Skip to main content

Posts

Showing posts with the label हासो ठट्टा

ए एन एम एन दशै तिहार नेपाल नाईट २०११ !

बिजयादशमी तथा दिपावली २०६८ को शुभँ अवसर पारेर मिनिसोटबासी नेपालीहरुले "ए एन एम एन(एसोसिएसन अफ नेप्लीज ईन मिनिसोटा ) दशै तिहार नेपाल नाईट २०११" सम्पन्न गरेका छन्। कार्यक्रममा नेपाली गीत संगीत , नाचगान तथा नाटक कंपनी को प्रस्तुती यस् पाली को दशैँ अम्रीकामा" प्रस्तुत गरिएको थियो। कार्यक्रममा नेपाली, तिब्बेती, भुटानी तथा अमेरिकी समुदायको उपस्थिती थियो। भुटानी तिब्बेतीयन समदायका नेपालीहरुले केहि पनि , नेपाली नृत्य तथा नेपाली गीत संगीत प्रस्तुत गरेका थिए । कार्यक्रमको मुख्य आकर्षण सदाझै नाटक कंपनी को प्रसतुती रहेको थियो। "यस् पाली को दशैँ अम्रीकामा" नाटक प्रस्तुत गरिदा थुप्रै तालीका गड्गाढाहट् सुनिन्थ्यो ! सपनासंसारमा आज त्यहि नाटक प्रस्तुत गरेको छु, आशा छ, तपाईहरुलाई अवश्य पनि मन पर्नेछ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

मुसाहरु बिरालाको गाउँमा

राजु लामिछाने माझठाना–६, काश्की हालः हप्किन्स, मिन्नेसोटा (गाईजात्रा २०६६ को उपलक्ष्यमा विशेष व्यंग्य कथा) चारबीस काटिसकेकी मेरी हजुरआमाका कतिपय रहरहरु केटाकेटीहरुका जस्तै छन। टेलिभिजनका केही कार्यक्रमहरु कहिल्यै छुटाउनु हुन्न। धार्मिक कार्यक्रममा मन्दिर र देबी देबताहरुको तस्विर देख्दा हात जोर्ने हजुरआमाको अर्को मन पर्ने च्यानल कार्टुन च्यानल पनि हो। कार्टुनमा पनि बिरालो र मुसाको कथा उहाँलाई असाध्यै मनपर्दो रहेछ। आज त्यही बिरालो र मुसाको कथा भएको कार्टुन आउने दिन रहेछ। हजुरआमाले चस्मा लगाउँदै केटाकेटीसँगै पलेँटी कस्नु भयो। सधै होहल्ला गर्ने केटाकेटीहरु पनि शान्त भए। हजुरआमा र केटाकेटीहरुको त्यस्तो उत्सुकता देखेर म पनि उनीहरुसँगै बसेर कार्टुन हेर्न थालेँ। शिर्षक रहेछ “मुसाहरु बिरालोको गाउँमा ।” बिरालाहरुले आफ्नो गाउँका लागि शूरुमै धेरै दु:ख गरेका रहेछन। भौतिक साधन र स्रोतले सम्पन्न बिरालाहरुका दिन शुख र मोज मस्तिमा बितिरहेका हुन्छन्। नयाँ पुस्ताहरु मोज मस्ति मै लागेकाले होला, हालै बिरालाका गाउँमा प्राबिधिक काम देखि सानोतिनो काम गर्नेहरुको अभाव बढ्दै गएको रहेछ। अरु बिकल्प पनि नभएर हो...

फन्टुस कुरा !

एक जना पण्डित बाजे बर्खरै रुद्री गरेर घर फर्कन्छन् । पण्डित पत्नी र पण्डित बीचको,यो सानो संवाद ! भाग - १ ------- पण्डित : आज एक ब्राम्हणको मा रुद्री गराएर बल्ल आइयो ! पण्डित पत्नी : य हो र ! ए हजुर एउटा केरा र एक गिलास दूध ल्याउ हजुरलाई ! पण्डित : ए मेरी अर्धाङ्गिनी , मेरो पेटमा अलिकति पनि खालि ठाउँ भएको त म उही ब्राम्हणकहाँ नै खाएर आइहाल्थे नि ! भाग - २ ------ पण्डित पत्नी : ए हजुर ! ए हजुर !! यहाँ पत्रिकामा हेर्नुहोस त , एक जना पण्डित खादा खाँदै मरेछन् नि ! पण्डित : कति भाग्यमानि रहेछन् ती जुजुमान ! मैले पनि त्यसरी खान पाए हुन्थ्यो नि ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

हिप्पी दिवस - February 14

प्रस्तुत पंक्ति हरु प्रणय दिवस को उपलक्क्ष मा लेखिएको हो ! मेरो त भैगयो, तिम्रो के छ कुन्नी जति बोलाउदा नि, किन हो नसुन्नी चेप्टेसंग गईकन, लिए अलिकति रिन गिफ्ट केने, पत्र लेखे, तिमीलाई दिन कपाल कोर्ने काईयो अनि किने एउटा डोरी जे भएनि तिमी मेरी छुच्ची सासुकि छोरी आज म त जादिन है तासको त्यो खालमा माया पिरिम गासौं हामी हिप्पीको तालमा तिमी मासु पकाउ टन्न म खाईदिन्छु बरु छेउमै बसेर एउटा गीत गाईदिन्छु दिउसो पल्लो गाउमा फिलिम् हेर्न जाने भेलपुरी र पकोडा संगै बरफ पनि खाने हिप्पि को माया लाउने दिन रहिछ आज त्यागी दिउँ अहिलेलाई हाम्रो सबै काज मनाउँ है हिप्पी दिवस, माया लाई चुनि अमर होस तपाई हाम्रो सबैको यो जुनि जादा जादै तपाई हरुलाई पनि प्रणय दिवस को उपलक्क्षमा सु्भकामना ! तपाईलाई तपाईको सहि सलामत जोडि मिलोस् , यो प्रणय दिवस को दिनमा ! यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!: