Skip to main content

Posts

Showing posts with the label नियात्रा

दसहजार तालको साम्राज्य

राजेन्द्रप्रसाद अर्याल गोरखा बजार, नेपाल । हालः म्याडिसन, विस्कन्सन, अमेरिका Email:- aryalrajendra3@gmail.com जनवरी, २०१२    आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त साँझको पाँचबजे ओर्लनु पर्ने पूर्वनिर्धारित कार्याक्रममा वासिङ्गटन डि.सि.मा जाहाज छुटनाले पाँच घण्टाको यात्रा अवधि थप हुन गयो । एक हुल परिवारजनहरू तोकिएको समयमा विमानस्थलमा जम्मा भै रित्तै फर्कन परेको तितो यथार्थ बोधले मन चिसो भयो र पछिल्लो झमट सीता र विनायक मात्र मलाई लिन आउनु भएको थियो ।   नेपालदेखि पातालभूमिसम्मको लामो यात्रा स्वयंमा पट्यार लाग्दो त्यसमाथि विमान छुटन गएको मानसिक तनावले लखतरान भै सकेको थिएँ । आफ्नो सामानको व्यग्र पर्खाइमा रहँदा रहँदै वासिङ्गटन डि....