
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
हातमा खन्ती बोकेको
बादर तम्तयार छ,
मेरो घरको जग खन्न
मुखमा नक्सा च्यापेर
हुँडार काम अर्हाउदैछ
र डिलमा उभिएको स्याल
ठेकेदार बनेको छ
मेरो नेपाल नयाँ बनाउन!
हुँडारको डिजाईनमा
बादरले खनेको ओडारलाई
नयाँ नेपाल होईन,
नयाँ चिहान भन्छु म।
कालो ओडार,
कालै मन भएकाले खन्छन
मेरो नेपाल उज्यालो छ
निख्खर उज्यालो!
चाहे पुरानै होस
चाहे नयाँ
मेरो नेपालको चिहान प्रवेश
मलाई स्वीकार्य छैन।
बादरले उचालेको खन्ती
उसैको दिनगन्तीको सुचक हो।
नयाँ ओडारको डिजाईमा
हुँडार आफै फस्दैछ
छट्टु स्याल जस्तै
जो
आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ
बाघसग मिलेर।
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 01-4469750
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
4 comments :
Very Well Written !
Very well written
Milandai sarai ramro lagyo tapaiko yo kabita pani. Lekhe rakhnus la. Best of luck and keep it up.
so beautiful poem indeed.........
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।