Skip to main content

Posts

Showing posts from April, 2009

जिन्दगी नै धोका सम्झेर बचेँ

गुरु केदार बराल अमेरिका दुनियाँ को उपहास भएर बचेँ पागल को उपमा पाएर बचेँ तिमीले मलाई छोडे देखि म यस्तै धेरै हालतमा बचेँ आँखा को आसु रित्ताएर बचेँ मुटु को घाहु लाई सएर बचेँ हासो सबै सएर बचेँ एकान्त लाई साथी बनाएर बचेँ सुन सान तिम्रो याद म कल्पेर बचेँ तिम्रो तस्वीर छाती म च्य्पेर बचेँ आफु लाई आँफैबाट हराएर बचेँ म यस्तै धेरै हालतमा बचेँ तिमीलाई अरु सगै हिंडेको हेरेर बचेँ दुनियाँ मा तिम्रो चर्चा सुनेर बचेँ त्यो हाम्रो आतित सम्झेर बचेँ म यस्तै धेरै हालत मा बचेँ खाली अस्तिपञ्चर लिएर बचेँ मुटु बिनाको ढुक्ढुकी लिएर बचेँ तिम्र लागि हजरौ अपहेलना सएर बचेँ लाखौं पटक मरेर बचेँ तिमीले मलाई छोडे देखि म यस्ता हजरौ हालत मा बचेँ आफ्नै मुटु चुडेर बचेँ हजार पटक रोएर बचेँ भन तिमी म कसरी बचेँ तिम्रै यादमा म बचेँ तिम्रै नाम जपेर बचेँ न म सक्छु भुल्न तिमीलाई न सक्छु याद मा विर्सन तिमीलाई धोका नै धोका को जीबन मा जिन्दगी नै धोका सम्झेर बचेँ जिन्दगी नै धोका सम्झेर बचेँ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

वास्तविकता

संगम 'मरुभूमि' तनहूँ ऊ प्रतिभावन कलाकार हो। उसको कलाको प्रशांसा नगर्ने सायद कोही नहोलान। आज पनि ऊ एउटा राष्ट्रियस्तरको सास्कृतिक कार्यक्रममा सहभागी हुदै छ। त्यसमा उसले नाटकको प्रमुख पात्रको भूमिका निभाउने भएको छ। रङ्गमञ्चको पर्दा विस्तारै खुल्छ नाटक सुरु हुन्छ। अरबपतिको भूमिकामा उसको जीवन्त अभिनय देखेर सबै दर्शक प्रभावित भए। त्यसबखत उसले पैसाको सिरानी बनाएको, सुनको थालीमा खाएको र लाखौँ असफी दान दिइएको दृश्यले व्यक्तित्व नै अर्कै देखियो। कार्यक्रम सकियो र ऊ डेरामा फर्कियो। निकै रात परि सकेछ। उसले स्टोभ वाल्यो पानी ततायो र नुन मिसायो अनि विहानको वाँकी रहेको रोटीको टुक्रा पानीमा चोप्दै स्वादिष्ट मानेर खान थाल्यो।

सन्दर्व सेनापति प्रकरण: खरीपाटीको गा्रण्डडिजाईन

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सात संसदवादी दलहरु र विशेषतः बयोवृद्र राजनेता गिरिजाप्रसाद कोइरालाको दौराको फेर समातेर हिंसात्मक जनयुद्धको बाटो छोडी शान्तिपूर्ण राजनितीको मुलधरमा आएको माओबादीले आफू भूमिगत रहदा निकै प्रभावकारी तरिकाले फ्याक्ने गरेको "फुटाउ र राज गर!" को अस्त्र खुला राजनितीमा आइसकेपछि भुत्ते हुदैगएको मात्रै होइन पुरै खिया लगिसकेको तथ्य घामझैं छर्लङ्ग छ। धोकाको राजनितीमा सबैलाई पछारेको माओबादीको बहुप्रचारित खरिपाटी भेलाले नेपाली काग्रेसलाई प्रधान शत्रु किटान मात्र गरेन, सेना, अदालत र प्रेस आफ्नो बाटोको काढा र तगारो हो भन्ने अघोषित निष्कर्ष पनि निकाल्यो। यि सबैलाई लथालि्ङ्ग र भताभुङ्ग पार्ने गा्रण्डडिजाईनको बिकृत रुप हो सेनापति प्रकरण। भनिरहनु परोईन, प्रधान सेनापति कटवाल त्रिशुलीमा घोडा चढेर हाम्फाल! भन्दैमा हाम्फाल्ने र धरहराबाट तल हाम्फाल! भन्दैमा हाम्फाल्ने मुर्ख जंगबहादुर होइनन्। तत्कालिन प्रधान सेनापति र राजाले बल प्रयोग गरेेर जनआन्दोलन दबाउने बारे छलफल गर्दा रक्तपात हुन्छ त्यसैले नो! भनेर सल्लाह दिने स्वभिमानी कटवालको काधमा बन्दुक राखेर नानाथरी

गजल

अधिकारी, बसन्त मोहन मरिसकेको छु ,जलाऊँ आएर अब के चाहन्छौ, मेरो घर जलाएर अब विश्वासमा दिए, संसार तिमीलाई जलिरहेछु तिम्रो आगो पाएर अब कुन गल्तिको सँजाए दियौ तिमीले दिन सक्दैनौ जीवन ल्याएर अब मानव भनौँ कि के भनौँ तिमीलाई नजलाउँ यो मनमा छाएर अब यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

अनेसास इजरायलको साहित्य सम्मलेन सफलतापूर्वक संपन्न

कृष्ण थापा तेल अभिभ, इजरायल नेपाली भाषा साहित्य र संगीत प्रति समर्पित संस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज इजरायलको आयोजनामा यही २५ अप्रिल शनिबार इजरायलको तेल अभिभमा प्रथम साहित्य सम्मेलन सफलतापुर्वक सम्पन्न भयो ।नेपाली राजदुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्टज्युले ३ हरफे कविता "हाइकु" वाचन गरेर सो सम्मेलनको समुदघाटन गर्नुभएको थियो । कार्यक्रममा स्वागत मंतव्य राखने क्रममा अनेसास इजरायलका सदस्य शंकर पौडेलले यो सम्मलेनबाट इजरायलमा रहेका नया प्रतिभाहरुको पहिचान गर्न र संगठन बिस्तार गरि आगामी दिनहरुमा अन्य गतिबिधिहरु सञ्चालन गर्न बाटो खुलेको छ भन्दै आमंत्रित अतिथि सहभागी तथा उपस्थित साहित्यप्रेमी सबैलाई स्वागत र धन्यवाद व्यक्त गर्नु भयो ।साथै उहाँले भविष्यमा अनेसासको सबै प्रयत्न र कोशिशहरुले यसरी नै सबैको माया र सदभाव पाउने अपेक्षा पनि गर्नु भयो । प्रमुख अतिथिको आसनबाट बोल्दै श्री मुक्तिनाथ भट्टले नेपाली साहित्यको उत्त्थानका निमित्त इजरायलको नेपाली डायोस्पोरा संगठित भएकोमा खुसी व्यक्त गर्दै साहित्यिक गतिविधि अब क्रमिक रुपमा अघि बढ़ने कुरामा विश्वास व्यक्त गर्न

'आमा कहाँ बिलायौ

आचार्य, प्रभा बोल्डर् आमा तिम्रो मात्रित्वको परीभाषा कसरी म दिउ ? जब कि तिमीले त मलाई न्यानोपनको आभाष नै नदिइे छाडेर गयौ .... बात्सल्यताको महत्व नबुझाई बिलिन भयौ ... म भने आमा ,आमा चिच्याइ रहें तिमी त कठोर् बनी शुन्यमा बिलायौ ... जब मलाई तिम्रो न्यानोपनको आवश्यकता थियो तब तिमी त आँफै चिसिएर बगर बन्यौ जब मलाई तिम्रो उपदेशको चासो थियो तब तिमी त वाक्यहिन भै क्षितिजमा निदायौ भन... आमा तिमी कस्तो सजाय दिइे टाढा टाढा अस्तित्वहिन भै कुन नभमा बिलायौ ? मलाई जन्म दिइे सहाराहिन् किन बनायौ ? आमा कुन क्षितिजमा हरायौ ? मेरो बात्शल्यताको अर्थ किन लुटायौ ? (समर्पित ''मदर्स डे ''मा ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

केशब आचार्य तिमीसँग जिन्दगीको धेरै कुरा गर्नु थियो ओभानो त्यो तिम्रो सिउँदो सिदूरले भर्नु थियो ... उजाड यो जिन्दगी यो सधैंभरी आफ्नोलागी चन्दा मागी तिमीसँग माया केही छर्नु थियो ... आँधी चल्छ छात्तिभित्र निराशाको भेलसङै परिसक्यो जिन्दगी यो भूमरिमा पर्नुथियो ... आफ्नै बाटो आफ्नै साथ जिन्दगीको यात्राभरी झरिसक्यो कोपिलामै जिन्दगी यो झर्नु थियो .... यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

लोकलाज पचाउदै लोकतन्त्र

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सन्दर्भ हप्ता दश दिन अघिको हो, लोकतान्त्रिक नेपालको नयाँ लोकमार्ग ( पृथ्बी राजमार्ग) मा म यात्रारत थिए। काठमाडौबाट सखारै हिडेको मेरो गन्तब्य पोखरा थियो। अस्वभाभिक रुपमा हुईकिदै र बत्तिदै हिडेको माईको् बस तनहँुको छिर्कनमा पुगेर रोकियो। सबारीको लाम देखेर धेरैले दुर्घटना वा यस्तै केही अनिष्टको लख काटदै थिए, यत्तिकैमा हल्ला चल्यो―बाटो बन्द छ। काठमाडौबाट पोखरा हिडेको कुनै बसले एक स्थानिय बृद्वालाई सामान्य ठक्कर दिएको निहुँमा क्षतिपूर्तिको माग गर्दै केही ब्यक्ति र आफन्तजनले बाटो बन्द गरेका रहेछन। तनहँु जिल्लालाई जाम, बन्द र हडताल मुत्क भनि गरिएको सर्वपक्षिय घोषणाको मसि सुकेको केही दिन बित्न नपाउदै गरिएको यो अराजक कामले सबै दुखित थिए। यक्तिकैमा डुमे्र अस्पताल बाट रिफर गरिएकी एक सिकिस्त बृद्वालाई बोकेर राष्ट्रिय मानव अधिकार आयोगको गाडी भीड छिचोल्दै बन्दकारी सामुन्ने आईपुग्यो र जान दिन अनेक अनुनय गर्यो। यात्रुहरुले समेत आफु जान नपाए पनि बिरामी बोकेको मानब अधिकार आयोगको गाडीलाई जान दिनुपर्ने माग गरे। तर नेतृत्वहिन र अराजक भीडले उक्त गाडीमा रहेका मानब अध

''बिस्थापित हामी

आचार्य, प्रभा बोल्डर् प्रवासी तन,स्वदेशी मनको मिश्रित अस्थिपन्जर कहिले कमजोर बनेर ढल्न खोज्छ कहिले अस्थिर बनेर रम्न खोज्छ किन हो कुन्नी ?आमाको मोहले मोहित भएर होला शायद ... आफ्नै आमाको काखको सिरानी रोज्छ । रहर हो कि बाधयता ? रणभुल्लमा छौं हामी , आफ्नो अङेना र चुल्हो बिर्सी पराइेको गांस टिप्न वाध्य छौं हामी । ह्रीदयभरी छट्पटिका सासहरु गुम्साएर तरै पनि हाँस्न पोख्त छौं हामी स्वदेशको माटो पराइ बन्यो गाउँको बाटो बिरानो भयो मारुनी ,दोहरी र सोरठी भाका केवल सम्झना मै सिमित रह्यो लिङे पिङ र रोटेपिङ्को रमाइलो आँखाभरी भरी छाइे रह्यो कस्तो बिवस्ताको खेल हो यो पराइ भुमी नै रोज्नु पर्‍यो कस्तो धर्म संकट हो यो आँफैलाई बिस्थापित गर्नुपर्यो । (अमेरिका ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

बेल्जियमको अन्तरसंस्था न्रित्य प्रतियोगिता कार्यक्रम सम्पन्न

पुरुशोत्तम सुबेदी बेल्जियम नेपाली नयाँ बर्ष २०६६ को उपलक्षमा मोना बेल्जियम द्वारा १८ अप्रिल २००९ शनिबार को दिनमा आयोजित अन्तरसंस्था न्रित्य प्रतियोगिता भब्यरुपमा सम्पन्न भएको छ । नेपाली दुताबासका महामहिम प्रमेस हमालको प्रमुख आतिथ्यमा सन्चालन गरिएको उक्त कार्यक्रममा बेल्जियमका केही संघ संस्थाका बेल्जिग नागरिकहरुको समेत बिशेष उपस्थिती रहेको थियो । संस्थाका अध्यक्ष शिवकुमार बरुवाल को अध्यक्षतामा सुरु भएको प्रथम चरणको कार्यक्रममा भ्लामिस्स लिवरल डेमोक्रेटिभ पार्टीका सदस्य तथा ए बि एल संस्थाका चेयरमेन हुगो मिखाइल- बिकास प्रोजेक्टका प्रतीनिधी लगाएत बेल्जियम मा रहेका बिभिन्न संघ संस्थाका प्रमुख पदाधिकारी सहित यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा हलको क्षमता भन्दा अत्यधिक मानिसहरुको उपस्थिति रह्यो । यस अन्तरसंस्था न्रित्य प्रतियोगितामा बेल्जियम र बेल्जियम बाहिरका संघ संस्थाहरु (१) तामाङ समाज बेल्जियम Tamang Society belgium (२) मोना बेल्जियम Mona बेल्जियम (३) एन डि एफ बेल्जियम ब्रुस्सेल कमिटी Ndf belgium brussel regional comitee (४) नेपाली ब्याबसयी संघ बेल्जियम NEBA

Harvesting solar power from outer space !

I was driving back to my home from my office. One the way I got a chance to hear about harvesting solar power from outer space, broadcasted on the National Public Radio. I found it an interesting topic to share with you all. Two different organizations JAXA (Japan Aerospace Exploration Agency) and Solaren Corporation, California have already started working on it and both of them have claimed that they can produce energy for commercial purpose by 2016. Space based solar energy technology is an idea of going to the space where sunshine is always constant and the intensity is at least 10 times higher than here in earth, since it doesn’t have to pass through the atmosphere . The idea behind the space solar energy is to collect that solar energy in space and transmit it efficiently to the earth. Two large reflectors would be there on space that continuously collect the incoming sunlight and converge it into the Photovoltaic Cells array, using the secondary mirrors as shown in the fig

तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन !

आनन्द अधिकारी को रचनामा आशिस 'अबिरल" को संगीतमा नरेन्द्र प्यासी द्वारा स्वरबद्द "तिमी बिनाको जीवन सोच्न सम्म नि म सक्दिन , फुल बिनाको बासना सोच्न सम्म नि म सक्दिन" भन्ने गीत आज यहा साथीको रोजाई गीत अन्तर्गत प्रस्तुत गरेको छु । प्रस्तुत गीतले हिट्स् एफ एम म्युजीक अवार्ड २०६५ मा "उत्कृष्ट रेकर्ड अफ द ईएर" पुरस्कार प्राप्त गर्न सफल भयको थियो । नेपाल Nepal TeleCom ले मात्र, यो गीत को ६०,६८२ CRBT (Caller Ring Back Tones ) बेचेको छ । तपाईलाई यो जानकारी गराउकी यो गीत को प्रति CRBT डाउनलोड गरेबापत Nepal TeleCom ले ग्राहक संग ने रु १२.४३/- लिन्छ । [source : http://crbt.ntc.net.np] . त्यसै गरी मेरो मोबाईल तथा युटिएल ले पनि उत्तिनै संख्यामा यो गीतको CRBT बेचेका छन् । प्रतिलिपी एैन अनुसार यसरी गीत ईन्टर्नेटमा हाल्न त नपाईने हो तर कसैले युट्युब मा हालेका रहेछन् मलाई मेरो साथीले लिंक पठाईदियो , मैले केवल लिंक मात्र राखेको हु , सपनासंसारमा । तपाईलाई गीत राम्रो लागेमा किनेर पनि सुनिदिनु भएमा कलाकारहरुको हौसला बढ्ने थियो ।

अबुधावीमा नयाँ बर्ष

बसन्त थापा“जीवन” २०६६।०१।१ नयाँ बर्ष २०६६ को पाबन अबसरमा युएई अबुधाबीको क्राउन प्लाजामा कार्यरत नेपालीहरुले भब्य कार्यक्रमका साथ नयाँ बर्ष मनाए। उनीहरुको आफ्नै होटलको कार्यक्रम हलमा नेपाली खानाका परिकार, नेपाली भेषभूषा लगाएर तथा नेपाली कला संस्कृती झल्कने भिडीयो प्रर्दशनीका साथ एक आपसमा शुभकामना आदान प्रदान गरे। बिदेशीहरुले नेपाली खानाखानुका साथै नेपाली संस्कृती र प्राकृतीक सम्पदा झल्कने भिडीयो निकै अभिरुचीका साथ अबलोकन गरेेका थिए। उक्त समयमा होटलका जी एम ले कार्यक्रमको उद्धाटन गरी सर्म्पूण नेपालीहरुलाई शुकामना दिएका थिए। नेपालीको नयाँ बर्षको दिन श्रीलंकाको पनि नयाँ बर्ष भएकाले कार्यक्रम संयुक्त रुपमा सम्पन्न भएको थियो। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

Nepali New Year Message From State Secretary, Hillary Clinton

Source : http://www.state.gov/secretary/rm/2009a/04/121600.htm Hillary Rodham Clinton Secretary of State Washington, DC April 13, 2009 To all those around the world who share common Nepali cultural and linguistic traditions, I send best wishes for a happy 2066. I hope that in this New Year, Nepal will continue on the path to peace and prosperity. As you welcome the New Year, I salute the spirit of tolerance and shared heritage that brings Nepalis together regardless of their differences on this day to celebrate and exchange good wishes. All New Year celebrations reflect the hope of new beginnings. As the world faces the greatest economic challenges in generations, we all must stand together to embrace the New Year’s promise of rebirth and renewal. Naya Barshako Suba-Kamana! PRN: 2009/321 यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

ANMN नेपाली नया बर्ष २०६६ कार्यक्रम !

गत बर्ष जस्तै यो बर्ष पनि मिनिसोटामा रहेका नेपाली हरुको प्रतिनिधित्व गर्ने समुह , Association of Nepalis in Minnesota(ANMN) ले एप्रील ११, शनिबारको को साझ पारेर, नबबर्ष २०६६ सालको शुभकामना आदानप्रदान गर्ने हेतुले, "Nepali New Year B.S. 2066" नामक सास्कृतीक कार्यक्रम प्रस्तुत गरेको थियो । यो कार्यक्रममा, २००९-२०१० को लागी नया कार्यसमिती पनि चयन गरिएको थियो । भाष्कर तिर्पाथीको अध्यक्ष तथा सुगम श्रेष्ठ,पोष्तक श्रेष्ठ र मित्र संग्रौला क्रमश, उपाध्यक्ष, सचिव र कोसाध्यक्ष निर्बिरोध निर्वाचित हुनुभएको थियो । उक्त कार्यसमितीले,छिट्टैनै बाकि रहेका ११ जना सदस्य हरुको चयन गर्नेछ । सास्कृतिक कार्यक्रममा सहभागी जनाउन सेन्ट क्लाउड स्टेट युनिभर्सिटि, म्यानक्याटो स्टेट युनिभर्सिटि तथा युनिभर्सिटि अफ मिनिसोटा डुलुथ बाट पनि नेपाली बिधार्थी साथीहरु पाल्नुभएको थियो । सास्कृतीक कार्यक्रममा सबै प्रस्तुती हरु उत्कृष्ट रहे पनि ३ वटा प्रस्तुती हरुलाई पुरस्कृत गरिएको थियो । ५ जना को निर्णायक मण्डलीद्वारा, प्रठम पुरस्कार, युनिभर्सिटि अफ मिनिसोटा ढुलुथ समुहका, दिपा सर्मा र सुजिता बराल, द्वित्तीय पुरस

Misunderstanding and My dedication

~Shamana Friends are those whom we can trust Friends are those whom we can share Friends are those who understand you Even at the time you misunderstood Friends are our shoulders at the time of rest Their support, love and care are the best Thanks my all friends for the encouragement For the Courage, power and strength So sweet of them help to relieve my pain As they became an umbrella in the rain Thanks for clearing the misunderstanding Making my heart like a kite flying in the sky Without you I can’t get guidance Without you I don’t learn a lesson So tipping words of thanks for cooperation Requesting my friends to accept this as my dedication. As my dedication………………………………………………… Let’s have a look on the formation of this word misunderstanding. Mis + Understanding. Missing of understandings. This occurs in everyone life. I think we all have faces the condition arises from misunderstandings between friends, with parents etc. Due to which some may lose friends, may have conflict and may

गजल

बसन्त थापा“जीवन” चन्द्रावती, तनहुँ हालः– युएई,अबुधाबी आज मलाई एकान्तमा रुन मन लाग्यो। तिम्रो तस्बिर नियालेर छुन मन लाग्यो।। हाँस्ती हौली साथी संग रमाएर जिस्कीएर टाढा हैन तिम्रो नजिक हुन मन लाग्यो।। पान बुट्टे रुमाल तिम्रो चिनो लाई सानु। नयनका परेलीले धुन मन लाग्यो।। हजार तेज सुर्यझैं चम्किएकी तिमीलाई उपहार दिन मलाई जुन मन लाग्यो।। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

विवधता

कपिल आचार्य, मलेसिया सुनसान रातको धनधोर अँधेरीमा टिप टिप ज्योति छर्ने जुनकिरीहरु रात्रि परिवेशको फाइदा उठाउँदै आलिध्रगन र रसपानमा झुम्ने मानिसहरु टाउको फुट्ने सू्र्यको प्रचष्ड रापसँगै साँगुरीदै जाने हाटबजारहरु, त्यहि टु पिसमा सजिइ एकले अर्कालाई उछिन्न खोज्ने रङ्गिन फिल्मी दृश्यहरु कोही मस्त छन्, मात्तिएका छन् आफनै संसारमा हराएका छन कोही श्रमिक छन्, शोषित छन् खान समेत पाएका छैनन् कहि हिउँ छ, हिमाल छ कठाङग्रिने चिसोले जीवन मलिन छ कहि गर्मि छ, पानी छैन्, टाउको लुकाउने टहरो पनि छैन् तैपनि जीवन चलेको नै छ पहिले मारकाट, लुछातान अनि जताततै आंतङ्कको कुहिरो थियो देशभरिनै चोर, ढाका, चन्दा, हत्या विस्फोट र विद्रोहको राज थियो अहिले विद्रोहीले नै शासन गर्दैछन् तैपनि आंतक जन्मिरहेछ, लुट मच्चिरहेकै छ, हिसां बढिनै रहेकोछ नातागोता फस्टाइरहेका नै छन् नेपाल अवनतितर्फ नै उन्मुख छ देशको शान गिर्दो नै छ, विदेशी हासेकै छन्, नेपालीलाई ऋण बढीनैरहेको छ, बढीनेरहेछ खै त विवधता, खै त उन्नति पहिले–अहिले अनि कोहि–कोहिमा पहिले–अहिले अनि कोहि–कोहिमा ~ मलेसिया, ०१६३८८५०९० . यो प्रस्तुती को मु्ल्यांङ्कन

I apologize !

~ Samana Words here are directly poured from my heart expressing my feelings and begging forgiveness from my friend. Friendship, exactly I don’t know the definition of it in literally words. In my simple understanding it means powerful bonding which do not smash by small reasons and even misunderstandings too. Friends are those who understand the way you are; be happy when their friends are happy and stands always holding your hands in both situation to share happiness and sadness. In our life we have to face different situation. Nobody wants to hurt their friends but sometime it happens unknowingly and unintentionally so if it happens this way, Can we get forgiveness from our friends? One of my best and beautiful moments of life had just finished, unknowingly I did a silly mistake for which I apologize from my heart. We were planning to go our home we met our friend. He tried to call someone to drop us our home. He was hanging in the phone; my one friend got a ride from her brother so

निर्दोष भरिया

पवन भण्डारी 'किरण' मिनिसोटा स्टेट युनिभर्सिटी ,म्यानक्याटो अमेरीका नसस्तिएको एक खिल्ली चुरोट दुई सर्को तान्दै अनि निभाउँदै फेरि सुस्केराको ताना बिसाउँदै भुन्टे र कालीका सय सपना बोकेर धुजा धुजा टोपीको डिजाइन मिलाउँदै कुनै घण्टाघरको बडेमानको पेण्डुलम जस्तै कहिले यता कहिले उता गर्छ गरिव भरिया। सिस्नो र न्यूरोको तिहुन हलो जोतेर घर फर्कियो डिडोको पीडो मरक्क पार्‍यो फाँडैसँग भए पनि औधी जान्थ्यो अबेरसम्म दुःखका कुटिरा साट्दा मनको बोझ मुरी घट्थ्यो यहाँ त पोख्ने ठाउँ पनि कतै भेटिन्न। दाह्री कपाल बढेर जुम्राको चिडियाखाना भएको छ कुनै दार्शनिक भन्दा कम देखिन्न पार्कमा सधैँजसो देखिने पागल लाचारसँग आफैलाई दाँजी हेर्छ सबै उस्तै उस्तै भगेर पर हराउन खोज्छ तर बिहान जाग्दा एकै गल्ली एकै सिरान पागलले उसलाई साथी मान्दोहो एक हूल कुकुर पनि छेवैमा भेट्छ अत्तिएर कहिले उठ्छ कहिले बस्छ कहिले हास्छ घठ अनि रुन्छ निर्दोष भरिया। + + + २०६४/०६/२२, काठमाडौं यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

"यात्रा नया नेपालको", नेपाल रात्री २००९

"यात्रा नया नेपालको" भनेर नामाङ्करण गरिएको , नेपाल रात्री २००९ , हिजो सेन्ट क्लाउड स्टेट युनिभर्सिटिमा भब्यताका साथ सफल भयो । नेप्लिज स्टुडेन्ट्स एसोसियसन(एन एस ए) का कोषाध्यक्ष सन्दिप फुयाल अनुशार, उक्त कार्यक्रमा मा करिव ९०० जना भन्दा बढी बिदेशी तथा नेपाली हरुले उपस्थिती जनाएका थिए ।नजिकैका सहरहरु तथा बिश्वबिध्यालयहरु बाट पनि कार्यक्रम हेर्न नेपालीहरुले आफ्नो उपस्थिती जनाएका थिए। एन एस ए का जन सम्पर्क समिती सदस्य बिनोद फुयाल तथा उप सभापती अशोक तुलाचनले जनाय अनुसार यो कार्यक्रम सेन्ट क्लाउड मा हुने कार्यक्रम मध्ये सबै भन्दा बढी जनसहभागीता हुने कार्यक्रममा पर्छ । यस मा भाग लिन बिदेशी हरु पनि निकै उत्साहित हुन्छन् । प्रस्तुत कार्यक्रममा नेपाली मन मुटु अनि मातृभुमी को झझल्को दिलाउने सास्कृतिक कार्यक्रम हरु प्रस्तुत गरिएको थियो । करिब २ १/२ लामो उक्त कार्यक्रमा मा बिदेशी बिध्यार्थी हरुले पनि नेपाली गीत मा नृत्य प्रस्तुत गरेका थिए। प्रस्तुत कार्यक्रममा केहि रमाईला भिडियो क्लिप हरु यहा पस्केको छु । कार्यक्रमा हाल नेपालमा भईरहेको राजनैतीक बिकास क्रम को श्रब्यदृष्य पनि पस्कियको थि

इजरायलमा नेपाली कामदार भिषा बन्दको असर र समिक्षा

हरि मानन्दर ईजराईल, नेपाली साधारण लेखपढ गर्न जान्नेदेखिकाहरू इजरायलमा आएर जसोतसो करीव महिनावरी रू. ५०,००० (पचास हजार) कमाउन सक्नु नेपालीका लागि ठूलो कुरा नै मान्नुपर्छ । तर इजरायलमा भिषा पाउन सजिलो भए पनि इजरायली एजेन्सीदेखि नेपाली म्यानपावर र नेपाली कामदारहरू जो इजरायलमा कानुन विपरीत नेपाली सोझा कामदारहरूलाई जति भने पनि तिर्न तैयार हुन्छन् नेपालीहरू भन्दै बढी भन्दा बढी रकम असुल्ने र आफुले मनग्ये पैसा कमाउने गरेको यथार्थतालाई नजीकबाटै केलाएर हेर्न सकिन्छ । यसरी दिनानुदिन कुल लागत खर्च बढाउँदै लगेका यी नेपाली म्यानपावर र इजरायलवासी नेपाली कामदार एजेन्सीहरूका कारण पनि सायद यो बन्द भएको अनुमान गर्न सकिन्छ । नेपालमा इजरायल कामदार पठाउने म्यानपावर कम्पनीहरूले झुठा विज्ञापन निकाली ९०० अमेरिकी डलर तलब भनेर समेत तोक्न पछि परेनन् जबकि इजरायलमा शुरूमा आउने कामदारको तलव भनेको बढीमा ६५० अमेरिकी डलर हुन्छ । यस्तै कमाइ यथासक्य बढाउनुका लागि कामदारहरूको भिषा निकाल्न होडबाजी गर्ने नेपाली एजेन्सीहरूले यहाँका घुसखोरी इजरायली एजेन्सीलाई अनावश्यक बढी रकम तिरेर आफुले भनेका कामदारहरूको भिषा निकाल्ने प्रथाका

Unemployment will be record high till 2011 in USA !

It was estimated in 2007 that the unemployment rate of US would be 4.6% by the end of 2008 [1]. But the un-employment rate increased to 7.2% by the end of the year, 2008 [2]. According to US government figures, US Job market lost nearly 2.6 million jobs in 2008 i.e. the most since 1945 [2]. On April 3, 2009 the unemployment rate in US reached 8.5%, the highest since 1983 [3]. Highest period of unemployment since 1948 was 9.7% in 1982 [4]. 2 millions jobs have been lost in US since the start of 2009. 5.1 million Jobs have now been lost since the beginning of 2008. [3]. Most of the job losses are seen on manufacturing and construction areas. This is just the beginning, there are more laid offs to come in the US Job market. There are many layoffs announced to be implemented. Based on a prediction made by a job firm, Adecco Group North America, there are about 600,000 to 700,000 more jobs to be lost in April only. Many of the Americans have hoped that Obama’s Stimulus plan and the cred

गजल

आचार्य, प्रभा बोल्डर् जिन्दगी यो बित्यो मेरो सधैं त्राषै त्राषमा हरेक पलहरु काटें मैले खुशीको आशमा । सधैं भीडमा हराए नि आखिर हुन्छु एक्लै जिउँदा मान्छे खोजी हिडें म्रीत लाशमा । एकान्तको निरश पलमा कसैको साथ खोज्छु आखिर हुन्छु सधैं एक्लो ,शुन्य बासमा । यो आँखाले जहिल्यै पनि झरी नै रोज्यो कहिले आउला रमाउने पल मीठो मधुमासमा । (अमेरिका ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: