दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )
"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"
भेट भएको पनि आज ८ वर्ष भइसकेछ तर बोलचाल भने केवल सात वर्ष मात्र भयो। मलाई आज सम्म याद छ त्यो पहिलो बोलाई थियो हाम्रो, फोनमा , Friendship Day दिनमा । थर् थर् कामिएका शब्द मा एक अर्का लाई शुभकामना दिँदै आगामि दिनहरुको भेटमा बोलचाल गर्ने बाचाको साथमा बिदाई हुँदा मलाई थाह छ त्यो दिनमा मैले संसार मा बिजयी पाएको आभास गरेको थिए ।
संसार जित्न पुगे मैले
त्यस्तै रहेछ मायाको खेल
मुटु नै नभएको पाए मैले !
जब एक दिन, आफ्नो माया को जाहेरी गरौँ भनेर मैले उनलाई प्रेमको प्रस्ताव अगाडि सारे , उनि भन्छिन् " म अरु कसैलाई मन पराउछु, तिमी त मेरो साथि मात्र हो , त्यो भन्दा बढि सोच्न सक्दिन म तिमीलाई " । म छांगा बाट खसे जस्तो हुन्छु , आखिर मेरा सोच र भोग हरु सबै गलत हुन पुग्यो त्यो दिन । उस्का ती शब्दले म झसङ्ग भए । उनी बोल्दै थिईन् "अव देखि तिमी र म बिचमा दुरी (ग्याप) राख्नु पर्छ, सकभर हामी एक अर्का संग बोल चाल नगरौ, जति बोल्यो त्यतिनै तिमी प्रेममा फस्दै जान्छौ, पछि गार्हो हुन्छ, त्यसैले यो संम्वन्ध यहि तोड्न उचित हुन्छ । " म आतिन्छु, "के तिमी म संग नबोली बस्न सक्छौ त ? मलाई तिम्रो थाह छैन, तर म अपुरो हुनैछु।" उनी जवाफ फर्काउछिन् "गार्हो हुन्छ तर कोशीस गर्नै पर्छ ।"
"सधै बोलचालमा माया पाएछु
माया होईन भ्रममा फसेछु ,
माया गर्छु भनि प्रस्ताव राख्दा
असल साथि गुमाउन पुगेछु ।। "
बिछोड देख्न नसकी प्रिय म
बिदाईको हात हल्लाउन आइन
फर्कने निधो नगरी हिडे प्रिय म
दु:ख लाग्दै छ भेट्न तिमीलाई पाइन ।
यसरी अमेरिका आए पछि, मेरो जिन्दगी को पलपल मा उसैलाई सम्झेर दिन बिताउँदै थिए । अनि सधैं जसो फोन गर्थे, उस्लाई । उस्को बारेमा धेरै कुरा सुने तर पनि यो मन मायाले भरिएको थियो, उसैको लागि। त्यसैले पनि कहिल्यै पनि उ प्रति मलाई घृणा आएन । पछि थाह पाए, उस्को मग्नी भएर पनि बिछोड भएछ । त्यो दिन मलाई एकदमै नरमाईलो लागेको थियो, उस्लाई कति दुख्यो होला, समग्र मा उस्ले धोका पाएकी थिई । आँफुले मन पराउने मान्छेलाई दुखेको थाह पाउँदा आफूलाई पनि दुख्दो रहेछ । त्यो दिन म एक्लै रोए उसको दु:खमा , साहेद म त्यसरी मेरो प्रेम प्रस्ताव अस्विकार हुँदा पनि रोएको थिइन । र ममा उ प्रतिको माया झन् बडेर आएको थियो ।
"के थियो तिमीमा आखिर
चाहेर पनि घृणा गर्न सकिन
सात समुन्द्र रङ्गिन संसार मा आएर पनि
किन तिमी प्रति माया मार्न सकिन "
बिस्तारै बिस्तारै मैले फेरि उस्लाई फोन गर्न थाले । बास्तबमा मैले उस्लाई अझै पनि माया गर्थे र आफ्नो बनाउन चाहन्थे । यो मेरो माया थियो या आकर्षण तर म उनलाई मुटु देखिनै मन पराउँथे । उनि संग पुन सुरु भएको कुराकानी ले म खुशी
भएको थिए र बिस्तारै उ पनि हास्न थालेकी थिई ।
"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"
उ र म निक्कै नजिकिन थालेका थियौ, घण्टौ सम्म दु:ख सु:खका कुराहरु गर्थ्यौ । मलाई लाग्थ्यो उस्ले पनि मलाई मन पराउँछे । तर मैले चाहेर पनि अब प्रेम प्रस्ताव राख्ने बारेमा मैले आट गर्न सकेको थिईन् , म फेरि मेरो फर्किएको साथीलाई गुमाउन चाहन्नथे ।
समय आफ्नै गतिमा थियो , आखिर समय नै हो कस्ले पो रोक्न सक्छ र ? अनि उस्को कलेज सकियो अनि फेरि मिलन को क्षण एउटा कथा बन्न थाल्यो । अनि मेरो कामको व्यस्तता र उस्को विदेश जाने तयारी ले हामी बिस्तारै बिस्तारै फेरि टाडिन थाल्यौ ।
जति भेट भयो आखिर
त्यति माया बड्दो रहेछ
बिछोड भए पछि आखिर
यो मुटु पनि दुंङ्गा बन्दोरहेछ "
अनि कहिले काहीँ को फोन मा मात्र बोलचाल सीमित थियो ।आखिर कसले पो समय संग लड्न सक्यो र , माया त छ मन भरि, दर्साउन कहिल्यै पाइन , सायद त्यसैले होला टाढा भए पनि यो माया कहिल्यै मरेन ।
समय बित्दै गयो, उस्ले आखिरमा मेरो माया लाई स्विकार गरि ,तर मलाई लाग्छ ह्रदय बाट होईन् केवल मुखबाट मात्र। भेट्ने आश हरु यो मनमा सधै मरिरहेको छ। तर समयको बाध्यताले पर्खला नाघ्न नसकि बसेको छु। अव एउटै उपाए छ । यि ८ बर्ष पछि को बोलचाल, देखवाट, माया र घृणा, प्रेम र पिडाले गाठो बनेको यो मायाको अन्तिम लक्ष्य ऊ यहाँ आए पछि मात्र पुरा हुनेछ, तर पनि यहि एउटा डर छ मन मा ऊ यहा होईन, लण्डन जान्छे ।
र जादा जादै आज,
यत्रो समयको पर्खाई पछि
लाग्यो मिलनको दिन आईपु्ग्यो भनेर
माया रुपी अंकमाल सोचेको थिए
मिलनको दिन एकदिन आउछ भनेर
आखिर सपना नै भए ती सबै
बिछोड -बिछोड नै भईदियो,
माया गर्छु भनि मुखले तिमिले
आखिर युएसए छोडि लण्डन गईदियौ !
अस्तु !
दिनेश
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ] Read more...


साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।” क्याप्टेन आँखा घुमाएर हाँस्दै रूपालाई हेर्छन। 
विदेशी बिमानस्थलहरुमा आजकल थुप्रै नेपाली भटिने हुँदा हवाई प्रतिक्षा गर्न सजिलो अनि रमाईलो हुन्छ। क्याप्टेन फर्कदै गरेको बिमानमा पनि १०–१२ जना नेपालीहरु रहेछन। हङ्गकङ्गको बिमानस्थलको लामो हवाई प्रतिक्षामा नेपालीहरुको एउटा समूह आपसमा परिचय गर्दै भ्रमण सम्बन्धि आ–आफ्ना अनुभव बाँड्दै थिए। भने कोही कोही काखमा कम्प्यूटर, अनि काने फोन लगाएर आफ्नै सुरमा व्यस्त थिए। कसै कसैको त चालै अर्को हुने, प्रष्ट टिठलाग्दो नेपाली अनुहार देखेर नेपालीमा केही प्रश्न गर्यो अंग्रेजीमा जवाफ दिन्छन तैपनि उनीहरुको बोलीमा नेपालीपन राम्ररी बुझन्छ। क्याप्टेन पनि त्यही समूहको एक छेउमा आड लगाएर रूपासँगैका अधिल्ला भ्रमणहरुको सम्झनामा हराई रहेएका थिए। समूहमा निकै रमाईलो तरीकाले कुरा चल्न थाल्यो जस्तैः
क्याप्टेन पिँडीमा रेडियो सुन्दै बिहानको चिया पिउँदै थिए। पूर्णे दौड्दै आयो। उ राम्रो बोल्न सक्दैन त्यसैले उसलाई गाउँलेहरु लाटा पनि भन्छन। उ प्राय गाउँको चिया पसल वरिपरी हुन्छ। गाउँले सबै मिलेर चिया पसलमा एक सार्वजनिक फोन राखेका छन। पूर्णेको काम फोन आउँदा गाउँलेलाई खबर गरिदिनु पनि हो। पूर्णेले इशारा नगर्दै क्याप्टेनले फोन आएको कुरा बुझेर दौडँदै चिया पसलमा पुगे। क्याप्टेनले फोन लिएर ”हेल्लो” भन्ने बित्तिकै लामो श्वास फेरेर नाकले फ्याल्दै “हुँ ...” गरे। आफूले केही नबोली जवाफका रुपमा फेरी “हुँ ...” गर्दै फोन राखिदिए। “धन्यवाद तिमीहरुलाई ल बक्सिस” भन्दै क्याप्टेनले खल्तीबाट ५ सयका दुई नोट झकेर पूर्णे र साहुनीको हातमा हाली दिए। दुवै ट्वाल्ल परे। यतिका ठूलो इनाम उनीहरुको जीवन मै पहिलो थियो। साहुनीले डर मान्दै क्याप्टेनसँग सोधिन। “हैन ए क्याप्टेन बा के को खुशियालीमा हो यो?” शिर ठाडो पारेर क्याप्टेन भन्छन। “खुशीको कुरा हो छोरी, आज मेरा तीन वटै छोराहरु बिदेशबाट सधैका लागि घर आउँदैछन। छोराहरुले यहीँ पोखरा एयरपोर्टबाट फोन गरेका हुन्। ल छोरी ४–५ जना बलिया केटाहरुलाई तल बेशी सम्म पठाई दिनु पर्यो।” क्याप्टेनले भन्ने बित्तिकै साहुनीले पसलको डिलबाट ठूलो श्वरमा गाउँलेहरुलाई थाहादिईन। उत्तिखेरै पूर्णे सहित ५–६ जवान बेशी तिर झरे। गाउँ भरी खुशीयाली छायो। “लौ क्याप्टेन साहेवको घरमा लाहुरे आउँदैछन।” साहुनीले गाउँको आमा समूहलाई पनि खबर दिई सकिन। लाहुरे तथा पाहुनाहरुको स्वागत आमा समूहले नाचगानका साथ गर्ने चलन छ। 
पोस्तक श्रेष्ठ