Skip to main content

Posts

Showing posts from May, 2010

जीवनकी रानी तिमी तिम्रो कतै मन थियो कि

सुमन "सुधा" बगाले आँबु खैरेनी तनहुँ । वन डढेर खरानी हुँदा मन डढेर कालो भयो औँठी साट्दा बल्झाउने कुनै त्यस्तो सुन थियो कि जीवनकी रानी तिमी तिम्रो कतै मन थियो कि सम्झनामा रुमलिने कुनै त्यस्तो गुन थियो कि गाउँबेसीको उकालीमा हात थाम्ने हुँदा हुन सुसेलेर बोलाउने कुनै त्यस्तो धुन थियो कि हाँसखेल हो जिन्दगी आयु लामो छोटो भयपनि औँसीमा ज्योति छर्ने कुनै त्यस्तो जुन थियो कि वन डढेर खरानी हुँदा मन डढेर कालो भयो औँठी साट्दा बल्झाउने कुनै त्यस्तो सुन थियो कि अस्तित्वलाई जोगाउन ज्यानकै बाजी थाप्छन् यहाँ सौभाग्यलाई लत्याउने कुनै त्यस्तो खुन थियो कि Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

पुरुष - कथा

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका नारी भन्दा विशिष्ट रे पुरुष बलिया र बुद्धिमानी रे पुरुष फेरी नारीबाट धेरै नै अपेक्षा गर्ने गर्छन् रे यिनै पुरुष । प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको "दर्शन नमस्ते" भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है राम्रो संयोजन यी सबका-यस गीतमा । हुन त यस्ता खालका सङ्गीत मैले पहिला पनि सुनेकी हुँ तर यस गीतका रचनाकारले यस्तो मोहनी लगाइदिएका छन कि मलाई आज भोलि त म आफ्नोमा आउने बिरामीहरूलाई पनि सङ्गीतमा रमाउन आग्रह गर्छु। त्यसका शब्द शब्दमा डुब्न आग्रह गर्छु अनि त्यसको भाबमा हराउन प्रेरित गर्छु, जसले उनि हरुलाई एक छिन भने पनि concentrate गराउन मद्दत गरोस्। अलि अलि भनेपनी उनिहरुको जीवनमा आशाका दियोहरु जलाउन सकुन यस्ता सङ्गीतका रागले भन्ने अभिलाषाले मैले यो काम १-२ जनाबाट सुरु गरेकी थिए, अहिले राम्रै पाएकी छु। पेसाले म psychiatric हुँ। सानै देखी नै मलाई यस पेसाले आक

किन झुटो माया मा अल्झायौ मलाई !

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका जानु थियो म बाट टाढा तिमीलाई किन झुटो माया मा अल्झायौ मलाई नदिनु थियो मीठो सपना तिमीले आखिर बिलाई जाने सपना किन दियौ मलाई क्षणिक माया मा रमाई तिमी बिछोड को घाउ दिदै छौ मलाई संगै जिउने मर्ने कसम खाने तिमी किन टाढा भाग्दै छौ छोडि मलाई आँसु पिई हाँसो दिन्छु भन्थ्यौ तिमीले आँसु को पोखरीमा किन ढुबाईदियौ मलाई बेदना नै भयो यो माया पनि क्षण क्षण मा किन रुवायौ मलाई निष्ठुरी लाई माया गरेछु मैले आशु पिई बाँच्ने बनायौ मलाई हर बखत संझना किन दियौ तिमीले किन आशु मा पनि तिम्रो तस्विर आउँछ मलाई Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

बरु यसो गरे कसो होला ?

Share तश्वीर आफै बोल्छ, ग्राफिक्स : राजु लामीछाने , मिनिसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

बाल कमरेडसंग एकैछिन

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ Share पिरोपिरो चटपटे चपाउदै उसले फायर खोल्यो- "काठमान्डु घुम्लास खुब मस्ती गर्लास भनेर फकाईओरी ल्याका थे यहाँ त कालो टासेको रोडमा दिनभर फनफनी घुमाका घुमाई छन दाई यस्तो घाममा",घरी केजाती बानेश्वर हो कि के हो जानपरो भन्छन घरी रत्नपारक घरी पुतलीसडक घरी केजाती कलंकी मसालजुलुस फेरी के फेरी के उ दिक्क मान्दै थियो। "दाई !मलाई ५ रुप्पेको चना चटपटे खुवाउनुस न प्लिज" शहर हेर्नर सरकार घेर्न देशैभरीबाट राजधानी पसेका पीध भन्दा मुन्तिरका नेपाली जनता र तिनको लोभलाग्दो जुलुस आखाभरी हेरेर घर फर्किरहेका बेला हातमा बडेमानको बासको कप्टेरो र टाउकोमा वाई सी एल लेखेको कफन बाधेको अन्दाजी १२ -१३बर्षको एक बाल कमरेडले पुतलीसडकम...ा मेरो हात समाउदै चटपटे खुवाउन आग्रह गर्यो। काठमान्डु पेटभरी हेर्न र मस्तीले घुम्न आको उसंग सुक्को पैसो छैन रे, चिउरा खान पाउने पालो कुर्दाकुर्दा बिरक्तिएर अलि मास्तीर एक्लै घुमिरहेको उ मसंग अचानक नजिकिएको थियो। उसको सुकेको मुख देखेर शुरुमा मैले खरबुजा खुवाए र हामी बाटोमै मजाले गफिन थाल्यौ। "दाई तपाई चाहि किन आन्दोलना नहि

गुनगुन

Share भोज र मदिरा ! “आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा । आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी

फूल

- छट्टु, हाल अमेरिका Share कोपिलाबाट फक्रिएर डालीभै फैलियो वसन्तको आँगनमा नौलो किरण छरिदियो राता हरिया रङि चङी रङले मग्न पारिदियो मीठो चोखो अमृतमा मनमुग्ध भइदियो यसो हेरे टोलाएर फक्रिएका डालीमा जीवन साह्रै त्रिप्त भयो क्षणिक ओझेलीमा टिपौँ भनि औँलाहरु अगाडि नसारेका होइनन् फूल ओइलाएर जान्छन् भनी थाहा नभएको पनि होइन फूललाई हेर्छु मख्ख हुन्छु लोभ्याउँछ यसकै रङले जीवन त्यसै खुसी लाग्छ यस भित्रका सुगन्धले फूलसरी मलाई पनि बासना मन छ दुई दिनको जिन्दगीमा रमाउन मलाई मन छ!!!!!! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

सबरी (अन्तिम भाग)

Share पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्। दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्। पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका रात्री बसको यात्रा पछि उनीहरु काठमाण्डौ पुगेका थिए। काठमाण्डौमा सबरीका दिदी भिनाजु रहेछन्। भिनाजु पनि सेनामा मै रहेछन्। सहदेवले दिदीलाई सबरीसंगको सम्बन्धबारे पहिले नै बताएको रहेछ। दिदीले उनीहरुको बिबाह गुह्यश्वरीमा लगेर गराईदिएकी थिइन्। सहदेवले काठमाण्डौमा नोकरीको लागी खुव प्रयास गरेको थियो। तर नोकरी मिलेकोथिएन। अन्तत: डेढ दुई महिनाको काठमाण्डौं बसाईपछि सहदेवले गाउँ जाने निर्णय गरेको थियो। तर अन्तर्जातीय बिवाह गरेको कारणले घरमा बाबु आमाले के भन्ने हुन् भन्ने दुविधा पनि थियो। दिदीलाई समेत साथ लिएर सहदेव र सबरी घर गएका थिए। सहदेवका बाबु शुरुमा खुब रिसाएका थिए तर दिदीले सम्झाए पछि सामान्य भएका थिए। उनी आफै धेरै समय भारतीय सेनामा काम गरेका देश परदेश बुझेका मानिस पनि रहेछन्। गाउलेहरुले भने सहदेवको परिवारको कुरा काटिरहेकै थिए, तर सबरी बिस्तारै परिवारमा भिज्दै, घुलमिल हुदै गएकिथिइन्। बिस्तारै सासु-ससुराको मन जित्दै थिइन्। सहदेव खेतीपातीमा लागेको थियो