
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
डाङडुङे ड र कुकुरपूछ्रे ढ झै घुमि्रएका बाटा। कुनै डेडहाते त कुनै तीनहाते। दायावाया ५ ― ६ तले घर। सबै लस्करै जोडिएका। चिडियाखानामा थुपारिएका थरिथरि जनावरको भेलाझै लाग्ने रङ्ग न ढङ्ग का विरुप घरहरु अर्थात आर्किटेक्चरल जू दृष्य । न हावा छिर्ने झ्याल न घाम छिर्ने प्वाल। सबै एकमुखे ओढार अर्थात दिउसै अन्धकार ओढेर बसेका १० या १२ फुटे कोठा। नमस्ते र दुईटा गोला बाख्रेखुट्टे पिलन्धरे पिलरलाई डिजाईन भन्दै दङ्ग पर्ने टेस्टविहिन जिब्रो जस्ता घरधनी। मुस्किलले भेटिने खाली जग्गा। कथम कदाचित भेटिईहाल्यो भने बर्बाद। त्यो टोलमा बस्न छोडदे भैगो। खुल्ला शौचालयदेखि डम्पींङ साईट सम्म। टु या थी्र ईन वान। फुटेका ढल र झका्रमा फलेका काक्रा र घिरौलाझै बेथितिसग झुण्डिएका तारैतार। धुलो मैलो र हिलोको बाह्मासे त्रिवेणी अर्थात सडक। कुरो बुझ्दै हुनुहुन्छ होईन? यो कुनै कुम्भीपार्क नर्कको बखान होईन। राजधानी भनिने काठमाडौ को यो आर्किटेक्चरल बेथितिले यो शहर ससारकै सबभन्दा भद्दा, कुरुप, फोहोर र अनेक भैतिक समस्याको सन्जालले बेरिएको छ भनेर जोसुकैले अनुमान लगाउन सक्छ।
कुरो अब सेवा सुबिधाको अङ्घात (यो शब्दलाई हाम्रो समाजले अपाङ्ग भनेपछि मात्र बुझ्छ) भएका जति सबै आत्महत्या गरेर मर या यो शहर छोडेर जाउ भन्छ यसको सरचनाले। एउटा स्वथ्य र बयस्क मान्छेलाई मात्र गरिखान दिन्छ यो शहरले। विभिन्न किसिमका अंघात भएका लगायत अशक्त, बालक, बृद्रबृद्रालाई पाईला पाईलामा धराप थापेर राखेको छ यसले। एउटा होचो कदको मान्छेले धारो देख्छ टुटी भेटदैन, ट्वाईलेट देख्छ चुकुल भेटदैन र बङ्खी देख्छ स्वीच भेटदैन। एउटा अग्लो मान्छेल बनाएको सजाय आफुले बेफ्वाकमा भोग्छ र आफुलाई अपाङ्ग भन्दै हिनताबोध बोकेर हिडछ। कुनै बच्चा सार्वजनिक शौचालय छिर्यो भने उसको मुखले समेत युरिनल प्यान नभेटेपछि उ भित्तो ताक्न विवश हुन्छ ।
अर्को बेथिति त रत्नपार्कनिर छ। बालक कदको ज्यानमा बृद्र टाउको बोकेर अत्यन्त विरुप, कुरुप र दहनिय हालतमा भेटिएका गणेशमानजीको पश्चिमपट्टिको सार्वजनिक शौचालयको निर्माण कुनै हिन्दु देवी देवताको मन्दिरको झल्को मेटाउने गरि बनाईएको छ। माथि सिरानमा एउटा गजुर पनि हाल्देको भए खास्सा हुने थियो। सार्वजनिक भवन, बिधालय र मठमन्दिरमा र्यामको सट्टा सिढि लगाएर व्हील चियरलाई सदाको लागि प्रवेश निशेध गरिएको छ। यो मानसिकता कहिले र कसले भत्काउने? सबै ठाउमा दर्शन गर्ने होईन? या म मदत गरु? भन्दै राजेश हमाल टुप्लुकिने होईनन् होला। कि कसो?
पूर्व नगरपिता पि एल सिङ को पालामा पैसो भित्रिएर भूतपूर्व नगरपिता केशव स्थापितको पालामा छ्यासछ्यास्ती बनेका आकाशे पूल नामक दुईमुखे सुरुङहरु चोकचोकमा बसेर रक्सी र चाउचाउको ब्यापार गर्देछन। सगरमाथा चढेझै लाग्ने यो सिमेन्टको पहाड मास्थिरको ढिस्कोलाई ठूल्ठूला होर्डिङ बोर्डले छेकेर काठमाडौ महानगरपालिका आफ्नो अगस्ती भुडी भर्न ब्यस्त छ। कुनै डरलाग्दो सुरुङमा हिडेको झल्को मेटाउने यो सिमेन्टको पहाडमा दिउसै मान्छे लुटिने थालेका छन्। मान्छेको मलमूत्र थन्काउने थप ठेक्का समेत पाएको छ यसले।
अब पालो शहरी सुरक्षाको। सुरक्षा भन्ने चीज राजामहाराजालाई मात्र चाहिन्छ भन्ने दरिद्र मानसिकताबाट ग्रसित थिए हाम्रा निति निर्माताहरु। नारायणहिटि वरपर अग्लो घर बनाउन नपाईने नियम अझै जिउदै छ हाम्रामा। पत्रकार चुडामणि भट्टराईले केही दिन अघि एक पत्रिकामा लेख्नु भएझै हामीलाई सुरक्षा दिन्छौ भन्दै कुखुराको जत्रो छाती तन्काएर बसेका सुरक्षा अंग लगायत सिङ्गो देशको पुरै प्रशासन समालेर बसेको सिहदरबार र बिरेन्द्र सम्मेलन केन्द्र हरुको वरिपरि गगनचुम्बी भवनहरु ब्निरहेका छन् र केही बन्ने क्रममा छन। ति भवनहरुबाट भोलि हुने सम्भावित हमला र निगरानी ले गर्दा यि ठाउहरु हाई सेक्युरिटि रिक्स मा छन्। नियम कानुनको अभावमा ठूला भवन बनाउने काम रोक्न नसकिएको भनि योजनाविदहरुको भनाई आएको भएपनि मन्त्रिपरिषद भने यति गम्भीर बिषयबाट बेखबर भएर बसेको भान हुन्छ।
यति बखान सुनिसकेपछि तपाई अझै देशको राजधानीमा बसेको कोरा कल्पनामा मग्न हुनुहुन्छ? म त बारुद टम्म भरेर पडकाउन ठिक्क पारिएको ग्रिनेडको डल्लोभित्र निस्सासिएर बसिरहेको अनुभव गरिरहेको छु।
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Aug 12, 2009
बेथितिको गुजुल्टो
Aug 8, 2009
जाजरकोट : शब्दचित्र
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
औषधीको भारी बोकेर
घाडो बजाउदै खच्चरहरु
उकालो उक्लिदै गर्दा
डाडाको थाप्लोबाट
हेलिकोप्टर हैजा खोजिरहेछ
जाजरकोटमा!
हरिया बासमाथि
पोलिने आस बोकेर
लस्करै सुतेका
सेता मान्छेका हुलमा
कतै झाडा नभेटेपछि
उङ्खोजित भयो हेलिकोप्टर
र राजधानीले खबर पायो
सोङ्खार भयो झाडा
बासका हरिया झाङसगै!
औषधी?
नो थ्याक्स मन्त्रीज्यू!
नाथे झाडाले
हरिया पोथा्रको
पातसमेत हल्लाउन सक्दैन!
बरु शहरतिर
स्वाईन फ्लुलाई कस्तो छ?
बेस्ट अफ लक फर यु!
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 9803-448960
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jun 22, 2009
नया नेपाल र हुँडारहरु
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
हातमा खन्ती बोकेको
बादर तम्तयार छ,
मेरो घरको जग खन्न
मुखमा नक्सा च्यापेर
हुँडार काम अर्हाउदैछ
र डिलमा उभिएको स्याल
ठेकेदार बनेको छ
मेरो नेपाल नयाँ बनाउन!
हुँडारको डिजाईनमा
बादरले खनेको ओडारलाई
नयाँ नेपाल होईन,
नयाँ चिहान भन्छु म।
कालो ओडार,
कालै मन भएकाले खन्छन
मेरो नेपाल उज्यालो छ
निख्खर उज्यालो!
चाहे पुरानै होस
चाहे नयाँ
मेरो नेपालको चिहान प्रवेश
मलाई स्वीकार्य छैन।
बादरले उचालेको खन्ती
उसैको दिनगन्तीको सुचक हो।
नयाँ ओडारको डिजाईमा
हुँडार आफै फस्दैछ
छट्टु स्याल जस्तै
जो
आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ
बाघसग मिलेर।
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 01-4469750
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
Jun 15, 2009
पहिरोको सर्बोच्चता
मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ
सगरमाथा होचिएर
अनायसै अग्लिएको सर्बोच्चता
यतिबेला
चुक घोप्टिएको बिबेक बोकेर
यात्रारत छ सडकमा
लाठीसगै।
उता
भित्तो नराम्ररी तासिएर
कान्लो दिनदिनै भासिदैछ
र
धार्नी पुर्याउन भनेर
कान्लोमुनि भेला भएका
भ्यागुताहरु बेखबर छन पहिरोबाट।
ए कोही छ?
कान्लो भास्सिएर
माटो मास्सिदैछ
घोचाले रोकेर
थाम्न सकिन्न पहिरो
लाठी नाच नाच्दै गरौला
आउ
सबैका हातले ठेलेर
पहिरोको सर्बोच्चता भत्काउ
बाकी भागशान्ति गर्दै गरौला।
ईमेल:milanbagale@yahoo.com
फोन: ९७७-९७४११७५५५५
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]
Read more...
May 26, 2009
हरुवा कि जितुवा सभासद?
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com
गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन?
मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय?
संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सबैलाई खाउला र जिउदै निलुला झै ताउरमाउर गर्दै तपाईले संसदमा गरेको गन्धे सम्बोधन सुन्ने जोकोहिले पनि तपाईलाई पुरापुर हार खाएको मान्छे भन्ठान्छ।
मेरो चुत्थो बिचारमा त न माधव कमरेडले हारेको हो न तपाईले मान्छे मारेको हो। दुरदराजका नेपाली जनतामा राजनितिक चेतनाको राको सल्काउने र भोका नाङ्गा जनतालाई मागेर र हात पसारेर होइन खोसेरै अधिकार लिन सिकाउने तपाईभन्दा राष्ट्रियता र लोकतन्त्रको पक्षमा सतिसालझै ठिङ्ग उभिएर संघर्षको जिवन बिताउने माधव नेपालको शरिरीक कद अलिकति कम भएपनि राजनितिक उचाइ र वेट कति घटिबढि छैन।
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
E-mail:milanbagale@yahoo.com
Phone: 9741-175555, 9803-448960
Read more...
May 15, 2009
होचिएको सर्वोच्चता
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहँ
नयाँनयाँ राजनितिक खेतिपाती छिटोछिटो मौलाउने हाम्रो उर्बरा कोठेबारीमा यतिबेला नागरिक सर्वोच्चताले राम्रै भाउ पाईरहेको छ। आ―आफ्ना दलगत स्वार्थको सङकुचित घेराभित्र बसेर गरिने निरर्थक बहस र अपब्याख्याले भने यसको उचाई र गरिमा स्वाङ्खौ घटेको छ।
पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर लगायत अन्य ठुल्ठुला अनुगमनकर्ताहरुले समेत निरोगिताको प्रमाण पत्र दिएको गतबर्षको संविधान सभा निर्वाचनलाइ आधार मान्ने हो भने नेपाली जनमतको सही प्रतिबिम्ब हो त्यो चुनाव। तुलोले जोखेझै गरी नेपाली जनताले सबैको हैसियत र हविगत सुहाउने गरी भोटको भागबण्डा लगाइदिएकै हुन।
नेकपा एमालेका तत्कालिन महासचिव माधब कुमार नेपाललाई संविधान सभा चुनावमा सुनामीको रुपधारण गरेको फोरमी भेल र माओवादी बाढीले नराम्रो संग लतारेको जगजाहेरै छ। यति हदसम्मको बेइज्जती पचाएर पनि गल्लाकालीन ६० साले दौरा सुरुवालको धुलो टक्टकाउदै गरेका माधब नेपाललाई छयालीस साल देखि हालसम्मको लोकतान्त्रिक अभ्यासको बिकासक्रममा खेलेको समन्वयकारी भुमीकाको लागि पुरस्कृत गर्न खोजिएको भए पनि प्राकृतिक नियम बिरुद्धको यो आठौ आश्चर्य नागरिक सर्वोच्चता बिरुद्धको पराकाष्टा हो।
जितेर पनि हारेको जितुवा र हारेर पनि जितेको हरुवा ( हरुवा जितुवाको यो प्रचण्ड परिभाषा संग म सहमत छैन ) हरुको एक आपसको कर्कष, कपट, र क्रन्दनले नेपाली लोकतन्त्रले यती बेला घोप्टेभिरको बाटो समातेकेा छ। कांग्रसका बरिष्ठ नेता शेर बहादुर देउवाको नबुझने आदेशको चेपुवामा परेर सेरेमोनियल राष्ट्रपतिबाट एकाएक कांग्रेसी महामन्त्रीको जामा पहिरिन विवश रामवरण यादवको आधाराते कदमले बर्तमान लोकत्ान्त्र देउवाकालिन संसदीय परम्पराको गन्धे पोखरीमा पछारिन पुगेको छ।
माधब नेपाललाइ प्रधानमन्त्री बनाइ छाडने एक सुत्रीय ढिपी बोकेेको एमालेको एउटा झुण्ड यतिबेला कमल थापा र बबन सिंहको ढोकामा रुदै हिडेको छ। मधेसी दलका जायज माग पुरा गर्दा हिजो आकाशै खस्छ भन्ठान्नेहरु आज धनुकाडले हानेर आकाशै खसाली दिउला र तिम्रै हातमा पारि दिउला भन्दै हिड्न थालेका छन। नेपाली जनमतको ठुलो हिस्सा ओगटेको नेकपा माओवादीलाई कर्मकाण्डीय परम्पराको चक्रव्युहमा पारेर असफल भएको एकतर्फी घोषणा गर्दे सडकमा पछारेर सिंहदरवार र बिरेन्द्र अन्तराष्ट्र सम्मेलन केन्द्ध भित्र मुर्दा शान्तीको कोरा कल्पना गर्न खोज्नु पनि नागरिक सर्वोच्चताको ठाडो उपहासै हो।
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहँ
milanbagale@yahoo.com
Read more...
May 7, 2009
सेरेमोनियल महामन्त्री!
मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ
राष्ट्रपतिको समेत कार्यभार सम्हालेका नेपाली काग्रेसका महामन्त्री डा रामबरण यादबले आफ्नो पार्टीका कार्यवाहक सभापति सुशिल कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा सेनापति हटाउने नेपाल सरकारको निर्णयलाई उल्टाउने प्रयास गरेपछि उनी राष्ट्रपति कम नेपाली सेरेमोनियल महामन्त्री बढी हुन भन्ने अमिलो तथ्य घामझै छर्लङ्ग भएको छ।
लुगा र भाषाको पहाडे राष्ट्रवाद चाहिएन भन्दै धोतीकुर्ताका साथ हिन्दीमा सपथ ठोकेर बिवादमा आएका फोरमी उपराष्ट्रपति परमानन्द झा लाई कोसौ पर पछार्दै यि कागरेसी महामन्त्रीले विधिको शासन, अन्तरिम संबिधान र राष्ट्रपति पदको मर्यादाको धज्जी मात्र उडाएनन, आधारातमा ज्ञानेन्द्व शैली पछयाउदै माओवादी अध्यक्ष गरेको महाभुललाई छायामा पार्नै गरी अर्कौ अक्षम्य गल्ती गरे। डा यादबले सर्बोच्च अदालतको राय लिने, छलफलको लागि ब्बस्थापिका संसदमा पठाउने जस्ता बैधानिक बिकल्पलाई लत्याउदै "म पनि राज्य हु" भन्ने शैली आत्मसात गर्दै समानान्तर शासक बन्ने प्रयास गर्नु घोर निन्दनिय छ।
संघिय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेपछि पनि डा यादबको नेपाली काग्रेससंगको मोह भंग नहुनु र छरपस्ट देखिने गरि घाटी जोडिनु तथा आफ्नो पार्टीको निहित र कुण्ठित स्वार्थको लागि प्रचण्ड जस्ता नेताले देशलाई अधोगति र युद्धको भुमरीमा झोस्न खोज्नु नागरिक सर्बोच्चताको ठाडो उपहास हो। अझ झलनाथ खनालले त राजनितिक ईमान्दारिताई धोती लगाउदै आफ्नो र सिंगो पार्टीको साख मात्र गिराएनन, माओवादी नेतृत्वको सरकार समेत गिराएर देशलाई थप अनिष्चयको भुमरीमा धकेले।
जनतालाई सधै भरिया बनाएर राज्य र पार्टीका शिर्ष पदमा बसेका भिमकाय नेताहरुले दलगत स्वार्थबाट माथि उठेर देश र जनतालाई केन्द्धविन्दु मान्दै कहिले राजनितिको कखरा पढलान? नेपाली जनताले राजनितिक दलबिनाको नयाँ नेपालको कल्पना गर्ने अनिष्ट दिन यिनीहरुको छुद्ध ब्यबहारले ननिम्त्याओस्।
मिलन बगाले
क्यामिन―६, बर्लाची तनहुँ
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Apr 28, 2009
सन्दर्व सेनापति प्रकरण: खरीपाटीको गा्रण्डडिजाईन
मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ
सात संसदवादी दलहरु र विशेषतः बयोवृद्र राजनेता गिरिजाप्रसाद कोइरालाको दौराको फेर समातेर हिंसात्मक जनयुद्धको बाटो छोडी शान्तिपूर्ण राजनितीको मुलधरमा आएको माओबादीले आफू भूमिगत रहदा निकै प्रभावकारी तरिकाले फ्याक्ने गरेको "फुटाउ र राज गर!" को अस्त्र खुला राजनितीमा आइसकेपछि भुत्ते हुदैगएको मात्रै होइन पुरै खिया लगिसकेको तथ्य घामझैं छर्लङ्ग छ। धोकाको राजनितीमा सबैलाई पछारेको माओबादीको बहुप्रचारित खरिपाटी भेलाले नेपाली काग्रेसलाई प्रधान शत्रु किटान मात्र गरेन, सेना, अदालत र प्रेस आफ्नो बाटोको काढा र तगारो हो भन्ने अघोषित निष्कर्ष पनि निकाल्यो। यि सबैलाई लथालि्ङ्ग र भताभुङ्ग पार्ने गा्रण्डडिजाईनको बिकृत रुप हो सेनापति प्रकरण।
भनिरहनु परोईन, प्रधान सेनापति कटवाल त्रिशुलीमा घोडा चढेर हाम्फाल! भन्दैमा हाम्फाल्ने र धरहराबाट तल हाम्फाल! भन्दैमा हाम्फाल्ने मुर्ख जंगबहादुर होइनन्। तत्कालिन प्रधान सेनापति र राजाले बल प्रयोग गरेेर जनआन्दोलन दबाउने बारे छलफल गर्दा रक्तपात हुन्छ त्यसैले नो! भनेर सल्लाह दिने स्वभिमानी कटवालको काधमा बन्दुक राखेर नानाथरी खेतिपातीको शिकार गर्न नसकिने माओबादी मनोग्रन्थीले यतिबेला काम गरिरहेको छ।
नागरिक सर्बोच्चताको हवाला दिदै आफुलाई राष्ट्रिय–अन्तराष्ट्रिय जगतमा लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको हिमायति देखाउन खोज्ने मात्र होइन, सेनाको माथिल्लो संरचनालाई जरैदेखि हल्लाउने र छिन्नभिन्न पार्ने, आफ्ना छापामार कमा48डरहरुलाई सोझै भर्याङ चढाएर जर्नेल कर्नेल बनाउने र नेपाली सेनामा एउटा निश्चित राजनितीक बाद बोकेको जत्था तयार पारेर एकतान्त्रिक राजनितीक ब्यबस्था लाद्ने अतिबादी सोचको रुपमा प्रधान सेनापति प्रकरणलाई बुझ्न सकिन्छ। यसबाहेक संविधान निर्माण लगायत राष्ट्रिय राजनितीको मुलमुद्दाबाट पछि हटने र देशको ध्यान अन्यत्र मोड्ने नियतको रुपमा यसलाई बुझ्न सकिन्छ।
निश्चय नै सेना राज्यको एक अभिन्न तर बिशिष्ट मान्यता बोकेको संबेदनशील अंग हो। राज्य र नागरिकबाट चुनिएका जनप्रतिनिधीहरुसंग लडेर, जुधेर र ब्यक्तिगत इगो बोकेर होइन, नागरिक सर्वोच्चता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर सेना अगाडि बढ्नु पर्छ।
milanbagale@yahoo.com
Read more...
Apr 21, 2009
लोकलाज पचाउदै लोकतन्त्र
मिलन वगाले
क्यामिन – ६, वर्लाची तनहुँ
सन्दर्भ हप्ता दश दिन अघिको हो, लोकतान्त्रिक नेपालको नयाँ लोकमार्ग ( पृथ्बी राजमार्ग) मा म यात्रारत थिए। काठमाडौबाट सखारै हिडेको मेरो गन्तब्य पोखरा थियो। अस्वभाभिक रुपमा हुईकिदै र बत्तिदै हिडेको माईको् बस तनहँुको छिर्कनमा पुगेर रोकियो। सबारीको लाम देखेर धेरैले दुर्घटना वा यस्तै केही अनिष्टको लख काटदै थिए, यत्तिकैमा हल्ला चल्यो―बाटो बन्द छ। काठमाडौबाट पोखरा हिडेको कुनै बसले एक स्थानिय बृद्वालाई सामान्य ठक्कर दिएको निहुँमा क्षतिपूर्तिको माग गर्दै केही ब्यक्ति र आफन्तजनले बाटो बन्द गरेका रहेछन। तनहँु जिल्लालाई जाम, बन्द र हडताल मुत्क भनि गरिएको सर्वपक्षिय घोषणाको मसि सुकेको केही दिन बित्न नपाउदै गरिएको यो अराजक कामले सबै दुखित थिए। यक्तिकैमा डुमे्र अस्पताल बाट रिफर गरिएकी एक सिकिस्त बृद्वालाई बोकेर राष्ट्रिय मानव अधिकार आयोगको गाडी भीड छिचोल्दै बन्दकारी सामुन्ने आईपुग्यो र जान दिन अनेक अनुनय गर्यो। यात्रुहरुले समेत आफु जान नपाए पनि बिरामी बोकेको मानब अधिकार आयोगको गाडीलाई जान दिनुपर्ने माग गरे। तर नेतृत्वहिन र अराजक भीडले उक्त गाडीमा रहेका मानब अधिकार आयोगका कर्मचारी लाई अनेक गाली गर्नुका साथै गाडीभित्र सुतेकी ति बृद्वालाई नाटक गरेको तुच्छ आरोप समेत लगाए। “यो डलर खाने गाडी हो ” उक्त अराजक भीडमा कोही उत्तेजना फैलाउने प्रयास गर्दै थियो। “तलाई कुन ठाउमा मानब अधिकारको रक्षा गर्न जान मुते हतारो छ ह ”? हेर्दाहेर्दै भीडले प्रहरीकै सामुन्ने गाडीमाथी ढंुगा प्रहार गर्यो र अगाडीको शिशा फुट्यो। हतास र लाचार गाडी बिस्तारै पछि हट्यो र आएकै बाटो अलप भयो। हामी हजारौ यात्रुहरु नयाँ नेपालको लोकमार्गमा भएको यो राज्यविहिनता र लज्जाजनक विसंगती लाई मौन भएर हेरिरहन विवश भयौ।
बन्द कहिले खुल्ला र गन्तव्यमा पुग्न पाउला भन्ने प्यासी नजर र आशालु ढुकाईमा मौनप्राय वसिरहेका वेला साईरन बजाउदै आईरहेको सशस्त्र प्रहरीको गाडी देखेर हाम्रो मनमा अचम्मको तरंग संचार भयो र सबैको ध्यान त्यै गाडीतिर तानियो। अर्थ न वर्थको यो अराजकता रोक्न राज्यले आफ््क्नो उपस्थिति देखाएको होला भन्ने हाम्रो आशाा त्यतिबेला पानीपानी भयो जतिबेला निकै आतंकित तरिकाले उक्त गाडी बन्दकर्ताहरुले ढुंगामुढा र रुख तेर्स्याएको ठाउँभन्दा १५० मिटर वरै रोकियो र आ– आफ््क्ना भारीगुन्टा र हातहतियार बोकेका सशस्त्र प्रहरीहरु गाडीबाट झरेर हिडदै अगाडी बढे र उनीहरुलाई लिएर आएको गाडी आएकै बाटो ठाडै खुट्टा फर्कियो। निरीह प्रहरी र अराजक भीडको बिचमा च्यापिएर हामी यात्रुहरु कुनै अध्यारो कोठामा सौदावाजीको खेल नसकुन्जेल लगभग ५ घण्टासम्म सडकमैं अलपत्र परिरहयौं।
नेपाली जनताको युगौदेखिको थाती सपनाको रुपमा रहेको लोकतन्त्र र लोकतान्त्रिक गणगन्त्रको जन्म दशै वर्षसम्मको विद्रोह, हजारौ हत्या, मृत्यु अपहरण, जाम, हप्तौसम्को बन्द, तोडफोड आदि दवावमुलक कृयाकलापको जगबाट भएकोले जाम, बन्द, हडताल र तोडफोडको हतियारले जुनसुकै माग पुरा गर्न सकिन्छ र सरकारलाई जरैबाट हल्लाउन सकिन्छ भन्ने मानसिकताले आम मानिसमा जरा गाडेको दृष्टान्त माथिको घटनाबाट प्रष्ट हुन्छ।
सडकमा लाठीसँगै टाउका फुटेपछि र जलेका टायरका धुवाले आकाश कालाम्य भएपछी मात्र आन्दोलनकारीका माग सुनुवाई हुने र भद्र आन्दोलनलाई कमजोर र जनाधार नभएको ठान्ने र अभद्र शैलीमा दवाउने गलत तैरतरिका सरकारमा हावी हुँदै गएको स्पष्ट देख्न सकिन्छ। जनयुद्ध र लोकतान्त्रिक आन्दोलनले उचाई लिदै गर्दा केही आन्दोलनकारी प्रमुख शक्तिहरुले जनतालाई उत्साहित पार्न जात जातिका नाममा संघीय राज्यको नामाकरण गर्नेदेखिका राज्य पुर्नसंरचना, आत्मनिर्णय, स्वशासन र आरक्षणलगायतका अनेकन सपना छरपस्ट बाडेकाले एकथरीलाई यो सोलोडोलो सपना रातारात पुरा गर्नुपर्ने हतारो परेको छ। सरकारलाई झुकाउने र गलाउने र जनतालाई भडकाएर यसप्रति वितृष्ण जगाउने अनेक हर्कत भईरहेको तथ्य कसैबाट छिपेको छैन। हरेक सामाजिक अपराधलाई राजनितिक रंग दिने र अपराधीलाई राजनितिक संरक्षण दिने खेतिपाती पनि लोकतन्त्र पछि निकै मौलाएकोले प्रहरी प्रशासन दिनदिनै निरीह र दुरुह बनेको मात्रै होइन, हरेक अराजक कृयाकलापको मुकदर्शक र तमासे बन्दै आएको छ। यस अर्थमा सुन्दर बिहानी फुलाउने सपना बोकेर जन्मिएको लोकतन्त्र १ वर्षको अन्तरालमै नाक ठाडो पारेर हिडनै नसक्ने भनौ लोकलाज पचाउनै नसक्ने जटिल मोडमा आईपुगेको छ।
प्रमुख जातजातिका नामबाट संघिय राज्य स्थापना गर्ने उदघोष सहित माओवादीद्वारा अघि सारिएको संघियताको मोडल नेपालमा विख48डनको विभाजन कोर्ने रक्तबीज बनेर हुर्किरहेको भन्ने एकथरीको तर्कलाई नाजायज मान्न सकिदैन। देश चिराचिरा पारेर खान ठिक्क परेका दर्जनौ भूमिगत पार्टीहरु तराईको उर्वरा भूमिमा वर्खे च्याउसरी उमि्रएका छन र लोकतान्त्रिक गणतन्त्रलाई फुल्न फल्न नदिन अनेक भूमिगत गिरोहहरु वेवी किङको राप अलाप्दै हिडेका छन्। मूलधारका तीन ठूला पार्टी एकअर्काको अस्तीत्वलाई स्वीकार गर्न नसक्दा एउटै मञ्चमा बस्नै नसक्ने भएका छन र एक अर्कालाई प्रधान शत्रु किटान गर्न थालेका छन्। यसर्थ लोकतान्त्रिक गणतन्त्रको डुंगामा गन्तब्यमा नपुग्दै प्वाल पर्ने खतरा बढेको छ। दण्डहिनता व्यक्तिहत्या, सहकर्मी दलहरुको प्रतिपक्षी शैली र स्वाभाव, १६ घण्टे लोडसेडिङ, सडक र राजमार्गमा हुने बन्द र अराजकता, एकघण्टा टिक्न नसक्ने सरकारका अराजक र मनोमानी निर्णयहरु लोकतन्त्र, गणतन्त्र र नयाँ नेपालका पर्याय बन्न थालेका छन्। वेवी किङको मन्त्र र भजन जप्ने पाण्डा र पुजारीहरुलाई यी असमझदारी, जटिलता र केही हदसम्मका संक्रमणकालका वाछिटाहरु जलन शान्त पार्ने मलम बनेका छन् ।
लोकलाज र सरकार चलाउनेहरुको ताण्डव नृत्य पचाएर भए पनि १ वर्ष बिताउने तरखरमा रहेको लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्र यति छिटो र छोटो समयमै हेमानको कोक्याउने भारीमा परिणत हुनुको पछाडी फगत भागवण्डा–अस्तित्वको लडाई र सत्तासिप्साले मात्रै काम गरेको छ कि कुनै विदेशी अध्यारो कोठामा पाकेको खिचडी अनुसार देश घिटिघिटि चल्दै छ?
लोकतन्त्र र लोकतान्त्रिक अगुवाहरुसँग जनता कन्भीन्स गराउने कुनै स्पष्ट उत्तर छ?
E-mail: milanbagale@yahoo.com
phone: 977-9741175555
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Mar 18, 2009
गुमनाम नी हरु
मिलन बगाले
तनहु
milanbagale@yahoo.com
“पढे पण्डितले कसरी घुडा धसी धसी
हुन्छिन बज्यै पण्डितनी घरै बसी बसी।”
हाम्रा आमा दिदी बहिनी र हजुरआमाहरु युगौयुगदेखि अस्तित्वविहीन भएर बाचिरहनु परेको र राजाकी श्रीमतीदेखि दुरदराजमा सामान्य हैसियत राख्ने व्यक्तिको श्रीमती, आमा दिदी बहिनी हरु सम्मले गुमनाम जीवन बिताईरहेको भन्ने सन्दर्भले यदाकदा छापामा ठाउ पाईरहेको बखत मैले माथीका दुई हरफ पेश गर्नु उपर्युक्त सम्झेको छु।
राजाकी रानी, मास्टरकी मास्टरनी, मन्त्रीकी मन्त्रीणी, लाहुरेकी लाहुरेनी, पुलिसकी पुलिसनी र हाकिमकी हाकिमनी, हाम्रो समाजका चलनचल्तीका केही स्थापीत नी हरु हुन यी।
मेरै गामघरको कुरो गरम न, मेरी आमालाई धेरैले हेडमास्टरनी। हेडसरनी भनेर चिन्ने गर्छन। मेरी माइैली आमाको नामसंग म साक्षात्कार भएको धेरै बर्ष बितेको छैन। कसैले कमलकी आमा, कसैले ठुलीआमा कसैले हजुरआमा कसैले के कसैले के। साइली आमा, मास्टरनी आमा, साईली पण्डितनी, डाडाकी कमिनी, मिल माईली (घरमा धान कुटने मिल भएकोले), पुछारघरे दिदी (गाउको पुछारमा घर भएकोले) सिरानघरे ठुलीया (गाउको सिरानमा घर भएकोले) फेन्सी माइली (घरमा फेन्सी दोकान भएकोले) बस्नेतनी भाउजु, डोलनाथनी (डोलनाथ काकाकी श्रीमती) डिहीकी ठुलिया, ओझनी साईली, लैचेकी बुहारी, यि सबै मेरा गाउघरका नामबिहीन अस्तीत्व बोकेर बाचीरहेका आमा हजुरआमा र दिदी बहिनीहरुको गुमनाम जीवनको सानो उदाहरण हो।
घरमा पालेका पेवा कुखुरा र बाख्राबाहेक भण्डारको घ्यू अमिलो को कुरो त परै जाओस फुटेको कौडी बराबरको सम्पतीमा समेत कुनै अधिकार नहुनु, भोट खसाल्ने बेलामा बाहेक कहिल्यै नागरिकताको प्रयोग नहुनु र महिलाहरुलाई तल्लो दर्जाको नागरीकको हैसियतमा हेर्ने पुरुषवादी हैकमले तपाई हाम्रा आमा दिदी बहिनी भाउजुहरुका नामका पछाडी काईली, माईली, मास्टरनी, मन्त्रीनी मात्रै होइन, घरमा फेन्सी पसल भएकै भरमा फेन्सी माईली, घरपुछारमा हुदैमा पुछारघरे दिदी र घर सिरानमा हुदैमा सिरानछरे दिदीकी अपमानसुचक नाम बोकेर बाच्न बिवश हुनुपरेको छ। भोली घरमा कुखुरा भैसी र बंगुर पालन गर्ने व्यवसाय गरेर बसे भने यि पसल्नी, फेन्सी र मिल माईलीहरुको नाममा के कस्तो गलगाड झुन्डिएला? हाम्रो पुरुषबादी हैकम यस्तो अपमान बोकेर एक सेकेण्ड बाच्न सक्छ? अझ डाइनी, डंकिनी, गधीनी, बजिनी र कुकुरनी आदि जस्ता मानव सभ्यताकै खिल्लि उडाउने र सभ्य समाजको मुखमा कालो मोसो पोतने यि शब्दाबलीले नारी अस्मिताको हदैसम्मको उपहास गरेको छ।
पढदै नपढी दुख संघर्ष नगरी मास्टरनी, डाक्टरनी, मन्त्रीनी र पण्डितनी बनेर बस भन्दै हाम्रो पुरुषवादी समाजले महिलाहरुलाई गुमनाम जिन्दगीको मन्द विषको प्याला पिलाइरहेको छ। अझ पढेलेखेका र सचेत भइखाएका महिलाहरु आफूलाई आफ्नो नाम भन्दा लोग्नेको पद र पढाइसंग गासिएर आउने सम्बोधन डाक्टरनी, मास्टरनी, हाकिमनी र साहुनी भनेर सम्बोधन गर्दा खुशी लाग्ने गरेको सगर्व बताउछन।
चाहे पटरानी, महारानी बडामाहारानी नै किन नहोस, नारीका नामका पछाडि अपमानपूर्वक लादिएका यि नी हरुको काउसो फाडन तपाईहरु पनि केही पहल गर्ने हो कि लेखकनी, पत्रकारनी, मानवअधिकारनी र पाठकनी ज्यूहरु?
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Feb 17, 2009
जातिय संघियता
बगाले, मिलन
रातो कलमको घेराबन्दीमा
नक्सालाई बिस्तारै चिर्दै गरौंला
आउ ठूल्ठूला मुढा जोतौ
देश राम्ररी छडकिदैछ
दुना टपरी खोज्दै गरौला
साना ठुला रोज्दै गरौला
भोकाएर तिल्मिलाएकाहरुलाई
मिठो नमिठो किन चाहियो?
खान हुने नहुने कुरो
अघाएपछि सोच्दै गरौला।
तनहुँ
E-mail: milanbagale@yahoo.com
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Feb 1, 2009
रक्तबीज
बगाले, मिलन
एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो।
केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम थमाईयो। कलम हात पर्नासाथ सबैको ध्यान त्यै नक्सातिर तानियो अनि सुरु भयो रातो कलमले त्यो नक्सालाई अन्धाधुन्ध चिराचिरा पार्ने र घेराबन्दी गर्ने अत्यासलाग्दो उपक्रम।
“यहा देखि यहा सम्म मेरो”
“यतादेखि उतासम्म मेरो”
“यो पिधतिरको सप्पै सर्लक्कै मेरो”
“यो बिचतिरको सप्पै मेरो”
हेर्दाहेर्दै अघिको त्यो सुन्दर नक्सा विद्रुप, कुरुप र रगताम्य जस्तो देखियो। कलम समात्ने सबैका आखा राता राता भए र भैरवझै डरलाग्दा देखिए। भुगोलका काला धर्साहरु सबै बिलाएको त्यो नक्सा कताकता रक्तकुण्डको झल्को मेटाउने अमूर्त चित्रजस्तो थियो।
"नाइ !" म चिच्याउदै उठे।
हैन, यो रातो कलम कतै मेरो देश चिराचिरा पार्ने रक्तबीज बनेर सबैको मनमा हुर्कन थालेको त होइन?
मेरो मनको यो भुइचालो के ले शान्त होला खै?
सुन्दैछु, हिजोआज त्यै भुइचालो ल्याउने विहानीको स्वागतार्थ धेरैजाना रातो कार्पेट ओछ्याएर तम्तयार भइसके रे !
स्थायी ठेगाना : क्यामिन गाविस वडा नं. ६, बर्लाची तनहु147
फोन : ९८०३४४८९६०
यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:
Read more...
Jan 14, 2009
सीपीको ढिपी
बगाले, मिलन
दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ?
सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए।
दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो। मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई ! आजको खाजाको स्पोन्सर म, यो चना केराउ राम्ररी भुट्नु, उ त्यो पोकामा चिउरा छ त्यो पनि झक मजाले खानुपर्छ है ! यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे।
मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे। सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ।
दाई ! ल म हिडे है, दस बजे एम्बेसी छिर्नू छ, भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो।
भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने।
हेर्नु न - उ सहज भाकामा प्रस्तुत भयो - चार जोर मोजा लगाउदा पनि साईलोको जुत्ता फिट भएन, मेरो त थोत्रो गोल्डस्टार मात्रै छ, त्यस्तो के लाउनु भनेर चप्पलै लगाएको !
लाटा ! तिम्रो र मेरो खुट्टाको नाप मिल्छ जस्तो छ, अप्ठ्यारो नमान्नु ! मैले धुलो झारेर मेरो कोसेली छालाको जुत्ता उ तिर लम्काउदै भने।
उ मात्र किचिक्क हास्यो।
साईलो जुत्ता चम्काउन बाहिर बरन्डा तिर दौडियो।
मैले ढाढस दिए - लक्की जुत्ता छ बाबु यो ! मेरो मामाले सीटिईभिटिको स्थायी ईन्जिनियरको जाचको अन्तबार्ता दिन जादा यै जुत्ता लगाएर गएका थिए, बुढाको नाम निस्कीयो। डन्ट वरी!
सीपी किचिक्क बाट मुस्कानमा उक्लीयो।
म जुत्ता बिहिन भए, बाहिर कतै निस्कीन पाईन, दिनभर कम्प्युटरमा काम गरेर बसे।
भिसा पाउने-नपाउने कन्फर्म एघार बजेतिर हुन्छ भनेको थियो सीपीले। तर बाह्र बज्दा पनि मेरो मोबाईलले सीपीको कुनै हालखबर बताएन। पढाईमा अब्बल विद्यार्थी उ, त्यसमाथि निकै मिहिनेत गरेर राम्रो डकुमेन्ट बनाएको छु भन्थ्यो उसले, त्यसकारण पाउला नि। सायद सरप्राईज दिन फोन गरेन होला, मेरो आस मरिसकेको थिएन तर उ भने उता एम्बेसी तिर जिउदै मरिसकेको रहेछ।
चार बजेतिर एउटा भावशुन्य अनुहार मेरो ढोकामा उभियो।
लोप्पा खायो ! आफ्नो अनुहारलाई आफैले लोप्पा खुवाउदै सीपी बोल्यो। म उसलाई सम्झाउन थाले।
दुईटै दाई अमेरिका पुग्लान भनेर दिउसै सपना देखेर हिडेको साईलोको अनुहार बादल लागेको आकाश जस्तो थियो, उ आफैले भिसा नपाए जस्तो! ( सीपीको माईलो भाई टीपी अमेरिका गएको तीन महिना भइसकेको थियो)
अब सीपी अमेरिकाबाट अष्ट्रेलियामा बढुवा भयो या उसकै भाकामा भन्नुपर्दा घटुवा भयो। अष्टे्रलिया जाने धुनमा उ गुणराज दाईको कन्सल्टेन्सी तिर धाउन थाल्यो। कुनै पनि हालतमा नेपाल छाड्ने एक शुत्रीय ढिपी बोकेर सीपी हिड्न थाल्यो।
दाई ! साईलाले डुबायो !
के डुबायो ? जुठा भाडा सबै बाटामा डुबायो ? म आफ्नै धुनमा कम्प्युटरमा ब्यस्त थिए।
धत! जोक नगर्नु न यार, आफुलाई कस्तो टेन्सन भइसक्यो।
के भो ?
साईलाले नुमे बोकेर आएछ।
नुमे ? के हो यो ? खाने कुरा हो कि क्या हो ?
धत! हेर्नु न म अष्ट्रलिया जाने कैले, भिसा लाग्ने कैले, यो मुले साईलाले एक्लै बस्न सक्दिन भनेर मलाई नसोधि नुमेलाई रुम पार्टनर बनाउन ल्याएछ। फेरि भोलि दिदी पनि काठमाडौ आउने रे। बुवालाई अष्ट्रेलियाको भुत लाग्या छ। शर्मिला, शशि, सुरक्षा, हेमकुमारी सप्पै अष्ट्रेलिया उड्ने रे। कोहि आइएलटिएस दिदै छन, कोहि डिपेन्डेन्टमा हाल्दै छन अनि बुवा पनि के कम जा छोरि काठमाडौ आइएलटिएस दिनलाई भनेर दिदीलाई पठाउनु भाछ।
सीपीले एकै सासमा आफ्नो धारा प्रबाह सिध्यायो।
म मरिमरि हास्न थाले।
डुबिस् सीपी डुबिस् ! खुब दाई भई खाको ? देखिस तलाई ४९ सालको भाईले पनि टेरेन आज! क्यारछस् बाबु अब, नुमेलाई कोठा दे, आफु छोडेर जा । मैले सीपीलाई जिस्क्याउदै भने। सीपी आज साच्चै रिसायो र खुट्टा बजार्दै निस्कीयो मेरो कोठाबाट।
के हुदैछ सरहर ? मदनजी को चिरपरिचित आवाज बेमौसमको बाजा बनेर ठोकियो।
-के हुनु सर ! जिन्दगीको पाङग्रा गुडदैछ। अरु केनै हुन्छ र नया नौलो ?
-घान्द्रुक के हुदैछ ?
-प्रि फाइनल चल्दैछ, ड्रइङ अलिकति बाकी छ ( म घान्द्रुकको गुरुङ बस्तिमा थेसिस गर्दै थिए। )
छोटो सबाल जबाफ पछि मदनजी मैदानबाट पछि हटे। म कालो कफिलाई तान्दै र सेतो धर्कालाई कम्प्युटरमा छोट्याउदै थिए, साईलो मुन्टियो।
साईलोको पछिपछि लागेर सीपी पनि भित्रियो।
मदनजी पनि के कम ? लु है म पनि आए सरहरु। बुइनि कता गईच र? भात पकाम्न पर्नी, अनि धेरै काम तुर्न बाकी छ, उनि चिरपरिचित लवज सहित फेरि हाजिर भए।
हैन सीपीजी को घरतिर के छ पेशा ब्यबसाय ? उनले अनायसै बेमौसमको राग अलापे।
म जङ्गिए। सीपी तिर आखा झम्क्याउदै मैले मुख खोले - हेर्नुस मदनजी, सीपी त जमिन्दारको छोरो। १०० बिघाभन्दा बढि खेत छ उसको, भन्डारामा ३५-४० वटा भन्दा बढि ठुल्ठुला माछा पोखरी छ उसको, पोल्टि्रफार्म अनि ५ वटा ट्रक भन्न के लागेको थिए, उसले मेरो मुख थुनि दियो र ट्रकको कुरा मैले खुस्काउनै पाइन।
अतिरन्जित गर्न त भएन नि ! उ मेरो कानमा फुस्फुसायो। म शान्त भए।
मदनजी डङरङ्ग ढले। भाग् ! भनेर भाग्न के आटेका थिए, सीपीको मोबाइलमा घन्टी बज्यो। फोन घरबाट रहेछ, साइलो चाहिले उठायो।
-अनि त्यसपछि के भयो बा ??
साइलोले बार्तालाप आफ्नो चिरपरिचित थेगोबाट शूरु गर्यो। केहिबेरको भलाकुसारिपछि साइलो राकियो - यहा जाडोले मर्न लगिसके, एउटा ट्राउजर किन्ने पैसा छैन, जम्मा ३० रुपैया मात्र बाकी छ हामीसग। ओढने सिरक पनि एउटै मात्र, यो कम्मल त चिसो पानीको भुङग्रो जस्तो छ। भात मात्र खान देर हुन्छ काठमाडौ बसेपछि । साइलोको छारस्ट प्रलापले अघि मैले हालेको भ्रमको पर्दा पूरै च्यातियो। धन्न मदनजी केहि नबुझेझै खिस्स हासे र बहिरिएर मात्रै नत्र बर्बाद !
अमेरिका जान नपाएपनि सीपी र अमेरिकाको हालत एउटै भयो - आर्थिक मन्दी। सीपी पूरै टक्टकियो र साइबर जान समेत नसक्ने हालतमा पुग्यो। मैले ५०० सापटी दिए, चुहिने खल्ति दुइचार दिन टाल्यो अनि फेरि शान्त भयो। एक दिन अनलाइनमा अमेरिका बस्ने उसको माइलो भाइसग मेरो भेट भयो।
-के छ सीपी दार्ईको हाल र?
-अमेरिकाको जस्तै छ, मैले च्याटमा लेखे।
-मतलब र?
-आर्थिक मन्दी
-उसलाई साइबर पठाइ दिनु न। म राम्ररी कुरा गर्छु नि।
-बिचरोसग साइबर आउने पैसो समेत छैन, घरमा पनि पैसा छैन रे पठाइदिनलाई, भाडा नतिरेको दुइ महिना भैसक्यो। तरकारी सम्म जसोतसो दिदीले आफुले बचाएको पैसाले किन्दै हुनुहुन्छ।
मसग समय थोरै तर सीपीको ब्यथाको पोको धेरै भएकोले सपै कुरा एकैचोटि लेखिदिए अनि उसको जबाफ सुन्ने हिम्मत नभएकोले मैले म्यासेन्जर बन्द गरे। कोठामा फर्केपछि सीपीलाई सुनाए - मर्मस्थलमा राम्रै प्रहार गरेको छु। हेरौ, हरिया पात झर्न पनि सक्छन।
आज धेरै दिनपछि ग्रहण लागेको सीपीको अनुहारमा मैले अलिकति आभा मण्डल देखे।
-ल भाई जाम चिया खान।
उ अक्मकियो।
-न आमा पट्टिको न बाउ पट्टिको तै पनि स्पोन्सर म छदै छु नि ! एक कप चिया ख्वाउनलाई मैले दुइ राउन्ड डाइलग हाने। उ र म बाजेको चियाको पसल तिर लम्कियौ।
“ओई ओई साईली ओई ! ओई !!
ओई ओई साईली ओई ! ओई !!”
सीपी साझ ६ बजेतिर भद्दा नाच र उज्यालो अनुहार सहित मेरो कोठामा हाजिर भयो। यसो हेरे,निलो कोट भिरेको रहेछ, अनि मैले बुझहाले -यो सबै हरियो डलरको कमाल हो (पैसा भएको बखत उ कोट लाउने गर्थ्यो।)
-कति पात झर्यो भाइ ?
-जम्मा जाबो ३०० डलर, उसको नाच बन्द भइसकेको थियो।
डलर झरेको खुसियालीमा उसले मलाई भेज म.म. खुवाउन लग्यो। साईलोको चना केराउ खाने अन्तिम इच्छा पनि पूरा गरिदियो सीपीले। १-१ किलो चना केराउ कोठामा भित्रिएपछि नभिजेको केराउ चपाउदै साईलो मच्चियो - अनि त्यसपछि के भयो मिलन दाई !!!!
-त्यसपछि ?
-अ
-“त्यसपछि मिलन दाई मर्यो र मिलन दाईको कम्प्युटर बोकेर साईलो भाग्यो”!!
-ऊ ! हु! हु !!
साईलोले सबैलाई निशुल्क एक डोज मनोरञ्जन प्रदान गर्यो।
अब पालो गल्कोटे माईलोको।
सीपीको खल्तिमा हरिया नोट नाचेको भेउ गल्कोटे माईलोले परैबाट पायो। पुतलीसडकमा सुकेको सागजस्तो पातलो ज्यानलाई हावामा हल्लाउदै हिडिरहेको अबस्थामा उसग गल्कोटेको भेट भएको थियो। गाउबाट दशलाख ठगी गरेर भागेको गल्कोटेलाई सीपीले आफुसग २०-२२ हजार रुपैया भएको र एउटा मोबाइल किन्ने बिचार गरेको कुरा सुनायो।
-हेर सीपी, त भाईजस्तो मान्छे, सिम मेरै छ तलाई फ्रिमै दिउला अनि २ जिबि मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्याम समेत भएको चोरीको सेट तलाई ४ हजारमै मिलाई दिउला। अष्ट्रेलियामा आईटि पढन जान ठिक्क परेको साईन्सको विद्यार्थी सीपीलाई गल्कोटेले हार्ड डिस्क र र्याम समेत भएको मोबाइल भनेर बखान छाटेपछि उ दंग पर्यो र ४ हजार गल्कोटेलाई बुझायो।
गल्कोटे साझ पाहुना बनेर सीपीको कोठामा भित्रियो। सीपीका दाजुभाई दुबै मिलेर गल्कोटेलाई निकै पुछपाछ पारे। साईलो गल्कोटेको ज्याकेट धुन धारातिर लम्कियो। सीपी मैनबत्तीको उज्यालोमा चना केराउ र काउलीको तरकारी पकाउन थाल्यो।
मिलन दाई ! फुर्किएको सीपीले घोकेको पाठ झै मेरो कोठामा आएर गल्कोटे पुराण सुनाउन थाल्यो - “ २ जिबी मेमोरी कार्ड, ३ पिक्सेल क्यामेरा, एमपिथि्र, सिम रिम दुबै हाल्न मिल्ने, हार्ड डिस्क र र्याम समेत भएको चोरीको सेट ४ हजारमा”, “ओई ओई साईली ओई ! ओई !!। सरुभत्कको उपन्यास पागल वस्तीको भउते चोर भन्दा बढी कार्टुन डान्स नाचेपछि शान्त भएको सीपीलाई मैले भने - भाई! चोरीको सेट बोक्नु र सेट चोर्नु दुबै एउटै अपराधको कोटिमा पर्छन, फेरी के हो यो हार्ड डिस्क र र्याम भएकोे सेट? ठग्ला है तलाई गल्कोटेले !
धत! मेरो ढोकामा खुट्टा र जुत्ता दुबै बजारेर सीपी बम्कियो - मेरो मोबाइल आएपछि तपाईलाई म छुन पनि दिन्न !
-मलाई चोरीको सेट छुनु पनि छैन !
-नरिसाउनुस न दाई ! सीपीको ढिपी अलि कम भयो -”यो जाबो नोकिया ११०० कति बोक्ने ? बल्ल राम्रो सेट बोक्ने मेसो मिल्दै छ।”
-ल ल भाई मोज गर ! म जबरजस्ती हास्ने प्रयास गर्न थाले।
“ओई ओई कान्छी ओई ! ओई !!, उ गल्कोटेलाई स्याहार्न आफ्नो कोठातिर लाग्यो।
खल्ती र पेटको थैलो दुबै मजाले भरेपछि साईलोले धोईदिएको सफा ज्याकेट र पाइन्ट लाएर गल्कोटे मोबाईल लिन सीपीसगै पुतलीसडक निस्कियो र बीचबाटो बाटै फिल्मी शैलीमा उछििट्टयो।
पट्यार लाग्दो साझमा मकैको ढोड जस्तो अररो शरिर लिएर सीपी फेरी मेरो कोठामा हाजिर भयो। निभ्न लागेको उसको अनुहारतिर मैले हेरे। उसले ईस! भन्दै लोप्पा खुवायो।
मिलन दाई ! चार जना मान्छे छिनाउनु पर्ने भयो, उ अनायासै बडबडायो। को को हो ? मैले आफ्नो गर्दन छाम्दै सोधे।
-मेरो ३००० खाइदिने माटे, गल्कोटे माइलो, मलाई कुकुर बिरालो झै हेपेर अपमान गर्ने कपिल अनि दशतिर ठक्कर खाने अभागी म। धन्न भगवान ! मैले हात गर्दनबाट हटाए।
सीपीको ढिपी ! मेरो मुखबाट अनायासै दुइ शब्द निस्कियो।
उसले पनि आखाबाट दुइ थोपा तातो आशु तप्प झार्यो र टोल्हाइरहयो।
Email:milanbagale@yahoo.com
Phone: 9741175555,9803448960
Read more...
