Mar 30, 2010

यो कस्तो सम्झौता ! (कथा भाग २)

Share
उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् ।

मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो।


दोश्रो भाग:
फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्योल।

"नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्योल। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्योल मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो।

"म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।"

कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्यो् मलाई। के भनु के नभनु होश नै भएन। जीवनमा पहिलो पल्ट कुनै केटाले मलाई मन पराएको छ। मैले "हुन्छ" भनेको खण्डमा उस्को र मेरो विवाह हुनेछ भन्ने कुराले कता कता मन हर्शित पारीरहेको थियो। यस्तो निर्णय गर्न घर-परिवारले आफुलाई जती सुकै स्वत्रन्त्र छोडिदिए पनि जन्म दिने बुवा आमा प्रतिको कर्तव्य पालना मैले गर्न नै पर्छ। खुशीका आशुहरु कती खस्लान, उहाँहरुले यो कुरा सुन्दा।

"मलाई ब्यक्तिको बहिरी रुप भन्दा पनि भित्री रुप हेर्न मन लाग्छ र म अरु केटाहरु जस्तो पनि होइन हजारौं केटीहरुको लिस्ट बनाएर बर्शौ लगाएर केटी खोज्दै हिंड्ने। आफ्नो कुल खानदानको एकजानलाई पक्डिने हो, मन मिलेको खण्डमा विवाह गर्ने हो। धेरै केटीहरु हेरी रिजेक्ट गर्दै उनिहरुको स्वाभिमानलाई ठेश पुर्याउन हुन्न भन्ने मन्यता छ मेरो।" - उ बोली नै रहयो।

मलाई त अचम्म लाग्यो। यो मान्छेले त मेरै मनको कुरा बोल्यो। हो रहेछ कि के हो दाईले भन्नु भए जस्तै- "हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ । उनिहरुको सोच बिचार पनि मिल्छ भनेर"

"के भयो नानु कत्ता हराएकी? तिमीलाई आहिले नै निर्णय गर्नु पर्दैन्न। केही समय लिउ। सोच-बिचार गरेर नै निस्कर्श निकाल। त्यती हतार पनि छैन मलाई।" उस्ले सजिलो बातावरण बनाइदिन खोज्यो मलाई।

"ठिकै छ नि त। म घर सल्लाह गरेर खबर गर्छु नि हजुरलाई।" -मैले सजिलो उत्तर दिए।
"त्यसो भए तिम्रो तिर्फबाट चाँही "OK" हो?" उस्ले अझ मेरो बिचार बुझ्न खोज्यो।
"त्यस्तै ठान्नु भए हुन्छ" - मैले भने।

"नानु, थाहा छैन मलाई जुन कुरा अब म तिमीलाई भन्न गहिरहेको छु त्यो तिमीलाई स्विकार्य हुन्छ या हुँदैन। मेरो जीवनमा मैले एउटा एस्तो भुल गरेको छु कि त्यो भुलको प्रयास्चित गर्न म सक्दिन्न। कुनै कुनै भुलहरु एस्ता हुँदा रहेछन कि त्यस्ता भुलहरु पहिलो पटक नै गर्नु नै हुँदैन रहेछ।"

म चुप चाप सुनिनै रहे उस्का कुराहरु।

“अल्लारे उमेर, साथी-भाईहरुको प्रतिश्पर्धा अनी आफ्नो बिबस्ताले गर्दा नै म उता गएपछी त्यताको कागजपत्र छिटो बनाउने उद्देश्यले मैले त्यहीको एउटा केटीसँग विवाह गरेको थिए। अहिले सबै कागजपत्र भइसक्यो, उस्लाई डिवोर्स गरेर म छुट्टै बसेको पनि २ बर्ष हुनै लगिसक्यो। म बुवा आमालाई यी सबै कुरा भन्न पनि सक्दिन्न अनी फेरी यता विवाह गरी एउटा अबोध नारीलाई बिश्वासघात गर्न पनि चाहन्न। बुवा आमाको कत्रो सपना छ मेरो विवाह धुमधामले गरिदिने। कागलाई जती सुकै मयुरको प्वाँख टाँसे पनि काग काग नै हुदो रहेछ। म पनि मेरो बुवा आमाको अगाडि काग नै साबित भए। जती सुकै आफ्नो भुल ढक छोप गर्न खोजे पनि उहाँहरुको अगाडि सकिन मैले। यती खेर सम्म त विवाह गर्दिन्न भनेर टारेको थिए। यसपली त अपहत्ते गर्नुभएको छ। के गरु के नगरु थाहा छैन। कतिन्जेल म उहाँहरुबाट भाग्न सक्छु र फेरी। एउटा न एउटा बिकल्प त मैले खोज्नै पर्छ भनेर यो सब गरी रहेको छु। त्यसैले सोचे, जो केटी म सँग विवाह गर्न राजी हुन्छे उस्लाई सबै थोक स्पष्ट भन्छु र उ र म बिच एउटा सम्झौताको लक्षमण रेखा कोर्छु ता कि यो कुरा सिवाय म र मेरो हुने वाला पत्निलाई मात्र थाहा होस्। यदी तिमीले मैले राखेको केबल तिमी र मेरो बिचको सम्झौता "हुन्छ" भनी भने खण्डमा हाम्रो विवाह हुन सक्छ। मैले मेरा बिगतका कुराहरु स्पष्ट तिमीलाई राखेको छु ता कि भबिष्यमा गएर मेरो चरित्र, मेरो इमान्दारिता अनी स्वाभिमानमा ठेश नपुगोस भनेर। एउटा केटाले एउटा केटीको या भनौ एउटा केटीले एउटा केटाको मुल्यङ्कन गर्दा खाली बहिरी रुप्-रङ, लवाइ-खवाइका कुराहरुमा बढी जोड दिएका हुन्छ। तर म यही सम्झौताबाट नै मैले हेरेको केटीको आत्मा र उस्को गुण मुल्यङकन गर्न चाहन्छु। के तिमी यो सम्झौतासँग जुध्न सक्छौ?

मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो।

क्रमश:……….

अन्तिम भाग पढ्न यहा क्लिक गर्नु होस् ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 28, 2010

बैरीलाई पनि नपरोस है...

Share
जुदने
माझठाना-६,
कास्की हाल: हप्किन्स, मिन्नेसोटा

तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु
पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु ।

बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न
माया गर्ने मान्छे वाट टाडा भै बस्न ।

धन कमाउने लालचले प्रदेशमा आएँ
"धन भन्दा माया ठूलो" बल्ल थाहा पाएँ ।
चरी भए उढि जान्थेँ मायालूलाई भेट्न
वर्षौ देखि सहेको यो नियास्रोलाई मेट्न ।

बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न
माया गर्ने मान्छे वाट टाडा भै बस्न ।

तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु
पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु ।
एकान्तमा एक्लै बसि टोलाउँदो रैछु
बेसुरले तिमीलाई नै बोलाउँदो रैछु ।

बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न
माया गर्ने मान्छे वाट टाडा भै बस्न ।

नसक्छु म निदाउन न त भोकै लाग्छ
भेटै नभै मरिन्छ कि यहि पिर लाग्छ ।
मेरो पापी मनले पनि नानाथरी गुन्छ
मलाईमात्र यस्तो होकि तिमीलाई पनि हुन्छ ?

बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न
माया गर्ने मान्छे वाट टाडा भै बस्न ।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 26, 2010

यो कस्तो सम्झौता ! (कथा भाग १ )

Share
उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन?

(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।

फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएपनी मनको कुनामा आफुलाई सुन्दर त मैले जस्तै अरुलाई पनि त लाग्दो होला नि। ऐना अगाडि उभिएर म आफुलाई नियाल्छु। के म साँचिकै नराम्री नै छु त? के म सच्चै नराम्री हुनुको करणले गर्दा नै मैले सपनामा देख्ने गरेको मेरो मनको राजाले बिपनामा नै मलाई लिन आउँदैन होला त? के म उस्को नामको सिन्दुर, पोते अनी चुरा लगाएर दुलहिको भेषमा, गह भरी आँशु पर्दै डोलिमा बसी मेरा बाबु आमा अनी दाई सङ्ग बिदा हुन पाउदिन होला त? मलाई डोलीमा राखेर बिदा गर्ने साह्रै ठुलो सपना छ मेरो परिवारको। हुन त सपना त देखे मात्र पुग्छ तर त्यही कुरा बिपनामा बदल्न त्यस्को सामना गर्नु पर्छ। सामना गर्न पर्छ भन्दैमा सपना नै देख्न छोड्न पनि त भएन नि।

"नानु छिटो तयारी हौ है। केटाका परिवारहरु आउने बेला भाईसक्यो।" - पल्लो कोठाबाट दाईले अहराउनु भयो। "त्यो रातो रङको कुर्था सुर्वाल लगाउ है। तिमीलाई कस्तो सुहाउँछ" - भन्दै आमा मेरो कोठामा पस्नु भयो। त्यही नै झिकेर लगाए। मलाई प्राक्रितीक सुन्दरता नै मन पर्छ। त्यसैले make-up गरेको जस्तो मात्र गरे। मन अनी बुद्धीको सुन्दर भए भयो नी। बाहिरी रुप नै सुन्दर हुनु पर्छ भन्ने चाँही म मान्दिन थिए पहिला तर बाहिरी सुन्दरता पनि चाहिदो रहेछ।

"नानु जीवनका तिता मिठा अनुभबहरुले नै तिमी हामीलाई निकै सिकाउँदो रहेछ, परिपक्क बनाउदै लैजाँदो रहेछ। जीवन आफुले चाहे जस्तो गरी त कस्को पो चल्छ र? आफुले चाहे जस्तो बनाउन त प्रयत्न गर्नुपर्छ, जे आइ लाग्छ त्यस्लाई स्विकार गरी सामना गर्दै जानुपर्छ। तिमीलाई थाहै छ नि नानु, जहाँ आगो हुन्छ त्यहाँ उज्यालो पनी हुन्छ, जहाँ फुल हुन्छ त्यहाँ सुगन्ध अनी भमरा पनि हुन्छ।" मेरा मनमा खेलेका कुराहरु बुझ्नु भयो कि के हो आमाले मलाई सम्झाउन पो थाल्नु भयो।

आँखा भरी आँसु पर्दै उहाँ मलाई सम्झैरहनु भएको थियो। मलाई थाहा छ आमा- हजुर र बुवालाई कती चिन्ता छ मेरो। हुर्केकी छोरी घरमा नै हुँदा, धेरै केटाहरु देखाउदा पनि एउटाले पनि मन पराएन्न भनी समाजले कुरा गर्दा, हजुरहरुको त्यो मनमा कती तुफान आएको छ। म पनि पढ्न सक्छु आमा हजुरको अनुहार। यो मेरो सातौं पटक हो मलाई हेर्न केटाका साथ उस्का परिवारहरु मेरो घरमा आएका। होचो कद भएको, कालो बर्ण छ मेरो रुप। मेरो रुप जे जस्तो भएपनी दुधै दुधको पोखरिमा नुहाउँदै हुर्केकी घरकी एक्ली छोरी हुँ म। आफ्नो घरकी लक्ष्मी अरुको घरमा पठाए पछी मात्र आफ्नो घरमा लक्ष्मी भित्राउने बुवाआमाको उद्देश्यले गर्दा नै मेरो दाईको विवाह आज सम्म भएको थिएन। तर जती नै आफ्नो कुल खान्दनका केटाहरुका कुरा आएपनी आहिले सम्म मलाई कसैले पनि मन पराएनन्। खाली खोट मात्र आउथियो जवाफमा - डल्ली रहिछ, काली रहिछ, height मिल्दिन्न रहेछ, मोटी रहिछ…….यस्तै यस्तै। एस्ता कुराहरुले मेरो मन एकदम नै दुखाउथियो। पहिला पहिला त एस्तो भएर मन परेन रे भन्दै कारण सहित आमाले नै भन्नु हुन्थियो। तर आज भोली चाहिँ हामीले नै मन पराएनौं भन्न थाल्नु भएको छ। तर म बुज्छु सबै कुरा- हामीले मन नपराएको कि, उनिहरुले नै मलाई। के होचो हुनुमा या कालो हुनुमा मेरो के दोश ? पहिला पहिला त एकदम नै मन दुख्थियो यस्ता कुराहरुले तर अहिले त बानी नै पारी सक्यो।

"नानु आउ जाउ उता कोठामा" भन्दै दाई मलाई लिन आउनु भयो। "आज त मेरी नानु कत्ती राम्री देखेकी छ नि" - भन्दै मेरो हात समातेर उता कोठामा लिएर जानु भयो।

पाँच-छ जना जती मान्छे आएका रहेछ। हेर्दा सबै राम्रै देखिन्थिए। सामान्य स्रिष्टचार पछी बिशेष कुरा पट्टी नै कुरा मोड्नु भयो दाईले। उनिहरु मेरो पढाई प्रती निकै आक्रशित भएका रहेछन। Environment Science मा Masters गरेकी थिए र त्यही अनुसार काम पनि गरिरहेकी थिए। ए एउटा " प्लस पोइन्ट" त भएछ जस्तो मनमा लाग्यो। केटा पनि आफ्नो पढाई भ्याएर काम गर्दै रहेछ अमेरिकामा। यती कुरामा मात्र ध्यान दिए मैले। एक घण्टाको बसाइ र भेटघाट पछी अन्य जानकारीका लागि फोनबाट संपर्क गरौला भनी उनिहरु गए।

फेरी मेरो मन गहरुङो भएको छ उही जवाफहरु सुन्नु पर्छ भनेर। फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? ४ चोटि केटाहरुले आस्विकार गर्दा नै मैले विवाह गर्दिन्न भनेको थिए। दाईले एकदम नै कर गर्नु भएको थियो। बहिनिको विवाह नगरि आफु नगर्ने भनेपछी मलाई करै लाग्यो। दाईको बिचारमा हरेक व्यक्त्तिको जोडी माथिबाट नै बनाएको हुन्छ रे। मेरो आफ्नो मान्छे एकदिन पक्कै भेटिन्छ रे। त्यस्को लागि केबल प्रयत्न र समय चाहिन्छ रे। फेरी सम्बन्ध आँफै बन्दैन, यो बनाउन निरन्तर प्रयास गरिनै रहनु पर्छ रे।"

आफ्नो परिचय केटाको परिवारलाई दिनु पर्दा यथार्थको धरातालमा नै आएर सबै कुरा इमान्दार साथ भन्नु पर्छ जस्तो मलाई लाग्छ। त्यसैले केही कुरा पनि बनावोटी नर्गन बुवाआमालाई भनेकी छु। कुरा बनावोटी भएको छ भने भोलिका दिनहरुमा म नै दलदल भाँसिन्छु। मैले पनि केटाको तर्फबाट त्यही नै अपेक्षा गरेकी छु।
आमाले नानु तिम्रो फोन भनेर बोलाँउदा पो झसँग भए म।
क्रमश:……….
दोश्रो भाग पढ्न यहा क्लिक गर्नु होस्
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 25, 2010

"अर्कै धातुका गिरिजाबाबु "

Share
-मिलन बगाले
क्यामिन -६ बर्लाची तनहु


यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'।
'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' गिरिजाबाबुको बिग्रदो स्बाथ्यको बारेमा बिगत २ - ४ बर्षदेखी नै अनेक पटक नानाथरी हल्लाहरु चल्दैगर्दा म भने एउटा अचम्मको जिराहा तर्क बोकेर या भनौ भ्रमको पर्दा ओढेर ढुक्कै बसेको थिए। कालो रंगको त्यॊ पर्दा २०६६ चैत्र ७ गते बिहान १२ बजेर १० मिनेट जादा नराम्ररी च्यात्तियो र म कटु यथार्थ स्वीकार्न बाध्य भए। गिरिजाबाबु लाई मैले चिन्न थालेको ५ -६ बर्षको उमेरदेखी नै हो। "सायद आमा बा पछि मैले चिनेको तेस्रो मान्छे
गिरिजाबाबु हुनुपर्छ र चौथो मभन्दा २ बर्ष जेठो मेरो दाजुलाई। यो कुरो बर्षौदेखी भन्दै आएको छु। टीभीको नाकमुखै नदेखी हुर्केको मेरो पुस्ताको लागी गिरिजाबाबु चिनाउने साधन भनेकै पत्रपत्रिका र रेडीयो मात्र थियो। म ५-६ बर्षको हुदाखेरीको एउटा क्यालेन्डर म अझै सम्झन्छु। सुत्ने कोठाको भित्तामा टागीएको त्योक्यालेन्डरमा बिभिन्न नेताहरुका बिचमा दाहिने हात उचालेर भाषण गरिरहेको एउटा अग्लो मान्छेको फोटोले मेरो बाल मष्तिष्कलाई राम्ररी खिच्थ्यो। कोट पाईन्ट लगाएको त्यो मान्छे मेरो आकर्षणको केन्द्र थियो र म बुबालाई सोधिराख्थ्ये - यो को हो भनेर। बुबाले त्यो अग्लो मान्छेका अलावा त्यो क्यालेण्डरमा भएका बि पी, सुबर्णशम्शेर, शैलाजा, किसुनजी, गणेशमान, मनमोहन, मदनभण्डारी, मोहनचन्द्ध, सीपी मैनाली आदीका बारेमा मलाई बताउनुहुन्थ्यो। तर मलाई गिरीजाबाबु बाहेक अरु कसैको चासो र चिन्ता थिएन त्यतीबेला। मेरोकलिलो मनभित्र एकछत्र राज गरेका थिए उनले।

कुरो २०४९-५० सालतिरको हो त्यतीबेला देखी नै मेरो घरमापत्रपत्रिकाहरु थुप्रै आउथे। राष्टपुकार पुर्नजागरण घटना र बिचार दृष्टिगोरखापत्र अन्तराष्ट्रिय माच आदीआदी। यी सबैमा मेरो खोजी गिरिजाबाबुकैहुन्थ्यो र त्यसमा पनि उनको एकछत्र राज देख्दा मलाई असाध्यै खुशीलाग्थ्यो। बामपन्थी पत्रिकाहरु उनलाई असाध्यै गाली गर्थे र कार्टुन पनी त्यस्तै खालको बनाउँथे। कस्ता अलच्छीनाहरु , म ती पत्रिकालाई मनमनै निकै गाली गर्थे। अलि ठूलो भएपछि ती पत्रिकाहरूबाट गिरिजाबाबु को फोटोको साथै बीपी र राजा वीरेन्द्रको फोटाहरु काटेर टिनको बाक्सामा राख्ने गर्थे।ती फोटाहरु मेरो घरमा अझै सुरक्षित होलान्। गिरिजाबाबुको राजनीतिक जीवनमा जति सकारात्मक नकारात्मक उतारचढाव आए पनि उनीप्रतिको मेरो एकतर्फी प्रेम र आकर्षणको जग भने कहिल्यै हल्लिएन। धेरैले पहिलोपल्ट गिरिजाबाबुलाई चिन्दा बिपीको भाईको रुपमा चिनेकोभनेर पत्र पत्रिकामा लेखेका छन। तर मैले भने बिपीलाई गिरिजाबाबुको दाई रैछन भनेर चिनेको थिए। गिरिजाबाबुलाई घरको क्यालेण्डरको फोटोमै राम्रै चिनेपनि बिपीको जीबनी भने ३ कक्षमा पढ्दा मात्रै एउटा बाल पत्रिकामा पढेको थिए । बुबाले पहिल्यै चिनाउनुभएको थियो तर मेरो ध्यान गिरिजाबाबुभन्दा दायाबाया थिएन। त्यो पत्रिकामा बीपीको आमाबाबुको नाम दिब्या कोईराला र कृष्णप्रसाद कोईराला भनेर पढ्दा त म झन्डै चिच्चाएको थिए। बिपी गिरिजाबाबुका दाइ कि भाई ?मैले बुबालाई यसरी नै सोधेथे, त्यतीबेला।'कृष्णप्रसादका ५ भाई छोरा, मातृकाबिपी तारिणी केशब र गिरीजाप्रसाद कान्छा। बिपी निकै ठूला राजनेता र लेखक हुन ', यसरी चिनाउनु भएथ्यो बुबाले र मैले गिरिजाबाबुको दाजुको रुपमा बिपीको पहिलो परिचय पाएको थिए । रामचन्द्र पौडेलको छिमेकी गाउ र गोबिन्दराज जोशीले पहिलो चुनाब लडेको ठाउ राजनितिक माहोल निकै तातेको थियो हाम्रातिर। गोबिन्दराज बिकास प्रेमी, स्थानीय संघसंस्थालाई सक्दो सहयोग गर्ने र जनताको काम गरिदिने नेताकोरुपमा चर्चित थिए भने पौडेल त्यागी र राष्ट्रिय नेताका रुपमा चर्चित। वारिपारि गाउँतिर यि दुबै नेताका अलाबा अरु धेरै नेताहरु मोटर र हेलिकोप्टर चढेर आईराख्थे र हामी दिनभर हिडेर भएपनि यिनका भाषण सुन्न निकै टाढाटाढासम्म समेत पुग्ने गर्थौ। हाम्रा आईडियल प्रसन भनेकै देखिनेमा गोबिन्द, रामचन्द्र र नदेखिनेमा रेडियोमा सुनिने र पत्रिकामा पढिने गिरिजाबाबु थिए। गिरिजाबाबु हेलिकोप्टर चढेर पुलीमराङ आउने रे चुदीमा स्कुलको स्वर्णमहेत्सबमा आउने रे यस्ता हल्लाहरु खुब सुनिन्थे सानोमा। गिरिजाबाबु हेलिकोप्टर नजिकबाट देख्न पाए, म मनमनै खुब कल्पन्थ्ये। ८-१० बर्षको कलिलोमनले सबैभन्दा ठूलो भाग्य भनेकै हेलिकोप्टर र गिरिजाबाबु देख्न पाउनु हो भन्ने बुझेको थियो।

गिरिजाबाबुलाई प्रत्यक्ष देख्ने रहर भने काठमाडौं आएपछि मात्र पुरा भयो त्यो पनि एक दुई झुल्को मात्र। रत्नपार्कमा ट्रकमा बसेर भाषण गर्दै गरेका गिरिजाबाबुलाई देख्दै मन आनन्दित हुन्थ्यो मेरो । आन्दोलनको अपार उर्जा थिए उनी। आएर दाहिने हात उचाल्दीए पुग्यो ताली बजिहाल्थ्यो। भिड सम्मोहित थियो उनीसग। उनलाई भेटने रहर निकै पलाए पनि त्यो दुस्साहस भने कहिल्यै पुरा सकिएन। टिभिमा दिनदिनै देख्न पाएपछि गएरै किन भेटिरहन पर्यो र ! आफैले यसरी चित्त बुझाएको थिए। गिरिजाबाबु मेरो आखाको नानी भएपनि उनको पार्टी र अरु कुनै राजनितिक पार्टीप्रति मेरो खासै माया र मोह थिएन। त्यसकारण संविधानसभा चुनाबमा भोट हाल्न नजाने एक शुत्रीय अडान बोकि बसेको थिए म। तर जब गिरिजा बाबु काग्रेसको तर्फबाट समानुपातिकको उम्मेदवार बने तब 'भोट फर माई डियर गिरिजाबाबु'भन्दै म लागे गाउँतिर। ' फल लाई मात्र माया गरेर हुन्छ ? बोटलाई नी माया गर्नु पर्छु' समानुपातीकको एक भोट मात्र खसाल्ने र प्रतक्ष्यको भोट कसैलाईनी नखसाल्ने मेरो निर्णय आमा बुबालाई सुनाउँदा गिरिजाबाबुलाई फल र काग्रेसलाई बोटको उपमा दिदै दुबै भोट हाल्न उहाँ हरुले मलाई सल्लाह दिनुभो र गिरिजाबाबुका उम्मेदवार रामचन्द्र पौडेलले समेत मेरो अमुल्य १ भोट पाए। समानुपातिकको मतपत्रसगै मैले एउटा छुट्टै कागज समेत सुटुक्क मतपेटिकाभित्र छिराएको थिए जसमा लेखेको थिए- 'मेरो भोट मात्र माई डियर गिरिजाबाबुलाइ'। माथि नै भनिसके गिरिजाबाबुको डुब्दो स्बाथ्यको बाबजुद म भने 'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' भन्दै मन बलियो बनाएर बसेको थिए। तर त्यो मेरो भ्रम, भ्रम नै रहयो र गिरिजाबाबु सधैका लागी अस्ताए। उनी बितेको दिन स्ब गिरिजाप्रसाद कोईराला भनेर कम्प्युटरमा टाईप गर्दा मेरो हात थरथरी कापेको थियो र ठुलै अपराधबोधको अनुभूतिले गाजेको थियो । चैत्र आठ गते बिहान ९ बजेनै म दशरथ रंगशाला पुगेपनि, मेरो मन दशरथ रगशालाभित्र छिर्न मानिरहेको थिएन। 'अरे बाबा! गिरिजाबाबु बितेको भए पो श्रद्धाजली दिन भित्र जानु!'मेरो मनमा यो अन्तरद्धन्द्र २ बजेसम्म चलिरहयो । तर २ बजेपछि म हारे र भित्र गएर फुल चढाई श्रद्धाजली ब्यक्त गरे। शबयात्रामा सहभागी भईरहदा मान्छेको समुन्द्र देखेर भतिज केशब भनिरहेको थियो - 'मिलन अकंल!गिरिजाबाबुलाई त शान्ति सम्झौतामा हस्ताक्षर गरेकै भोलिपल्ट यसरी नै बाजा बजाएर नगर परिक्रमा गराउनु पर्थ्यो। हो केशब ! तिमीले सही भन्यौ। गिरिजाबाबुलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाएर रथमा राखी नगर परिक्रमा गराउनु पर्थ्यो। अनि बल्ल हुन्थ्यो महानायकको सच्चा सम्मान। कसैको प्रचण्ड दम्भ र अहंकारको शिकार भई राष्ट्रपती बन्न नपाएपनि राष्ट्रपिता बन्न पुगेका गिरिजाबाबु असल राजनेता नै थिए भन्ने कुरा डा बाबुराम भट्टराईले पछिल्लो समय दिएको अभिब्यक्तिले अझ प्रस्टयाउछ। 'तपाईहरु चुनाब जित्दै हुनुहुन्छ र हामी हार्दैछौ र पनि म चुनाब गराउनपुरापुर प्रतिबद्र छु'। यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'। गएकोचुनाबको दम्भ र कुण्ठा देखाउने तथा आउने चुनाबको मात्र चिन्ता गर्ने नेताहरुको भीड भएको हाम्रो मुलुक देशको भबिष्यको चिन्ता गर्ने गिरिजाबाबु जस्तै सग्लो र अग्लो नेता खोजिरहेछ। माई डियर गिरिजाबाबु! आई लव यु! अलबिदा!!!
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 21, 2010

अन्तिम कोशेली गिरिजालाई

~आचार्य प्रभा

चाहे जो ,जे सुकै होस्
कालले उस्लाइ
पर्खिरहेकै हुन्छ
त्यसैले .........
आफ्ना लक्ष,उदेश्यलाई
थाँती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ

एउटा हस्ती अनी
राजनीतिक धरोहरको
समापन .......
आखिर पेवा न हो मृत्‍यु
कहाँ रोक्न र छेक्न
सक्थ्यो र? सम्बेदना र
मायाका पर्खालहरुले
त्यसैले उ निभेछ
राजनीतिक आकाशबाट
तर निभ्ने छैनन्
उस्का समर्पण र उदेश्यहरु /
हो मृत्‍यु अवश्यम्भावी छ
चाहे जो ,जे सुकै होस्
कालले उस्लाइ
पर्खिरहेकै हुन्छ
त्यसैले .........
आफ्ना लक्ष,उदेश्यलाई
थाँती राखेर पनि
धर्तीलाई बिदा माग्नैपर्छ
संसारकै नियम सम्झी /
हो..... मान्छे हो ,
जीवनभर कोशिश र संघर्षमा
जीवनलाई उप्केरा दिँदै
फलाउन फुलाउन चाहन्छ
कत्ति कोशिश फल बनेर झाँगिन्छन
कत्ति प्रयास तुषारोले
कुहाइदिन्छन ,
त र पनि नहार्नुको
एउटा ईतिहास लेखेर
मृत्‍यु रोज्नु मान्छेको
महानता र शाहस हो
हो यही शाहसको एउटा
पर्याय हो गिरिजा
जस्ले जस,अप्जसका
ढाकरहरु बोकेर पनि
आफुलाई थकित नमान्नुको
एउटा बहादुर भरिया
साबित गरेकोथियो/
पौढताको सिमालाई पनि
तरुणपनको जलप लगाएर
नव जोश,जांगरको
पहिचान दिएकोथियो
सलाम छ त्यो
अडिग बिस्वाशलाई
अनि प्रणाम छ त्यो
शाहसिक कदमलाई /
शरीर माटो बन्न सक्छ
बन्ने छैनन् उस्का
समर्पणका चेतनाहरु
सधैंभरी हर नेपालीका छात्तिमा
दुख्नेछन उस्का
अभावका बेदनाहरु /
सुत चिर निन्द्रामा तिमी
त र पनि ब्युँझनेछन
तिम्रा हर समर्पित भावनाहरु
दिन्छौं यही बिदाइका शब्दहरु
श्रदान्जली ठानी अन्तिम
कोशेलीहरु /
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 18, 2010

प्रेम मृत्यु !

दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )

हेर न प्रिय तिमीलाई लैजान साधन तयार छ
मलाई लैजान पनि तयार छ
फरक यति मात्र थियो प्रिय,
तिमीलाई महङ्गा कार त मलाई हरिया बास

प्रस्तुत छ कवि दिनेश गुरुङ स्वयं द्धारा बाचित कविता प्रेम मृत्यु !


Your hidden post goes here
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 16, 2010

कथाः सम्झौता

सुमन बगाले।
आँबु खैरेनी तनहुँ।

सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ।

यो कस्तो समय आयो आज, यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरीर दुखेको छ। यो सूर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजिक नैतिकतामा अल्झेर पूर्णिमाको जुन बन्नु परेको छ। समय नै यस्तै रहेछ। मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङ्ग पारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेन्डपनि अगाडि जान सक्दैन। मानेकी त थिइन रे गीतापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गीत जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने? कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गीता लाइ शम्भु दाइको हातमा दिएछन्। अहिले एकदम खुशी छिन रे। हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो, घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्विर हेर्न बाध्य बनाउने मोरा, जिन्दगी भरिलाइ चोट परिजाओस। कसले बुझनदिने प्रतिक्षाको घडी कति कस्ट हुन्छ भनेर। गाइ चराउँदा साटेको रुमाल टाउकोमा उस्तै गरि बाधिदिदा सय डिग्रीको ज्वरो आउदापनि टाउको नदुख्ने खालको चोखो माया साट्ने परदेशी खै कुनी के लोभमा लागेर मायालुलाइ विर्सीदिने, अनी घरमा हुर्किएकी छोरी पालेर कस्ले पो राखिदिन्छन् र?

तीन साल बिताएर आफ्नै गाउ फर्कि गएँ गीतासँग भेट भयो, कुरा भयो, रँग फुङ्ग उडेको पतेरोले चुसेका पात जस्तो पहेली भएकी। ठूला ठूला आखा घुमाउरो गरि गाजल लगाएकी सिउँदो भरि सिन्दुर, गलामा मँगलसुत्र कुर्ता सलवार लगाउने जमाना गएछन् कि क्या हो, फरियाले बेरिएकी एक व्यावहारिक असल बुहारी घर नै पवित्र लाग्यो गीतामा उस्तै चञ्चलता उस्तै मुस्कान। सधैं भरि कुरी रहनपनि सकिएन, त्यैपनि तिमीहरू जस्तो परदेशीको भर हुँदैन रे नि त, उतै माया लगाउछन् भन्थे। सन्तकान्छाको छोरा अझै फर्केको छैन रे , उतैको केटीसँग बिहे गरेर बसेको छ रे नि त। पोहोर साल खुशी फाट्यो तिम्रो पर्खाइमा , यसपाली त खै हजुरआमापनि नातिनीको बिहे हेरेर मर्छु भन्दै हुनुहुन्थ्यो मेरो बिहेपछिको तीन महिनामै दमको रोगले वित्नुभयो। लाग्यो पुण्य नै गरिछु। अब तिमीपनि बिहे गर। अस्तिको मेलामा तिम्री आमा भन्दै हुनुहुन्थ्यो, तिमीले बिहे नगर्ने रे। म त शम्भुसँग एकदम खुशी छु। तिमीले जस्तै हर कुरा बुझेको छ उसले पनि। उसलाई पनि थाहा छ एक असल लोग्ने कस्तो हुनुपर्छ भनेर। त्यसैले विवाह नगर्ने कुरा तिमीले गर्नु उचित होइन। तिमीले मेरो इज्जतको लागी भयपनि बिहे गर्नुपर्छ। तिमीलाई थाहा नै छ हाम्रो समाज तिमीले बिहे नगरि बस्यौ भने कुनै चेलीले आमा बाबुको आखा छलेर एक दुई घण्टा हराउदापनि तिमीमा नराम्रो दृष्टिले हेर्ने गर्छन्। बुढो भएपछि सहारा त चाहिन्छ नि। तिम्रो त्यो बिजोग म हेर्न सक्दिन। सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। मलाइ पनि लाग्थ्यो, शम्भुलाइ भन्दा तिमीलाई सयौं गुना बढि माया। जब शम्भुको व्यवहार मायामा गहिरिदै जाँदा मलाइ पनि लाग्यो, यो सिन्दुर र पोतेको अर्थ के हुँदोरहेछ भनेर। नारीको सौभाग्य नै त्यही भएपछि मलाइ तिमीसँग साटेको रुमालको अर्थ सौभाग्यभन्दा ज्यादै कमी लाग्यो। बिस्तारै बिस्तारै तिम्रो स्थानमा शम्भुलाइ राख्दै गएँ। अहिले उही नै मेरो जीवनसाथी बनेको छ। उसकै समिपमा जीवन बिताउने छु। सयौं सयौं जुनीका लागी उसैको भएकी छु।

मलाइ विश्वास छ, तिमीले मलाइ राम्ररी बुझेका छौ। माया मारेको कुरै हैन के, सुमन। तिमी बुझ्ने कोशीस गर न। उस्तै ढिपी छ तिमीमा अहिले पनि। तिम्रो यो बानी मलाइ धेरै सताइएको छ। कहिले भुल्ने होला। तिमीलाई थाहा छ, तिमीले स्कुलमा लगेको किताब सरलाले कुलो नाग्न नसकेर बगाइदि्एकी थिई नि। त्यति बेला तिमी कस्तरी एकोहोरो लागेर सरसँग त्यही किताब चाहिन्छ भनेर रिसाउँदै आशु झारेको। बिचरा खै त तिमीले त्यही किताब पाएनैा नि। अरुमा नै चित्त बुझाउनु पर्यो। त्यति सानो कुरा त तिमीले पुरा गर्न सकेनौ। त्यहि किताव त पाएनौ नि, पछि बाबाले नया किताब दिँदा तिमी कसरी मख्ख परेका थियौँ। त्यस्तै हो जिन्दगी सबै रोजेको देखेको पाउनु नै पर्छ भन्नेपनि छैन र पाइदैन पनि। नसोचेको हुनु नै जिन्दगीको मज्जा हो। मन हो मानी हाल्छ। तिमीलाइ थाहा नै छ नि पानी जस्तो भाडामा हाल्यो उस्तै अकार बनिदिन्छ। तर विडम्बना त्यो पानीको व्यथा बुझिदिने कोही हुँदैन। उसको उकुसमुकुसकतालाइ कजाएर भयपनि उ बसिरहन्छ। किनकी उसको वाध्यता हो। सबैलाई भगवानले एक एक वाध्यताले जेलाएर राखिदिएको हुन्छ। जबसम्म हामी यो लोक छोडेर परलोक भइँदैन, हामीलाई एक न एक वाध्यताले जेलिरहेको हुन्छ। धन सम्पत्ति कमाएर तिमीलाई समाजको अगाडि तिम्रो हात मागेर तिमीलाई आफ्नो बनाउँछु , तिमीले भनेका कुरा हिजो जस्तो लाग्छ। खै ती सबै विगत भए। मैले पनि सकिन कि तिमीलाई रोक्न किनकी परदेशीनु तिम्रो वाध्यता थियो, देशको स्थिति राम्रो थिएन, त्यसैमाथि तिमी टुहुरो जेठो छोरो, सबै जिम्मेवारी तिमीमा नै थियो। सबै तिमीलाई मेरो अनुहार हेरेर मात्रै त पुग्दैन थियो। मेरा पनि आवश्यकता हरु हुन्थे। तिम्री आमा हजारौं दुःख सहेर तिम्रो उज्जवल भविष्यको लागी एक छाक खाएर पनि तिमीलाई हुर्काइन। उनको पनि केही सपना थिए होलान्। तिमीले घर सम्झेर काम गरेछौ। अहिले तिम्रो घरको स्थिति राम्रो बन्दै गएको छ। तिमीलाई दुई पैसा रिन नपत्याउनेहरु ,तिम्रो घरमा पाउ मोल्न आएका छन्। भाइबहिनी नाङ्गा थिए, अहिले टम्म जिउ ढाक्ने लुगा लगाउन पाएका छन्। त्यसैले सबै थोक माया मात्र होइन रहेछ। यहाँ केही पाउनुको लागी केही गुमाउनु नै पर्छ। खाल्टो नभइ डाँडो बन्दैन। यहाँ को संसार नै यस्तै छ, मान्छे यही गुणले नै मान्छेलाई विवेकशील प्रणाली भनिन्छ। यो रुप रँग त दुइ दिनको मात्र हो। माया मार्न लाइ माया घटाउनलाइ यो भनेको होइन सुमन! बुझ्ने कोशीस गर। माया अपार छ सँगै हुने चाहना मेरो पनि थियो। तिम्रो घरमा आउने मैलेपनि धेरै सोचेकी हुँ। हुर्के बढेको चेली कुल घरनाले माग्न आएपछि मैले घरपरिवार लाइ नाई भन्नै सकिन। मैले के भनेर कुरा टार्ने मेरो कुनै बाटो थिएन। बेला नभएको पनि होइन। मैले नाई भने पनि, मेरो कुरा सुन्ने कोही हुने थिएनन्। एकचोटि तिमीलाई पनि सम्झे। तिम्रो मेरो प्रेमलाई सम्झे, आँसु गह भरि भयो, के तिम्रो माया नभएको भए रुन्थे होला र म? आशु अन्तर आत्मा दुखाएर आउछ। तिमीलाई थाहै छ। तिमीलाई मेरो परिवारले दिदैनथे पनि। राम्रो भयो अब तिमीले म भन्दा पनि राम्रो जीवन सँगिनी पाउँछौ। नयाँ साथी हुन्छ। नयाँ नयाँ कुरा हुन्छन्, विचार नयाँ हुन्छ , नयाँ साइनो जोडिन्छ। आफन्तहरू धेरै हुन्छन्। दुःख सुख पर्दा हेर्ने मान्छे हुन्छन्। तिमीमा खोट लगाउने मेरो कुनै कसुर छैन। आजको जमानामा पनि तिमी जस्तो असल साथी पाएको छु। मलाइ यतिमा खुशी छु। मेरो विहेवारी भइसक्दा पनि, तिमी भेट्न आएका छौ। मलाइ त लागेको थियो तिमी मसँग रिसाएका छौ होला भनेर। रिसायौ पनि होला, के रिसायौ भनु,रिसायौ नै । मलाइ पाप लाग्ला पनि, तिम्रो असल मायालाई लात मारेर पराइको सिन्दुर सजाइरहेकी छु। तिम्रो पवित्र मायामा खोट लगाएकी छु। यो सव वाध्यता र विवशमा ,समयले चालेको खेल हो सुमन। समय आफ्नो मुठीमा भइदिएको भए, रोकेर तिम्रै हातको सिउँदो सजाउँथे, तिम्रै साथ जिउने कसम खाएका ती भगवानले पनि हाम्रो पुकार सुनेनन्। भगवान नै वैरी भएपछि, शम्भुको लगन जुरेर आयो। म मा केही छैन त्यसैपनि वाध्य छु आफुलाइ सँयत्र राख्न। आफूबाट कोही खुशी हुन्छ भने हामी उसको खुशी किन खोसिदिने होइन? माया हो सँगत जति गर्यो उति बढदै जाने हो। अहिले शम्भुबाट अपार खुशी पाएकी छु। उसको खुशी देखेर नै म खुशी छु। माया भन्ने चिज यस्तै रहेछ बसेको पत्तै नहुने रहेछ। त्यसैले सुमन बेदनाहरू यस्तै हो, परिस्थितिसँग जुध्न सक्यो भने सफल भइने रहेछ। तर के गर्ने मसँग केही आधार थिएन मेरो परिवारलाई विश्वास दिलाउने, आमालाई भनेकी थिएँ आमाले बाबालाई भन्नुभयो, परदेशीको केही भर हुँदैन त्यसैपनि तिम्रो खानदान गतिलो छैन रे ,आदि आदि मैले सुन्न सकिन र शम्भुसँग बिहे गर्न राजी भएँ। यो पापी समाजमा, मायाको कुनै अर्थ छैन तिम्रो मेरो, माया मा नै खोट रहेछ। माया गरेर विवाह नहुनमा नै मित्रता जीवन भर अमर रहनेछ। अगि बढ, जिन्दगीले एक बाटो विराउदैमा अरु बाटोहरु सबै बन्द हुन्छ भन्ने छैन। अझ बढि सुवर्ण अबसरहरु आउँछन्। त्यसैले हरेस नखानु प्राप्तिको लागी मात्र प्रेम गरिँदैन प्रेम त्यागपनि हो। माया गरेको चिज सबै पाउनु पर्ने भन्ने पनि छैन नि। के तिमीलाई लाग्छ तिम्रो दुखाइमा म हाँस्नेछु, खुत्ती मार्ने छु? त्यैपनि सिउँदो सजाउनु मात्र मायाको अन्तिम पनि रुप होइन। सिउँदो नसजाउदा पनि, तिमी प्रतिको माया मेरो ह्दयबाट मेटिने छैन।

बाहिरबाट गीता गीता भन्दै कुर्लि रहेको आवाज गुन्जियो , जुन आवाजमा जोडी हराएको चखेवाको जस्तो टिट लाग्दो स्वरहरु फैलिरहेका थिएँ। एक उदासीनता मिश्रण स्वरहरु गुन्जीएको थियो। शम्भु बेलाउँदैछ , गीता झस्किन् । धेरै बस्न उचित लागेन। मन गरुङगो पारेर ,लागे आफ्नो घर तिर।

आँबु खैरेनी तनहुँ

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 12, 2010

मेरो प्यारो आँधीखोला


ज्ञानबन्धु के.सी. मनकाप्रेमी हाल न्यूर्योक

मध्यपश्चिम ग48डकी क्षेत्रमा श्रवण कुमार पुगिगए ,
अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा बिलिन भए।
ब्याधालाई के थाहा श्रबण कुमार छन कहाँ भनी
पानी खोज्न गएका श्रबण बिचरा पोखरी छेउमा गयो ज्यानपनि।

आँसु अविरल बगी रह्यो अन्धाअन्धीको आँसु बगेर आँधी बन्यो,
बग्दै बग्दै तल बेसीमा झरी सेती,खहरेमा मिली महानदी भयो।
साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा,
सिँचाइ र मनोरञ्जन पाए लोकले, बिजुली बल्यो बेसीका काँठकाँठमा।

मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म,
चण्डीकाली भिर्कोट गह्रौ आलमदेबी दोहोरो साँक्षीबनी माझमा फाँट छ लमतन्न ।
बगाउँछ फोहरमैला शहर बजारको पार्छ वातावरण सधै सुद्द सफा आकर्षक,
पर्यावरण फोहरीनाले सुक्दैछ हिउँदमा दुःखको बन्दैछ, व्यथा कथा छक्क छन दर्शक।

बर्षायाममा तन्नेरी हुन्छौ, बगाउँछौ खेतबारी सुकुम्बासी टहराहरु पनि,
बाडी पैरो रोक्न वृक्षारोपण र गरौँ हुन्छ सबै हराभरा मुल फुट्छ अनि।
लमतन्न लामो बगेको आँधी किन सुसाउछ् शून्य आधा रातमा सधैं,
माया गरौँ न मेरो आँधीलाई, पौडी खेल्दै माछा मारेको बिर्सेको छैन यसले अझै।

बाढी पैरो आउँदा सक्दैनौ थाम्न भार तिमी, हिउँदमा पाउदैनौ बुँद पनि,
वातावरण नास भयो परतः तात्यो ओजनले छेक्न सकेन, गर्मीतातो पनि।
पानी पर्दैन बेलामा,मनसुन हेर्नुपर्छ भूगोलमा खेती बाली, लगाउन,
वातावरण सुधारे आफै लैनो सरी सिञ्चाउथ्यौ, थाल्थे पालुवा पलाउन।

जलमग्न हुँदा सबै जलक्रीडा गर्छन आँधीमा सबै, बिजुलीबत्ती अनि नहर खनी,
विकासमा हरियाली पार्ने आधीको संरक्षणमा आवाज निकालौँ, सबै जना एक बनी।
म भनी मनबाट निकालौँ आवाज आँधीको शुन्यरातको सुसेली सरी,
गरौँ विकास प्राकृतिक सम्पदाको वातावरणमा ध्यानराखौ, सधैभरी।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:





Read More...

Mar 11, 2010

गजल

बसन्त थापा “जीवन”
चन्द्रावती तनहुँ, हाल–अबुधावी, युएई


कालो रातमा उकाली चढेको याद आउँछ।
जिन्दगीको भाग्यरेखा पढेको याद आउँछ।।

रातमा पनि सगरले बगाएथ्यो अश्रुधारा।
अँधेरीमा हिलोमा गढेको याद आउँछ।।

चिप्लो वाटो नौलो ठाउँ बर्षातका पानीमा।
छेउ कुना गर्दा गर्दै लढेको याद आउँछ।।

हर्षित हुँदै गएको रमाइलो त्यो ठाउँमा।
दुःख पाउँदा पीडाले मन डढेको याद आउँछ।।

“सानु”को यादले तड्पीराथ्यो मन मेरो।
मनको कुरा मनैभित्र सढेको याद आउँछ।।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 9, 2010

"Do Something" Award Winner Maggie Doyne inspiring the youths through her work in Nepal !

“We have potential to do anything and to be anything. As young women in this world we are truly limitless” - Maggie Doyne, 2009 Do Something Award Winner !

A high school girl, who was still on her teen age, graduated from her high school, Do Something Award Winner Maggie Doyne and desired to make a travel to the third world taking a year break from her school. Her classmates headed off to the college while she was dropped off at the Newark International airport with her backpack by her parents. This is a true story of a teen age girl, Maggie Doyen who listened to her heart and has been working in Surkhet, a remote village of Nepal for the social welfare of Nepalese street Children.

When she made a trip to north eastern India, Maggie Doyen met orphaned and poverty-stricken Nepalese children on the street of India who were displaced by the Ten Years Maoist insurgent war. She then planned to visit Nepal. She writes on her Journal: “I was trekking through the Himalayas in war-torn Nepal, where I began to meet hundreds of orphan children. I fell in love with their bright eyes and beautiful smiles, but was shocked to see them barely surviving without the most basic things that I had grown up with as a child.”


Using $5000 of the money she saved while babysitting, Maggie bought a piece of land in Western Nepal and from the support of local community and the governmental official, Maggie Built Kopila Valley Children’s Home with the following fundamental objectives.
Every child
1. Has the right to stay and grow up in a safe and secure home
2. Has the right to receive Medical Treatment
3. Has the right to go to the school in spite of his parental status
4. Has the right to have the basic food and nutrition to survive
5. Has the right to have proper clothing to
6. Had the right to share the Love and caring from the Family

Because of the good work Maggie initiated, she was awarded as the winner of the Do Something Award $100,000 grand prize, in 2009. She than registered a nonprofit organization, BlinkNow Foundation in US and started bringing back the support and donations she receives there back to Nepal. She recently provides a home for more than 25 Children where they can live, eat, cook, laugh, learn and play. She also sends more than 70 others to school and she built a community outreach program that has already places more than 700 orphans in permanent homes.


Maggie Doyne at the $100,000 Do Something Award Ceromany

“We have potential to do anything and to be anything. As young women in this world we are truly limitless” says Magee . She adds “"I grew up without a clue, If we know what the problems are, what the issues are, I think we'd choose to live our lives a little differently. You can't call us ignorant and you can't call us selfish. And that's the reputation that our generation has to fight against. But what I've seen is that we do care. We all do. And we're all on this path to try to make the world a better place in our own way, our generation. And I think that's what's so exciting."
A huge salute to this courageous gal who has left her country, her family and her school and everything and has been to Nepal to work for the welfare of orphaned and poverty-stricken Nepalese children ! God bless her and may we all the youth have the courage to walk on her line.

If you think you can help Maggie, the founder of the Kopila Valley Children’s Home , who is still in her teenager age but has already become the mother of more than 26 kids. You can help Kopila Valley Children’s Home by any of the following means.

1. You can donate directly to Kopila Valley Children's
2. You can Volunteer with Kopila Valley Children's Home
3. You can sponsor a child from Kopila Valley Children's Home. The cost to sponsor a child is 25 dollars per month or 300 dollars for the year

For detail information please visit http://maggiedoyne.squarespace.com/how-you-can-help/ . You can alos directly write to her at maggie.doyne@blinknow.org

More information about Maggie Doyne and her works can be found at :
http://maggiedoyne.squarespace.com/
http://www.blinknow.org/index.html
http://www.dosomething.org/ds-award-winners/maggie-doyne
http://www.tonic.com/article/do-something-awards-maggie-doyne/

Photo Source: DoSomething.org


Your hidden post goes here
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 6, 2010

Award Winning Documentary Movie on an American Peace Corps Volunteer in Nepal , JimiSir !

This movie is about a volunteer, James Parks, the “Jimi Sir”,An engineering student who graduated from MIT and join the Peace Corps Volunteer in Nepal. The movie was made during the mid 80's and was released only on 2004. An Award winning must watch documentary that portrays Nepal and the Nepalse people and the educational system of Nepal in remote villege.

Thank you for watching !


Read More...

Mar 3, 2010

मेरो अपरिभाषित प्रेम ! ( Undefined Love)

दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )

"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"
सुरुबाट कताबाट गरौँ खोई, बिछोड को कुरा गरि मिलनको कुरा गरौँ या फेरी मिलनको कुरा पहिले गरि बिछोड को कुरा गरौँ । आखिर मेरो जिन्दगी को मिलन बिछोड का खेल हरु यहाँ पोख्दै छु ।
भेट भएको पनि आज ८ वर्ष भइसकेछ तर बोलचाल भने केवल सात वर्ष मात्र भयो। मलाई आज सम्म याद छ त्यो पहिलो बोलाई थियो हाम्रो, फोनमा , Friendship Day दिनमा । थर् थर् कामिएका शब्द मा एक अर्का लाई शुभकामना दिँदै आगामि दिनहरुको भेटमा बोलचाल गर्ने बाचाको साथमा बिदाई हुँदा मलाई थाह छ त्यो दिनमा मैले संसार मा बिजयी पाएको आभास गरेको थिए ।
के थियो तिमीमा आखिर
संसार जित्न पुगे मैले
त्यस्तै रहेछ मायाको खेल
मुटु नै नभएको पाए मैले !
त्यस पछि सधैं जसो कलेजको भेटघाट , बोलचाल अनि संघै खाजा खाँदा ,संघै खेल्दा माया झन् गहिरो हुँदो रहेछ । मानौँ कि हरेक पल हामी एक अर्काको माया को परिधि भित्र थियौ । म आफैमा उ संग हराउन थालेको थिए ।
जब एक दिन, आफ्नो माया को जाहेरी गरौँ भनेर मैले उनलाई प्रेमको प्रस्ताव अगाडि सारे , उनि भन्छिन् " म अरु कसैलाई मन पराउछु, तिमी त मेरो साथि मात्र हो , त्यो भन्दा बढि सोच्न सक्दिन म तिमीलाई " । म छांगा बाट खसे जस्तो हुन्छु , आखिर मेरा सोच र भोग हरु सबै गलत हुन पुग्यो त्यो दिन । उस्का ती शब्दले म झसङ्ग भए । उनी बोल्दै थिईन् "अव देखि तिमी र म बिचमा दुरी (ग्याप) राख्नु पर्छ, सकभर हामी एक अर्का संग बोल चाल नगरौ, जति बोल्यो त्यतिनै तिमी प्रेममा फस्दै जान्छौ, पछि गार्हो हुन्छ, त्यसैले यो संम्वन्ध यहि तोड्न उचित हुन्छ । " म आतिन्छु, "के तिमी म संग नबोली बस्न सक्छौ त ? मलाई तिम्रो थाह छैन, तर म अपुरो हुनैछु।" उनी जवाफ फर्काउछिन् "गार्हो हुन्छ तर कोशीस गर्नै पर्छ ।"

"सधै बोलचालमा माया पाएछु
माया होईन भ्रममा फसेछु ,
माया गर्छु भनि प्रस्ताव राख्दा
असल साथि गुमाउन पुगेछु ।। "
आखिर पुरा एक हप्ता भयो, सधैं देखा देख अनि संगै खाजा खादा संगै खेल्दा पनि हाम्रो बोलि फुट्न सकेन । निशब्द भई एक हप्ता गुजारा गरे मैले । देख्ने हरु त हामी माथि हास्दै थिए । आखिर यो एक हप्ता मलाई एक हप्ता नभई सयौँ बर्ष जस्तो लागेको थियो। साहेद उन्लाई एस्तै लाग्यो या अरुनै बाहना मा अचानक उनैले फेरि नबोल्दा सहनिय भयो , भो अव बोलौँ भन्दै प्रस्ताव राखिन् । म अस्विकार गर्ने पक्षमा थिइन र प्रफुल्ल मुद्रा मा स्विकृति जनाए । अनि कहिल्यै काहीँ फोन मा कुराकानी मात्र हुन्थ्यो हाम्रो । उनी सधै भन्थिन् , मेरो लाहुरे संग मग्नी भयो भनेर तर म निहास्रो हाँसो संगै बधाई शुभकामना सन्देस पस्कन्थे । आखिर यसरी दिन हरु बित्दै जाँदा मेरो अमेरिकाको भिषा लाग्यो । भेट्ने रहर हुँदा हुँदै रहर सबै मारेर त्यसै बिदाबारी नभई उनि बाट टाढा हिडे । पोखरा बाट काठमाण्डौं मा आएपछि मैले उनलाई फोन गरे, त्यति खेर उनि रिसाएर माया रुपी शब्दहरू प्रयोग गर्दा लाग्थ्यो मैले भेट नगरेर धेरै ठूलो भुल गरेछु, ऊ एकोहोरो बोल्दै थिई , म त्यसै त्यसै दुखि हुदै थिए, अनि अनायासै आँखा बाट आशु बगाएको थिए ।

बिछोड देख्न नसकी प्रिय म
बिदाईको हात हल्लाउन आइन
फर्कने निधो नगरी हिडे प्रिय म
दु:ख लाग्दै छ भेट्न तिमीलाई पाइन ।

यसरी अमेरिका आए पछि, मेरो जिन्दगी को पलपल मा उसैलाई सम्झेर दिन बिताउँदै थिए । अनि सधैं जसो फोन गर्थे, उस्लाई । उस्को बारेमा धेरै कुरा सुने तर पनि यो मन मायाले भरिएको थियो, उसैको लागि। त्यसैले पनि कहिल्यै पनि उ प्रति मलाई घृणा आएन । पछि थाह पाए, उस्को मग्नी भएर पनि बिछोड भएछ । त्यो दिन मलाई एकदमै नरमाईलो लागेको थियो, उस्लाई कति दुख्यो होला, समग्र मा उस्ले धोका पाएकी थिई । आँफुले मन पराउने मान्छेलाई दुखेको थाह पाउँदा आफूलाई पनि दुख्दो रहेछ । त्यो दिन म एक्लै रोए उसको दु:खमा , साहेद म त्यसरी मेरो प्रेम प्रस्ताव अस्विकार हुँदा पनि रोएको थिइन । र ममा उ प्रतिको माया झन् बडेर आएको थियो ।

"के थियो तिमीमा आखिर
चाहेर पनि घृणा गर्न सकिन
सात समुन्द्र रङ्गिन संसार मा आएर पनि
किन तिमी प्रति माया मार्न सकिन "

बिस्तारै बिस्तारै मैले फेरि उस्लाई फोन गर्न थाले । बास्तबमा मैले उस्लाई अझै पनि माया गर्थे र आफ्नो बनाउन चाहन्थे । यो मेरो माया थियो या आकर्षण तर म उनलाई मुटु देखिनै मन पराउँथे । उनि संग पुन सुरु भएको कुराकानी ले म खुशी
भएको थिए र बिस्तारै उ पनि हास्न थालेकी थिई ।

"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"

उ र म निक्कै नजिकिन थालेका थियौ, घण्टौ सम्म दु:ख सु:खका कुराहरु गर्थ्यौ । मलाई लाग्थ्यो उस्ले पनि मलाई मन पराउँछे । तर मैले चाहेर पनि अब प्रेम प्रस्ताव राख्ने बारेमा मैले आट गर्न सकेको थिईन् , म फेरि मेरो फर्किएको साथीलाई गुमाउन चाहन्नथे ।
समय आफ्नै गतिमा थियो , आखिर समय नै हो कस्ले पो रोक्न सक्छ र ? अनि उस्को कलेज सकियो अनि फेरि मिलन को क्षण एउटा कथा बन्न थाल्यो । अनि मेरो कामको व्यस्तता र उस्को विदेश जाने तयारी ले हामी बिस्तारै बिस्तारै फेरि टाडिन थाल्यौ ।

जति भेट भयो आखिर
त्यति माया बड्दो रहेछ
बिछोड भए पछि आखिर
यो मुटु पनि दुंङ्गा बन्दोरहेछ "

अनि कहिले काहीँ को फोन मा मात्र बोलचाल सीमित थियो ।आखिर कसले पो समय संग लड्न सक्यो र , माया त छ मन भरि, दर्साउन कहिल्यै पाइन , सायद त्यसैले होला टाढा भए पनि यो माया कहिल्यै मरेन ।

समय बित्दै गयो, उस्ले आखिरमा मेरो माया लाई स्विकार गरि ,तर मलाई लाग्छ ह्रदय बाट होईन् केवल मुखबाट मात्र। भेट्ने आश हरु यो मनमा सधै मरिरहेको छ। तर समयको बाध्यताले पर्खला नाघ्न नसकि बसेको छु। अव एउटै उपाए छ । यि ८ बर्ष पछि को बोलचाल, देखवाट, माया र घृणा, प्रेम र पिडाले गाठो बनेको यो मायाको अन्तिम लक्ष्य ऊ यहाँ आए पछि मात्र पुरा हुनेछ, तर पनि यहि एउटा डर छ मन मा ऊ यहा होईन, लण्डन जान्छे ।
र जादा जादै आज,

यत्रो समयको पर्खाई पछि
लाग्यो मिलनको दिन आईपु्ग्यो भनेर
माया रुपी अंकमाल सोचेको थिए
मिलनको दिन एकदिन आउछ भनेर
आखिर सपना नै भए ती सबै
बिछोड -बिछोड नै भईदियो,
माया गर्छु भनि मुखले तिमिले
आखिर युएसए छोडि लण्डन गईदियौ !

अस्तु !
दिनेश

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Mar 1, 2010

Motivation , Positive or Negative, A short story of two brother !

By Unknown Author(Thank you Raj for submitting the story)
Once open a time, there lived two brothers.One was a drug addict and a drunk who frequently beat up his family. The other one was a very successful businessman who was respected in society and had a wonderful family. Some people wanted to find out why two brothers from the same parents, brought up in the same environment, could be so different.

The first one was asked, "How come you do what you do? You are a drug addict, a drunk, and you beat your family. What motivates you?" He said, "My father." They asked, "What about your father?" The reply was, "My father was a drug addict, a drunk and he beat his family. What do you expect me to be? That is what I am."
They went to the brother who was doing everything right and asked him the same question. "How come you are doing everything right? What is your source of motivation?" And guess what he said? "My father. When I was a little boy, I used to see my dad drunk and doing all the wrong things. I made up my mind that that is not what I wanted to be."

Both were deriving their strength and motivation from the same source, but one was using it positively and the other negatively.


Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP