Jan 23, 2009

नखोज्नु मलाई भूगोलका रेखाहरुमा

Facebook

आचार्य, प्रभा

प्रस्तुत कविता, कवयत्री आचार्य को कबिता सङ्रह, "परदेशबाट" मा प्रकासित भयको छ ।

शिरमा लालुपाते सिउरिएर
म पहाड बाँचेको छु
छात्तिमा सगरमाथा बोकेर
म नेपाल हासेकी छु ।
स्नेह,सदभावना,शान्ती चुल्ठोमा सजाएर
म शान्तिको देश 'बुद्ध' बाँचेकी छु
माटो र मुटुको नाटकओ अर्थ बोकेर
म स्वाभिमान सानो देश बाचेको छु ।

सबै भन्ने गर्छन् ,
देश त मान्छेको ओँठमा फूल्नु पर्छ
सबै सोध्ने गर्छन्
राष्ट्र त ठुलो काम देखाएर
चिनिनु पर्छ ।
त र ---मा सँस्क्रीती र हरियाली बोकेर
संयम् र धर्यतामा सिङो राष्ट्र
बाँचेको छु ,

थोरै विश्वाश दिलाएर पनि
धेरै आस्था र स्वप्निल संसारको प्रतिक्षामा
म सुन्दर शान्त बिशाल रमाएको छु ।
सबै खोज्ने गर्छन् देश ,
भूगोलका रेखाहरुमा
सबै चिन्ने गर्छन् देश
भूगोलका चित्रहरुमा ,
त र ---नखोज्नु मलाई
भूगोलका मानचित्रहरुमा
म ,
स्वयम सबैका मुटुका क्यान्भासमा
कोरिएको छु ।
म सानो छात्तिमा ठुलो विश्वाश दिलाएर
रातो रगत बनी पोतिएको छु ,
पोतिएको छु ।

4 comments :

pagal said...

Sagarmatha china ko re , buddha india ko re , aaba k ko swabhimana.... mera ..... mahan channau parchha kun din dekhi ...

Anonymous said...

8-)

Anonymous said...

yo kabita maile 16 barsha agaadi nai racheki hu.huna ta desh nai arkaako huna laagi sakyo aba aafno ke po bhannu chha ra?ta ra pani jasle je bhane pani hamile tyosanga daraaunu hudaina.aakramn ra ladaai pradarshan maattra birodh haina kalamko birodh pani hunupardachha.ke tyaso bhaye maha kabi,bhupisherchanharukaa sabai rachnaharu selaaune ta?

bideshi said...

"नखोज्नु मलाई
भूगोलका मानचित्रहरुमा
म ,
स्वयम सबैका मुटुका क्यान्भासमा
कोरिएको छु ।" yo part ramro lagyo . Where ever we go we have our motherland on our heart .

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP