Skip to main content

Posts

Showing posts with the label सुनिताको कलम
सुनिता गिरी (राना) हङकङ नेपाल आमाकी प्यारी छोरी हजारौ दुख कष्टको सागर तरेर घर दैलोको उज्यालो ज्योति बनेर संसारले चिन्ने गरेर नाम कमायौ सी एन एन हिरो बनी इतिहासमै नेपालको नाम उज्वल बनायौ । अन्यायमा पिल्सिएर छटपटिएका आफ्नै आफ्नाहरूबाट खसीबाख्राझैं बेचिएका अनाथ र असहाय नारीहरूको उद्दार गरी करोडौ नारीहरूको मन जित्न सफल भएर उज्वल तारा बनि चम्कियौ अखण्ड दियो बनि सल्कियौ । सीता साबित्री भृकुटी जन्मेको नेपालमा अनाथ नारीहरूकै आमा भएर जन्मियौ शुभकामना छ तिम्रो प्रत्येक पाईलाहरूमा कुसंस्कार र कुआचरणका घुम्टोहरू उघारेर झलमल्ल घाम बनि झुल्किदियौ समान आश्था बोकेर लम्किदियौ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

शुभकामना नयाँ बर्षमा

Share सुनिता गिरी, हङकङ स्वागत गर्दछु मुटु चहराएर दुखिरहे पनि गाउँघर अनि आफन्तको माँझ बाट चोइटिएर, बिरानो मुलुकमा समयको खुट्किलो उक्लिरहे पनि अथाह आँशुको भेलहरु रोक्दै पन्छाँउदै बाधा अड्चनका झाडीहरु आकाशको कालो बादल पन्छाएर हेर्न चाहन्छु शान्तिको परेवा उडिरहेको शुभकामना नयाँबर्षमा झोक्राएर मलिन चेहेरा, थाकेर बिसाएका सुस्केराहरु रोक्दै टोलाएर खोजिरहेका पाइलाहरुमा पलेटी कसेर मन्द मुस्कानमा शान्तिको लागि जप्दै गरेका उनै ज्ञानी मान्छे खोजीरहेछु गौतम बुद्धलाइ शान्तिमन्त्र जपिरहेको शुभकामना नयाँ बर्षमा तेरोमेरोमा समय खर्चिदै, नाराबाजीको बिगुल बिर्सेर हामी नेपाली हाम्रो नेपाल सगरमाथाको कसम खाँदै ढाका टोपीमा ढलक्कै ढल्किएर चैाबन्दी चोलीमा मसक्कै मस्किएर स्वागत गर्दछु नयाँ बर्षको [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आमा तिमीले छाडेर जाँदा !

सुनिता गिरी, हङकङ संसार सबै आफनै लाग्थ्यो,खुसी सबै मेरै लाग्थ्यो, जिवनमा शोकको बाढी आउँदा, अनायासै जिवनमा पहिरो जाँदा ममताले भरिएको कोमल मुटु , छिया छिया भएर फाटिदिदा जाली रुमाल झै बुनेका सपनाहरु , छरपस्ट भुइभरी छताछुल्ल पोखीदा, कलम बाट कविता होइन, आँशु बग्दो रहेछ ,भक्कानीएर मुटु फुट्दो रहेछ , आमा तिमीले छाडेर जाँदा ।।।। आकाश नै खस्दो रहेछ ,धर्तिनै फाटदो रहेछ ममता लुटिएर एक्लो हुँदा ,खुर्सानी लगाएको घाउझै यो मन मुटु चहराएर पोल्दो रहेछ पदचाप आफै रोकीदो रहेछ ,अश्रुधारा बग्दो रहेछ कलम कोक्काइ कोक्काई रुदोरहेछ ,सृष्टिनै कम्पमान हुदोरहेछ , आमा तिमीले छाडेर जाँदा ।।।। किनेर कतै नपाइदो रहेछ खोजेरै पनि नभेटिने रहेछ , साईनो गासेर नजोडीने रहेछ , आमामा आत्मियताको भंडार रहेछ यो पल शोकले छोइरहेछ ,यो नयन साउन झै रोइरहेछ आमा तिमीले छाडेर जाँदा ।।।। कति निष्ठुरी रहेछौ ,ईश्वर , आमाको माया खोसीदियौ , मैनबत्तिको शिखाझै पग्लीरहेछु ,आशुकै सागरमा डुबिरहेछु , आमालाइ लग्यौ टपक्कै टिपेर, पहिरो जस्तै भत्किरहेछु ,असहज समय गुजारी रहेछु , आमा तिमीले छाडेर जाँदा ।।।। नोट : सम्पुर्ण हाम्रा शुभचिन...