Skip to main content

Posts

Showing posts from June, 2010

धेरै साँझ डल्यो , तर पनि जुन देखिएको छैन

-"सन्ध्या" हाल अमेरिका एउटा भुल भयो पाइला अन्त मोड्न सक्दिन अतीत आइरहन्छ आज एक्लै रमाउन सक्दिन धेरै साँझ डल्यो तर पनि जुन देख्न सक्दिन साहेद यो भाग्यमा तिम्रो साथ लेख्न सक्दिन [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो !

~दि जगत, जिम्मावे छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो हिन्दाहिन्दै मोडमा कतै, आफैंलाई अल्झाइएछ अधुरो जीवन ,आफ्नै घाउ,आज आफै बल्झाइएछ चोट तिमीलाई दिए पनि, आफैंलाई दुखाइएछ ! मेरो सपना फुटे पनि, तिम्रो सपना सजाइएछ तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो सानो ठूलो भुल सबै माफी हुन्थ्यो छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नेपालीमा एम.ए. - एक छिन हाँसौं न !!! (भाग-एक)

शब्द अनि चित्र: राजु लामिछाने लेखनाथ नगरपालिका, कास्की (हाल मिनिसोटा, अमेरिका) पुरानो बसपार्कवाट किर्तिपुर जाने बस बिहानीपख प्राय: भिडभाड हुन्छ । फेरी बिग्रेको बाटो, घरिघरी रोक्दा र अकस्मात ड्राईभरले ब्रेक लगाउँदा उभिएका यात्रुहरु दायाँ वायाँ ठोकिने र आपसमा घच्चा लाग्नु समान्य जस्तै हुन्छ । लौ... कुरा गर्दा गर्दा फेरी घचक्क ब्रेक लाग्यो । हेरौं अब के हुन्छ ... बसवाट झरे पछि साथीले सोध्छन् ... क्रमश- - - Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

एक्लै जाउला, म मेरा सपना हरुको मलामी !

पि. डि. काठमाडौं नेपाल शुभ रहोस् तिम्रो जीवन, सधैं मेरो सलामी एक्लै जाउला म मेरा सपना हरुको मलामी थाहनै नपाई भित्र भित्र मन तिमीलाई पराए दोबाटोमा कुराए,‍ अनि आखिर म नै हराए तिमी गयौँ छोडि , एक्लै पागल सरि कराए सपना बुन्न के लागेको थिए, भुईँमा झराए मेरो जीवन रहेछ एउटा भयङ्कर सुनामी आशा गर्छु नहोस् हामी दुवैको बदनामी शुभ रहोस् तिम्रो जीवन, सधैं मेरो सलामी एक्लै जाउला म मेरा सपना हरुको मलामी Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बीच एमाले नेता कृष्णलाल महर्जनको घरमा भएको गोप्य बैठकको झलक

ध्रुब बन्जाडे इटाली " कृष्ण काम्रेड, प्रचण्ड काम्रेड लाई अस्ति त्यो विदेश बाट ल्याएको कोसेली नचखाउनी?" " भैहाल्छ नि प्रचण्ड कोम्रेड" सिल त ठिक छ? (सबै चेक गर्छन् । गुड! बिदेसी रैछ ! मलाई त नेपाली स्वाद नै मन पर्दैन.. २-४ प्याक लगाएपछि प्रधानमन्त्री माधवकुमार नेपाल र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच ललितपुरको बालकुमारी स्थित एमाले नेता कृष्णलाल महर्जनको घरमा गोप्य बैठक बस्यो. यो बैठकमा कुनै सहमति भैहाल्छ कि भन्ने आशा थियो जनतालाई. तर बैठकको मुख्य उद्देश्य चाही अर्कै थियो। हेरौँ के थियो त त्यो रहस्य ! "लाल सलाम" , प्रचण्ड कमरेड ! ( फिस्स हाँसे जस्तै गरेर ) "नमस्ते नमस्ते". कृष्णलाल महर्जन दुवै नेताहरुलाई बैठक रुम सम्म लैजान्छन्. " ल काम्रेड हरु, कुराकानी सुरु गर्नु भए हुन्छ। "धोका लगाउन खोज्दै कृष्णलाल "धेरै बेर पर्खाउनु भो, तपाईले मलाई". "तपाई नि! , कहिले राजीनामा दिनु हुन्छ र, बालुवाटार फेरी जाउला भनेर पर्खेको पर्खी छु म" . "राजीनामा मरे गए दिनु हुन्न तपाई" "सहमतिमा आउनुस् न राजीनामा त तु दिहाल्छु&qu

रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना !

मेमोरियल डे को सप्ताहन्त पारेर टुईन सिटिज(मिनियापोलिस तथा सेन्ट पल), का नेपालीहरु ले रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना गरेर भव्यताका साथ मनाए। करिब १५० किमी मा रहेको सेन्ट क्रोक्स पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा पङ्क्तिकारले पनि आफ्नो सहभागिता जनाएको थियो ! कार्यक्रम सार्है रोचक भएको थियो । लोक दोहरी, अन्ताक्षरी, नाचगान तथा खेलकुद हरुले कार्यक्रममा अरू थप रमाइलो आयाम थपेको थियो । कार्यक्रम अवधिमा पटक पटक विदेशी तथा नेपाली बनपाले (रेन्जर) हरुले पार्क बाटै निकालिदिने चेतावनी दिएका थिए । चेतावनी को बाबजुद पनि नेपाली हरुले आफ्नो पूर्वनिश्चित कार्यक्रमलाई नियमितता नै दिएका थिए । कार्यक्रम आयोजक तथा संयोजन कर्ता हरु सबैलाई धन्यवाद ! साथ साथै सहभागिता जनाउने सम्पूर्ण नेपालीहरूलाई छड्के सलाम ! रमाइलो भिडियो क्लिप पछि अर्को पोस्टमा ! जदौ ! Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]