Skip to main content

Posts

Showing posts from January, 2010

७ वर्षे बालक द्वारा £ १२०,००० भन्दा बदी रकम युनिसेफ हेईटी आर्थिक सहयोगको कोषमा सङ्कलन !

समाज सेवा को लागी उमेर ले केही फरक पार्दैन भन्ने कुरा फुलह्याम ,वेस्ट लण्डननिवास ७ वर्षीय , चार्ली सिम्सन ले प्रमाणित गरिदिएका छन् । टेलिभिजन मा पट्यार लाग्दा हेईटि का दयनीय दृष्यहरु देखेपछि , चार्ली रोएनन् मात्र, एउटा अठोट राखेर आफ्नी आमा लियोनारासंग एउटा प्रस्ताब राखे , "आमा म मेरो साइकलमा , मेरो घर नजिकैको पार्क वरि परी ८ किमी साइकल कुदाउँछु, र यसलाई म मेरो गाउँले अंकल अंन्टी हरुलाई मलाई यसको लागी केही रकम सहित प्रायोजन गर्न लगाउँछु अनि ५०० पाउन्ड उठाएर युनिसेफ मार्फत हेईटि पठाउँछु। यो पैसाले त्यहाँ रहेका म जस्तै बच्चा बच्चीहरुलाई खाना को लागी , पानी को लागी र टेन्ट को लागी पैसा हुनेछ । " यो सुनेपछि , भावबिहोल बनेकि आमा लियोनाराले ईन्टर्नेट मार्फत, प्रायोजक हरु खोज्न को लागी एउटा पेज बनाईन्। त्यस पछि जव यो समाचार समाचार श्रोतहरुमा छायो, प्रायोजन गर्न खोज्नेहरुको लाईन नै लाग्यो। जम्मा £500.00 पाउण्ड को लक्ष्य लिएर खोलिएको उक्त पेज मा अहिले यो समाचार लेखुञ्जेल सम्ममा £114,720.07 पाउन्ड उठिसकेको छ , जुन सोचे भन्दा 22944% बढि हो।

ए एन एम एन, मिनिसोटा द्धारा रक्तदान कार्यक्रम को घोषणा !

हरेको मानिस सामजिक प्राणी हो । जुन सुकै ठाँउमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केहि उत्तर दायित्व हुन आउछ । यहि हेतुले सुवाष शिलवाल को संयजकत्वमा नेप्लिज एसोसियसन अफ मिनिसोट(ए एन एम एन) र रेडक्रस सोसाईटि को सक्रियता मा निम्न समय तथा स्थानमा रक्तदान कार्यक्रम हुदैछ। Venue : 815 East 78th Street, Bloomington, MN 55420 Date: March 6th 2010. Time: 9:30 AM – 2:30 PM उक्त कार्यक्रम आफ्नो उपस्थिती जनाउनु हुन संम्पुर्ण मिनिसोटबासि हरुलाई मिनिसोट नेपाली परिवार, ए एन एम एन हार्दिक अनुरोध गर्दछ। कार्यक्रम को बृस्तित बिवरण तथा जानकारिको लागि, साथ साथै आफु लाई दर्ता गर्न को लागि तल को लिंक क्लिक गर्नु होस् । http://anmn.org/anmn/?p=350#more-350 धन्यबाद ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

३ ईडियट्स् हरु !

तश्वीर आफै बोल्छ, ग्राफिक्स : राजु लामीछाने , मिनिसोटा [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]