Skip to main content

Posts

Showing posts from January, 2009

जोग मेहरका जोकहरु

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका दार्जिलिंगका हम जाएगा जत्तिको त न भनूं, नेपालका भू पू मन्त्री जोगमेहर श्रेष्ठका जोकहरु बिभिन्न स्वरुप, प्रकारहरुमा सुनिन्छ। हिजो मेरो घरमा केही मित्र आफन्तहरुको सानो जमघट थियो। नेपालका मन्त्रीहरुको कुरा आंउदा पंचायत कालका मन्त्री जोगमेहर श्रेष्ठको कुरो निस्कियो। सबैले जोगमेहरका जोकहरु निकाले। त्यो म यहां प्रस्तुत गर्दैछु। वास्तवमा, जोगमेहरले बिभिन्न समय गरी अर्थ बाहेक सबै मन्त्रालय चाखे र हरेक मन्त्रालयमा हुंदा केही न केही हंसाउने भाषण वा काम गरे। हुन सक्छ कतिपय सत्य होलान् वा कति बढांइ चढाइ गरिएका होलान्, तर ती भरपुर मनोरञ्जक छन्। जोगमेहर श्रेष्ठ खेलकुद मन्त्रीको रुपमा: यिनी एक पटक फूटबल खेलको समापनमा गएछन्। खेल पछिको समापन भाषणमा उनले भनेछन। “ एउटा भकुण्डो २२ जनाले खोसाखोस गरेर खेल्न परेपछि हाम्रो देशमा खेलकुदको बिकास कसरी हुन्छ? म तत्कालै बाबुहरु प्रत्येकलाई एउटा एउटा भकुण्डो दिलाईदिन्छु”। जोगमेहर श्रेष्ठ शिक्षा मन्त्रीको रुपमा: यिनी अमेरीका भ्रमण गएर आएपछि भनेछन्। “ओहो, अम्रिकाने बच्चाहरु कति टाठा! अंग्रेजी त फरर बोल

Best Global Brands- 2008

BusinessWeek magazine recently picked up Top 100 Global Brand for the year 2008. The research was done by Interbrand Corporation, founded in 1974 and has its presence on different part of the globe. Simply to qualify for the global brand competition, each brand must derive at least a third of its earning outside it origin country (home country) and have publicly available marketing and financial data. Based on the Research done by Interbrand Corporation for BusinessWeek magazine, Coca-cola is ranked as “Number One” brand and has a brand value of $66,667 Million(i.e 5,20,00,26,00,00,000.00/- NRs). The total revenue earned by Coca-Cola during the period Jan02 , 2007 to Jan 02, 2008 was $ 28,857 Million(i.e 2,16,42,75,00,00,000. 00 /- NRs) and out of which $5981 Million(4,48,57,50,00,000.00/-NRs) was the net income . IBM Ranked 2nd based on the Brand Value, for the year 2008 with a total brand value of $59,031 Million. IBM had a total Revenue of $ 98,785 Million during the period of Jan

अत्ती नै महत्व छ

- चियापसले कान्छो बारीमा मलको ठिटालाई बलको ठिटिलाई फोन कलको। …….. अत्ती नै महत्व छ कपालमा तेलको जनकपुरमा रेलको प्रेमी प्रेमिकामा "मेलको" …….. अत्ती नै महत्व छ नेतालाई भोटको लगाउनलाई कोटको गरीबलाई हात्ती नोटको …….. अत्ती नै महत्व छ बाल बच्चालाई राम्रो बानीको तरुनिलाई जवानीको काठमाडौंमा सफा पानीको …….. अत्ती नै महत्व छ मावलिमा मामाको सानो नानीलाई जामाको अमेरिकामा "ओबामा"को …….. अत्ती नै महत्व छ यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

सशस्त्र डकैतीको आरोपमा बाख्रो लाई हिरासतमा !

लागोस, जनवरी २३, २००९ , नाईजेरीया प्रहरीले सशस्त्र डकैतीको संङ्कामा एउटा बाख्रो लाई हिरासतमा लिएका छन् । एक भिजिलान्ते प्रहरी समुहले उक्त सेतो र कालो रंग को बाख्रोलाई समातेर प्रहरीलाई बुझाएका थिए । उनिहरुका अनुसार, उक्त बाख्रो एउटा सशस्त्र डाकू हो, जो नजिकैको माझ्दा ३२३ चोरी गर्दै थियो र उस्लाई उक्त समुहले देख्ने बित्तिकै कालो जादु द्वारा आफुलाई बाख्रो को भेषमा परिबर्तन गरेको कुरा बताएका छन् । Kwara राज्यको प्रहरी प्रवक्ता Tunde Mohammed ले रोएटर्स न्युजलाई बताए अनुसार आफुहरु प्याट्रोल गरिरहेको बेलामा केहि गुंडा हरु नजिकै को कारलाई लुटिरहेका थिए । उक्त भिजिलान्ते समुहले २ जना गुंडा लाई समात्न खोज्दा , एउटा भागेको र अर्को बाख्रोमा रुपान्तर भएको थियो ।मोहम्मद अगाडि भन्छन्, "हामी अझै यो घटना को पुष्ठि गर्न सक्दैनौ , तर पनि उक्त बाख्रोलाई हामिले हिरासतमा लिएका छौं। हामी यो रहस्यकै भरमा केहि भन्न सक्दैनौं , यो त बैज्ञानिक तवरले पुष्ठि हुनुपर्छ कि त्यो मानिस बाख्रोमा परिबर्तन भयो " । साथसाथै त्यो गुण्डा बाख्रो को उचित छान बिन नगरि हिरासत मुक्त नगरिने जानकारी मोहम्मदले रोएटर्

समयको परिवर्तन

आचार्य, प्रभा (प्रस्तुत कविता, कवयत्री आचार्य को कबिता सङ्रह, "परदेशबाट" मा प्रकासित भयको छ । ) बारीको कान्लामा डल्ला फुटाइ सकेर दौराको फेरामा अलौटा र ठेट्ना खाँदै चप्लेटी ढुङ्गामा थकाई मेट्न बस्ने धने र बिरे त आज भोली आधुनिक शहरमा पसी आधुनिक सभ्यताको आनुयायी भएछन । बिहानिको मिर्मिरेमा हरियाली जङल चाहर्ने उनिहरु , साँझको गोधुलिमा रङिन क्षितिजसँग रमाउदै गाईबस्तु फर्काउँदै ''रिटिङ रिटिङ नबजाउ बिनायो''को गीतमा रमाउने उनिहरु त --- आज भोली बिहानिको मिर्मिरेमा पनि रातको धङ धङीमा नै लट्ठ हुँदा रहेछन । भीर, पाखा, कन्दराहरुमा प्राक्रीतिक फल,फूल खाइ प्राक्रीतिक आनन्द लुट्ने मनहरु त , आज भोली लाछी मन लिएर धरहरा देख्दा नै काँप्ने भएछन। दमाइ नाच,धान नाच,सोरठी हरुमा रमाउने आँखाहरु त , क्याब्रे,बेल्ली डान्स र डिस्कोमा मोहित भएछन । गोरेटो हिंड्ने र झोलुङेपुल तर्ने गोडाहरु त ..., कालोपत्रे सडकमा पनि हिंड्न नसकी चिप्लिने कारमा मात्र चड्ने स्वाभिमानी खुट्टाहरु भएछन त्यसैले ---समयको परिवर्तनले आज भोली उनिहरु त मिष्टर' डन ' र मिष्टर 'बिक्की

मेरी सपना र सपनासंसार

- चियापसले कान्छो मेरो मन, आज किन किन त्यसै उदास छ पतझडको मौसम जस्तै निक्कै बेरङगी छ मनमा भावनारुपी ज्वलामुखीहरु फुटीरहेका छन् यो तडपाइमा बाच्नुपर्दा मन निक्कै अमिलिएको छ। बुझ्न सक्दिन म, किन तिम्रै पर्खाइमा समय गुजारीरहेको छु किन तिम्रै आगमनमा बाटो ढुकीरहेको छु निस्ठुरी बनी तिमी गए पनी तिम्रै यादमा बाचेँको छु, तिमीसँगको मिठो मिलनको प्रतिक्षामा दिन काटेको छु, अवश्य नै, तिमी आउने कुरामा म विश्वस्थ छु, खुशी बोकी आउने कुरामा म निक्कै आशावदी छु, मेरी सपना, मेरो कल्पना सँग बडी खेल्वाड नगरिदेउ, चाडो आउ है,कुरी बस्ने छु तिमीलाई म, मेरै सपनासंसारमा।।

मौंका, सकारात्मक सोच र आत्म-सन्तुष्टि - You Can Win (भाग २)

कुनै समय मा एउटा अफ्रिकी किसान , उसका परिबार संग निकै खुशीँ संग बस्दथ्यो । उ आँफुलाई पुर्ण संझिन्थ्यो र त्यसैले उ खुशीँ थियो अर्थात उ खुशीँ थियो र त्यसैले उ आँफुलाई पुर्ण संझिन्थ्यो । एक दिन , एक भद्र पुरुष उसको घरमा आए र उसलाई हिरा को महिमा र सक्ति बारेमा छोटो प्रबचन दिए।उनले भन्दै थिए , " यदि तिमी संग तिम्रो बुढि औँला जत्रो हिराको टुक्रा छ भने तिमी आफ्नै सहर किन्न सक्छौ। यदि तिमी संग तिम्रो मुट्ठी जत्रो हिराको ढल्लो छ भने तिमी एउटा सिंगै देश नै किन्न सक्छौं।"। यति भनेर ति भद्र पुरुष गए । त्यो रात , त्यो किसान निकै छट्पटायो । उ सुत्नै सकेन । उ अब अपुर्ण भयो , त्यसैले उ आज खुशी छैन , अर्थात उ आज खुशीँ छैन ,त्यसै ले उ अपुर्ण छ। भोली बिहानै उस्ले आफ्नो गर जग्गा बेच्ने र आफ्नो परिबार को रेख देख गर्ने चाझो पाझो मिलायो र हिरा खोज्न को लागी उ आफ्नो गाँउ ठाँउ बाट निस्क्यो । उ सार अफ्रिका भरि हिरा खोज्दै हिढ्न थाल्यो तर कहि पाएन , फेरी उ युरोप तिर लाग्यो र त्यहा पनि उस्ले हिरा कहि पाएन । जव उ स्पेनमा पुग्यो , उ सारिरीक, मानसिक तथा आर्थिक समस्या ले ग्रस्थ भैसकेको थियो । ऊ सार्है दु:

हान्यो र भाग्यो !

धेरै पहिला सुनेको थिए , अमेरिका मा त एउटा गाडिले पार्किङ लट मा पनि अर्को गाडिलाई हान्यो भने , त्यो अर्को गाडिको संवन्धित ब्यक्ति नआईञ्जेल सम्म , आफ्नो गल्ति स्विकार्न र त्यो बराबर को क्षतिपुर्ति, आफ्नो ईन्सुरेन्स कम्पनी बाट दिलाउन पर्खैर बस्छन रे ! तर आज त्यस्तो भएन् । बेलुकि को ७ बजिसकेको थियो, म एक्लै मेरो कार चलाएर नजिकैको मल मा गैराखेको थिए । ट्राफिक लाईट को रातो बत्ति बलेको ले मैले आफ्नो गाडि रोकेको थिए , त्यहि बेलामा पछाडि बाट मेरो गाडिमा ठुलो धक्का दिदै अर्को गाडिले हान्यो । Driver side Rear View                                   Passenger Side Rear View धन्न मैले सिट बेल्ट बादेको थिए , मेरो आफ्नो सारिरीक क्षति हुन त पाएन तर गाडि को पछाडि पट्टि को बंम्पर , लाईट र डिक्कि चाहि चट बनाईदियो, मोराले ! त्यसले हान्ने बित्तिकै म झर्नु पर्ने रहेछ, तर म गाडि बाट झरिन बरु उल्टो लाईट पास गरेर अगाडि खुला ठाउमा उ संग कुरा गरौंला भन्ने सोझो सोचाईले लाईट पास भएर गए, तर उ त बेईमान निस्कियो , त्यो लाईट बाट नै देब्रे मोडेर ,मलाई छोडेर भाग्यो । म त उ मेरो पछि आउला भनेको त कहा आउनु

नखोज्नु मलाई भूगोलका रेखाहरुमा

आचार्य, प्रभा प्रस्तुत कविता, कवयत्री आचार्य को कबिता सङ्रह, "परदेशबाट" मा प्रकासित भयको छ । शिरमा लालुपाते सिउरिएर म पहाड बाँचेको छु छात्तिमा सगरमाथा बोकेर म नेपाल हासेकी छु । स्नेह,सदभावना,शान्ती चुल्ठोमा सजाएर म शान्तिको देश 'बुद्ध' बाँचेकी छु माटो र मुटुको नाटकओ अर्थ बोकेर म स्वाभिमान सानो देश बाचेको छु । सबै भन्ने गर्छन् , देश त मान्छेको ओँठमा फूल्नु पर्छ सबै सोध्ने गर्छन् राष्ट्र त ठुलो काम देखाएर चिनिनु पर्छ । त र ---मा सँस्क्रीती र हरियाली बोकेर संयम् र धर्यतामा सिङो राष्ट्र बाँचेको छु , थोरै विश्वाश दिलाएर पनि धेरै आस्था र स्वप्निल संसारको प्रतिक्षामा म सुन्दर शान्त बिशाल रमाएको छु । सबै खोज्ने गर्छन् देश , भूगोलका रेखाहरुमा सबै चिन्ने गर्छन् देश भूगोलका चित्रहरुमा , त र ---नखोज्नु मलाई भूगोलका मानचित्रहरुमा म , स्वयम सबैका मुटुका क्यान्भासमा कोरिएको छु । म सानो छात्तिमा ठुलो विश्वाश दिलाएर रातो रगत बनी पोतिएको छु , पोतिएको छु ।

किताब समीक्षा - "You Can Win !"

नमस्ते आज दिउसो शिव केहरा को " यु क्यान विन" भन्ने पुस्तक पढेको थिए , सायद तपाई हरुले पनि पढिसक्नु भयो होला । पुस्तक राम्रो लाग्यो । केहि अंश हरुले त सार्है मन नै छोयो अनि तपाई हरु संग बाढ्न मन लागेर आयो ।पहिलो बाक्यांस "बिजेता हरु ले कहिले पनि अलग काम गर्दैन बरु उनि हरुले अलग तरिकाले गर्छन" ! म त समर्थन गर्छु । धावक ले तक्मा ढौडेर नै ल्याउछ , कुनै पनि विद्यार्थी कक्षा मा पहिलो पढेर नै हुन्छ । प्रस्तुत पुस्तक बाट एउटा सानो प्रसंग जोडौं यहा निर , एक ठाउमा एउटा मानिस बस्ने गर्थ्यो जस्ले बेलुन बेचेर गुजारा चलाउथ्यो । उसले हावा भरेर बेचेका बेलुन हरु कहिले काहि केटा केटिको हात बाट फुस्केर माथि आकास मा बिलिन हुन्थे । उ संग सबै रंग का बेलुन हरु थिय, जस्तै राता , काल पहेला अनि हरिया । जब जब उसको ब्यापार मा कमि आउथ्यो , उसले एउटा बेलुन मा हिलियम भरेर आकाशमा छोडिदिन्थ्यो । जब केटा केटि हरु त्यो बेलुन देख्थे नि , सबैले एउटा एउटा बेलुन किन्ने चाहना गर्थे र धेरै जसो उ संग बेलुन किन्न आउथे ,जस्ले गर्दा उसको ब्यपार फेरी माथि जान्थ्यो । एस्तै तवरले उसले आफ्नो र आफ्नो परिवार

आउँदै छ रे प्रजा हटेको गण थपिएको तन्त्र (गणतन्त्र)

संगम “मरुभूमि” क्यामिन–५, तनहूँ दुई हजार सात सालमा जन्मिएको, सत्र सालतिर बनवास गएको प्रजातन्त्र दुई हजार सचालिस तिर फिर्ता आएको थियो रे फेरी बाहुन्न पच्चपन्न तिर बाट जंगल पसेछ प्रजातन्त्र!! बागमतिको फोहर सरी फैलिन पाएनछ प्रजातन्त्र सिंहदरवार देखि स्याल दरवार भन्दा बाहिर आउन , पाएनछ प्रजातन्त्र!! अपाङ्कहरुको बैसाखि बनेनछ प्रजातन्त्र बरु काला टाउकेहरुको फेथा गुथ्ने पगरी बन्न पुगेछ प्रजातन्त्र यस्तै कारणले अस्तित्व गुमाएको प्रजातन्त्र वद्धा , नाबालकहरुको, आँशु चिहाउदै गरेको प्रजातन्त्र , शहिदहरुको पसिना र रगतले भिजेको प्रातन्त्र अब छिटै आउदै छरे साञ्चै हो रे! नगर नगरहरुमा आउदै छ रे प्रजा हटेको गण थपिएको तन्त्र गणतन्त्र! प्रजा हटेको गण थपिएको तन्त्र गणतन्त्र

''तिम्रो सपथ सहि सत्य होस्''

आचार्य, प्रभा आज तिमी आत्मा साक्षी राख्दै सपथ खाइरहेछौ , मेरो,उस्को अनी सबैको मनले इेश्वरसँग प्रार्थना गरिरहेछ । हे!इश्वर ... यो सपथ सत्य,सांचो र साक्षात होस् समानता,समानुपातिकता र एकताको प्रतिक होस् , सद्भभावना र सदबिवेक को जित होस् । नयाँ इेतिहास कोर्छु भनेर धेरै आए,गए , उज्यालो किरण छर्छु भनेर धेरै उदाए,अस्ताए त र ---अफ्सोच ! सबै इेतिहास पुरानै दोहोरिए सबैका अधरमा अन्धकार नै छाए त्यसैले ओबामा ... तिम्रो सपथ अन्तरात्माभित्रको स्वछ बोली हुनु पर्छ । तिमी जात,अजात छुवाछुतको बिरोधी बन्नु पर्छ , तिमीले कालो रङको अनुयायी भएर होइन , त्यस्तै सेतो रङको बिरोधी पनि बनेर होइन बरु ---सबै रङको मिश्रणको मीठो अनी ज्वलन्त उदाहरण बन्नु पर्छ । तिमी एउटा देशको मात्र होइन धर्तीको नै मेरुदन्ड हुनुपर्छ आउने पिढीहरुको उत्साह र उमङ बन्नु पर्छ । (ओबामाको सपथ पश्चात तुरुन्त श्रीजित कबिता)

गजल

बसन्त थापा "जीवन" चन्द्रावती,तनहुँ हाल: अवुधावी, यु ए ई दुखेको घाउमा नुन चुक छर्नेलाई। फुलको थुँगा तिरस्कार गर्नेलाई।। नपोखे हुनेछ व्याथा र पिडा यो। नजिक आउभन्दा झनपर सर्नेलाई।। सुकेको फूल हूँ म ओइलिइ झरेको। टिपेर नसिउरिनु भुइमा झर्नेलाई।। फक्रर्न नपाउँदै झरेछ कोपिला। नदिनु माया भँमरा झैं चर्नेलाई।।

नेपाल प्रहरी द्वारा ३ बोरा मानव खप्पर बरामद !

अन्तराष्ट्रिय समाचार एजेन्सी हरु मा निकै चर्चा पाएको यो समाचार , नेपाली समाचार माध्यममा खासै चर्चा पाउन सकेन , साहेद राजनैतिक चहल पहल माझ यो समाचार झिनो हुन सक्छ, समाचार माध्यम हरुलाई । तर सपनासंसार लाई भने यो समाचारले कता कता भित्र भित्रै त्रास फैलायो । गत बुधबार अर्थात जनवरी १४ तारीख का दिन, नेपाल प्रहरी ले दक्षिण पूर्वी नेपाल को भारतीय सिमान नजिकै रहेको काकडभित्ता सहरमा, रहस्यमयी तरिकाले राखिएको ३ बोरा मानव खप्पर बरामद गरेको छ । रोएटर्स समाचार एजेन्सी ले नेपाल प्रहरी लाई उढृत गर्दै अगाडि लेख्छ, नेपाल प्रहरी ले ३ वटा बोरामा राखिएकि करिब १६८ थान मानव खप्पर बरामद गरेको छ । "हाम्रो दैनिक बोर्डर प्याट्रोल गर्दै गर्दा, यि ३ बोरा मानव खप्पर हरु बाटोमा बेवारिसे अवस्थामा फेला पेरको हो", प्रहरी अधिकृत यादव ढकाल बताउछन् । ढकाल ले यी खप्पर कहाबाट कसरी कहा लान ल्याईएको हो भन्ने जानकारी नेपाल प्रहरी लाई अहिले सम्म नखुलेको बताउछन । प्रहरीका अनुसार, मानव खप्पर हरु बहुमु्ल्य सझावटिय बस्तु बनाउन प्रयोग गरिन्छ । आशा गरौं यी मानव खप्पर पछाडि कुनै रहस्य लुकेको नहोस ।

गजल

संगम “मरुभूमि” क्यामिन–५, तनहूँ को छन् र गोरा भन्नु सबै कालाहरु व्यावहारमहा सधै–सधै काँचा आलाहरु।। वैराभावको विजारोपण हेर कति! जननीको हृदयमा गोपिएका भालाहरु।। यही नै वेला विउँझन खोज्दा रहेछन् सीमा पारिका खानकी पर्‍या' राता गालाहरु।। हेर्नुस् नियतिको खेल भन्छन् यि भाषण गर्ने सरोकार वालाहरु ।। हृदयको नजरबाट हेर्नुस् तपाई तपाईको अभिमान् मै विदेशीका तालाहरु।। जुट्नुस अब, सब एक भइ बढ्लान फेरी सामान्ताका ज्वालाहरु।।

परिचय देशभक्तको

आचार्य, प्रभा गाउँको एक चौतारीमा एउटा सानो कार्यक्रमको आयोजना भैरहेको थियो जुन कार्यक्रमको उदेश्य थियो ''समाजमा भएको बिक्रिती बिसंगती बिरुद्द नारा''जुन कार्यक्रममा त्यही गाउँका गिनेचुनेका मै हुँ भन्ने नेताहरु र समाजसेवीहरु नेपाली राष्ट्रिय पोशाक दौरा,सुरुवालमा ठाट्टिएर उपस्थित भएका थिए । उनिहरुका गफहरु पनि त्यस्तै ठुला ठुला थिए । सबैले एकार्कामा आफ्नै छोरा,छोरिहरु र आ-आफ्नै बढाइ,चढाइका कुरा गरिरहेका थिए । त्यही बिचमा एउटा भद्र,भलाद्मी हुँ भन्नेले पोशाकको बारेमा पनि केही कुरा उठाइ रहेको थियो जुन कुरा यस्प्रकारको थियो '' साँच्चै भन्ने हो भने मान्छेलाई पोशाकले पनि उस्को ब्यक्तित्वको राम्रो परिचय दिन्छ जस्तै आजकलको फेशन छ नि ठुलो ठुलो लुगा लगाउने,टालिएको च्यातिएको जस्तो लगाउने,टोपी फर्काएर लगाउने यी यस्ता फेशन गर्नेहरु पढाइमा पनि असफल हुन्छन बानी ब्यहोरा पनि ठीक हुँदैनन त्यसैले मैले त मेरा छोरा,छोरीलाईहरुलाई त्यस्तो लगाउनबाट बन्चित गरेकोछु र भरसक नेपाली पोशाक बिर्सनु हुन्न भन्ने शिक्षा बारम्बार दिइरहेको छु । आज पनि मैले छोरालाई दौरा,सुरुवाल लगाएर नै यो कार्यक्र

सीपीको ढिपी

बगाले, मिलन दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो। मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई ! आजको खाजाको स्पोन्सर म, यो चना केराउ राम्ररी भुट्नु, उ त्यो पोकामा चिउरा छ त्यो पनि झक मजाले खानुपर्छ है ! यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे। ******* दाई आज अमेरिकन एम्बेसी जानु छ ! सीपीको हुलिया आज निकै बदलिएको थियो। नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट ( लौन कहाबाट ल्याएछ यो कोट?) मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे। सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ। दाई ! ल म हिडे है, दस बजे एम्बेसी छिर्नू छ, भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो। भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने। हेर्नु न - उ सहज भाकामा प्

"परदेशबाट", सपनासंसार मा बिमोचन !

बिदेश पलायन भएपश्चात आफ्नो देश प्रतिको माया, पर्देशको पीडा, नारिहरुको बेदना, मान्छे कसरी इछ्याहरुको कमारो बन्छ, मान्छेहरुमा किन अहमताले बास गर्दछ?अनी मनहरु किन र कसरी बिभाजित हुन्छन ?अनी कबिता के हो ? आदि इत्यादि खुल्दुली को जवाफ बोकेर आचार्य प्रभा आफ्नो नया कबिता संग्रह "परदेशबाट" मार्फत करिब डेढ दसक पछी फेरी आएकी छिन । काठमाडौंमा भब्यताको साथ डा. गोविन्द राज भट्टराई को प्रमुख आत्तित्थ्यमा र बिष्णु बिभु घिमिरेको सभापतित्वमा बिमोचन भएको प्रस्तुत कृतिका केहि कविता हरु केहि राष्ट्रिय पत्र पत्रिकामा प्रकासित भैसकेका छन । पर्देशमा नै भए पनि आफ्नो देश भाषा र भेष प्रतिको माया को स्वरुप आँफुले उक्त कृति प्रकासित गरेको बताउछिन् , आचार्य प्रभा । हालचालै मात्र यो संग्रह, कोलोराडोको बोल्डरमा पनि प्रमुख अतिथी नेता बेनुप राज प्रसाइ र कोलोराडो च्याप्टरका नेपाली साहित्य समाजका अध्यक्ष ज्ञानेन्द्र गदालको सभापतित्वमा एक साहित्यिक कार्यक्रममा बिमोचन गरिएको थियो । प्रस्तुत कविता संग्रह बाट दुईवटा कविता यहा हरु सामु पस्केर उक्त संग्रह "परदेशबाट"को तपाईहरु सामु सपनासंसार मा बि

श्रद्दाञ्जली उमा तिमीलाई

उमा सिंह, देश ले तिमी संग सबै छिन्यो मात्रै, तिमीले देश लाई धेरै दिन खोज्यौ अनि देशलाई मात लाग्यो र त , तिमीलाई नै छिनेरै लग्यो। आज भन्दा ३ बर्ष अगाडी राजनैतिक आश्था का कारण अहिले का देशका मालिक भनाउदाहरुले तिम्रा बाबा र दाजुलाई छिनेर लगे । तिमी त्यो चोट सहेर बस्यौं, तिमीले यसलाई चुनौति को रुपमा लियौ , नया नेपाल को सपना मा आफुलाई होम्यौ, कुनै स्वार्थ बिना निरन्तर आफ्नो पेसामा लाग्यौ। समाजमा भएका दुर्गुण र खराब तत्व को वकालत गर्यौ । समग्रमा नेपाल देशलाई मात लाग्यो अनि तिम्रो हत्या भयो । चुपचाप छन नेपाल देशका चालक हरु, तर तिम्रो बोली बोल्न र तिम्रो कलम चलाउन नेपाल देशमा मात्र नभई आज संसार भरीनै सबैजना तिमी जस्तै असल मानिस हरु तिम्रो पक्षमा उभिएका छन। तिमी माथि गरिएको कायरता पुर्बक हमला, ती कायर हरुले अवश्यपनि एक दिन पनि चुकाउने पर्ने छ । तिम्रो आत्माले चीर शान्ती पाओस तथा तिम्रा परिवार जन हरुलाई यो दुखद क्षण सहन सक्ने क्षमता प्रदान होस ।

गजल

अथाहसागर तिर्थमान मायाको पासो फ्याकेर हेर अनि यौवन चाखेर हेर अतृप्त प्यासी नजर सधै प्रेमको सीमाना नाघेर हेर शहिद हुन धेरै सजिलो सक्दछौ भने वाँचेर हेर औकात आफ्नो विर्सनु हुन्न पुराना दिन संझेर हेर

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

सपनासंसार नया सर्भरमा !

सपनासंसारप्रेमी साथी हरु नमस्कार, आज भोलि, केहि ब्यस्तताका कारणले नियमित रुपमा ब्लग लेख्न असमर्थ भएको छु । सपनासंसार डट कम प्रति तपाई हरुले दर्साउनु भएको माया अमुल्य छ । यो माया अनि सदभाव सदा सर्वदा सपनासंसार माथि रहिरहोस् , यहि कामना गर्छु । यो साईट लाई अझ जीवित बनाउन केहि परिबर्तन गरेको छु, तपाईहरुले पनि अनुभव गर्नु भयो होला । पुरानो साईट बाट सम्पुर्ण प्रस्तुती हरु नया साईट मा ल्याउन लाग्दा त मलाई काठमाण्डौं मा डेरा सरेको याद आयो । भनिन्छ नि, काठमाण्डौं मा स्वास्नी ल्याउन(अथवा लोग्ने ल्याउन) भन्दा डेरा सर्न गार्हो रे ! मलाई त डेरा सर्न भन्दा ब्लग सर्न गार्हो जस्तो लाग्यो । आखिर ब्लग पनि त तपाई हाम्रै भावनाहरु बस्ने डेरानै त हो नि । खैर , यो कुरा लाई यहि छोडौं , तपाईको देब्रे पट्टि भएको भोटिंङ को लागि केहि विकल्प हरु छन, आँफुले चाहेको बिकल्पमा भोट हाल्नुहोला । साथसाथै धेरै मित्र हरु सपानसंसारमा पाठक दर्ता गरेर नियमित सपनासंसार पाठक बन्नुभएको छ । तपाई हरु पनि नियमित पाठक बन्नको लागि देव्रे साईट मा रहेको बाकसमा आफ्नो ईमेल ठेगाना हालेर दर्ता गर्न सक्नुहुन्छ । पछि आँफुलाई मन लागेको बे

गीत

आचार्य, प्रभा अमेरिका भेटिएर छुट्नुभन्दा नभेट्नु नै राम्रो कर्कलाको शीत हुन्छ,लाको माया हाम्रो । माया भन्नु खेल होइन, दाउमा राखी खेल्ने साँचो माया अमिट हुन्छ,सुख,दुख झेल्ने । तड्पिएर जिउनु भन्दा,नसम्झिनु नै राम्रो रातमा फुल्ने फूल बन्छ लाको माया हाम्रो । प्रीत साट्नु ठट्टा होइन,क्षणभरमा भुल्ने भावनामा बहेर मात्र ब्यर्थ किन जिउने ।

साम्राज्यवादी सोच पशुपतिनाथको बिरोध

अधिकारी, बसन्त मोहन खुकुरीमै विश्व हल्लाएर ख्याति कमाएका वीर गोरखाली नेपालीहरु आजकल कहाँ छन् - के गरिरहेकाछन् - नेपालमा छन् कि छैनन् - नेपाली आमाले आफ्ना सन्तानको उपस्थिती नदेखी परचक्रीहरुको उपस्थितीको आभाष पाएर बेला बेलामा आफ्नो स्वाभिमानी शिर झुकाईरहेकीछीन् । सीता, भृकुटी र बुद्ध जस्ता मानवहरुलाई यस धर्तीमा जन्म दिएर दया, माया, करुणा, कर्तब्यपरायण नैतिकवान शिक्षाले विश्व सामु बौद्धिकताको उच्चतम स्थानमा नेपालीहरुलाई आज सम्म सुसोभीत गरीरहेको छ । शान्तिको जन्म स्थलको रुपमा नेपाल चिर परिचीत छ । स्वाभिमानी, स्वाभिलम्वी र वीर संगै शान्तिगामी र बौद्धीक ब्यक्तित्वको रुपमा आम नेपालीहरु गरिव भए पनि विश्व सामु चिर परिचीतछन् । बाह्र वुदें सम्झौता देखी आज सम्मको घटना क्रमले पनि नेपालीलाई विश्व सामु कठिन परिस्थितीमा हातेमालो गर्न सक्छ तर आफ्नो स्वाभिमान बेच्न नचाहाने नेपालीको रुपमा चिर परिचीत गराएकोछ । विगतमा नेपाल आमाको समस्या भनेको भ्रष्टचार, बलत्कार, हत्याहिंसा, चोरी, डकैती, भोकमरी, हैजा, अशिक्षा र अविकास थियो । बिभीन्न पंरम्परागत रीतिरिवाजले मानव मानव बिच उच्च र निच देखाई दिएका थिए । यस्त

संकल्प

सुरेश तिवारी माझ्ठाना, कास्की बास्तबमा हामी नेपाली जाति ले अझसम्म नै गर्व साथ भन्ने गरेको कुरानै स्वतन्त्रता हो। हाम्रो नेपालमा आजसम्म कुनै पनि बिदेशी मुलुकले उसको झन्डा गाड्न सकेको छैन, यो इतिहासनै बोल्छ। तर पनि हामीहरु कति स्वतन्त्र छौ त? के हामी त्यहि इतिहास मा पढेजत्तिकै स्वतन्त्र छौ र? हामि हाम्रो सस्कार लाइ हेरौ हाम्रो पहिरन लाइ हेरौ, हाम्रो बोलिचालि लाइ हेरौ अनि सम्पुर्ण नेपाली आधुनिक जीवनसैली लाइ हेर्यौ भने, सहजै भन्न सकिन्छकि बास्तबमा हाम्रो स्वतन्त्रता त पहिलानै खोसिइसकिएको रहेछ, अनेक बहाना मा। दौरा सुरुवाल र चौबन्दि चोलि को स्वतन्त्रता कोट पाईन्ट र कुर्ता सुरुवाल अनि जिन्स पाइन्ट ले कहिले देखि सात्तो खाइसकेछ। नेपाली भाषा को हुर्मत टुटेफुटे को अङ्ग्रेजी र हिन्दी भाषा ले लिईसकेको रहेछ।नेपालि मौलिक परम्परा को ठाउ भ्यालेन्टाइन डे र न्यु इएर अनि कृस्मस ले ओगटेको, हामीले आखा चिम्लिएर सहिरह्यौ। ढाका टोपि को ठाउमा क्याप र ह्याट लाइ राखेर हामी मस्तसंग निदाएछौ। अनि नेपाली लोक गित र मौलिक गीत हरु को सट्टा मा हिन्दी गजल र इङ्ग्लीस सङस् मा कम्मर मर्काउन आनन्द मान्यौ। गुन्द्रुक र ढिडो क

भोज र मदिरा !

“आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा । आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी हुने गर्दथ्यो । यसर

अभिश्राप, धोबिकी छोरीहुनुको !

आचार्य, प्रभा अमेरिका उस्को नाम सुनिता हो। म अझै पनि उस्को सोझो र मायालु मुहार सम्झिरहन्छु। ऊ मसँग ट्युसन पढ्न आउथी। पढ्नमा तेज,अक्षरपनी राम्रा,अबोला स्वभावकी। अरु केटाकेटी झै चन्चल र बदमाश स्वभावकी पनि होइन।पढ्न आउँदा पनि सबैभन्दा अगाडि आइपुग्ने बानी थियो उस्को। मेरो बिचार मा ऊ सर्वगुणसम्पन्न नै लाग्दथी। मैले जुनसमयमा उस्लाई पडाउने गर्दथे ऊ त्यो समयमा यस्तै पाँच,सात बर्षकी थी।केजी वनमा पड्दथी। त्यो केटीको मुहार जहिल्यै उदास देखिन्थ्यो। मानौ मैले उसका मुहारमा हासोका छिटाहरु कहिल्यै देखिन। म सहजसँग अनुमान लगाउन सक्थे कि उस्को मुहार किन मलिन र उदास हुन्छ भनेर? एक त ऊ गरीब बाबु,आमाकी सन्तान थिइपेशाले उस्को बाबु धोबी थियो।घर,परिवेश, पेशा,अशिक्षा कारणले पनि कत्तिका छोरा छोरी सन्तानहरु तीक्ष्ण बुद्धी मेहेनती भएर पनि अघी बड्न असक्षम हुन्छन।त्यस्तै दुरावस्था थियो सुनिताको पनि।त्यस्तै भए पनि उस्का बाबु,आमाले उस्लाई बोर्डिङ स्कुल नै पडाइरहेका थिए।उस्ले भन्ने गर्दथी ''बोर्डिङ स्कुलका ड्रेसहरु धोएवापत म त्यही बोर्डिङ पड्छु''भनेर। त्यस्तै नीरिहावस्थामा पनि बोर्डिङ पड्दा ऊ जहिल

भगवान

कुसुम ज्ञवाली पोष्ट वक्स नं २३३७२, काठमाण्डौ सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो - पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ? भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो । गजल रेस्टुरेन्टमा '........... पिछे क्या हे' भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । 'किन लजाको सन्ते ?' हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो 'म बिखर्ची भएँ