Skip to main content

Posts

Showing posts from August, 2010

आत्मघाती बमको शहर !

बगाले, मिलन क्यामिन – ६, वर्लाची तनहुँ ब्यापार ब्यबसाय गरिखाने होईन लुटिखाने भाडो बनिराख्दा समेत टुलुटुलु हेरेर तथा काल कुरेर बस्ने दिन आउनु लाई के शब्दले पुर्कानु खै? पाच रुपैयाको मसाला किन्दा ४ रुपैया काठको धुलोलाई तिर्नुदेखीन ग्यास किन्दा आत्मघाती बम किनिनुले ब्यापार ब्यबसाय मानव तस्करहरुको ताण्डव लिला मच्चाउने थलो बन्दै गएको देखिन्छ। पडकेर मर्नुलाई नेपाली जीवनको नियमीत आकस्मीकता मान्ने हो भने यसको डरलाग्दो नया संस्कारले समाज यतिबेला आतंकित छ। दिनैजसो ५ - ७ वटा (नेपालीलाई जना होईन वटा मा गन्दा राम्रो ) मान्छे मुबाईल पडकेर मरेको खबर बिस्तारै बासी बन्दै गर्दा सिरानीनेरको सिलिन्डर मान्छे खान पल्केको छ। शहरवासीकै कुरो गरम, आजकाल प्राय सबैजसॊको सिरानीमा सिलिन्डर फिट छ। ग्यास सिलिन्डर जोडनुलाई ठुलै बहादुरी ठानिन्थ्यो एकाध बर्ष पहिलेसम्म। यो बहादुरीको पातो लगभग धरैले पल्टाईसके। छुट्टै भान्छाकोठोको अभाभमा बहादुरीको यो तक्मालाई मैले झै लाखौ अस्थाई राजधानीवासी सुत्ने कोठोभित्रै सजाउन बिबश छन। सुत्ने खाटभन्दा ५-७ फुट दायावाया बसेको यो रातो घैटोलाई आत्मघाती बम ठानेर दिनरात तसर्ने गरेको छु

गजल

अर्जुन दाहाल अपवाद मिर्गे-५, चिलाउनेखर्क दोलखा कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ । सुन्नेलाई भन्दा धेरै भोग्नेलाई घात हुन्छ । नयाँ विहान हुनु अघि अन्धकार रात हुन्छ । कति दुखे मनहरु केहि थिएन नाप्नलाई आफ्नै मात्र दु:ख देख्ने मानिसको जात हुन्छ । देश दुख्दा द्वन्द्व सँगै मेरो संसार सामेल थियो अरूलाई सुन्ने कस्ले सबैको आफ्नो बात हुन्छ । कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ । बिर्स भन्छन् सबै जना बिर्सने पो कसो गरि सुन्दर देश बनाँउ अब हातमाथी हात हुन्छ । ~apawad@hotmail.com [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

जीवन यो आखिर संघर्ष नै हो

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका नर्सिङमा व्याचलर डिग्री उत्तीर्ण गरेर, नागरिकको स्वास्थ्य सेवामा गत छ वर्षदेखि सेवारत पोखरा ८ बगालेटोल निवासी २९ वर्षीया नर्स भक्ति गुरुङ,२०५९ सालदेखि केही विरामी परेकी र गत फागुन महिनामा मात्रै दुवै मृगौलाले काम गर्न नसक्ने रिपोर्ट आएपछि उहाँको मृगौला प्रत्यारोपण गर्न पर्ने भएको छ। बाँचेर नागरिकको सेवा गर्ने चाहने उनै गुरुङप्रति समर्पित यो कविता! जीवन यो आखिर संघर्ष नै हो लड्नु छ हरेक पल पलमा तिमीले जित्नु छ आखिर मृत्युलाई तिमीले आँसुमा बगि कमजोर नहुनु तिमी संघर्ष नै आखिर जिन्दगी हो यहाँ लढ्ने प्रयास मात्र गर तिमी साथ दिने हातहरू कति छन् कति यहाँ जीवन यो आखिर संघर्ष नै हो पिउनु छ आँसु लाइ यहाँ तिमीले हाँस्नु छ आखिर जिन्दगी भर तिमीले नमार्नु जिउने आशहरु तिमीले मृत्युलाई छोडी अगाडि बढ्नु छ यहाँ विजयी गर्नु छ दैव को खेलमा तिमीले आशिष सबैले दिदै छन् यहाँ जीवन यो आखिर संघर्ष नै हो साथ दिनु छ यहाँ धेरै तिमीले अझै संसार हेर्न बाकि छ तिमीले [आर्थिक अभावको कारण नर्स भक्ति गुरुङले मृगौला प्रत्यारोपण गर्न सक्नु भएको छैन। तत्काल उहाँको मृग

ए एन एम एन वार्षिक भलिबल प्रतियोगिता शुभारम्भ

पुर्व सर्त अनुसार रातो भाले समुहले ले रातो भाले को मासु परिकार तथा तातो आलु समुहले तातो आलु को परिकार खुवाउँदा दुबै समूहले वर्षकै उत्कृष्ट समय को अनुभूति गरेको थिए । हरेक साल आयोजना गरिँदै आएको ए एन एम एन भलिबल ट्रफि च्याम्पियनसिप को शुभारम्भ भएको छ। अगष्ट १४ मा सुरु गरिएको उक्त प्रतियोगिता मा ८ टिम हरुले सहभागिता जनाएका थिए । सहभागी टिमहरू क्रमश, तातो आलु, नया नेपाल, रातो भाले, भुकम्प, एपल भ्याली क्लब, बारुला, भोले नाथ र चौतारी हुन । प्रथम चरणमा भएको लिग खेलमा समूह क बाट क्रमश नया नेपाल र भुकम्प सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह ख बाट भोले नाथ र बारुलो ले सेमिफाइनल मा आफ्नो स्थान सुरक्षित राखेका छन् । गत बर्ष को बिजेता , तातो आलु समूह, यो पटक लिग चरण बाट नै बाहिरिएको छ । लिग चरण का बिजेताहरु सबैलाई बधाई तथा तथा अन्य सहभागी समूहहरुलाई आउदो सालको लागि अग्रिम शुभकामना ! गत बर्षको बिजेता टोली "तातो आलु" ! रमाइलोको लागि लिग बाट बाहिरिसकेका समूह तातो आलु र रातो भालेले मैंत्रिपुर्ण खेल खेलेका थिए । पुर्व सर्त अनुसार रातो भालेले रातो भाले को मासु परिकार तथा तातो आलु

जन्मदिन लाई शोक वा उत्सब उपहार!!

नमस्ते,       सर्वप्रथम म तपाईहरुलाई तलका हरफ हरु एकचोटि अध्यन गरिदिनुहुन बिनम्रतापुर्वक निबेदन गर्दछु । तपाईलाई जानकारी गराउ कि निम्न हरफहरु, मेरो ब्लग को एउटा प्रस्तुती "जन्म दिनको शुभकामना !" मा प्राप्त टिप्पणी बाट साभार गरेको हुं, र यसलाई लेख्ने कष्ट गर्नु भयको छ, नियमित पाठक मित्र पोखरली ठिटो ज्यु ।।।।     " जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जीवन दर्शनशास्त्र को गहिराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ। जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई? राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न गरेका त होईन?

रक्तदान कार्यक्रम सम्पन्न

जुलाई ३१, हरेको मानिस सामाजिक प्राणी हो । जुन सुकै ठाउँमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केही उत्तरदायित्व हुन आउछ । यही हेतुले, नेपाली समुदाय मिनिसोटा(ANMN) र अमेरिकन रेडक्रस द्वारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लगभग ४० जना सहभागीले रक्तदान गरेर आफ्नो सहभागिता जनाएका थिए। सम्पूर्ण रक्तदानका सहभागीहरुलाई निसुल्क नास्ता तथा जुस अनि बिस्कुट वितरण गरिएको थियो ! नास्ता लाई डेनिज ले प्रायोजन गरेको थियो ! उक्त कार्यक्रममा सहभागीको केही तस्विर हरु हेर्न तल आउनुहोस। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]