Jun 25, 2010

तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो !

Facebook

~दि जगत,
जिम्मावे


छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो
हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो


हिन्दाहिन्दै मोडमा कतै, आफैंलाई अल्झाइएछ
अधुरो जीवन ,आफ्नै घाउ,आज आफै बल्झाइएछ
चोट तिमीलाई दिए पनि, आफैंलाई दुखाइएछ !
मेरो सपना फुटे पनि, तिम्रो सपना सजाइएछ

तिमी मेरो सामु हुँदा सबै कुरा काफी हुन्थ्यो
सानो ठूलो भुल सबै माफी हुन्थ्यो
छुट्यो साथ आज, बरु नभेटिएकै जाति हुन्थ्यो
हामी बीचको सम्बन्ध यो, अझै कति माथि हुन्थ्यो



Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP