Skip to main content

ए एन एम एन वार्षिक भलिबल प्रतियोगिता शुभारम्भ

पुर्व सर्त अनुसार रातो भाले समुहले ले रातो भाले को मासु परिकार तथा तातो आलु समुहले तातो आलु को परिकार खुवाउँदा दुबै समूहले वर्षकै उत्कृष्ट समय को अनुभूति गरेको थिए ।


हरेक साल आयोजना गरिँदै आएको ए एन एम एन भलिबल ट्रफि च्याम्पियनसिप को शुभारम्भ भएको छ। अगष्ट १४ मा सुरु गरिएको उक्त प्रतियोगिता मा ८ टिम हरुले सहभागिता जनाएका थिए । सहभागी टिमहरू क्रमश, तातो आलु, नया नेपाल, रातो भाले, भुकम्प, एपल भ्याली क्लब, बारुला, भोले नाथ र चौतारी हुन । प्रथम चरणमा भएको लिग खेलमा समूह क बाट क्रमश नया नेपाल र भुकम्प सेमिफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह ख बाट भोले नाथ र बारुलो ले सेमिफाइनल मा आफ्नो स्थान सुरक्षित राखेका छन् । गत बर्ष को बिजेता , तातो आलु समूह, यो पटक लिग चरण बाट नै बाहिरिएको छ । लिग चरण का बिजेताहरु सबैलाई बधाई तथा तथा अन्य सहभागी समूहहरुलाई आउदो सालको लागि अग्रिम शुभकामना !

गत बर्षको बिजेता टोली "तातो आलु" !
रमाइलोको लागि लिग बाट बाहिरिसकेका समूह तातो आलु र रातो भालेले मैंत्रिपुर्ण खेल खेलेका थिए । पुर्व सर्त अनुसार रातो भालेले रातो भाले को मासु परिकार तथा तातो आलु समूहले तातो आलु को परिकार खुवाउँदा दुबै समूहले वर्षकै उत्कृष्ट समय को अनुभूति गरेको थिए ।
प्रस्तुत कार्यक्रमका का केही तस्विरहरु यहाँ प्रस्तुत गरेको छु ।

गत बर्षको उपबिजेता "नया नेपाल" समूह !


रातो भाले समूह!

एप्पल भ्याली क्लब !

चौतारी समूह !

भुकम्प समूह !

भोलेनाथ समूह !

बारुलो समूह !

प्रस्तुत कार्यक्रमको अन्य तस्विर हरुको स्लाईड सो तल प्रस्तुत गरेको छु !


धन्यबाद !
जादा जादै सपनासंसार को फेसबुक पेजमा आफुँलाई दर्ता गराउन नभुल्नुहोला !
[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ