Nov 29, 2009

कालो रङ्ग



सीमान्त लामिछाने
अमेरीका


कालो रङ्ग
राम्रो रङ्ग
चहकिलो रङ्ग
सबैलाई सुहाउने रङ्ग
सबैलाई रिझाउने रङ्ग
कालो रङ्ग अपरिवर्तनीय छ
सेतोमा कालो मिसाउ कालो हुन्छ
रातोमा कालो मिसाउ कालो हुन्छ
पहेँलोमा कालो मिसाउ कालो हुन्छ
कालोमा कालो मिसाउ चहकिलो कालो हुन्छ
त्यसैले कालो सबैभन्दा शक्तिशाली हुन्छ

त्यसैले होला आजभोली
आंखाको सेतो भन्दा कालो भाग बढी देख्छु
मान्छे कालो रंगमा घनिभूत देख्छु
यो सगर पनि कालो देख्छु
परको क्षितिज पनि कालो देख्छु
कालोले घेरेर होला

चन्द्रसुर्य र ताराहरु पनि अन्त्यमा कालो हुन्छ
याहि कुरा बढि सोच्छु
सोँच्दा सोँच्दै म सोच्छु
अंगार कालो हुन्छ
त्यो बल्छ बल्दा निस्कने धुवां त्यो पनि कालो हुन्छ
अन्त्यमा त्यो खरानी हुन्छ
कालो रंगको साम्राज्य म ठूलो देख्छु
अनि कालो अंगार र खरानी म लस्करै देख्छु ।

here -->



[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Nov 21, 2009

आफ्नै गुनगुन,: हङ्कङ्ग एअर पोर्ट !



आफ्नो विभिन्न यात्रा को समयमा धैरै ट्रान्जिट हरुमा समय बिताउनु परेको थियो । ट्रान्जिट समयमा के गरौ के गरौ भैरहने यो पंक्तिकारलाई भने आजको हंङ्कङ्गको ८-१० घण्टे लामो ट्रान्जिट समय पनि कमिनै लाग्यो । सूचना प्रविधि (Information Technology) को क्षेत्रमा सर्वसाधारण जनताले पाउने सबैभन्दा सुविधामामुलक राष्ट्रको मेरो अड्कल बाजलाई आज हङ्कङ्गले पछारेको छ। भिजिटर भिसा को लागि समय अभावले गर्दा आफ्ना नातेदार तथा मित्रहरु अनि सपनासंसारका शुभेच्छुक मित्रहुरु हङ्कङ्गमा हुदाहुदै पनि भेट गर्न सकिएन । एक छिन त नियाँस्रो नै लागेको थियो तर पनि एअरपोर्टमा प्राप्त निसुल्क इन्टरनेट तथा टेलिफोन सेवाले मेरो यो नियास्रोपन लाई उत्साह मा परिवर्तन गरिदियो । बढा गजब को ठाउँ रहेछ , हङ्कङ्गभरि जहाँ फोन गरे पनि निःशुल्क पो रहेछ बा् । अनि वाईरलेस ईन्ट्रनेट पनि नि:सुल्क , अनि यो कम्प्युटर कीरोलाई के नै चाहियो र !
९ घण्टा को ट्रान्जिट पनि अपुरो नै लाग्यो। धीत मर्ने गरि कुरा गरे केही साथी हरुसंग मानौँ कि यस्तो कुराकानी प्रत्यक्ष भेटमा पनि हुँदैन । एअरपोर्ट कति सफा , कर्मचारीहरू कति सहयोगी , कस्तो राम्रो बेवास्ता, कहिले सिक्ने हामी यो पाठ !

जदौँ




[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Nov 17, 2009

The world’s most powerful people for the year 2009.



Forbes magazine recently has published the world’s most powerful people for the year 2009. Out of top 67 powerful people picked by Forbes around the globe, Barak Obama, President of United State has been listed as the most powerful person of the year. Obama’s current presidency has been helping to boost the images of United State to the rest of the world. Terrorist leader Bin Laden has been ranked on #37th most powerful person of the year, similarly philanthropist Warren Buffett is on #14. British Prime minister Gordon Brown is at rank 29. US Foreign secretary Hilary Clinton is at number 17 on the list where as Bill Clinton is at number 31
The Top 10 most power ful people of the world are listed below

1. U.S. President Barack Obama
2. Chinese President Hu Jintao
3. Russian Prime Minister Vladimir Putin
4. U.S. Federal Reserve Chairman Ben Bernanke
5. Google founders Sergey Brin and Larry Page
6. Carlos Slim, Chief Executive of Mexico's Telmex
7. Rupert Murdoch, chairman of media group News Corp.
8. Michael T. Duke, Chief executive, Wal-Mart Stores
9. Saudi Arabia's King Abdullah bin Abdul Aziz
10. Bill Gates, co-chairman, Bill & Melinda Gates Foundation

For the complete list of the most powerful people of the world, visit http://www.forbes.com/2009/11/11/worlds-most-powerful-leadership-power-09-people_land.html

PS : "I love power. But it is as an artist that I love it. I love it as a musician loves his violin, to draw out its sounds and chords and harmonies." --Napoleon Bonaparte

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Nov 15, 2009

केहि नेपाली लोगगीत हरु , मुर्चुङ्गा बाट !


आफ्नो बेस्थता का कारण साईट समयामा अपडेट गर्न पाईरहेको छैन ! हाललाई मुर्चुङ्गा द्वारा बितरण गरिएका यी लोकगीत हरु सुनेर मजा लिनुहोस् ।





[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Nov 8, 2009

घरसँगै भत्केको मन ....


शुरेश नेपाली,
नेपाल


भत्किन खोजेका घरका पर्खालहरु
हावाका झोक्का
र अविरल वर्षाबाट
दिनदिनै भासिदैछन्
अनि चियाईरहेछन् व्याँसोहरु
प्वाल प्वालबाट !

आफ्नै सोचमा मग्न हुनेहरु
स्वप्न बगैचाबाट
हेरिरहेछन रमिता !
मेरा छोराछोरीहरु हो !
यै घरको आँगनमा तिमीले खेल्यौं
यै छतमा टाउको जोगायौ
आज घरका भित्ताहरु ढल्न खोज्दा
ज्यान जोगाएर भाग्न खोज्छौ
छतबाट पानी तपतपिदा
भिज्ने डरले पर हट्छौं
टालटुल त कता कता !
फर्केर हेर्दा पापै लाग्ला झैं
आँखा तरेर हेर्छौ।


आऊ ! हामी सबै मिली
मर्मतसम्भार गरौं यसको
वर्षौ वर्षसम्म नढल्ने गरी
पुर्नजीवन दिउ यसलाई

छिमेकीको आडमा बाँच्न खोज्ने
छिमेकीको पिढींमा सहारा खोज्ने
कस्तो संस्कार बोकेर आयौ?
यि घरका भित्ताहरुले
खोज्दैछन् तिमोरुलाई
ढल्न खोजेका खाँबाहरु
बोलाउदैछन सबैलाई
ढल्न लागेको घरभित्र
सगाल्नुछ सङ्लो आस्था
धुरीभन्दा अग्लो आस्था।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Nov 6, 2009

दिन त जसै बित्दोरहेछ, रात नबित्दा पो आत्तिन्छु म ....


ससं र जुदने बीच सानो बाजा-बाज भएको थियो केही समय अगाडि फेसबुकमा। त्यो बाजा बाज जस्ता को तस्तै राखेको छु, सपनासंसार मा, तपाई पनि आफ्नो गुनासो तलको कमेन्ट बक्स मा हाल्नुभएमा आभारी हुने थिए !

जुदने :
            दिन त जसै बित्दोरहेछ, रात नबित्दा पो आत्तिन्छु म ।
            दुनियाँ नशाले मातिन्छ, नशा नपिउँदा पो मात्तिन्छु म ।।

ससं :
            त्यसै दुख्नु भन्दा अरूले हानेर दुखेको मजानै बेग्लै ।
            नपिउँदै मात्तिनु भन्दा पिएर मात्तिनुको मजानै बेग्लै ।।

जुदने :
           अरूले पिटेको दुख्दै दुख्दैन,मनको व्यथा सहनेहरू लाई ।
           नशालु नशाले छुँदै छुँदैन,दुःखको नशामा रहनेहरू लाई ।।

ससं :
            नसालु नसाले छुन्छ कि छुन्न, एक चोटि पिएर त हेर्नुहोस् ।
           मनको व्यथा भुलाई दिन्छ, पिए पछि फेरि जिएर त हेर्नुहोस् ।।


माथिका हरफ हरफहरू यथार्थ नहुन पनि र हुन पनि सक्छन् तर नसा वा मदिरा सेवन लाई ससंले दुरुत्साहित गर्दछ ! नखाने मित्रहरुले मदिरापान तथा नसापान मा भुलेरपनि नलाग्नु होला, जीवन वर्वाद हुन सक्छ। खाने मित्रहरुले मिल्छ भने यो बानि त्याग गरिदिनु होला, त्याग गर्न नसके कम्सेकम आफ्नो दायरा र क्षमता मा बसेर खाईदिनुहोला । तपाईँको को एउटा जीवन सँग अरू धेरै जीवनहरु जोडिएको हुन सक्छ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP