Jan 26, 2012

आज भोलि आफ्नै जिउको ब्यपार तिमि गर्दै छौ रे !

रामकृष्ण पौडेल "अनयास"
 भरतपुर-13,गजलकुन्ज चितवन

आज भोलि आफ्नै जिउको ब्यपार तिमि गर्दै छौ रे
महिना भरको आय ब्याय हिसाब किताब भर्दै छौ रे ।

नत भाउँ गट्ला नै छ नत ब्यपार बन्द होला
दुई तिन ईन्चको सटर खोली पुरुसार्थ हर्दै छौ रे ।

 उमेरले साथ छोड्दै छ रे यौवन सिथिल हुदै जादा
अस्मिता नै बेच्दा आखिर समाज बाटै सर्दै छौ रे ।
बाध्य थियौ तर आज आफ्नै खुनले प्रश्न गर्दा
स्वभिमानि गुमेपछी बिगत संझि मर्दै छौ रे ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Dec 6, 2011

Play to Help: A Fund Raising Event Organized in Minneapolis,MN

Sailen Bhattarai,
MN 12/5/2011,

As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends to play and socialize. But this time around there was a great sense of satisfaction that none of us had ever felt before. How often can we do something that is fun for the participants as well as help the unprivileged? How often does one get the opportunity to PlayToHelp?

I was one of the first few ones to get there - our site for the PlayToHelp event on Saturday Dec 03, 2011. The weather forecast said it was going to snow that afternoon, so we were nervous. What if no one showed up? All of the preparations were done, and we had a steep goal to accomplish – raise $1000.

The theme of the event was PlayToHelp. The plan was to play a few games: Video game played on playstation called FIFA 2012, Just dance 2 on Xbox Kinect, No Limit Texas Holdem Poker, and 5-for-50 all with one common goal - to raise funds to send 25 kids in Nepal to school.

The clubhouse was set up neatly, east wing had two overhead flat screen TVs where gamers were warming up for the FIFA 2012 tournament. A big golden trophy that sat next to the registration booth was at stake, but more important to these guys was “bragging rights”!In the middle of the room was a big DLP TV where volunteers were still connecting the Xbox to play the dancing game, Just Dance 2. Next to the TV were volunteers folding $1 bills for the 5-for-50. On the other end of the room next to the bar (where refreshments were being served), poker table was set up. Additionally, in the corner were some guitars and DJ instruments ready for some musical entertainment.

To our delight, Minnesotans (“should we call it as Minne-snow-tans”)aren’t scared of weather forecast that says snowfall. Pretty soon, the hall was packed. The participants were socializing, reading the biographies posted on the wall, playing video games, dancing, playing poker – all of which proceeds went to sending unprivileged kids in Nepal to school.

By the end of the afternoon, Saurav Poudel was crowned the FIFA champion, Kelly won the dancing game, Pritesh Upadhyay won the Poker tournament and tons of other participants won door prizes sponsored by several local businesses that serve the Nepali Community. Dikchya Ghimere won the grand door prize, 2 tickets to the MN Wilds game. Overall, we had more than 50 people stop by, 60+ donations were collected and we raised more than $1000. The event was a huge success.
As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends to play and socialize. But this time around there was a great sense of satisfaction that none of us had ever felt before. How often can we do something that is fun for the participants as well as help the unprivileged? How often does one get the opportunity to PlayToHelp?

Note: Please visit the following URL to contribute:
http://www2.guidestar.org/organizations/27-0978819/ganga-ghar/donate.aspx

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Nov 22, 2011

गजल

poet novel writer movie script writerबसन्तमोहन अधिकारी चितवन

मोतीका दाना यो छाती भरी झरेको सम्झन्छु
नौटङ्की रैछ मायाको रुप सरेको सम्झन्छु
देखाई आँशु छुपाई रुप पासोमा पारेछन्
 भरेर झोला रुवाई भुरा तरेको सम्झन्छु
सावीत्री सत्य गर्थीन हत्ते धनको आशमा
देखाई दुःख लुटेर सुख भरेको सम्झन्छु
दुनियाँ माझँ समाई हात साथमा हिडाएँ
टुहुरा भनी माया र सेवा गरेको सम्झन्छु
देखाई झुट लुकाई सत्य यो कस्तो हाँसो हो
यो सबै देख्दा मानव आत्मा मरेको सम्झन्छु
 
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read More...

Nov 7, 2011

सरीता !


उदासी पवित्रा
झापा
हाल – विराटनगर

उर्वर तिम्रो मनोभूमिमा सरीता
किन भोकमरी चल्यो भन्ने सुनें ?
थरीथरी शंका उपशंकाहरु...
नचाहाँदा नचाहाँदै मनमा वुने
फेरी मनले मानेन
अनि सोधे–
कसरी यस्तो हुनसक्यो सरीता ??
उपकारी थियौ, फराकिलो सोचाईं
दया माया र सद्भावको नाममा
त्यो उर्वर मनोभूमि वाँडफाँड गर्यौ कि ?
अनि अर्काको भरोसा समीप सरयौ कि ??
नभएर मान्छे नहुने भएका छैनन
भएर चल्न नजान्नेहरु
इतिहासदेखि नहुने कहलिएका छन्
म सत्य वोल्दैछु सरीता
तिमीले आफू र आफ्नो भूमिलाई
सरीता
दोष लगाउनु पर्दैन
पश्चताप कुनै कुरामा गर्नु पर्दैन
एकपटक आफ्नै आँखाले नियाल्यौ
उर्वर मनोभूमि अंशवण्ड लगायौ
अव, मान सरीता
मान तिमी भरोसा आफूमा मात्र
अर्कालाई सुम्पिनदेऊ
त्यो उर्वर मनोभुमिका भरोसाहरु
ननिम्त्याऊ खडेरी विनाका भोकमरीहरु
कति हराभरा छ
स्वर्ग, स्वर्ण, सद्भाव र सम्मान
अनि फुल्छ–फल्छ त्यहि सम्पुर्णता
उर्वर तिम्रो मनोभूमिमा सरीता ।।।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Oct 25, 2011

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए ।



कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Read More...

Oct 8, 2011

दसैं नजिकिंदै गर्दा,

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

दसैं नजिकिंदै गर्दा,
म यसपाली कस कस्कोमा टीका थाप्न जाने भनेर
श्रीमतिसंग सल्लाह गर्दे छु।
खेस्रा कागजमा लिष्ट बनाउदै छु।
कसैको नाम काट्दै छु।
कसैको नाम थप्दै छु।


सचिव शक्ति बल्लभको मा हरेक साल टिका थाप्थें।
यो साल देखि उ सेवा निबृत भयो,
उसको सरकारी शक्ति पनि सबै गयो।
मेरो लिष्टमा उसलाई किन अब राख्नू?

सरकार परिवर्तन संगै महाप्रवन्धक प्रबन्धराज जोशीको जागीर पनि चैट भयो।
भतिजोलाई जागीर लगाई देलाकि भन्ने आश थियो, त्यो पनि गयो।
मेरो लिष्टमा उसलाई किन अब राख्नू?

मेरो छोरीलाई सिंत्तैमा "बेबी सिट" गरिदिने
बेबिना भाउजुकोमा पनि जान्न यसपालि।
मेरो छोरी ठूली भइसकी, अब आफै बस्न सक्छे।
काम सकिएको मान्छेलाई किन मान्नू?

हिजोको मिल्ने मित्र त हो मित्रमणि,
तर के गर्ने, न त्यसको राम्रो जागीर छ, न ठूलो घर छ।
त्यसकोमा गएर किन आफ्नै हैसियत झार्नू?

यसपालि एक जना मेरो श्रीमतिको मामाको ससुराको सम्धी पर्ने
मन्त्रीका पिए भएका छन् रे।
ऊनकोमा त जानै पर्छ।
"आफ्ना मान्छे" सधैं पावरमा कहां हुन्छन् र।
मौकाको सदुपयोग त गर्नै पर्छ।

यसपालि देशभक्त भट्टराइ दाइको छोरा पढ्न अमेरिका गएका छन्।
मेरी भान्जीको बिहेको कुरा तिनीसंग चलाउनु छ।
भान्जी अमेरिका गए पछि मलाई पनि तान्छिन् कि?
कुराको सांगोपांगो मिलाउनु छ।

नाम लिष्ट तयार हुंदै गर्दा श्रीमतीले सोधिन्।
काकाको घरमा नजाने?
मामाको घरमा नजाने?
फुपूको घरमा नजाने?

मैले भने, जाउंला नि जाऊंला
तर पहिला भन
को पदमा छन्, को छैनन अनि पो बिचार गरूंला।
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Sep 28, 2011

म त हिढ्छु मेरै बाटो... खुट्टा तान्दै गर !


व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने)
माझठाना ६, कास्की
हाल: हप्किन्स, मिन्नेसोटा


जादा जादै कुन्ति मुक्तान को यो गीत....


[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

May 11, 2011

आफुलाई कम्जोर ठानी किन चाँडै, हार्‍यौ भन ।

(गजल) आचार्य प्रभा

हाँसी राख्ने आँखाबाट किन आसुँ झार्‍यौ भन
आफुलाई सधैंभरी किन पिरमा पार्‍यौ भन ।


जीवन हो दुईदिनको कै'ले घाम कै'ले पानी
जिजीबिषा मनको फेरि किन चाँडै मार्‍यौ भन ।


मनलाई फूल सम्झी जताभावी नचढाउ
यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन ।


जहिले नि मान्छे भइे उदेश्यमा रम्नु पर्छ
आफुलाई कम्जोर ठानी किन चाँडै हार्‍यौ भन ।

अधरमा मुस्कानको छाँयालाई बाँध्न छाडी
आँसु धारा नदी सम्झी मन किन तार्‍यौ भन ।

रचना-(मार्च २५/ २०११) अमेरिकी समय १२ .१५ दिनको
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

May 5, 2011

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request !
"म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा


करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् ।
Dr Budhas
रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा
सन १९९९ डिसेम्बर ५ का दिन ह्रिदयघात बाट मृत्यु अगालेका रघुबिरले आफ्ना दुई छोरा डाक्टर बनेको देख्न त पायनन् तर पनि आज दुबै छोरा हरु डाक्टर बनेर उहि गाँउकै अस्पताल, "टिम अस्पतालमा " काम गर्दा पक्कै पनि उनको आत्मा रमाईरहेको हुनुपर्छ । आज रघुविर बुढाक ठुला छोरा अरुण बुढा टिम अस्पतालको डाईरेक्टर बनेका छन् भने उनका कान्छा छोरा कालेब बुढा त्यहि अस्पतालमा, एम बि बि एस सकाएर, डाक्टर काम गरिरहेका छन् ।

म संग पढेका साथि हरु कति सहरमा राम्रो अवसरको खोजीमा छन् त कति बिदेशमा, म भने सुदुर पश्चिम को एउटा बिकट पहाडमा , यो मेरो रोजाईको कतिले सर्हानागर्छन त कतिले कुना मा गएर काम गर्ने मुर्ख पनि भन्छन्, प्रसंशा गर्ने लाई धन्यबाद , आलोचना गर्नेसंग म बिबाद गर्न चाहदिन् , मेरो गाँउको लागी बिदेशी हरु त काम गरिराखेका छन् भने म मेरो गाँउको लागी किन काम नगरुँ ?" - डा अरुण बुढा

यो मार्मिक जीवन कथा अगिल्लो हप्ता मात्रै नेपाल टेलिभिजन बाट पर्सारित हुने बिजय कुमार द्वारा संचालित "मेरो जीन्दगी मेरो बिश्वाश" भन्ने कार्यक्रममा प्रस्तुत भयको थियो ।
मलाई सार्है मन पर्यो , त्यसैले यहा राखेँ । आसा छ तपाईलाई पनि मन पर्नेछ ।










यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:




Read More...

Apr 26, 2011

बाउको श्राध्दे

व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने)
माझठाना ६, कास्की
हाल: हप्किन्स, मिन्नेसोटा

Cartoon-_Bauko_Sraddya_-a from sapanasansar.com

Cartoon-_Bauko_Sraddya_-b by on sapanasansar.com

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Apr 1, 2011

निरुत्तर उत्तर

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्।

गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर।


एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा तपाँईहरु हामीलाई सहयोग गर्ने हैसियतमा हुनुहुन्छ”।

यिनीहरु को हुन् भनेर मैनाले चिनिहालिन्। भित्र भित्र डर पनि लाग्यो। “हामी के सहयोग गर्न सक्छौं र। बिदेश जांदा ऊहाँले लिनु भएको ऋण आधा पनि तिरी सकिएको छैन।काम पनि राम्रो मिलेको छैन रे”। मैनाले असमर्थता ब्यक्त गरिन्।

“जनयूद्धलाई तपाँईहरुले जसरी पनि सहयोग गर्न पर्छ। तपाँईहरु जस्ताकै सहयोगले हाम्रो यूद्धले यो उचाइ हासिल गरेको हो। हामी दुई हप्ता पछि आउनेछौं। तपाँईको श्रीमानलाई सम्पर्क गर्न पर्छ भने गर्नूस्। तर पचास हजार रुपियाँ तयार पारेर राख्नूहोला” ।

ती युवाहरु त गए तर मैनाको लागी प्रशस्त डर र चिन्ता छोडेर गए। ऊनीहरुलाई चन्दा नदिंदा के के गर्न सक्छन भन्ने कुरो मैनाले सुनेकी थिईन्। यो कुरा मैनाले देव कुमार सरलाई समेत भनिन् र सल्लाह मागिन्।

“यस्ता कुराहरुको डटेर सामना गर्नु पर्छ। जनयूद्धको नाममा जनताहरुलाई दू:ख दिनेहरुको बिरोध गर्न पर्छ”। देवकुमार सरको स्वरमा प्रतिरोध थियो। उनले मैनालाई चिन्ता नलिन सल्लाह दिए। तर चिन्ता नलिनू कसरी। दुई घण्टाको बाटो पैदल हिंडेर गई श्रीमानलाई खबर गरिन्। उताबाट श्रीमानको लाचार जवाफ आयो। पहिलेको जागीर छुटेर बेरोजगार पो भएका रहेछन्।

ठिक दुई हप्ता पछि ती जनयद्धवालाहरु आए। कता कता देवकुमार सर पनि ठ्याक्क त्यँहा आईपुगेछन्। देवकुमार सरको ऊनीहरुसंग ठूलो वादविवाद चल्यो। मैनाले धेरै कुराहरु बुझिनन् तर तिनीहरु चेतावनी दिएर गए। “हामीलाई सहयोग नगर्ने, गर्न नचाहनेहरुलाई हामीले प्रतिगामी कित्तामा राख्नेछौ र प्रतिगामीहरुले नराम्रो परिणाम भोग्न पर्नेछ”।

केहि महिना बित्यो। खास त्यस्तो केही घटना घटेन। तर जेठानी दिदीले देव कुमार सरसंगको मैनाको हिमचिम बढेको कुरो फुक्दै हिंड्न थालेकीथिईन्। अंशबण्डा देखिको रीस छंदैथियो र कसरी हुन्छ, कुनै निहूँमा मैनाको हुर्मत लिनु थियो। त्यस्ताको मुख के लाग्नु भनेर मैनाले कुनै प्रतिकार गरिनन् बरु चुपचाप सहेर बसिन्।

एक दिन मैनाको छोरो सिकिस्त बिरामी भयो। गाउमा धामीझाँक्रीले बिसो पार्न सकेनन्। देव कुमार सरले छोरालाई सदरमुकामको अस्पतालमा लिएर जाने सल्लाह दिए। “सासु ससुरा बृद्ध, म एक्ली महिलाले कसरी छोरालाई सदरमुकाम लिएर जाने होला”। मैनाले चिन्ता ब्यक्त गरिन्।

“मैना, मेरो पनि शिक्षा कार्यालयमा केही काम छ। त्यसैले सदरमुकाम जानु पर्नेछ। म पनि तपाँईसंगै जाऊँला। चिन्ता नमान्नूहोला”।

‘उसै त जेठानी दिदीले देव कुमार सरसंगको संबन्धको हल्ला फिंजाएकीछिन्। अव उनैसित सदरमुकाम जाने हो भने त के होला। गाऊँ फर्केर न आए पनि हुन्छ। तर छोराको स्वाश्थ्यको कुरा छ। आ जे त होला, कुरा काट्नेको मुख थुन्न सकिदैन’। देवकुमार सरसंग सदरमुकाम जाने निधो गर्छिन्।

दुई दिन जति छोरालाई अस्पताल राखेपछि डाक्टरले डिस्चार्ज गरिदिन्छ। मैना घर आईपुग्दा आँगनमा ठूलो कचहरी चलिरहेकोहुन्छ। आँगनमा जेठाजु-जेठानी, सासु-ससुरा, गाँउ सरकारका मान्छेहरु र पहिले जनयूद्धका लागि भनेर चन्दा माग्न आउनेहरु सबै थिए।

छोराको उपचारको बहाना बनाएर मैना र देव कुमार मास्टर मोजमस्ती गर्न गएका आरोप लगाईन्छ। “यिनीहरुको पहिले देखिकै लसपस मेरो आँखाले देखिरहेको थिंए, तर आफ्नो आङको छारो आफैं के ऊडाउनु भनेर चुप लागकी थिँए।“ जेठानी दिदीले मच्ची मच्ची आरोप लगाउछिन्। मैनालाई चरित्रहिन, समाजको कलंक भएको आरोप लगाईन्छ।

जन सरकारका मान्छेहरुले फैसला गर्छन। "मैना र देवकुमारबिच अनैतिक सम्बंध रहेको कुरो हाम्रो जनसरकारमा पहिले नै उजूरी परेको थियो र हामीले निगरानी गरिराखेका थियौं। अहिले छोराको उपचारको निहूँमा एउटी बिबाहित महिला परपुरुषसंग एक्लै शहर जानुले त्यो पुष्टी गर्छ र यसलाई हाम्रो पार्टी घोर बिकृति र अपराध ठान्दछ। समाजका यस्ता बिकृति, बिसंगति र चरित्रहिनता बिरुद्ध लड्ने हाम्रो पार्टीको निति अनुसार मैना र देवकुमारलाई श्रीमान र श्रीमतिको रुपमा रहन हाम्रो जनसरकार आदेश दिन्छ।हामीले मैनाको श्रीमानलाई खबर गरिसकेकाछौ।"

मैना आफ्ना बृद्ध सासु ससुरा तिर सहयोगको याचनाले हेर्छिन् तर उनीहरुले अर्कैतिर मुन्टो बटार्छन्। मैना अकस्मात पर्न आएको बिपत्तीले बिचलित हुन्छिन्। आफू मुनिको जमीन भा्स्सिएको महसुस हुन्छ। अकास पनि फनफनी घुमेको जस्तो लाग्छ।

“यो गलत हो। मैना र म बिच त्यस्तो कुनै अनैतिक संबन्ध छैन” देवकुमार चिच्याउँछ। देवकुमारसंग पहिला वादविवाद गर्ने ती क्रान्तिकारीहरु देवकुमार माथि खनिन्छन्। “साले प्रतिगमनकारी, सरकारी सुरागीवाला, तैंले हाम्रो महान जनयूद्ध बिरुद्ध षडयन्त्र गर्ने, मानिसहरुलाई हाम्रो बिरुद्ध भड्काउने?” आरोपसंगै लठ्ठी, लात, घूसा बर्सिन्छ।

मैनाको बिरामी छोरो डरले मैनासंग लपक्क टाँसिन्छ। तर जेठानी दिदीले छोरो खोसेर लैजान्छे। मैनालाई भुत्ल्याएर लछारपछार गरिन्छ। देवकुमार र मैनालाई जबर्जस्ती एउटा कागजमा सही गराईन्छ जसमा उनीहरु बिच अनैतिक सम्बन्ध भएको कुरा स्विकार गरी श्रीमान श्रीमतिको रुपमा बस्न मञ्जुर भएको कुरा लेखिएको हुन्छ।

मैना गाँउको प्रहरीमा उजुरी गर्न जान्छिन्। “जनसरकारवालाहरुले गरेको काममा हामी केही गर्न सक्दैनौ”। प्रहरीले लाचारी ब्यक्त गर्छ। श्रीमानलाई पनि फोन गर्छिन्। जेठानी र जनसरकारवालाहरुले पहिले नै उसको कान भरिदिईसकेको हुन्छ। मैनाले केही भन्न नपाउँदै उताबाट फोन राखिदिन्छ। मैनासंग अब निराशता बाहेक केही बाँकि रहन्न। ईज्जत, परिवार, सबै गुम्यो। अव म किन बाँचू। आत्महत्या बाहेक अरु केही बाटो देख्दिनन्। सेतीको खोंचमा हाम फाल्न मात्र के ठिक परेकी हुन्छिन्, पछाडिबाट कुनै पुरुष हातले मैनालाई च्याप्प समात्छ। त्यो देवकुमार नै हुन्छ। मैना देवकुमारको छातीमा टाँसिएर भक्कानो फुट्ने गरी रुन्छे।

“मसंगको सम्बंधले तिमीलाई बदनामी त दियो मैना, तर तिमीलाई मर्न चाँहि दिन सक्दिन। मैले तिमीलाई कहिले त्यस्तो नजरले हेरिन तर तिमी मलाई आफु योग्य ठान्छौ भने तिमीलाई जीवन भर साथ दिन तयार छु”।

मैनाबाट केही उत्तर आऊदैन। एकतमाससंग देवकुमारको छातीमा टांसिएर रोई मात्र रहन्छिन्। तर देवकुमारले मैनाको निरुत्तर रुवाइमा नै उत्तर पाईसकेको हुन्छ। तल खोंचमा सेती एक तमाससंग सुसाइरहेको हुन्छ।


Read More...

Feb 18, 2011

मुसाहरु बिरालाको गाउँमा

राजु लामिछाने
माझठाना–६, काश्की
हालः हप्किन्स, मिन्नेसोटा

(गाईजात्रा २०६६ को उपलक्ष्यमा विशेष व्यंग्य कथा)


चारबीस काटिसकेकी मेरी हजुरआमाका कतिपय रहरहरु केटाकेटीहरुका जस्तै छन। टेलिभिजनका केही कार्यक्रमहरु कहिल्यै छुटाउनु हुन्न। धार्मिक कार्यक्रममा मन्दिर र देबी देबताहरुको तस्विर देख्दा हात जोर्ने हजुरआमाको अर्को मन पर्ने च्यानल कार्टुन च्यानल पनि हो। कार्टुनमा पनि बिरालो र मुसाको कथा उहाँलाई असाध्यै मनपर्दो रहेछ। आज त्यही बिरालो र मुसाको कथा भएको कार्टुन आउने दिन रहेछ। हजुरआमाले चस्मा लगाउँदै केटाकेटीसँगै पलेँटी कस्नु भयो। सधै होहल्ला गर्ने केटाकेटीहरु पनि शान्त भए। हजुरआमा र केटाकेटीहरुको त्यस्तो उत्सुकता देखेर म पनि उनीहरुसँगै बसेर कार्टुन हेर्न थालेँ। शिर्षक रहेछ “मुसाहरु बिरालोको गाउँमा ।”



बिरालाहरुले आफ्नो गाउँका लागि शूरुमै धेरै दु:ख गरेका रहेछन। भौतिक साधन र स्रोतले सम्पन्न बिरालाहरुका दिन शुख र मोज मस्तिमा बितिरहेका हुन्छन्। नयाँ पुस्ताहरु मोज मस्ति मै लागेकाले होला, हालै बिरालाका गाउँमा प्राबिधिक काम देखि सानोतिनो काम गर्नेहरुको अभाव बढ्दै गएको रहेछ। अरु बिकल्प पनि नभएर होला, चलाख बिरालाहरुले दुःखी मुसाहरुसँग मित्रताको हात मिलाए। गल्ति नगरुञ्जेल आक्रमण नगर्ने र आँफू समान व्यवहार गर्ने सर्तमा सक्षम मुसाहरुलाई आफ्नो गाउँमा प्रवेशाज्ञा दिने व्यवस्था गरे। बिचरा मुसाहरुलाई अरु के चाहियो। मरि मेटेर ढाँट्दै र छल्दै बिभिन्न बहानामा बिरालाको गाउँ छिर्ने लहरै चल्छ। नयाँ पुस्ताका मुसाहरुको त प्रमूख लक्ष नै बिरालाको गाउँ छिर्ने भएछ। अलिकती जान्ने र बुझ्ने हुने बित्तिकै बिरालाको गाउँ जान तर्खर गर्छन। मुसाहरुलाई बिरालाका गाउँको मोहले होला, सानै देखि आफ्नो भाषा, लवाई, खुवाई र हिडाई पनि बिरालाको जस्तै नक्कल गर्ने गर्छन। आपसमा पनि चुँ चुँ नगरि म्याउँ म्याउँ गर्न थाल्छन।

मुसाहरुको यस्तो चाला टेलिभिजनमा हेर्दा त अचम्मै देखिँदो रहेछ। हजुरआमा र केटाकेटीहरु बेसरी हाँसे। मैले पनि खित्को रोक्नै सकिन।

माउसे नाउँ गरेको मुसो कथाको प्रमूख पात्र रहेछ। स्वाभिमानी, इमान्दार र मिहेनती माउसे उसको काम र स्वभावले गाउँ मै इज्जतसाथ खुशी जीवन बिताइरहेको हुन्छ। जवान भएर पनि गाउँ मै बसेकोले होला बेला बेलामा उसका बाबुआमा, श्रीमती र केही इष्टमित्रहरुले उसलाई प्याच्च पुच्च भनि दिन्छन। सबै मुसाहरु बिरालाका गाउँको बखानै गाउँथे। हुन पनि हो, बिरालाको गाउँमा गएका प्राय सबै साथीहरुले प्रगती नै गरेको थिए। आफ्नो गाउँ छोड्ने मन नहुँदा नहुँदै पनि जोरिपारी र इष्टमित्रहरुका मुखिञ्जेल परिवारका सबैलाई खुशी राख्न माउसेले बिरालाको गाउँ जाने बिचार गर्छ। उसको बिचारको सबैले प्रशंसा मात्र हैन सहयोगै गर्छन। माउसे सजिलै बिरालाको गाउँ जान्छ। उसको परिवारमा पनि खुशीको सिमा रहँदैन।

बिरालाको गाउँ माउसेले सोचेको भन्दा धेरै फरक रहेछ। बिरालाहरुले मुसाहरुलाई कजाउनु कजाउँदा रहेछन। काम नगरे खानै नपाइने। स्वाभिमान र इज्जतको त कुरै नगरौ, रात दिन यन्त्र झै काम गर्‍यो, घण्टा गन्दा गन्दै धेरैको जीवन बित्दो रहेछ। प्राय सबै मुसाहरुको हालत एउटै रहेछ। कति मुसाहरुको त बिजोगै रहेछ। माउसेलाई गाउँ छाडेकोमा पछुतो लाग्छ। तैपनि नआउनु आइ हाले पछि अब केही दिन काम गर्नु पर्‍यो ठानी एउटा खैरो बिरालोको सेवा गर्न लाग्यो।

हजुरआमाले म तिर इशारा गर्दै भन्नु हुन्छ “परदेश जाने काम त राम्रो हैन, मान्छेहरु परदेश जाने भने पछि त्यसै ब्रुकब्रुक गर्छन”। यसरी बिच बिचमा आफ्नो तर्क राख्ने बानी छ हजुरआमाको। मन नपरे पनि उहाँको कुरा सुनिदिनु पर्छ।

बिस्तारै आफ्नो गाउँबाट आएका अरु मुसाहरुसँग माउसेको चिनाजानी हुन्छ। चाडपर्वहरुका साथै अरु ऐच्छिक पर्वहरु (पास्नी, जन्म दिवस, बिबहा दिवस आदि)को बाहनामा थुप्रै मुसाहरु भेला हुँदा रहेछन। खवर पाए र मौका मिलेसम्म माउसे पनि साथीभाईहरु भेट्ने रहरमा यस्ता कार्यक्रमहरु छुटाउदैन।

समूह समूहमा विभाजित हुने मुसाहरुको स्वभावै रहेछ। यहाँ पनि आ–आफ्नै औकात र स्वभाव अनुसारका मुसाका समूहहरु रहेछन। धेरैजसो समूहहरुमा त भेट हुने पनि बाहना मात्र रहेछ। मुख्य कुरा त एक अर्कामा फुर्ती लगाउने मौका रहेछ। रात दिन गधाले झै काम गरेर पनि फूर्सद पाउनासाथ सेर बनेर फूर्ती लगाउनु पर्दो रहेछ। पराई गाउँमा बसे पनि मुसाहरुले खुट्टा तान्ने आफ्नो पुर्खौली खेल अझै पनि भुलेका रहेनछन। पाए र भ्याए सम्म तानि हाल्छन। अरुलाई होच्याउने, कुरा काट्ने, रिस, डाह र नचाहिँदो कुरामा प्रतिस्पर्धा गर्ने बानी जीऊँका तिउँ रहेछन। यसरी मपाइँहरुकै हैकम चल्ने भएकाले होला मुसाहरुका भेटघाटहरुमा सिधा सुधाहरुको उपस्थिती न्यून हुँदो रहेछ। सार्वजनिक भेलाहरुमा पनि एक–आपसमा झगडा गर्छन, मुखै बोल्दैनन। लाग्छ सबै नशामा भुलेका छन। केही मुसा मुसीहरु त हिउँदमा छाडेका गाई वस्तु जस्तै छाडा रहेछन। अगतिला खैरा र काला बिराला बिरालीहरुसँग पनि बरालिँदा रहेछन। बिचित्रै रहेछ।

त्यस्ता अनौठा दृष्यहरु देखेर फेरी एक चोटी हामी सबै पेट मिचि मिची हाँस्यौं। हजुरआमाले भन्नु भयो “छ्या छ्या....., लाज पचेका बेइजती रहेछन बिरालाका गाउँमा बस्ने मुसाहरु त ।”

अरुको चियो चर्चो गर्ने मुसाहरुको बानी नै रहेछ। अरुको असफलतामा खिस्याउने अनि अरुको सफलतामा रिसले आफैं भुतुक्कै हुँदा रहेछन। फेरी अरुलाई यसरी होच्याउन रुचाउने मुसाहरु अरुबाट आफ्नो प्रशंसा मात्र रुचाउँदा रहेछन। जस्तैः
बँगुर जस्तो ढाडेलाई – क्या फिट बोडी यार तपाईको, तपाईको व्यक्तित्व झल्कन्छ,
हात्ती जस्ती मोटीेलाई – कस्ती राम्री देखिएकी, हाईटसँग कस्तो मिलेकोछ,
अनुहारै नपरेकी लाई – क्या राम्री, तिमी जस्ती राम्री त कोही छैन,
नमिल्दो लुगा लगाउनेलाई – वा... कस्तो सुहाएको, मलाई मन पर्‍यो,
बान्तै होला जस्तो खाना भए पनि पकाउनेलाई– क्या मिठो, तपाईको हातको जादु,
तरुनी मुसीको बुढो पोईलाई – क्या ह्याण्डसम, परफेक्ट जोडी,
आँफू भन्दा पाका उमेरकासँग – तपाई भन्दा त म नै जेठो छु /भाई, बहिनी
अनुहारमा नौ थरी पाउडर र रंग पोतेकीलाई – क्या तिम्रो त नेचुरल ब्यूटी,
साह्रै छुच्चा र अनुहार नपरेका छाउरा छाउरी – कस्ता ज्ञानी, कति राम्रा, ट्याक्कै बाबुआमा,
उत्ताउली तरुनी – गतिलो संस्कारमा हुर्केकी, शिलशोभा,
नराम्रा क्लवमा देखेको भए – कतै मन्दिरमा देखेजस्तो लाग्छ,
भूतपुर्व प्रेमी प्रेमीकासँग देखेको भए – कतै तपाईको पुरानो काममा देखेको थिएँ क्यारे,
जस्तो सुकै मुर्ख होस – तपाई त महान, क्या गजब छ तपाईको बिचार।
यस्तै यस्तै कुरा गरिदिए पछि मुसाहरु खुशीले फरुँङ्ग हुँदा रहेछन। साथीहरुको यस्तो चलन देख्दा माउसे अलमल्ल पर्छ।

हजुरआमाले “हेर हेर, कलीयूग .... ” भन्दै हुनुहुन्थ्यो। मतिजले हजुरआमालाई व्यग्य गर्दै “के भयो योङ्ग लेडी?” भनेर मजैले हँसायो। हजुरआमा पनि कुरै नबुझी हामीसँगै हास्नु भयो।

बिकसित गाउँमा सबै कुराले पुगेसरि भए पनि बिरालाहरु दुःखी रहेछन। माया र ममताको दुब्लो रहेछ। उमेर ढल्केका बिरालाहरु त झन बेसाहारा र उदासै देखिँदा रहेछन। बिरालाहरुको बुढेसकाल आफ्नै गाउँमा सुरक्षित छैन भने बिचरा मुसाहरुको बुढेसकाल कस्तो बित्ने होला? माउसेलाई कहाली लाग्छ। सधै अरुलाई सानो र आफैलाई ठूलो सम्झने बानीले होला मुसाहरुले आफ्नो गाउँ, धर्म, भाषा, संस्कृती, स्वाभिमान, आपसी सहयोग, मेलमिलापका साथै अब त आफ्नो पहिचानै बिर्सेछन। माउसेले जति पनि साथीभाई भेट्छ सबै जना आँफूलाई बिरालो भन्न रुचाउँछन भने आँफू भन्दा बाहेक मुसालाई मुसै हो। अचम्मै रहेछ सबै मुसाहरुले आँफूलाई म पनि मुसा हुँ भन्ने बिर्सि सकेछन। जुन कुराले माउसे ज्यादै दुःखी हुन्छ।

माउसेको बालसखा राउतेलाई अव रावर्ट भन्नु पर्दो रहेछ। रावर्टको परिवार पनि केही वर्ष पहिले देखि बिरालाको गाउँमा थियो। हालै शहर नजिकैको एउटा बिरालाको घर किनेछ। अरुबाट धेरै पटक अपहेलित हुनु परेको रावर्टले पनि यसपाली चिने जानेका र उसका सम्पर्कमा रहेका मुसाहरुलाई बोलाएर धक्कु लगाउने राम्रो मौका पायो। आउँदो छुटि्टका दिन उसको नयाँ घरमा भोज रहेछ। माउसेले पनि बालसखा भएको नाताले निमन्त्रणा पायो।

भोजहरुमा उपहार दिने चलन रहेछ। खालीहात जान पनि भएन। थुप्रै पसलहरु घुमि सक्दा पनि भनेजस्तो उपहार नभेटी निराश भई फर्केको माउसेका आँखा एउटा ऐना पसलमा पुग्छन। माउसेले गाउँबाट आए देखि ऐना हेरेकै रहेनछ। धेरै बेर ऐनामा आफ्नो अनुहार हेरे पछि रावर्टलाई उपहार पनि एउटा ऐना दिने निर्णय गर्‍यो। अचम्म रहेछ बिरालाको गाउँमा ऐना त पाईदो रहेछ तर ऐना हेर्ने रुची वा फुर्सद कसैलाई रहेनछ।

आज रावर्टको घरमा पार्टी छ। माउसे उपहार लिएर रावर्टको घर पुग्यो। घरभरी मुसा अनि बिरालाहरुको भिड थियो। रावर्ट र उसकी श्रीमती ढोका मै हात जोरेर पाहुनाहरुको स्वागत गर्दै थिए। माउसेले रावर्टलाई बधाई दिँदै हातमा उपहार थमाई दियो। निम्तालुहरु चमेना र पेयपदार्थ लिँदै आ–आफ्ना समूहमा कुरा गर्दै थिए। माउसे भने ठूलो भिडमा आँफूसँग कुरा मिल्ले मुसाको खोजीमा यता उता घुमि रहेको थियो।

आजकल बिरालाहरु पनि मुसाका भोजहरुमा रमाउँदा रहेछन। रावर्टले उनीहरुलाई नै भनेर थरी थरीका नशालु पेय पदार्थको पनि व्यवस्था गरेको रहेछ। खान र पिउन मै छुट्टै रमाएका बिरालाहरु राता राता आँखा बनाउँदै मुख बिगारेर कुरा गर्दै थिए। मुसाहरुको त गाउँ देखि कै बानी, पिउँदै जुवाका खालमा व्यस्थ थिए। कोहीले त धोक्नु धोकेछन। के बोल्ने के नबोल्ले बिर्सिसकेका थिए। मुसीहरु झन धेरै बोल्नु पर्ने जात, २–३ समूहमा मुसी स्वभाव कै फूर्तिला गफमा भुलेका थिए भने केही तरुनी मुसीहरु त मुसा र बिरालाहरुसँग नशालु पेय पदार्थ पिउन पनि पछि परेका थिएनन।

हजुरआमाले भन्नु हुन्छ “हेर हेर, भक्ष भोजन भ्रष्ट बुद्धि, जस्तो खाना खायो त्यस्तै अक्कल हुन्छ भनेको यस्तै हो ।”

ओहो, मुसाहरुले बिरालाका गाउँमा आएर पनि कति जन्माएछन छाउरा छाउरीहरु। फेरी साह्रै छुच्चा, धानी नसक्ना, अगतिला। यसरी अर्काको घरमा भोज खान आउँदा पनि आपसमा झगड्छन, हल्ला गर्छन, रुन्छन, कुद्छन, उफ्रन्छन, फोहोर गर्छन। बाबुआमाले पनि फिटिक्कै ख्याल नगर्ने। पिटपाट नगरे पनि सम्झाउनु त पर्छ नी। नैतिकशिक्षा सिक्ने उमेरमा यसरी छाडा बनाए पछि भविश्यमा त्यस्ता सन्तानबाट अभिभावक र गाउँले के आश गर्नु? माउसे दङ्ग पर्छ।

हजुरआमा थप्नु हुन्छ “केटाकेटीलाई जस्तो संस्कार सिकायो त्यस्तै हुने त हुन नी, बाबुआमा कै चाला त्यस्तो छ”।

रावर्टको पनि आज खुशीको दिन मज्जैले पिएछ। अलि ज्यादै बोलि रहेको थियो। शुरु देखि नै होच्चाएर बोलेको सुन्दा माउसेलाई भोजै छाडेर हिँड्न मन लागेको थियो। फेरी खै के सोचेछ, रोकियो। रावर्टको बोल्ने शैली झन बिग्रदै जान्छ र छेवैको खैरो बिरालोको घाँटीमा झुण्डिएर बिरालो कै भाषामा “ हेइ ढाडे बिल्लु हेर म त मेरो गाउँको पनि नेता थिएँ तँ जस्तो लुते हैन, अव म यो टोलको मुखिया हुन्छु बुझस, तैले मैले भनेको मान्नु पर्छ” भन्दै थियो। बिरालो रिसाई हाल्यो। रावर्टलाई च्याप्प समातेर फनफनी घुमाउँदै पल्लो भित्तामा बझारी दियो। बिचरा रावर्ट पर्खालमा ठोकिएर बेहोस भई भूँईमा राखेको माउसेले ल्याईदिएको ऐना माथी खस्यो। नशाले मातेका मुसाहरु के कम, सबै आमन्त्रित बिरालाहरु माथी जाई लागे। बिरालाहरुको धैर्य टुट्यो। जाई लाग्ने मुसाहरुलाई समात्दै मुन्टो बटारिदिँदै भित्तामा बझारिदिन लागे। सबै मुसाहरुको गती रावर्टको जस्तै भयो। पर्खाल मुनि रगताम्मे मुसाहरुको थुप्रो लाग्यो। भाग्न सफल मुसाहरु दुलो भित्र छिरे। चारै तिर शुन्यता छायो। बिरालाहरु पनि हात टक्टकाउँदै आ–आफ्ना घर तिर लागे।

हजुरआमाले भन्नु भो “घमण्डी भएर आफ्नो हैसियत बिर्से पछि यस्तै हुन्छ, दुःख पायौ मंगले आफ्नै ढंगले ।”

धेरै बेर पछि रावर्टलाई होस आयो। सकि नसकि उठ्ने प्रयास गर्‍यो। नशा पनि उत्रि सकेछ। ऐनामाथी कसरी पुगेछ पत्तै पाएन। यसो तल ऐनामा हेर्दा त आँफूलाई मायालाग्दो मुसा देख्यो अनि झल्याँस्स भयो। “ओहो म त अझै मुसो पो रहेछु।” आँफूलाई बिरालै हुँ सम्झने रावर्टलाई आफ्नैं घमण्ड देखि साह्रै लाज लाग्यो। माथी दलिनको छेलमा लुकेर रमिता हेरीरहेको माउसे बिस्तारै तल झरेर बेहोस साथीहरुको सुसार गर्दै थियो। रावर्टले आँफूबाट अज्ञानताबस भएको दुर्व्यवहार प्रति माउसेसँग हात जोरेर माफी माग्दै उपहारको लागि धन्यवाद दियो। माउसेले प्रेमसाथ हात फैलायो अनि दुबै मित्रहरु अँकमाल गरे। रावर्टले अब आँफूलाई रावर्ट हैन राउते नै भन्न अनुरोध गर्‍यो।

केहीबेरमा बेहोस मुसाहरु होसमा आए। चारैतिर भागेकाहरु पनि जम्मा भए। राउते (रावर्ट)ले सबैलाई पालै पालो ऐनामा अनुहार हेर्न दियो। सबै मुसाहरुको आँफूलाई बिरालो हुँ भन्ने घमण्ड सकियो। अन्त्यमा मुसाहरुको ठूलो जमातले एकआपसका हातेमालो गरेर एउटै श्वरमा भने “हामी मुसा हौं, हामी एउटै गाउँका हौ, हाम्रो हैसियत एकै छ ।”

सबै मुसाहरुले अब देखि आँफूहरु गाउँबाट आएका मुसाहरु भएको सत्य कहिल्यै नभुल्ने संकल्प गरे। बिचरा मुसाहरु ऐया र आच्छु गर्दै, खुट्टा खोच्चाउँदै आ–आफ्ना घर गए। माउसे पनि अब हुने भेटघाटहरुमा कुरा मिल्ले साथीहरु पाउने आशामा खुशीले उफ्रँदै आफ्नो बासस्थान तिर लाग्यो। यसरी कथा समाप्त भयो।

केटाकेटीहरुले ताली बजाए। हजुरआमाले सबैलाई प्रश्न गर्नु भयो “यूगौं सम्म बिरालाको संगत गरे पनि मुसाहरु बिरालो बन्न सक्लान त?” “सक्दैनन हजुरआमा” केटाकेटीहरुले एकै श्वरमा विद्यालयकी गुरुआमालाई झै जवाफ दिए। हजुरआमाले ठूलो श्वरमा सबैलाई स्याब्बासी दिँदै भन्नु भयो। “हो, त्यसैले हामीहरुले पनि म को हुँ? म कस्तो थिएँ, अहिले कस्तो छु? मेरो हैसियत के हो, मैले समाजमा कस्तो काम गरेको छु, मानिसहरुले मलाई कसरी हेरेका छन? भन्ने कुराको ख्याल गर्नु पर्छ।” उहाँको कुरा सुनेर केटाकेटीहरुले बुझे झै टाउको झुकाए। म भने सुटुक्क आफ्नो कोठामा छिरेर ऐना हेरेँ। मैले लगाइरहेको अमेरिकन पालीटोपी मेरो शिरमा फिटिक्कै नसुहाएको रहेछ। पालीटोपी निकालेर, सिरानी मुनी पट्याई राखेको भादगाउँले टोपी लगाएँ। ऐना हेरेँ। “आहा, यो पो हो मेरो असली पहिचान।”

समाप्त !


(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा गाईजात्रे संयोग मात्र हुनेछ।)

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]



Read More...

Feb 5, 2011

सुनिता गिरी (राना)
हङकङ




नेपाल आमाकी प्यारी छोरी
हजारौ दुख कष्टको सागर तरेर
घर दैलोको उज्यालो ज्योति बनेर
संसारले चिन्ने गरेर नाम कमायौ
सी एन एन हिरो बनी इतिहासमै
नेपालको नाम उज्वल बनायौ ।

अन्यायमा पिल्सिएर छटपटिएका
आफ्नै आफ्नाहरूबाट खसीबाख्राझैं बेचिएका
अनाथ र असहाय नारीहरूको उद्दार गरी
करोडौ नारीहरूको मन जित्न सफल भएर
उज्वल तारा बनि चम्कियौ
अखण्ड दियो बनि सल्कियौ ।


सीता साबित्री भृकुटी जन्मेको नेपालमा
अनाथ नारीहरूकै आमा भएर जन्मियौ
शुभकामना छ तिम्रो प्रत्येक पाईलाहरूमा
कुसंस्कार र कुआचरणका घुम्टोहरू उघारेर
झलमल्ल घाम बनि झुल्किदियौ
समान आश्था बोकेर लम्किदियौ ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Jan 30, 2011

हाम्रा मित्र अचेल यन्त्र भएछन ।

raju_Feb-2011
व्यंग्य: राजु प्रसाद लामिछाने (जुदने)
माझठाना ६, कास्की
हाल: हप्किन्स, मिन्नेसोटा


भर्खर साथीले विहे गरेछन ।
श्रीमतीसँगै रिमोर्ट कन्ट्रोल पनि ल्याएछन ।।
त्यही दिन देखि मित्र यन्त्र भएछन ।।।

रिमोर्टको भरमा चल्दा रहेछन,
रिमोर्टकै भरमा बोल्दा रहेछन ।
बस भन्दा बस्दा रहेछन,
उठ भन्दा उठ्दा रहेछन ।
खा भन्दा खाँदा रहेछन,
जा भन्दा जाँदा रहेछन ।
साच्चै हो,
हाम्रा मित्र त अचेल यन्त्र भएछन,
भर्खर साथीले विहे गरेछन ।
................................

डिस्को र क्लब तिर जानै छाडेछन,
रक्सी र चुरोट पनि खानै छाडेछन ।
शनिवार शनिवार मन्दिर जान थालेछन,
मंगलबार मंगलबार चोखो खान थालेछन ।
पेट बड्ने डरले थोरै खान थालेछन,
जाडै भएपनि मर्निङवाक जान थालेछन ।
साच्चै हो,
हाम्रा मित्र त अचेल ज्ञानी भएछन,
भर्खर साथीले विहे गरेछन ।
................................

बाउ-आमाको कुरा मन नपराउदा रहेछन,
श्रीमती कै हर कुरो सराउँदा रहेछन ।
श्रीमतीलाई देखे पछि डराउँदा रहेछन,
पाँच नबज्दै खुरुक्क घर आउँदा रहेछन ।
लुगा धुन, भाँडा माझ्न सघाउँदा रहेछन,
साथी-भाईसँग भने लजाउँदा रहेछन ।
त्यही भएर पो,
बिहे गरेपछि साथीहरु हराउँदा रहेछन ।
श्रीमतीसँगै रिमोर्ट् कन्ट्रोल पनि ल्याउँदा रहेछन ।।
त्यही दिनदेखि धेरै मित्रहरु यस्तै हुँदा रहेछन ।।।

---धन्यवाद----
लेखकको अपिल: प्रस्तुत ब्यंग्य सामाजिक विषय वस्तुमा आधारीत एक बिशुद्ध मनोरन्जनात्मक सृजना हो । कसैको ब्यक्तीगत जीवनमा मेलखान गएमा केवल संयोगमात्र हुनेछ ।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

Jan 19, 2011

Love Canal

By:Hienndra Raj Joshi
Once upon a time in good old days there lived a young Jyapuni named Bal Kumari, daughter of a farmer, Bala Deshar in Chhampi near Chapagaun village. She was well known for her beauty all around the villages. Not only human even god used to get lured by her beauty. Long black hairs, almond shaped sharp eyes, wide forehead and maroon black skin; she was the synonym of beauty.

Bal Kumari used to help her father in his field. She used to guard the land in absence of her father. One day god Tika Bhairav disguised himself as a man. He was roaming around Chhapagaun. Same day in absence of her father Bal Kumari was guarding her father’s field at Pyanga near Chhampi village.


Wandering around the villages Tika Bhairav reached on the field which was being guarded by Bal Kumari. When Tika Bhairav saw Bal Kumari he was magnetized by her beauty and could not help himself. Instantly he went in front of Bal Kumari and proposed Bal Kumari to marry him. But Bal kumari refused his proposal. Tika Bhairav went back to his place but he could not sleep well. Whole night he thought about Bal Kumari. He decided to kidnap Bal Kumari. But how! So he began to visit the field every day and waited for the chance.

One day in absence of her father again Bal Kumari was guarding the field. Tika Bhairav waited till the evening. One way he thought kidnapping is not a good deed, another way he thought he did not have any other option. He was madly in love with Bal Kumari, a kind of one sided love. Tika Bhairav was in doubt. At last he decided to kidnap Bal Kumari at any cost.

Sun had already set in the west. In twilight it was hard to recognize person or a thing at distance. Streets were empty and birds were returning to their nest making churning sound. Churning sound of birds, dim light of the evening and blowing soft wind was making the scene more romantic. At that time Bal Kumari was packing her goods and was preparing to return home. Tika Bhairav disguised himself as a man and appeared before Bal Kumari in a sudden. Unexpected sudden appearance of Tika Bhairav frightened Bal Kumari and she got faint in instant. Tika Bhairav carried her in his shoulder and was returning to his place in hurry. Suddenly Tika Bhairav noticed that somebody was following him. He was a Nagarkoti farmer of the near village. He was returning back to his home after finishing his work in field. He saw Tika Bhairav disguised himself as a man walking in a hurry with a faint girl on his shoulder.

Tika Bhairav then appeared in his original look. By sudden appearance of god himself before Nagarkoti he worshipped him and Tika Bhairav requested Nagakoti to convey the message about Kidnapping of Bal Kumari to his father.

Nagarkoti reached Bala Desar Bal Kumari’s father home in no time. Nagarkoti then; explained about kidnapping of his daughter by god Tika Bhairav. Bala Desar was not happy with Tika Bhairav and wished to meet him instantly. So he requested to take him where Tika Bhairav was living. Due to Bala Desar’s poor health he could not walk, so Nagarkoti had to carry him on his back.

At Tika Bhairav’s place he explained to Bal kumari reason behind kidnapping her in detail. Bal Kumari also explained that she could not recognize him when he proposed her in her father’s field. Tika Bhairav begged pardon with Bal Kumari for kidnapping her. Down to earth and honest character of the god himself fascinated Bal kumari and Bal Kumari also begged pardon for refusing his frank proposal. Both of them were happy with the happening.

Midnight had already passed when Bala Desar reached at Tika Bhairav’s place. When he saw his only daughter he asked Tika Bhairav to return her. Tika Bhairav said that he had already married his daughter so he could not return her. Instead Tika Bhairav asked if Bala Desar has any wish to be fulfilled by him he would do that. Bala Desar was more than happy with the response. At that time Chapagaun and surrounding villages was having a problem due to scarcity of water. So farmers could not cultivate on time and they have to make lot of effort for water. Bal Desar decided to take an opportunity as god himself was before him. More than his personal need Bala Desar thought water is the most essential thing for his village. He decided to utilize the opportunity in the welfare of whole village. So he asked Tika Bhairav to bring water to his village by digging a canal to Chapagaun so that the entire villager’s after then does not have to face water problem any more. Tika Bhairav was pleased to hear his father in law’s wish. He could have wished for some personnel benefit, but Bala Desar wished in welfare of whole village so Tika Bhairav agreed and said that he will dig a canal himself. Bal Kumari was also glad with her father’s wish. Tika Bhairav agreed to dig a canal in the name of her love Bal Kumari and asked his father-in-law to come to the bank of Lele Khola in the morning with plough and shovel. Bala Desar did so and Tika Bhairav dug the holy Rajkulo; the historical love canal for the welfare of the villagers. Rajkulo still do exist now at the periphery of Chhapagaun and Lele, though being encroached it is still serving locals.

Still temple of goddess Bal Kumari exist near to the temple of Tika Bhairav and goddess Jai Kumari; first wife of Tika Bhairav. The holy love canal created by the god himself still exists in the village. Still today families of Desar and Nagarkoti lives in Champi and Chapagaun and on Tika Bhairav Jatra, a member of Nagarkoti family comes to Desar’s village with offerings and carries eldest member of the community to the Temple of Tika Bhairav as Bala Desar father of Bal Kumari was carried by Ngarkoti then; and offer puja to the god Tika Bhairav for creating holy love canal contemporarily known as Rajkulo and bringing water to their village.

Hitendra Raj Joshi


[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]


Read More...

 ©sapanasansar.com 2006-2010

 ©www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Trackingपटक हेरिसकिएको छ ।

TOP