Skip to main content

Posts

Showing posts from December, 2008

अंग्रेजी नयाबर्ष २००९ को शुभकामना !

आकास भरि कालो बादल छ तर पनि नया बर्ष आएकैछ, अझै सुनसान रातनै छ तर पनि कोईली ले गीत गाएकैछ आखिर सयौं बाँचा खाएपनि गर्ने त केहि होईन कसैले तैपनि यो नया "नया बर्षमा" मा एउटा झिनो आश लाएकैछ ! समय बित्न केहि समय नै लाग्दो रहेनछ । मिनेट, घण्टा, दिन, महिना, अनि बर्ष त एकै छिन मा जादो रहेछ नि । यो छोटो समय लाई सहि सदुपयोग गर्नुहोला। आफ्नो परिबार तथा मित्र हरुलाई यो नया बर्ष मा केहि समय दिनुहोला। ठुला लाई आदर र साना लाई माया दिन नछुटाउनु होला । तपाईको सहि पाईला हामी सबैको लागी मार्गदर्शक हुन सक्छ । नव बर्ष २००९ को उपलक्ष्यमा तपाईको सुख शान्ति र स्वास्थ्यको मंगलमय शुभकामना । ~ सपनासंसार