Feb 7, 2009

मेरो मुटु

Facebook

केदार श्रेष्ठ’गगन’
भीमस्थान-५,सिन्धुली
हाल-अनेसास यू.र्एर्.इ.च्याप्टर


फूल उनी,
जून उनी,
खुन मेरो उनी
देखिन आज मैले
भेट्न किन आइनन् -
किन मेरो आँखाबाट ओझेल परिन् -

प्रिय
कुनै परिबन्धमा त परेनौं -
कतै समय पापीले त बाधेन -
कति आतुर थिए मेरा ओठ
त्रि्रो नाममा लेखेको मनको वह,
त्रि्रै यादमा कल्पेका कल्पनाहरु
तिमीलाई सुनाउन
तर

अहिले ब्याकुल भा’को छु म
तिमीलाई नदेख्दा,
तिमीलाई नभैट्दा,
रोइरहेछन् आँखा,
विरह र वेदनाको आँधी चलिरहेछ मनमा ।
ज्वारभाटाहरु उर्लिरहैछ,
सात रेक्टर स्केलको भुइँचालो गइरहेछ मष्तिष्कमा
कतै हिजो भेटेको क्षण नै
अन्तिम त होइन -
हिजो बोलेको आइ.लभ.यू.
र त्रि्रो त्यो कोमल हातले मुसारेर
गालामा च्वाप्प खाएको म्वाई
अन्तिम हुने त होइन -
कतै दैवले अन्तर्घात गर्नै हौइन -
त्यसैले म भगवानसँग विन्ति गर्छ ,हे ! भगवान
कहिलेकाहीँ त मेरो मनको कुरा पनि पूरा गर्राई दैऊ न
फूलपाती चढाउँला
त्यतिले नपुगे
के माग्छौ घुस भन
म दिन तयार छु
रागो, बोका, कुखुरा,परेवा……..जे माग्छौ,
म चाहान्छु-
उसको मायामा
मेरो यो शरीर समाधिष्थ गराउन,
उसको मायाको रापमा
यो ज्यान खाग बनाउन ।
उनी टाढा छिन्
मेरो कुपोषणयुक्त
इच्छा,आकांक्षा र सपनाहरु
मनसँगै बतासिएर
कहिले बतासमा,
कहिले वषर्ातमा
समाहित हुँदै उसको प्यारमा
उसको माया
आँखाको डिलबाट
बग्न थाल्छ अवीरल,
म सम्झिन्छु उसले भनेको कुरा-
तपाईँलै भनेको हैन -
तिमी मेरो मुटु हौ भनेर
हो म तपाईँकौ मुटु भए
तपाईँ मैरो शरीर
शरीर र मुटु कहिले अलग हुन सक्छ -
त्यसैले अब हामी एउटै भएनौ त -

~२२ माघ २०६५


यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



3 comments :

Hello said...

hello

Anonymous said...

:)

Anonymous said...

O:-)

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP