लागोस, जनवरी २३, २००९ , नाईजेरीया प्रहरीले सशस्त्र डकैतीको संङ्कामा एउटा बाख्रो लाई हिरासतमा लिएका छन् । एक भिजिलान्ते प्रहरी समुहले उक्त सेतो र कालो रंग को बाख्रोलाई समातेर प्रहरीलाई बुझाएका थिए । उनिहरुका अनुसार, उक्त बाख्रो एउटा सशस्त्र डाकू हो, जो नजिकैको माझ्दा ३२३ चोरी गर्दै थियो र उस्लाई उक्त समुहले देख्ने बित्तिकै कालो जादु द्वारा आफुलाई बाख्रो को भेषमा परिबर्तन गरेको कुरा बताएका छन् । Kwara राज्यको प्रहरी प्रवक्ता Tunde Mohammed ले रोएटर्स न्युजलाई बताए अनुसार आफुहरु प्याट्रोल गरिरहेको बेलामा केहि गुंडा हरु नजिकै को कारलाई लुटिरहेका थिए । उक्त भिजिलान्ते समुहले २ जना गुंडा लाई समात्न खोज्दा , एउटा भागेको र अर्को बाख्रोमा रुपान्तर भएको थियो ।मोहम्मद अगाडि भन्छन्, "हामी अझै यो घटना को पुष्ठि गर्न सक्दैनौ , तर पनि उक्त बाख्रोलाई हामिले हिरासतमा लिएका छौं। हामी यो रहस्यकै भरमा केहि भन्न सक्दैनौं , यो त बैज्ञानिक तवरले पुष्ठि हुनुपर्छ कि त्यो मानिस बाख्रोमा परिबर्तन भयो " । साथसाथै त्यो गुण्डा बाख्रो को उचित छान बिन नगरि हिरासत मुक्त नगरिने जानकारी मोहम्मदले रोएटर्स ...
A blog dedicated to Nepali News, Fun, Literature and music and lot more.