नोट : प्रस्तुत कथा केवल एउटा लोक कथा हो। मैले उक्त कथा कुनै समयमा कुनै ईन्टर्नेट पत्रपत्रिकामा पढेको थिए । कक्षा १० जब म मेरो अंग्रेजी को कक्षामा थिए, मैले उनलाई निकै निहालेर हेरेको थिए । उनी मेरो बेस्ट फ्रेण्ड" थिईन् । मैले उनलाई निकै बेर हेरे, उनको सललल बगेको कपाल ..... ,साहेद उनि मेरी भैदिएको भए ! मलाई थाह थियो, मैले उनलाई यसरी हेरेको साहेद उनलाई भानै भएन् ।कक्षा सकिएपछी उनी मेरो नजिग आईन र हिजो उनले कक्षा छुटाएको क्लासको नोट मागीन् र मैले उनलाई उक्त नोट दिए। ऊनले मलाई धन्यबाद भनिन् अनि मलाई अंगालो हालरे बिदा मागेर गाईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
कक्षा ११फोन मा घण्टि बज्यो। फोनमा उनै थिईन् । उनी रोईरहेकि थिईन् । भन्दै थिईन् , उनी अरु कसैको प्रेममा मा पागल छिन, आफ्नो दिनानु दिन मुटु टुक्राईरहेकि छिन् । उनीले मलाई आफ्नो ठाउँ मा आउन आग्रह गरिन् । उनी त्यो समयमा एक्लै बस्न नसक्ने अवस्था मा थिईन् । म उनलाई भेट्न गए । म उनको नजिगै सोफा मा बसे अनि उनका मलिन आखाँमा हेरेर टोलाईरहे , अनि सोचे, उनी मेरो भईदिएको भए ! २ घण्टाको बसाई अनि एउटा अग्रेजी फिल्म र ३ वटा चिप्सको पोका सकाएपछि उनी आफुँ सुत्न जाने तरखर गरीन् । उनी मलाई टोलाएर हेरिन र धन्यबाद दिदै मलाई सच्चा साथी भन्दै मेरो गालामा किस गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
बि ए दोश्रो बर्ष
कलेज महोत्सव तथा सांगीतिक कार्यक्रम थियो ,उनी मेरो नजिग आईन् र भनिन , "मेरो प्रेमी बिमार छ, के तिमीलाई थाह छ, कक्षा ९ मा तिमी म एक चोटी कुरा गरेका थियौँ नि , यदि हामी दुबै जना को प्रेमी हामी संग छैनन् भने हामी दुबै मिलेर कुनै पनि कार्यक्रमा मा जाने तर केवल सच्चा साथीको रुपमा मात्र !" म उनी संगै कलेजको सांगीतिक कार्यक्रममा गए । कार्यक्रमा सकियो । म उनको घर अगाडि उभिएको थिए, उनलाई हेरे, उनका मोतिका दाना स्वरुप आखाँ संगै उनी मुस्कुराईन् । म उनकै हुन चाहन्थे तर मलाई थाह थियो, उनी त्यो अपेक्षा राख्दैनथिईन् । उनले भनिन् "मैले आज तिमी संग सार्है राम्रो समय पाए, धन्यबाद !" र उनले मलाई फेरि पनि अंगालोमा हालरे रात्रीकालीन सुभेक्षा सहित बिदा गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
दिक्क्षान्त समारोह !
एक दिन बित्यो, महिना दिन बित्यो , अनि बर्ष पनि बित्यो । यस्तो लाग्यो , आखाँ चिम्लेर आखाँ खोल्दा मेरो दिक्क्षान्त समारोह आयो , बास्तबमा भन्ने हो भने मैले पत्तै पाईन् ।उनी गाउनमा निकै राम्री देखिएकि थिईन् , मानौ कि कुनै परि ले आफ्ने डिप्लोमा लिन मञ्चमा उक्लैदै छिन् । मैले त्यति खेर फेरि उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । सबै घर तिर लागे तर उनी आफ्नो गाउन टोपी र डिप्लोमा सहित मेरो नजिग आईन् । मैले बधाई दिए, उनि रुदै मेरो अंगालो मा परेकि थिईन् । एकैछिन मा आफ्नो टाउको मेरो काधबाट झिक्दै उनले भनिन् " तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद मेरो सफलतामा तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । ऊनले मलाई धन्यबाद भनिन् अनि मेरो अंगालो मा पर्दै बिदा भईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
केहि बर्ष पछि !
म मन्दिर बाहिर बसिरहेको थिए,उ बिहे गर्दै छे । मैले स्वयँ मेरो आखाँले ,उनीले आफ्नो नया जीवन सुरु गरेको देख्दै छु। कुनै परपुरुष संग बिहे गरेकी छिन् उनले। मैले सधै उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । उनी जानु अगाडि मेरो नजिग आईन भनिन् "तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
दाहसंकार !
बर्षौ बित्यो, आज म मेरो केटि साथीको, जो सधै मेरो "बेस्ट फ्रेण्ड" हुन्थिन् ,हो उनैको मुर्दा अगाडि छु। उन्लाई चितामा राख्नु अगाडि , उनको अन्तिम ईक्षा स्वरुप वा मृत्यु उप्रान्तको को ईक्षा अनुसार, उनको उच्च माध्यमिक बिध्यालय तथा स्नातक तहमा लेखिएको डायरी बाचन गरियो । डायरीको केहि अंस यस्तो थियो !
" मैले उसलाई निकै निहालेर हेरे , हेरिरहे , साहेद उ मेरो भैदिएको भए- - - ! मलाई थाह थियो, मैले उसलाई यसरी हेरेको साहेद उसलाई भानै भएन् । म उसलाई बुझाउन चाहन्थे कि म केवल उस्को बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त उसलाई लाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । मेरो एउटै मात्र चाहना , केवल उसले मेरो नजिग आएर आफ्नो प्रेम प्रस्ताब पोखोस् ,छताछुल्ल पोखोस् ,अनि मलाई जीवन भर माया गरोस। म बर्षौ सम्म त्यो दिनको लागि पर्खै , तर त्यो दिन आएन - - - -"
मैले के गरे, किन मैले भनिन् मेरो चाहना, मेरो बेस्ट फ्र्याण्डलाई । म अस्थब्यस्थ भैसकेको थिए। म उनको मुर्दा सरीर समातेर रुन्छु! तिमीलाई सधै माया गरे, तिम्रो खुसी मा बेस्ट फ्रेण्ड बनेर आए, तिम्रो दु:ख बेस्ट फ्रेण्ड बने तर तिम्रो मुटु अनि तिम्रो प्रेमको बेस्ट फ्रेण्ड बन्न सकिन, मलाई माफ गर् ! आई लभ यु , आई लभ यु अलवेज !!
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]