Skip to main content

Posts

Showing posts from May, 2011

आफुलाई कम्जोर ठानी किन चाँडै, हार्‍यौ भन ।

(गजल) आचार्य प्रभा हाँसी राख्ने आँखाबाट किन आसुँ झार्‍यौ भन आफुलाई सधैंभरी किन पिरमा पार्‍यौ भन । जीवन हो दुईदिनको कै'ले घाम कै'ले पानी जिजीबिषा मनको फेरि किन चाँडै मार्‍यौ भन । मनलाई फूल सम्झी जताभावी नचढाउ यो डालीको थुँगा टिपी कुन डालीमा सार्‍यौ भन । जहिले नि मान्छे भइे उदेश्यमा रम्नु पर्छ आफुलाई कम्जोर ठानी किन चाँडै हार्‍यौ भन । अधरमा मुस्कानको छाँयालाई बाँध्न छाडी आँसु धारा नदी सम्झी मन किन तार्‍यौ भन । रचना-(मार्च २५/ २०११) अमेरिकी समय १२ .१५ दिनको [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम्बर ५ क