Skip to main content

Posts

Showing posts from May, 2009

चलन चल्तीका केहि नेपाली उखानहरु

संकलनः राजु लामिछाने हप्किन्स, मिन्नेसोटा चलन चल्तीका केहि नेपाली उखानहरु अकबरी सुनलाई कसी लगाउँनु पर्दैन। अर्काको नासो, गला पासो। अकाशको फल आँखा तरी मर। अघि बुद्धि आएन पछि रोएर के गर्नु। अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु। अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ। अल्छीलाई बल्छी, मर्दलाई जाल। अल्छी तिघ्रो स्वादे जिभ्रो। अनिकाले मानु बाडी चुडी खानु। आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष। आफै नमरी स्वर्ग देखिँदैन। आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने। आयुको छोरालाई वायुको के डर। उसै त सासु सुन लगाएकी। एउटा थाप्लोमा दुइटा नाम्लो। ओरालो लागेको घाम, पखाला लागेकी बूढी। ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ। औषधी र अर्ती तीतै हुन्छन्। कहिले सासुको पालो, कहिले बुहारीको पालो। काम न धाम पेटभरि माम। मुलको पानी,कुलकी नानी। कानु गोरुलाई औशी न पुर्णे। कि हस्तिनापुरको राज कि चपरिमुनिको बास। खोला होइन तिर्खा धाउँछ। खानु न पिनु पुर्पुरोमा चिनु। खाने मुखलाई जुँगााले छेक्दैन खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने। गर्नु न बिराउनु के–

गजल

आचार्य, प्रभा बोल्डर् केहीपल टाडिदैछु टाढा मलाई नठान्नु है बिछोड भो त के भो र ?पराइ नमान्नु है सधैं साथ कहाँ हुन्छ ?छुट्टिनु त छदैछ झझल्कोले पिरोले,माया बढेको जान्नु है एक्लो पलले पीडा दिए,बाडुलिमा आइदिनु कल्पनाको संसार नै मीठो भेट ठान्नु है हरेक पलको बिछोडमा तड्पिएरै बाँच्नु पर्छ कही कतै माया खोजे, मेरै माया छान्नु है

Microsoft to replace its live search engine with a new decision based engine “ Bing”

In order to compete with the giant search engine, Google, Microsoft has unveiled its new search engine, Bing. On May 28, 2009, Microsoft CEO Steve Ballmer has announced the new incarnation of live search as Bing, formerly code-named "Kumo". Bing is fully available from June 3, 09. Microsoft has claimed that Bing is not only the search engine but a Decision Engine, designed to empower people to gain insight and knowledge from the Web, moving more quickly to important decisions. “Today, search engines do a decent job of helping people navigate the Web and find information, but they don’t do a very good job of enabling people to use the information they find,” said Steve Ballmer, Microsoft CEO. “When we set out to build Bing, we grounded ourselves in a deep understanding of how people really want to use the Web. Bing is an important first step forward in our long-term effort to deliver innovations in search that enable people to find information quickly and use the information

गजल

बसन्त थापा“जीवन” चन्द्रावती, तनहुँ हालः– युएई,अबुधाबी पूर्णिमाको भन्दा मलाई औंशीको रात प्यारो लाग्छ। रंगिलो त्यो रात भन्दा तिम्रो साथ प्यारो लाग्छ।। सौखिन यस दुनिँयामा धेरैको साथ पाए पनि। न्यानो साथ भन्दा मलाई तिम्रो आधात प्यारा लाग्छ।। सलबलाउँथे कहिले काहिँ अपरिचित हातहरु। थप्पडनै लाए पनि तिम्रै हात प्यारो लाग्छ।। वास्तविक जीवनमा तिमी धेरै टाढिएता पनि। स्वप्नील संसार हेर्नै पनि नशाको मात प्यारो लाग्छ।। सोचे छैन “जीवन” ले अरु संग जीवन जीउने मर्ने। बिछोडकै भए पनि “सवि” तिम्रै विस्मात प्यारो लाग्छ।।

प्रक्रीती गीत

आचार्य, प्रभा बोल्डर् हेर त्यो नभलाई तिमी कती स्वचछ अनी मनोरम छ अटल अनी अमर छ सदा धर्ती र आकाशको सँगम छ त्यहा ... साँझ जब रङिन बन्छ क्षितिजले लाजको घुम्टो ओड्छिन गोधुली साँझ जब सुनौलो बन्छिन चराहरु चिबिराउन थाल्छन ... सोध त्यो धर्तिलाई तिमी कती महान अनी अजर छौ भनी पाउनेछौ जवाफमा तिमी सहनशिलताको खानि हुं भनी ... बसन्तमा जब पालुवा फेरिन्छ कोपिलाहरु फक्रन थालछन सुषुप्त बैंश उर्लिएर रूपको मादकता छर्न थालछन ... (बोल्डर कोलोराडो )

हरुवा कि जितुवा सभासद?

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ E-mail:milanbagale@yahoo.com गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन? मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय? संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सब

उ शिशु जस्तै मेरो मनको पाठेघरमा धेरै समय अटाउन चाहदैन

आचार्य प्रभा (अमेरिका ) हरेक बिहान म भावनात्मक प्रशव पीडाले आक्रान्त बन्छु , त र त्यो पीडामा म दुखेको आभाष गर्दिन , त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ शिशुको जन्मको पीडा जस्तो त्यो दुखाइ हुँदैन अनी शिशु जस्तै मेरो श्रीजनारुपी बालक धेरै समय सम्म मेरो भावनारुपी पाठेघरमा अटाउन पनि चाहदैन ........ किन कि उस्लाई त संसारमा रमाउनु छ सबैको ह्रीदयाकाशमा उड्नु छ पंख फिंजाएर अनी म... बिना कष्ट ,बिना पीडा हांसी हांसी उस्लाई मेरो कलमको सहारामा जन्माउने प्रयत्न गर्छु उस्को बालशुलभ मनोकाक्षा बुझेर / म उस्को भाग्यमानी आमा बन्न सधैं लालायित बन्छु अनी म पनि उस्लाई जन्म दिइे सकेर एक पटक खुशी र शान्तावनाको मीठो श्वास लिन्छु , जसरी... औसत आमाहरु छोराको जन्म पछी खुशी र हाँसोको खुय्य श्वास लिने गर्छन् त र... मेरो अर्थ र सोंचमा भने मेरो भावनारुपी शिशुको भेदभाव हुँदैन बस... मैले त जन्माउनु छ मलाई सधैं भरी बैशाखी भएर पाल्ने छोरो हैन मलाई सधैं मनमा शान्ती दिने र म भन्दा पनि अरुलाई बाँच्न अभिप्रेतित गर्ने शिशु किन कि म चाहन्छु , मेरो स्वार्थको मात्र शिशु हैन त र संसारकै आमाहरु

तिमी जाउ

गुरु केदार बराल, अमेरिका तिमी जाउ नदि संगै गए जाउ बाँध बनी छेक्ने छैन हुरि बतास बनेरै जाउ पहाड बनी रोक्ने छैन । वादल सँगै उडेर गए पनि बज्र बनी फटाउने छैन हैंजा बनी फैलिए पनि औषधि बनी रोक्ने छैन । जहाँ मन लाग्छ त्यहीँ जाउ तगारो बनी छेक्ने छैन सिसा झै फुटायौ माया प्रेमलाई अब जोड्ने प्रयास गर्ने छैन प्रेमको वासनाले लोभ्याए पनि लोभी बनेर स्वीकार्ने छैन रात परे विहान आउँछ मेरो यात्रा रोकिने छैन । तिमीले मायाको चिनो दिए पिन त्यसलाई सहर्ष स्वीकार्ने छैन रुदैं तिमी गए पनि आशुँ पुछ्न आउने छैन् ॥

शुँभ-कामना!

हाम्रा अग्रज मित्र दिपेन्द अधिकारी हालै मात्र ईन्गेजमेन्टमा वाधिनु भएको मा उहाहरुको आउदो जीवन सुखमय रहोस भन्दै सपनासंसार शुभकामना का गुच्छा हरु टक्र्याउदछ । तपाईदुईका भविष्यका पाईला हरु सधै उझ्यालो तर्फ लम्किउँन तथा तपाई दुईको सहयात्रा, प्रेम र हासोँले भरिपुर्ण रहोस् ।

गजल

अधिकारी, बसन्त मोहन चितवन(हाल यु ए ई ) अरु बाँकी केही भए तिम्रा ईच्छाहरु भन प्रिय मलाई जीवन दिन्छु अरु। मान्छेको जीवन भन्दा धन प्यारो रैछ सबै तिम्रै बनाउँन मलाई मार बरु। कुन पापको सजाए? दियौ मलाई तिमी आफै भन न कहाँ विश्वास गरु? तिम्रो लागी बिष पनि हाँस्दै पिई दिन्थें बिर्सीएछौ बसन्तका नैवेद र चरु। अझै पनि म भन्छु तिमी मान्छे बन तर तिमी गर्दै हिड्छौ झन तल झरु। सोझो देखी खेल्नु खेल्यौ मेरो जीवनमा रितीएछ आँखा मेरो नसोच भो आँशु भरु धर्म कर्म सिकाउँनु मेरो गल्ती रैछ ब्यर्थ मैले सोच्या रैछु दुःखीयालाई सेवा गरु। यदि म पापी अर्धमी राक्षस हुँ भने हे भगवान, मेरो वश मासिएर मरु।

होचिएको सर्वोच्चता

मिलन बगाले क्यामिन―६, बर्लाची तनहँ नयाँनयाँ राजनितिक खेतिपाती छिटोछिटो मौलाउने हाम्रो उर्बरा कोठेबारीमा यतिबेला नागरिक सर्वोच्चताले राम्रै भाउ पाईरहेको छ। आ―आफ्ना दलगत स्वार्थको सङकुचित घेराभित्र बसेर गरिने निरर्थक बहस र अपब्याख्याले भने यसको उचाई र गरिमा स्वाङ्खौ घटेको छ। पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर लगायत अन्य ठुल्ठुला अनुगमनकर्ताहरुले समेत निरोगिताको प्रमाण पत्र दिएको गतबर्षको संविधान सभा निर्वाचनलाइ आधार मान्ने हो भने नेपाली जनमतको सही प्रतिबिम्ब हो त्यो चुनाव। तुलोले जोखेझै गरी नेपाली जनताले सबैको हैसियत र हविगत सुहाउने गरी भोटको भागबण्डा लगाइदिएकै हुन। नेकपा एमालेका तत्कालिन महासचिव माधब कुमार नेपाललाई संविधान सभा चुनावमा सुनामीको रुपधारण गरेको फोरमी भेल र माओवादी बाढीले नराम्रो संग लतारेको जगजाहेरै छ। यति हदसम्मको बेइज्जती पचाएर पनि गल्लाकालीन ६० साले दौरा सुरुवालको धुलो टक्टकाउदै गरेका माधब नेपाललाई छयालीस साल देखि हालसम्मको लोकतान्त्रिक अभ्यासको बिकासक्रममा खेलेको समन्वयकारी भुमीकाको लागि पुरस्कृत गर्न खोजिएको भए पनि प्राकृतिक नियम बिरुद्धको यो आठौ आश्चर्

Top 500 companies in North America- Barron's List !

Barron- a subsidiary of the wall street journal has recently published the top 500 publicly listed companies in the US and Canada. In it’s 2009 report Barron’s said “Great companies don’t perform well only in good times. They also deliver when times are tough. And 2008 was about as tough as it's been in decades for the economy and the stock market. Yet the companies that landed at the top of the 11th annual Barron's 500 did a superb job of increasing sales and generating cash flow, even amid a global recession. Most have fortress-like balance sheets, too, and are renowned for conservative management.” Master Card is at the 1st rank. It was not registered last year. Google has gone up to 14 on rank. It was on 17 last year. Thomson Reuters went to 12 on rank. It was not registered last year. Cisco is at 54 down from 24 last year. Oracle is at 8, up from 25 last year. Apple is at 9 , up from 11 last year. Coca-Cola is at 35, up from 101 last year. Best buy is at 56 , up from 113 l

हल्लै हल्लाको देश

आचार्य प्रभा, USA सधैं हल्लै हल्लाको देश भो नेपाल कोही बिद्रोह ओकल्छन तोड्फोड गरेर , कोही मौन छन आँफैलाई धिक्कारेर कोही लुछाचुँडिमा ब्यस्त छन पद्लोलुप्ताको निम्ती , कोही नारा लगाउछन अधिकारको अभिप्शामा यसरी नै नौटंकिको बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश , कुनै गन्तब्यबिनाको बटुवा झैं बनेको छ हाम्रो भाषा अनी हाम्रो भेष / खै !कसरी भन्न सकिएला ? यो रोगको निराकरण होला भनी , खै !कसरी सोंच्न सकिएला र जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी अब फेरी भनी ...../

शक्तिखोरको सर्बोच्चता

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ नागरिक सर्बोच्चताको दुहाई दिदै नेपाली राष्ट्रिय सेनाको चेन अफ कमाण्ड चुडाल्ने र त्यसको लगाम आफ्नो हातमा पार्ने भयानक षडयन्त्रको तानाबानालाई राष्ट्रपतिको कदम एवम् राष्ट्रिय अन्तराष्ट्रिय दवाबले पाता कसेपछि लोकतान्त्रिक नेपालको शक्तिशाली प्रधानमन्त्रिबाट कामचलाउमा झरेका मेरा आदरणीय पुष्पकमलले चाहेको नागरिक सर्बोच्चताको नकाब शक्तिखोरे भिडियोले उतारिदिएको छ। नागरिक सर्बोच्चतालाई सैन्य शति्कको खोरमा लगेर थुन्ने र देश जनतालाई सर्बसत्ताबादको बन्धक बनाउने कुण्ठित स्वार्थलाई दलाल पुजीपति द्वारा सञ्चालित “ठुला“ मिडियाहरुले प्रसारण तथा प्रकासन गरेपछि माओबादी लोकतन्त्र प्रति साच्चिकै इमान्दार छन् भन्ने ऐठनमा परेका साना ठूला सबै दलहरुको उसँगको मोह भंग भएको छ। लोकतन्त्रको प्रतिबद्धताबारे हजार माला जपेपनि र नागरिक समाजका अखिल अगुवाहरुलाई राष्ट्रपतिको दैलामा लगेर उफारे पनि कसैले नपत्याई दिएपछि भाले हुने माओबादीको सपना अण्डा नकोरलिदै फुट्न पुगेको छ। युद्धको मोर्चा र रणनितिबाट टसमस नभएका क्रान्तिकारी कमरेडहरुको यो शति्क लिप्साले सग्लो र सङलो जिन्दगी ज

आमाको बाणी

अधिकारी, बसन्त मोहन चितवन(हाल यु ए ई ) बसन्तको पासमा लाली गुराँस सधैं हिमाल र हिमचुलीको सुनगाभा सँगै रहेसम्म मेरो प्राण यहि देह सँगै सबै जना बास बस म नेपाल! सँगै। घैया, कोदो, जौ, फापर तीन महिना सधैं हिमालका नेपालीलाई जोड तराई सँगै। गर्मी बढ्यो मन डढ्यो खेल हिउँ सँगै दुःख, पीडा, हर्ष, आँशु साटसँग सँगै। जन्म हाम्रो मानवको मानव धर्म सँगै बुद्ध, सीता, भृकुटीलाई राख मनमा सधंै। हिमालको स्याउ टिप्न आऊ साथ साथै धान चामल स्याउ साट, साट आफ्नो सँगै। तराईको गर्मी छल्न उक्ल चामल सँगै जडीबूटी औषधि लिई झर तराईतिरै। दूध, दही, बाखा्रपालन गर पहाड सँगै जलस्रोत र पर्यटनले हुन्छ विकास सबै। अँैंचो पंैचो आफू भित्र तिनै जना सँगै हिमाल, पहाड, तराईको नाता गाँस सधैँ प्रकृति र कला कृति संरक्षणमा सधैँ मेल मिलाप गरी बस जन्म दाता सँगै। चेतनाको प्रयोग गर मानव धर्म सँगै स्वर्ग सरी बस्न पाउँछौ नेपाल आमा सँगै।

Beauty of Junk Mails and Newspapers.

It’s hard to imagine that few junk mails and news paper on your post box can be used to create real art. Art is something that has creativity and reflects the emotion or rays of thoughts. I am not the student of Art and I don’t have the proper definition of Art. There have been many arguments about, what should art be like? I believe, Art is something that you create and has some emotional values, sentiments and test on it. Let’s not talk much about the art, I don’t want to spoil your artistic knowledge here. Recently I got a chance to visit an expo called “The 2009 Living Green Expo” at Minnesota State Fair. In truth, it was not the art exhibition; it was about the environment and the green technology. The main dictum of the expo was to raise local people consciousness about the environment changes, its influence and recommend people to use the green products. There were more than 200 stalls. I was amazed to see one of the stall owned by a Nepali Family,(Raju Lamichhane & Family

सेरेमोनियल महामन्त्री!

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ राष्ट्रपतिको समेत कार्यभार सम्हालेका नेपाली काग्रेसका महामन्त्री डा रामबरण यादबले आफ्नो पार्टीका कार्यवाहक सभापति सुशिल कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा सेनापति हटाउने नेपाल सरकारको निर्णयलाई उल्टाउने प्रयास गरेपछि उनी राष्ट्रपति कम नेपाली सेरेमोनियल महामन्त्री बढी हुन भन्ने अमिलो तथ्य घामझै छर्लङ्ग भएको छ। लुगा र भाषाको पहाडे राष्ट्रवाद चाहिएन भन्दै धोतीकुर्ताका साथ हिन्दीमा सपथ ठोकेर बिवादमा आएका फोरमी उपराष्ट्रपति परमानन्द झा लाई कोसौ पर पछार्दै यि कागरेसी महामन्त्रीले विधिको शासन, अन्तरिम संबिधान र राष्ट्रपति पदको मर्यादाको धज्जी मात्र उडाएनन, आधारातमा ज्ञानेन्द्व शैली पछयाउदै माओवादी अध्यक्ष गरेको महाभुललाई छायामा पार्नै गरी अर्कौ अक्षम्य गल्ती गरे। डा यादबले सर्बोच्च अदालतको राय लिने, छलफलको लागि ब्बस्थापिका संसदमा पठाउने जस्ता बैधानिक बिकल्पलाई लत्याउदै "म पनि राज्य हु" भन्ने शैली आत्मसात गर्दै समानान्तर शासक बन्ने प्रयास गर्नु घोर निन्दनिय छ। संघिय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिजस्तो गरिमामय पद

कम्रेड पुष्प कमल प्रचण्ड लाई खुला पत्र !

राजनितिको र पनि थाह नभएको म, आज नेपाली राजनितिबाट बिरक्त भएको छु । नेपाल हाक्ने चालक हरु, चरम राजनैतिक खेल खेलेर नेपाली सोझा साझा जनता हरुलाई अन्धो बनाईदिदा रहेछन्। एउटा छोरा को आफ्नै अगाडि गोलि ठोकेर मारिन्छ, आफ्नी श्रीमती को आफ्नै अगाडि करणी गरिन्छ , अनि आफ्ना पिता को हात खुट्टा काटेर घाटि रेटेर मारिन्छ , नेपाल देशमा । जनता हरु सहन बाध्य छन् , तर कहिले सम्म ! डर त्रास ले गर्दा नेपाली भएर पनि नेपाल बस्न मन गर्दैनौ, हामी नेपालीहरु । जव नेपालमा माओवादी शान्ती प्रकृयामा प्रवेश गर्यो , अनि २४० बर्षको एक क्षत्रीय निरंकुस राजतन्त्र को अन्त्य भयो, संपुर्ण नेपाली जगतमा एउटा झिनो आशा पलायो , तर नेपाली को दुर्भाग्य झिनो आशा लिनु पनि पाप सरहनै भयो । कहिले सु:ख को श्वाश फेर्न पाएनन् । नेकपा माओबादी सेना, निजामती कर्मचारी हुदै संम्पुर्ण केन्द्रीय सत्ता कब्जा गर्ने कुलत अवधारणा लिएर सरकार मा गयो । हालचालै मात्र खुलासा भयको भिडियो टेपमा नेकपा माओबादी तत्कालिन सैन्य कमाण्डर तथा भु पु प्रधानमन्त्री पुष्प कमल दाहाल को बक्तब्यलाई उढृत गर्ने हो भने, सहिदको परिवार ले पाउने ९०% सुबिधा नेकपा माओबादीको

माओबादी को ग्र्याण्ड डिजाईन , पर्दा पछाडी को सहि प्रचण्ड !

हाल चालै मात्र ईमेज च्यानलले माओबादी अध्यक्ष्य काम्रेड पुष्पकमल उर्फ प्रचण्ड को एउटा भिडियो सार्वजनिक गरेको थियो । उक्त भिडियो हेरे पछि , नेकपा माओबादीले कसरी नेपाली जनतालाई झुक्याउदा रहेछन भन्ने कुरा छर्लङ्ग भएको छ । हाललाई माओबादी प्रती को मुल्याङ्कन तपाई हरुलाई नै छोड्दै , उक्त भिडियो haru तल प्रस्तुत गरेको छु । Part 1 Part 2 Part 3 Part 4 And finally the news from Image Channel , यसरी नेपाली जनता लाई झुक्याउदै यीनिहरुले के गर्न आटेका हुन , त्यो तपाईहरुलाई नै सोच्न को लागि छाढेको छु । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: