Skip to main content

Posts

अंग्रेजी नयाबर्ष २००९ को शुभकामना !

आकास भरि कालो बादल छ तर पनि नया बर्ष आएकैछ, अझै सुनसान रातनै छ तर पनि कोईली ले गीत गाएकैछ आखिर सयौं बाँचा खाएपनि गर्ने त केहि होईन कसैले तैपनि यो नया "नया बर्षमा" मा एउटा झिनो आश लाएकैछ ! समय बित्न केहि समय नै लाग्दो रहेनछ । मिनेट, घण्टा, दिन, महिना, अनि बर्ष त एकै छिन मा जादो रहेछ नि । यो छोटो समय लाई सहि सदुपयोग गर्नुहोला। आफ्नो परिबार तथा मित्र हरुलाई यो नया बर्ष मा केहि समय दिनुहोला। ठुला लाई आदर र साना लाई माया दिन नछुटाउनु होला । तपाईको सहि पाईला हामी सबैको लागी मार्गदर्शक हुन सक्छ । नव बर्ष २००९ को उपलक्ष्यमा तपाईको सुख शान्ति र स्वास्थ्यको मंगलमय शुभकामना । ~ सपनासंसार

सपनासंसार श्रष्टा परिचय !

सपनासंसार मा आफ्नो समय खर्चने, नेपाली भाषा र साहित्यको अनुरागि पाठक तथा श्रष्टा हरु सबैमा, यो सपनासंसार को तर्फ बाट सलाम । सपनासंसार मा आफ्ना अमुल्य श्रृजना हरु पस्कनुहुने सबै श्रष्टा हरुलाई म ह्रदय देखि धन्यबाद दिदै उहाँहरु सबैको छोटो परिचय तल पस्केको छु । १. आचार्य, प्रभा बि सं २०१९ साल जेष्ट, दार्जिलिङमा जन्मनु भएकी प्रभा आचार्य , साहित्य र गीत लेखन मा रुचि राख्नु हुन्छ ।एम ए सम्म को शिक्षा हासिल गर्नुभएकी, आचार्य ले आफ्नो लेखन यात्र २०३४ बाट सुरु गर्नु भएको हो । कबिता ,कथा ,मुक्तक ,लघुकथा ,नाटक ,गीतिनाटक ,गजल ,भजन इत्यादी लेखन बिधा मा हात हाल्नुभएकी आचार्य ले, क्रीती -''तिम्रो पर्खाइमा '',''ड्रीम्स''(गीती एल्बम २०५१ ),''इश्वोर बन्दना '' भजन (अडिओ २०५५ ),'' परदेशबाट '' (कबिता सङ्रह २०६२ ) जस्ता श्रृजना हरु आफ्ना पाठक तथा श्रोता हरुलाई पस्किसक्नु भएको छ । २०५१ साल मा कोठेसाहित्यिक्यात्रा को अधक्ष र २०५२ मा प्रतिभा निकेतन,साहित्यकलासङमको सदस्य पदभार संम्हाल्नुभएको आचर्यले, रेडियो नेपाल को लागि रेडियो नाटक तथा गीतिकथाहर...

डिसेम्बर २१, २०१२ यो युग को अन्तिम दिन !

"आज मैले मेरो काम बाट राजीनामा दिए । म संग डिसेम्बर २१, २०१२ संम आफुलाई पुग्ने संम्पती र पैसा छ। अव म मेरो बाकी जीवन सार्थकता का साथ बिताउछु । मलाई पुर्ण बिश्वास छ कि, यो संसार ध्वस्त हुनेछ त्यो दिन र यो तपाईले पनि मान्नै पर्छ ।" यो भनाई मेरो होईन पाठक बृन्द हरु । यो भनाई मैले, बेल्जीयम निवासी प्याट्रिक गेरिल ले ए बि सि टेलीभिजन लाई दिएको अन्तर्बाता बाट साभार गरेको हुँ । आज सम्म सयौँ मानिस हरुले आप्नो काम तथा ब्यवसाय बाट पर रहेर जीवन का अन्तिम दिन पो पर्खाई साथ साथै अन्तीम भोज को तयारी मा जुटेका छन । आखिर के हो त डिसेम्बर २१, २०१२ ? तपाई हरु मध्य धेरै लाई त थाह नै भैसक्यो होला डिसेम्बर २१, २०१२ को बारेमा । मायन सभ्यता अनुसार हामि अहिले दुई जिवन चक्रका वक्र प्रतिच्छेदन (Curve Intersection) भयको बिन्दु नजिक पुगिराखेका छौँ । हरेक २५६२५ बर्षमा १ आकाशगंगीय दिन(Galactic Day) हुन्छ र यो दिनलाई हरेक ५१२५ बर्ष को ५ वटा जीवन चक्रमा बिभाजीत गरिएको छ । मायन पात्रो अनुसार, यी ५ महान चक्र मध्य एक चक्र,अर्थात यो शृष्टि को आयु, सन २०१२ डिसेम्बर २१ तारीख का दिन अन्त्य हुदैछ । मायन पात...

जन्मदिन को शुभकामना !

जुलाई १० अथवा असार २६, आजकै दिन मेरो प्यारो भाई बिनोद ले मेरी आमालाई एउट ममतामई खुसि ले सिंगारेको, त्यो दिन जन्म दिने आमा लाई जस्तो प्यारो कसलाई हुन्छ र । शिशीरका कठ्याङ्ग्रीदा ति जाडो हरु झेलेनौ को तिमीले अनि गर्मि का ती उराठलाग्दा दिन हरु संग जुदैनौ कि तिमीले तर पनि तिम्रो त्यो स्थिर मन, सलाम गर्न मन लाग्छ मलाई। आज तिम्रो जन्म दिनको उपलक्क्षमा तिमिलाई सधै पर्गति, धिर्घायु , र सुश्वास्थ को कामना दिन सिवाय के नै सक्छु र म। अ अर्को कुरा मिल्ने भए तिमी लाई मेरो उमेर पनि लागोस। तिम्रा हेरक पाईला हरु सहि मार्ग मा चालियुन, र सधै सफलता ले चुमुन। कस्तो संयोग, आज तिमीले अमेरिकामा सफ्टवेर ईन्जिनियर को कार्यभार संहालेको पनि १ बर्ष बितेछ, तिमीलाई अवश्य पनि तिम्रो काम को ईमान्दारिता को पुरस्कार मिल्नेनै छ, नुन को सोझो भयर काम गर्नु तर आफ्नो हक र अधिकार माथि कसैलाई पनि राज गर्न नदिनु । अनि तिमिले यहि बर्ष अमेरिका को दक्ष्य जनसक्ति को भिसा प्राप्त गरेको मा पनि बदाई ! धेरै खुसि हरु छन आज रम्नलाई , यस्ता रमाईला दिन हरु सधै हाम्रा जीबन मा आईरहुन । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

कार्टुन : ठूलो भएपछि !

"> [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

म ट्रेनिंङको जाच मा ९० % ल्याएर पास गरे

आज मेरो काम को दुइ दिने ट्रेनिंङ को अन्तिम दिन । ट्रेनिंङ पछि जाच दिनु पर्ने हुन्छ । मैले त्यो जाच ९० % ल्याएर पास गरे। पास हुनको लागि कम्ति मा ८० % ल्याउनु पर्छ । आज को परिक्षा मा ८ जना (७ गोरे सहित) सामेल मा ४ जना मात्रै पास भयका थिय।फेल हुनेले फेरि ट्रेनिङ लियर परिक्षा दिनुपर्छ । ३ चोटि सम्म परिक्षा पास नभयमा काम बाट निकिलिन्छ अरे !

अमेरिका मा सफ्थवेर इन्जिनियरिङ इन्ट्रन

आज मेरो काम को दोस्रो दिन ! अलिकति उत्साहि अनि आलिकति डर साथ बित्यो । मेरो पद सफ्थवेर इन्जिनियरिङ इन्ट्रन भनेर दिइयको रहेछ।आज औपचारिक रुपमा बिभागिय मिटिङ्ग मा मेरो परिचय गराइयो । करिब ५० जना गोरा अनहार हरु को बिचमा मेरो अनुहारले कता कता सबैलाइ कौतुहलताले घेरिदियको थियो। मेरो सुपरभाइजरको पनि बोस अथवा भनौ मेरो बिभगिय प्रमुखले मेरो सुपरभाइजरलाइ मेरो परिचय गर्ने अनुमति दिय पछि मात्र मेरो सुपरभाइजरले मेरो सबै सामु आधिकरिक परिचय गरायो। म उठेर सबै लाइ हाइ भने र खालि मेरो सुपरभाइजरले राखेका मेरा परिचयका बाक्य हरुमा टाउको हल्लायर समर्थन जनाइरहे । मेरो काम अलिकति डरलाग्दो नै छ । जावा भन्ने प्रोग्रामिंग भाषा प्रयोग गरेर यउटा नया प्रोग्राम बनाउनु पर्नेछ र यसलाइ “ MNGP AOV Data Base Management System” नामाकराण गरियको छ र यो प्रोजेक्ट म एक्लैले सकनु पर्ने हुन्छ । अलिकति डर लागेको छ कतै बिचमा गएर सकिन्न कि भनेर, तर पनि यत्रो सिङ्लो मान्छे अनि मेरो प्रिय इन्टरनेट साथमा हुदा कसो नसकियला जस्तो लाग्छ ।अनि पुरा आत्म बिश्वाश जागेर आउछ , “म सक्छु “। म यो कम्पनि अर्थात Monticello Nucle...