Skip to main content

Posts

Showing posts with the label मिलनको कलम

प्रभावहीन ' प्रभावशाली नेता '

मिलन बगाले तनहु उखान टुक्का मिश्रित ओलीका 'उटुङ्गा महावाणी' ले आफूमा प्रभाव पर्यो भन्दैमा दुनियाँ झुक्याउने यस्ता सामग्री प्रसारण तथा प्रकाशन गर्न मिल्छ र ? माधव नेपाल लाई 'बरिष्ठ नेता''को पद दिए झै ओलीलाई 'प्रभावशाली नेता' को पद दिए पो पत्रकारले ठिकै गरे भन्नु । कि स्पष्ट शब्दमा ' पत्रकारका प्रभावशाली नेता' भनेरै किटान गर्नुपर्यो कि उनको जे पद हो त्यही उल्लेख गर्नुपर्यो। समाचार माध्यमले समाजमा सुचना र चेतना प्रवाह गर्ने काममा अग्रणी भूमिका निर्वाह गरेका हुन्छन । आफ्ना निजि विचार र आग्रहको छाया समाचारमा देखिनु हुन्न भन्ने आम मान्यता सबैतिर छ ।स्थापित मान्यता विपरित त्यस्ता विचार र आग्रह जवरजस्ती लादेर जनता दिग्भ्रमित पार्ने रोगबाट मूलधारकै प्रायजसो समाचार माध्यम ग्रस्त भएको तितोयथार्थलाई म बर्षैदेखी नियालिरहेछु ।आज त्यसैको एउटा पाटोको चिरफार गर्दैछु । शुरुवात समाचार माध्यम बाट नगरी अनौपचारिक सेवा क्षेत्र केन्द्ध ईन्सेक बाट गरौ । यसको एउटा गलत गतिबिधि कोटयाउदै छु म । मानव अधिकारको क्षेत्रमा काम गर्ने एउटा निष्पक्ष संस्थाको रुपमा मैले यसलाई बुझेको...

महामन्त्री बनाउ गगनलाई !

मिलन बगाले तनहु युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन। युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन। राजनितिलाई समाजसेवा र खेती किसानी लाई जिविकोपार्जनको सुन्दर र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका यि असल र पठित युवाले रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए । ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय अन्तराष्टिय रुपमा...

१४ बर्षमै पाईलट!!

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ पत्रिकामा पेजै ढाकिने गरी छापिएको सामाग्रीलाई समेती एक झुल्को नहेरी जथाभावी लेखिराख्ने यो अन्तहीन प्रकि्रयाले नेपाली मुलधारको मिडिया " धागो काटिएको चङ्गा " को नियती भोगिरहेको दयालाग्दो दृश्य छ्याङ्गै देखिन्छ । गत भदौ ८ गते मकवानपुरमा दुर्घटनाग्रस्त अग्नी एयरको डोर्नियर जहाजका क्याप्टेन स्व लक्ष्मण प्रकाश विक्रम शाह (लक्की) लाई "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्दै सवैजसो राष्ट्रिय दैनिकहरुले आजपर्यन्त उडन्ते खवर र लेख छाप्याछाप्यै छन । भदौ ११ गते कान्तिपुरको आठौ पेजमा अग्नी एयरलाइन्सको अपरेशन विभागद्धारा र दुर्घटनाको भोलिपल्टै प्रकाशित समवेदना बिज्ञापनमा क्याप्टेन शाहको जन्ममिति ३० मे १९६६ लेखिएको छ । यस अनुसार स्वर्गारहण भएको दिन स्व शाहको उमेर जम्मा ४४ बर्ष हुन आउछ । अब छापामा बारम्बार छापिएको "३० बर्ष उडान अनुभव भएका पाईलट" भन्ने उडन्ते खवरलाई पत्याईदिने हो भने स्व शाहले १४ बर्षको बालखा उमेरमै जहाज उडाउन थालिसकेका थिए । १४ बर्षको कलिलो बालक पाईलट हुनु र जहाज उडाउने लाईसन्स पाउनु कत्तिको पत्यारिलो खवर हुन्छ ? पत्रिक...

आत्मघाती बमको शहर !

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ ब्यापार ब्यबसाय गरिखाने होईन लुटिखाने भाडो बनिराख्दा समेत टुलुटुलु हेरेर तथा काल कुरेर बस्ने दिन आउनु लाई के शब्दले पुर्कानु खै? पाच रुपैयाको मसाला किन्दा ४ रुपैया काठको धुलोलाई तिर्नुदेखीन ग्यास किन्दा आत्मघाती बम किनिनुले ब्यापार ब्यबसाय मानव तस्करहरुको ताण्डव लिला मच्चाउने थलो बन्दै गएको देखिन्छ। पडकेर मर्नुलाई नेपाली जीवनको नियमीत आकस्मीकता मान्ने हो भने यसको डरलाग्दो नया संस्कारले समाज यतिबेला आतंकित छ। दिनैजसो ५ - ७ वटा (नेपालीलाई जना होईन वटा मा गन्दा राम्रो ) मान्छे मुबाईल पडकेर मरेको खबर बिस्तारै बासी बन्दै गर्दा सिरानीनेरको सिलिन्डर मान्छे खान पल्केको छ। शहरवासीकै कुरो गरम, आजकाल प्राय सबैजसॊको सिरानीमा सिलिन्डर फिट छ। ग्यास सिलिन्डर जोडनुलाई ठुलै बहादुरी ठानिन्थ्यो एकाध बर्ष पहिलेसम्म। यो बहादुरीको पातो लगभग धरैले पल्टाईसके। छुट्टै भान्छाकोठोको अभाभमा बहादुरीको यो तक्मालाई मैले झै लाखौ अस्थाई राजधानीवासी सुत्ने कोठोभित्रै सजाउन बिबश छन। सुत्ने खाटभन्दा ५-७ फुट दायावाया बसेको यो रातो घैटोलाई आत्मघाती बम ठानेर दिनरात तसर्ने गरेको छु म। पा...

अखबारमा राजनितिको रन्को

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ "नेपाल दहाल गोप्य सहमती अलपत्र" - नागरीक दैनिक "माओबादी नेतृत्व अमान्य"- नागरीक दैनिक "पहिलो बुदा कार्यान्बयन गर्न आग्रहू" - गोरखापत्र "दृई दिनभित्र सहमती गर्न २२ दलको आग्रहू" - गोरखापत्र "काग्रेस एमाले निर्णय सहमती कार्यान्बयन भए माओबादी नेतृत्व"- कान्तिपुर "प्रधानमन्त्री काग्रेसबाट" -ओलीको महाबाणी - रंगीन बाकसभित्र - कान्तिपुर- बिहानीले आशा जगाउछ। त्यसै बिहानीलाई सुनको बिहानी भनिएको होईन। बिहानै अखबार पल्टाउनु र राम्रा बिचार त्यो भित्र छ कि भनेर खोतल्नु मेरो नियमित दिनचर्या हो। तर बिडम्बना मेरो बिहानको शुरुबात अखबारहरुले ढोकामा पोको पारेर फालेका माथि उल्लेखित असार २१ का सयौ र कयौ थरी अफिमहरुको सेबनबाट हुने गर्छ। नेपाली नामधारी यो अभागी जातलाई जति बढी राजनितिको राप ताप रन्को र उन्मादले यो धर्तीका अरु कसैलाई छुदैन होला। राजनितीबाहेक दायाबाया एक ईन्च पनि सोच्नु हुदैन सोच्नै सकिदैन हाम्रा मालिक र देउता भनेका हारेका नेपालदेखी मारेका दहालसम्म सप्पै लपक्कै हुन यिनका दिनदिनै र छिनछिनै फेरिन हरे...

बाल कमरेडसंग एकैछिन

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ Share पिरोपिरो चटपटे चपाउदै उसले फायर खोल्यो- "काठमान्डु घुम्लास खुब मस्ती गर्लास भनेर फकाईओरी ल्याका थे यहाँ त कालो टासेको रोडमा दिनभर फनफनी घुमाका घुमाई छन दाई यस्तो घाममा",घरी केजाती बानेश्वर हो कि के हो जानपरो भन्छन घरी रत्नपारक घरी पुतलीसडक घरी केजाती कलंकी मसालजुलुस फेरी के फेरी के उ दिक्क मान्दै थियो। "दाई !मलाई ५ रुप्पेको चना चटपटे खुवाउनुस न प्लिज" शहर हेर्नर सरकार घेर्न देशैभरीबाट राजधानी पसेका पीध भन्दा मुन्तिरका नेपाली जनता र तिनको लोभलाग्दो जुलुस आखाभरी हेरेर घर फर्किरहेका बेला हातमा बडेमानको बासको कप्टेरो र टाउकोमा वाई सी एल लेखेको कफन बाधेको अन्दाजी १२ -१३बर्षको एक बाल कमरेडले पुतलीसडकम...ा मेरो हात समाउदै चटपटे खुवाउन आग्रह गर्यो। काठमान्डु पेटभरी हेर्न र मस्तीले घुम्न आको उसंग सुक्को पैसो छैन रे, चिउरा खान पाउने पालो कुर्दाकुर्दा बिरक्तिएर अलि मास्तीर एक्लै घुमिरहेको उ मसंग अचानक नजिकिएको थियो। उसको सुकेको मुख देखेर शुरुमा मैले खरबुजा खुवाए र हामी बाटोमै मजाले गफिन थाल्यौ। "दाई तपाई चाहि किन आन्दोलना नहि...

"अर्कै धातुका गिरिजाबाबु "

Share -मिलन बगाले क्यामिन -६ बर्लाची तनहु यो मन छुने कुरा सुनेपछि मलाई अब्राहम लिंकनको एउटाप्रख्यात भनाईको याद आईरहेको छ, 'असल शासकहरु देशको भबिष्यको चिन्ता गर्छन तर राजनितिज्ञहरुलाई भने आगामी चुनाबको मात्रै चिन्ता हुन्छु'। 'गिरिजाबाबु नमर्नकै लागी जन्मेका हुन ' गिरिजाबाबुको बिग्रदो स्बाथ्यको बारेमा बिगत २ - ४ बर्षदेखी नै अनेक पटक नानाथरी हल्लाहरु चल्दैगर्दा म भने एउटा अचम्मको जिराहा तर्क बोकेर या भनौ भ्रमको पर्दा ओढेर ढुक्कै बसेको थिए। कालो रंगको त्यॊ पर्दा २०६६ चैत्र ७ गते बिहान १२ बजेर १० मिनेट जादा नराम्ररी च्यात्तियो र म कटु यथार्थ स्वीकार्न बाध्य भए। गिरिजाबाबु लाई मैले चिन्न थालेको ५ -६ बर्षको उमेरदेखी नै हो। "सायद आमा बा पछि मैले चिनेको तेस्रो मान्छे गिरिजाबाबु हुनुपर्छ र चौथो मभन्दा २ बर्ष जेठो मेरो दाजुलाई। यो कुरो बर्षौदेखी भन्दै आएको छु। टीभीको नाकमुखै नदेखी हुर्केको मेरो पुस्ताको लागी गिरिजाबाबु चिनाउने साधन भनेकै पत्रपत्रिका र रेडीयो मात्र थियो। म ५-६ बर्षको हुदाखेरीको एउटा क्यालेन्डर म अझै सम्झन्छु। सुत्ने कोठाको भित्तामा टागीएको त्योक्यालेन्डरमा ब...

बेथितिको गुजुल्टो

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ डाङडुङे ड र कुकुरपूछ्रे ढ झै घुमि्रएका बाटा। कुनै डेडहाते त कुनै तीनहाते। दायावाया ५ ― ६ तले घर। सबै लस्करै जोडिएका। चिडियाखानामा थुपारिएका थरिथरि जनावरको भेलाझै लाग्ने रङ्ग न ढङ्ग का विरुप घरहरु अर्थात आर्किटेक्चरल जू दृष्य । न हावा छिर्ने झ्याल न घाम छिर्ने प्वाल। सबै एकमुखे ओढार अर्थात दिउसै अन्धकार ओढेर बसेका १० या १२ फुटे कोठा। नमस्ते र दुईटा गोला बाख्रेखुट्टे पिलन्धरे पिलरलाई डिजाईन भन्दै दङ्ग पर्ने टेस्टविहिन जिब्रो जस्ता घरधनी। मुस्किलले भेटिने खाली जग्गा। कथम कदाचित भेटिईहाल्यो भने बर्बाद। त्यो टोलमा बस्न छोडदे भैगो। खुल्ला शौचालयदेखि डम्पींङ साईट सम्म। टु या थी्र ईन वान। फुटेका ढल र झका्रमा फलेका काक्रा र घिरौलाझै बेथितिसग झुण्डिएका तारैतार। धुलो मैलो र हिलोको बाह्मासे त्रिवेणी अर्थात सडक। कुरो बुझ्दै हुनुहुन्छ होईन? यो कुनै कुम्भीपार्क नर्कको बखान होईन। राजधानी भनिने काठमाडौ को यो आर्किटेक्चरल बेथितिले यो शहर ससारकै सबभन्दा भद्दा, कुरुप, फोहोर र अनेक भैतिक समस्याको सन्जालले बेरिएको छ भनेर जोसुकैले अनुमान लगाउन सक्छ। कुरो अब सेवा सुबिधाक...

जाजरकोट : शब्दचित्र

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ औषधीको भारी बोकेर घाडो बजाउदै खच्चरहरु उकालो उक्लिदै गर्दा डाडाको थाप्लोबाट हेलिकोप्टर हैजा खोजिरहेछ जाजरकोटमा! हरिया बासमाथि पोलिने आस बोकेर लस्करै सुतेका सेता मान्छेका हुलमा कतै झाडा नभेटेपछि उङ्खोजित भयो हेलिकोप्टर र राजधानीले खबर पायो सोङ्खार भयो झाडा बासका हरिया झाङसगै! औषधी? नो थ्याक्स मन्त्रीज्यू! नाथे झाडाले हरिया पोथा्रको पातसमेत हल्लाउन सक्दैन! बरु शहरतिर स्वाईन फ्लुलाई कस्तो छ? बेस्ट अफ लक फर यु! E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 9803-448960 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नया नेपाल र हुँडारहरु

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ हातमा खन्ती बोकेको बादर तम्तयार छ, मेरो घरको जग खन्न मुखमा नक्सा च्यापेर हुँडार काम अर्‍हाउदैछ र डिलमा उभिएको स्याल ठेकेदार बनेको छ मेरो नेपाल नयाँ बनाउन! हुँडारको डिजाईनमा बादरले खनेको ओडारलाई नयाँ नेपाल होईन, नयाँ चिहान भन्छु म। कालो ओडार, कालै मन भएकाले खन्छन मेरो नेपाल उज्यालो छ निख्खर उज्यालो! चाहे पुरानै होस चाहे नयाँ मेरो नेपालको चिहान प्रवेश मलाई स्वीकार्य छैन। बादरले उचालेको खन्ती उसैको दिनगन्तीको सुचक हो। नयाँ ओडारको डिजाईमा हुँडार आफै फस्दैछ छट्टु स्याल जस्तै जो आफ्नै मृत्युको ठेक्कापट्टा गर्दैछ बाघसग मिलेर। E-mail:milanbagale@yahoo.com Phone: 9741-175555, 01-4469750 [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

पहिरोको सर्बोच्चता

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सगरमाथा होचिएर अनायसै अग्लिएको सर्बोच्चता यतिबेला चुक घोप्टिएको बिबेक बोकेर यात्रारत छ सडकमा लाठीसगै। उता भित्तो नराम्ररी तासिएर कान्लो दिनदिनै भासिदैछ र धार्नी पुर्याउन भनेर कान्लोमुनि भेला भएका भ्यागुताहरु बेखबर छन पहिरोबाट। ए कोही छ? कान्लो भास्सिएर माटो मास्सिदैछ घोचाले रोकेर थाम्न सकिन्न पहिरो लाठी नाच नाच्दै गरौला आउ सबैका हातले ठेलेर पहिरोको सर्बोच्चता भत्काउ बाकी भागशान्ति गर्दै गरौला। ईमेल:milanbagale@yahoo.com फोन: ९७७-९७४११७५५५५ [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

हरुवा कि जितुवा सभासद?

मिलन बगाले क्यामिन―६, बर्लाची तनहुँ E-mail:milanbagale@yahoo.com गतबर्षको संविधानसभा चुनावमा जितेर पनि हारेको जितुवा पार्टीको नेताले हारेर पनि जितेको हरुवा पार्टीको नेतालाई हरुवा भन्दै बारम्बार घोचपेच गरिरहेको देखेर मलाई ताजुब लागेको छ। जितुवा कमरेड, हारेको भएर पार्टीको महासचिब पदबाट समेत राजिनामा दिई नेपाली राजनितिमा उच्चस्तरको नैतिकता देखाएका हरुवा कमरेडलाई तपाईले बारम्बार रोइकराई गरेरै संवैधानिक समितिको सभापति तथा सभासद बनाएको होइन? मधेश आन्दो्लन , जनआन्दोलन र जनयुद्धको शहिद भन्दै दशौ हजार मान्छेलाई शहिदको थरीथरीको विल्ला भिराएर विगतमा गाइजात्रा मच्चाएको माओवादीले यतिबेला संविधानसभामा पनि हरुवा र जितुवा सभासदको लक्षमणरेखा कोरेर राजनितिमा आठौ आश्चर्य देखाएको छ। संविधानसभाको सभासद भइसकेपछि कोही हरुवा र जितुवा सभासद हुन्छ माओवादी महोदय? संविधानसभाका हरेक ६०१ सभासदलाई प्रधानमन्त्री पदको उम्मेदबार बन्ने हक छ भन्ने हेक्का जितुवा नेतालाई किन फिटिक्कै नभएको ह? हारेको भनेर तपाईले माधव नेपालको टाउको जतिसुकै डामेपनि उहाले तपाईलाई मान्छे मारेको भनेर कहिल्यै आरोप लाउनुभा छैन। बरु सबैलाई खा...

होचिएको सर्वोच्चता

मिलन बगाले क्यामिन―६, बर्लाची तनहँ नयाँनयाँ राजनितिक खेतिपाती छिटोछिटो मौलाउने हाम्रो उर्बरा कोठेबारीमा यतिबेला नागरिक सर्वोच्चताले राम्रै भाउ पाईरहेको छ। आ―आफ्ना दलगत स्वार्थको सङकुचित घेराभित्र बसेर गरिने निरर्थक बहस र अपब्याख्याले भने यसको उचाई र गरिमा स्वाङ्खौ घटेको छ। पूर्व अमेरिकी राष्ट्रपति जिम्मी कार्टर लगायत अन्य ठुल्ठुला अनुगमनकर्ताहरुले समेत निरोगिताको प्रमाण पत्र दिएको गतबर्षको संविधान सभा निर्वाचनलाइ आधार मान्ने हो भने नेपाली जनमतको सही प्रतिबिम्ब हो त्यो चुनाव। तुलोले जोखेझै गरी नेपाली जनताले सबैको हैसियत र हविगत सुहाउने गरी भोटको भागबण्डा लगाइदिएकै हुन। नेकपा एमालेका तत्कालिन महासचिव माधब कुमार नेपाललाई संविधान सभा चुनावमा सुनामीको रुपधारण गरेको फोरमी भेल र माओवादी बाढीले नराम्रो संग लतारेको जगजाहेरै छ। यति हदसम्मको बेइज्जती पचाएर पनि गल्लाकालीन ६० साले दौरा सुरुवालको धुलो टक्टकाउदै गरेका माधब नेपाललाई छयालीस साल देखि हालसम्मको लोकतान्त्रिक अभ्यासको बिकासक्रममा खेलेको समन्वयकारी भुमीकाको लागि पुरस्कृत गर्न खोजिएको भए पनि प्राकृतिक नियम बिरुद्धको यो आठौ आश्चर्य नागरि...

सेरेमोनियल महामन्त्री!

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ राष्ट्रपतिको समेत कार्यभार सम्हालेका नेपाली काग्रेसका महामन्त्री डा रामबरण यादबले आफ्नो पार्टीका कार्यवाहक सभापति सुशिल कोईराला र वरिष्ठ नेता शेरबहादुर देउवाको ठाडो आदेशमा सेनापति हटाउने नेपाल सरकारको निर्णयलाई उल्टाउने प्रयास गरेपछि उनी राष्ट्रपति कम नेपाली सेरेमोनियल महामन्त्री बढी हुन भन्ने अमिलो तथ्य घामझै छर्लङ्ग भएको छ। लुगा र भाषाको पहाडे राष्ट्रवाद चाहिएन भन्दै धोतीकुर्ताका साथ हिन्दीमा सपथ ठोकेर बिवादमा आएका फोरमी उपराष्ट्रपति परमानन्द झा लाई कोसौ पर पछार्दै यि कागरेसी महामन्त्रीले विधिको शासन, अन्तरिम संबिधान र राष्ट्रपति पदको मर्यादाको धज्जी मात्र उडाएनन, आधारातमा ज्ञानेन्द्व शैली पछयाउदै माओवादी अध्यक्ष गरेको महाभुललाई छायामा पार्नै गरी अर्कौ अक्षम्य गल्ती गरे। डा यादबले सर्बोच्च अदालतको राय लिने, छलफलको लागि ब्बस्थापिका संसदमा पठाउने जस्ता बैधानिक बिकल्पलाई लत्याउदै "म पनि राज्य हु" भन्ने शैली आत्मसात गर्दै समानान्तर शासक बन्ने प्रयास गर्नु घोर निन्दनिय छ। संघिय गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिजस्तो गरिमामय पदमा पुग...

सन्दर्व सेनापति प्रकरण: खरीपाटीको गा्रण्डडिजाईन

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सात संसदवादी दलहरु र विशेषतः बयोवृद्र राजनेता गिरिजाप्रसाद कोइरालाको दौराको फेर समातेर हिंसात्मक जनयुद्धको बाटो छोडी शान्तिपूर्ण राजनितीको मुलधरमा आएको माओबादीले आफू भूमिगत रहदा निकै प्रभावकारी तरिकाले फ्याक्ने गरेको "फुटाउ र राज गर!" को अस्त्र खुला राजनितीमा आइसकेपछि भुत्ते हुदैगएको मात्रै होइन पुरै खिया लगिसकेको तथ्य घामझैं छर्लङ्ग छ। धोकाको राजनितीमा सबैलाई पछारेको माओबादीको बहुप्रचारित खरिपाटी भेलाले नेपाली काग्रेसलाई प्रधान शत्रु किटान मात्र गरेन, सेना, अदालत र प्रेस आफ्नो बाटोको काढा र तगारो हो भन्ने अघोषित निष्कर्ष पनि निकाल्यो। यि सबैलाई लथालि्ङ्ग र भताभुङ्ग पार्ने गा्रण्डडिजाईनको बिकृत रुप हो सेनापति प्रकरण। भनिरहनु परोईन, प्रधान सेनापति कटवाल त्रिशुलीमा घोडा चढेर हाम्फाल! भन्दैमा हाम्फाल्ने र धरहराबाट तल हाम्फाल! भन्दैमा हाम्फाल्ने मुर्ख जंगबहादुर होइनन्। तत्कालिन प्रधान सेनापति र राजाले बल प्रयोग गरेेर जनआन्दोलन दबाउने बारे छलफल गर्दा रक्तपात हुन्छ त्यसैले नो! भनेर सल्लाह दिने स्वभिमानी कटवालको काधमा बन्दुक राखेर नानाथरी ...

लोकलाज पचाउदै लोकतन्त्र

मिलन वगाले क्यामिन – ६, वर्लाची तनहुँ सन्दर्भ हप्ता दश दिन अघिको हो, लोकतान्त्रिक नेपालको नयाँ लोकमार्ग ( पृथ्बी राजमार्ग) मा म यात्रारत थिए। काठमाडौबाट सखारै हिडेको मेरो गन्तब्य पोखरा थियो। अस्वभाभिक रुपमा हुईकिदै र बत्तिदै हिडेको माईको् बस तनहँुको छिर्कनमा पुगेर रोकियो। सबारीको लाम देखेर धेरैले दुर्घटना वा यस्तै केही अनिष्टको लख काटदै थिए, यत्तिकैमा हल्ला चल्यो―बाटो बन्द छ। काठमाडौबाट पोखरा हिडेको कुनै बसले एक स्थानिय बृद्वालाई सामान्य ठक्कर दिएको निहुँमा क्षतिपूर्तिको माग गर्दै केही ब्यक्ति र आफन्तजनले बाटो बन्द गरेका रहेछन। तनहँु जिल्लालाई जाम, बन्द र हडताल मुत्क भनि गरिएको सर्वपक्षिय घोषणाको मसि सुकेको केही दिन बित्न नपाउदै गरिएको यो अराजक कामले सबै दुखित थिए। यक्तिकैमा डुमे्र अस्पताल बाट रिफर गरिएकी एक सिकिस्त बृद्वालाई बोकेर राष्ट्रिय मानव अधिकार आयोगको गाडी भीड छिचोल्दै बन्दकारी सामुन्ने आईपुग्यो र जान दिन अनेक अनुनय गर्यो। यात्रुहरुले समेत आफु जान नपाए पनि बिरामी बोकेको मानब अधिकार आयोगको गाडीलाई जान दिनुपर्ने माग गरे। तर नेतृत्वहिन र अराजक भीडले उक्त गाडीमा रहेका मानब अध...

गुमनाम नी हरु

मिलन बगाले तनहु milanbagale@yahoo.com “पढे पण्डितले कसरी घुडा धसी धसी हुन्छिन बज्यै पण्डितनी घरै बसी बसी।” हाम्रा आमा दिदी बहिनी र हजुरआमाहरु युगौयुगदेखि अस्तित्वविहीन भएर बाचिरहनु परेको र राजाकी श्रीमतीदेखि दुरदराजमा सामान्य हैसियत राख्ने व्यक्तिको श्रीमती, आमा दिदी बहिनी हरु सम्मले गुमनाम जीवन बिताईरहेको भन्ने सन्दर्भले यदाकदा छापामा ठाउ पाईरहेको बखत मैले माथीका दुई हरफ पेश गर्नु उपर्युक्त सम्झेको छु। राजाकी रानी, मास्टरकी मास्टरनी, मन्त्रीकी मन्त्रीणी, लाहुरेकी लाहुरेनी, पुलिसकी पुलिसनी र हाकिमकी हाकिमनी, हाम्रो समाजका चलनचल्तीका केही स्थापीत नी हरु हुन यी। मेरै गामघरको कुरो गरम न, मेरी आमालाई धेरैले हेडमास्टरनी। हेडसरनी भनेर चिन्ने गर्छन। मेरी माइैली आमाको नामसंग म साक्षात्कार भएको धेरै बर्ष बितेको छैन। कसैले कमलकी आमा, कसैले ठुलीआमा कसैले हजुरआमा कसैले के कसैले के। साइली आमा, मास्टरनी आमा, साईली पण्डितनी, डाडाकी कमिनी, मिल माईली (घरमा धान कुटने मिल भएकोले), पुछारघरे दिदी (गाउको पुछारमा घर भएकोले) सिरानघरे ठुलीया (गाउको सिरानमा घर भएकोले) फेन्सी माइली (घरमा फेन्सी दोकान भएकोले...

जातिय संघियता

बगाले, मिलन रातो कलमको घेराबन्दीमा नक्सालाई बिस्तारै चिर्दै गरौंला आउ ठूल्ठूला मुढा जोतौ देश राम्ररी छडकिदैछ दुना टपरी खोज्दै गरौला साना ठुला रोज्दै गरौला भोकाएर तिल्मिलाएकाहरुलाई मिठो नमिठो किन चाहियो? खान हुने नहुने कुरो अघाएपछि सोच्दै गरौला। तनहुँ E-mail: milanbagale@yahoo.com यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

रक्तबीज

बगाले, मिलन एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो। केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम थमाईयो। कलम हात पर्नासाथ सबैको ध्यान त्यै नक्सातिर तानियो अनि सुरु भयो रातो कलमले त्यो नक्सालाई अन्धाधुन्ध चिराचिरा पार्ने र घेराबन्दी गर्ने अत्यासलाग्दो उपक्रम। “यहा देखि यहा सम्म मेरो” “यतादेखि उतासम्म मेरो” “यो पिधतिरको सप्पै सर्लक्कै मेरो” “यो बिचतिरको सप्पै मेरो” हेर्दाहेर्दै अघिको त्यो सुन्दर नक्सा विद्रुप, कुरुप र रगताम्य जस्तो देखियो। कलम समात्ने सबैका आखा राता राता भए र भैरवझै डरलाग्दा देखिए। भुगोलका काला धर्साहरु सबै बिलाएको त्यो नक्सा कताकता रक्तकुण्डको झल्को मेटाउने अमूर्त चित्रजस्तो थियो। "नाइ !" म चिच्याउदै उठे। हैन, यो रातो कलम कतै मेरो देश चिराचिरा पार्ने रक्तबीज बनेर सबैको मनमा हुर्कन थालेको त होइन? मेरो मनको यो भुइचालो के ले शान्त होला खै? सुन्दैछु, हिजोआज त्यै भुइचालो ल्याउने विहानीको स्वागतार्थ धेरैजाना रातो कार्पेट ओछ्याएर तम्तयार भइसके रे ! स्थायी ठेगाना : क...

सीपीको ढिपी

बगाले, मिलन दाई ! अमेरिकाबाट पैसा आएसी हामीपनि दिनदिनै चना केराउ खानी है ? सीपीको साईलो भाई केपीको यो मनै चिरिने आवाजले म झसङ्ग भए। मेरो आखा स्टिलको कचौरा तिर ठोकियो जसमा भिजेका चना केराउका दाना फुलेर बसेका थिए। दिनदिनै पाक्ने आलु र गुन्द्रुकको स्वादले भुत्ते भएको जिब्रो निकाल्दै साईलो मेरो कचौरा तिर हेर्दै थियो। मैले उसको हातमा त्यो कचौरा थमाउदै भने – ल भाई ! आजको खाजाको स्पोन्सर म, यो चना केराउ राम्ररी भुट्नु, उ त्यो पोकामा चिउरा छ त्यो पनि झक मजाले खानुपर्छ है ! यसरी मैले चना केराउ पर्वलाई अस्थायी रुपले थामथुम पार्ने प्रयास गरे। ******* दाई आज अमेरिकन एम्बेसी जानु छ ! सीपीको हुलिया आज निकै बदलिएको थियो। नया पाइन्ट, सेतो सर्ट अनि कालो कोट ( लौन कहाबाट ल्याएछ यो कोट?) मैले सीपीलाई शिरदेखि पाईतालासम्म हेरे। सीपीले खुट्टामा त ट्वाइलेट जादा लाउने चप्पल पो लगाएछ। दाई ! ल म हिडे है, दस बजे एम्बेसी छिर्नू छ, भर्खर सात बजेको थियो र उसको आखाको असहज भाकाले मेरो कोठालाई नियाल्दै थियो। भाई! यति ह्यान्डसम भएर किन नि ? मैले सोझै खुट्टातिर हेर्दै भने। हेर्नु न - उ सहज भाकामा प्रस्तुत भयो ...