Skip to main content

Posts

Showing posts from November, 2010

प्रतियोगी कविलाई सुझाव !

कविता रचयिता : निर्भीक राई पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस् वाचन गर्ने मौकाको आसले पनि कविताप्रतियोगितामा तिमीले कविता नभिडाउनु । निर्णायक मण्डलको आँखाहरुले कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा कविता भिडाउनु सम्म ठीकै हुने । किनकि निर्णायक मण्डलमा तिम्रो नाता वा चिनारु नहुन सक्ने । त्यस्तै तिम्रो कवितामा देश दुखेको र बलात्कृत भएको, भूगोल मिचिएको, हिमालको हिम्मत,पहाडको पहरा, तराईको त्राण (ह ह,प प, त त मिलाइएको शब्दचयन), जिजीविषा, आमा, सपना, अलिकति, नीलो, टाँग्नु, अनुवाद हुनु, युद्घ, वा बुद्घ शब्दहरु नभए निर्णायक मण्डलको धुरन्धर आँखाहरुले तिम्रो कविता नरुचाइने । किनकि निर्णायक मण्डलको प्रकाण्ड कविहरु लामा र पुरोहितझैँ पूर्वाग्रही र परम्परावादी हुनाले प्रयोग र परिवर्तन उन्मुख तिम्रो कविता उनीहरुको नजरमा तिरस्कृत हुने । २०६७ भदौ, मनमैजु, काठमाण्डू । जन्मथलो: नेपालेडाँडा, भोजपुर पेसा ः स्वतन्त्र अध्ययन र लेखन । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तथा तिहार मनोरञ्जन साँझ २०१०, सेन्ट क्लाउड स्टेट युनिभर्सिटी

हरेक बर्ष जस्तै यो बर्ष पनि शुभ विजयादशमी तथा दीपावली को शुभ उपलक्ष्यमा सेन्ट क्लाउड स्टेट युनिभर्सिटी का विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम गरेर उल्लासमय तरिकाले मनाएका छन् । कार्यक्रममा युनिभर्सिटीका प्रेसिडेन्टले दियो कलस बालेर कार्यक्रम शुभारम्भ गरिएको थिए! उक्त कार्यक्रममा दशैँ तथा तिहारको पृष्ठभूमिमा रहेर विद्यार्थीले नाच गान, लघु नाटक, तथा देउसी भैलो गीत प्रस्तुत गरेका थिए । साथ साथै कलिला गोरी नानीहरुले पनि नेपाली नृत्य प्रस्तुत गरेर दर्शकदिर्घा बाट स्याबासी बटुलेका थिए । प्रस्तुत कार्यक्रमा मा डेनीले गाएको गीत " सिग्रेट नदेउ म बिढि खानेलाई माया नदेउ म हिडि जानेलाई" भन्ने गीत मा नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम को उत्तरार्द्धमा मुखै रसाउदो भोजन का साथै नेपाली रात्रीभोज आयोजना गरिएको थियो । यसरी विद्यार्थीहरूले आफ्नो रीतिरिवाज तथा संस्कृति विश्व समुदाय सामु पस्केको देख्दा पङ्क्तिकारलाई खुसी लागेको छ ! तस्वीर: राजु श्रेष्ठ उक्त कार्यक्रमका का केही भिडियोहरू यहाँ तल प्रस्तुत गरेको छु । १ दुर्गा नृत्य उक्त कार्यक्रमका अन्य केही भिडियोहरू तल प्रस