, तिम्रो खुसी मा बेस्ट फ्रेण्ड बनेर आए, तिम्रो दु:ख बेस्ट फ्रेण्ड बने तर तिम्रो मुटु अनि तिम्रो प्रेमको बेस्ट फ्रेण्ड बन्न सकिन, मलाई माफ गर् ! आई लभ यु , आई लभ यु अलवेज !!


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP