ShareThis

Showing newest posts with label कथा जीन्दगीको. Show older posts
Showing newest posts with label कथा जीन्दगीको. Show older posts

Mar 3, 2010

मेरो अपरिभाषित प्रेम ! ( Undefined Love)

दिनेश गुरुङ
पोखरा , कास्की
(हाल, मेरिल्याण्ड, अमेरिका )


"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"
सुरुबाट कताबाट गरौँ खोई, बिछोड को कुरा गरि मिलनको कुरा गरौँ या फेरी मिलनको कुरा पहिले गरि बिछोड को कुरा गरौँ । आखिर मेरो जिन्दगी को मिलन बिछोड का खेल हरु यहाँ पोख्दै छु ।
भेट भएको पनि आज ८ वर्ष भइसकेछ तर बोलचाल भने केवल सात वर्ष मात्र भयो। मलाई आज सम्म याद छ त्यो पहिलो बोलाई थियो हाम्रो, फोनमा , Friendship Day दिनमा । थर् थर् कामिएका शब्द मा एक अर्का लाई शुभकामना दिँदै आगामि दिनहरुको भेटमा बोलचाल गर्ने बाचाको साथमा बिदाई हुँदा मलाई थाह छ त्यो दिनमा मैले संसार मा बिजयी पाएको आभास गरेको थिए ।
के थियो तिमीमा आखिर
संसार जित्न पुगे मैले
त्यस्तै रहेछ मायाको खेल
मुटु नै नभएको पाए मैले !
त्यस पछि सधैं जसो कलेजको भेटघाट , बोलचाल अनि संघै खाजा खाँदा ,संघै खेल्दा माया झन् गहिरो हुँदो रहेछ । मानौँ कि हरेक पल हामी एक अर्काको माया को परिधि भित्र थियौ । म आफैमा उ संग हराउन थालेको थिए ।
जब एक दिन, आफ्नो माया को जाहेरी गरौँ भनेर मैले उनलाई प्रेमको प्रस्ताव अगाडि सारे , उनि भन्छिन् " म अरु कसैलाई मन पराउछु, तिमी त मेरो साथि मात्र हो , त्यो भन्दा बढि सोच्न सक्दिन म तिमीलाई " । म छांगा बाट खसे जस्तो हुन्छु , आखिर मेरा सोच र भोग हरु सबै गलत हुन पुग्यो त्यो दिन । उस्का ती शब्दले म झसङ्ग भए । उनी बोल्दै थिईन् "अव देखि तिमी र म बिचमा दुरी (ग्याप) राख्नु पर्छ, सकभर हामी एक अर्का संग बोल चाल नगरौ, जति बोल्यो त्यतिनै तिमी प्रेममा फस्दै जान्छौ, पछि गार्हो हुन्छ, त्यसैले यो संम्वन्ध यहि तोड्न उचित हुन्छ । " म आतिन्छु, "के तिमी म संग नबोली बस्न सक्छौ त ? मलाई तिम्रो थाह छैन, तर म अपुरो हुनैछु।" उनी जवाफ फर्काउछिन् "गार्हो हुन्छ तर कोशीस गर्नै पर्छ ।"

"सधै बोलचालमा माया पाएछु
माया होईन भ्रममा फसेछु ,
माया गर्छु भनि प्रस्ताव राख्दा
असल साथि गुमाउन पुगेछु ।। "
आखिर पुरा एक हप्ता भयो, सधैं देखा देख अनि संगै खाजा खादा संगै खेल्दा पनि हाम्रो बोलि फुट्न सकेन । निशब्द भई एक हप्ता गुजारा गरे मैले । देख्ने हरु त हामी माथि हास्दै थिए । आखिर यो एक हप्ता मलाई एक हप्ता नभई सयौँ बर्ष जस्तो लागेको थियो। साहेद उन्लाई एस्तै लाग्यो या अरुनै बाहना मा अचानक उनैले फेरि नबोल्दा सहनिय भयो , भो अव बोलौँ भन्दै प्रस्ताव राखिन् । म अस्विकार गर्ने पक्षमा थिइन र प्रफुल्ल मुद्रा मा स्विकृति जनाए । अनि कहिल्यै काहीँ फोन मा कुराकानी मात्र हुन्थ्यो हाम्रो । उनी सधै भन्थिन् , मेरो लाहुरे संग मग्नी भयो भनेर तर म निहास्रो हाँसो संगै बधाई शुभकामना सन्देस पस्कन्थे । आखिर यसरी दिन हरु बित्दै जाँदा मेरो अमेरिकाको भिषा लाग्यो । भेट्ने रहर हुँदा हुँदै रहर सबै मारेर त्यसै बिदाबारी नभई उनि बाट टाढा हिडे । पोखरा बाट काठमाण्डौं मा आएपछि मैले उनलाई फोन गरे, त्यति खेर उनि रिसाएर माया रुपी शब्दहरू प्रयोग गर्दा लाग्थ्यो मैले भेट नगरेर धेरै ठूलो भुल गरेछु, ऊ एकोहोरो बोल्दै थिई , म त्यसै त्यसै दुखि हुदै थिए, अनि अनायासै आँखा बाट आशु बगाएको थिए ।

बिछोड देख्न नसकी प्रिय म
बिदाईको हात हल्लाउन आइन
फर्कने निधो नगरी हिडे प्रिय म
दु:ख लाग्दै छ भेट्न तिमीलाई पाइन ।

यसरी अमेरिका आए पछि, मेरो जिन्दगी को पलपल मा उसैलाई सम्झेर दिन बिताउँदै थिए । अनि सधैं जसो फोन गर्थे, उस्लाई । उस्को बारेमा धेरै कुरा सुने तर पनि यो मन मायाले भरिएको थियो, उसैको लागि। त्यसैले पनि कहिल्यै पनि उ प्रति मलाई घृणा आएन । पछि थाह पाए, उस्को मग्नी भएर पनि बिछोड भएछ । त्यो दिन मलाई एकदमै नरमाईलो लागेको थियो, उस्लाई कति दुख्यो होला, समग्र मा उस्ले धोका पाएकी थिई । आँफुले मन पराउने मान्छेलाई दुखेको थाह पाउँदा आफूलाई पनि दुख्दो रहेछ । त्यो दिन म एक्लै रोए उसको दु:खमा , साहेद म त्यसरी मेरो प्रेम प्रस्ताव अस्विकार हुँदा पनि रोएको थिइन । र ममा उ प्रतिको माया झन् बडेर आएको थियो ।

"के थियो तिमीमा आखिर
चाहेर पनि घृणा गर्न सकिन
सात समुन्द्र रङ्गिन संसार मा आएर पनि
किन तिमी प्रति माया मार्न सकिन "

बिस्तारै बिस्तारै मैले फेरि उस्लाई फोन गर्न थाले । बास्तबमा मैले उस्लाई अझै पनि माया गर्थे र आफ्नो बनाउन चाहन्थे । यो मेरो माया थियो या आकर्षण तर म उनलाई मुटु देखिनै मन पराउँथे । उनि संग पुन सुरु भएको कुराकानी ले म खुशी
भएको थिए र बिस्तारै उ पनि हास्न थालेकी थिई ।

"के दियौँ अन्जानमा तिमीले
मलाई मेरो जिन्दगी सुम्पिदियौ ,
हास्न भुलेको थिए मैले
खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ !
"

उ र म निक्कै नजिकिन थालेका थियौ, घण्टौ सम्म दु:ख सु:खका कुराहरु गर्थ्यौ । मलाई लाग्थ्यो उस्ले पनि मलाई मन पराउँछे । तर मैले चाहेर पनि अब प्रेम प्रस्ताव राख्ने बारेमा मैले आट गर्न सकेको थिईन् , म फेरि मेरो फर्किएको साथीलाई गुमाउन चाहन्नथे ।
समय आफ्नै गतिमा थियो , आखिर समय नै हो कस्ले पो रोक्न सक्छ र ? अनि उस्को कलेज सकियो अनि फेरि मिलन को क्षण एउटा कथा बन्न थाल्यो । अनि मेरो कामको व्यस्तता र उस्को विदेश जाने तयारी ले हामी बिस्तारै बिस्तारै फेरि टाडिन थाल्यौ ।

जति भेट भयो आखिर
त्यति माया बड्दो रहेछ
बिछोड भए पछि आखिर
यो मुटु पनि दुंङ्गा बन्दोरहेछ "

अनि कहिले काहीँ को फोन मा मात्र बोलचाल सीमित थियो ।आखिर कसले पो समय संग लड्न सक्यो र , माया त छ मन भरि, दर्साउन कहिल्यै पाइन , सायद त्यसैले होला टाढा भए पनि यो माया कहिल्यै मरेन ।

समय बित्दै गयो, उस्ले आखिरमा मेरो माया लाई स्विकार गरि ,तर मलाई लाग्छ ह्रदय बाट होईन् केवल मुखबाट मात्र। भेट्ने आश हरु यो मनमा सधै मरिरहेको छ। तर समयको बाध्यताले पर्खला नाघ्न नसकि बसेको छु। अव एउटै उपाए छ । यि ८ बर्ष पछि को बोलचाल, देखवाट, माया र घृणा, प्रेम र पिडाले गाठो बनेको यो मायाको अन्तिम लक्ष्य ऊ यहाँ आए पछि मात्र पुरा हुनेछ, तर पनि यहि एउटा डर छ मन मा ऊ यहा होईन, लण्डन जान्छे ।
र जादा जादै आज,

यत्रो समयको पर्खाई पछि
लाग्यो मिलनको दिन आईपु्ग्यो भनेर
माया रुपी अंकमाल सोचेको थिए
मिलनको दिन एकदिन आउछ भनेर
आखिर सपना नै भए ती सबै
बिछोड -बिछोड नै भईदियो,
माया गर्छु भनि मुखले तिमिले
आखिर युएसए छोडि लण्डन गईदियौ !

अस्तु !
दिनेश

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...

Feb 17, 2010

प्रिय तिमीलाई, अन्तिम पटक सुमधुर संझना !

दिनेश गुरुङ
मेरिल्याण्ड, अमेरिका



प्रिय तिमीलाई
अन्तिम पटक सुमधुर संझना !

नचाहँदा नचाहँदै प्रिय पत्र कोर्न बाध्य भएको छु । सुरुआत कता बाट गरौँ म त दोधारमा परेको छु ।के लेखौँ के नलेखौँ अन्योलमा परेको छ यो मेरो मन ।
हेर न यति लामो समयको बोलचाल अनि माया हाम्रो ! देख्ने हरुले त भने हामीलाई कस्तो माया यिनिहरुमा भने होलान् , तर मलाई सोच्न बाध्य पार्यो आज, के वास्तविकता मा हामी दुई बीच माया थियो त ? एउटा प्रश्न उठेको छ मेरो मनमा ! जुन प्रश्न को जवाफ मैले अहिले सम्म पनि पाउन सकेको छैन , सायद त्यसैले होला अब तिमीलाई भुल्ने प्रयास गर्दैछु ।

खै के भनौँ अब हेरन यत्रो लामो समयको बोलचाल , माया त नभनौँ सायद , किन कि माया त मैले कहिल्यै पनि देखिन् । म पागल सरि एकोहोरो माया गरिरहे तिमीलाई, सायद तिम्रो मायामा पागल नै थिए होला , त्यसैले भुलेछु, एक तर्फि प्रेम कहिल्यै सफल हुन्न भनेर !ठिकै छ, आखिर अब तिमी बिना बाँच्नु नै मेरो लागि उचित हुन्छ जस्तो मलाई लाग्छ । गाह्रो, त्यो आफ्नो ठाउँमा छ, तर मैले कोसिस गर्नु पर्छ किन भने नत्र मेरो यो एक तर्फि मायाले मलाई जिउँदो लास बनाउने छ !

आखिर यहाँ निर आएर मेरो हार भएको देख्दै छु । तिम्रो सबै बितेको कुरालाई भुलाई म स्विकार गर्न तयार थिए , किन कि जीवनमा कसैलाई आँफु भन्दा धेरै माया गरेको थिए त , त्यो तिमी थियौ , केवल तिमी ! जब तिमी पनि बितेका कुरा भुलाई साथ दिनको लागि तयार भयौँ , तव म साँच्चै, आखिर हाम्रो मायाले अब बाटो पाउँदैछ भन्ने ठाने । सोच् आखिर सोच् मानै सीमित भए, अनि जति बोलिन्थ्यो अनि माया दर्साइन्थ्यो ती सब केवल बोल्न र सुन्न मा मात्र रहे कति सुन्दर हुन्थ्यो होला यो जीवन ! बास्तबिकतामा तिमी अझै पुरानो यादहरुको सहारा मा अल्झकेो मैले पाए !

सायद मेरो मायामा कुनै कमी थियो या त तिम्रो बोलीले मलाई स्विकार गर्यो तर हृदय बाट स्विकार गर्न सकेन जस्तो मलाई लाग्छ ! समग्रमा म तिम्रो हृदयमा बस्न सकिन् । तिम्रो हृदयमा त सधैं तिम्रो अतीत बसिनै राखेको म देख्दैछु !
तिमी र म बीचको दुरी गजब थियो । मिलनका आशा हरु कम मात्र अल्झिरहेको थियो, तै पनि माया गर्थै तिमीलाई त्यसैले आशाको दियो बलिनै रहेको थियो ! हेर न, आखिर माया - माया नै हो नि त त्यसैले फोन पनि गर्दथे , अनि जिस्का जिस्कि गरि हाँस्दा आकाश मा उडेको पंक्षी सरह महसुस गर्थे , अनि बेलाबेला मा संझाउथ्यौ तिमीले, तिम्रा ती शब्द सुन्दा म त्यसै त्यसै मोहित भएको थिए । तर अब बुझ्छु र संझना गर्छु, ती शब्द मिठास आज कहाँ हराए, थाह छैन, केवल खल्लो पन मात्र महसुस गर्दैछु ।

शायद तिमीलाई माया भन्ने कुरा के हो थाह नै रहनछ । १, २ वटा मेल गरी, मेसेज पठाई संझना दिँदै फोन गर्नु भन्दै मा माया हुँदैन यहाँ ! "म पर्खी राखेको छु", "तिमी फर्कि आउ", यस्ता शब्दको प्रयोग गर्दैमा माया गर्छौ भन्ने प्रमाणित हुदैन ! बारम्बार तिमीलाई म भन्दै छु , "म आउन सम्भव छैन" , तिमी आयौ भने मिलन छ नत्र यी सबै कथा बन्ने छ। तर आज तिमी म भएको ठाउँमा आउनुको को लागी प्रयास नै नगरी अन्त जाने कोसिस गर्दैछौ ! यहाँ आउन तिमीले पाए पनि, नपाए पनि ,एक पटक तिमीले कोसिस गर्देको भए , मलाई लाग्थ्यो माया छ तिमीलाई पनि मेरो !

किन तिमीलाई म भन्दै छु आखिर यी सबै कुरा हरु , उफ् यो मेरो माया मलाई अझै नै धोका दिँदै छ ।यस्तै रहेछ जिन्दगी आखिर तिमी र म त्यही खोलाको दुई किनारा, एकले अर्कोलाई हेर्दै माया जगाउँदै बस्ने तर संगम नभएको ! ठिकै छ अब तिमीलाई म मेरो जिन्दगी बाट निकाल्दै छु । तिम्रो जिन्दगी मा त म कहिल्यै थिइन होला । असहनीय बेदना लिई आज यो निर्णय गर्दैछु , सायद यो सबै मेरो गल्ती र भ्रम भयपनि, म स्विकार गर्न तयार छु । अब तिम्रा त्यो झुटो मायामा, म मेरो जिन्दगी बाँच्न चाहन्न , त्यसैले म तिमीबाट टाढा टाढा जाँदैछु तिमी सँग कहिल्यै नभेट्ने गरी , सक्छौ भने मलाई भुलाई दिनु !

तिमीलाई धेरै माया गर्ने
दिनेश !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Feb 12, 2010

टु्क्रिएको प्रेम !

कुनै समयमा एउटा केटा थियो। ऊस्ले एउटा केटीलाई लाई एकदम मन पराउँथ्यो! उसलाई उ यति प्यारो लाग्थ्यो की उ उसको लागी आफ्नो सबै त्याग्न तयार थियो ! उसले एक हजार रङ्गीचङ्गी कागजका पुतली जोडी बनाएर आज आफ्नो प्रेमीकालाई उपहार दियो। उपहार दिँदै उसले भन्छ, "आदि पुतली मेरो आदि तिम्रो है , मेरो पुतलीलाई पनि टन्न खुवाएर राख्नु , आफ्नो लाई मात्र खुवाउने हैन ! " केटी ले यसलाई सामान्य रुपमा स्विकार गरी।
उ एउटा सामान्य कम्पनी को अधिकृत थियो तर पनि उसको भविष्य खासै राम्रो थिएन । उ एउटा मध्यम परिवार को सदस्य थियो । ५ जना दाजु भाइ बीच उसलाई पितृ सम्पत्ति त सुन्य जस्तै हात लाग्थ्यो ! तर पनि उ र प्रेमीका निकै खुशी देखिन्थे ।
समयले कोल्टो फेर्छ ,केटी आफ्नो पढाइको लागी फ्रान्स जान तयार हुन्छिन् । अनि उनले केटालाई भेटेर भन्छिन् "तिमी सँग मैले यत्तिकै बिहे गरे भने,मैले हाम्रो भविष्य राम्रो देख्दिन, हामी सँग घर छैन, जग्गा पनि छैन, कहिले कमाउने , कसरी बाल बच्च हुर्काउने ! म फ्रान्स गएर पढेर आउँछु, तिमी मलाई नपर्खनु !", केटी थप्छिन्, "अब देखि हामी आःआफ्नो बाटो लागौँ, यसले दुवैको भलाई हुन्छ । " चिढिएको मुटु बोकेर केटाले आफ्नो प्रेमीका भविष्य राम्रो हुन्छ भन्ने सोच राखेर ,उ आफ्नै बाटो रोज्न तयार हुन्छ। र उनीहरु छुटिन्छन् ।
बिस्तारै बिस्तारै आफ्नो छिनेको जीवनलाई सान्त्वना दिँदै केटाले ईख लिएर काम गर्न सुरु गर्छ । उस्ले आफ्नो पूर्व प्रेमीका लाई एक चोटि पनि फर्केर हेर्ने प्रयास गर्दैन ,उसलाई जसरी हुन्छ , धेरै पैसा कमाएर एउटा सफल मान्छे बन्नु छ ।
धेरै मिहिनेत र परिश्रमले अनि साथी भाइ हरुको सहयोग ले उसले आज एउटा आफ्नै व्यवसाय खोलेको छ अनि अरु पाँच सात सय जनालाई पनि रोजगार दिएको छ । उ सँग एउटा आत्म विश्वास थियो "तिमी कहिल्यै पनि असफल हुँदैनौ, जव सम्म तिमी प्रयास जारी राख्छौ ! " , उ सधैं आफैले आफैंलाई भन्ने गर्थ्यो " मैले मेरो जीवन सफल बनाउनु छ,अनि मेरी पूर्व प्रेमीका लाई मैले देखाउनु छ ।"

बाहिर झरि परिरहेको छ, सुनसान सडक मा उ पर एक जोडि बुढा बुढी पैदल हिँडिरहेका देख्छ। एउटै छाता बाँडेर ओडेका छन् तर दुवै जना रुझेका छन् । दुवै मौन छन् । उसले एकै छिन मा उनि हरुलाई चिनि हाल्यो । उनि हरु उसका पूर्व प्रेमीका का बाबु आमा थिए । उसलाई आज आफ्नो लक्जरि कार र आफ्नो प्रगति उनि हरुलाई देखाउन मन लाग्यो , उ आफ्नो लक्जरियस कार उनि हरु को छेउ बाट बिस्तारै कुदाउँछ, ताकि उनिहरु उसको प्रगति देखुन र थाह पाउन , उसको भविष्य छ र त्यो पनि उज्यालो। उ देखाउन चाहन्छ, उ अब पहिला को उ छैन, उ सँग कार हरू छन् , घर किनेको छ आफ्नै , आफ्नै उद्योग व्यवसाय छ । समग्र मा उसले आफ्नो जीवन बनाएको छ ।

उसले बिस्तारै बिस्तारै आफ्नो कारको एक्सिलेटर थिचिरहँदा उसले थाह पाउँछ, ती बुढा बुढी एउटा कब्रस्थान (cemetary) तिर लागिरहेका छन । उ आफ्नो गाडि लाई छेउ मा रोकेर उ बिस्तारै उनि हरुलाई पिछा गर्छ। अनि परै बाट उसले समाधि को स्तम्भमा (tombstone) आफ्नो पूर्व प्रेमीका को हाँसिरहेको तस्विर देख्छ । अनि स्तम्भमा उसले आफैले बनाएर दिएको एक हजार पुतली रहेको एउटा सिसा को बोतल मा देख्छ । केटी का बाबु आमाले उसलाई देख्छन् । उ उनि हरुको नजिक जान्छ र सोध्छ , "यो सब कसरी भयो ? " । ऊनी हरु भन्छन्, " उ कहिल्यै पनि फ्रान्स पढ्न गइन् , उ त तिमी सँग छुट्टिनु भन्दा १ महिना पहिला देखि रक्त क्यान्सरले पिढित भैसकेकी थिई । डाक्टरले उसको बाँच्ने आस सुन्ने पुर्याए पछि उ जीवन देखि थाकेकी थिई, यद्यपि उ आफ्नो कारणले कसैलाई पिडा नहोस भन्ने चाहेकी थिई । उ चाहन्थी उसको बिमार तिम्रो प्रगति मा बाधा नबनोस् । , त्यसैले उसले तिमीलाई छोड्न बाध्य भई।"

उनि हरु थप्छन् उनले जानु अगाडि तिमीले आफ्नै हातले बनाएर दिएका यी पुतली हरू आफू संगै लान चाहेकी थिई । आधा पुतली हरु हामीले उसै को मुर्दा सरिर संगै राखिदियौ, यो आधा पुतली हरू तिमीलाई लैजानु भनेकी छ । उसले विश्वस्त थिई, तिमी एक दिन उसलाई खोज्दै यहाँ सम्म आई पुग्छौ भनेर !" आँखा भरि आशु पार्दै उनि हरु थप्छन् , " उसले तिमी सँग माफी मागेको कुरा सुनाइदिनु भनेकी छ, अन्तिम पलमा, कृपया मेरो छोरीलाई माफी गरि दिनुहोस् है ! " ।
केटा भक्कानो छोडेर रुन्छ , जीवनमा कसैलाई सबैभन्दा दु:ख सँग गुमाउनु भनेकै ,उसैको छेउमा हुनु : यो जान्दा जान्दै उ कहिल्यै फर्केर आउँदैन र उसलाई फेरि कहिल्यै पनि भेटिनेछैन ।

समाप्त !

नोट : पैसा पैसा नै हो , सम्पाति सम्पाति नै हो तर प्रेम भगवान हो ! । यो सप्ताहान्त कृपया तपाई आफ्नो प्रेम आफ्नो ह्दय नजिकका हरू सँग बाँडेर मनाउनुहोस् ! शुभ प्रणय दिवस ! ह्यापी भ्यालेन्टाईन डे !

प्रस्तुत कथा इन्टरनेट बाट साभार गरिएको हो । यसका लेखक अज्ञात हुनुहुन्छ । सपनासंसार ले केही सम्पादन सहित नेपाली भाषामा अनुवाद गरेको मात्र हो !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...

Jan 25, 2010

७ वर्षे बालक द्वारा £ १२०,००० भन्दा बदी रकम युनिसेफ हेईटी आर्थिक सहयोगको कोषमा सङ्कलन !


समाज सेवा को लागी उमेर ले केही फरक पार्दैन भन्ने कुरा फुलह्याम ,वेस्ट लण्डननिवास ७ वर्षीय , चार्ली सिम्सन ले प्रमाणित गरिदिएका छन् । टेलिभिजन मा पट्यार लाग्दा हेईटि का दयनीय दृष्यहरु देखेपछि , चार्ली रोएनन् मात्र, एउटा अठोट राखेर आफ्नी आमा लियोनारासंग एउटा प्रस्ताब राखे , "आमा म मेरो साइकलमा , मेरो घर नजिकैको पार्क वरि परी ८ किमी साइकल कुदाउँछु, र यसलाई म मेरो गाउँले अंकल अंन्टी हरुलाई मलाई यसको लागी केही रकम सहित प्रायोजन गर्न लगाउँछु अनि ५०० पाउन्ड उठाएर युनिसेफ मार्फत हेईटि पठाउँछु। यो पैसाले त्यहाँ रहेका म जस्तै बच्चा बच्चीहरुलाई खाना को लागी , पानी को लागी र टेन्ट को लागी पैसा हुनेछ । " यो सुनेपछि , भावबिहोल बनेकि आमा लियोनाराले ईन्टर्नेट मार्फत,
प्रायोजक हरु खोज्न को लागीएउटा पेज बनाईन्। त्यस पछि जव यो समाचार समाचार श्रोतहरुमा छायो, प्रायोजन गर्न खोज्नेहरुको लाईन नै लाग्यो। जम्मा £500.00 पाउण्ड को लक्ष्य लिएर खोलिएको उक्त पेज मा अहिले यो समाचार लेखुञ्जेल सम्ममा £114,720.07 पाउन्ड उठिसकेको छ , जुन सोचे भन्दा 22944% बढि हो।


यही रेट ले बड्ढै गएमा, केही दिनमै मिलिएन पाउन्ड हुनेछ।
साधुबाद अनि सलाम ! चार्ली सिम्सन् र उनकी आमा लियोनारा ! यस्तै मान्छेहरू समाज जन्म लिईनैराखुन् ।

सपनासंसार ।

Note: तपाईहरु पनि उक्त बालको को कोषमा केही रकम डोनेसन गर्न चाहनुहुन्छ भने http://www.justgiving.com/CharlieSimpson-HAITI मा जानुहोला।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Oct 2, 2009

कमजोरी

नोट : प्रस्तुत कथा केवल एउटा लोक कथा हो। मैले उक्त कथा कुनै समयमा कुनै ईन्टर्नेट पत्रपत्रिकामा पढेको थिए ।
कक्षा १०
जब म मेरो अंग्रेजी को कक्षामा थिए, मैले उनलाई निकै निहालेर हेरेको थिए । उनी मेरो बेस्ट फ्रेण्ड" थिईन् । मैले उनलाई निकै बेर हेरे, उनको सललल बगेको कपाल ..... ,साहेद उनि मेरी भैदिएको भए ! मलाई थाह थियो, मैले उनलाई यसरी हेरेको साहेद उनलाई भानै भएन् ।कक्षा सकिएपछी उनी मेरो नजिग आईन र हिजो उनले कक्षा छुटाएको क्लासको नोट मागीन् र मैले उनलाई उक्त नोट दिए। ऊनले मलाई धन्यबाद भनिन् अनि मलाई अंगालो हालरे बिदा मागेर गाईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

कक्षा ११
फोन मा घण्टि बज्यो। फोनमा उनै थिईन् । उनी रोईरहेकि थिईन् । भन्दै थिईन् , उनी अरु कसैको प्रेममा मा पागल छिन, आफ्नो दिनानु दिन मुटु टुक्राईरहेकि छिन् । उनीले मलाई आफ्नो ठाउँ मा आउन आग्रह गरिन् । उनी त्यो समयमा एक्लै बस्न नसक्ने अवस्था मा थिईन् । म उनलाई भेट्न गए । म उनको नजिगै सोफा मा बसे अनि उनका मलिन आखाँमा हेरेर टोलाईरहे , अनि सोचे, उनी मेरो भईदिएको भए ! २ घण्टाको बसाई अनि एउटा अग्रेजी फिल्म र ३ वटा चिप्सको पोका सकाएपछि उनी आफुँ सुत्न जाने तरखर गरीन् । उनी मलाई टोलाएर हेरिन र धन्यबाद दिदै मलाई सच्चा साथी भन्दै मेरो गालामा किस गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।
बि ए दोश्रो बर्ष

कलेज महोत्सव तथा सांगीतिक कार्यक्रम थियो ,उनी मेरो नजिग आईन् र भनिन , "मेरो प्रेमी बिमार छ, के तिमीलाई थाह छ, कक्षा ९ मा तिमी म एक चोटी कुरा गरेका थियौँ नि , यदि हामी दुबै जना को प्रेमी हामी संग छैनन् भने हामी दुबै मिलेर कुनै पनि कार्यक्रमा मा जाने तर केवल सच्चा साथीको रुपमा मात्र !" म उनी संगै कलेजको सांगीतिक कार्यक्रममा गए । कार्यक्रमा सकियो । म उनको घर अगाडि उभिएको थिए, उनलाई हेरे, उनका मोतिका दाना स्वरुप आखाँ संगै उनी मुस्कुराईन् । म उनकै हुन चाहन्थे तर मलाई थाह थियो, उनी त्यो अपेक्षा राख्दैनथिईन् । उनले भनिन् "मैले आज तिमी संग सार्है राम्रो समय पाए, धन्यबाद !" र उनले मलाई फेरि पनि अंगालोमा हालरे रात्रीकालीन सुभेक्षा सहित बिदा गरिन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

दिक्क्षान्त समारोह !
एक दिन बित्यो, महिना दिन बित्यो , अनि बर्ष पनि बित्यो । यस्तो लाग्यो , आखाँ चिम्लेर आखाँ खोल्दा मेरो दिक्क्षान्त समारोह आयो , बास्तबमा भन्ने हो भने मैले पत्तै पाईन् ।उनी गाउनमा निकै राम्री देखिएकि थिईन् , मानौ कि कुनै परि ले आफ्ने डिप्लोमा लिन मञ्चमा उक्लैदै छिन् । मैले त्यति खेर फेरि उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । सबै घर तिर लागे तर उनी आफ्नो गाउन टोपी र डिप्लोमा सहित मेरो नजिग आईन् । मैले बधाई दिए, उनि रुदै मेरो अंगालो मा परेकि थिईन् । एकैछिन मा आफ्नो टाउको मेरो काधबाट झिक्दै उनले भनिन् " तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद मेरो सफलतामा तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो सच्चा साथी मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु, जीवन साथी नै हुन चाहन्छु , तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । ऊनले मलाई धन्यबाद भनिन् अनि मेरो अंगालो मा पर्दै बिदा भईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।

केहि बर्ष पछि !
म मन्दिर बाहिर बसिरहेको थिए,उ बिहे गर्दै छे । मैले स्वयँ मेरो आखाँले ,उनीले आफ्नो नया जीवन सुरु गरेको देख्दै छु। कुनै परपुरुष संग बिहे गरेकी छिन् उनले। मैले सधै उनलाई आफ्नो बनाउन चाहे तर उनले कहिल्यै पनि यो मेरो चाहना बुझिनन्, यो मलाई थाह थियो । उनी जानु अगाडि मेरो नजिग आईन भनिन् "तिमी मेरो सच्चा साथी, बेस्ट फ्रेण्ड हौ , धन्यबाद तिम्रो यो उपस्थितीको" । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् ।


दाहसंकार !
बर्षौ बित्यो, आज म मेरो केटि साथीको, जो सधै मेरो "बेस्ट फ्रेण्ड" हुन्थिन् ,हो उनैको मुर्दा अगाडि छु। उन्लाई चितामा राख्नु अगाडि , उनको अन्तिम ईक्षा स्वरुप वा मृत्यु उप्रान्तको को ईक्षा अनुसार, उनको उच्च माध्यमिक बिध्यालय तथा स्नातक तहमा लेखिएको डायरी बाचन गरियो । डायरीको केहि अंस यस्तो थियो !
" मैले उसलाई निकै निहालेर हेरे , हेरिरहे , साहेद उ मेरो भैदिएको भए- - - ! मलाई थाह थियो, मैले उसलाई यसरी हेरेको साहेद उसलाई भानै भएन् । म उसलाई बुझाउन चाहन्थे कि म केवल उस्को बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त उसलाई लाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । मेरो एउटै मात्र चाहना , केवल उसले मेरो नजिग आएर आफ्नो प्रेम प्रस्ताब पोखोस् ,छताछुल्ल पोखोस् ,अनि मलाई जीवन भर माया गरोस। म बर्षौ सम्म त्यो दिनको लागि पर्खै , तर त्यो दिन आएन - - - -"

मैले के गरे, किन मैले भनिन् मेरो चाहना, मेरो बेस्ट फ्र्याण्डलाई । म अस्थब्यस्थ भैसकेको थिए। म उनको मुर्दा सरीर समातेर रुन्छु! तिमीलाई सधै माया गरे, तिम्रो खुसी मा बेस्ट फ्रेण्ड बनेर आए, तिम्रो दु:ख बेस्ट फ्रेण्ड बने तर तिम्रो मुटु अनि तिम्रो प्रेमको बेस्ट फ्रेण्ड बन्न सकिन, मलाई माफ गर् ! आई लभ यु , आई लभ यु अलवेज !!


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read more...

Jun 13, 2009

आमाको रहर !


राजु लामिछाने
माझ्ठाना–६ काश्की
हालः हप्किन्स, मिन्नेसोटा


खण्डः एक

“अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?”
“होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।"
“को रैच रणबहादुर भन्ने?"
“गाउँ चैं माथी ज्यामिरे हो अरे ब्रिटिस लाउरे रैच, दुइ/दुईवटा पेन्सन पकाएको छ अरे। अनि तीनभाई छोरा अमेरिकामा डाक्टर, इन्जिनियर, बुढा बुढी पनि ६/६ महिनामा अमेरिका जाँदा रैचन।"
“टोलमा यस्ता लाउरे आए भने त जाति भो नी, हाम्रो जग्गाको पनि भाउ बढ्नेभो।”

पोखराको यो सुन्दर टोलका छिमेकीहरुले गरेका यस्ता कुराहरु प्राय सत्य हुन। क्याप्टेन रणबहादुर र उनकी श्रीमती रूपा अमेरिकामा बस्ने आफ्ना छोराहरुलाई भेटेर अघिल्लो महिनामात्र घर फर्केका थिए।

aama1साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।” क्याप्टेन आँखा घुमाएर हाँस्दै रूपालाई हेर्छन। रूपा थप्छिन “हेर बुढा म त आमा हुँ। छोराहरु जतिसुकै ठूला भए पनि मेरा लागि काखमा बस्ने बच्चा जस्तै लाग्छन। के गर्ने मेरो रहर त तीनै भाई पढाई सकेर नेपाल आउन, यहीँ काम गरुन भन्ने थियो। तिमीसँगै सारा संसार घुम्न पाएँ बुढा, हाम्रो देश अनि हाम्रो गाउँ जस्तो राम्रो कहिँ छैन। मलाई त यो घरको भन्दा पनि गाउँको घरको माया लाग्छ। म त मरे पनि गाउँ कै च्यानडाँडामा बस्न मन थियो, हाम्रो त सारा बाजेबराजु उतै छन।" क्याप्टेनले हललल हास्दै भने “आए पनि तिमीले भने झैं गाउँमा गएर बसिदेलान त? उतै खैरीनी या काली पो ल्याएर बस्ने हुन की।” रूपा जगिंदै “हेर है बुढा, मलाई रिस उठ्छ। तिमी पल्टन थर्काउने हौ भने म तिमीलाई पनि थर्काउन सक्छु। छोराहरुले आउदिन मात्र भनुन त म तिनीहरुको मुख पनि हेर्दिन, यो घर सर सबै कुनै गरीवलाई दान दिन्छु बुझ्यौ।" कमलो मनकी रुपा रुँदै भन्छिन “मलाई बिना सन्तानको यो बंगालाको कुनै माया छैन। अब चाडबाड आउँछन सबैको घरमा रमाईलो हुन्छ हामीले भने आफ्नै सन्तानलाई फोटोमा हेरेर र फोनमा कुरा गरेर चित्त बुझाउनु पर्छ। चाहिँदैन मलाई यस्तो सम्पत्ती।” यत्तिकैमा रूपा तल्लोपेट छाम्दै टेबुलमा घोप्टो पर्छिन। क्याप्टेन दौड्दै भित्रबाट औषधि ल्याएर रूपालाई खुवाउँछन।

भोली पल्ट दिउसो अस्पतालमा डाक्टरले एकान्तमा बोलाएर भनेका कुराले क्याप्टेन गोली लागे जस्ता भए। अकस्मात अनुहार बदलियो, पसिनै पसिना भए। फेरी पिँडालाई लुकाई रूपालाई ट्याक्सीका राखेर घर फर्किए। बाटोका "डाक्टर त ठ्याक्कै हाम्रो जेठा जस्तै रैच है बुढा।” भनेर रूपाले भन्दा क्याप्टेनले केबल “हुँ” गर्छन।

एकै छिनमा क्याप्टेन छोराहरुको फोन नम्बर खल्तीमा हालेर रूपालाई दवाई लिन भनि बजार तिर हिँडे। नजिकैको क्याविन फोन सेवाबाट पालैपालो तीनवटै छोराहरुसँग रूपालाई पाठेघरको क्यान्सर भएको। उनको क्यान्सर जटिल भएर अब केही हप्तामात्र बचाउन सकिने डाक्टरको भनाई सुनाए र सबैलाई पल्टन कै शेलीमा “लु म अरु केही जान्दिन उपाय पनि केही छैन तीनै भाई जति सक्यो छिटो आमाको मुख हेर्न आउनु , खाँदै भए पनि खाना छाडेर चुठ्न घर आउनु।" भनेर फोन राखिदिए।

रूपा अस्पतालको शैयामा छन। भेट्ने मान्छेको घुईचो लागेको छ। जव होस आउँछ “छोराहरु खै? अहिले सम्म आएनन। जाउँ जाउँ बुढा बाहिर गेट सम्म ...कतै अस्पताल मै अल्मलिएकी ... ” भन्छिन। उनका आँखा प्राय अस्पतालको कोठाको ढोका तिरै हुन्छन। क्याप्टेनले फेरी पनि धेरै पटक फोन गर्ने प्रयास गरे तर लाग्दै लाग्दैन, लागिहाले पनि कम्प्यूटरमात्र बोल्छ। सायद उताबाट हिँडि सके होलान भनि चित्त बुझाए। बाटो हेर्दा हेर्दा खबर गरेको पनि आज २१ दिन भएछ। रुपाको स्वास्थ्य दिन दिनै बिग्रँदै गयो। क्याप्टेन वायाँ हातले रूपाका हातका औला खेलाउँदै थिए भने दायाँ हातले भिजेको रुमाल समाती बेहोस रुपाको अनुहार सफा गर्दै थिए यत्तिकैमा एक युवक निराश भएर क्याप्टेनलाई छोराहरुसँग भर्खरै फोनमा कुरा भएको, उनीहरु आउन नपाएको र नपाउनाका बिभिन्न कारणहरु भन्दै थिए। क्याप्टेनले बिचैमा “बस् बन्द गर ” भने । युवक डराउँदै बाहिर निस्किए।

बिधिको बिधान कस्ले पो जानेको छ। आखिर रूपा रहिनन। क्याप्टेनले यति छिटै यस्तो असहज दिन आउला भन्ने सोचेका पनि थिएनन। अस्पताल परिसर भरी रूपालाई श्रर्दाञ्जली तथा क्याप्टेनलाई सान्तोना दिन गाउँले र इष्टमित्रहरुको घुइचो थियो तैपनि क्याप्टेन एक्लो भएका थिए। रूपा त सधैका लागि छाडेर गईन गईन छोराहरुको आशा पनि उनको मनबाट हराएको थियो। क्याप्टेनले दाजुभाईहरुलाई रूपाको शव अन्त्यष्टीको लागि गाउँबाटै लामाहरु बोलाएर ज्यामिरे लग्न सल्लाह दिन्छन। रूपाको यहि रहर थियो।

रूपाको शव यात्रा आफ्नै धार्मिक चलन अनुसार सयौं जनाको सहभागितामा ३–४ घण्टाको बाटो ज्यामिरे गाउँ तिर उकालो लाग्यो। बाटामा रुपाका संगिनीहरु र उनलाई चिन्नेहरु भन्दै थिएः
बिचरी रूपा आँखामा हाले पनि नबिझाउने थिई।
होस भइञ्जेल छोरा छोरा भन्दै थिई रे।
त्यस्ता त्यस्ता तीन भाईकी आमा भएर पनि मर्ने बेलामा एउटा पनि भएन बिचरीलाई।
त्यस्ता छोराले पढेर के काम। खुम्रै भए नि हाम्रै छोरा बेश रहेछन हगी।
छोरा छोरी भएनन भनेर पिर गर्नु नी बेकार रहेछ।
त्यस्ता छोरा भएर के काम बरु कोख बाँझै भएको जाति।
बाबु आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा मुढामाथि।
गाउँमा अरु केही दिन यस्तै यस्तै कुराहरु भईरहे। क्याप्टेन पनि बेसुरे पाराले भौतारिन थाले।

खण्डः दुई
aama2
क्याप्टेनका जेठा छोरा डा. मन बहादुर थकित पाराले सोफामा पल्टी रहेका थिए। झुन्डाएको नेपाली भित्तेपात्रोमा आँखा पुग्छन। आमा स्वर्गे भएको पनि आज छ महिना भएछ। आफ्नो बाल्यकालमा आमासँग बिताएका रमाईला दिनहरुको याद आयो। पानीको पाईप काटेर साइकल बनाई खेलेको, बाँसका सुप्लाको फिरफिरे बनाई साना भाईहरु र गाउँ कै अरु साथीभाइहरु सँग खेलेका दिनहरु, अनि आमासँग मेलापाता, गाउँ बजार घुमेको यादहरुमा हराई रहेका थिए। फोनको घण्टी बज्यो। फोन बाबा (क्याप्टेन)को थियो। क्याप्टेन भन्छन “म यहिँ सिकागो एयरपोर्टमा छु, तँ लिन आउछस की ट्याक्सीमा आउँ?” मन बहादुरको बसोबास एयरपोर्ट बाट जम्मा ५ माईल टाढा छ। बाबालाई लिएर आए। छोराले बाबा अकस्मात आउनाको कारण पनि सोध्न सकेनन भने बाबाले पनि छोरालाई किन नेपाल नआएको भनि सोध्न जरुरी ठानेनन। दुबै मौन रहे। कोठामा छोराले आमाको फोटो ठूलो फ्रेममा फूलको माला अनि खाकाले सजाएको देखि क्याप्टेनले सहनै सकेनन र आफू केहि दिन बसुञ्जेल कतै लुकाएर राख्न अनुरोध गरे। बाबाको आग्रहमा मन बहादुरले आउँदो शुक्रबार बेलुका सिकागो मै भेला हुन न्यूयोर्कमा रहेका माइलो भाई र क्यालिफोर्नियामा रहेका कान्छो भाईलाई खबर गरे।

शुक्रबारको साँझ तीन भाईका माझमा क्याप्टेनले आफूले जान्न चाहेको उत्तर मागे। प्रश्न त्यही थियो। “आमाको मुख हेर्न किन आएनौ?” तीन भाई एक अर्काको मुखमा हेर्छन। सबैलाई थाहा थियो बाबाको झडँङ्ग रिसाउने बानी। जेठा छोरा मन बहादुरले नै पहिला मुख खोले “हो बाबा हामी साह्रै अभागी रहेछौं । प्रयास गरेर पनि नेपाल जान सकेनौं जुन हाम्रो जीवन भरीको लागि पछुतो भएको छ। कामबाट बिदा मिलाउनै सकिएन।” क्याप्टेनले औलाले इशारा गर्दै माईलाको पालो आएको जनाए। माईला छोराले पनि आँसु खसाल्दै। त्यतीबेलै आफ्नो पढाईबाट भिषाको समयाबधी सकिन लागेको र कामबाट म्याद थप हुने क्रममा भएको सुनाए अनि कान्छाले पनि त्यही बेला उनको परीक्षा परेकोले छोडेर जान नमिलेको बताए।

क्याप्टेन उनकी आफ्नी आमा मर्ने बेला पल्टनमा लडाईको तयारीमा भए पनि जागिरको ख्याल नगरी राइफल फालेर आमाको अन्तिम श्वास भेट्न नेपाल गएको गएका थिए। पछि पल्टनले उनको निर्णयको प्रशंसा गरेको थियो। क्याप्टेनको काखमा बोल्दा बोल्दै आमाको प्राण गएको अनि सारागाउँले र इष्टमित्रहरुले स्यावासी दिएका थिए। क्याप्तेनले आफ्नो कहानी सुनाउँदै रुपाले होस छउञ्जेल छोराहरु कै बाटो हेरेको र अन्तिम बाक्य नै छोराहरुलाई बोलाई देउ भएको सुनेर तीनै भाईको मनको बह आँसुमा बदलियो, सुक्क सुक्क गरि आँसु पुछ्न लागे।

केही बेर पछि सबैलाई सान्तोना हुने विचारले “जे हुनु भै हाल्यो हामी गएर पनि आमालाई बचाउन सकिने थिएन। फेरी हाम्रो भविश्य पनि हेर्नु पर्‍यो।” कान्छाले थप्दै थिए। क्याप्टेनले बिचैमा सोधे “के नेपालमा तिमीहरुको भविश्य छैन?” कान्छाले जवाफ दिन्छन “खै, नेपाल कै हालत त्यस्तो छ सबैजना विदेश जान खोज्छन, हामी अमेरिकाबाट सधैका लागि नेपाल जान त लाजै होला नी। नेपालमा न गतिलो नेता छ नत गतिलो मान्छे नै। सधै आन्दोलन, बन्द, चक्काजाम, लोडसेडिङ्ग कसरी सम्भव छ जीवन? आमालाई त गुमायौ गुमायौ, बाबा तपाई आउनु भो अब हामीसँगै यतै बस्नु पर्छ।” दुई भाईले पनि कान्छाको कुरामा सहमतीको मुन्टो हल्लाउँदै थिए। रण बहादुर जुरुक्क उठेर सिंह झैं गर्जिन लागे “हेइ.... मुर्ख हो थुक्क ..... धिक्कार छ तिमीहरुलाई। कसैले मलाई यहाँ लाखौं डलर दिएर पूजा गरेर राख्छु भन्छ भने पनि म त्यसलाई थुकेर आफ्नो जन्म देश रोज्छु बुझ्यौ। फेरी आफ्नी आमाको रहर बुझ्न नसक्ने कुपुत्रहरु सिङ्गो नेपालको निन्दा गर्छाै। हरेकले आफ्नी आमालाई खुशी राख्न सके बल्ल नेपाल आमा खुशी होलीन। तिमीहरु जस्ता पढे लेखेको नयाँ पिंढीको सोचाई त यस्तो छ फेरी बिचरा नेपालीहरुलाई दोष लगाउछौ। आज नेपालआमा गतिलो छोराको पर्खाईमा छन। तिमीहरुमा त्यस्तो खुबी भए जाओ नेपाल र सबैलाई सचेत गराओ, सबैले तिमीहरुको जय जय भन्ने छन। किन अर्कोको देशमा दोस्रो दर्जाको नागरिक भएर बस्न लालाहित हुन्छौ मुर्खहरु? हामीले खाई नखाई तिमीहरुलाई विदेश पठाएको राम्रो शिक्षा लिन हो कि विदेशी बनाउन? तैपनि कुनै दिन तिमीहरुको आँखा खुलेर जन्मभूमी र बाबुआमाको महत्व बुझायौ भने शहरको घर हैन गाउँको घरमा आउनु। शहरको घर मैले रूपाको उपचार गर्न प्रयास गर्ने अस्पताललाई दान दिई सकेको छु।"

छोराहरुले थप बोल्ने साहसै गर्दैनन। क्याप्टेनले भोली बिहानै ६:२० बजेको फिर्ती टिकट र पासपोर्ट खोजेर टेबुलमा राख्छन। मन बहादुर पनि घडीमा बिहान ५:०० बजेको घण्टी मिलाएर सबैलाई शुभ रात्री भन्छन।

खण्डः तीन

aama3विदेशी बिमानस्थलहरुमा आजकल थुप्रै नेपाली भटिने हुँदा हवाई प्रतिक्षा गर्न सजिलो अनि रमाईलो हुन्छ। क्याप्टेन फर्कदै गरेको बिमानमा पनि १०–१२ जना नेपालीहरु रहेछन। हङ्गकङ्गको बिमानस्थलको लामो हवाई प्रतिक्षामा नेपालीहरुको एउटा समूह आपसमा परिचय गर्दै भ्रमण सम्बन्धि आ–आफ्ना अनुभव बाँड्दै थिए। भने कोही कोही काखमा कम्प्यूटर, अनि काने फोन लगाएर आफ्नै सुरमा व्यस्त थिए। कसै कसैको त चालै अर्को हुने, प्रष्ट टिठलाग्दो नेपाली अनुहार देखेर नेपालीमा केही प्रश्न गर्‍यो अंग्रेजीमा जवाफ दिन्छन तैपनि उनीहरुको बोलीमा नेपालीपन राम्ररी बुझन्छ। क्याप्टेन पनि त्यही समूहको एक छेउमा आड लगाएर रूपासँगैका अधिल्ला भ्रमणहरुको सम्झनामा हराई रहेएका थिए। समूहमा निकै रमाईलो तरीकाले कुरा चल्न थाल्यो जस्तैः
मेरो त तेस्रो भ्रमण हो।
मेरो त १० वर्षे भिषा हो।
छ्या हाम्रो देश त गनाउने, अमेरिका त स्वर्ग हो स्वर्ग।
ग्रिनकार्ड छ।
नेपालका नेता खराब भएर हो।
नेपाल बिग्रेको अल्छी भएर।
पढ्न आको यतै काम भो कम्पनीले नै ग्रिनकार्ड दियो।
डी भी परेको हो।
हाम्रा नातीनातिना त नेपाली नै बोल्दैनन।
डाक्टर छन।
हाम्रा त सिटिजन भै सकेका छन।
हाम्रो त पानी पँधेरो जस्तो छ अमेरिका।
छोराले राती काम गर्छ, बुहारी दिउसो।
छोरो सानै देखी तेजिलो थियो, स्कोलरशिप पायो।
हाम्रा २ बटै छोरी अमेरिका छन म आएको नि ६ महिना भो।
कहिले कहिँ त ९० घण्टा पुग्छ।
हाम्रा त १२ वर्ष देखी यतै छन। घरै किनेका छन।
म भन्सारमा, म परियोजनामा, म मालपोतमा, म आर्मीमा आदी आदि।
परदेशमा बस्ने नेपालीहरु र बिद्यार्थीहरुको कतिपय ठाउँमा दयनिय अवस्थाहरु पनि देखिसकेका क्याप्टेनलाई यस्ता कुरा प्रति दया लाग्छ। घरिघरी त हास्न पनि मन लाग्छ। विदेशमा बस्ने सबैको एउटै नाम परदेशी हो। बस्ने र काम गर्ने अधिकार भए पनि दोस्रो दर्जामा गनिनु पर्छ। शिक्षाको कमीले गर्दा उमेर र शरीरमा तागत भईञ्जेल विदेशीकोलागि लड्नु परेकोमा पछुताउने क्यापटेनका मन भित्र भित्र धेरै प्रश्नहरु उठ्छन।
नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ?
परदेशमा गर्ने यतिका मिहेनत नेपाल मै गर्न किन सकिँदैन?
किन नेपालीहरु विदेशीहरुको राम्रो पक्षहरुमात्र र नेपालको नराम्रो पक्षहरुको मात्र बढाइँ गर्न रुचाउछन?
छोराछोरीलाई समुन्द्रपारीको उच्च शिक्षा दिलाउन सक्षम थुप्रै बाबुआमा कतै म जस्तै निराश हुनु त पर्दैन?
के नेपाल बस्नको लागि लायकै छैन त?
भावी नेपालको बारेमा कसले सोच्ने त?
“हो आज सबै नेपालीमा जागेको यो बितृष्णाको मूलजड नेपालकै राजनैतिक अन्यौलता हो। तिनै थोरै नेतृत्व बर्ग, जसले जनतालाई कुकुर र बिरालोको मुकुण्डो लगाई दिएर आपसमा भिडाउँछन र आँफुहरु बाजी लगाउँछन। एउटा पक्षले जित्छ, हार्नेले फेरी अर्को खेल घोषणा गर्छ खेलाउनेहरुले पालै पालो जितिरहेका छन भने उनै सोझा जनता डर डरमा मुकुण्डो फेरी फेरी आ–आफु मर्ने खेल खेलीरहेका छन। अलि बुझ्ने र सक्नेहरु बिदेश पलायन भै रहेछन। खै को र कहिले जन्मिएला एक बहादुर नेपाली छोरा जसले यो खेल बन्द गराउन सक्छ?”

क्याप्टेनका यस्तै सोचाइहरुले समय बितेको थाहै हुदैन। काठमा48डौ उडानको समय हुन्छ। सबै पंक्तिमा उभिन्छन।


खण्डः चार

क्याप्टेन गाउँ आएको पनि करिब एक वर्ष भएछ। धेरैजसो समय समाजिक काम, कहिले शहर तिरको काम र कहिले घरकै बगैंचा र करेशा बारीमा बित्ने गर्छन। उनका साथमा रुपाले ६ वर्ष पहिला लेकबाट ल्याएको कल्लु नामको कुकुर छ।

lauhareक्याप्टेन पिँडीमा रेडियो सुन्दै बिहानको चिया पिउँदै थिए। पूर्णे दौड्दै आयो। उ राम्रो बोल्न सक्दैन त्यसैले उसलाई गाउँलेहरु लाटा पनि भन्छन। उ प्राय गाउँको चिया पसल वरिपरी हुन्छ। गाउँले सबै मिलेर चिया पसलमा एक सार्वजनिक फोन राखेका छन। पूर्णेको काम फोन आउँदा गाउँलेलाई खबर गरिदिनु पनि हो। पूर्णेले इशारा नगर्दै क्याप्टेनले फोन आएको कुरा बुझेर दौडँदै चिया पसलमा पुगे। क्याप्टेनले फोन लिएर ”हेल्लो” भन्ने बित्तिकै लामो श्वास फेरेर नाकले फ्याल्दै “हुँ ...” गरे। आफूले केही नबोली जवाफका रुपमा फेरी “हुँ ...” गर्दै फोन राखिदिए। “धन्यवाद तिमीहरुलाई ल बक्सिस” भन्दै क्याप्टेनले खल्तीबाट ५ सयका दुई नोट झकेर पूर्णे र साहुनीको हातमा हाली दिए। दुवै ट्वाल्ल परे। यतिका ठूलो इनाम उनीहरुको जीवन मै पहिलो थियो। साहुनीले डर मान्दै क्याप्टेनसँग सोधिन। “हैन ए क्याप्टेन बा के को खुशियालीमा हो यो?” शिर ठाडो पारेर क्याप्टेन भन्छन। “खुशीको कुरा हो छोरी, आज मेरा तीन वटै छोराहरु बिदेशबाट सधैका लागि घर आउँदैछन। छोराहरुले यहीँ पोखरा एयरपोर्टबाट फोन गरेका हुन्। ल छोरी ४–५ जना बलिया केटाहरुलाई तल बेशी सम्म पठाई दिनु पर्‍यो।” क्याप्टेनले भन्ने बित्तिकै साहुनीले पसलको डिलबाट ठूलो श्वरमा गाउँलेहरुलाई थाहादिईन। उत्तिखेरै पूर्णे सहित ५–६ जवान बेशी तिर झरे। गाउँ भरी खुशीयाली छायो। “लौ क्याप्टेन साहेवको घरमा लाहुरे आउँदैछन।” साहुनीले गाउँको आमा समूहलाई पनि खबर दिई सकिन। लाहुरे तथा पाहुनाहरुको स्वागत आमा समूहले नाचगानका साथ गर्ने चलन छ।

हरेक बिहान क्याप्टेन आफ्नो प्यारो कल्लुका साथ आर्मी कै लवजमा दौडन्छन र पारी भञ्ज्याङ्गको गुम्बा र देउरालीको शिवालयलाई फन्को लगाएर घर फर्कन्छन। तर आज उनीहरु दौडिदै पारी च्यानडाँडा सम्म पुगे जहाँ उनकी श्रीमती रूपा लगायत प्राय सबै पुुर्खाैलीहरुको समाधीस्थल छ। क्याप्टेन आज ज्यादै भाबुक थिए। मनलाई धान्नै सकेनन र रूपाको समाधीमा अँगालो हालेर “रूपा तिमीले भनेको जस्तो भयो ..... तिम्रो रहर पुरा भयो। हो हाम्रा तीनवटै छोरा सधैंको लागि गाउँ आउँदैछन।” उनी घुक्क घुक्क रुन लागे। कल्लु पनि कुई कुई गर्दै क्याप्टेनको वरिपरी घुमि रह्यो। धेरै बेर पछि मनलाई सम्हालेर क्याप्टेन लुगा टक्टकाउँदै उठे। चारै तिर हेरेर लामो श्वास फेरी घर तिर लम्किए। २५–३० पाईला केही अगाडी बडेका थिए टाडैबाट कल्लु रूपाको समाधी तिर फकेर पुच्छर हल्लाउदै कुइँ कुइँ गर्न लाग्यो। क्याप्टेन पछाडी फर्केर हेर्दा रूपाको समाधी नजिकैको बन कर्कलाको ठूलोपात मच्चि मच्चि हल्लिरहेको थियो। क्याप्टेन एकोहोरो हेरीरहन्छन। एकै छिनका च्यानडाँडामा हावा सररर चल्छ। वरिपरीको कटुसका पातहरु पनि फटफट फटफट बज्न थाल्छन। लाग्छ कुनै खुशीयालीमा ठूलो भिडले ताली बजाई रहेको छ। यो आभास हावाको रोकावटसँगै बिस्तारै रोकियो। क्याप्टेन मन मनै धन्य हुँदै घर तिर फर्किए। टाडैबाट उनको आँगनमा ठूलो भिड देखिएको थियो। कल्लु उफ्रँदै क्याप्टेनको अघि लाग्यो।

"समाप्त”
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खायो भने संयोग मात्र हुनेछ। )
[यो लेख कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । माथिको प्रस्तुतीमा रहेका चित्र हरु सबै स्वयँ लेखकका आफ्नै श्रृजना हरु हुन् । -सपनासंसार ]

Read more...

Jun 5, 2009

दोबाटोमा तिमीलाई म याद आएँ भने ..... भाग १

मैले डिभोर्स दिएको पनि आज ३ बर्ष भएछ । एक प्रकार ले भन्दा खेरी म मेरो बैबाहिक जीवन भन्दा त यो एक्लो जीवनमा नै खुसी छु । मेरो एउटी मात्र छोरी,खुसीले कहिलेकाहि बाबाले किन हामीलाई माया नगरेको भन्दा नाजवाफ हुन्छु , नत्र भने म पुर्ण रुपमा खुसी छु, उमेशलाई डिभोर्स गरेपछी । उमेश मेरो बाबु आमा को रोजाई थियो, मलाई पनि बिहे अगाडि उ निकै राम्रो लाग्थ्यो ! हाम्रो पारिबारिक पृष्ठभूमि पनि मिल्थ्यो ।काठमाण्डौं युनिभर्सिटी मा मानबिकीको स्नातक तहको अध्ययन को क्रममा उस्लाई मैले पहिलो पटक चिनेकी थिए ।

पछि, म उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका मा एमबीए डिग्री को लागी एउटा राम्रै बिश्वबिध्यालयमा भर्ना भए । उमेश र मेरो संपर्क ईमेल बाट भैईनै रहन्थ्यो । उ कहिले काहि नेपालमा मेरो मम्मी ड्याडि लाई पनि भेट्न जादो रहेछ । एस्ले गर्दा म उ प्रति झन आकर्सित भएकी थिएँ। मेरो एक मात्र दाई पनि बिदेशमा रहेको ले मम्मी ड्याडि मात्र घरमा(नेपालमा) हुनु हुन्थ्यो त्यती बेला !मम्मी ड्याडिले पनि उमेशलाई राम्रै मान्नु हुन्थ्यो र उसलाई ज्वाईको रुपमै हेर्न थालि सक्नु भएको थियो ।

त्यहि साल अमेरिकामै म आफ्नो दाई भाउज्यु को घर बोस्टन मा आफ्नो सेमेस्टर ब्रेक मनाउन जान्छु । त्यहि समयमा मेरो बिनोद संग भेट हुन्छ । बिनोद मेरो दाई को मिल्ने साथि हो । मैले पहिलो पटक उस्लाई त्यहि भेटेकी थिएँ । हो म त्यति खेर न त कुनै प्रेम बन्दनमा नै बादिएकि थिए , न त कसैलाई बिश्वाश नै जगाएकी थिएँ ! तर पनि कता कता उमेश प्रति प्रेमको टुसा पलाउन लागेको मलाई भान हुन्थ्यो तर मैले उमेशलाई बिहे अगाडि मैले कहिल्यै पनि यो भान हुन दिएकी थिईन् ।

त्यहि साल अमेरिकामै म आफ्नो दाई भाउज्यु को घर बोस्टन मा आफ्नो सेमेस्टर ब्रेक मनाउन जान्छु । त्यहि समयमा मेरो बिनोद संग भेट हुन्छ । बिनोद मेरो दाई को मिल्ने साथि हो । मैले पहिलो पटक उस्लाई त्यहि भेटेकि थिएँ । हो म त्यति खेर न त कुनै प्रेम बन्दनमा नै बादिएकि थिए , न त कसैलाई बिश्वाश नै जगाएकी थिएँ ! तर पनि कता कता उमेश प्रति प्रेमको टुसा पलाउन लागेको मलाई भान हुन्थ्यो तर मैले उमेशलाई बिहे अगाडि मैले कहिल्यै पनि यो भान हुन दिएकी थिईन् ।

बिस्तारै मलाई थाह हुन्छ, बिनोद पनि म प्रति आकर्सित हुदैछ भन्ने ! काले काले हिस्सी परेको थियो उ ! उ सार्है सहयोगी पनि थियो । उँ संग मेरो केवट ३ महिना को चिनाजानी छ । मलाई थाह छ, उ मलाई एकदमै भित्र बाटै मन पराउथ्यो ! उस्ले मलाई कम्सेकम ४-५ वटा ईमेल पठायो , हाई ५ र फेसबुकमा मेसेज पठायो । उस्ले मलाई फेसबुक फ्राईन्ड लिस्ट मा एड गर्यो, मेरो घमण्ड ले गर्दा उस्लाई सजिलै मैले स्विकार्न सकिन । मैले उस्को न त कुने मेसेज को जवाफ नै पठाए न त कुने ईमेल नै रिप्लाई गरे ! उ मेरो दाई को घरमा कम्से कम हप्तामा १ पटक केहि न केहि बहाना मा आएकै हुन्थ्यो ! मलाई थाह छ उ म संग बोल्न खोज्थ्यो तर मैले उसको भावना लाई त्यसै लत्याई दिन्थे। उ त्यसपछि १ २ हप्ता मेरो दाईको घरमा आएन । ३ महिनाको समर बिदा सकियकोले , मेरो फर्कने समय आयो , म फर्के । मेरो फर्काई संगै मैले बिनोद को याद हरु लिएर फर्के ।

बाटो भरि बिनोदलाई सम्झे, उस्का सबै राम्रा पक्ष सम्झे , मनमा खुल्दुली लागेर आयो। अनि आफैँमा घृणा जागेर आयो , किन मैले उस्को ईमेल को जवाफ फर्काईन, किन मैले उस्ले बिभिन्न सोसियल साईट बाट पठाएका सन्देस हरु को वास्ता गरिन, आखिर उस्ले के नै लेखेको थियो र ? , केवल मेरो सुन्दरता र कोमलता को प्रसंसा गरेको त थियो, यस्मा उस्को के गल्ती थियो र ?अनि उस्ले मलाई मन पराउनु उस्को गल्ती पनि त होईन । म युनिभर्सीटि पुग्ने बित्तिकै उस्का ईमेल हरु चाहर्छु र प्रफुल्ल हुदै उस्को काखमा निदाउछु केवल सपनिमै भय पनि ! अनि उ संग उस्ले राखेको मित्रताको निम्तो स्विकार्न फेसबुक र हाई फाईब मा लग ईन गर्छु र उस्ले करिब २ महिना अगाडि पठाएको साथीको निम्तो स्विकार्छु ।

अनि म आफ्नो ल्यापटपलाई काखमा राखेर उस्को प्रोफाईल तिर हेर्छु , अनि एकै छिनमा म छाँगा बाट खसे जस्तो हुन्छु , अनि आफूलाई एक्लो पाउछु । उ त्यती खेर नेपाल गएको रहेछ, र बाबु आमा को रोजाईमा नेपालमै हिजो मात्रै बिहे गरेछ । म मेरो प्रेमको पलाउन लागेको मुनालाई दागबत्ति दिन पनि सक्दिन, रात भरि रुन्छु, अनि एक छिन संम्झन्छु, यो समय उल्ट्याउन मिल्ने भय ? यत्तिकैमा रात भरि रुन्छु अनि अचेत अवस्था मै निदाउछु ।राति कति खेर निदाए, मलाई थाहनै भयन, बिहान उठेर बिनोदको बिहेको तस्वीर हरु फेरी हेर्छु । अनि आफ्नो सपना टुटेको पाउछु। अनि आफैलाई धिक्कार्छु ।

त्यसपछि उस्को जीवनमा म कहिल्यै पनि नआउने प्रण गर्दै म उस्को जीवन खुसीँ साथ बितोस् भन्दै कामना गर्छु । घरि घरि यस्तो लाग्थ्यो , म त केटि मान्छे, सामाजिक बन्धनमा बाधिएकी, कम्से कम बिनोद ले विहे गर्न भन्दा अगाडि एकचोटि मलाई उस्ले प्रेम प्रस्ताब राखेको भय, कम्से कम उस्ले घुमाएर कुरा राख्नु सट्टामा सोझै कुरा राखेको भय ! मलाई थाह छ त्यतिखेर मेरो सुन्दराता को घमण्ड, म मा थियो ,मलाई लाग्थ्यो , धेरै भन्दा धेरै केटा हरु मलाई मन पराउन् , मेरो पिच्छा गरुन अनि म सबैलाई मलिन संझौंता मा अल्झाई राखूँ ! आज त्यहि भावना ले मैले बिनोद लाई गुमाउनु पर्यो !

बिहान उठेर बिनोदलाई बिवाह को शुभकामना सन्देस फेसबुकबाट पठाउछुँ र उस्को सफल भविष्य को कामना पनि गर्छु । केहि बेरमै उता बाट बिनोद को रिप्लाई आउछ , "श्रेया, मैले मेरो जीवनमा ठिक गरे या गरिन, चाहेको पाएँ या पाईन , तर पनि जे चाहेँ जे पाएँ र जे गरेँ, जानि जानि कहिल्यै पनि कसैको मन दुखाउने प्रयास मा गरिन् । आफुँले चाहेको भन्दा पनि जे लेखिएको छ , त्यहि हुदौ रहेछ। तिमी सधै खुशी रहनु, जीन्दगी को यात्रा मा कुनै पनि दोबाटोमा तिमीलाई म याद आएँ भने मैले आफुँलाई भाग्यमानि ठान्ने छु । उहि, बिनोद ! " म फेरी रुन्छु , सोच्छु यो समय उल्टाउन पाय, कति सुन्दर हुन्थ्यो होला यो संसार ! कम्से कम संझनामै भए पनि एक छिन बिनोद को अंगालो मै हराउछु ! थाहै नपाई त्यो दिन पनि उसैको संझनामा घरमै एक्लै बिताउछु !

समयले सजिलै कोल्टो फेर्दो रहेछ , उमेश पनि अमेरिका आउछ, उता नेपाल मा उमेसका बाबा आमा र मेरा बाबा आमाले हाम्रो बिहे को लागि संझौता गर्छन् , अनि हामि करिव ६ महिना पछि नेपाल गएर बिवाह बन्धनमा बादिन्छौं । बिवाह अगाडि मैले बिनोद को बारेमा सबैकुरा उमेशलाई सुनाई सकेको हुन्छु् । उस्ले पनि मलाई त्यती खेर एउटा सान्तोना दिएको थियो । बिहेको १ बर्षमै हाम्रो माया को उपहार "खुशी" पाउछौ हामी, उ हाम्रो एक्ली छोरी हो । खुशी को पहिलो बर्ष जन्म दिनको उपलक्ष्य मा हामीले यहिँ अमेरिकामै सानो जन्म दिन कार्यक्रम राख्छौ जुन दिनले मेरो जीवनमा भुई चालो नै ल्याई दियो । त्यो दिन रक्सी खाएर उमेशले म संग आफुँ हाम्रो बैबाहिक बन्दन संग असन्तुष्टी भएको कुरा म संग राख्यो ! खुशी को खुशी त्यहि दिनमानै छिनियो जस्तो लाग्यो मलाई । हामी करिव १ महिना जति बोलेनौ र उल्टो मैलेनै माफि मागे ! तर त्यती बेलासंम्म बिनोद अर्कै मेरो साथी को साथी संग प्रेम बन्धनमा परिसकेको रहेछ । मैले मेरो बाबा आमा तथा दाई भाउज्यु संग सल्लाह गरेर उस्लाई डिभोर्स दिने र बाकी समय खुशी को खुशी को लागि समर्पण गर्ने बाचा बाध्छु र त्यहि हप्ता मै, म र उमेश डिभोर्स गर्छौ ।

यत्तिकैमा ३ बर्ष खुशी को लागीनै संघर्ष गर्दैमा बितेछ, बिच बिचमा बिहे को प्रस्ताब पनि नआएको होईन तर पनि मलाई अव बिहेमा ईक्षा नै नभयको ले मैले सबै प्रस्ताब अस्वीकृत गरेँ। आजो खुशी को चौथो जन्म दिन , मेरो बिगत संझन मन लाग्यो , उमेश लाई संझे अनि बिनोद लाई संझे उमेश र बिनोद जहा भए पनि उनि हरु दुबै जना सुखी हुन , यहि कामना गर्छु । र जादा हादै आज म बिनोद संग माफी माग्न चाहन्छु अनि तिम्रै यी बाक्या सापट लिन चाहन्छु , "बिनोद, मैले मेरो जीवनमा ठिक गरे या गरिन, चाहेको पाएँ या पाईन , तर पनि जे चाहेँ जे पाएँ र जे गरेँ, जानि जानि कहिल्यै पनि कसैको मन दुखाउने प्रयास मा गरिन् । आफुँले चाहेको भन्दा पनि जे लेखिएको छ , त्यहि हुदौ रहेछ। तिमी सधै खुशी रहनु, जीन्दगी को यात्रा मा कुनै पनि दोबाटोमा तिमीलाई म याद आएँ भने मैले आफुँलाई भाग्यमानि ठान्ने छु । उहि,श्रेया! "




Read more...

Jun 3, 2009

तिमीले चाहेका चार शब्दहरु !

Raju Lamichhane
राज लामिछाने
हप्किन्स, मिन्नेसोटा


स्मृती, धेरै धेरै धन्यवाद। हाम्रो हरेक जन्म दिन र बिवाह दिवसमा अपरिचित तरीकाले तिमीले पठाउने गरेको शुभकामना अनि हामी दुबैका लागि उपहार यस पाली पनि पायौं। हे भगवान, फेरी पनि मैले पूनमसँग झुट बोलेँ। के गर्ने यस्तो गर्दा तिमी खुशी हुन्छ्यौ। तिम्रो धेरै खर्च गर्ने बानी अझ पनि उस्तै छ। धन्न उमेशजीले पूर्‍याउनु भएको छ। फोटोहरु हेर्‍यौ? मेरो व्यक्तिगत ब्लग साइटमा? तिमीले पठाई दिएको उपहार लगाएर पूनम कस्ती राम्री देखिएकी हगी? मलाई पनि ठ्याक्कै मिलेको छ।

ल सुन, मेरो कोलेस्टेरोललाई यतिखेर बसमा राखेको छु मैले। अनि मेरो प्रोफाईल फोटोमा कपाल फूलेको देखेर तिमीलाई किन पिर? अव बुढो भईयो रंग लगाएर सधैं कहाँ ढाक्न सकिन्छ र। फेरी पूनमले तिमीले सोचेको भन्दा धेरै सेवा गर्छिन मेरो। म त भाग्यमानी हुँ पूनम जस्ती श्रीमती पाउने। हाम्रो पो के छ र यो बिरानो परदेशमा। उनले मेरो र मैले उनको ख्याल त राख्नै पर्‍यो नी।

हो, जेष्ठ ९ गते हामीले हाम्रो बिवाह दिवस आफ्नै तरिकाले रमाईलोसँग मनायौं।
हेरन समय बितेको पत्तै भएन। यो हाम्रो १२ औं बिवाह दिवस थियो। अस्ती जस्तो लाग्छ हाम्रो रमाईलो कलेजको जीवन। याद छ? तिम्रो जिद्धी गर्ने बानी, तिमीलाई जता जान मन लाग्छ म पनि तिमीसँगै हिँडिदिनु पर्दथ्यो। मलाई अति दुख दिन्थ्यौ। तिमीले पनि ख्याल गरेकी होउली, करीब २० वर्ष पहिला स्वयम्भू सरास्वती स्थानको पछाडी मैले तिमीलाई काँधमा राखेर तिमीले पर्खालको माथी फलामको किलाले कोरेर लेखेको चक R + S अझै प्रस्ट बुझँदो रहेछ। जुन गतवर्ष म नेपाल जाँदा फोटो खिचेर ल्याएको छु।


आजै जस्तो लाग्छ, १८ वर्ष अघिको कुरा हो। जव हामी दुबैले आ–आफ्नो घरमा हाम्रो बिवहाको प्रस्ताव राख्दा दुबैको घरबाट खरिएको तेलमा पानीको छिटा परेझैं जवाफ आएको। दोष न तिम्रो, न मेरो, नत हाम्रा अभिभावकहरुको नै थियो। तिमी कथित तल्लो जातकी सम्पन्न शहरीया केटी म उपल्लो जात भनाउँदो गरीब गाउँले केटो। यो सामाजिक दोष तिनताका त झन प्रकृती जस्तै अटल थियो जुन हाम्रो तागतले तोड्न सकिएन। फेरी केवल हामी २ को लागि हाम्रा सारा मान्य परिवारजन, छरछिमेक र इष्टमित्रहरुलाई दुःखी बनाउन हामीले पनि चाहेनौं। आखिर तिम्रो बिवाह उपत्यका कै चर्चित व्यापारीक परिवारका उमेशसंग तय भयो। तिम्रो हालत कस्तो थियो मलाई थाहा भएन म भने खुशी नैं थिएँ। किन कि तिम्रा बुवा मुमाको रोजाई जायज थियो। आज हामी बाबु आमा बनेका छौं हामी हाम्रा छोरा छोरीबाट तेही अपेक्क्ष्या गछौं जुन हामी चाहन्छौं। हैन र?

तिमीसंग प्रतक्ष भेट नभएको करिब १८ वर्ष भयो। तैपनि तिम्रो तस्वीर मेरो मानस पटलमा जस्ताको तस्तै छ। तिमीले जस्तै म पनि इन्टरनेटको सामाजिक सञ्जालहरुमा छिर्दै र कहिले गुगलका पानामा तिम्रो नाम लेखेर तिमी र तिम्रा परिवारका तस्विरहरु हेर्ने गर्छु। जव तिमीलाई उमेशजी र छोरा छोरीको साथ हँशिली पाउँछु मलाई आनन्द लाग्छ। कुनैकुनै तस्विरमा अगाडीको कपालले तिम्रो उज्यालो निदार छोपिएको, कुनैमा तिम्रो साडी भूईमा लत्रेको त कुनैमा कुर्ताको सलले भूई छोएको देखें भने अनायासै मेरा हातहरु कम्प्यूटरको पर्दामा ठोकिन पुग्छन। म झल्याँस्स हुन्छु।

तिमीलाई जस्तै मलाई पनि अचम्मको भ्रम हुने गर्छ। जव कहिले कहीं पूनम रिसाउछिन, म उनको चेहरामा तिम्रो प्रतिविम्ब देखी एकोहोरो हेरी टोलाउँदो रहेछु। फेरी पूनम भन्छिन – “छया् ......बुढो भएर पनि.....।” म फेरी झल्याँस्स हुन्छु। उनको रिस मरिसकेको हुन्छ।
तिमीसंग बाचा गरे जस्तै पूनमलाई सधै खुशी राख्ने छु। उनको सोचाई पनि तिम्रो जस्तै छ। सधै मेरो सेवा अनि केटा केटीको स्याहार गर्न मै खुशी छन। जसले ममा मिहेनत गर्ने जाँगर बढेको छ भने छोरा छोरीमा पढाई अनि अनुशासन। तिमीले नै भन्ने गर्थ्यौ नी लोग्नेका लागि श्रीमती भाग्य हो।

प्रेम गर्दैमा संगै जीउनु पर्छ भन्ने छैन। धेरैले यसलाई असफल प्रेम कहानी भन्लान। हामीले यसलाई सफल सम्झेका छौं। समाज अनि अभिभावकलाई कुल्चिएर हामीले सगै जीवन बिताउन त सकिन्थ्यो। आखिर समाज त त्यही थियो हरेक पल तिमी मेरो परिवारमा तल्लो जातकी भनेर हेपिनु पर्थ्यो भने म तिम्रो परिवारमा गाउँले पाखे र गरीव भएर हेपिनु पर्थ्यो। हामीले समाजलाई त्यो मौकै दिएनौं। यसमा पछुतो न तिमीलाई छ नत मलाई। हामीले एक अर्कोलाई चोट पुग्न सक्ने गल्ती पनि कहिल्यै गरेनौं। बरु प्रेममा त्याग गर्‍यौं। आज हाम्रो त्यही त्यागले हाम्रा अभिभावकको शिर ठाडो छ, तिमी पनि खुशी छौ र म पनि खुशी छु। यसैमा सबैको भलो भएको छ। हाम्रो प्रेम अझै जीवित छ र भैरहने छ।

कुनै त्रुटि भएमा ब्रुस समाउने हातको कलम समाउने रहर सम्झेर मलाई माफ गरि दिनु।

अन्त्यमा तिम्रो सुन्दर परिवारको शुख, शान्ति र उन्नतीको कामना गर्दै।
म बाट तिमीले चाहेका चार शब्दहरुः “म ज्यादै खुशी छु। ”
तिमीलाई मेरो यही उपहार।
धन्यवाद।
उही तिम्रो भलो चाहने
राजु

भूल सुधार
. . . . . काँधमा राखैर तिमीले पर्खालको माथी फलामको किलाले कोरेर लेखेको चक अझै प्रस्ट बुझिँदो रहेछ भन्ने ठाउँमा R+S अझै प्रस्ट बुझिदो रहेछ भनि पढिदिनु भएमा अर्थ लाग्ने थियो । अंग्रेजी लिपी र नेपाली लिपी हुँदा भएको अन्यौल प्रति क्षमा प्राथी छु !
~ राजु लामिछाने


[तपाईको भूलसुधार को जानकारी पाउनासाथ प्रस्तुत अंश सच्याईएको छ । धन्यबाद ! -सपनासंसार ]

Read more...

May 25, 2009

निरुत्तर उत्तर

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्।

गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर।


एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा तपाँईहरु हामीलाई सहयोग गर्ने हैसियतमा हुनुहुन्छ”।

यिनीहरु को हुन् भनेर मैनाले चिनिहालिन्। भित्र भित्र डर पनि लाग्यो। “हामी के सहयोग गर्न सक्छौं र। बिदेश जांदा ऊहाँले लिनु भएको ऋण आधा पनि तिरी सकिएको छैन।काम पनि राम्रो मिलेको छैन रे”। मैनाले असमर्थता ब्यक्त गरिन्।

“जनयूद्धलाई तपाँईहरुले जसरी पनि सहयोग गर्न पर्छ। तपाँईहरु जस्ताकै सहयोगले हाम्रो यूद्धले यो उचाइ हासिल गरेको हो। हामी दुई हप्ता पछि आउनेछौं। तपाँईको श्रीमानलाई सम्पर्क गर्न पर्छ भने गर्नूस्। तर पचास हजार रुपियाँ तयार पारेर राख्नूहोला” ।

ती युवाहरु त गए तर मैनाको लागी प्रशस्त डर र चिन्ता छोडेर गए। ऊनीहरुलाई चन्दा नदिंदा के के गर्न सक्छन भन्ने कुरो मैनाले सुनेकी थिईन्। यो कुरा मैनाले देव कुमार सरलाई समेत भनिन् र सल्लाह मागिन्।

“यस्ता कुराहरुको डटेर सामना गर्नु पर्छ। जनयूद्धको नाममा जनताहरुलाई दू:ख दिनेहरुको बिरोध गर्न पर्छ”। देवकुमार सरको स्वरमा प्रतिरोध थियो। उनले मैनालाई चिन्ता नलिन सल्लाह दिए। तर चिन्ता नलिनू कसरी। दुई घण्टाको बाटो पैदल हिंडेर गई श्रीमानलाई खबर गरिन्। उताबाट श्रीमानको लाचार जवाफ आयो। पहिलेको जागीर छुटेर बेरोजगार पो भएका रहेछन्।

ठिक दुई हप्ता पछि ती जनयद्धवालाहरु आए। कता कता देवकुमार सर पनि ठ्याक्क त्यँहा आईपुगेछन्। देवकुमार सरको ऊनीहरुसंग ठूलो वादविवाद चल्यो। मैनाले धेरै कुराहरु बुझिनन् तर तिनीहरु चेतावनी दिएर गए। “हामीलाई सहयोग नगर्ने, गर्न नचाहनेहरुलाई हामीले प्रतिगामी कित्तामा राख्नेछौ र प्रतिगामीहरुले नराम्रो परिणाम भोग्न पर्नेछ”।

केहि महिना बित्यो। खास त्यस्तो केही घटना घटेन। तर जेठानी दिदीले देव कुमार सरसंगको मैनाको हिमचिम बढेको कुरो फुक्दै हिंड्न थालेकीथिईन्। अंशबण्डा देखिको रीस छंदैथियो र कसरी हुन्छ, कुनै निहूँमा मैनाको हुर्मत लिनु थियो। त्यस्ताको मुख के लाग्नु भनेर मैनाले कुनै प्रतिकार गरिनन् बरु चुपचाप सहेर बसिन्।

एक दिन मैनाको छोरो सिकिस्त बिरामी भयो। गाउमा धामीझाँक्रीले बिसो पार्न सकेनन्। देव कुमार सरले छोरालाई सदरमुकामको अस्पतालमा लिएर जाने सल्लाह दिए। “सासु ससुरा बृद्ध, म एक्ली महिलाले कसरी छोरालाई सदरमुकाम लिएर जाने होला”। मैनाले चिन्ता ब्यक्त गरिन्।

“मैना, मेरो पनि शिक्षा कार्यालयमा केही काम छ। त्यसैले सदरमुकाम जानु पर्नेछ। म पनि तपाँईसंगै जाऊँला। चिन्ता नमान्नूहोला”।

‘उसै त जेठानी दिदीले देव कुमार सरसंगको संबन्धको हल्ला फिंजाएकीछिन्। अव उनैसित सदरमुकाम जाने हो भने त के होला। गाऊँ फर्केर न आए पनि हुन्छ। तर छोराको स्वाश्थ्यको कुरा छ। आ जे त होला, कुरा काट्नेको मुख थुन्न सकिदैन’। देवकुमार सरसंग सदरमुकाम जाने निधो गर्छिन्।

दुई दिन जति छोरालाई अस्पताल राखेपछि डाक्टरले डिस्चार्ज गरिदिन्छ। मैना घर आईपुग्दा आँगनमा ठूलो कचहरी चलिरहेकोहुन्छ। आँगनमा जेठाजु-जेठानी, सासु-ससुरा, गाँउ सरकारका मान्छेहरु र पहिले जनयूद्धका लागि भनेर चन्दा माग्न आउनेहरु सबै थिए।

छोराको उपचारको बहाना बनाएर मैना र देव कुमार मास्टर मोजमस्ती गर्न गएका आरोप लगाईन्छ। “यिनीहरुको पहिले देखिकै लसपस मेरो आँखाले देखिरहेको थिंए, तर आफ्नो आङको छारो आफैं के ऊडाउनु भनेर चुप लागकी थिँए।“ जेठानी दिदीले मच्ची मच्ची आरोप लगाउछिन्। मैनालाई चरित्रहिन, समाजको कलंक भएको आरोप लगाईन्छ।

जन सरकारका मान्छेहरुले फैसला गर्छन। "मैना र देवकुमारबिच अनैतिक सम्बंध रहेको कुरो हाम्रो जनसरकारमा पहिले नै उजूरी परेको थियो र हामीले निगरानी गरिराखेका थियौं। अहिले छोराको उपचारको निहूँमा एउटी बिबाहित महिला परपुरुषसंग एक्लै शहर जानुले त्यो पुष्टी गर्छ र यसलाई हाम्रो पार्टी घोर बिकृति र अपराध ठान्दछ। समाजका यस्ता बिकृति, बिसंगति र चरित्रहिनता बिरुद्ध लड्ने हाम्रो पार्टीको निति अनुसार मैना र देवकुमारलाई श्रीमान र श्रीमतिको रुपमा रहन हाम्रो जनसरकार आदेश दिन्छ।हामीले मैनाको श्रीमानलाई खबर गरिसकेकाछौ।"

मैना आफ्ना बृद्ध सासु ससुरा तिर सहयोगको याचनाले हेर्छिन् तर उनीहरुले अर्कैतिर मुन्टो बटार्छन्। मैना अकस्मात पर्न आएको बिपत्तीले बिचलित हुन्छिन्। आफू मुनिको जमीन भा्स्सिएको महसुस हुन्छ। अकास पनि फनफनी घुमेको जस्तो लाग्छ।

“यो गलत हो। मैना र म बिच त्यस्तो कुनै अनैतिक संबन्ध छैन” देवकुमार चिच्याउँछ। देवकुमारसंग पहिला वादविवाद गर्ने ती क्रान्तिकारीहरु देवकुमार माथि खनिन्छन्। “साले प्रतिगमनकारी, सरकारी सुरागीवाला, तैंले हाम्रो महान जनयूद्ध बिरुद्ध षडयन्त्र गर्ने, मानिसहरुलाई हाम्रो बिरुद्ध भड्काउने?” आरोपसंगै लठ्ठी, लात, घूसा बर्सिन्छ।

मैनाको बिरामी छोरो डरले मैनासंग लपक्क टाँसिन्छ। तर जेठानी दिदीले छोरो खोसेर लैजान्छे। मैनालाई भुत्ल्याएर लछारपछार गरिन्छ। देवकुमार र मैनालाई जबर्जस्ती एउटा कागजमा सही गराईन्छ जसमा उनीहरु बिच अनैतिक सम्बन्ध भएको कुरा स्विकार गरी श्रीमान श्रीमतिको रुपमा बस्न मञ्जुर भएको कुरा लेखिएको हुन्छ।

मैना गाँउको प्रहरीमा उजुरी गर्न जान्छिन्। “जनसरकारवालाहरुले गरेको काममा हामी केही गर्न सक्दैनौ”। प्रहरीले लाचारी ब्यक्त गर्छ। श्रीमानलाई पनि फोन गर्छिन्। जेठानी र जनसरकारवालाहरुले पहिले नै उसको कान भरिदिईसकेको हुन्छ। मैनाले केही भन्न नपाउँदै उताबाट फोन राखिदिन्छ। मैनासंग अब निराशता बाहेक केही बाँकि रहन्न। ईज्जत, परिवार, सबै गुम्यो। अव म किन बाँचू। आत्महत्या बाहेक अरु केही बाटो देख्दिनन्। सेतीको खोंचमा हाम फाल्न मात्र के ठिक परेकी हुन्छिन्, पछाडिबाट कुनै पुरुष हातले मैनालाई च्याप्प समात्छ। त्यो देवकुमार नै हुन्छ। मैना देवकुमारको छातीमा टाँसिएर भक्कानो फुट्ने गरी रुन्छे।

“मसंगको सम्बंधले तिमीलाई बदनामी त दियो मैना, तर तिमीलाई मर्न चाँहि दिन सक्दिन। मैले तिमीलाई कहिले त्यस्तो नजरले हेरिन तर तिमी मलाई आफु योग्य ठान्छौ भने तिमीलाई जीवन भर साथ दिन तयार छु”।

मैनाबाट केही उत्तर आऊदैन। एकतमाससंग देवकुमारको छातीमा टांसिएर रोई मात्र रहन्छिन्। तर देवकुमारले मैनाको निरुत्तर रुवाइमा नै उत्तर पाईसकेको हुन्छ। तल खोंचमा सेती एक तमाससंग सुसाइरहेको हुन्छ।
Read more...

Jan 11, 2009

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ।

आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्यतिकै छ। खोलेका पनि छैनन्। तर छोराले भने त्यति पनि सम्झेन। बिहान सुसारे केटीले ल्याएर छोडेको ब्रेकफास्ट पनि त्यतिकै छ। सुसारेले एक पटक हकारेर गईसकीन। रन्, तिमीले ब्रेकफास्ट अझै खाएनौ? श्रीमतीलाई छिट्टै भेट्न जाने मन् छ कि क्या हो? साँच्चिनै आज श्रीमतीको याद पनि बढी नै आईरहेको छ। तिमी नमरी म मर्दिन बूढा, नत्र तिम्रो स्याहार सुसार कस्ले गर्छ भनेर भन्थिन, तर म भन्दा पहिले ऊ नै गई। रन फेरी भुत्भुताउंछन्। नभन्दै हिउं पर्न शुरु हुन्छ। किन किन यो हिंउँ पर्न थाले पछि रनलाई बिरक्त लाग्छ। पुराना कुराहरु सम्झिन थाल्छन्। घरका छाना, बोटबिरुवाहरु हिउंले पुरिदै जान्छ। रन लाई पनि अतितको घुम्टोले छोप्दै जान्छ।
तोरण प्रसाद नेपालमा कलेजमा पढाउँथे। प्राध्यापक नै चाँहि होइन, उप-प्राध्यापक सम्म भएका थिए। कलेज पढाउने भनेर अलिकति नाम भए पनि शिक्षण पेशामा दाम चांहि हुँदैन थियो। अतिरिक्त ट्यूशन, कोचिंग नपढाए, सरकारी कलेजको तलवले काठमाण्डौंमा खर्च पुर्याउन मुश्किल हुन्थ्यो। भारतीय एटलस साइकल चलाएर तोरण प्रसाद दिन भरी भागदौड गरिरहन्थे। त्यतिबेला मोटर मोटरसाइकल अझै बिलासिताको साधन नै थियो। सायद क्याम्पस चीफ सम्मले स्कूटर चढेको जस्तो लाग्छ। उमेर चालीसको नजीक नजीक पुग्न थालेको हुन्छ। श्रीमती ग्रीहणी। एउटा छोरा, एउटा छोरी। सायद छोरो ४-५ कक्षातिर थियो होला र छोरीको अझै स्कूलजाने बेला भएको थिएन। जीवन गाडी ठीकै चलेको थियो भन्नुपर्छ।
तोरण प्रसादलाई एउटा अवसर आउँछ। प्राध्यापन सम्बन्धी तालिम लिन एक बर्षको लागि अमेरीका जाने। मेट्रीक, आई-एस्सी, एम्-एस्सी सबैमा अब्बल् प्रतिशत्। प्राध्यापनमा पनि नाम चलेको। उनी छानिन्छन्। तोरण प्रसादको अब अमेरीका प्रस्थान हुन्छ। तोरणप्रसादको नाम अब छोट्टिन्छ-रन बन्न पुग्छन् ।

रन को तालिम के सकिन लागेको हुन्छ-नेपालमा पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलन् छेडिन्छ। पाकिस्तानमा जुल्फिकर भुट्टोलाई फांसीको संजाय दिएको बिरोधमा बिध्यार्थीहरुले काठमाण्डौमा प्रदर्शन् गर्दा प्रहरीबाट लाठीचार्ज भए पछि आम्दोलन मच्चिन्छ। बिध्यार्थीहरु त भईहाले, शिक्षक-प्राध्यापकहरु, स्वाथ्यकर्मी, निजामती कर्मचारीहरु सबै आन्दोलनमा होमिन्छन्। देश तनावग्रस्त बन्न पुग्छ। अव रन दोधारमा पर्छन्। नेपाल फर्किने कि नफर्किने भनेर। नेपालमा भद्रगोल भैराखेको बेलामा यहिं बसेर पि एच् डी पो गर्नु पर्छ कि भन्ने बिचार आउँछ। साथी भाइ, घरपरिवारसंग सल्लाह गर्छन्, सबैले सकारात्मक राय दिन्छन्। रन ले छत्रब्रिती पनि पाइहाल्छन्। श्रीमती, बच्चाबच्ची सबैलाई अमेरीका झिकाउँछन्। रन अध्ययनमा जुट्छन्। पीएचडी सक्छन। पोस्ट डक्टरेट पनि गर्छन्। उनलाई मिनीसोटा विश्वबिध्यालयले जागीर दिन्छ। रन प्राध्यापक बन्छन्। बेला बेलामा उनलाई नेपाल फर्किने ख्याल पनि आउंछ। तर बच्चाबच्चीको भविष्य जहिले पनि अगाडी आईदिन्छ। यहाँ जुन स्तरको शिक्षा छोरा-छोरीले पाईरहेका छन् त्यो नेपालमा कहाँ सम्भव छ? आफुले हासिल गरेको योग्यताको नेपालमा के कदर होला र? नेपालमा जागीर टिकाउन पन्चायती नेताहरुको चाकडीमा जान पर्ने हुन्छ। फेरि यहाँको जस्तो सुख सुबिधा त्यहाँ कहाँ? त्यंहा पुरानो एटलस साइकलमा कुद्ने तोरणप्रसाद यहाँ फोर्ड क्याप्री र भोक्स्वागन कारमा (सत्तरीको दशकको प्रख्यात ) हुंइकिन्छन्। छोरा छोरी हरु पनि त्यहाँ गएपछि उही पर्चा पोस्टर, जुलुश, नाराबाजीमा लाग्ने त होला। यिनीहरु पनि राजनीतिमै होमिएलान्। भबिष्य डाँवाडोल हुन्छ। छोरा-छोरी हुर्किदै जान्छन्। नेपाली भाषा बोल्न मुश्कील अंग्रेजी चांहि फररर। पढ्दै नपढेकी आमा चाहिंलाई छोरा-छोरीसंग कुरै गर्न गारो भैसकेको हुन्छ। नेपालीहरुको दशैं, तिहार जस्ता चाडहरु यी छोरा छोरीहरुलाई अब के याद हुनु? यिनीहरु त अव हलोवीन, थ्यांक्सगिविंग र क्रिशमश पो मनाउंछन्। नेपाल फर्कि हाले पनि छोरा छोरीलाई नेपालको परिबेशमा फेरि ढाल्न गारो हुने स्थिति भैसक्यो।
समय बित्दै जान्छ। नेपालमा २०३६ सालको जनमत संग्रहपछि केही समय केही शान्ति भएको जस्तो हुन्छ, तर २०४६ साल आईहाल्छ। सारा देश फेरि आन्दोलन्मय हुन्छ। प्रजातन्त्रको पुनर्स्थापना हुन्छ। नया संबिधान बन्छ, चुनाव हुन्छ तर शान्ति भन्ने कुरो अझै हुंदैन। पटक् पटक् चुनाव हुन्छ, सरकार परिवर्तन भैरहन्छ। माओबादीको नाममा देशमा सशस्त्र युद्ध शुरु हुन्छ। राजदरबार हत्याकाण्ड पछि राजा ज्ञानेन्द्रको गद्धीआरोहण र त्यसपछि राजाको प्रत्यक्ष शासन्, माओबादी सहित दलहरुको राजतंत्र बिरुद्ध आन्दोलन र राजतंत्रको अन्त्य र गणतंत्रको स्थापना। नेपाल फर्किने उपयुक्त समय कहिले आएन। पछि पछि त उनले त्यसबारे सोच्नै छोडिदिएका थिए। अब किन फर्किने, के का लागि? आफ्नो आमाबाबुहरु, आफुलाई चिन्ने, कोही नातागोता-साथीभाइहरु समेत बितिसके। पछि जन्मेकाहरुले चिन्दा पनि चिन्दैनन्।
यता छोरा छोरीहरुले कलेज सिध्याए। दुबैले यतैका जीवनसाथीहरु पनि रोजे। रन पनि रिटायर्ड भैसकेका हुन्छन्।छोरा छोरीहरु दुबै बिहे गरेपछि आ-आफ्नै घर-अपार्टमेन्टमा सरे। पुरानो घरमा हुन्छन् त रन का बूढा-बूढी। घर शुनसान् भएको थियो तर नाति-नातिना भएपछि बूढा बूढीहरुलाई अलि रमाइलो भएकोछ। बाबु-आमाहरु काममा जान पर्ने भएकोले बच्चा-बच्चीलाई छोडेर जान्थे। रन का बूढा-बूढीहरुको काम् नाति-नातिना खेलाएर बित्दै थियो। त्यहि नाति-नातिना खेलाएर समय बिताउने मेलो पनि बन्द भयो। एक साल छोरा चांहिको कोलोराडो सरुवा भयो। त्यस्को छ महीनापछि छोरी पनि क्यालीफोर्निया गईन्। नाति-नातीना पनि लिएर गैहाले। घर फेरी शुनशान्। रनका बूढाबूढी दुबैको शारीरिक अशक्तता बढ्दै गयो। शारीरिक भन्दा पनि मानसिक चिन्ताले खाएको थियो सायद । हिउँपर्दा हिउँ सोर्ने, हेमन्त ऋतुमा रुखका पत्करहरु सोहोर्ने र ग्रिष्म ऋतुमा यार्डमा घांस काट्न नसक्ने भैसकेका थिए। घरको मोर्टगेज केही तिर्न बांकी नै थियो । पुग नपुगमा छोरा छोरीले सहयोग गरिदिएका पनि थिए तर उनीहरुको आफ्नै संसार फैलदै गएपछि सहयोग गर्न सकेनन्। उनीहरुले भनिदिए, "सरी ड्याड, अब हाम्रो आफ्नै समस्याहरु छन्, अब हामी तपाईहरुलाई सहयोग गर्न सक्दैनौ"।
छोरा छोरी दुबैको सल्लाहमा घर बेचिदिए र त्यसबाटा बचेको पैसा बैंक खातामा राखिदिए र उनीहरुलाई नर्सिंग होममा सारियो। नर्सिंग होममा सरेको एक् बर्षमा रन को बूढी खसिन्। रन एक्लै भयो। रनको यादमा जीवनका एक्-एक पानाहरु पल्टीरहेको हुन्छ। यत्तिकैमा सुसारेको प्रबेश हुन्छ-रन्, तिमी लन्च खान पनि आएनौ , तिम्रो लन्च यहिं ल्याईदिएको छु।
रन व्हीलचेयरलाई हातले गुडाउंदै टेबलतिर बढ्छ। सुसारेले नेपकिन मिलाइदिन्छे। रन्, एन्जोय योर् मील भन्दै सुसारे निस्किन्छे। रन चुपचाप लन्च खान थाल्छ। कांटा चम्चा प्लेटमा ठोक्किदा आउने ट्वाक्-ट्वाक आवाजले शून्यतालाई बेला बेलामा भंग गर्छ। रनलाई जीवनभर हासिल गरेको उपलब्धी, नाम, सम्पत्ती, नातागोताहरु सबै सपना जस्तो लाग्छ। जीवन एक् सपनाको संसार रहेछ -जुन् निंद्राबाट ब्युँझदा हराई जान्छ। बांकि रहन्छ त फगत यादहरु।
Read more...