Dec 30, 2009

नव बर्षको शुभ-कामना




- मधुप खतिवडा,
दक्षिण कोरिया

हिजो राती होइन मैले के देखे सपनी
ब्युझिएर उठदा खेर चकित भएँ मैं पनि
लौ सुनाउछु म तिमीलाई जे देखे मैले नि
के यस्तो सपनी जस्तै, हुन्छ होला बिपनी ?

देखें मैले कारखाना हजारौ कामदारले भराभर
यस्ता कारखानाहरु रहेछन अनगिन्ति देशभर
बनाउदा रहेछन यसमा यिनीहरुले खाद्यान्न कपडा थरिथरि
प्रयोग गर्दा रहेछन यिनीहरुले स्वदेशी उपज सधैँ भरि

देखिन मैले कुनै बन्द न देखे कुनै हड्ताल
गरीखाने नेपालमा रहेछन सबै समृद्ध र खुशहाल
त्यसबेला देखे मैले नेपाली परिश्रमी हाथका काम
कालिगडी यति निपुर्ण चकित बनेछ लोक तमाम

देखें मैले फाँटहरुमा लहलहाएका अन्न बाली
छाए रहेछ कृषकका मनमा एउटा नौलो खुशीआली
पाएको रहेछ हरेक बालकले आफ्नो पुस्तक पढ्न
अवसर रहेछ हरेक नारीलाई पुरुषसंगै अगाडी बढ्न

रहेछन् हजारौ युवा आफ्नो काममा तल्लिन
काम पाएछन, अनि गरेछन, छैन कोहि मलिन
देख्नसक्छु म यिनका मुहारमा हौसला औ आँट
सकिएछ मुलुकमा चोरी बेइमानी अनि ढाट

अनि देखें मैले व्यापारीले त्यागेछन् क्षणीक लाभ
बुझेछन तिनीले पनि विकासको दीर्घकालिन प्रभाव
सच्चा बनेछन् ,लगानी गरेछन्, बेचेनछन् आफ्नो इमान
अनि संभालेछन् तिनीहरुले नै आर्थिक क्रान्तिको कमान

फर्किएछन् सबै बिदेशिएका हाम्रा दाजुभाई
ल्याएछन् सिकेका शिप सबै हामीलाई बाढ्नलाई
लत्याछन् सबै बिदेशका माया मोह अनि विलास
पाएछन् यहाँ हरेक पथमा आफ्नोपनको आभास

अवाक भए म जब देखें सरकारी कर्मचारी देशभर
अव्वल काम गरेका छन् भइ निर्धक्क र निडर
पुष माघको घाम पनि छक्क पर्दो रहेछ देखेर
सबै चुस्त अति ब्यस्त फुर्सद छैन पलभर

भाषणमा सुने मैले शिक्षा स्वास्थ र रोजगार
अब रहेनछ कहिँ यिनमा राजनीतिको बिकार
नेताहरुका भेटघाटमा विकास बनेछ सवाल
भेटेछौँ हामीले पनि केही योग्य कुमाल

सहयोग आएछन्, हामीलाई पत्यायेछन् , बुझेछन् हाम्रो संकल्प
हठी हामी नेपालीको रहेन+छ अरु केही बिकल्प
बाटा बनेछन् , रेल गुडेछन्, भएछन् जीवन सुगम
पहाडका कन्दरा अनि तराईका ग्राम, केही रहेन दुर्गम

यसो भित्ता तिर पात्रो हेर्दा, म त परे चकित
सरद ऋतु जनवरी महिना, साल रहेछ सन् बिस बिस
दश बर्ष बाँकी रहेछ, काम जति थाती रहेछ
मेरो सपनी पुरा गर्न, अठोट गर्न बाँकी रहेछ
यसै बर्षदेखि गरौँ आ-आफ्नो कामको सामना
नयाँ बर्ष २०१० को छ सबैलाई मेरो शुभ-कामना !!!

- मधुप खतिवडा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

गजल :तिम्रो भरमा परौंकी सानु ।।

Bashanta Thapa, Nepal
२०६५।११।१
बसन्त थापा“जीवन”
चन्द्रावती,तनहूँ, हाल–अबुधावी,युएई


तिम्रो भरमा परौंकी सानु ।
तिमीलाई माया गरौंकी सानु।।

खाली त्यो तिम्रो दिलमा।
सुटुक्क डेरा सरौंकी सानु।।


यौवन र बैंशको उर्ल्लदो भेल।
हात समाई तरौंकी सानु।।

तिम्रो त्यो मन मन्दिरलाई।
फुलै फुलले भरौंकी सानु।।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Dec 26, 2009

गजल

बसन्तमोहन अधिकारी
यूएइ (चितवन)


मान्छे मार्दै मन्दिरमा पूजा किन गर्छन होला
रगतको खोला बिच मान्छे कहाँ तर्छन होला

जन्म पछि मृत्यू हुन्छ, मानवको शरिर यो
मान्छे भई मान्छे मार्दै किन पाप भर्छन होला

पर्दा भित्र बसि मान्छे रगतको होली खेल्दै
मरेको यो लास माथि फूल किन छर्छन होला

आकाश रोयो धर्ती रोयो तर मान्छे रोए छैन
मान्छे मार्ने मान्छेहरु राक्षसमा पर्छन होला

मर्ने त यो शरिर हो मानव आत्म मर्ने छैन
आत्मा चिन्दै धर्म गर्न कैले मान्छे मर्छन होला

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP