Skip to main content

जन्मदिन लाई शोक वा उत्सब उपहार!!

नमस्ते,
      सर्वप्रथम म तपाईहरुलाई तलका हरफ हरु एकचोटि अध्यन गरिदिनुहुन बिनम्रतापुर्वक निबेदन गर्दछु । तपाईलाई जानकारी गराउ कि निम्न हरफहरु, मेरो ब्लग को एउटा प्रस्तुती "जन्म दिनको शुभकामना !" मा प्राप्त टिप्पणी बाट साभार गरेको हुं, र यसलाई लेख्ने कष्ट गर्नु भयको छ, नियमित पाठक मित्र पोखरली ठिटो ज्यु ।।।।
    " जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जीवन दर्शनशास्त्र को गहिराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ।
जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई?
राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न गरेका त होईन? बिगत को एक बर्षको उपलब्धि अनि उताब चढाव को गणना गर्ने हेतुले आत्मविश्लेषण गरौं मौनतमा;उत्सवताको अभिनन्दनको ध्वनिमा होइन।
विनोदजीलाई दीर्घायुको कामना चांहि अवश्य टक्राउछुं एक अविदित व्यक्तिबाट।
“ – पोखरेली ठिटो


    म, न त कुनै दार्शनिक नै, न त कुनै जीवन शास्त्र को ज्ञाता नै । तर पनि माथी का हरफ हरु ले मलाई कता कता आज आफैलाई यो जैवीक संसार को परिभाषा भित्र घुस्न मन लागेको छ । जीबन के हो त? मृत्यु के हो त ? जीवन लाई आफ्नै परिभाषा दिने हरुको कमि छैन यहा । एउटा नसामा रमेको दुर्बेसनी युबाले जीवन को जुन परिभाषा दिन्छ, के त्यो परिभाषा एउटा सच्चा शाधु को परिभाषा संग मिल्ला त ? अर्को उदाहरण पस्कन्छु म यहा , के एउटा सच्चा ब्रम्हाचारीको जीवन परिभाषा लाई स्वागरात मा दुबुल्की मार्दै गरेका नब जोडी को परिभाषा संग दाझ्न सक्नु हुन्छ । कोहि मर्न देखि डराउछन यहा त कोहि मर्न को लागी ताती लाग्ने भिडको पनि कमी छैन यहा । सामुहिक आत्महत्या गरेर देह प्राप्त गर्ने अनि आफुलाई भगवान को शरणमा सुम्पेको आस राख्ने हरुको भिड पनि नभयको होईन यहा। पुनर्रजन्म को सपना देखेर, अर्को जन्म संमको लागि निदाउने मानिसको पनि कहा कमि छ र यहा ! र कोहि मृत्यु देखि कापेर आफ्नो जीन्दगी भरनै एउटा मृत्युरुपी जीन्दगी जीउने हरु पनि यो समाजमा प्रस्सत छन ।
   मेरा माथिका उदाहरण को मुल सार भनेको जीवन र मृत्यु को परिभाषा सबैले आफ्नो जीवन भोगाइ बाट गरेको हुन्छ भन्दा फरक नपर्ला । आदि गिलास भएको पानि को गिलास लाई कसैले आदि खाली देख्छ त कसैले आदी भरी, कुन सही कुन गलत । म त भन्छु, तपाईको हेराइले जे देख्यो, त्यो तपाईलाई बिल्कुल सही छ , तर अरु को हेराई तपाईको संग मेल नखान सक्छ । तपाईको दाया भयको बस्तु मेरो बाया हुन सक्छ , तपाइ र मेरो बिबाद यहा दाया बाया मा हुन्छ , बास्तवमा हामी दुबै आ‍-आफ्नो स्थान मा सहि छौं तर पनि मानव ब्यवहारको प्रतिरुप देखाउछौ हामी ।
   यहानिर प्रंसङ्ग बदलौं हामी, लागौं मेरा आत्मीय मित्र ज्यु को टिप्पणीतिर, उहालाई लागेछ हरेक बर्ष जन्म दिन लाई उत्सव गरेर मनाउनु को कुनै सार्थकता नै छैन, उहा जोड दिनुहुन्छ , जन्मदिनलाई उत्सबमा हैन सोखमा बदले बढी बौंद्दिक हुने बिचार पोख्नु भएको रहेछ , के लाग्छ तपाईलाइ ? उहा थप्नु हुन्छ ,जन्मदिन त भगवान को मात्र मनाईन्छ रे ? के मानव को जन्म दिन मनाउदा दैवीकता को दर्जा दिनु जरुरी छ त ? के हाम्रो जीवन चक्र मा हाम्रो केहि हक छैन त ? के हामीलाई केवल कठपुतली बनाईयको मात्रै हो त ? के हामी संग हाम्रो जीवनको केहि नियन्त्रण छैन त ? तपाई लाई के लाग्छ , कृपया आफ्नो कुनै प्रतिक्रिया तलको टिप्पणी बाकस (कमेन्ट बक्स) मा पस्किदिनु भय मा कृतकृत्य हुने थिए ।
   मेरो अर्का पाठक मित्र, सन्ध्या, ले पस्केको टिप्पणी मलाई यहा साभार गर्न मन लाग्यो, उहाले बिचार अनुसार यदि हामीलाई कठपुतली बनाईएको भए र हाम्रो जीवन मरण पुर्व निश्चित कार्यक्रम अनुसार चल्नेनै भए, किन मानव जाती जीवन मरण को लागी कसरथ गर्छ ? उहालई लाग्दो रहेछ, हाम्रो जीवन मा हाम्रो पनि केहि नियंत्रण छ भनेर । उहा बिश्वास गर्नु, हुन्छ देवीदेउता त केवल एउटा मार्गदशक मात्र हुन, हिढ्ने त केवल पाणी नै हुन ।
   यी त भए मेरा आत्मिय पाठक बर्ग का केही प्रतिक्रिया हरु । अब मुल बहस मा पस्न मन लाग्यो मलाई । मलाई लाग्छ जन्मदिन, उत्सव को रुपमा त्यो प्राणीले मनाउछ, जसले आफ्नो जन्म ले एउटा सार्थकता पाएको अनुभव गर्छ, मलाई फेरि यहानिर मित्र, पोखरेली ठिटो केही वाक्यांस साभार गर्न मन लाग्यो, “अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता ‌‌‌‌‌‍‍‍---------, गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई ? “। हामी के लाई बौद्दिक मान्छौं त त्यो आ-आफुमा भर पर्ने कुरा हो । जसरी मैले माथीको अनुंक्षेदमा आदि गिलास को पानि को उदाहरण पेश गरे, त्येसरिनै तपाइ आफ्नो जन्म दिनलाई उत्सव वा सोकमा ढाल्न सक्नु हुन्छ होला। मित्र ठिटो ज्यु, सायद तपाईलाइ जीन्दगी भरि नै ठिटो बस्ने रहर लागेको हुन सक्छ र तपाइ जन्म दिन देखि अत्तालिनुहुन्छ, एक बर्षे आफ्नो ठिटोपन घट्यो भनेर ! फेरि यहा निर अर्को तपाईकै भावउक्ति उठाउछु म, “मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? “, यहा निर तपाईको भाव बिपरित यो बाक्य प्रस्फुटन भयको पाएको छु मैले, तपाई भन्नु हुन्छ हरेक मानिस को जन्म मृत्यु मा मानव जातीको हैकम छैन र फेरि भन्नु हुन्छ जन्मदिन लाइ उत्सब हैन शोक ले मनाऊ , किन मनाउने शोकले जवकि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको छ भने ? के को लागी शोक गर्नु हुन्छ, म त भन्छु यदि तपाईलाई आफ्नो जीवन पर्ति अलिकति पनि सार्थकता देख्नु हुन्छ भने रम्नु होस यो समयमा आफ्नो सार्थक जीवनपर्ति, हो भोलि हामी सबैले मृत्यबरण गर्नु नै छ, र यसलाई नित्य जीबनचक्र नै भन्न रुचाउनु भयको छ तपाईले ।
   के जन्मदिन लाइ उत्सब को रुपमा मनाउन दैवीकता को दर्जा संग दाज्न मिल्ला ? गौतम बुद्द के मानव हैनन र ? यशुवा (जीशस ) पनि त एक मानवनै थिए , त्यसरि नै बहाउल्ला पनि त मानवनै थिय हैन र ? देवी देउता त एउटा आस्था हो जस्तो लाग्छ मलाइ, आज म संगै ज्युनार गरेको, मेरा कुनै मित्र भोलि देवता को रुप नलेलान भन्न सक्दिन म , मेरा मित्र संन्धाले आफ्नो टिप्पणीमा भने जस्तो देवीदेवता भनेका त केवल पथप्रर्दसक मात्र हुन । एउटा आस्था को दियो छ हामी भित्र, जसले हामी लाई एउटा उज्यालो प्रकाश छरेको छ र कतिले त्यो प्रकासलाइ निहाल्न सक्छन कतिले आफ्नो यो ब्यग्र जीवन मा यसको चालनै पाउदैनन, भन्न रुचाउछु म।

   हो म समर्थन गर्छु यो वांक्यासलाई “बिगत को एक बर्षको उपलब्धि अनि उताब चढाव को गणना गर्ने हेतुले आत्मविश्लेषण गरौं, मौनतमा” बिल्कुल सहि , हो ज-जसले आफ्नो जन्म उत्सव मनाउछ उसले आफ्नो बिगतको एक बर्ष को आत्मबिश्लेषण गरेर आफ्ना आउने बर्षको सामान्य कार्यतालिका पेस गर्न सक्ने हुनु पर्छ। तर मित्र ठिटो ज्यु को जस्तो शोकमा परेर बिश्लेषण गर्नु पर्ने बाध्यता मैले देखेको छैन । म त भन्छु हरेक मानिस ले हरेक दिन लाई एउटा आफ्नो जन्म उत्सब सरह मनाउनु पर्छ । उत्साही मन चाहिन्छ, चाहे त्यो सारिरिक बिकास होस या त मानसिक बिकास को लागि । सोकाकुल पाइला हरु लक्ष संग ढगमगाउछन ! किन ढगमगाउन दिने यी पाईला हरुलाई , जे मा मन खान्छ त्यस मा हात हाल्नु होस, मन, बचन, कर्म र तपाई उत्साह खर्चनुहोस , तपाई सफल हुनुह्नछ । हास्नुहोस र सक्नु हुन्छ भने अरुलाई पनि हास्न सघाउनु होस । मैले मानिस हरु देखेको छु , भोगेको पनि छु , यदि आफुलाई कुनै फाईदा छैन भने कुनै पनि काम मा हातै नहाल्ने । यहा निर हामी हरु को सोच परिवर्तन गर्न मन लाग्छ मलाई , कमसे कम आफु घाटा खायर अरु लाई फाइदा हुने काम नगरे पनि , यदि आफुलाइ कुनै नोक्सान हुदैन र आफ्नो सानो सहयोग ले कसैलाइ थोरै भएपनि सहयोग पुर्याउछ भने , आफ्नो हात अगाडि सारिदिउ, हुन्न र ? के नै छ र यो छोटो जीवन , किन रिस राव राख्ने अनि किन सत्रुभाव गास्ने ? हामि आफ्नै आफ्नै लाई किन पराई ठान्ने होइन र ? किन लडाई झगडामा यो छोटो आयु मास्ने ?

पढिदिनु भएको मा धन्यबाद !!

अस्तु !

यो लेख पहिला http://sapanasansar.blogsome.com मा थियो ! पुराना प्रस्तुती हरु तपाई http://sapanasansar.blogsome.com मा गएर हेर्न सक्नुहुन्छ !

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:


Comments

  1. मानसपटलमा उर्लेका मनोभाव लाइ जिज्ञासा मार्फत पाठकसामु पेश गर्नु मात्र मेरो उद्देश्य रहेको कुरा हरेक शब्दान्त प्रश्नबाचक चिन्हले सिद्ध गरेकै हुनुपर्छ जस्तो मलाई लाग्छ। यसर्थमा शोकाकुल दिनचर्यामा मेरो पनि बित्दैन जन्मदिन। तर मैले बुझ्न नसकेको कुरा म तपाई समक्ष पेश गर्ने अनुमति लिन चाहन्छु।
    आखिर जन्मदिन खुशियालि के को? धनमा उन्मादी पल्लो घरको काईंला दाईले आफ्नो कुलतमा लागेको छोराको बर्थडे केक काटेर, बेलुन टांसेर, मैनबत्ति निभाएर अनि “ह्याप्पि बर्थडे टु यु” को संगितमा थपडि मारेर मनायो, आखिर किन?
    दैवगति वा भावीमा आस्था राख्नु नराख्नु व्यक्तिगत चयन हो। देवीदेउताको मार्गदशनमा यात्रा गरिरहेकि बहिनी निर्मलालाई बिस बसन्त पार हुन नपाऊंदै कालले निर्ममतापुर्बक टपक्क टीपेर लग्यो गत बर्ष। बिचरि निर्मला्। अब्बल स्थानमा आऊंथिन हरेक क्षेत्रमा। यात्रामा हिढ्नमा के र कहां गल्ति गरिन त?
    यसो भन्दैमा जिवनलाई अभिप्रायबिहिन बनाउनु मेरो आशय होईन। भाग्यमा छ भन्दैमा डोकोमा दुध दोएर त पक्कै हुंदैन।

    ReplyDelete
  2. जिवनलाइ सार्थकता दिन हरेक मोडमा प्रयाश गर्नु पर्छ र हरेक



    गौतम बुद्द र ईसा मसीह निसंदेह मानिस नै थिए। काईंला दाईको छोरा पनि। सबैलाई केवल मानवताको आधारमा एकै पंक्तिमा राख्नु उत्तम होला त?
    पुन: अवगत गराउन चाहन्छु यहां को माथि उल्लेखित वाक्य मेरा जिवन-सिद्धान्त होईनन्। अन्ततोगत्वा “बर्थडे सेलेब्रेसन” स्वयंकृत निर्णय हो। कसैलाई लाग्छ उसको जिवनमा सबैभन्दा ठुलो उपलब्धि नै उसको जन्म हो। ठिक छ। तर मेरो बिचार मा जन्म त केबल शुरुवात हो, उपलब्धि होईन। हरेक उपलब्धिको त्सवता मनाउं झिनो शुरुवात को होइन।



    पश्च-लेख(ps): मेरो कलेज पढ्दाको निम्नायु सहपाठी मेरीलाई भने उनको एक्काइसौं जन्मदिन भने “केबल पिंउने बाहना”। त्यो पो उपलब्धि:)
    जदौ।

    ReplyDelete
  3. [मित्र ठिटो ज्यु, तपाईको समालोचन गर्ने क्षमता देखेर म प्रभावित भएको छु, सायद प्रभासिएका कमै नेपाली हरु मा यस्तो गुण पाउन सकिन्छ । कुनै दिन बसेर नै भलाकुसारी गरौला नि हुन्न र ? अनि काईलादाई को छोरा को जन्म दिनमा उपस्थिति जनाएर उस्को सोच मा परिवर्तन ल्याउन सहयोग गर्ने हो कि अनि बहिनी निर्मलाको आत्माले शान्ति पाओस , आभारी छु सधाझै तपाई प्रति ! कृपया टिका टिप्पणी जनाउदै गर्नु होला ! धब्यवाद – सपानसंसार]

    ReplyDelete
  4. Guys! Its difficult to understand your Nepali words. I didn’t understand some words and hence sentences at all. How do I write comment in Nepali ?

    ReplyDelete
  5. [मित्र के-मल कृपया http://www.mpp.org.np मा गयर Neplai Unicode Romanized Keyboard Layout डाउनलोड गरेर तपाईको कम्पयुटर मा इन्सटल गरि त्यहा दिएका उपाय अनुसार चलाउन सक्नु हुनेछ – धन्यबाद – सपनासंसार]

    ReplyDelete
  6. खोई के खोई के !

    ReplyDelete
  7. तिम्रो लेख पढेर मलाई पनि भावुक हुन बाद्द्य तुलायो यार। मेरो पनि श्रावन ९ गते जन्मदिन हो। तर मैले अझै थाह छैन म किन यस संसार मा जन्मिय अनि मेरो अस्तित्व के हो त? म आफ्नो चिनारी खोज्दै छु यार ।

    ReplyDelete
  8. [ मित्र शंकर , तपाई को जीवन सफल देख्छु म , कोहि मानिस पनि आफ्नो ठाउमा सत प्रतिसत सुखि हुन सक्दैन । सुखि जीवन भनेको त केवल एउटा सकारात्मक सोच मात्र हो । सकारात्मक सोच मा सकारात्मक क्रिया भयमा तपाइ हामि सबै को जीवन सफल हुन्छ जस्तो लाग्छ मलाई । केवल आवश्यकता छ त आत्मबिश्वास र सहि गन्तब्य अनि ढृड परिश्रम को । तपाई आफ्नो जन्मदिन भब्यरुपले मनाउनु होस मित्र । – सपनासंसार

    ReplyDelete
  9. यहाँ त सारै सिरियस कुरामा पो छलफल भैरहेको रहेछ। कुनै काम लाग्ने कुरा लेख्न नसकेपनि यसो केही शब्द प्रतिक्रियामा लेख्न मन लाग्यो।
    सबैभन्दा रमाइलो लागेको मेरो लागी यो वाक्य लाग्यो – “पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र?”।
    मानिसको औसत जीवनलाई “पूर्वनिश्चित” भन्न खोजिएको हो कि कुनै साक्षात entity ले हरेक मानव जन्मने, जीवनभरमा के के गर्ने र कुन निश्चित समयमा उसको मरण हुने निर्धारण गर्छ भन्ने विश्वाश प्रकट गर्न खोजिएको हो, कौतुहल लाग्यो।

    ReplyDelete
  10. I totally agree ! Thanks for you comments !

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...