Skip to main content

Posts

Showing posts from July, 2010

आमा

दिपीका पोखरेल गोर्खा (हाल मिनिसोटा , अमेरिका) (कवयत्री पोखरेल, मिनिसोटा स्टेट स्कुल, कक्षा ९ मा अध्यनरत छिन् ) छोरी भएँ के छ र , छोरा भन्दा कम छैन तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन ! सूर्यको उज्यालो सामु ताराको ज्योति के नै छ र ? आमा! तिम्रो माया को सामु मेरो श्वास को हरेक पल के नै हो र ? आमा तिमीले जन्म दियौँ मलाई, तिमी मलाई हुर्काउने तिम्रा लागी के गरौँ म, तिम्रो सबै नासो फर्काउने छोरी भएँ के छ र , छोरा भन्दा कम छैन तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन ! तिम्रा सामु बसूँ या नबसौँ, मुटुमा सधैं हुनेछु तिम्रो त्यो माया को घमण्डमा म सधैं रुनेछु तिम्रो माया म के संग तुलना गरु सूर्य चन्द्र एक गरुकी तिम्रा लागि ज्यान दिई मरु ! (आमा, सारदा पोखरेलमा समर्पित) [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

धेरै आमा हरुकी एउटै छोरी -दिलशोभा

-दिलशोभा श्रेष्ठ काठमाण्डौं आखिर खुसीको महासागरमा डुब्नका लागि अरूबाट 'माग्नु र लिनु'भन्दा पनि अरूको लागि 'गर्नु र दिनु' पर्दो रहेछ। र 'गर्नु र दिनु' भनेको पडाड उचाल्नुसरह या सुनै सुन दिनु पनि होइन रहेछ! मानिसको प्राकृतिक हक 'माया, न्यानो र तातो'को लागि अलिकता जोहो गरिदिए पुग्नेरहेछ। त्यसैले म 'माया, न्यानो र तातो' मा विश्वास गर्छु। यो मानिसको प्राकृतिक हक हो भन्ने कुरामा विश्वास गर्छु। यस्तो समय पनि थियो, जतिबेला मसँग प्रशस्त बैंक ब्यालेन्स थियो। पैसा ब्याजमा पनि लगाउँथें। चाँदीका थालीमा फूल पर्सादी राखेर मन्दिरहरू घुम्थें। ब्रत बस्थें। तर मलाई तृप्ति र पूर्णताको अनुभव कहिल्यै हुँदैनथ्यो। मन सधैँ अशान्त र वेचैन रहने गर्दथ्यो। त्रिपुरेश्वरको बाटो हिँड्दा सडक छेउछाउमा बसेका अशक्त बूढीआमाहरू देखिन्थे। तिनलाई देख्दा मनमा कस्तो-कस्तो लाग्थ्यो। कहिले कहिले निहुरेर 'आमा तपाईंलाई कस्तो छ?' भनेर सोध्थें पनि। तर कतिले कानै सुन्दैनथे, कतिले भाषै बुझ्दैनथे, कतिले उत्तरै फर्काउन सक्दैनथे। अनि मनमा प्रश्नहरू जाग्थे- यस्तो अवस्थामा समेत बाँच्नका

पीडा नै किन नहोस् त्यो मायामा, तर पनि माया मीठो नै हुँदो रहेछ !

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका सधैं भरी आँखामा आशु भए पनि माया को क्षणिक पल सम्झिँदा आनन्द हुँदो रहेछ अनेकौं बहाना गरी भुलाउन खोजे तर माया माया नै हुँदोरहेछ पीडा नै किन नहोस् त्यों माया मा तर पनि माया मीठो नै हुँदो रहेछ दोष न त तिम्रो नै थियो न त मेरो नै समय सँग लड़न नसक्दा हार्न पुगे छौ माया का कुरा गरी सधैं भरी भुल्दा विश्वास का पर्खाल हरु भत्काई दिएका छौ सधैं भरी आँखामा आशु भए पनि माया को क्षणिक पल सम्झिँदा आनन्द हुँदो रहेछ पीडा नै किन नहोस त्यों माया मा तर पनि माया मीठो नै हुदो रहेछ कसम ती झूटा भए आखिर बालुवा को महल को सपना बुन्नाले सजाइएको थिए ती सपना हरु आँखा मा चकनाचूर भएछन् आशु संगै बग्नाले आशु को संगम माया भए पनि हाँसो को आशा मा माया हुँदो रहेछ पीडा नै किन नहोस् त्यो माया मा तर पनि माया मीठो नै हुँदो रहेछ [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

बेनिशाफी जीवनकथा

रा जु प्रसा द लामिछा ने - जुदने मन भित्र बलेको आगो आँसु हालेर निभाउने गरेकोछु । रात भरी छट्पटिनु भन्दा थोरै पिएर निदाउने गरेकोछु ।। जीत मेरै थियो तैपनि हारको परिणाम स्विकारी रहेछु । कसलाई दोषी भनुँ मैले? आफ्नै भाग्यलाई धिक्कारी रहेछु ।। टुक्रा-टुक्रा भएको मुटु किला ठोकेर टाँस्नु परेकोछ । कैयौं दुखाई सहेर पनि दुनियाको सामु हाँस्नु परेकोछ ।। मन भित्र बलेको आगो आँसु हालेर निभाउने गरेकोछु । रात भरी छट्पटिनु भन्दा थोरै पिएर निदाउने गरेकोछु ।। देख्नेहरु मलाई जँडिया भन्लान पिउनु पर्ने मेरो विवशता हो । दोषी ठहर्नु र हार् स्विकार्नु नै मेरो बेनिशाफी जीवनकथा हो ।। मेरा यी निराश शब्दहरु सुनी मलाई काँतर वा कमजोर नमान्नु । बरु, "वा... क्या अँटिलो मान्छे" "अझै पनि जीउदै रहेछ" ठान्नु ।। धन्यवाद ! राजु प्रसाद लामिछाने लेखनाथ नगरपालिका, कास्कि (हाल, हप्किन्स मिनिसोटा, अमेरिका ) [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

उपहार - कथा !

तपाई जहाँ जानुहोस् , जे गर्नुहोस् तपाई संग हरेको पटक एउटा अवसर हुनेछ कसैको जीवन छुन र परिवर्तन गर्न ! सहि मार्ग दर्शन ले एउटा सफल जीवन निम्त्याउँछ ! प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक विद्यार्थीको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण विद्यार्थीको सामु उनले एउटा झुट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् । पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो प्रस्तुत लोक कथा एउटा प्राथमिक शिक्षिका र उनको एक बिध्यार्थिको हो । उनको नाम मिस थोम्पसन हो । त्यो दिन पाचौँ कक्षा को पहिलो दिन थियो, सम्पूर्ण बिध्यार्थिको सामु उनले एउटा झूट बोलिन्। जसरी सबै शिक्षकले भन्ने गर्छन् , उनले पनि सबै विद्यार्थीलाई समान माया गर्ने बाचा दोहर्याइन् । पहिलो बेन्चमा एउटा कुरूप , हेर्दै खाते बालक जस्तो विद्यार्थी बस्थ्यो । उसको नाम टेड्डी स्टार्ड थियो । उ अरू बच्चा जस्तो हँसिलो थिएन । हेर्दै फोहरी , लामा लामा नङ अनि गन्हाउने कपडा , महिनौ सम्म ननुहाएको मानौं कि उ पढ्

गजल : भाषाको बिधाता बनेर आयौ भानु‏ !

आचार्य, प्रभा (भानु जयन्तिको उपलक्षमा रचित भानु गजल रचना -जुलाई १२ /२०१० ) भाषाको बिधाता बनेर आयौ भानु घाँसीको उपदेश् सुनेर छायौ भानु । सबैको मनमा बसेर गुण गरि नेपाली भाषाको उन्नती चाह्यौ भानु । अमर अजर रहेर तिमी अझै हामीमा सुन्दर आभाष ल्यायौ भानु । देशको चिनारी दिएर म्रीत्यु रोज्दै साहित्य मनको आदर पायौ भानु । मरण शैय्यामा पुगेर पनि तिमी भाषामै होम्मिने कसम खायौ भानु । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

अखबारमा राजनितिको रन्को

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ "नेपाल दहाल गोप्य सहमती अलपत्र" - नागरीक दैनिक "माओबादी नेतृत्व अमान्य"- नागरीक दैनिक "पहिलो बुदा कार्यान्बयन गर्न आग्रहू" - गोरखापत्र "दृई दिनभित्र सहमती गर्न २२ दलको आग्रहू" - गोरखापत्र "काग्रेस एमाले निर्णय सहमती कार्यान्बयन भए माओबादी नेतृत्व"- कान्तिपुर "प्रधानमन्त्री काग्रेसबाट" -ओलीको महाबाणी - रंगीन बाकसभित्र - कान्तिपुर- बिहानीले आशा जगाउछ। त्यसै बिहानीलाई सुनको बिहानी भनिएको होईन। बिहानै अखबार पल्टाउनु र राम्रा बिचार त्यो भित्र छ कि भनेर खोतल्नु मेरो नियमित दिनचर्या हो। तर बिडम्बना मेरो बिहानको शुरुबात अखबारहरुले ढोकामा पोको पारेर फालेका माथि उल्लेखित असार २१ का सयौ र कयौ थरी अफिमहरुको सेबनबाट हुने गर्छ। नेपाली नामधारी यो अभागी जातलाई जति बढी राजनितिको राप ताप रन्को र उन्मादले यो धर्तीका अरु कसैलाई छुदैन होला। राजनितीबाहेक दायाबाया एक ईन्च पनि सोच्नु हुदैन सोच्नै सकिदैन हाम्रा मालिक र देउता भनेका हारेका नेपालदेखी मारेका दहालसम्म सप्पै लपक्कै हुन यिनका दिनदिनै र छिनछिनै फेरिन हरे