आमाको रहर ! !

क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।”

दोबाटोमा तिमीलाई म याद आएँ भने .....

श्रेया, मैले मेरो जीवनमा ठिक गरे या गरिन, चाहेको पाएँ या पाईन , तर पनि जे चाहेँ जे पाएँ र जे गरेँ, जानि जानि कहिल्यै पनि कसैको मन दुखाउने प्रयास मा गरिन् । आफुँले चाहेको भन्दा पनि जे लेखिएको छ , त्यहि हुदौ रहेछ। तिमी सधै खुशी रहनु, जीन्दगी को यात्रा मा कुनै पनि दोबाटोमा तिमीलाई म याद आएँ भने मैले आफुँलाई भाग्यमानि ठान्ने छु । उहि, बिनोद !

आफ्नै मनका कुरा !

एउटा बिज्ञापन क्लिक गरेबापत मलाई बिस सेन्टदेखि दुई डलर सम्म आउछ। अहिले सम्म मैले गुगल बिघ्यापन बाट करिब २२० डलर आम्दानी गरेको छु (गत २ बर्ष को अवधिमा)। मेरो हालसम्मको प्रत्यक्ष खर्च ५० डलर जति मात्रै छ ! बाकि रेहेको पैसा मैले नेपालकै कुनै एउटा सामजिक कार्यक्रममा खर्चने प्रतिबद्दता ब्यक्त गर्दछु र त्यसको हिसाब किताप तपाईहरुको अगाडि मुल्याङकन को लागि प्रस्तुत गर्ने छु !

Microsoft to replace its live search engine with a new decision based engine “ Bing"

Microsoft has aimed to gun down Google with Bing. Microsoft has already announced an $80 to $100 Million ad campaign for Bing. Google has spent about $25 million on all its advertising last year with $11.6 million for recruiting. As show in the graph Microsoft search market share has been lowering down with just an 8.2% share of the market for core search compared to 64.2% for Google and 20.4% for Yahoo.
केहि लडाई अनि केहि झगडा बिच अमेरीकामा रहेका नेपाली हरु को छाता संघठन ले आयोजना गरेको ए एन ए कन्भेन्सन् २००९ , सान फ्रान्सिस्कोमा सफल भयको छ । नेपाली भाषा अनि सस्कृती को बचावट गर्न को लागी भनेर हरेक बर्ष ए एन ए ले यस्तो कार्यक्रम आयोजना गर्दछ। यो कार्यक्रम सफल पार्न नेपाल बाट सांगीतिक टोलि साथ साथै केहि राजनितिक दल का प्रतिनिधिले पनि उपस्थिती जनाएका थिए । म अरु कार्यक्रममा आफ्नो उपस्थिती जनाउन नसके 1974 AD र दिप श्रेष्ठ को लाईभ कन्सर्ट मा आफ्नो उपस्थिती जनाएको थिए। प्रस्तुत छ उक्त कार्यक्रमको केहि भिडियो झलक हरु ! आज लाई केवल २ वटा भिडियो राखेको छु, अरु भिडियो हरु क्रमस प्रस्तुत गर्ने छु ।
प्रस्तुत छ 1974 AD को परेलीमा लुकाई राख ,



यसरी नै दिप श्रेष्ठ को कति कमजोर रहेछ भाग्य तल प्रस्तुत गरेको छु ।


यसरी नै अरु केहि भिडियो हरु म क्रमश प्रस्तुत गर्दै जाने छु ।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


संझना उहि ताराको

Posted by सपनासंसार On Monday, July 06, 2009 1 comments


तारा शर्मा
अर्घखाँची
(हाल दिल्ली , भारत )

ईमेल : mr.tara143@yahoo.com


अधुरो यो यात्रामा मरे भने म
सम्झनु है क्षितिजमा सरे भने म

अतीत अनि बिगत नियालेर सबै
क्षमा दिनु गल्तिहरू गरे भने म

न धर्ती न आकाश प्यारो हूदा मलाई
कठाई भन्नु बिचाल्लिमा परे भने म !!

प्रेम हार्दैन

Posted by सपनासंसार On Monday, July 06, 2009 0 comments
गुरु केदार बराल
अमेरिका


प्रेममा असफल भए पछि
जीवनदेखी निराश भएको थिएँ
इच्छा आशा उद्देश्य चकनाचुर हँदा
प्रेममा आफू हारेको ठानेथें ।
तर मेरो दिव्य दृष्टिले
प्रेममा जीतेको संकेत गर् यो
हारेर त उनी गइन्
मेरो आत्माले भन्न थाल्यो ।

प्रेमकै कारण चेतना पाएँ
भड्किएको मन सम्हाल्न सकेँ
नयाँ संसारको महल्मा पुगेँ
भाग्य कोर्ने बाटो बझेँ ।
यथार्थमा प्रेम हार्दो रहेनछ
धोका दिनेहरु हार्दा रहेछन्
वद्नामी देखि नडराउनेहरु
धोका दिएर जाँदा रहेछन् ।

हरेश खान्न अब जीवनमा
अमर प्रेम कदापी मर्दैन
मैले त प्रेममा विजय पाएँ
अमर प्रेम हार्दौ हार्दौन ।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


जीवन बग्दो खोला

Posted by सपनासंसार On Monday, July 06, 2009 0 comments
आचार्य प्रभा
कोलोराडो , अमेरिका


जीवन बग्दो खोला झै छ
बगी रहन्छ,अनन्त...अनन्त सम्म,
कहिले उर्लिदो भेल बनेर
कहिले शान्त अनी निर्मल बनेर।
कहिले कठोर चट्टान बनेर
आँधी,हुरिको बेग पनि यस्ले रोक्न सक्छ
कहिले आफु धमिलो बाढी बनेर
पात,पतिङर, मैलो पनि
आफ्नो बगाइमा बोक्न सक्छ
समग्रमा... जीवन,
कोमल फूल पनि हो
यो कोमलतामा आँशुको दहमा
निथ्रुक्क भिज्न पनि सक्छ
यो कठोरपनमा चट्टानसरी
अडिग हुन पनि सक्छ ।


एक अर्थमा जीवन
हर बस्तुको समिश्रण पनि हो
जहाँ दु:ख,सुख,मिलन,बिछोडको
संयोजन हुन्छ ,
अनी... जस्लाई मान्छेले
जीवन भनेर आत्मासात गर्नै कर लाग्छ
बिगत,बर्तमान,भविष्यलाई
आफ्नो भन्न वाध्य हुनै पर्छ
जस्को प्राप्तिमा मान्छे रमाउन
लालायित हुनै पर्छ........./


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


प्रार्थना

Posted by सपनासंसार On Wednesday, July 01, 2009 4 comments
“जुदने”
हप्किन्स, मिन्नेसोटा


सानै देखि झुट बोलियो
पढ्ने बेलामा गुच्छा खेलियो
पढाई लेखाईमा जिरै भईयो
तैपनि गाउँको हिरै भईयो

रेलिङ्ग तोडियो सिसा फोरियो
परीक्षाहरुमा चिट चोरियो
हेडमास्टरको पुत्ला जलाईयो
भारत यू पीमा फोन लगाईयो
बी ए पासको सर्टिफिकेट मगाईयो
खानु नखानु पनि सबै खाईयो
मागेरै भए पनि राम्रै लगाइयो
सोझा सिधालाई तेसै कुटियो
धन अनि कतिको इज्जतै लुटियो
लाठी, छुरा, बन्दुक चलाईयो
कतिलाई त सिधै ढलाईयो
दोष भने अर्कैलाई लगाईयो

चुनाबहरुमा धाँधली मच्चाईयो
पैसा दिनेलाई बहुमतले जिताईयो
कान छेडेर मुन्द्रा लगाईयो
जिन्स पाइन्टमा डिङगो लगाईयो
दिनहुँ फेरी फेरी केटी घुमाईयो
सेठकी छोरीलाई सुटुक्क भगाईयो
यति गरे पछि अरु के चाहियो
चाहिने जति सबै पाईयो

फोर्स लगाईयो जागिर खाईयो
घुस भन्ने त कति खाईयो खाईयो
दुई नम्बरी धन्दामा टन्न कमाईयो
तीन चारवटा घरै बनाइयो
छोरा छोरीलाई बिदेश पठाईयो
बाहिर बाहिरै रखैल राखियो
देश बिदेशको स्वाद चाखियो
साखा सन्तानलाई पुग्ने कमाईयो
केही दिन त जेल मै कटाईयो
ठूलै नेतालाई थोरै खुवाईयो
निर्दोश भनि सफाई पाईयो

एक दुई जनाको जय जय गाईयो
असल कर्मचारीको तक्मा पाईयो
जेलको अनुभवले राजनिती गरियो
फापेन मलाई, धेरै चोटी हारियो
रोग लाग्यो उमेर ढल्कियो
कुर्ची, पद र हैकम सकियो
बल्ल प्रभू तिर मन फर्कियो
असत गरि जीवनमा सबै कुरा पाईयो

माफी पाउँछु कि भनि मन्दिर धाईयो
कृपा भए मलाई मनको शान्ती चाहियो
हे प्रभू, नेपाल बिग्रिएको बल्ल थाहा पाईयो
सबै नेता अनि कर्मचारी मेरै ड्याङ्गका पाईयो
लौन भगवान, यसको सहि इलाज चाहियो
नयाँ पुस्तालाई नयाँ नेपाल चाहियो।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

देश बेच्ने पार्टि रित रैछ।।

Posted by सपनासंसार On Tuesday, June 30, 2009 2 comments
सुमन बगाले
आबुँ खैरेनी, तनहुँ


गाउन जाने जिन्दावाद पार्टिको गित रैछ
पुग्न सके वालुवाटार नोठको जित रैछ।

लुछाचुडी नेताहरुको मारमा परे जनता
देश बेची भुडी भरेपनि पार्टि हित रैछ।

भ्रस्ट र अपराधि दिनहुँ जसो बढेका छन्
पुलीस, प्रशासन र नेता यिनकै मित रैछ।

आन्तरिक द्धन्दले विलायो नेपाली अस्तित्व
देशै हुर्सुदापनि नमेटिने कस्तो धित रैछ।

सिमनाका रेखाहरु पार्टि अनुसार बदलिन्छ
सत्ता पिच्छे देश बेच्ने पार्टिे रित रैछ।।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


आखिर भूल त मबाट पो भएछ

Posted by सपनासंसार On Friday, June 26, 2009 0 comments
“जुदने”
हप्किन्स, मिन्नेसोटा



त्यति धेरै माया दिएँ
मायाको मूल्य शुन्य भएछ।
लुट्नु लुट्यौ म लुटिएँ
धोका भनेको यस्तै रहेछ।

सँगै जीउन कसम खानेले
अर्कै गाउँमा डेरा सरेछ।
सरि जानेलाई पत्तै नहोला
सहनु पर्नेलाई कठिन भएछ।

मैले रोजेथें जुनी भरीलाई
तिम्रो रोजाई क्षेणिक रहेछ।
तिम्रो त बानी नै त्यस्तै रहेछ
आखिर भूल त मबाट पो भएछ।



[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


नेताज्युलाई मेरो आग्रह !

Posted by सपनासंसार On Thursday, June 25, 2009 1 comments
चकेन्द्र राई "कैदी"
दोहा कतार













[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


नया नेपाल र हुँडारहरु

Posted by सपनासंसार On Monday, June 22, 2009 3 comments
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ


हातमा खन्ती बोकेको
बादर तम्तयार छ,
मेरो घरको जग खन्न
मुखमा नक्सा च्यापेर
हुँडार काम अर्‍हाउदैछ
र डिलमा उभिएको स्याल
ठेकेदार बनेको छ
मेरो नेपाल नयाँ बनाउन!

हुँडारको डिजाईनमा
बादरले खनेको ओडारलाई
नयाँ नेपाल होईन,
नयाँ चिहान भन्छु म।
कालो ओडार,
कालै मन भएकाले खन्छन
मेरो नेपाल उज्यालो छ
निख्खर उज्यालो!
चाहे पुरानै होस
चाहे नयाँ
मेरो नेपालको चिहान प्रवेश
मलाई स्वीकार्य छैन।



बादरले उचालेको खन्ती
उसैको दिनगन्तीको सुचक हो।
नयाँ ओडारको डिजाईमा
हुँडार आफै फस्दैछ
छट्टु स्याल जस्तै
जो
आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ
बाघसग मिलेर।

E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 01-4469750




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


आचार्य प्रभा ,
(अमेरिका )


म,
केवल जिउँदैछु साथी
बाँच्नुको अर्थलाई भुलेर ,
जिउँन त सबैले जिएकै छन नि ?
त र...... बाँच्न पो कठिन छ त ?
भौतिक रमझममा जिउनुको अर्थ नै
के हुन्छ र ?
सार्थक जीवन बाँच्न त
मानवीय नाता हुनु पर्छ ,
भावनाको कदर हुनु पर्छ ,
ओँठमा हाँसो फुल्नु पर्छ
त र..... मेरो बँचाइमा
लाग्छ यि सबै अल्पपरिचित भएका छन
त्यसैले....... जिउनुको आभासमा
म बँचाइको मीठास खोजी रहेछु ।
जीवनको साक्षातकारसँग समिपता बढाउन
प्रयासरत छु ,

हो...... अचेल साथी
म जिइ रहेछु ,
बाँच्नुको अभीप्शामा आफुलाई
सक्षम बनाउने कोशीश गरिरहेछु ।
मन भरी कुण्ठा र तिर्खाका ज्वारभाटाहरुसँग
लड्दै,उठ्दै म ......
जीवन खोजी रहेछु ,
हो म जीवन बांचेर हैन
जिएर हिंडिरहेछु ।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


तिमी पनि डल्लो म पनि डल्लो !

Posted by सपनासंसार On Wednesday, June 17, 2009 2 comments
A 14-year-old Nepali boy, Khagendra Thapa Magar, who is only 50 centimetres (20 inches) tall has been put forward for a Guinness world record as the world’s smallest person. Similarly, Jyoti Amge,teenager from India who stands at 58 cm(23 inches) tall has been put forward for the Guinness world record as the smallest girl in the world.








गजल

Posted by सपनासंसार On Tuesday, June 16, 2009 3 comments
Novel Writer Poetआचार्य, प्रभा

तिम्रो मनको मझेरिमा बास दिन्छौ कि ?
बाँच्ने रहर पुरा गर्न सास दिन्छौ कि ?

तिम्रो निम्ती भएँ म त,भिखारी सरि नै
थोरै खुशी बटुल्नलाई आश दिन्छौ कि ?


ओलाएकी थिएँ म त ,बसन्त नै नआइ
फेरी फूल भइ फुल्नलाई मधुमास दिन्छौ कि ?

एक्ली थिएँ भिँडमा पनि उदास थियो नयन
खुशीको आसुँ झार्न बाहुपास दिन्छौ कि ?




[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


पहिरोको सर्बोच्चता

Posted by सपनासंसार On Monday, June 15, 2009 5 comments
बगाले, मिलन मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ



सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ

धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?

कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले रोकेर
थाम्न सकिन्न पहिरो
लाठी नाच नाच्दै गरौला
आउ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काउ
बाकी भागशान्ति गर्दै गरौला।


ईमेल:milanbagale@yahoo.com
फोन: ९७७-९७४११७५५५५
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आमाको रहर !

Posted by Bishow Paudel On Saturday, June 13, 2009 19 comments

राजु लामिछाने
माझ्ठाना–६ काश्की
हालः हप्किन्स, मिन्नेसोटा


खण्डः एक

“अचम्मैको घर बन्यो, बिदेशीलाई बनेको कुनै तारे होटेल हो क्या हो?”
“होटेल सोटेल हैन, क्याप्टेन रणबहादुर गुरुङ्गको घर हो।"
“को रैच रणबहादुर भन्ने?"
“गाउँ चैं माथी ज्यामिरे हो अरे ब्रिटिस लाउरे रैच, दुइ/दुईवटा पेन्सन पकाएको छ अरे। अनि तीनभाई छोरा अमेरिकामा डाक्टर, इन्जिनियर, बुढा बुढी पनि ६/६ महिनामा अमेरिका जाँदा रैचन।"
“टोलमा यस्ता लाउरे आए भने त जाति भो नी, हाम्रो जग्गाको पनि भाउ बढ्नेभो।”

पोखराको यो सुन्दर टोलका छिमेकीहरुले गरेका यस्ता कुराहरु प्राय सत्य हुन। क्याप्टेन रणबहादुर र उनकी श्रीमती रूपा अमेरिकामा बस्ने आफ्ना छोराहरुलाई भेटेर अघिल्लो महिनामात्र घर फर्केका थिए।

aama1साउनको महिना साह्रै गर्मी छ। क्याप्टेन र रूपा बाहिर दुबोको चौरमा ठूलो छाता मुनि बसेर कुरा गर्दै थिए। क्याप्टेन घर तिर हेर्दै भन्छन "यत्रो घर बनायौं छोराहरु त आउलान नि आउन त? हेरन त्यो माईला त बाबा आमा नै सधैका लागि अमेरिका आईदिए हुन्थ्यो भन्छ .. मैले त झ्याम्म चड्काई दिन लाथेँ पाजीलाई ... जेठाले समातेर मात्र हो, सारा पल्टन थर्काउने रणबहादुरको रिस आफ्नै छोराहरुलाई थाहा छैन।" रूपा हास्दै “धत् तिम्रो बानी, अमेरिका गएर पनि छोराहरुलाई पल्टने रिस देखाउँछौ। बिचरा माईला त निलो भाथ्यो। मायाले कुरा गर्न त तिमीले जाने कै छैनौ।” क्याप्टेन आँखा घुमाएर हाँस्दै रूपालाई हेर्छन। रूपा थप्छिन “हेर बुढा म त आमा हुँ। छोराहरु जतिसुकै ठूला भए पनि मेरा लागि काखमा बस्ने बच्चा जस्तै लाग्छन। के गर्ने मेरो रहर त तीनै भाई पढाई सकेर नेपाल आउन, यहीँ काम गरुन भन्ने थियो। तिमीसँगै सारा संसार घुम्न पाएँ बुढा, हाम्रो देश अनि हाम्रो गाउँ जस्तो राम्रो कहिँ छैन। मलाई त यो घरको भन्दा पनि गाउँको घरको माया लाग्छ। म त मरे पनि गाउँ कै च्यानडाँडामा बस्न मन थियो, हाम्रो त सारा बाजेबराजु उतै छन।" क्याप्टेनले हललल हास्दै भने “आए पनि तिमीले भने झैं गाउँमा गएर बसिदेलान त? उतै खैरीनी या काली पो ल्याएर बस्ने हुन की।” रूपा जगिंदै “हेर है बुढा, मलाई रिस उठ्छ। तिमी पल्टन थर्काउने हौ भने म तिमीलाई पनि थर्काउन सक्छु। छोराहरुले आउदिन मात्र भनुन त म तिनीहरुको मुख पनि हेर्दिन, यो घर सर सबै कुनै गरीवलाई दान दिन्छु बुझ्यौ।" कमलो मनकी रुपा रुँदै भन्छिन “मलाई बिना सन्तानको यो बंगालाको कुनै माया छैन। अब चाडबाड आउँछन सबैको घरमा रमाईलो हुन्छ हामीले भने आफ्नै सन्तानलाई फोटोमा हेरेर र फोनमा कुरा गरेर चित्त बुझाउनु पर्छ। चाहिँदैन मलाई यस्तो सम्पत्ती।” यत्तिकैमा रूपा तल्लोपेट छाम्दै टेबुलमा घोप्टो पर्छिन। क्याप्टेन दौड्दै भित्रबाट औषधि ल्याएर रूपालाई खुवाउँछन।

भोली पल्ट दिउसो अस्पतालमा डाक्टरले एकान्तमा बोलाएर भनेका कुराले क्याप्टेन गोली लागे जस्ता भए। अकस्मात अनुहार बदलियो, पसिनै पसिना भए। फेरी पिँडालाई लुकाई रूपालाई ट्याक्सीका राखेर घर फर्किए। बाटोका "डाक्टर त ठ्याक्कै हाम्रो जेठा जस्तै रैच है बुढा।” भनेर रूपाले भन्दा क्याप्टेनले केबल “हुँ” गर्छन।

एकै छिनमा क्याप्टेन छोराहरुको फोन नम्बर खल्तीमा हालेर रूपालाई दवाई लिन भनि बजार तिर हिँडे। नजिकैको क्याविन फोन सेवाबाट पालैपालो तीनवटै छोराहरुसँग रूपालाई पाठेघरको क्यान्सर भएको। उनको क्यान्सर जटिल भएर अब केही हप्तामात्र बचाउन सकिने डाक्टरको भनाई सुनाए र सबैलाई पल्टन कै शेलीमा “लु म अरु केही जान्दिन उपाय पनि केही छैन तीनै भाई जति सक्यो छिटो आमाको मुख हेर्न आउनु , खाँदै भए पनि खाना छाडेर चुठ्न घर आउनु।" भनेर फोन राखिदिए।

रूपा अस्पतालको शैयामा छन। भेट्ने मान्छेको घुईचो लागेको छ। जव होस आउँछ “छोराहरु खै? अहिले सम्म आएनन। जाउँ जाउँ बुढा बाहिर गेट सम्म ...कतै अस्पताल मै अल्मलिएकी ... ” भन्छिन। उनका आँखा प्राय अस्पतालको कोठाको ढोका तिरै हुन्छन। क्याप्टेनले फेरी पनि धेरै पटक फोन गर्ने प्रयास गरे तर लाग्दै लाग्दैन, लागिहाले पनि कम्प्यूटरमात्र बोल्छ। सायद उताबाट हिँडि सके होलान भनि चित्त बुझाए। बाटो हेर्दा हेर्दा खबर गरेको पनि आज २१ दिन भएछ। रुपाको स्वास्थ्य दिन दिनै बिग्रँदै गयो। क्याप्टेन वायाँ हातले रूपाका हातका औला खेलाउँदै थिए भने दायाँ हातले भिजेको रुमाल समाती बेहोस रुपाको अनुहार सफा गर्दै थिए यत्तिकैमा एक युवक निराश भएर क्याप्टेनलाई छोराहरुसँग भर्खरै फोनमा कुरा भएको, उनीहरु आउन नपाएको र नपाउनाका बिभिन्न कारणहरु भन्दै थिए। क्याप्टेनले बिचैमा “बस् बन्द गर ” भने । युवक डराउँदै बाहिर निस्किए।

बिधिको बिधान कस्ले पो जानेको छ। आखिर रूपा रहिनन। क्याप्टेनले यति छिटै यस्तो असहज दिन आउला भन्ने सोचेका पनि थिएनन। अस्पताल परिसर भरी रूपालाई श्रर्दाञ्जली तथा क्याप्टेनलाई सान्तोना दिन गाउँले र इष्टमित्रहरुको घुइचो थियो तैपनि क्याप्टेन एक्लो भएका थिए। रूपा त सधैका लागि छाडेर गईन गईन छोराहरुको आशा पनि उनको मनबाट हराएको थियो। क्याप्टेनले दाजुभाईहरुलाई रूपाको शव अन्त्यष्टीको लागि गाउँबाटै लामाहरु बोलाएर ज्यामिरे लग्न सल्लाह दिन्छन। रूपाको यहि रहर थियो।

रूपाको शव यात्रा आफ्नै धार्मिक चलन अनुसार सयौं जनाको सहभागितामा ३–४ घण्टाको बाटो ज्यामिरे गाउँ तिर उकालो लाग्यो। बाटामा रुपाका संगिनीहरु र उनलाई चिन्नेहरु भन्दै थिएः
बिचरी रूपा आँखामा हाले पनि नबिझाउने थिई।
होस भइञ्जेल छोरा छोरा भन्दै थिई रे।
त्यस्ता त्यस्ता तीन भाईकी आमा भएर पनि मर्ने बेलामा एउटा पनि भएन बिचरीलाई।
त्यस्ता छोराले पढेर के काम। खुम्रै भए नि हाम्रै छोरा बेश रहेछन हगी।
छोरा छोरी भएनन भनेर पिर गर्नु नी बेकार रहेछ।
त्यस्ता छोरा भएर के काम बरु कोख बाँझै भएको जाति।
बाबु आमाको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङ्गा मुढामाथि।
गाउँमा अरु केही दिन यस्तै यस्तै कुराहरु भईरहे। क्याप्टेन पनि बेसुरे पाराले भौतारिन थाले।

खण्डः दुई
aama2
क्याप्टेनका जेठा छोरा डा. मन बहादुर थकित पाराले सोफामा पल्टी रहेका थिए। झुन्डाएको नेपाली भित्तेपात्रोमा आँखा पुग्छन। आमा स्वर्गे भएको पनि आज छ महिना भएछ। आफ्नो बाल्यकालमा आमासँग बिताएका रमाईला दिनहरुको याद आयो। पानीको पाईप काटेर साइकल बनाई खेलेको, बाँसका सुप्लाको फिरफिरे बनाई साना भाईहरु र गाउँ कै अरु साथीभाइहरु सँग खेलेका दिनहरु, अनि आमासँग मेलापाता, गाउँ बजार घुमेको यादहरुमा हराई रहेका थिए। फोनको घण्टी बज्यो। फोन बाबा (क्याप्टेन)को थियो। क्याप्टेन भन्छन “म यहिँ सिकागो एयरपोर्टमा छु, तँ लिन आउछस की ट्याक्सीमा आउँ?” मन बहादुरको बसोबास एयरपोर्ट बाट जम्मा ५ माईल टाढा छ। बाबालाई लिएर आए। छोराले बाबा अकस्मात आउनाको कारण पनि सोध्न सकेनन भने बाबाले पनि छोरालाई किन नेपाल नआएको भनि सोध्न जरुरी ठानेनन। दुबै मौन रहे। कोठामा छोराले आमाको फोटो ठूलो फ्रेममा फूलको माला अनि खाकाले सजाएको देखि क्याप्टेनले सहनै सकेनन र आफू केहि दिन बसुञ्जेल कतै लुकाएर राख्न अनुरोध गरे। बाबाको आग्रहमा मन बहादुरले आउँदो शुक्रबार बेलुका सिकागो मै भेला हुन न्यूयोर्कमा रहेका माइलो भाई र क्यालिफोर्नियामा रहेका कान्छो भाईलाई खबर गरे।

शुक्रबारको साँझ तीन भाईका माझमा क्याप्टेनले आफूले जान्न चाहेको उत्तर मागे। प्रश्न त्यही थियो। “आमाको मुख हेर्न किन आएनौ?” तीन भाई एक अर्काको मुखमा हेर्छन। सबैलाई थाहा थियो बाबाको झडँङ्ग रिसाउने बानी। जेठा छोरा मन बहादुरले नै पहिला मुख खोले “हो बाबा हामी साह्रै अभागी रहेछौं । प्रयास गरेर पनि नेपाल जान सकेनौं जुन हाम्रो जीवन भरीको लागि पछुतो भएको छ। कामबाट बिदा मिलाउनै सकिएन।” क्याप्टेनले औलाले इशारा गर्दै माईलाको पालो आएको जनाए। माईला छोराले पनि आँसु खसाल्दै। त्यतीबेलै आफ्नो पढाईबाट भिषाको समयाबधी सकिन लागेको र कामबाट म्याद थप हुने क्रममा भएको सुनाए अनि कान्छाले पनि त्यही बेला उनको परीक्षा परेकोले छोडेर जान नमिलेको बताए।

क्याप्टेन उनकी आफ्नी आमा मर्ने बेला पल्टनमा लडाईको तयारीमा भए पनि जागिरको ख्याल नगरी राइफल फालेर आमाको अन्तिम श्वास भेट्न नेपाल गएको गएका थिए। पछि पल्टनले उनको निर्णयको प्रशंसा गरेको थियो। क्याप्टेनको काखमा बोल्दा बोल्दै आमाको प्राण गएको अनि सारागाउँले र इष्टमित्रहरुले स्यावासी दिएका थिए। क्याप्तेनले आफ्नो कहानी सुनाउँदै रुपाले होस छउञ्जेल छोराहरु कै बाटो हेरेको र अन्तिम बाक्य नै छोराहरुलाई बोलाई देउ भएको सुनेर तीनै भाईको मनको बह आँसुमा बदलियो, सुक्क सुक्क गरि आँसु पुछ्न लागे।

केही बेर पछि सबैलाई सान्तोना हुने विचारले “जे हुनु भै हाल्यो हामी गएर पनि आमालाई बचाउन सकिने थिएन। फेरी हाम्रो भविश्य पनि हेर्नु पर्‍यो।” कान्छाले थप्दै थिए। क्याप्टेनले बिचैमा सोधे “के नेपालमा तिमीहरुको भविश्य छैन?” कान्छाले जवाफ दिन्छन “खै, नेपाल कै हालत त्यस्तो छ सबैजना विदेश जान खोज्छन, हामी अमेरिकाबाट सधैका लागि नेपाल जान त लाजै होला नी। नेपालमा न गतिलो नेता छ नत गतिलो मान्छे नै। सधै आन्दोलन, बन्द, चक्काजाम, लोडसेडिङ्ग कसरी सम्भव छ जीवन? आमालाई त गुमायौ गुमायौ, बाबा तपाई आउनु भो अब हामीसँगै यतै बस्नु पर्छ।” दुई भाईले पनि कान्छाको कुरामा सहमतीको मुन्टो हल्लाउँदै थिए। रण बहादुर जुरुक्क उठेर सिंह झैं गर्जिन लागे “हेइ.... मुर्ख हो थुक्क ..... धिक्कार छ तिमीहरुलाई। कसैले मलाई यहाँ लाखौं डलर दिएर पूजा गरेर राख्छु भन्छ भने पनि म त्यसलाई थुकेर आफ्नो जन्म देश रोज्छु बुझ्यौ। फेरी आफ्नी आमाको रहर बुझ्न नसक्ने कुपुत्रहरु सिङ्गो नेपालको निन्दा गर्छाै। हरेकले आफ्नी आमालाई खुशी राख्न सके बल्ल नेपाल आमा खुशी होलीन। तिमीहरु जस्ता पढे लेखेको नयाँ पिंढीको सोचाई त यस्तो छ फेरी बिचरा नेपालीहरुलाई दोष लगाउछौ। आज नेपालआमा गतिलो छोराको पर्खाईमा छन। तिमीहरुमा त्यस्तो खुबी भए जाओ नेपाल र सबैलाई सचेत गराओ, सबैले तिमीहरुको जय जय भन्ने छन। किन अर्कोको देशमा दोस्रो दर्जाको नागरिक भएर बस्न लालाहित हुन्छौ मुर्खहरु? हामीले खाई नखाई तिमीहरुलाई विदेश पठाएको राम्रो शिक्षा लिन हो कि विदेशी बनाउन? तैपनि कुनै दिन तिमीहरुको आँखा खुलेर जन्मभूमी र बाबुआमाको महत्व बुझायौ भने शहरको घर हैन गाउँको घरमा आउनु। शहरको घर मैले रूपाको उपचार गर्न प्रयास गर्ने अस्पताललाई दान दिई सकेको छु।"

छोराहरुले थप बोल्ने साहसै गर्दैनन। क्याप्टेनले भोली बिहानै ६:२० बजेको फिर्ती टिकट र पासपोर्ट खोजेर टेबुलमा राख्छन। मन बहादुर पनि घडीमा बिहान ५:०० बजेको घण्टी मिलाएर सबैलाई शुभ रात्री भन्छन।

खण्डः तीन

aama3विदेशी बिमानस्थलहरुमा आजकल थुप्रै नेपाली भटिने हुँदा हवाई प्रतिक्षा गर्न सजिलो अनि रमाईलो हुन्छ। क्याप्टेन फर्कदै गरेको बिमानमा पनि १०–१२ जना नेपालीहरु रहेछन। हङ्गकङ्गको बिमानस्थलको लामो हवाई प्रतिक्षामा नेपालीहरुको एउटा समूह आपसमा परिचय गर्दै भ्रमण सम्बन्धि आ–आफ्ना अनुभव बाँड्दै थिए। भने कोही कोही काखमा कम्प्यूटर, अनि काने फोन लगाएर आफ्नै सुरमा व्यस्त थिए। कसै कसैको त चालै अर्को हुने, प्रष्ट टिठलाग्दो नेपाली अनुहार देखेर नेपालीमा केही प्रश्न गर्‍यो अंग्रेजीमा जवाफ दिन्छन तैपनि उनीहरुको बोलीमा नेपालीपन राम्ररी बुझन्छ। क्याप्टेन पनि त्यही समूहको एक छेउमा आड लगाएर रूपासँगैका अधिल्ला भ्रमणहरुको सम्झनामा हराई रहेएका थिए। समूहमा निकै रमाईलो तरीकाले कुरा चल्न थाल्यो जस्तैः
मेरो त तेस्रो भ्रमण हो।
मेरो त १० वर्षे भिषा हो।
छ्या हाम्रो देश त गनाउने, अमेरिका त स्वर्ग हो स्वर्ग।
ग्रिनकार्ड छ।
नेपालका नेता खराब भएर हो।
नेपाल बिग्रेको अल्छी भएर।
पढ्न आको यतै काम भो कम्पनीले नै ग्रिनकार्ड दियो।
डी भी परेको हो।
हाम्रा नातीनातिना त नेपाली नै बोल्दैनन।
डाक्टर छन।
हाम्रा त सिटिजन भै सकेका छन।
हाम्रो त पानी पँधेरो जस्तो छ अमेरिका।
छोराले राती काम गर्छ, बुहारी दिउसो।
छोरो सानै देखी तेजिलो थियो, स्कोलरशिप पायो।
हाम्रा २ बटै छोरी अमेरिका छन म आएको नि ६ महिना भो।
कहिले कहिँ त ९० घण्टा पुग्छ।
हाम्रा त १२ वर्ष देखी यतै छन। घरै किनेका छन।
म भन्सारमा, म परियोजनामा, म मालपोतमा, म आर्मीमा आदी आदि।
परदेशमा बस्ने नेपालीहरु र बिद्यार्थीहरुको कतिपय ठाउँमा दयनिय अवस्थाहरु पनि देखिसकेका क्याप्टेनलाई यस्ता कुरा प्रति दया लाग्छ। घरिघरी त हास्न पनि मन लाग्छ। विदेशमा बस्ने सबैको एउटै नाम परदेशी हो। बस्ने र काम गर्ने अधिकार भए पनि दोस्रो दर्जामा गनिनु पर्छ। शिक्षाको कमीले गर्दा उमेर र शरीरमा तागत भईञ्जेल विदेशीकोलागि लड्नु परेकोमा पछुताउने क्यापटेनका मन भित्र भित्र धेरै प्रश्नहरु उठ्छन।
नेपालमा ढलेको गिलास नउठाउने र खेतबारी बाँझो राखेर सुखकोमानो खान शहर बस्न रुचाउने हामी नेपालीहरुको परदेशमा रातदिन मरेर काम गर्ने जाँगर कहाँबाट आउँछ?
परदेशमा गर्ने यतिका मिहेनत नेपाल मै गर्न किन सकिँदैन?
किन नेपालीहरु विदेशीहरुको राम्रो पक्षहरुमात्र र नेपालको नराम्रो पक्षहरुको मात्र बढाइँ गर्न रुचाउछन?
छोराछोरीलाई समुन्द्रपारीको उच्च शिक्षा दिलाउन सक्षम थुप्रै बाबुआमा कतै म जस्तै निराश हुनु त पर्दैन?
के नेपाल बस्नको लागि लायकै छैन त?
भावी नेपालको बारेमा कसले सोच्ने त?
“हो आज सबै नेपालीमा जागेको यो बितृष्णाको मूलजड नेपालकै राजनैतिक अन्यौलता हो। तिनै थोरै नेतृत्व बर्ग, जसले जनतालाई कुकुर र बिरालोको मुकुण्डो लगाई दिएर आपसमा भिडाउँछन र आँफुहरु बाजी लगाउँछन। एउटा पक्षले जित्छ, हार्नेले फेरी अर्को खेल घोषणा गर्छ खेलाउनेहरुले पालै पालो जितिरहेका छन भने उनै सोझा जनता डर डरमा मुकुण्डो फेरी फेरी आ–आफु मर्ने खेल खेलीरहेका छन। अलि बुझ्ने र सक्नेहरु बिदेश पलायन भै रहेछन। खै को र कहिले जन्मिएला एक बहादुर नेपाली छोरा जसले यो खेल बन्द गराउन सक्छ?”

क्याप्टेनका यस्तै सोचाइहरुले समय बितेको थाहै हुदैन। काठमा48डौ उडानको समय हुन्छ। सबै पंक्तिमा उभिन्छन।


खण्डः चार

क्याप्टेन गाउँ आएको पनि करिब एक वर्ष भएछ। धेरैजसो समय समाजिक काम, कहिले शहर तिरको काम र कहिले घरकै बगैंचा र करेशा बारीमा बित्ने गर्छन। उनका साथमा रुपाले ६ वर्ष पहिला लेकबाट ल्याएको कल्लु नामको कुकुर छ।

lauhareक्याप्टेन पिँडीमा रेडियो सुन्दै बिहानको चिया पिउँदै थिए। पूर्णे दौड्दै आयो। उ राम्रो बोल्न सक्दैन त्यसैले उसलाई गाउँलेहरु लाटा पनि भन्छन। उ प्राय गाउँको चिया पसल वरिपरी हुन्छ। गाउँले सबै मिलेर चिया पसलमा एक सार्वजनिक फोन राखेका छन। पूर्णेको काम फोन आउँदा गाउँलेलाई खबर गरिदिनु पनि हो। पूर्णेले इशारा नगर्दै क्याप्टेनले फोन आएको कुरा बुझेर दौडँदै चिया पसलमा पुगे। क्याप्टेनले फोन लिएर ”हेल्लो” भन्ने बित्तिकै लामो श्वास फेरेर नाकले फ्याल्दै “हुँ ...” गरे। आफूले केही नबोली जवाफका रुपमा फेरी “हुँ ...” गर्दै फोन राखिदिए। “धन्यवाद तिमीहरुलाई ल बक्सिस” भन्दै क्याप्टेनले खल्तीबाट ५ सयका दुई नोट झकेर पूर्णे र साहुनीको हातमा हाली दिए। दुवै ट्वाल्ल परे। यतिका ठूलो इनाम उनीहरुको जीवन मै पहिलो थियो। साहुनीले डर मान्दै क्याप्टेनसँग सोधिन। “हैन ए क्याप्टेन बा के को खुशियालीमा हो यो?” शिर ठाडो पारेर क्याप्टेन भन्छन। “खुशीको कुरा हो छोरी, आज मेरा तीन वटै छोराहरु बिदेशबाट सधैका लागि घर आउँदैछन। छोराहरुले यहीँ पोखरा एयरपोर्टबाट फोन गरेका हुन्। ल छोरी ४–५ जना बलिया केटाहरुलाई तल बेशी सम्म पठाई दिनु पर्‍यो।” क्याप्टेनले भन्ने बित्तिकै साहुनीले पसलको डिलबाट ठूलो श्वरमा गाउँलेहरुलाई थाहादिईन। उत्तिखेरै पूर्णे सहित ५–६ जवान बेशी तिर झरे। गाउँ भरी खुशीयाली छायो। “लौ क्याप्टेन साहेवको घरमा लाहुरे आउँदैछन।” साहुनीले गाउँको आमा समूहलाई पनि खबर दिई सकिन। लाहुरे तथा पाहुनाहरुको स्वागत आमा समूहले नाचगानका साथ गर्ने चलन छ।

हरेक बिहान क्याप्टेन आफ्नो प्यारो कल्लुका साथ आर्मी कै लवजमा दौडन्छन र पारी भञ्ज्याङ्गको गुम्बा र देउरालीको शिवालयलाई फन्को लगाएर घर फर्कन्छन। तर आज उनीहरु दौडिदै पारी च्यानडाँडा सम्म पुगे जहाँ उनकी श्रीमती रूपा लगायत प्राय सबै पुुर्खाैलीहरुको समाधीस्थल छ। क्याप्टेन आज ज्यादै भाबुक थिए। मनलाई धान्नै सकेनन र रूपाको समाधीमा अँगालो हालेर “रूपा तिमीले भनेको जस्तो भयो ..... तिम्रो रहर पुरा भयो। हो हाम्रा तीनवटै छोरा सधैंको लागि गाउँ आउँदैछन।” उनी घुक्क घुक्क रुन लागे। कल्लु पनि कुई कुई गर्दै क्याप्टेनको वरिपरी घुमि रह्यो। धेरै बेर पछि मनलाई सम्हालेर क्याप्टेन लुगा टक्टकाउँदै उठे। चारै तिर हेरेर लामो श्वास फेरी घर तिर लम्किए। २५–३० पाईला केही अगाडी बडेका थिए टाडैबाट कल्लु रूपाको समाधी तिर फकेर पुच्छर हल्लाउदै कुइँ कुइँ गर्न लाग्यो। क्याप्टेन पछाडी फर्केर हेर्दा रूपाको समाधी नजिकैको बन कर्कलाको ठूलोपात मच्चि मच्चि हल्लिरहेको थियो। क्याप्टेन एकोहोरो हेरीरहन्छन। एकै छिनका च्यानडाँडामा हावा सररर चल्छ। वरिपरीको कटुसका पातहरु पनि फटफट फटफट बज्न थाल्छन। लाग्छ कुनै खुशीयालीमा ठूलो भिडले ताली बजाई रहेको छ। यो आभास हावाको रोकावटसँगै बिस्तारै रोकियो। क्याप्टेन मन मनै धन्य हुँदै घर तिर फर्किए। टाडैबाट उनको आँगनमा ठूलो भिड देखिएको थियो। कल्लु उफ्रँदै क्याप्टेनको अघि लाग्यो।

"समाप्त”
(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन। कसैको व्यक्तिगत जीवनमा मेल खायो भने संयोग मात्र हुनेछ। )
[यो लेख कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । माथिको प्रस्तुतीमा रहेका चित्र हरु सबै स्वयँ लेखकका आफ्नै श्रृजना हरु हुन् । -सपनासंसार ]


Problems with Hotmail login

Posted by सपनासंसार On Friday, June 12, 2009 0 comments
Hotmail has been going under the planned maintenance on its servers, So you might face some problem accessing your hotmail. Some of the problems that I am facing are like

  1. Asking to enter password for multiple times
  2. When i type in the address http:// hotmail.com in the address bar and enter than i get a message “The requested URL could not be retrieved”. Sometimes it loads the page but once I enter the password and username it throws the message “The requested URL could not be retrieved”, i.e. the connection timed out.
  3. Some time I am able to log in but I get the same problem while sending or opening a message.

Solution:

Following are, some of the solutions recommended by Microsoft,

  1. http://windowslivehelp.com/solutions/servicemgt/archive/2008/12/26/what-to-do-if-you-can-t-sign-into-windows-live-hotmail.aspx
  2. http://windowslivehelp.com/solutions/accounts/archive/2009/03/03/How-to-optimize-Internet-Explorer-browser.aspx

  3. http://windowslivehelp.com/solutions/servicemgt/archive/2008/08/22/how-to-determine-which-server-you-are-on.aspx