Skip to main content

Posts

Showing posts from July, 2012

जिन्दगी

-पवन भण्डारी जिन्दगी, ,  लेवाँसको जीउझैँ कम्जोर कम्जोर,  थकाईले संगै - यता उता जता लप्काएपनि लप्किने - पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;  तान्दा निम्पत्ताको झोल भन्दा तितो; खाँदा लप्सीझैँ अमिलो; मसंग परिभाषा नसोध प्रिय - तिम्रो पो पर्यो फूल जस्तो; आफ्नो त, कहिले - मोई पारेपछिको नौनी घ्यू जस्तो  कहिले- च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !!  कहिले महँगो कहिले अत्ति सस्तो सस्तो जिन्दगी, खै कस्तो कस्तो !!! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Missed Call

~ Hitendra (Suman Joshi) Ringing your cell Declaring I am remembering you, And you are in my heart Not in mind, Each ring manifest My affection, Every vibration Vibrates my heart for you, Awaiting for Your manifestation, To feel your heart Vibrating like mine, Lingering for an evidence I am alive in your memory, I am waiting for a ring Ring of your heart, A response To my missed call [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नलुकाई भन

हरिकृष्ण महर्जन डंगोल "  पागलप्रेमी " कुवैत तिम्रो यादमा नतडपेको कुनै क्षण मेरो माया छ कि छैन नलुकाई भन मेरो दु:ख तिम्रो लागि सुख हुन्छ भने मेरो रोदन तिम्रो लागि हाँसो हुन्छ भने ज्यूँला प्रिय सहेर म दु : ख र रोदन मेरो माया छ कि छैन नलुकाई भन गरें माया प्रिय तिमीलाई आफ्नै मानेर तोडी गयौ मेरो मनलाई खेलौना ठानेर शायद तिम्रो स्वार्थीपनलाई मैले बुझ्न सकिन मेरो माया छ कि छैन नलुकाई भन सुनेथें प्रेम गर्नेहरु सुरुमा नै भन्छन दुइतार्फिको मनपेट बुझेपछि अँगालोमा बाँधिन्छन् तिम्रो नै मेरो पर्खाई भो कैले तिमीले  सोचेन मेरो माया छ कि छैन नलुकाई भन | All Rights Reserved © Author [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]