Skip to main content

Posts

Showing posts with the label साथीको कलम

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

दसहजार तालको साम्राज्य

राजेन्द्रप्रसाद अर्याल गोरखा बजार, नेपाल । हालः म्याडिसन, विस्कन्सन, अमेरिका Email:- aryalrajendra3@gmail.com जनवरी, २०१२    आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त साँझको पाँचबजे ओर्लनु पर्ने पूर्वनिर्धारित कार्याक्रममा वासिङ्गटन डि.सि.मा जाहाज छुटनाले पाँच घण्टाको यात्रा अवधि थप हुन गयो । एक हुल परिवारजनहरू तोकिएको समयमा विमानस्थलमा जम्मा भै रित्तै फर्कन परेको तितो यथार्थ बोधले मन चिसो भयो र पछिल्लो झमट सीता र विनायक मात्र मलाई लिन आउनु भएको थियो ।   नेपालदेखि पातालभूमिसम्मको लामो यात्रा स्वयंमा पट्यार लाग्दो त्यसमाथि विमान छुटन गएको मानसिक तनावले लखतरान भै सकेको थिएँ । आफ्नो सामानको व्यग्र पर्खाइमा रहँदा रहँदै वासिङ्गटन डि....

साथ

सजनी (सनेनीपु) काठमाडौं, नेपाल कहाँको थियौ तिमी, कहाँको थिएँ म आज हिड्ने बाटो एउटै भयो । तिम्रो आगमनले मेरो जिन्दगीमा खुशियाली छाईदियो । सुखमा पनि साथ दियौ, दुःखमा पनि दियौ । आफ्नो छायाँ बनाई सँग र्सँगै लगिरहयौ । तिम्रो साथले आज केही गर्ने जाँगर चलेको छ । तिम्रो मायाले आज म भित्र केहि उर्जा थपेको छ । यस्तो साथ यस्तो माया सँधै भरि पाइरहुँ । बदलामा मैले पनि तिमीलाई यस्तै माया दिइरहुँ । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

विश्वास

सजनी काठमाण्डौँ, नेपाल खुशी थिए गाउँमा हुँदा, आमा बुवा को साथमा निदाउथे मिठा मिठा सपना देखी रात मा घास दाउरा मेलापात गर्थेउ, सखी सबै मिली दिन बिताउथेउ हामी, एक अर्का सँग हासीखेली एक दिन आयो गाउँ मा एउटा परदेशी ल्याएको थियो दिन कसैलाई माया बोकी मिठो बोली उस्को म मक्ख पर्थे हरेक पल उसकै यादमा डुब्थे लाग्न थाल्यो बिस्तार एकान्त नै प्यारो होश जती सबै उस्ले उडाइ लग्यो मेरो कुरा मा उसको भुलेर भागे सबैलाई छोडी पुगे रमाउन उ सँग आमा बुवा को सबै सपना तोडी खुशी भए दुइ चार दिन माया उस्को पाएर केही दिन पछी छोडि गयो कोठी मा बेचेर अस्तित्व मिटाये मैले यातना पाएर नारकिये जीवन बिताउनु पर्‍यो विश्वास अरुलाई गरेर जोबन मैले आफ्नो बाड्दै गये बाड्दै गये तर भित्र भित्र म खोक्रो बन्दै गये HIV को शिकार भएछु पछी पो थाहापाये येस्तो थाहा भएपछी त्यहाँ बाट पनि निकालिये आफ्नै गाउँ फर्के तर सुइकारेनन कसैले मलाई भनेका हुन्थे सबैका नजरले ठीक्क पर्‍यो तलाई जिन्दगी को बाटो मा धेरै खाए ठक्कर् ठक्कर् खाँदा खाँदै बने फ्यकिएको पत्थर पत्थर को बरु मोल छ तर मेरो केही मोल छैन ढुङ्गा को देवता लाई...

Educate a Nepali Child: A Fund Raising Event Organized in Minneapolis,MN

Sailendra Bhattarai, MN 07/22/2012 See the link from Past year event: http://www.sapanasansar.com/2011/12/play-to-help-fund-raising-event.html As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends at bars and clubs to Socialize. But how often does one get the opportunity to educate impoverish children? But in this time , that is exactly what happened in Hell’s Kitchen. We raised money for kids in Nepal for their education and had fun doing it. There was a great sense of satisfaction that none of us had ever felt before. On July 22nd , 2012, ANMN organized a fundraising event to provide academic scholarships to underprivileged children. The event was part of ‘Project Eocene’. The project aims to provide children in indigenous and impoverished communities an opportunity to make their lives better and help children break free from the generational cycle of poverty. The theme of the event was “Start your journey to hea...

जिन्दगी

-पवन भण्डारी जिन्दगी, ,  लेवाँसको जीउझैँ कम्जोर कम्जोर,  थकाईले संगै - यता उता जता लप्काएपनि लप्किने - पिउँदा बिग्रेको जाँडझैँ टर्रो ;  तान्दा निम्पत्ताको झोल भन्दा तितो; खाँदा लप्सीझैँ अमिलो; मसंग परिभाषा नसोध प्रिय - तिम्रो पो पर्यो फूल जस्तो; आफ्नो त, कहिले - मोई पारेपछिको नौनी घ्यू जस्तो  कहिले- च्यूरा-मासु खाँदा लागेको ढुङ्गो जस्तो !!  कहिले महँगो कहिले अत्ति सस्तो सस्तो जिन्दगी, खै कस्तो कस्तो !!! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Missed Call

~ Hitendra (Suman Joshi) Ringing your cell Declaring I am remembering you, And you are in my heart Not in mind, Each ring manifest My affection, Every vibration Vibrates my heart for you, Awaiting for Your manifestation, To feel your heart Vibrating like mine, Lingering for an evidence I am alive in your memory, I am waiting for a ring Ring of your heart, A response To my missed call [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Play to Help: A Fund Raising Event Organized in Minneapolis,MN

Sailen Bhattarai, MN 12/5/2011, As young working professionals living in Minneapolis, we often get together with friends and family on weekends to play and socialize. But this time around there was a great sense of satisfaction that none of us had ever felt before. How often can we do something that is fun for the participants as well as help the unprivileged? How often does one get the opportunity to PlayToHelp? I was one of the first few ones to get there - our site for the PlayToHelp event on Saturday Dec 03, 2011. The weather forecast said it was going to snow that afternoon, so we were nervous. What if no one showed up? All of the preparations were done, and we had a steep goal to accomplish – raise $1000. The theme of the event was PlayToHelp. The plan was to play a few games: Video game played on playstation called FIFA 2012, Just dance 2 on Xbox Kinect, No Limit Texas Holdem Poker, and 5-for-50 all with one common goal - to raise funds to send 25 kids in Nepal to schoo...

सरीता !

उदासी पवित्रा झापा हाल – विराटनगर उर्वर तिम्रो मनोभूमिमा सरीता किन भोकमरी चल्यो भन्ने सुनें ? थरीथरी शंका उपशंकाहरु... नचाहाँदा नचाहाँदै मनमा वुने फेरी मनले मानेन अनि सोधे– कसरी यस्तो हुनसक्यो सरीता ?? उपकारी थियौ, फराकिलो सोचाईं दया माया र सद्भावको नाममा त्यो उर्वर मनोभूमि वाँडफाँड गर्यौ कि ? अनि अर्काको भरोसा समीप सरयौ कि ?? नभएर मान्छे नहुने भएका छैनन भएर चल्न नजान्नेहरु इतिहासदेखि नहुने कहलिएका छन् म सत्य वोल्दैछु सरीता तिमीले आफू र आफ्नो भूमिलाई सरीता दोष लगाउनु पर्दैन पश्चताप कुनै कुरामा गर्नु पर्दैन एकपटक आफ्नै आँखाले नियाल्यौ उर्वर मनोभूमि अंशवण्ड लगायौ अव, मान सरीता मान तिमी भरोसा आफूमा मात्र अर्कालाई सुम्पिनदेऊ त्यो उर्वर मनोभुमिका भरोसाहरु ननिम्त्याऊ खडेरी विनाका भोकमरीहरु कति हराभरा छ स्वर्ग, स्वर्ण, सद्भाव र सम्मान अनि फुल्छ–फल्छ त्यहि सम्पुर्णता उर्वर तिम्रो मनोभूमिमा सरीता ।।। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Love Canal

By:Hienndra Raj Joshi Once upon a time in good old days there lived a young Jyapuni named Bal Kumari, daughter of a farmer, Bala Deshar in Chhampi near Chapagaun village. She was well known for her beauty all around the villages. Not only human even god used to get lured by her beauty. Long black hairs, almond shaped sharp eyes, wide forehead and maroon black skin; she was the synonym of beauty. Bal Kumari used to help her father in his field. She used to guard the land in absence of her father. One day god Tika Bhairav disguised himself as a man. He was roaming around Chhapagaun. Same day in absence of her father Bal Kumari was guarding her father’s field at Pyanga near Chhampi village. Wandering around the villages Tika Bhairav reached on the field which was being guarded by Bal Kumari. When Tika Bhairav saw Bal Kumari he was magnetized by her beauty and could not help himself. Instantly he went in front of Bal Kumari and proposed Bal Kumari to marry him. But Bal kumari refused his p...

TELL ME A TALE ABOUT A TAIL

Mr. Hitendra Raj Joshi Kathmandu, Nepal Rossy returns from her school thrusts into the kitchen but she doesn't feel hungry so she kicks bathroom door, she unbutton her shirt, she throws her vest, she strip her skirt and she 2064AD September 28 in the evening Rossy returns from her school she looks happy. She is in her early teen. Black eyes, short black hairs, flat nose and flat chest, a tomboy look. Some people may get confused with her sex boy or a girl when they meet her for the first time she chatters a lot and loves watching TV. She gets very little times for her family. But she loves to kill her times listening to fairy tales told by her grand ma'. Her grand ma' also loves to tell a tale to her grand daughter. Rossy's grand ma' an eighty years old woman, with thin white hairs wrinkled skin, she always keeps her spectacle close to her. She was born in 1980. She was named Sunayana by her father, which means "beautiful eyes". Right to her name she use...

प्रतियोगी कविलाई सुझाव !

कविता रचयिता : निर्भीक राई पुरस्कार थाप्ने अवसर मिल्न त परै जावोस् वाचन गर्ने मौकाको आसले पनि कविताप्रतियोगितामा तिमीले कविता नभिडाउनु । निर्णायक मण्डलको आँखाहरुले कमसेकम एक खेप पिइदिने आसले प्रतियोगितामा कविता भिडाउनु सम्म ठीकै हुने । किनकि निर्णायक मण्डलमा तिम्रो नाता वा चिनारु नहुन सक्ने । त्यस्तै तिम्रो कवितामा देश दुखेको र बलात्कृत भएको, भूगोल मिचिएको, हिमालको हिम्मत,पहाडको पहरा, तराईको त्राण (ह ह,प प, त त मिलाइएको शब्दचयन), जिजीविषा, आमा, सपना, अलिकति, नीलो, टाँग्नु, अनुवाद हुनु, युद्घ, वा बुद्घ शब्दहरु नभए निर्णायक मण्डलको धुरन्धर आँखाहरुले तिम्रो कविता नरुचाइने । किनकि निर्णायक मण्डलको प्रकाण्ड कविहरु लामा र पुरोहितझैँ पूर्वाग्रही र परम्परावादी हुनाले प्रयोग र परिवर्तन उन्मुख तिम्रो कविता उनीहरुको नजरमा तिरस्कृत हुने । २०६७ भदौ, मनमैजु, काठमाण्डू । जन्मथलो: नेपालेडाँडा, भोजपुर पेसा ः स्वतन्त्र अध्ययन र लेखन । [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दृष्टि सम्यक सृष्टि सम्यक - कथा !

-धनराज गिरी निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन हम्मेहम्मे पर्दछ। साबित्री बनेर सफलताको सोपान चढ्न नसकेको देखाईन्छ। कुमारी नै रहेर स्नाकोत्तर, एमफिल, विद्यावारिधिसम्म अध्ययन गर्न सक्छन् भन्नेकुरोलाई असम्भव देखाईन्छ। घरबाट धेरै टाढा। एउटा साहित्यिक कार्यक्रम। यसपालीको रौनक अलि बेग्लै। तीन मुलुकका स्रष्टाहरु जम्मा भएकाछन्। नयाँ धेरै, पूराना कम। मौसम मध्यम। जाडो पनि छैन, गर्मी पनि छैन। शीतल पवन चलिरहेछ। नजिकै पुष्पबाटिका। त्यसैको सुगन्धले साहित्यिक मन त्यसै साहित्यिक भएकोछ। एउटा लजको ठूलै हलमा जम्मा भएका छन्, स्रष्टाहरु। युवकहरु छन्। युवतीहरु छन्।गजलमय वातावरण। शेरहरु सदुपयोग भएकाछन्। मायाप्रेमका चास्नीमा डुबेका रसदार मिसरा-ए-उला र मिसरा-ए-सानी। एउटी युवतीको बलरामको नजिक आउँछिन्। य...

नियतीका दासहरु....

चकेन्द्र राइ "कैदी" उसलाई एउटा नाम दिओस । उसलाई एउटा परिचय दिओस । उसलाई एक पेट खाना दिओस एक आङ नाना दिओस एक रात बिताउने छाना दिओस किन कि उनिहरु निर्दोसि छन । फुटपाथको गर्वमा नियतिको शुक्राणुले गर्वधारण भएर जन्मियको छ उ..... नगरिएको गल्तीहरुको पनि सजाय भोग्नु पर्दो रहेछ त्यही सजाय भोग्न वाध्य छ उ.... त्यसैले सबै बाट घ्रिणित हुँदै तिरस्कारको एक जुनि जिउन बिबस छ उ....... सबैको नजरमा छिछि दुरदुर भएर एउटा जीवन हजार काचुली फेरी रहेको छ उ..... आकाश बाट खसे सरी न उसको ठेगाना न उसको परिचय न जन्म दिने आमा/बाबा आखिरी को हो उ ? यो शहर शिक्षित/शब्य मान्छेहरुको शहर उसलाई पनि यस्तै लाग्दो हो........ तर यहाँ त भुसिया कुकुरहरुलाई घरमा लिएर जान्छ्न कुकुर घर पालुवा जनावर रे पशुपती र स्वायम्भुको बाँदरहरु गौसलामा छाडा छोडेका साडेहरु कती भाग्यमनी ? स्वातन्त्रमा बाँच्न त पाएका छन । तर उ..............?? आखिरी को हो उ ? उ पनि त नेपाली नै हो । त्यसैले नयाँ संबिधानले अरु केही नभए पनि उसलाई एउटा नाम दिओस । उसलाई एउटा परिचय दिओस । उसलाई एक पेट खाना दिओस एक आङ नाना दिओस एक रात बिताउने छाना दिओस किन कि उन...

निधार खाली भएछ

दिनेश गुरुङ मेरिल्याण्ड, अमेरिका च - च हुई च - च हुई को सुस्केरा आज कान मा गुन्जेछ यस पाली पनि आखिर यी निधार खालीनै भएछ आशु जति हराई खुशी ल्याएछ आँगनमा दुख भुलाई सुख दिए छ यो पलमा परदेशी थिए म चाड-बाँड सम्झना भए छ यसपाली पनि आखिर यी निधार खाली भएछ भाग्य लुटी गएछ यो पाली पनि आशिष बिनाकै गुनगुन २१ पत्ती हातमा राखी बियरको नशामा साथीहरू रम्दाँ हुन ! न भुल्न सके यो पल आखिर भाग्य को खेल रहेछ यसपाली पनि आखिर यी निधार खाली भएछ नयाँ लुगा मीठा खानेकुरा मा भाइ बहिनी रम्दै होलान् हात मा टीका लिई आमा मलाई सम्झिँदै एक्लै रुँधी होलान् । च - च हुई च - च हुई को सुस्केरा आज कान मा गुन्जेछ यस पाली पनि आखिर यी निधार खाली भएछ सबै भेला भई सुख -दुख को कुरा बाढ्दा हुँन ! बेला -बेलामा मेरा नाम पनि लिँदो हुँन ! सम्झँदै छ सबैले बाडुली मलाई आएछ यसपाली पनि आखिर यी निधार खाली भएछ [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

किशुनजी को ठट्टा गर्ने बानी त्यों बेला पनि थियो , आज पनि छ ।

ध्रुब बंजाड़े बेनेवेंतो, इटली 26 September 2010 हामी भाग्यमानी छौ यस अर्थमा की रामबरण यादव जस्तो शालीन व्यक्तित्व आज देशको सर्वोच्च पदमा हुनु हुन्छ । जब किसुनजी ले माग्नु भो तातो तातो जेरी र डोसा , रामबरणजी ले तुरुन्तै मैडम लाई कम चिल्लो ,कम पिरो राखेर डोसा बनाउन भन्नु भो । अरु कोही भएको भय न्यूरोड, या कुनै पसलमा भन्न लगाएर डोसा मगाउँथे होलान् । २० रुपियाको डोसा मगाउँदा कति जना दौड धुप गर्थे होला। राष्ट्रको सम्पती कति दुरुपयोग गर्थे होला , तर हाम्रो राष्ट्रपतिजी ले त्यसो गर्नु भएन अथवा किशुनजीलाई यती सम्मान गर्नु भयो की आफ्नै घरको, आफ्नै मैडम को हातको डोसा खुवाउन प्रसन्न गर्नु भो । कुरा त्यस्तै त्यस्तै १९९५ तीरको हो , हामी किसुन्जी लाई भेट्न पुगेका थियौँ कुपन्डोल उहाँको निवासमा । सानो कोठा, हामी ७-८ जना थियौँ। जसो तसो बसियो। हामी हाम्रो समस्या लिएर गएका थियौँ, डी वाई पाटेल कलेजको ! शिक्षा मन्त्रालयमा धर्ना दिँदा पुलिस को अभद्र ब्यबहार देखि, शिक्षा मन्त्रीको गैर जिम्मेवारीपनको सिकायत हामी गर्दै थियौँ । कता बाट टुप्लुक्क आइपुग्नुभयो तत्कालीन गृहमन्त्री शेरबहादुरजी ! भित्र बस्ने ठा...

महामन्त्री बनाउ गगनलाई !

मिलन बगाले तनहु युवा बर्गमा देखिएको राजनितिक निष्कृयता र राजनितिप्रतिको चरम घृणा र बितृष्णा लाई धेरै हदसम्म् तोडन सफल उनमा नेपालीले भोलिको आफनो नेताको सफा र चम्किलो छायाछवि देखेका पनि छन। गगनको जीतलाई बिभिन्न पार्टीसग आबद्ध युवाहरुले मात्र होईन कुनै पार्टीसग केही साईनो नगासेका मजस्ता हजारौले आफ्नै जीत ठानेर दङ्ग परेका छन। युवा नेता गगन थापाले कांग्रेसको केन्द्रिय सदस्यमा सर्बाधिक मत पाएर जितेको सुखद क्षणलाई मैले नेपाली राजनितिको 'एक जुगको एक दिन'सम्झेको छु । 'मिडियाका नेता', 'राजधानीका हुनेखानेका नेता' र 'उरन्ठेउला ठिटाका नेता' जस्ता उपमा दिएर अनेकथरीबाट उनको कदलाई होचो बनाउन गरिएका भगिरथ प्रयासहरु यतिबेला 'ईतिहास निमाण' सगै एकादेशका कथा बनेका छन। राजनितिलाई समाजसेवा र खेती किसानी लाई जिविकोपार्जनको सुन्दर र नेपालको सन्दर्भमा अपत्यारिलो लाग्ने लक्ष्य बनाएका यि असल र पठित युवाले रत्नपार्कमा लोकतान्त्रिक गणतन्त्रको झण्डा उचालेर कांग्रेसभित्र नया तरङ्ग ल्याईदिएका थिए । ढिलोचाडो पार्टी उनकै पथमा हिडेपछि यिनको छवी राष्टिय अन्तराष्टिय रुपमा...

नारी स्वतन्त्रता र दमनको समिश्रणः तीज व्रत

-दीपा एवाई राई हङकङ नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसँग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षोल्लासकासाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः- “हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी अन्तमा प्रकट भई “चिताएको कुरा पुगोस्” भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । सो दिन भाद्र शुक्ल तृतीयको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थालेर यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।” भनिन्छ, तीजमा श्रीमतीले श्रीमानका लागि मात्र होइन यदि श्रीमती अशक्त रोगी वा गर्भवती छिन् भने श्रीमानले सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन समयमा भएक...

गजल

अर्जुन दाहाल अपवाद मिर्गे-५, चिलाउनेखर्क दोलखा कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ । सुन्नेलाई भन्दा धेरै भोग्नेलाई घात हुन्छ । नयाँ विहान हुनु अघि अन्धकार रात हुन्छ । कति दुखे मनहरु केहि थिएन नाप्नलाई आफ्नै मात्र दु:ख देख्ने मानिसको जात हुन्छ । देश दुख्दा द्वन्द्व सँगै मेरो संसार सामेल थियो अरूलाई सुन्ने कस्ले सबैको आफ्नो बात हुन्छ । कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ । बिर्स भन्छन् सबै जना बिर्सने पो कसो गरि सुन्दर देश बनाँउ अब हातमाथी हात हुन्छ । ~apawad@hotmail.com [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

आमा

दिपीका पोखरेल गोर्खा (हाल मिनिसोटा , अमेरिका) (कवयत्री पोखरेल, मिनिसोटा स्टेट स्कुल, कक्षा ९ मा अध्यनरत छिन् ) छोरी भएँ के छ र , छोरा भन्दा कम छैन तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन ! सूर्यको उज्यालो सामु ताराको ज्योति के नै छ र ? आमा! तिम्रो माया को सामु मेरो श्वास को हरेक पल के नै हो र ? आमा तिमीले जन्म दियौँ मलाई, तिमी मलाई हुर्काउने तिम्रा लागी के गरौँ म, तिम्रो सबै नासो फर्काउने छोरी भएँ के छ र , छोरा भन्दा कम छैन तिम्रो मुटु चस्काउने मेरो कुनै सङ्कल्प हैन ! तिम्रा सामु बसूँ या नबसौँ, मुटुमा सधैं हुनेछु तिम्रो त्यो माया को घमण्डमा म सधैं रुनेछु तिम्रो माया म के संग तुलना गरु सूर्य चन्द्र एक गरुकी तिम्रा लागि ज्यान दिई मरु ! (आमा, सारदा पोखरेलमा समर्पित) [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]