Skip to main content

Posts

Showing posts from February, 2009

गजल

~ बसन्त मोहन अधिकारी जसको लागी बाँच्थे मर्थे उहि आज पराई भयो। उनको बाटो पर्खिबस्दा चितामाथी सुताई भयो। उनको माया संगालेर मिठो सपना सजाएथेँ सपना जली आज मेरो दागवती खुवाई भयो। गाँउमा हल्ला फिजाएर बदनाम गराई छाड्यौं जिउँदै मारी जलाउँन तिम्रो माया सलाई भयो। सपना जली देह बल्दाँ हाँस्छौ अरे दुनियाँ माँझ चोखो जीवन यो नारीको सधैं तिम्रो रजाई भयो। लिएर दोष, बदनामी मैले मात्र जिउँनु पर्यो आज जिउँन नसकेर जीवन आगोलाई भयो। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भनेको के हो

गजल

केशब आचार्य बोल्डर् कोलोराडो तिमीसँग फेरी भेट होला जस्तो लाग्दैछ प्यास मेरो ह्रीदयको फेरी किन जाग्दैछ । बिछोडका घाऊहरु आलै छन छात्तिभित्र जिन्दगीले फेरी किन तिमीलाई माग्दैछ । जत्ती भुलौ भन्दा पनि याद ताजा भै दिन्छ माया मेरो फेरी किन तिम्रो पछी भाग्दैछ । केही थियो सीमा रेखा कोरिएको हामीबिच अनायस जिन्दगीले किन सिमाना नाघ्दैछ । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

~आचार्य प्रभा अल्झिरैछु लहरामा सहारा तिम्रो हात देउ बैँशालु झैं नशा चढोस् मिठो मलाई मात देउ। सबैले सोध्छन मलाई,तिम्रो पहिचान के भनी ? परिचय नै खुल्ने गरी स्थाइ बरु जात देउ । कती कांटु हरेक पल अनिदो भै तारा गनी सपनिमा नै हराइरहुँ मिठो शुन्य रात देउ । धेरै आए आँखाहरु परेलिमा बास दिन्छु भनी चाहिदैन मलाई अरु केही, तिम्रै अमिट साथ देउ । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

५ रुपैयाँ जरिमाना र २० पटक उठ्बस् !

दि, म र बि माउण्ट अन्नपुर्ण स्कुल (जे सि ए) मा पढ्थ्यौँ । निकै मिल्थ्यौं ,पसलमा बिस्कुट दालमोट चोर्ने अनि कक्षा हापेर ट्रकमा पछाडि झुन्डेर कहिले बिजय पुर खोला मा पौढिन जाने त कहिले उर्लढो सेती वार पार गर्ने हाम्रो नियमित कार्य नै बनेको थियो ,केहि समयको लागी । करिव ९, १० बर्षका थियौं, हामीहरु त्यस बेला । स्कुल जाने बाटोमा एउटा सानो किराना पसल थियो । साहुजी ले आफ्नो सालीलाई पनि अर्थाङ्गीनी बनाउन भ्याएका , अर्थात दिदी बहिनी नै सौंता सौंता । कुरो के भएको रहेछ भने, दिदी भेट्न आएको बेलामा साउजीले आफ्नी सालिलाई पनि तिरमै पारेका रहेछन्। दिदी हेरी बहिनी जीउ ज्यान पनि सलक्क मिलेकी,अग्ली, राम्री र अलि कति आधुनिकता अङगालेकी । साहुजीले कान्छी श्रीमतीको लागि भनेर सानो पसल खोलिदिएका , जेठि श्रीमती राम्रो हिसाब किताब पनि गर्न नजान्ने , अल्ली पुरानो पाराकी भएकि हुनाले साउजीले उस्लाई घर धन्दा तथा घास दाउरा मा बढी पेलाएका भन्दा फरक नपर्ला ! जे होस दुबैलाई समय दिएर एउटै घरमा बसेका थिए , ती साउजी । साउजी खासै पसलमा देखिन्नथे , खोई के ईलम गर्थे त्यो त मलाई चाहिँ थाह भएन ! यहा निर केहि भुमिका पस्के किनकि हाम

मृत्यु नै डराएर भागेको छ ।

हे! मृत्यु संग रमाउन खोज्ने, म माथिका यमराज हरु हो ! किन आज आफैँ डराएर पर भाग्दै छौ ? आज मलाई एउटा मृत्यु चाहिएको छ । आज म मा कम्पन छैन, भय त कत्ति पनि छैन । तर आज मेरो बर्बादी, आफैँ मर्न खोज्दा मृत्यु नै डराएर भागेको छ । हिजो जीवन को लागी कँयौ छल हरु छलेँ कंयौ को बलिदान त्याग्दै नसामै बलेँ सफल जीवन भन्दै झुटो वाचा बादेर हिडेँ , सधै राम्रै राम्रै मात्र रोज्न खोजेँ , डराउथे कतै मेरो संसार नासिन्छ कि भनेर ! तर आज मेरो बर्बादी, आफ्नो संसार आफैँ नास्न खोज्दा मृत्यु नै डराएर भागेको छ । मैले धेरै युद्द लडेँ र जितेँ पनि किनकि मं ससश्त्र थिए तर उनि हरु निसश्त्र थिएँ ! मेरो ससश्त्र रुपले कयौ मृत्यु हरुलाई ढालेको थिएँ , तर आज म निसस्त्र छु तैपनि तर आज मेरो बर्बादी, आफैँ ढालिन खोज्दा मृत्यु नै डराएर भागेको छ । मेरो साथ पछि लाग्ने मेरा पुच्छर हरु आफुलाई टाउको भनेर दावी गर्ने भएछन् दुई दिनको लागी के म गलेथेँ सबै म देखि पर गएछन् संसार मेरो थियो मृत्यु मेरो अधिनमा थियो कुनै दिन तर आज मेरो बर्बादी, आफैँ मृत्यु को अधिनमा जान खोज्दा मृत्यु नै डराएर भागेको छ । रगतमा रमेको म आज पानी देखी डर लाग

गजल

~ आचार्य प्रभा तिम्रो बाचा यस्तो रैछ खहरेको भेल जस्तो लाग्न थाल्यो यस्तो पनि तासको खेल जस्तो । तिम्रो बन्धन,तिम्रो माया शंकाको घर बन्यो बाहुपासमा के आएथेँ यस्तो मानेँ ,जेल जस्तो । नानाथरी बुट्टा हाल्दै,मायाको साईनो गाँस्यौ यथार्थमा आइपुग्दा ,लाग्न थाल्यो झेल जस्तो । बांधीदियौ बन्धनमा, फुकाउन गार्हो भयो समाजको रीती नै मान्न थालेँ नेल जस्तो । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

केशब आचार्य चाहिदैन साथ तिम्रो एकपटक छोडेपछी रमाइला जिन्दगीको बाचा सबै तोडेपछी । दुवै मिली मुटुभित्र रोपेका ती मायाहरु बिर्सिएर पाइला कतै अन्तैतिर मोडेपछी । भरोशाको ,बिश्वास अनी कल्पनाको सिशमहल अबिस्वाशी निष्ठुरिले झुक्याएर फोडेपछी । नसम्झनु आफु मात्र खुशीसँग बाँचेको छु बाँच्न सक्छ ''केशु''अझै जिन्दगीलाई गोडेपछी । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

जातिय संघियता

बगाले, मिलन रातो कलमको घेराबन्दीमा नक्सालाई बिस्तारै चिर्दै गरौंला आउ ठूल्ठूला मुढा जोतौ देश राम्ररी छडकिदैछ दुना टपरी खोज्दै गरौला साना ठुला रोज्दै गरौला भोकाएर तिल्मिलाएकाहरुलाई मिठो नमिठो किन चाहियो? खान हुने नहुने कुरो अघाएपछि सोच्दै गरौला। तनहुँ E-mail: milanbagale@yahoo.com यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

जीवनभित्र र बाहिर

अधिकारी, बसन्त मोहन यि आँखाहरु यो संसार देख्छु भन्छन् हेर्छन् लोभ, मोह, डाहमा हाँसो खोजेर आँशु दिन। कानहरु बाह्य ध्वनीलाई विश्वास गर्दै... प्रतिफल यो आगत आँशु, रोदन, चित्कार। यो मुख, आँखा र कानको प्राप्तीमा घमण्डी भै क्रान्ति र जेहादसंग प्रजातन्त्र, गणतन्त्र र धर्म देखाउँदै युद्ध, हत्या र हिंसा गर्न चर्का आवाज निकाली रहेछ। यो बुद्धि यिनै, देख्ने, सुन्ने र बोल्नेसंग समागन भै प्रतिष्प्रधामा उच्च र निच देखाउदै संसारमा हैकम राख्न स्वयम आफ्नो र संसार विनासको लागी बम, बन्दुक र मिसाएल बनाईरहेछ। आगतमा यो प्राप्ती, जीवनको अन्त्य र संसारकै विनास। बिचरा सोझा, सिधा र निरीह जिब्रो, छाला र नाक मिठो खाने न्यानो पाउँने र सुगन्धको आशमा देख्ने, सुन्ने र बोल्नहरुसंग हातेमालो गरिरहेछन्। बिगत देखी आगत सम्मको यो यात्रामा, आशा राख्नेहरु उहि र उस्तै हिजो अस्ति झैँ भोकै, हैजा र दुर्गन्ध बिच चिसो सीरेठोमा अकाल अगालिरहेछन्। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

जीवन के हो ?

आचार्य, प्रभा जीवन के हो ? सम्झ जीवन फूल हो फुल्छ ,झर्छ अनी ---आफ्नो यौवन,रूप ,रङ सबै पत्झडमा अनुवाद गर्छ । सम्झ जीवन भूल हो लोभ,लालच ,मायामा भुल्छ अन्धो बन्छ ,गल्ती गर्छ , सजाय पाउँछ ,पश्छताप गर्छ फेरी मौन बन्छ । सम्झ जीवन क्षणिक हो जन्मन्छ ,बन्धनमा बाँधिन्छ , समयको चक्र सङै परिवर्तन हुन्छ क्षितिजपारिको सूर्य जस्तै अस्ताउंछ ,निस्तेज हुन्छ । यथार्थमा जीवन , फुल्नु ,झर्नु खुशीमा रमाउनु दु:खमा बिस्माद गर्नु लोभ,लालच ,माया ,मोह अहकारको अभिप्शामा अलमलिनु अन्त्यमा शुन्यमा ---, केवल निष्पट शुन्यमा बिलिन हुनु हो । (कसैले मलाई जीवन के हो भनेर परिभाषा मागेकोले कबितामा अनुवाद गरेर प्रत्युत्तर दिने प्रयास गरेकी हुँ) । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

बसन्त थापा“जीवन” तनहुँ, हाल: अवुधावी, यु ए ई अंधेरी रातको कुरा नगर। धनि र जातको कुरा नगर।। माया त चोखो मायानै हो। पिडा र घातको कुरा नगर।। भेटीने संगम दोबाटो छुटीने। विछोडी साथको कुरा नगर।। “जीवन”को मुटु तिम्रै हो “सानु”। पानको पातको कुरा नगर।। यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

हिप्पी दिवस - February 14

प्रस्तुत पंक्ति हरु प्रणय दिवस को उपलक्क्ष मा लेखिएको हो ! मेरो त भैगयो, तिम्रो के छ कुन्नी जति बोलाउदा नि, किन हो नसुन्नी चेप्टेसंग गईकन, लिए अलिकति रिन गिफ्ट केने, पत्र लेखे, तिमीलाई दिन कपाल कोर्ने काईयो अनि किने एउटा डोरी जे भएनि तिमी मेरी छुच्ची सासुकि छोरी आज म त जादिन है तासको त्यो खालमा माया पिरिम गासौं हामी हिप्पीको तालमा तिमी मासु पकाउ टन्न म खाईदिन्छु बरु छेउमै बसेर एउटा गीत गाईदिन्छु दिउसो पल्लो गाउमा फिलिम् हेर्न जाने भेलपुरी र पकोडा संगै बरफ पनि खाने हिप्पि को माया लाउने दिन रहिछ आज त्यागी दिउँ अहिलेलाई हाम्रो सबै काज मनाउँ है हिप्पी दिवस, माया लाई चुनि अमर होस तपाई हाम्रो सबैको यो जुनि जादा जादै तपाई हरुलाई पनि प्रणय दिवस को उपलक्क्षमा सु्भकामना ! तपाईलाई तपाईको सहि सलामत जोडि मिलोस् , यो प्रणय दिवस को दिनमा ! यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गीत

आचार्य, प्रभा म भावनात्मक माया गर्न थालें तिमीलाई तिमी भने चाहनाको दृष्‍टिले हेर्न थाल्यौ मलाई ... म मीठो कल्पनामा बहन थालें तिमीमा तिमी भने स्वार्थको शब्द फ्याँक्न थाल्यौ म मा ... भन्छन माया अनायस देखिने इन्द्रेणी को रङ हो त र लाग्छ तिम्रो माया बैँशको उन्माद हो ... सुनेकी छु निस्वार्थ माया शारिरिक् चाहना हैन स्वार्थपूर्ती गर्ने माया केवल बहाना पनि त होइन ... म श्रद्दालु आँखाले खोज्न थालें तिमीलाई तिमी भने नशालु नजरले पाउन खोज्यौ मलाई ... (प्रणय दिवसमा समर्पित गीत रचना २ -११ ०९ साँझ ९ बजे ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

महाशय ! सुनुवाईहोस्

अधिकारी, बसन्त मोहन हेदैर्छु दृष्यहरु ! भोग्दैछु जीवन अरु फूल जस्तै धर्म, कर्म र संस्कारमा मन्दिरमा चढाइदिन्छन् । जिउँन नदिई गलाइदिन्छन् । रुप रङ्ग बिगारेर भोलिपल्ट मिल्काइ दिन्छन् । हेर आज, म फोहोरको थुप्रोमा कैयौं पटक बंगैचामा फूल्न नपाई कोपिलामै चुँडिएर रङ्गीन संसारको सृष्टि पत्झर शिशिर अँगालेछु । भमराहरुको आगमनमा लथालिङ्ग र भताभुङ्ग भै म उहि थुप्रोमा खसेछु । अमन चयन शान्ति दिने रंङ्गीन संसार बनाउने प्रकृतिको धुन म प्रेम र विश्वासमा रंङ्गहरु छर्दैछु । तर बिडम्वना, भमराहरुको जमातमा अभिशाप भएछ मेरै लागि मेरो लक्ष्य र चाहना यो सुन्दर र सालिन स्वरुप । हिजैदेखी बंगैचाको सुन्दरता बिच रङ्गीविरङ्गी फूलहरुमा यी भमराहरु १ भु भु गरीरेर डुल्थे यहाँ आज उज्यालोमा आफैलाई नियाल्दा अनायासै मबाट मेरो रंङ्ग उडिसकेछ । यो जीवन रसपान, भोगविलास, कामवासना र रागको उपहार बनेछ । यो रंङ्गहीन स्वरुप १ नामको नरहेर बदनामको यसैको डरले अन्ततः लुक्न म यहि थुप्रोमा पसिरहेछु । यस वातावरणको दास दुइ दिनको जीवन पीडैं पींडा मेरो जातिमा यो क्रमीकता कहिले सम्म हो - मनमोहक र शालिन प्रकृति प्रदान स्वरुप म फूल १ यो फोहोरबाट फ

तिम्रो वा उस्को जवानी, सडेकै त हो नि

ट्याउ कान्छा स्याउँ को रुखमा स्याउँ फलेकै त होनि तिमीलाई देखेर यो मन जलेकै त होनि दिनमा भेट्दाको तिम्रो अध्यारो मुहार रात्रीकालिन भेटमा दनदनी बलेकै त होनि मुखबाट कुटिल हासोँ पनि झरेकै त होनि भ्याकुता समात्दा माछा पनि परेकै त होनि मेरो फ्ल्याटमा, म संग संगै बस्ने तिमी ब्याई फ्रेण्ड पाएपछि कोठा सरेकै त हो नि मैदानमा हिन्दा १, २ पटक, लडेकै त होनि कोमल फुल पनि भित्र भित्रै, गडेकै त होनि आखिर जे भए पनि तिम्रो वा उस्को जवानी, सडेकै त हो नि यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

गजल

केशब आचार्य ब्यथा खस्दा आँखाबाट पुछ्थे तिम्रा हातहरु मल्हम हुन्थ्यो दुख्दा छात्ती,मीठा तिम्रा बातहरु । कोलाहलमा रमे पनि जुनसुकै पलहरुमा तिम्रो साथ पाउदा सधैं मीठा बन्थे रातहरु । गार्हो भयो बाटो काट्न एक्लै हुँदा जिन्दगीको हांसी हांसी हिंडिएथ्यौ पाउदा तिम्रा साथहरु । सिथिल भए पाइलाहरु नैराश्यले ढाकिदियो लोलाउथे नयनहरु पाउदा तिम्रा ओँठका मातहरु । (रचना २०६१ साल नेपाल हाल कोलोराडो ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

श्रृजना कविता प्रतियोगिता २००८ संपन्न !

श्रृजना डट कम द्वारा आयोजित "श्रृजना कविता प्रतियोगिता २००८ को नतिजा घोषणा तथा नेपाली साहित्यमा हङकङ: हिजो, आज र भोलि "विषयक अन्तरविमर्शको कार्यक्रम जोर्डन स्थित याक एण्ड यति रेष्टुरेन्टको सभा हलमा संपन्न भयो । कुल १४ देशबाट सहभागी ७० प्रतिश्पर्धी कविताहरुमध्येबाट ३ सदस्यीय निर्णायक मण्डलद्वारा १) वादी विज्ञप्ति - प्रगति राई, प्रथम , (नेपाल) (NRs. 10,000) २) फूल र ढुंगा साम्राज्य - निराजन बतास, द्वितीय , (नेपाल) (NRs. 5,000) ३) आलंकारिक नागरिक - अशोक राई, तृतीय, (हङकङ) (NRs. 3,000) तथा मेरी आमा - बाबु त्रिपाठी (नेपाल) (NRs. 1,000) र गाउँको संझना - टोप बहादुर राई(हङकङ) (NRs. 1,000) सान्त्वना घोषित भएका थिए । खुल्ला विषय र खुल्ला प्रतिश्पर्धा भएकोले निर्णय गर्न कठीन भएको बताउँदै निर्णायक श्री हाङयुग अज्ञातले आउने प्रतिश्पर्धात्मक कार्यक्रममा विषय वस्तु तोकिनु पर्ने सुझाव दिनु भयो । प्रतियोगितामा विजयी कविताहरुलाई निर्णायकहरुद्वारा वाचन गरेर सुनाइएको थियो । सान्त्वनाका दुई कवितालाई निर्णायक टंक साम्बहम्फे, द्वितीय कवितालाई निर्णायक हाङयुग अज्ञात तथा प्रथम कवितालाई निर्णायक तथा श

मनको उच्छ्वाश

आचार्य, प्रभा मलाई यत्तिखेर, भुई कुहिरो भएर उड्न मन लागेको छ अँ ह ---आकाशिन मलाई मन छैन म ,निस्तेज भएर नै रमाउन चाहन्छु म ,देउरालीलाइ चुम्न चाहन्छु भञ्ज्याङलाई अङाल्न चाहन्छु भीर,पाखासँग मीत लाउन चाहन्छु । मलाई यत्तिखेर क्षितिज भएर हाँस्न मन लागेको छ , अँ ह ---मलाई फराकिन मन छैन म ,रङिन भएरै सजिन चाहन्छु म,आकाश र धर्तिलाई जोड्न चाहन्छु पहाडलाई छाम्न चाहन्छु साँझलाई रङाउन चाहन्छु । मलाई यत्तिखेर , शिरिष भएर फुल्न मन लागेको छ अँ ह ---, मलाई गुलाब हुन मन छैन म, नीलो रङ भएर फुल्न चाहन्छु म ,शान्तिको रङ भएर झुल्न चाहन्छु आकाशसँग दाँजिन चाहन्छु नीलो झरनामा परीभाषित हुन चाहन्छु शान्तिको पर्याय शान्त शितल नीलो दह हुन चाहन्छु । (रचना २०६० साल नेपाल बिभिन्न मिडिया हरुमा बाचन् गरिएको ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

मेरो मुटु

केदार श्रेष्ठ’गगन’ भीमस्थान-५,सिन्धुली हाल-अनेसास यू.र्एर्.इ.च्याप्टर फूल उनी, जून उनी, खुन मेरो उनी देखिन आज मैले भेट्न किन आइनन् - किन मेरो आँखाबाट ओझेल परिन् - प्रिय कुनै परिबन्धमा त परेनौं - कतै समय पापीले त बाधेन - कति आतुर थिए मेरा ओठ त्रि्रो नाममा लेखेको मनको वह, त्रि्रै यादमा कल्पेका कल्पनाहरु तिमीलाई सुनाउन तर अहिले ब्याकुल भा’को छु म तिमीलाई नदेख्दा, तिमीलाई नभैट्दा, रोइरहेछन् आँखा, विरह र वेदनाको आँधी चलिरहेछ मनमा । ज्वारभाटाहरु उर्लिरहैछ, सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा कतै हिजो भेटेको क्षण नै अन्तिम त होइन - हिजो बोलेको आइ.लभ.यू. र त्रि्रो त्यो कोमल हातले मुसारेर गालामा च्वाप्प खाएको म्वाई अन्तिम हुने त होइन - कतै दैवले अन्तर्घात गर्नै हौइन - त्यसैले म भगवानसँग विन्ति गर्छ ,हे ! भगवान कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गर्राई दैऊ न फूलपाती चढाउँला त्यतिले नपुगे के माग्छौ घुस भन म दिन तयार छु रागो, बोका, कुखुरा,परेवा……..जे माग्छौ, म चाहान्छु- उसको मायामा मेरो यो शरीर समाधिष्थ गराउन, उसको मायाको रापमा यो ज्यान खाग बनाउन । उनी टाढा छिन् मेरो कुपोषणयुक्त इच्छा,

पक्षघातले पीडित मेरो देश

आचार्य, प्रभा अचेल मेरो देश ... पक्षघातले पीडित छ पोख्त डक्टरहरुको अभावमा असम्भव छ यो रोगको निराकरण हुन किन कि, यहाँ डक्टरहरुको माथिङ्गल नै स्वार्थ र पद्लोलुपताको होड्बाजिमा भौतारिरहेको छ । बिचरा मेरो देश , सहि उपचारको अभावमा अपाङ्ग बनिरहेछ । निस्वार्थी सेवकहरुको उपचारको आशामा म्रीततुल्य भैरहेछ , हुन पनि त हो , अपाङ्ग र अशक्तताको अभावमा मेरो देश किन निरीह नहोस् ? सहि स्याहार र आश्वासनको अभावमा मेरो देश रोगले ग्रस्त छ । बाँच्नुको अपेक्षामा अर्धचेतन भै लडिरहेछ , संजिवनि दिने हातहरुको आशामा आँखाहरु बिछ्याइ रहेछ । अचेल मेरो देश , मानसिक रोगले भयभीत छ पक्षघातले पीडित छ । (रडियो नेपालको स्पन्दन कार्यक्रममा २०६१ सालमा बाचन् गरिएको ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

चाइनिज नयाँ बर्ष

कपिल आचार्य मलेसिया यसपाला साँढेको गुनगान गाउँदै, साढेको कलालाई आत्मसात गर्दे हरेक बर्षे रङ्गिने चाइनिज समुदायको सबैभन्दा ठुलो पर्व चाइनिज न्यु इयरलाई नजिकबाट चियाए तिहार जस्तै गरी रङ्गेका कलात्मक दृश्यहरु थरि थरिका अनुहारमा झल्केका अदभुत उमङ्गका दृश्यहरु सबैथरिका रैथानेहरुका माझ उतिनै लोकप्रिय देखिन्थ्यो, परैबाट सुर्य बलेझै देखिन्थ्यो। विदेशी कामदारले भरिएको, मलेसिया सबैभन्दा जाँगरिला भनिएका, चाइनिज सबैभन्दा भरपर्दा भनिएका, हामी नेपाली चाइनीजहरुको कम्पनिमा काम गर्ने आप्रवासी कामदारको कथा हरेक बर्षको साँढेको उन्मात सँगै विश्राम पाउँने गर्छ केही दिनको लागि भएपनि राहत पाउँछ सबैले शान्तिको सास फेर्ने मौका पाउँछन् रेष्टुरेन्ट भनुँ या ब्यापारीको ब्यापार, गाडि भनु या यात्रीले टिकट काट्ने काउन्टर चारैतिर दलालीको सलबलाउट देखिन्छ कोही यात्रीलाई सहयोग गर्ने नाममा, त, कोही अरुको अनभिज्ञताको फाइदा उठाउँदै, सबै आ–आफ्नै तालमा आफनै स्वार्थमा मस्त रहन्छन्। प्रवासमा, विदेशीएका सुगन्धित फूलहरु, रसपान गर्दे अनि गर्ने आसमा लुकी बसेका आत्माहरु, विदेशीलाई आफ्नो जीवन सुम्पेर रित्तिएका हाम्रा

गजल

केशब आचार्य ठग्छ भने नियतिले मलाईमात्र ठग्दै गरोस हर्छ भने जिन्दगीको हाँसो,खुशी सबै हरोस । कत्ती मात्र हाँसी बसुँ पीरब्यथा लुकाएर मेरै मात्र कर्म खोटो खाल्डो भित्र परे परोस । अघी बड्न खोज्दा सधैं भूमरिले छेक्छ किन नफक्रदै जिन्दगी यो झर्छ भने पनि झरोस । सम्भालिदै आफु पनि अरु जस्तै बड्न खोज्दा दैव तेरो ''केशु''पनी मर्छ भने आजै मरोस । (रचना २०५३ साल बोल्डर कोलोराडो ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

सपनासंसारलाई कोशेली !

प्रवास को बसाईसंगै नेपाली खान पिन बाट टाढा हुन परेको यो समय मा, सपनासंसारको लागी, हाम्रा एक मित्र ले बिशेष कोशेली पठाएका छन् । लौ मेरो त मुखै रसायो है ! आम्म् ! पुरानो अमिलो अचार र लोकल खसीको मासु अनि जेठो बुढो को भात , आ हा ! तश्वीर:नबिन डंगोल लौ ! लोकल रक्सी त छुटेछ ! तश्वीर:नबिन डंगोल लौ त नेपाली दाजु भाई तथा दिदी बहिनी हरु, एकै छिन भए पनि यो सपनासंसार मा नेपाली खाना, कुहिना सम्म मासुको झोल चुहाएदै खाएर टन्न हुनु भयो होला अनि रमाउनु पनि भयो होला ! मैले त तपाईलाई भोजन गराए, तपाई अव म संग एक निशुल्क भोजनको ऋणी हुनभयो, जहिले मन लाग्छ, त्यहिल्यै तिर्नुहोला है ! नतिर्नेलाई पनि छुट त छदैछ , नडाराउनुहोला ! जादा जादै। तश्वीर को लागी मित्र नबीनलाई धन्यबाद साथ साथै तपाईलाई पनि धन्यबाद ! लौ है हजुर ! म त लागे है, लोकल खसी खोज्न ! यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

पहाडरुपी लालचभित्र बाचेको मान्छे

आचार्य, प्रभा लामो यात्रा गर्छु भन्थ्यौ आखिर दुई पाईलामै थाक्यौ थाहा छ तिमीलाई ? जीवन संघर्ष हो भोगाइहरु पाठ् हुन जस्लाई तिमीले प्रत्येक् जीवनका पाना पाना हरुमा पढ्दै ,पर्दै जानुपर्छ / अनी जीवन यही हो ठानी आत्मासात गर्नुपर्छ / सानी चित्त,असन्तोष मान्छेको निको नहुने रोग हो , जस्ले जीवभर असक्त बनाउछ / सपाङ शरीर भएपनी यस्ले अपाङ्ग मनस्थिती बनाइ सदा तिम्रो मनलाई अपाहिज बनाउछ / अनी त ,तिमी जती बैभवशाली भएपनी सधैं रित्तो अनी जहिल्यै निरस बन्न वाध्य हुन्छौ / यदी तिमी तिलको मन लिएर पहाडरुपी लालचभित्र बाचिरहन्छौ भने सधैं अपूर्ण र अभावग्रस्त बनिरहन्छौ जबकी तिमी केवल पाउनुको अर्थमा मात्र आफुलाई बाचेको सार ठान्दछौ भने / (अमेरिका ) यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

अभिषाप

अधिकारी, बसन्त मोहन लोभी, पापी, निर्दही, निर्मोही रुप, रङ्ग उडाएर चुस्न सम्म चुस्यौ । बदनाम गराएर उपभोग गर्यौ । त्यतिले नपुगेर हेर, मन्दिरमा रीति, रिवाजमा मलाई चुडेर जीवनको अन्त्य यो धर्म कर्ममा । हे, शुन्दरी, सुकुमारी, रङ्गीन स्वरुपका फूलहरु Û मनमोहक आकृतिमा तिमीले लठ्याएर यो मन चोर्यौ आज सम्म नभरीएको लोभ तिमीले नै भर्यौ म लोभी होइन तिमीले लोभ्याई दियौ । मलाई के थाह ? तिम्रो स्वाद आफ्नो रुपले लोभ्याएर मलाई डाँकी रसपान गराई दियौ स्वर्ग देखाई दियौ बानी लगाई दियौ त्यसकै प्रतिफल मेरो निरन्तरता तिमीहरुको बिभीन्नतामा म पापी होइन । सोध प्रतेक भमराहरुलाई उँ संग मन, मुटु छ माया, ममता, प्रेम छ विश्वासमा हरेक फूलहरु संग बस्छ । तिम्रो नाई नास्ती भए म के गर्न सक्छु र ? एकबाट अर्को अर्कोबाट अर्को यो मन र तनलाई डाँक्ने र लाने दिने र खुवाउाने तिमी फूलहरु , एकले अर्कोको खोस्दै छौ छिन्दै छौ स्वयमलाई रुवाउादै छौ म निष्ठुरी होइन । हे फूलहरु Û मेरो दोष देखाई मलाई गाली नगर यो तिम्रो रुप, रङ्गं र बानी ब्यहोरा नै स्वयमको अभिषाप हो । यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:

रक्तबीज

बगाले, मिलन एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो। केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम थमाईयो। कलम हात पर्नासाथ सबैको ध्यान त्यै नक्सातिर तानियो अनि सुरु भयो रातो कलमले त्यो नक्सालाई अन्धाधुन्ध चिराचिरा पार्ने र घेराबन्दी गर्ने अत्यासलाग्दो उपक्रम। “यहा देखि यहा सम्म मेरो” “यतादेखि उतासम्म मेरो” “यो पिधतिरको सप्पै सर्लक्कै मेरो” “यो बिचतिरको सप्पै मेरो” हेर्दाहेर्दै अघिको त्यो सुन्दर नक्सा विद्रुप, कुरुप र रगताम्य जस्तो देखियो। कलम समात्ने सबैका आखा राता राता भए र भैरवझै डरलाग्दा देखिए। भुगोलका काला धर्साहरु सबै बिलाएको त्यो नक्सा कताकता रक्तकुण्डको झल्को मेटाउने अमूर्त चित्रजस्तो थियो। "नाइ !" म चिच्याउदै उठे। हैन, यो रातो कलम कतै मेरो देश चिराचिरा पार्ने रक्तबीज बनेर सबैको मनमा हुर्कन थालेको त होइन? मेरो मनको यो भुइचालो के ले शान्त होला खै? सुन्दैछु, हिजोआज त्यै भुइचालो ल्याउने विहानीको स्वागतार्थ धेरैजाना रातो कार्पेट ओछ्याएर तम्तयार भइसके रे ! स्थायी ठेगाना : क