
आकास भरि कालो बादल छ तर पनि नया बर्ष आएकैछ,
अझै सुनसान रातनै छ तर पनि कोईली ले गीत गाएकैछ
आखिर सयौं बाँचा खाएपनि गर्ने त केहि होईन कसैले
तैपनि यो नया "नया बर्षमा" मा एउटा झिनो आश लाएकैछ !
समय बित्न केहि समय नै लाग्दो रहेनछ । मिनेट, घण्टा, दिन, महिना, अनि बर्ष त एकै छिन मा जादो रहेछ नि । यो छोटो समय लाई सहि सदुपयोग गर्नुहोला। आफ्नो परिबार तथा मित्र हरुलाई यो नया बर्ष मा केहि समय दिनुहोला। ठुला लाई आदर र साना लाई माया दिन नछुटाउनु होला । तपाईको सहि पाईला हामी सबैको लागी मार्गदर्शक हुन सक्छ ।
नव बर्ष २००९ को उपलक्ष्यमा तपाईको सुख शान्ति र स्वास्थ्यको मंगलमय शुभकामना ।
~ सपनासंसार
7 comments :
नमस्ते हजुर हरु सबै लाई यो नयाँ बर्ष २००९ को । काडा ले पनि नकोरोस है । अनी ठेस पनि कतै नलगोस है ति आमा ले तेल लगाइ लगाइ सुम्सुमाएका पाउ हरु मा मेरो हार्दिक शुभकामना । खै के भनु र । यो सानो मन को मझेरी मा धुरु धुरु रोएि रहेछ प्लीज हराएकी मेरी शान्ति बहिनी लाई खोजेर लाइदिनुहोस् न प्लिज म शान्ति को खोजी मा तद्पिरहेछु । मेरा गौतम भाई लाई बोलाइदिनुहोस् न प्लिज ।। मलाई अरु केही पर्दैन ।। शुभ बर्ष रहोस् सबै लाई कसैलाई दु:ख नपरोस ।।।
सुनाउलो बिहानी, जोस जागर अनी उमंगको थालनी, दु:ख पिडाहारुको जलानी गर्दै तपाईं हाम्रो सामु तुफान् बेगमा आई रहेको नयाँ बर्ष २००९ को पावन अवशरमा सपनासन्सार का समस्त सम्पादक मण्डल र समस्त पाठक ब्रिन्दमा हार्दिक शुभकामना प्रकट गर्दछु!
नमस्ते हजुर हरु सबै लाई यो नयाँ बर्ष २००९ को । काडा ले पनि नकोरोस है । अनी ठेस पनि कतै नलगोस है ति आमा ले तेल लगाइ लगाइ सुम्सुमाएका पाउ हरु मा मेरो हार्दिक शुभकामना । खै के भनु र । यो सानो मन को मझेरी मा धुरु धुरु रोएि रहेछ प्लीज हराएकी मेरी शान्ति बहिनी लाई खोजेर लाइदिनुहोस् न प्लिज म शान्ति को खोजी मा तद्पिरहेछु । मेरा गौतम भाई लाई बोलाइदिनुहोस् न प्लिज ।। मलाई अरु केही पर्दैन ।। शुभ बर्ष रहोस् सबै लाई कसैलाई दु:ख नपरोस ।।।
Very Best Wishes for the Sucess of SapanaSansar for Happy New Year 2009.
अँक फेरियो,
भन्छन् नया वर्ष आयो
भित्तामा फेरि एउटा नया पात्रो
मदीराका ग्लासहरु संगै शुभकामना साटासाट
अनि नयाँ प्रणहरु
तर शुभकामना र प्रणहरुले मात्र
परिवर्तन कहिले आउला र हजुर्
तपाई उस्तै, म उस्तै, उनी उस्तै
समाज कहां फेरिएला र हजुर्
तैपनि
बग्ने नदीलाई रोक्न कहाँ सकिन्छ् र
आशा छोड्न त कहाँ सकिन्छ र
यहि आशै आशमा
मदीराका एक् प्याला म पनि रित्याईदिन्छु।
शुभकामनाका दुई शब्द म पनि खर्चिदिन्छु।
Happy New Year, to you and for your sapanasansar also. May your sapanasansar will be popular more and more and famous among many viewers and users…............
The new Year Wishing is brilliant which gives much more pleasant and gives the insticttiveness of Nepali Literature
Post a Comment
तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।