Skip to main content

Posts

Showing posts from March, 2010

यो कस्तो सम्झौता ! (कथा भाग २)

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका पहिलो भाग पढ्न यहा क्लिक गर्नु होस् । मेरो मुटु नै ढक्क फुले जस्तो, कता-कता डर लागे जस्तो भयो। म सँग विवाह गर्न राजी छु, म मन पर्यो भनेर पहिला उचाल्यो अनी अहिले एकाएक भइमा थेचारिदियो। दोश्रो भाग: फोनमा कुरा गरे। उही केटाले भेट्न बोलाएको छ आजै। मनमा दश थरी कुरा खेलिरहे पनि हतार हतर दाईसँग उस्ले बोलएकै ठाउँमा गए। उ त एक्लै आएको रहेछ। दाईलाई पनि म सँग एकछिन कुरा गर्छु भनेर एक घण्टामा यही ठाउँमा आउन आग्रह गर्योल। "नानु, दिउँसो तिम्रो परिवारसँगको छोटो बसाइ रमाइलो भएको थियो।"- उस्ले यसरी कुरा सुरु गर्योल। घरमा मलाई सबैले नानु भन्ने भएकाले उस्ले पनि नानुबाट नै सम्बोधन गर्योल मलाई। म केही पनी बोलिन। उ नै बोल्दै गयो। "म त बिदेशबाट आएको। विवाह गरेपछी पनि परिवारलाई उतै नै लिएर जाने मेरो सोच छ। मलाई तिम्रो बारेमा सबै कुरा चित्त बुझेको छ। यदी तिमीलाई पनि म मन परेको छु भने कुरा अगाडि बढाउन सकिन्छ। के छ तिम्रो बिचार भनी उल्टो मलाई प्रश्न तेर्सायो।" कस्तो अफ्ठ्यारो परिस्थिती आइ पर्यो् मलाई। के भनु के नभनु होश नै भए

बैरीलाई पनि नपरोस है...

Share जुदने माझठाना-६, कास्की हाल: हप्किन्स, मिन्नेसोटा तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । धन कमाउने लालचले प्रदेशमा आएँ "धन भन्दा माया ठूलो" बल्ल थाहा पाएँ । चरी भए उढि जान्थेँ मायालूलाई भेट्न वर्षौ देखि सहेको यो नियास्रोलाई मेट्न । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । तिम्रै सम्झनाले होला सबै कुरा भुल्छु पूर्व जान निस्केँ भने पश्चिम तिर पुग्छु । एकान्तमा एक्लै बसि टोलाउँदो रैछु बेसुरले तिमीलाई नै बोलाउँदो रैछु । बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । नसक्छु म निदाउन न त भोकै लाग्छ भेटै नभै मरिन्छ कि यहि पिर लाग्छ । मेरो पापी मनले पनि नानाथरी गुन्छ मलाईमात्र यस्तो होकि तिमीलाई पनि हुन्छ ? बैरीलाई पनि नपरोस है मैले जस्तो खप्न माया गर्ने मान्छे वाट टाडा भै बस्न । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्

यो कस्तो सम्झौता ! (कथा भाग १ )

Share उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका फरी आज म अर्को पुरुषको अगाडि उभिएकी थिए ता कि उस्ले मलाई हेरोस, मन परावोस अनी म सँग विवाह गर्न राजी होस् भनेर। होचो हुनु र कालो बर्णको हुनु जो बाध्यता छ मेरो। किन बुज्दैन होला यि केटाहरु जो कोही केटी पनि हेर्दै " यो राम्री छ, यो यस्ती छ, यो उस्ती छ " भन्दै मुल्यङ्कन गर्दै छोड्दा त्यो केटीलाई के असर पर्छ भनेर। के त्यनिहरु मनमा अलिकती पनि अफ्ट्यारो पैदा हुँदैन होला मैले दस थरी केटी हेर्दै-छोड्दै गर्दा अनी राम्रो-नराम्रो भन्दै हिड्दा उनिहरुको स्वाभिमानमा कत्तिको ठेश पुग्छ भनेर। किन फोटो हेरेपछी नै "हुँदैन यो केटी त" भन्न सक्दैन्नन? (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ। फेरी म श्रिङ्गरिनु पर्ने भयो आज। कत्ती मन पर्दैन्न मलाई दश थरी चिज आफ्नो अनुहारमा पोतर्न्न। मन नपरे पनि गर्न त पारी हाल्यो नि। आफुले आफुलाई जतिसुकै सुन्दर देखाउने प्रयास गरे पनी अरुहरुको नजरमा म कहिल्यै राम्री देखिन। हुन त आफुलाई आफु नै नराम्रो त कस्लाई पो लग्ला र। जती सुकै कुरुप भएप

"अर्कै धातुका गिरिजाबाबु "

Share -मिलन बगाले क्यामिन -६ बर्लाची तनहु यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'। 'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' गिरिजाबाबुको बिग्रदो स्बाथ्यको बारेमा बिगत २ - ४ बर्षदेखी नै अनेक पटक नानाथरी हल्लाहरु चल्दैगर्दा म भने एउटा अचम्मको जिराहा तर्क बोकेर या भनौ भ्रमको पर्दा ओढेर ढुक्कै बसेको थिए। कालो रंगको त्यॊ पर्दा २०६६ चैत्र ७ गते बिहान १२ बजेर १० मिनेट जादा नराम्ररी च्यात्तियो र म कटु यथार्थ स्वीकार्न बाध्य भए। गिरिजाबाबु लाई मैले चिन्न थालेको ५ -६ बर्षको उमेरदेखी नै हो। "सायद आमा बा पछि मैले चिनेको तेस्रो मान्छे गिरिजाबाबु हुनुपर्छ र चौथो मभन्दा २ बर्ष जेठो मेरो दाजुलाई। यो कुरो बर्षौदेखी भन्दै आएको छु। टीभीको नाकमुखै नदेखी हुर्केको मेरो पुस्ताको लागी गिरिजाबाबु चिनाउने साधन भनेकै पत्रपत्रिका र रेडीयो मात्र थियो। म ५-६ बर्षको हुदाखेरीको एउटा क्यालेन्डर म अझै सम्झन्छु। सुत्ने कोठाको भित्तामा टागीएको त्योक्यालेन्डर

अन्तिम कोशेली गिरिजालाई

~आचार्य प्रभा चाहे जो ,जे सुकै होस् कालले उस्लाइ पर्खिरहेकै हुन्छ त्यसैले ......... आफ्ना लक्ष,उदेश्यलाई थाँती राखेर पनि धर्तीलाई बिदा माग्नैपर्छ एउटा हस्ती अनी राजनीतिक धरोहरको समापन ....... आखिर पेवा न हो मृत्‍यु कहाँ रोक्न र छेक्न सक्थ्यो र? सम्बेदना र मायाका पर्खालहरुले त्यसैले उ निभेछ राजनीतिक आकाशबाट तर निभ्ने छैनन् उस्का समर्पण र उदेश्यहरु / हो मृत्‍यु अवश्यम्भावी छ चाहे जो ,जे सुकै होस् कालले उस्लाइ पर्खिरहेकै हुन्छ त्यसैले ......... आफ्ना लक्ष,उदेश्यलाई थाँती राखेर पनि धर्तीलाई बिदा माग्नैपर्छ संसारकै नियम सम्झी / हो..... मान्छे हो , जीवनभर कोशिश र संघर्षमा जीवनलाई उप्केरा दिँदै फलाउन फुलाउन चाहन्छ कत्ति कोशिश फल बनेर झाँगिन्छन कत्ति प्रयास तुषारोले कुहाइदिन्छन , त र पनि नहार्नुको एउटा ईतिहास लेखेर मृत्‍यु रोज्नु मान्छेको महानता र शाहस हो हो यही शाहसको एउटा पर्याय हो गिरिजा जस्ले जस,अप्जसका ढाकरहरु बोकेर पनि आफुलाई थकित नमान्नुको एउटा बहादुर भरिया साबित गरेकोथियो/ पौढताको सिमालाई पनि तरुणपनको जलप लगाएर नव जोश,जांगरको पहिचान दिएक

प्रेम मृत्यु !

दिनेश गुरुङ पोखरा , कास्की (हाल, मेरिल्याण्ड, अमेरिका ) हेर न प्रिय तिमीलाई लैजान साधन तयार छ मलाई लैजान पनि तयार छ फरक यति मात्र थियो प्रिय, तिमीलाई महङ्गा कार त मलाई हरिया बास प्रस्तुत छ कवि दिनेश गुरुङ स्वयं द्धारा बाचित कविता प्रेम मृत्यु ! Your hidden post goes here [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

कथाः सम्झौता

सुमन बगाले। आँबु खैरेनी तनहुँ। सबै सम्बन्ध विवाह मा नै समाप्त हुनुपर्छ भन्ने छैन। के एक नारी र एक पुरुष साथी हुदैमा विवाह नै हुनुपर्छ र? विगतमा तिम्रो मेरो सम्बन्ध जे जस्तो भयपनि त्यो सबै वितिसके। त्यसलाइ भुल्न नसकेतापनि जीवनको एक अविस्मरणिय क्षणको रुपमा लिन सक्छौ। यो कस्तो समय आयो आज, यो चन्द्रमानै झरेर थिचेजस्तो गरि यो शरीर दुखेको छ। यो सूर्य नै फुटेजस्तो गरि मन पोलेको छ तैपनि सामाजिक नैतिकतामा अल्झेर पूर्णिमाको जुन बन्नु परेको छ। समय नै यस्तै रहेछ। मनभरि सपना बुनेपनि यो पापी समयले लथालिङ्ग पारिदिन्छ जुन सपना वास्तविकता भन्दा एक सेकेन्डपनि अगाडि जान सक्दैन। मानेकी त थिइन रे गीतापनि तर के गर्ने परदेशीको के भर हुन्छ रेली मै गीत जस्तै बहकिने परेदेशीनेहरुको बेदना कसले बुझिदिने? कसैको मिलनले कसैको ह्दयको तार छिन्छ भन्ने ख्यालै नगरि गीता लाइ शम्भु दाइको हातमा दिएछन्। अहिले एकदम खुशी छिन रे। हुनपनि पर्यो नि त्यो निश्ठुरी परदेशीलाइ श्राप नै लाग्दो हो, घरपछाडी करेसामा बाबा आमाको आखा छलेर लुकी लुकी तस्विर हेर्न बाध्य बनाउने मोरा, जिन्दगी भरिलाइ चोट परिजाओस। कसले बुझनदिने प्रतिक्षाको घडी क

मेरो प्यारो आँधीखोला

ज्ञानबन्धु के.सी. मनकाप्रेमी हाल न्यूर्योक मध्यपश्चिम ग48डकी क्षेत्रमा श्रवण कुमार पुगिगए , अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा बिलिन भए। ब्याधालाई के थाहा श्रबण कुमार छन कहाँ भनी पानी खोज्न गएका श्रबण बिचरा पोखरी छेउमा गयो ज्यानपनि। आँसु अविरल बगी रह्यो अन्धाअन्धीको आँसु बगेर आँधी बन्यो, बग्दै बग्दै तल बेसीमा झरी सेती,खहरेमा मिली महानदी भयो। साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा, सिँचाइ र मनोरञ्जन पाए लोकले, बिजुली बल्यो बेसीका काँठकाँठमा। मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म, चण्डीकाली भिर्कोट गह्रौ आलमदेबी दोहोरो साँक्षीबनी माझमा फाँट छ लमतन्न । बगाउँछ फोहरमैला शहर बजारको पार्छ वातावरण सधै सुद्द सफा आकर्षक, पर्यावरण फोहरीनाले सुक्दैछ हिउँदमा दुःखको बन्दैछ, व्यथा कथा छक्क छन दर्शक। बर्षायाममा तन्नेरी हुन्छौ, बगाउँछौ खेतबारी सुकुम्बासी टहराहरु पनि, बाडी पैरो रोक्न वृक्षारोपण र गरौँ हुन्छ सबै हराभरा मुल फुट्छ अनि। लमतन्न लामो बगेको आँधी किन सुसाउछ् शून्य आधा रातमा सधैं, माया गरौँ न म

गजल

बसन्त थापा “जीवन” चन्द्रावती तनहुँ, हाल–अबुधावी, युएई कालो रातमा उकाली चढेको याद आउँछ। जिन्दगीको भाग्यरेखा पढेको याद आउँछ।। रातमा पनि सगरले बगाएथ्यो अश्रुधारा। अँधेरीमा हिलोमा गढेको याद आउँछ।। चिप्लो वाटो नौलो ठाउँ बर्षातका पानीमा। छेउ कुना गर्दा गर्दै लढेको याद आउँछ।। हर्षित हुँदै गएको रमाइलो त्यो ठाउँमा। दुःख पाउँदा पीडाले मन डढेको याद आउँछ।। “सानु”को यादले तड्पीराथ्यो मन मेरो। मनको कुरा मनैभित्र सढेको याद आउँछ।। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

"Do Something" Award Winner Maggie Doyne inspiring the youths through her work in Nepal !

“We have potential to do anything and to be anything. As young women in this world we are truly limitless” - Maggie Doyne, 2009 Do Something Award Winner ! A high school girl, who was still on her teen age, graduated from her high school, and desired to make a travel to the third world taking a year break from her school. Her classmates headed off to the college while she was dropped off at the Newark International airport with her backpack by her parents. This is a true story of a teen age girl, Maggie Doyen who listened to her heart and has been working in Surkhet, a remote village of Nepal for the social welfare of Nepalese street Children. When she made a trip to north eastern India, Maggie Doyen met orphaned and poverty-stricken Nepalese children on the street of India who were displaced by the Ten Years Maoist insurgent war. She then planned to visit Nepal. She writes on her Journal: “I was trekking through the Himalayas in war-torn Nepal, where I began to meet hundred

Award Winning Documentary Movie on an American Peace Corps Volunteer in Nepal , JimiSir !

This movie is about a volunteer, James Parks, the “Jimi Sir”,An engineering student who graduated from MIT and join the Peace Corps Volunteer in Nepal. The movie was made during the mid 80's and was released only on 2004. An Award winning must watch documentary that portrays Nepal and the Nepalse people and the educational system of Nepal in remote villege. Thank you for watching !

मेरो अपरिभाषित प्रेम ! ( Undefined Love)

दिनेश गुरुङ पोखरा , कास्की (हाल, मेरिल्याण्ड, अमेरिका ) "के दियौँ अन्जानमा तिमीले मलाई मेरो जिन्दगी सुम्पिदियौ , हास्न भुलेको थिए मैले खुसी बनाई मेरो आँखा बाट आशु झारिदियौ ! " सुरुबाट कताबाट गरौँ खोई, बिछोड को कुरा गरि मिलनको कुरा गरौँ या फेरी मिलनको कुरा पहिले गरि बिछोड को कुरा गरौँ । आखिर मेरो जिन्दगी को मिलन बिछोड का खेल हरु यहाँ पोख्दै छु । भेट भएको पनि आज ८ वर्ष भइसकेछ तर बोलचाल भने केवल सात वर्ष मात्र भयो। मलाई आज सम्म याद छ त्यो पहिलो बोलाई थियो हाम्रो, फोनमा , Friendship Day दिनमा । थर् थर् कामिएका शब्द मा एक अर्का लाई शुभकामना दिँदै आगामि दिनहरुको भेटमा बोलचाल गर्ने बाचाको साथमा बिदाई हुँदा मलाई थाह छ त्यो दिनमा मैले संसार मा बिजयी पाएको आभास गरेको थिए । के थियो तिमीमा आखिर संसार जित्न पुगे मैले त्यस्तै रहेछ मायाको खेल मुटु नै नभएको पाए मैले ! त्यस पछि सधैं जसो कलेजको भेटघाट , बोलचाल अनि संघै खाजा खाँदा ,संघै खेल्दा माया झन् गहिरो हुँदो रहेछ । मानौँ कि हरेक पल हामी एक अर्काको माया को परिधि भित्र थियौ । म आफैमा उ संग हराउन थालेको थिए । जब एक दिन, आफ्नो म

Motivation , Positive or Negative, A short story of two brother !

By Unknown Author (Thank you Raj for submitting the story) Once open a time, there lived two brothers.One was a drug addict and a drunk who frequently beat up his family. The other one was a very successful businessman who was respected in society and had a wonderful family. Some people wanted to find out why two brothers from the same parents, brought up in the same environment, could be so different. The first one was asked, "How come you do what you do? You are a drug addict, a drunk, and you beat your family. What motivates you?" He said, "My father." They asked, "What about your father?" The reply was, "My father was a drug addict, a drunk and he beat his family. What do you expect me to be? That is what I am." They went to the brother who was doing everything right and asked him the same question. "How come you are doing everything right? What is your source of motivation?" And guess what he said? "My father. When I was