Skip to main content

प्रभावहीन ' प्रभावशाली नेता '

मिलन बगाले
तनहु



उखान टुक्का मिश्रित ओलीका 'उटुङ्गा महावाणी' ले आफूमा प्रभाव पर्यो भन्दैमा दुनियाँ झुक्याउने यस्ता सामग्री प्रसारण तथा प्रकाशन गर्न मिल्छ र ? माधव नेपाल लाई 'बरिष्ठ नेता''को पद दिए झै ओलीलाई 'प्रभावशाली नेता' को पद दिए पो पत्रकारले ठिकै गरे भन्नु । कि स्पष्ट शब्दमा ' पत्रकारका प्रभावशाली नेता' भनेरै किटान गर्नुपर्यो कि उनको जे पद हो त्यही उल्लेख गर्नुपर्यो।

समाचार माध्यमले समाजमा सुचना र चेतना प्रवाह गर्ने काममा अग्रणी भूमिका निर्वाह गरेका हुन्छन । आफ्ना निजि विचार र आग्रहको छाया समाचारमा देखिनु हुन्न भन्ने आम मान्यता सबैतिर छ ।स्थापित मान्यता विपरित त्यस्ता विचार र आग्रह जवरजस्ती लादेर जनता दिग्भ्रमित पार्ने रोगबाट मूलधारकै प्रायजसो समाचार माध्यम ग्रस्त भएको तितोयथार्थलाई म बर्षैदेखी नियालिरहेछु ।आज त्यसैको एउटा पाटोको चिरफार गर्दैछु ।

शुरुवात समाचार माध्यम बाट नगरी अनौपचारिक सेवा क्षेत्र केन्द्ध ईन्सेक बाट गरौ । यसको एउटा गलत गतिबिधि कोटयाउदै छु म । मानव अधिकारको क्षेत्रमा काम गर्ने एउटा निष्पक्ष संस्थाको रुपमा मैले यसलाई बुझेको छु । तर यो पनि राजनितिक आग्रह बाट मुक्त हुन सकेको देखिएन। एमाले र त्यसमाथि पनि केपी कमरेडको खल्तीको सामानजस्तो देखायो यसले आफुलाई एउटा कार्यक्रममा। गत साउन १६ गते ईन्सेकले राजधानीको राष्ट्रिय सभा गृहमा १८ औ प्रकाश स्मृति दिवस तथा प्रकाश मानव अधिकार पुरस्कार अर्पण समारोह सम्पन्न गरेको थियो । विगत पाच बर्षदेखि डडेल्धुराको टीम अस्पतालमा रहेर कुष्टरोगीको निस्वार्थ सेवा गरेका डा अरुण बुढाले उक्त पुरस्कार पाएका थिए। द्धन्द्धपिडितको पाश्र्वचित्र र सिडि समेत सार्वजनिक गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि तथा नेकपा एमालेका स्थायी कमिटि सदस्य केपी ओलीलाई 'नेकपा एमालेका बरिष्ठ नेता' को नाम र हैसियत दिएर पाश्र्वचित्र र सम्मान पत्र मा हस्ताक्षर गराइएको थियो । उदघोषक त्यसै भनिरहेकी थिइन र तेही बेहोरा बाचन गरीरकेही थी इन् । यो तमासालाई चुपचाप हेर्दै मैले सोचे - सुबोध प्याकुर्याललाई कतै भेटे भने 'कमरेड जय होस, ओली कमरेड आरामै ?' भनेर सोध्नुपर्ला ।

कुनै पार्टी या सघसस्थामा लामो समय काम गरेका ब्यक्तिलाई बरिष्ठ भनिने आम प्रचलन भएपनि यो पद एमालेमा औपचारिकरुपमै माधव नेपाललाई प्रदान गरिसकेपछि केपी ओलीलाईं बरिष्ठ भन्नु चाटुकारको चाप्लुसी र दुनिया झुक्याउने चालसिवाय केही होईन।

अब पालो पत्रकारका प्रभावशाली नेताको । मुलधारका स्याना ठुला प्रायजसो सबै पत्रिका (काठमाडौ बाहिरकाले के लेख्छन कुन्नी! ) लगायत टिभि एफ एम रेडियो र अनलाईन वालाहरुले समेत एमाले स्थायी कमिटि सदस्य केपी शर्मा ओलीको नाम अगाडी 'प्रभावशाली नेता' को नक्कली उपाधी जडान गरिदिएका छन । नेता प्रभावशाली हुन चाहिने पहिलो र अनिवार्य शर्त के हो , पत्रकार मित्रहरु लाइए ज्ञान हुनुपर्ने हो । आम जनता र पार्टी कार्यकर्तामा जसले राम्रो प्रभाव पारेको हुन्छ त्यै हो प्रभावशाली नेता। खुराफाती लगायतका गतिबिधि तपशिलका कुरा हुन । यि दुबैतिर राम्रो प्रभाव पार्न सफल नेता त औलामा गनिन्छन । बिपी गिरिजाबाबु मदन भण्डारी बाबुराम भट्टराई र गगन थापाजस्ता युगले एकाकदा जन्माउने नेता ।

जनता र कार्यकर्तामा परेको सकारात्मक प्रभाव नाप्ने सबैभन्दा बिज्ञानसम्मत यन्त्र भनेको पछिल्लो निर्वाचन नै हो ।जनता र कार्यकर्तामा ओली कमरेडको पछिल्लो प्रभावबारे धेरै लेखिराख्नै पर्दैन। पत्रकारले मुर्ख बनाउन खोजेपनि दुनिया त्यस्तो लठ्ठु छैन। संबिधानसभा चुनावमा उनकै गृहजिल्लाका जनताले 'तिम्ले हाम्लाई केही सकारात्मक प्रभाव पार्न सकेनौ, तिम्रो उखान तिमिसगै राख- काठमाडौ लगेर बेच' भन्दै हराएर पठाइएदिएका हुन । त्यसैले आमजनतामा परेको यिनको पछिल्लो प्रभावको लामो ब्याख्या गरिराख्नै पर्दैंन।

अब कुरो उनकै पार्टीभित्रको । लोकतन्त्रमा बिश्बास राख्ने पार्टीहरुमा महाधिवेशनले राम्रै महत्व राख्छ। नेता र निति दुबै चुन्ने ठुलै चाडवाड हो यो । कार्यकर्ताहरुले आफ्ना 'प्रभावशाली' र आर्दश नेताहरुलाई भोट दिएर उनीहरुका राम्रा कामप्रति ऐक्यबद्धता जनाउने र उनीहरुलाई पदिय जिम्मेवारी दिने गर्छन यो महाकुम्भमा। एमालेको पछिल्लो महाधिवेशनमा 'ओलीको नेतृत्व र नितिले आफुमा प्रभाव नपरेको ' भन्दै कार्यकर्ताहरुले भोटको थुप्रो 'प्रभावशाली नेता' झलनाथ खनालको पोल्टोमा हालिदिएको तथ्य कसैबाट छिपेको छैन भलै समाचार माध्यमहरुले एकैचोटि चर्को स्वरमा किन कोकोहोलो नमच्चाउन ।

उखान टुक्का मिश्रित ओलीका 'उटुङ्गा महावाणी' ले आफुमा प्रभाव पर्यो भन्दैमा दुनिया झुक्याउने यस्ता सामाग्री प्रसारण तथा प्रकासन गर्न मिल्छ र ? माधव नेपाल लाई 'बरिष्ठ नेता''को पद दिए झै ओलीलाई 'प्रभावशाली नेता' को पद दिए पो पत्रकारले ठिकै गरे भन्नु । कि स्पष्ट शब्दमा ' पत्रकारका प्रभावशाली नेता' भनेरै किटान गर्नुपर्यो कि उनको जे पद हो त्यही उल्लेख गर्नुपर्यो।

यहिनेर नागरिक दैनिकले गरिरहेको जिम्मेवार पत्रकारिताको म तारिफ गर्दछु । असोज १६ गते को नागरिकमा छापिएको 'माओवादीसंग हात मिलाउनुको बिकल्प छैन : खनाल' शिर्षकको समाचारमा ओलीलाई प्रभावशाली नेता नभनी 'पार्टी नेता' लेखिएको छ। यो पो हो त तरिका । पार्टी र जनता कतैतिर उल्लेख्य प्रभाव नभएका नेतालाई त्यसै ठुलो बनाएर र समाचारमा आफ्नो गलत बिचार नलादन पत्रकार मित्रहरुलाई मेरो हार्दिक अनुरोध छ । पत्रकार मित्रहरुको सधै जय होस।

~ मिलन बगाले
तनहु
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा