Skip to main content

Posts

Showing posts with the label आफ्नै गुनगुन

गुनगुन

Share भोज र मदिरा ! “आज त झुरै भयो, राम प्रसादले, आफ्नो छोरा को पास्नी को पार्टी राखेको, न बिएर न विस्की, के पार्टी राखेको मुलाले, बेईज्जतै गर्यो आफ्नो!”, भर्खरै मात्र राम प्रसाद को छोरा को पास्नी को रात्री भोज बाट बाहिर निस्केका आमन्त्रित मित्र जन हरुबाट आएको आवाज हो यो । “पार्टी को बेईज्जतै गर्यो मुलाले” भन्दै केहि मित्र हरु आफ्नो त्यो साँझनै खेर गएको गुनासो गर्दै थिए, एक आपसमा । आझकल जुनै पनि स्थानमा नेपाली झमघट , भोज वा भत्तेर भयो भने, मदिरा अनिवार्य हुन जरुरी छ । मदिरा बिना को भोज् वा पार्टि त अब कल्पना सम्म गर्न नसकिने अवस्थामा आएको छ। एक समय , मलाई याद छ, हा्मो गाउघरमा कसैले भोज आयोजना गर्दा, दाल, भात, तरकारी, खसी को मासु अनि आलु र काक्रा को अचार अनि त्यो पनि सुकुल मा बसेर , हातको कुहिना संम्म चुहाउदै खादा आयको आनन्द भलै कुनै राजभोज नै किन नहोस, साहेद त्यस्तो आनन्द कहिल्यै नआउला । हो त्यति खेर पनि भोज मा पिय पदार्थ राखिन्थ्यो फरक यति छ, त्यति खेर मदिरा को सट्टा दहि वा मोहि वा सर्वत पानी हुने गर्दथ्यो , र त्यस को स्वाद, म किटान गरेर भन्न सक्छु मदिरा को स्वाद भन्दा सयौँ गुना बेसी ...

आफ्नै गुनगुन,: हङ्कङ्ग एअर पोर्ट !

आफ्नो विभिन्न यात्रा को समयमा धैरै ट्रान्जिट हरुमा समय बिताउनु परेको थियो । ट्रान्जिट समयमा के गरौ के गरौ भैरहने यो पंक्तिकारलाई भने आजको हंङ्कङ्गको ८-१० घण्टे लामो ट्रान्जिट समय पनि कमिनै लाग्यो । सूचना प्रविधि (Information Technology) को क्षेत्रमा सर्वसाधारण जनताले पाउने सबैभन्दा सुविधामामुलक राष्ट्रको मेरो अड्कल बाजलाई आज हङ्कङ्गले पछारेको छ। भिजिटर भिसा को लागि समय अभावले गर्दा आफ्ना नातेदार तथा मित्रहरु अनि सपनासंसारका शुभेच्छुक मित्रहुरु हङ्कङ्गमा हुदाहुदै पनि भेट गर्न सकिएन । एक छिन त नियाँस्रो नै लागेको थियो तर पनि एअरपोर्टमा प्राप्त निसुल्क इन्टरनेट तथा टेलिफोन सेवाले मेरो यो नियास्रोपन लाई उत्साह मा परिवर्तन गरिदियो । बढा गजब को ठाउँ रहेछ , हङ्कङ्गभरि जहाँ फोन गरे पनि निःशुल्क पो रहेछ बा् । अनि वाईरलेस ईन्ट्रनेट पनि नि:सुल्क , अनि यो कम्प्युटर कीरोलाई के नै चाहियो र ! ९ घण्टा को ट्रान्जिट पनि अपुरो नै लाग्यो। धीत मर्ने गरि कुरा गरे केही साथी हरुसंग मानौँ कि यस्तो कुराकानी प्रत्यक्ष भेटमा पनि हुँदैन । एअरपोर्ट कति सफा , कर्मचारीहरू कति सहयोगी , कस्तो राम्रो बेवास्ता, कहिले स...

हान्यो र भाग्यो !

धेरै पहिला सुनेको थिए , अमेरिका मा त एउटा गाडिले पार्किङ लट मा पनि अर्को गाडिलाई हान्यो भने , त्यो अर्को गाडिको संवन्धित ब्यक्ति नआईञ्जेल सम्म , आफ्नो गल्ति स्विकार्न र त्यो बराबर को क्षतिपुर्ति, आफ्नो ईन्सुरेन्स कम्पनी बाट दिलाउन पर्खैर बस्छन रे ! तर आज त्यस्तो भएन् । बेलुकि को ७ बजिसकेको थियो, म एक्लै मेरो कार चलाएर नजिकैको मल मा गैराखेको थिए । ट्राफिक लाईट को रातो बत्ति बलेको ले मैले आफ्नो गाडि रोकेको थिए , त्यहि बेलामा पछाडि बाट मेरो गाडिमा ठुलो धक्का दिदै अर्को गाडिले हान्यो । Driver side Rear View                                   Passenger Side Rear View धन्न मैले सिट बेल्ट बादेको थिए , मेरो आफ्नो सारिरीक क्षति हुन त पाएन तर गाडि को पछाडि पट्टि को बंम्पर , लाईट र डिक्कि चाहि चट बनाईदियो, मोराले ! त्यसले हान्ने बित्तिकै म झर्नु पर्ने रहेछ, तर म गाडि बाट झरिन बरु उल्टो लाईट पास गरेर अगाडि खुला ठाउमा उ संग कुरा गरौंला भन्ने सोझो सोचाईले लाईट पास भएर गए, तर उ त बेईमान निस्कियो , त्यो ल...