
कुनै समयमा एउटा केटा थियो। ऊस्ले एउटा केटीलाई लाई एकदम मन पराउँथ्यो! उसलाई उ यति प्यारो लाग्थ्यो की उ उसको लागी आफ्नो सबै त्याग्न तयार थियो ! उसले एक हजार रङ्गीचङ्गी कागजका पुतली जोडी बनाएर आज आफ्नो प्रेमीकालाई उपहार दियो। उपहार दिँदै उसले भन्छ, "आदि पुतली मेरो आदि तिम्रो है , मेरो पुतलीलाई पनि टन्न खुवाएर राख्नु , आफ्नो लाई मात्र खुवाउने हैन ! " केटी ले यसलाई सामान्य रुपमा स्विकार गरी।
उ एउटा सामान्य कम्पनी को अधिकृत थियो तर पनि उसको भविष्य खासै राम्रो थिएन । उ एउटा मध्यम परिवार को सदस्य थियो । ५ जना दाजु भाइ बीच उसलाई पितृ सम्पत्ति त सुन्य जस्तै हात लाग्थ्यो ! तर पनि उ र प्रेमीका निकै खुशी देखिन्थे ।
समयले कोल्टो फेर्छ ,केटी आफ्नो पढाइको लागी फ्रान्स जान तयार हुन्छिन् । अनि उनले केटालाई भेटेर भन्छिन् "तिमी सँग मैले यत्तिकै बिहे गरे भने,मैले हाम्रो भविष्य राम्रो देख्दिन, हामी सँग घर छैन, जग्गा पनि छैन, कहिले कमाउने , कसरी बाल बच्च हुर्काउने ! म फ्रान्स गएर पढेर आउँछु, तिमी मलाई नपर्खनु !", केटी थप्छिन्, "अब देखि हामी आःआफ्नो बाटो लागौँ, यसले दुवैको भलाई हुन्छ । " चिढिएको मुटु बोकेर केटाले आफ्नो प्रेमीका भविष्य राम्रो हुन्छ भन्ने सोच राखेर ,उ आफ्नै बाटो रोज्न तयार हुन्छ। र उनीहरु छुटिन्छन् ।
बिस्तारै बिस्तारै आफ्नो छिनेको जीवनलाई सान्त्वना दिँदै केटाले ईख लिएर काम गर्न सुरु गर्छ । उस्ले आफ्नो पूर्व प्रेमीका लाई एक चोटि पनि फर्केर हेर्ने प्रयास गर्दैन ,उसलाई जसरी हुन्छ , धेरै पैसा कमाएर एउटा सफल मान्छे बन्नु छ ।
धेरै मिहिनेत र परिश्रमले अनि साथी भाइ हरुको सहयोग ले उसले आज एउटा आफ्नै व्यवसाय खोलेको छ अनि अरु पाँच सात सय जनालाई पनि रोजगार दिएको छ ।
उ सँग एउटा आत्म विश्वास थियो "तिमी कहिल्यै पनि असफल हुँदैनौ, जव सम्म तिमी प्रयास जारी राख्छौ ! " , उ सधैं आफैले आफैंलाई भन्ने गर्थ्यो " मैले मेरो जीवन सफल बनाउनु छ,अनि मेरी पूर्व प्रेमीका लाई मैले देखाउनु छ ।"
बाहिर झरि परिरहेको छ, सुनसान सडक मा उ पर एक जोडि बुढा बुढी पैदल हिँडिरहेका देख्छ। एउटै छाता बाँडेर ओडेका छन् तर दुवै जना रुझेका छन् । दुवै मौन छन् । उसले एकै छिन मा उनि हरुलाई चिनि हाल्यो । उनि हरु उसका पूर्व प्रेमीका का बाबु आमा थिए । उसलाई आज आफ्नो लक्जरि कार र आफ्नो प्रगति उनि हरुलाई देखाउन मन लाग्यो , उ आफ्नो लक्जरियस कार उनि हरु को छेउ बाट बिस्तारै कुदाउँछ, ताकि उनिहरु उसको प्रगति देखुन र थाह पाउन , उसको भविष्य छ र त्यो पनि उज्यालो। उ देखाउन चाहन्छ, उ अब पहिला को उ छैन, उ सँग कार हरू छन् , घर किनेको छ आफ्नै , आफ्नै उद्योग व्यवसाय छ । समग्र मा उसले आफ्नो जीवन बनाएको छ ।
उसले बिस्तारै बिस्तारै आफ्नो कारको एक्सिलेटर थिचिरहँदा उसले थाह पाउँछ, ती बुढा बुढी एउटा कब्रस्थान (cemetary) तिर लागिरहेका छन । उ आफ्नो गाडि लाई छेउ मा रोकेर उ बिस्तारै उनि हरुलाई पिछा गर्छ। अनि परै बाट उसले समाधि को स्तम्भमा (tombstone) आफ्नो पूर्व प्रेमीका को हाँसिरहेको तस्विर देख्छ । अनि स्तम्भमा उसले आफैले बनाएर दिएको एक हजार पुतली रहेको एउटा सिसा को बोतल मा देख्छ । केटी का बाबु आमाले उसलाई देख्छन् । उ उनि हरुको नजिक जान्छ र सोध्छ , "यो सब कसरी भयो ? " । ऊनी हरु भन्छन्, " उ कहिल्यै पनि फ्रान्स पढ्न गइन् , उ त तिमी सँग छुट्टिनु भन्दा १ महिना पहिला देखि रक्त क्यान्सरले पिढित भैसकेकी थिई । डाक्टरले उसको बाँच्ने आस सुन्ने पुर्याए पछि उ जीवन देखि थाकेकी थिई, यद्यपि उ आफ्नो कारणले कसैलाई पिडा नहोस भन्ने चाहेकी थिई । उ चाहन्थी उसको बिमार तिम्रो प्रगति मा बाधा नबनोस् । , त्यसैले उसले तिमीलाई छोड्न बाध्य भई।"
उनि हरु थप्छन् उनले जानु अगाडि तिमीले आफ्नै हातले बनाएर दिएका यी पुतली हरू आफू संगै लान चाहेकी थिई । आधा पुतली हरु हामीले उसै को मुर्दा सरिर संगै राखिदियौ, यो आधा पुतली हरू तिमीलाई लैजानु भनेकी छ । उसले विश्वस्त थिई, तिमी एक दिन उसलाई खोज्दै यहाँ सम्म आई पुग्छौ भनेर !" आँखा भरि आशु पार्दै उनि हरु थप्छन् , " उसले तिमी सँग माफी मागेको कुरा सुनाइदिनु भनेकी छ, अन्तिम पलमा, कृपया मेरो छोरीलाई माफी गरि दिनुहोस् है ! " ।
केटा भक्कानो छोडेर रुन्छ , जीवनमा कसैलाई सबैभन्दा दु:ख सँग गुमाउनु भनेकै ,उसैको छेउमा हुनु : यो जान्दा जान्दै उ कहिल्यै फर्केर आउँदैन र उसलाई फेरि कहिल्यै पनि भेटिनेछैन ।
समाप्त !
नोट : पैसा पैसा नै हो , सम्पाति सम्पाति नै हो तर प्रेम भगवान हो ! । यो सप्ताहान्त कृपया तपाई आफ्नो प्रेम आफ्नो ह्दय नजिकका हरू सँग बाँडेर मनाउनुहोस् ! शुभ प्रणय दिवस ! ह्यापी भ्यालेन्टाईन डे !
प्रस्तुत कथा इन्टरनेट बाट साभार गरिएको हो । यसका लेखक अज्ञात हुनुहुन्छ । सपनासंसार ले केही सम्पादन सहित नेपाली भाषामा अनुवाद गरेको मात्र हो !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]