Skip to main content

Posts

Showing posts with the label कबिता

मेरो प्यारो आँधीखोला

ज्ञानबन्धु के.सी. मनकाप्रेमी हाल न्यूर्योक मध्यपश्चिम ग48डकी क्षेत्रमा श्रवण कुमार पुगिगए , अन्धाअन्धी थिए मातापिता रुदैरुदै कार्कीनेटामा बिलिन भए। ब्याधालाई के थाहा श्रबण कुमार छन कहाँ भनी पानी खोज्न गएका श्रबण बिचरा पोखरी छेउमा गयो ज्यानपनि। आँसु अविरल बगी रह्यो अन्धाअन्धीको आँसु बगेर आँधी बन्यो, बग्दै बग्दै तल बेसीमा झरी सेती,खहरेमा मिली महानदी भयो। साथ पायो आँधीले अन्तरे पाखाको नदी बनी बग्न फाँटफाँटमा, सिँचाइ र मनोरञ्जन पाए लोकले, बिजुली बल्यो बेसीका काँठकाँठमा। मेरो प्यारो आँधीखोला बगेको छ शीरदेखी काली गण्डकीसम्म, चण्डीकाली भिर्कोट गह्रौ आलमदेबी दोहोरो साँक्षीबनी माझमा फाँट छ लमतन्न । बगाउँछ फोहरमैला शहर बजारको पार्छ वातावरण सधै सुद्द सफा आकर्षक, पर्यावरण फोहरीनाले सुक्दैछ हिउँदमा दुःखको बन्दैछ, व्यथा कथा छक्क छन दर्शक। बर्षायाममा तन्नेरी हुन्छौ, बगाउँछौ खेतबारी सुकुम्बासी टहराहरु पनि, बाडी पैरो रोक्न वृक्षारोपण र गरौँ हुन्छ सबै हराभरा मुल फुट्छ अनि। लमतन्न लामो बगेको आँधी किन सुसाउछ् शून्य आधा रातमा सधैं, माया गरौँ न मेरो आँधीलाई, पौडी खेल...

नव बर्षको शुभ-कामना

- मधुप खतिवडा, दक्षिण कोरिया हिजो राती होइन मैले के देखे सपनी ब्युझिएर उठदा खेर चकित भएँ मैं पनि लौ सुनाउछु म तिमीलाई जे देखे मैले नि के यस्तो सपनी जस्तै, हुन्छ होला बिपनी ? देखें मैले कारखाना हजारौ कामदारले भराभर यस्ता कारखानाहरु रहेछन अनगिन्ति देशभर बनाउदा रहेछन यसमा यिनीहरुले खाद्यान्न कपडा थरिथरि प्रयोग गर्दा रहेछन यिनीहरुले स्वदेशी उपज सधैँ भरि देखिन मैले कुनै बन्द न देखे कुनै हड्ताल गरीखाने नेपालमा रहेछन सबै समृद्ध र खुशहाल त्यसबेला देखे मैले नेपाली परिश्रमी हाथका काम कालिगडी यति निपुर्ण चकित बनेछ लोक तमाम देखें मैले फाँटहरुमा लहलहाएका अन्न बाली छाए रहेछ कृषकका मनमा एउटा नौलो खुशीआली पाएको रहेछ हरेक बालकले आफ्नो पुस्तक पढ्न अवसर रहेछ हरेक नारीलाई पुरुषसंगै अगाडी बढ्न रहेछन् हजारौ युवा आफ्नो काममा तल्लिन काम पाएछन, अनि गरेछन, छैन कोहि मलिन देख्नसक्छु म यिनका मुहारमा हौसला औ आँट सकिएछ मुलुकमा चोरी बेइमानी अनि ढाट अनि देखें मैले व्यापारीले त्यागेछन् क्षणीक लाभ बुझेछन तिनीले पनि विकासको दीर्घकालिन प्रभाव सच्चा बनेछन् ,लगानी गरेछन्, बेचेनछन् आफ्नो इमान अनि संभालेछन् तिनीहरुल...

घरसँगै भत्केको मन ....

शुरेश नेपाली, नेपाल भत्किन खोजेका घरका पर्खालहरु हावाका झोक्का र अविरल वर्षाबाट दिनदिनै भासिदैछन् अनि चियाईरहेछन् व्याँसोहरु प्वाल प्वालबाट ! आफ्नै सोचमा मग्न हुनेहरु स्वप्न बगैचाबाट हेरिरहेछन रमिता ! मेरा छोराछोरीहरु हो ! यै घरको आँगनमा तिमीले खेल्यौं यै छतमा टाउको जोगायौ आज घरका भित्ताहरु ढल्न खोज्दा ज्यान जोगाएर भाग्न खोज्छौ छतबाट पानी तपतपिदा भिज्ने डरले पर हट्छौं टालटुल त कता कता ! फर्केर हेर्दा पापै लाग्ला झैं आँखा तरेर हेर्छौ। आऊ ! हामी सबै मिली मर्मतसम्भार गरौं यसको वर्षौ वर्षसम्म नढल्ने गरी पुर्नजीवन दिउ यसलाई छिमेकीको आडमा बाँच्न खोज्ने छिमेकीको पिढींमा सहारा खोज्ने कस्तो संस्कार बोकेर आयौ? यि घरका भित्ताहरुले खोज्दैछन् तिमोरुलाई ढल्न खोजेका खाँबाहरु बोलाउदैछन सबैलाई ढल्न लागेको घरभित्र सगाल्नुछ सङ्लो आस्था धुरीभन्दा अग्लो आस्था। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

शुभकामना सन्देश

~ उपमा अर्याल बिदेश मै भइयो यसपाली पनि, महान चाड दशैमा लाउँला टिका, लिउँला आशिर्बाद, अर्को बर्षको दशैमा। सुबाश छर्दै आयो है घट्टस्थापना, पालुवा नयाँ लिएर मिलेर फुलाऔं यही पालुवा हामी, नव रात्रीको लहर। घाँटी हेर्दै हाँड निल्लौ है सब, आफ्नो गक्ष अनुसार देउ शक्ती लड्न दुर्गे भवनी! अभाबसँग भएर निडर। भ्याइ नभ्याइ होला चटारो कामको, इस्टमित्र भेटघाट लिङ्गे पिङको मज्जा, धर्ती छोड्दा, ताजै छ मन्स्पटल। जान्थें रमाउँदै दरबार, गर्न दर्शन गोरखकालिको मग्थें शक्ती सधैं उन्मुल गर्न दानव अत्यचारीको। हत्या हिंसा रोकौ है सब, होइन राम्रो दिएको बली जिउने अधिकार सबको हुन्छ बुझौ है यसैपली। हर्ष उल्लासको रौनकसँगै गरौं प्रसाद दुर्गाको ग्रहण शुभकामना बोकी पठाकी छु परेवी, उमङ्गको बातावरण। ~ अस्तु ~ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मन लाग्छ

चकेन्द्र राई कैदी माइकल ज्याकशन को कर्ण पि्रय स्वार जस्तै गरी मुटुका कथा ब्याथा गाउन मन लाग्छ । दुनियाको कानलाई आफुतिर आकर्षण गर्न मन लाग्छ । एडमनलाई पछ्याउदै सगरमाथाको चुचुरामा सबभन्दा पहिले पुग्ने नेपालि तेन्जीङ हुन मन लाग्छ । साधरण परिवारको सदस्य भएर पनि अमेरिका सोहा्रै राष्ट्रपति अब्रहम हुन मन लाग्छ । तोरीको एक एक दाना जम्मा गरेर दुनियाकै सबभन्दा धनि कुबेर हुन मन लाग्छ । गरिब तन्नम कंगाल भएर पिन बिशाल हृदय भएकी धनि सुदामा हुन मन लाग्छ । रत्नकार भएर जन्मेर कालिदास जस्त भएर मर्न मन लाग्छ । मंजुश्री ले जस्तै अशभ्यताको चोभार कोटेर शभ्य र आदर्श एउटा मानव बस्ती बसाउनु मन लाग्छ । त्यहा एउटा छाना मुनि मन्दिर र मस्जीद चर्ज र गुम्बा बनाउई मानवता को बिजा रोपन गर्न मन लाग्छ । गंगा नदि जस्तै भएर धर्म धर्म बिचको दन्द लाई अबिरल अबिरल बगाउई रहन मन लाग्छ । नेपाल भित्र रहेको शान्तिको प्रतिक लुम्बिनी भित्र शान्तिको खातिर पुरै विश्व लुकाउन मन लाग्छ । सिमानामा कार्यरत एक सिपाही जस्तै २४ सै घण्टा यो देशको अंगुरक्षा भएर बांच्न मन लाग्छ । पुस्कर शाहले जस्तै नितान्त अनौठो शाहासी भाईचाराको नारा लिएर साइकलक...

यो दुनिया

राजु लामिछाने (जुदने) माझठाना–६, कास्की हालः हप्किन्स, मिन्नेसोटा मन भरी शंका पाल्छ, पाईलै पिच्छे तगारो हाल्छ, न अगाडि सर्छ, न अरुलाई सर्न दिन्छ, यो दुनिया। बलेको आगो ताप्छ, हुने खानेलाई काखी च्याप्छ, निर्धोलाई न बाँच्न दिन्छ, न मर्न दिन्छ, यो दुनिया।। कसैको खुशीको क्षण, उसलाई शुभकामना दिएर, आफ्नो मन धमिलो बनाउन सक्छ, यो दुनिया। कसैको दुःखको क्षण, उसलाई समबेदना दिएर, मन मनै खुशियाली मनाउन सक्छ, यो दुनिया।। न दया माया छ, न त यसमा विबेक छ, जता फाईदा हुन्छ उतै लाग्छ, यो दुनिया। नपाए वास्तै गर्दैन, पाए जय जय भन्छ, हेर्नुस न कस्तो नकचरो छ, यो दुनिया।। त्यसैले अब त झुटलाई सत्य, सत्यलाई झुटमा बदलेर रातोलाई सेतो भन्नु परेको छ। नौटंकी बनेर कहिं खुट्टा खोच्चाउँदै त कहिँ आँखा बन्द गरेर दुनियासँग दोस्ती गर्नु परेको छ।। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

यस्तो नहोस

चकेद्र राई "कैदी" मायाँमा अडिएको छ दुनिया विश्वासले चलेको छ संसार प्रेमी प्रेमिकामा धोका नहोस। श्रीमान श्रीमतिमा घात प्रतिघात नहोस। सानो भएर पनि सिङ्गै विश्व अट्न सक्छ यो दिलमा सानो तिलिङ्गा रुपी आगोले संसार नजलाओस। हामी टाईटानिकको यात्रु जस्तै..... आफु मात्र बाच्न प्रतिस्पर्धा गरि रहेका छौ। महायुद्वका लडाकु जस्तै..... जय पराजयलाई नै जीवनको सार्थकता ठानि रहेका छौ। फेरी कसैलाई मन लाग्यो भन्दैमा डब्ल.टी.ओ. र पेन्टागन ढले जस्तै नागासाकी र हिरोसिमा जले जस्तै इराक र अफगानिस्तान बले जस्तै इतिहासले भुल्न नसक्ने एक तमासा नहोस। कुनै बहानामा बिचरी ख्याति श्रेष्ठको जस्तो मृत्यु पनि नहोस। आस्थाको बन्दि आङसाङ सुकि र प्रगतीशिल लेखिका तसलीमा को जीवन जस्तो जीवन पनि नहोस। हामी र हाम्रो युगौ देखीको मिठो आत्मीयता मधेशी र पाहडीको नाममा कहिल्यै नटुटोस। विश्व नै स्तब्ध हुने गरी अब फेरी फेरी कोशीको बाध कहिल्यै नफुटोस। जाजरकोट लगायतको ठाँउहरुमा जस्तै झाडापखालाको माहामारीले हाम्रो सुख र आनन्दको स्वर्ग अब फेरी फेरी कहिल्यै नलुटोस। जो नहुनु थियो तर त्यही भयो कामना गरौ..... अब यस्तो नहोस...

नेपाली सपना र बिपना

अधिकारी, बसन्त मोहन यो कबिता नेपाल र यूएर्इमा रहेका भ्रष्टचारी, तस्कर र माफियाहरुले खेलेको भुमिकाको कारण सृजित हो । -बसन्त आमा ! आज फेरी सपना देखें तिमीलाई भैसिले लखेटेको मध्यरातमा जुरुक्क उठेर चैतन्यको बतिमा चारैतिर हेरे घरबाहिरका अर्नाहरुले खेद्दै रहेछन् । हो बाबु, भो त्यो कुरा नगर तिर्मो घरबास उठ्लार् इज्यत मात्र होइन प्राण चुडिएला मेरो चाहना तिर्मो गाँस, बास र कपास र जीवन हो । मैले पनि भयङ्कर सपना देखेँ गाँउघर, शहर मात्र होइन प्रदेशमा पनि अैठनहरु आएर तिर्मो गला थिचिरहेछन् । घरआँगनबाट बल्ल तल्ल बाँचेका मेरा सन्तानहरुलाई कुबेर बन्ने होडमा जिउँदो बलि दिदै त्यो प्रदेशमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा कठ्ठै ! बाँच्नु न मर्नुको दोसाधमा सैतानहरुले भेडा बाख्रा झै बेचिरहेछन् । आमाको ममता न हो सहन नसकेर रुदैँ सगरमाथा उक्लिएर प्रदेश तिर चिहाए कयौ सपुतहरुले भाईबैनीहरुलाई ममताले बाँधेको देखेँ अँगालो हालेर राखेको देखेँ त्यतिखेर भावविहल भै आँखाबाट आँशु खस्यो खुसि र हर्षो धेरै भयो यस्तो दृष्य नदेखेको । समयको अन्तरालमा अनायासै, त्रि्रो जस्तै सपना देखेँ सपुतहरुलाई घरकै भैसिहरुले खेदिरहेछन्...

जाजरकोट : शब्दचित्र

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ औषधीको भारी बोकेर घाडो बजाउदै खच्चरहरु उकालो उक्लिदै गर्दा डाडाको थाप्लोबाट हेलिकोप्टर हैजा खोजिरहेछ जाजरकोटमा! हरिया बासमाथि पोलिने आस बोकेर लस्करै सुतेका सेता मान्छेका हुलमा कतै झाडा नभेटेपछि उङ्खोजित भयो हेलिकोप्टर र राजधानीले खबर पायो सोङ्खार भयो झाडा बासका हरिया झाङसगै! औषधी? नो थ्याक्स मन्त्रीज्यू! नाथे झाडाले हरिया पोथा्रको पातसमेत हल्लाउन सक्दैन! बरु शहरतिर स्वाईन फ्लुलाई कस्तो छ? बेस्ट अफ लक फर यु! E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 9803-448960 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

धर्म

अधिकारी, बसन्त मोहन संसारको यात्रा गर्दा हर ब्यक्तिको सोधाई परिचय दिदै गए उनिहरु सोध्दै गए कहाँबाट आयौ - मेरो उत्तर धर्तीबाट चन्द्र र सुर्यबाट त म आएको होइन । तिर्मो धर्म के हो - मानव कल्याण एउटै मानव जातिमा बिभिन्न धर्म हुन सक्दैन । कयौ स्थानमा कतिले पागल भनेँ कयौले ज्ञानि भनेँ तर म दुवै होइन । म त बिध्यार्थी हुँ । यो संसारसंग सिक्दैछु । मानवका विसङ्गती र बिक्रिती चिर्दै प्रकृती स्वरुपको सत्य खोज्दै छु । बिभिन्न स्थानमा बिभिन्न समयमा आवश्यकता अनुरुप तिमीले जे लेख्यौ तिर्मा धर्महरु मानव सविधान न हो । परिर्वतनशिल संसारमा तिर्मा धर्महरु यथास्थितीमा रहेँ आज समय र कालसंगै चल्न नसक्ने भए । यो एकले अर्कोलाई दोषारोपण धेरैले धर्मकै प्रश्न गर्ने भए धर्मयुद्ध लड्दै रहेँ तिमीले भने जस्तै धर्म इसाई मुस्लिम हिन्दु र बौद्धिष्ट इत्यादि भने होइनन् । यि त मानव लिखित मानवकै बौद्धिक सम्पतीहरु हुन् । एउटै मानव वंशमा एउटै सत्य धर्म मानव कल्याण कसैले लेख्न सकेनन् । सबै भौतिकवादी हुन् । क्षणिक सुख खोजी रहेकाछन् । यसका उपलब्धिहरु महल, पजेरो, जहाज र कामवासना हुदैँ बम, बारुद र मिसाएल सम्म आएकाछन् । आ आफ्नो स्व...

संझना उहि ताराको

तारा शर्मा अर्घखाँची (हाल दिल्ली , भारत ) ईमेल : mr.tara143@yahoo.com अधुरो यो यात्रामा मरे भने म सम्झनु है क्षितिजमा सरे भने म अतीत अनि बिगत नियालेर सबै क्षमा दिनु गल्तिहरू गरे भने म न धर्ती न आकाश प्यारो हूदा मलाई कठाई भन्नु बिचाल्लिमा परे भने म !!

जीवन बग्दो खोला

आचार्य प्रभा कोलोराडो , अमेरिका जीवन बग्दो खोला झै छ बगी रहन्छ,अनन्त...अनन्त सम्म, कहिले उर्लिदो भेल बनेर कहिले शान्त अनी निर्मल बनेर। कहिले कठोर चट्टान बनेर आँधी,हुरिको बेग पनि यस्ले रोक्न सक्छ कहिले आफु धमिलो बाढी बनेर पात,पतिङर, मैलो पनि आफ्नो बगाइमा बोक्न सक्छ समग्रमा... जीवन, कोमल फूल पनि हो यो कोमलतामा आँशुको दहमा निथ्रुक्क भिज्न पनि सक्छ यो कठोरपनमा चट्टानसरी अडिग हुन पनि सक्छ । एक अर्थमा जीवन हर बस्तुको समिश्रण पनि हो जहाँ दु:ख,सुख,मिलन,बिछोडको संयोजन हुन्छ , अनी... जस्लाई मान्छेले जीवन भनेर आत्मासात गर्नै कर लाग्छ बिगत,बर्तमान,भविष्यलाई आफ्नो भन्न वाध्य हुनै पर्छ जस्को प्राप्तिमा मान्छे रमाउन लालायित हुनै पर्छ........./ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आखिर भूल त मबाट पो भएछ

“जुदने” हप्किन्स, मिन्नेसोटा त्यति धेरै माया दिएँ मायाको मूल्य शुन्य भएछ। लुट्नु लुट्यौ म लुटिएँ धोका भनेको यस्तै रहेछ। सँगै जीउन कसम खानेले अर्कै गाउँमा डेरा सरेछ। सरि जानेलाई पत्तै नहोला सहनु पर्नेलाई कठिन भएछ। मैले रोजेथें जुनी भरीलाई तिम्रो रोजाई क्षेणिक रहेछ। तिम्रो त बानी नै त्यस्तै रहेछ आखिर भूल त मबाट पो भएछ। [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेताज्युलाई मेरो आग्रह !

चकेन्द्र राई "कैदी" दोहा कतार [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नया नेपाल र हुँडारहरु

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ हातमा खन्ती बोकेको बादर तम्तयार छ, मेरो घरको जग खन्न मुखमा नक्सा च्यापेर हुँडार काम अर्‍हाउदैछ र डिलमा उभिएको स्याल ठेकेदार बनेको छ मेरो नेपाल नयाँ बनाउन! हुँडारको डिजाईनमा बादरले खनेको ओडारलाई नयाँ नेपाल होईन, नयाँ चिहान भन्छु म। कालो ओडार, कालै मन भएकाले खन्छन मेरो नेपाल उज्यालो छ निख्खर उज्यालो! चाहे पुरानै होस चाहे नयाँ मेरो नेपालको चिहान प्रवेश मलाई स्वीकार्य छैन। बादरले उचालेको खन्ती उसैको दिनगन्तीको सुचक हो। नयाँ ओडारको डिजाईमा हुँडार आफै फस्दैछ छट्टु स्याल जस्तै जो आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ बाघसग मिलेर। E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 01-4469750 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

पहिरोको सर्बोच्चता

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सगरमाथा होचिएर अनायसै अग्लिएको सर्बोच्चता यतिबेला चुक घोप्टिएको बिबेक बोकेर यात्रारत छ सडकमा लाठीसगै। उता भित्तो नराम्ररी तासिएर कान्लो दिनदिनै भासिदैछ र धार्नी पुर्याउन भनेर कान्लोमुनि भेला भएका भ्यागुताहरु बेखबर छन पहिरोबाट। ए कोही छ? कान्लो भास्सिएर माटो मास्सिदैछ घोचाले रोकेर थाम्न सकिन्न पहिरो लाठी नाच नाच्दै गरौला आउ सबैका हातले ठेलेर पहिरोको सर्बोच्चता भत्काउ बाकी भागशान्ति गर्दै गरौला। ईमेल:milanbagale@yahoo.com फोन: ९७७-९७४११७५५५५ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आजको देश

अबिरल अधिकारि, "ब्याकुलमाइला" हरियाली र शितल्ता ले छाएको देश आज उजाड र मरुभुमी बन्दै गएको छ स्वच्छ सफा र स्वर्गिय आनन्द पाउने देश आज दुषित बन्दै गएको छ सिता भ्रिकुटी र बुद्ध जस्ता बिभुतिले जन्मा लिएको देश आज घुस्यहाहरुको क्रिडास्थल भएको छ भाषण थोकेर जनप्रतिनिधी हुनेहारुबाट नै आज देश खाडलतिर धकेलिएको छ देशको लागि गोली खेली सहिद हुनेहरुको नाम ईतिहासको कुनमा थन्किएको छ गरीबको पसिना चुस्दै उड्ने र गूड्नेहारुको नाम आज मानब्ताको प्रतिकको रुपमा चम्किएको छ देश बिकासको लक्षजती सबै नेताहरुको खल्तिमा अड्किएको छ देशको योजनाको बजेटले पाँचतारे होटेलमा नास्ता गर्ने सोख बढेको छ। बेरोज्गारी हटाउने लक्ष्यहरु नाता कुटुम्बमा सिमित भएको छ शिक्षाको उज्यालो घामबाट बन्चित नबनाउनेको लक्ष्य आज मोटरकार चल्ने ठाउमा मात्र रहेको छ नेपाली धर्म सस्क्रिती र परम्पराहरु बिदेशी सस्कृतिको प्रभाबले मर्दै गएको छ नेपाली युवा युबतीको जोश र जागरहरु बिदेश जने धुनतिर बढ्दै गएको छ

गजल

बसन्त थापा“जीवन” चन्द्रावती, तनहुँ हालः– युएई,अबुधाबी पूर्णिमाको भन्दा मलाई औंशीको रात प्यारो लाग्छ। रंगिलो त्यो रात भन्दा तिम्रो साथ प्यारो लाग्छ।। सौखिन यस दुनिँयामा धेरैको साथ पाए पनि। न्यानो साथ भन्दा मलाई तिम्रो आधात प्यारा लाग्छ।। सलबलाउँथे कहिले काहिँ अपरिचित हातहरु। थप्पडनै लाए पनि तिम्रै हात प्यारो लाग्छ।। वास्तविक जीवनमा तिमी धेरै टाढिएता पनि। स्वप्नील संसार हेर्नै पनि नशाको मात प्यारो लाग्छ।। सोचे छैन “जीवन” ले अरु संग जीवन जीउने मर्ने। बिछोडकै भए पनि “सवि” तिम्रै विस्मात प्यारो लाग्छ।।

प्रक्रीती गीत

आचार्य, प्रभा बोल्डर् हेर त्यो नभलाई तिमी कती स्वचछ अनी मनोरम छ अटल अनी अमर छ सदा धर्ती र आकाशको सँगम छ त्यहा ... साँझ जब रङिन बन्छ क्षितिजले लाजको घुम्टो ओड्छिन गोधुली साँझ जब सुनौलो बन्छिन चराहरु चिबिराउन थाल्छन ... सोध त्यो धर्तिलाई तिमी कती महान अनी अजर छौ भनी पाउनेछौ जवाफमा तिमी सहनशिलताको खानि हुं भनी ... बसन्तमा जब पालुवा फेरिन्छ कोपिलाहरु फक्रन थालछन सुषुप्त बैंश उर्लिएर रूपको मादकता छर्न थालछन ... (बोल्डर कोलोराडो )

हल्लै हल्लाको देश

आचार्य प्रभा, USA सधैं हल्लै हल्लाको देश भो नेपाल कोही बिद्रोह ओकल्छन तोड्फोड गरेर , कोही मौन छन आँफैलाई धिक्कारेर कोही लुछाचुँडिमा ब्यस्त छन पद्लोलुप्ताको निम्ती , कोही नारा लगाउछन अधिकारको अभिप्शामा यसरी नै नौटंकिको बजार बनेर बाँच्न वाध्य छ हाम्रो देश , कुनै गन्तब्यबिनाको बटुवा झैं बनेको छ हाम्रो भाषा अनी हाम्रो भेष / खै !कसरी भन्न सकिएला ? यो रोगको निराकरण होला भनी , खै !कसरी सोंच्न सकिएला र जननी जन्मभुमीश्च स्वर्गदपी गरियसी अब फेरी भनी ...../