Aug 17, 2010

गजल

Facebook

अर्जुन दाहाल अपवाद
मिर्गे-५, चिलाउनेखर्क
दोलखा

कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब
फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ ।

सुन्नेलाई भन्दा धेरै भोग्नेलाई घात हुन्छ ।
नयाँ विहान हुनु अघि अन्धकार रात हुन्छ ।
कति दुखे मनहरु केहि थिएन नाप्नलाई
आफ्नै मात्र दु:ख देख्ने मानिसको जात हुन्छ ।

देश दुख्दा द्वन्द्व सँगै मेरो संसार सामेल थियो
अरूलाई सुन्ने कस्ले सबैको आफ्नो बात हुन्छ ।
कोट्याएर के हुन्छ र खाटा बस्या घाउ अब
फुकाइदिँदा यो मनलाई पिडाहरुको खात हुन्छ ।
बिर्स भन्छन् सबै जना बिर्सने पो कसो गरि
सुन्दर देश बनाँउ अब हातमाथी हात हुन्छ ।

~apawad@hotmail.com

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP