Skip to main content

Posts

Showing posts with the label कपिलको कलम

विवधता

कपिल आचार्य, मलेसिया सुनसान रातको धनधोर अँधेरीमा टिप टिप ज्योति छर्ने जुनकिरीहरु रात्रि परिवेशको फाइदा उठाउँदै आलिध्रगन र रसपानमा झुम्ने मानिसहरु टाउको फुट्ने सू्र्यको प्रचष्ड रापसँगै साँगुरीदै जाने हाटबजारहरु, त्यहि टु पिसमा सजिइ एकले अर्कालाई उछिन्न खोज्ने रङ्गिन फिल्मी दृश्यहरु कोही मस्त छन्, मात्तिएका छन् आफनै संसारमा हराएका छन कोही श्रमिक छन्, शोषित छन् खान समेत पाएका छैनन् कहि हिउँ छ, हिमाल छ कठाङग्रिने चिसोले जीवन मलिन छ कहि गर्मि छ, पानी छैन्, टाउको लुकाउने टहरो पनि छैन् तैपनि जीवन चलेको नै छ पहिले मारकाट, लुछातान अनि जताततै आंतङ्कको कुहिरो थियो देशभरिनै चोर, ढाका, चन्दा, हत्या विस्फोट र विद्रोहको राज थियो अहिले विद्रोहीले नै शासन गर्दैछन् तैपनि आंतक जन्मिरहेछ, लुट मच्चिरहेकै छ, हिसां बढिनै रहेकोछ नातागोता फस्टाइरहेका नै छन् नेपाल अवनतितर्फ नै उन्मुख छ देशको शान गिर्दो नै छ, विदेशी हासेकै छन्, नेपालीलाई ऋण बढीनैरहेको छ, बढीनेरहेछ खै त विवधता, खै त उन्नति पहिले–अहिले अनि कोहि–कोहिमा पहिले–अहिले अनि कोहि–कोहिमा ~ मलेसिया, ०१६३८८५०९० . यो प्रस्तुती को मु्ल्यांङ्कन ...

चाइनिज नयाँ बर्ष

कपिल आचार्य मलेसिया यसपाला साँढेको गुनगान गाउँदै, साढेको कलालाई आत्मसात गर्दे हरेक बर्षे रङ्गिने चाइनिज समुदायको सबैभन्दा ठुलो पर्व चाइनिज न्यु इयरलाई नजिकबाट चियाए तिहार जस्तै गरी रङ्गेका कलात्मक दृश्यहरु थरि थरिका अनुहारमा झल्केका अदभुत उमङ्गका दृश्यहरु सबैथरिका रैथानेहरुका माझ उतिनै लोकप्रिय देखिन्थ्यो, परैबाट सुर्य बलेझै देखिन्थ्यो। विदेशी कामदारले भरिएको, मलेसिया सबैभन्दा जाँगरिला भनिएका, चाइनिज सबैभन्दा भरपर्दा भनिएका, हामी नेपाली चाइनीजहरुको कम्पनिमा काम गर्ने आप्रवासी कामदारको कथा हरेक बर्षको साँढेको उन्मात सँगै विश्राम पाउँने गर्छ केही दिनको लागि भएपनि राहत पाउँछ सबैले शान्तिको सास फेर्ने मौका पाउँछन् रेष्टुरेन्ट भनुँ या ब्यापारीको ब्यापार, गाडि भनु या यात्रीले टिकट काट्ने काउन्टर चारैतिर दलालीको सलबलाउट देखिन्छ कोही यात्रीलाई सहयोग गर्ने नाममा, त, कोही अरुको अनभिज्ञताको फाइदा उठाउँदै, सबै आ–आफ्नै तालमा आफनै स्वार्थमा मस्त रहन्छन्। प्रवासमा, विदेशीएका सुगन्धित फूलहरु, रसपान गर्दे अनि गर्ने आसमा लुकी बसेका आत्माहरु, विदेशीलाई आफ्नो जीवन सुम्पेर रित्तिएका हाम्रा ...