Skip to main content

Posts

Showing posts with the label मेरो कलम

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क...

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग २

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न भयको छ । कार्यक्रम मा नेपाली संस्कृति झल्काउने नृत्य तथा दशैँ तिहार संबन्धी नाटक,"यो दशैँ ,यो तिहार, हाम्रो आँगनमा", प्रस्तुत गरिएको थियो। "नाटक कम्पनी" द्वारा प्रस्तुत नाटक, दर्शकहरूको उत्कृष्ट रोजाइमा परेको थियो ।मित्र संग्रौला द्वारा निर्देशित प्रस्तुत नाटक तल पेस गरिएको छ ! भाग १ भाग २ उक्त कार्यक्रम मा प्रस्तुत गरिएका अन्य नृत्य अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

दशैँ तिहार २०६७ मनोरञ्जन साँझ सम्पन्न - भाग १

मिनिसोटाबासी नेपालीहरुको समुदाय, एसोसिएसन अफ नेप्लीज इन मिनिसोटा, ए एन एम एन, द्वारा आयोजना गरिएको दशैँ तिहार २०६७ मनोरञ्जन साँझको केही चित्रहरू तल प्रस्तुत गरिएको छ । उक्त कार्यक्रम भिडियो क्लिप हरु अर्को प्रस्तुति मा राख्ने छु ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Pushpa Mamu, The Mother to the Innocent Prison Children, who were jailed for their parent's crime !

"It's not just about you living, you have to try making your world a better place. If I give them good education and everything, tomorrow there will be less crime. They won't be facing the same thing that their parents are facing. These children have opportunities because they are educated." A 20 year old girl, Pushpa Bashnet , built the courage to become a loving and caring mother to the innocent children living in jail with their parents who were serving time for their crime. 6 years back, Puspa Bashnet, A student from the Bachelor of Social Welfare, visited the Women’s Cell in Kalimati Police Station, Kathmandu, as part of the her field study, where she met a one year child living with her inmate mother, who was recently transferred there from other town near Kathmandu. She had an instant feeling that the children should not be punished for their parent’s crime, but later found that by law, if the children have no family or place to live outside the prison,...

बात्सल्य प्रेम- शुभ गोकर्ण औँशी ( ह्यापी फादर्स डे) !

आज सन्दिप बाजे तीन र आदी बिस नाघिसकेका छन् । आँखा अलि अलि धमिला भइसकेका छन् , सुन्ने शक्ति अलि अलि कम हुदै गइरहेकोछ । तीन तिर प्वाल परेको मैलो नेपाली भादगाउँले टोपी लगाएका सन्दिप बाजे, आज बिहान सबेरै, ४ वटी छोरी पछि जन्मेको एक्लो छोरा श्रवण संगै बैठक कोठामा बसेका छन् । बिहान को पाठ पूजा भर्खरै मात्र सकेका सन्दिप बाजे प्रसन्न मुद्रा मा देखिन्छन् ।भर्खेरै मात्र सवा बीस(२५) उमेर काटेको उसको छोरा, टेलिभिजनको मा फेसन दुनियाँ कार्यक्रम मा मस्त छ । एकैछिनमा बाजेले बाहिर कौसीमा काग देख्छन् र यो काग नै हो भनेर पक्का गर्न लाई छोरा सँग गुनासो राख्छन् : "ए बाबु श्रवण, त्यो कौसीमा बसेको कुन चरो रहेछ ?" श्रवण मन नलागी नलागी जवाफ फर्काउँछ, "काग हो !" , सन्दिप बाजेले राम्रो संग सुन्दैनन् र फेरी पुन प्रश्न राख्छन् , " के भन्यौ , बाबु ? के रहेछ रे ? " छोरा जङ्गी पाराले जवाफ फर्काउँछ " काग हो क्या ! काग !! मैले भर्खर भनेको होइन्! " , सन्दिप बाजेले एकछिनमा फेरी प्रश्न गर्छन् " के रहेछ रे बाबु ?" यो पटक छोराको अनुहारमा रिसको पोको बसिसकेको थियो, उ रिसल...

फन्टुस कुरा !

एक जना पण्डित बाजे बर्खरै रुद्री गरेर घर फर्कन्छन् । पण्डित पत्नी र पण्डित बीचको,यो सानो संवाद ! भाग - १ ------- पण्डित : आज एक ब्राम्हणको मा रुद्री गराएर बल्ल आइयो ! पण्डित पत्नी : य हो र ! ए हजुर एउटा केरा र एक गिलास दूध ल्याउ हजुरलाई ! पण्डित : ए मेरी अर्धाङ्गिनी , मेरो पेटमा अलिकति पनि खालि ठाउँ भएको त म उही ब्राम्हणकहाँ नै खाएर आइहाल्थे नि ! भाग - २ ------ पण्डित पत्नी : ए हजुर ! ए हजुर !! यहाँ पत्रिकामा हेर्नुहोस त , एक जना पण्डित खादा खाँदै मरेछन् नि ! पण्डित : कति भाग्यमानि रहेछन् ती जुजुमान ! मैले पनि त्यसरी खान पाए हुन्थ्यो नि ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

२०१० ए एन एम एन पिकनिक तथा भलिभल कार्यक्रम संम्पन्न !

ए एन एम एनले वार्षिक रुपमा गर्दै आइरहेको भलिबल तथा पिकनिक को कार्यक्रम गत हप्ता हर्षोल्लास का साथ, प्रायर लेख बिच, मिनिसोटामा सम्पन्न भएको छ । कुल आठ टिम सहभागी भएको पुरुष भलिबल प्रतियोगिता मा , नेपाल बाट स्थानान्तरण गरेर हालचालै देखि अमेरिका मै बसोबास गर्दै आउनु भएका भुटानी नेपाली दाजु भाइहरूको समूह "भुकम्प"ले यस वर्षको ए एन एम एन ट्रफि लैजान सफल भएको छ । यो पटक कुल ८ समूहहरूले उक्त प्रतियोगितामा भाग लिएका थिए । २०१० ए एन एम एन पुरुष भलिबल प्रतियोगिता को बजेता समुह "भुकम्प" यो बर्ष महिलाहरूले पनि भलिबल प्रतियोगिता खेलेर रमाइलो गरेका थिए । कुल २ टिम, वसन्ती र लाली गुराँस सहभागी रहेको उक्त प्रतियोगिता मा लाली गुराँसले विजय हासिल गरेको थियो ! साथ साथै केटाकेटीहरुको लागि पनि विभिन्न खेलकुदका कार्यक्रमहरु, जस्तै टग अफ द वार तथा अन्य कार्यक्रमहरु पनि राखिएको थियो । २०१० ए एन एम एन महिला भलिबल प्रतियोगिता को विजेता समूह "लाली गुँरास" पिकनिकमा दही च्युरा तथा आलुको अचार अनि पोलेको कुखुराको परिकारहरूको व्यवस्था गरिएको थियो , प्रस्तुत कार्यक्रम का केही तस्विर...

ए एन एम एन वार्षिक भलिबल प्रतियोगिता शुभारम्भ

पुर्व सर्त अनुसार रातो भाले समुहले ले रातो भाले को मासु परिकार तथा तातो आलु समुहले तातो आलु को परिकार खुवाउँदा दुबै समूहले वर्षकै उत्कृष्ट समय को अनुभूति गरेको थिए । हरेक साल आयोजना गरिँदै आएको ए एन एम एन भलिबल ट्रफि च्याम्पियनसिप को शुभारम्भ भएको छ। अगष्ट १४ मा सुरु गरिएको उक्त प्रतियोगिता मा ८ टिम हरुले सहभागिता जनाएका थिए । सहभागी टिमहरू क्रमश, तातो आलु, नया नेपाल, रातो भाले, भुकम्प, एपल भ्याली क्लब, बारुला, भोले नाथ र चौतारी हुन । प्रथम चरणमा भएको लिग खेलमा समूह क बाट क्रमश नया नेपाल र भुकम्प सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह ख बाट भोले नाथ र बारुलो ले सेमिफाइनल मा आफ्नो स्थान सुरक्षित राखेका छन् । गत बर्ष को बिजेता , तातो आलु समूह, यो पटक लिग चरण बाट नै बाहिरिएको छ । लिग चरण का बिजेताहरु सबैलाई बधाई तथा तथा अन्य सहभागी समूहहरुलाई आउदो सालको लागि अग्रिम शुभकामना ! गत बर्षको बिजेता टोली "तातो आलु" ! रमाइलोको लागि लिग बाट बाहिरिसकेका समूह तातो आलु र रातो भालेले मैंत्रिपुर्ण खेल खेलेका थिए । पुर्व सर्त अनुसार रातो भालेले रातो भाले को मासु परिकार तथा तातो आलु...

जन्मदिन लाई शोक वा उत्सब उपहार!!

नमस्ते,       सर्वप्रथम म तपाईहरुलाई तलका हरफ हरु एकचोटि अध्यन गरिदिनुहुन बिनम्रतापुर्वक निबेदन गर्दछु । तपाईलाई जानकारी गराउ कि निम्न हरफहरु, मेरो ब्लग को एउटा प्रस्तुती "जन्म दिनको शुभकामना !" मा प्राप्त टिप्पणी बाट साभार गरेको हुं, र यसलाई लेख्ने कष्ट गर्नु भयको छ, नियमित पाठक मित्र पोखरली ठिटो ज्यु ।।।।     " जन्म दिनको शुभकामना ब्यक्त गर्नु भएछ भाइलाई। जीवन दर्शनशास्त्र को गहिराइमा गोतामार्न मन लाग्यो मलाइ। अनि हरेक बर्ष जन्म दिन मनाउनुको सान्दर्भिकता कोट्याउन मन लाग्यो मलाइ। जन्म र मरण जस्तो नित्य जिवनचक्रमाथि मानव जातिले न त हावि पाएको छ र न त पाउने नै छ। मानव जाति के कठपुतली होईन जसको डोरि हाम्रो बिबसमा छैन? पूर्वनिश्चित दिनमा जन्म अनि पूर्वनिश्चित समयमा मृत्यु लेखिएर आयको प्राणिमा जन्मदिन अनुष्ठान के गौण जस्तो लाग्दैन र? गत बर्ष को तुलनामा मृत्यु निकटताको शोख मनाउनुमा बढि बौधिक जस्तो लाग्दैन तपाईलाई? राम नवमी, कृष्ण जन्माष्टमिजस्ता दिनहरु मनाउछौं हामि भगवानको जन्म दिनका नाताले। मानिसको जन्मदिन मनाएर कतै हामिले दैविकताको दर्जादिने प्रयत्न...

रक्तदान कार्यक्रम सम्पन्न

जुलाई ३१, हरेको मानिस सामाजिक प्राणी हो । जुन सुकै ठाउँमा भए पनि , आफुँ बसेको समाज प्रति हरेक मानिस को केही उत्तरदायित्व हुन आउछ । यही हेतुले, नेपाली समुदाय मिनिसोटा(ANMN) र अमेरिकन रेडक्रस द्वारा संयुक्त रुपमा आयोजना गरिएको रक्तदान कार्यक्रममा लगभग ४० जना सहभागीले रक्तदान गरेर आफ्नो सहभागिता जनाएका थिए। सम्पूर्ण रक्तदानका सहभागीहरुलाई निसुल्क नास्ता तथा जुस अनि बिस्कुट वितरण गरिएको थियो ! नास्ता लाई डेनिज ले प्रायोजन गरेको थियो ! उक्त कार्यक्रममा सहभागीको केही तस्विर हरु हेर्न तल आउनुहोस। [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना !

मेमोरियल डे को सप्ताहन्त पारेर टुईन सिटिज(मिनियापोलिस तथा सेन्ट पल), का नेपालीहरु ले रात्रीभोज तथा बनबास कार्यक्रम आयोजना गरेर भव्यताका साथ मनाए। करिब १५० किमी मा रहेको सेन्ट क्रोक्स पार्कमा आयोजना गरिएको उक्त कार्यक्रममा पङ्क्तिकारले पनि आफ्नो सहभागिता जनाएको थियो ! कार्यक्रम सार्है रोचक भएको थियो । लोक दोहरी, अन्ताक्षरी, नाचगान तथा खेलकुद हरुले कार्यक्रममा अरू थप रमाइलो आयाम थपेको थियो । कार्यक्रम अवधिमा पटक पटक विदेशी तथा नेपाली बनपाले (रेन्जर) हरुले पार्क बाटै निकालिदिने चेतावनी दिएका थिए । चेतावनी को बाबजुद पनि नेपाली हरुले आफ्नो पूर्वनिश्चित कार्यक्रमलाई नियमितता नै दिएका थिए । कार्यक्रम आयोजक तथा संयोजन कर्ता हरु सबैलाई धन्यवाद ! साथ साथै सहभागिता जनाउने सम्पूर्ण नेपालीहरूलाई छड्के सलाम ! रमाइलो भिडियो क्लिप पछि अर्को पोस्टमा ! जदौ ! Share [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

ANMN Nepalese New Year Program 2067 Celebrated !

Share Namaste All, Association of Nepalis in Minnesota(ANMN) would like to thank all the participants, volunteers and the audience for making the Nepalese New Year Program 2067 a grand success. With a large number of turnout, ANMN Nepalese New Year Program 2067 was Celebrated at Student Center, University of Minnesota. Around 350 audience participated on the program. Members from the Bhutanese Community and the Local Community also participated in the program. The Kids from the Bhutanese Community presented an inspirational Play. Dance competition, Song performance, and other interesting presentation made the program sweet. A group of students from the University of Minnesota, Anusha, Pujan, Deevesh, Jessica, Avigya and Apeckchya dragged the First prize on the Adult category. Similarly Sikhu and Khusi won the first prize on the kids category. Congratulation to all the Winners and Participants for their wonderful performance! Suvash Shilwal, one of the ANMN Member was awarded with leade...

"Do Something" Award Winner Maggie Doyne inspiring the youths through her work in Nepal !

“We have potential to do anything and to be anything. As young women in this world we are truly limitless” - Maggie Doyne, 2009 Do Something Award Winner ! A high school girl, who was still on her teen age, graduated from her high school, and desired to make a travel to the third world taking a year break from her school. Her classmates headed off to the college while she was dropped off at the Newark International airport with her backpack by her parents. This is a true story of a teen age girl, Maggie Doyen who listened to her heart and has been working in Surkhet, a remote village of Nepal for the social welfare of Nepalese street Children. When she made a trip to north eastern India, Maggie Doyen met orphaned and poverty-stricken Nepalese children on the street of India who were displaced by the Ten Years Maoist insurgent war. She then planned to visit Nepal. She writes on her Journal: “I was trekking through the Himalayas in war-torn Nepal, where I began to meet hundreds of...

Fangu Purnima (Holi) Festival Celebrated !

Nepalese community around the Minneapolis and St Paul Area from Minnesota gathered at the CTC hall of University of Minnesota today to celebrate the color of festival, Fangu Purnima, also called Holi. About 100 members of the community were there to celebrate and share each others wishes on the auspicious occasion of Holi. Free food were voluntarily served by some of the generous community members. A presentation that portrays the cause of Fagu purnima celebration, with some eye caching graphics, was presented during the event. Artist Raju Lamichinne had his hand on the graphics parts and presentation was prepared by Saibu and Postak Ji. Thank you organizers and all the board members of ANMN for organizing the program. Following is the slide show of the pictures taken at the event. [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Uttam Sanjel, Inspiring the whole world !

Try once, if you share something to a person who has less than what you have, I am sure you will get the pleasure of sharing... . A must watch Show, Mero Bishwas Mero Jindagi, by Bijaya Kumar with Uttam Sanjel. A youth, who went to Bombay to make his career on Movie Industry, got a chance to see something terrible on the streets of Bombay and the street children on the train station platform which led him come back to Nepal and work for the community. Uttam Sanjel, powerhouse of altruistic energy with unselfish regard and devotion to the welfare of the society, had come up with an idea with Bamboo school that has the lowest infrastructural costs. He calls his schools Samata Shiksha Niketan, 'places of study and peace’. Samata School charges a fee of Rs 100 per month for all the grades from nursery to Class 10. This fee has been in constant since its establishment on 2001. Samata School has now been expanded into 11 different locations within 8 district, Kathmandu, Bhaktapur, Lal...

नेपाल रात्री २०१०, मिनिसोटा स्टेट युनिभर्सिटी , म्यानक्याटो ( Nepal Night 2010, Minnesota State University, Mankato, MN)

नेपाल नाईट २००८ को पोस्ट हेर्न लाई यहा क्लिक गर्नुहोस् गत शनिवार मात्रै नेपाली विद्यार्थी समुदाय, मिनिसोटा स्टेट युनिभर्सिटी, म्यानकेटोले “नेपाल रात्री” २०१० नामक सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रम मा नेपाली र बिदेशी गरी लगभग ५५० जोड जना को उपस्थिति थियो । कार्यक्रम नेपाली राष्ट्रिय गान “सयौं थुँगा फूलका हामी, एउटै माला नेपाली , सार्वभौम भई फैलिएका, मेची-महाकाली।“ बाट शुरु भएको थियो । कार्यक्रम मा केही नेपाली संस्कृति झल्किने नाच गान प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रमका का केही भिडियो दृष्य तथा केही तस्विर हरु यहाँ प्रस्तुत गरेको छु । प्रस्तुत कार्यक्रम मा नेपाली रात्रि भोज पनि आयोजना गरिएको थियो । विदेशी दर्शक हरुले नेपाली खाना निकै रुचाएका थिए र कार्यक्रम पनि निकै चाखपुर्वक नै हेरका थिए । एउटा खल्लो लागेको विषय उल्लेख गर्न मन लाग्यो यहाँ निर, कार्यक्रमको को बीच बीच मा केही सवाल हरु प्रस्तुत गरिएको थियो, सहि जवाफ मिलाउने लाई उपहार को व्यवस्था गरिएको थियो । उद्‌घोषक मित्र ले सवाल राख्छन्, " नेपाल सँग सिमाना जोडिएको राष्ट्रहरु कुन कुन हुन् ? " , यो प्...

टु्क्रिएको प्रेम !

कुनै समयमा एउटा केटा थियो। ऊस्ले एउटा केटीलाई लाई एकदम मन पराउँथ्यो! उसलाई उ यति प्यारो लाग्थ्यो की उ उसको लागी आफ्नो सबै त्याग्न तयार थियो ! उसले एक हजार रङ्गीचङ्गी कागजका पुतली जोडी बनाएर आज आफ्नो प्रेमीकालाई उपहार दियो। उपहार दिँदै उसले भन्छ, "आदि पुतली मेरो आदि तिम्रो है , मेरो पुतलीलाई पनि टन्न खुवाएर राख्नु , आफ्नो लाई मात्र खुवाउने हैन ! " केटी ले यसलाई सामान्य रुपमा स्विकार गरी। उ एउटा सामान्य कम्पनी को अधिकृत थियो तर पनि उसको भविष्य खासै राम्रो थिएन । उ एउटा मध्यम परिवार को सदस्य थियो । ५ जना दाजु भाइ बीच उसलाई पितृ सम्पत्ति त सुन्य जस्तै हात लाग्थ्यो ! तर पनि उ र प्रेमीका निकै खुशी देखिन्थे । समयले कोल्टो फेर्छ ,केटी आफ्नो पढाइको लागी फ्रान्स जान तयार हुन्छिन् । अनि उनले केटालाई भेटेर भन्छिन् "तिमी सँग मैले यत्तिकै बिहे गरे भने,मैले हाम्रो भविष्य राम्रो देख्दिन, हामी सँग घर छैन, जग्गा पनि छैन, कहिले कमाउने , कसरी बाल बच्च हुर्काउने ! म फ्रान्स गएर पढेर आउँछु, तिमी मलाई नपर्खनु !", केटी थप्छिन्, "अब देखि हामी आःआफ्नो बाटो लागौँ, यसले दुवैको...

बियर सेवन स्वास्थ को लागि फाइदा

हालै मात्र युनिभर्सिटी अफ क्यालिफोर्निया का डाक्टर डेविस ले गरेको यौटा अध्ययन बाट दैनिकी एउटा स्वस्थ सरिरले ब्यालेन्स डाईट संग १ देखि २ पिन्ट (1 पिन्ट = 473.176473 मिल्लिलिटर्स ) बियर सेवन गर्दा स्वास्थ को लागि फाइदा हुने तथ्य प्रमाणित गरेका छन् । विशेष गरि जौँ बाट बनेको रक्सि मा ferulic acid भन्ने पदार्थ हुने र यस्ले हड्डीलाई चाहिने सिलिकन पदा्र्थ प्रदान गर्ने हुदा बियर सेवन स्वास्थ्य को लागि फाइदा जनक हुन सक्छ। तर यो सबै सरिर र उमेरका व्यक्ति हरुलाई लागु नहुन पनि सक्छ। Source : Science Today, University of Calefornia [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Happy BirthDay Facebook !

Happy 6th Birthday, Facebook! Facebook was lunched on February 4, 2004 to the public user. Facebook was founded by Mark Zuckerberg from Harvard University a that time, with his college roommates and fellow computer science students Eduardo Saverin, Dustin Moskovitz and Chris Hughes . Facebook was initially limited to University Student but later it was open for all the users of age greater than 13. Headquartered in Palo Alto, California U.S, Facebook has offices at different location like Atlanta; Birmingham, Michigan; Chicago; Dallas; Detroit; New York; Venice Beach, California; Washington, DC and International offices in Dublin; London; Milan; Paris; Stockholm; Sydney and Toronto. Facebook has 1,000+ employees and Over 350 million active (users who have returned to the site in the last 30 days). [1] Some of the interesting facts from Facebook[2] 1. There are more than 65 million active users currently accessing Facebook through their mobile devices. 2. People that use Facebook on ...