Skip to main content

Posts

Showing posts from November, 2008

सपनासंसार श्रष्टा परिचय !

सपनासंसार मा आफ्नो समय खर्चने, नेपाली भाषा र साहित्यको अनुरागि पाठक तथा श्रष्टा हरु सबैमा, यो सपनासंसार को तर्फ बाट सलाम । सपनासंसार मा आफ्ना अमुल्य श्रृजना हरु पस्कनुहुने सबै श्रष्टा हरुलाई म ह्रदय देखि धन्यबाद दिदै उहाँहरु सबैको छोटो परिचय तल पस्केको छु । १. आचार्य, प्रभा बि सं २०१९ साल जेष्ट, दार्जिलिङमा जन्मनु भएकी प्रभा आचार्य , साहित्य र गीत लेखन मा रुचि राख्नु हुन्छ ।एम ए सम्म को शिक्षा हासिल गर्नुभएकी, आचार्य ले आफ्नो लेखन यात्र २०३४ बाट सुरु गर्नु भएको हो । कबिता ,कथा ,मुक्तक ,लघुकथा ,नाटक ,गीतिनाटक ,गजल ,भजन इत्यादी लेखन बिधा मा हात हाल्नुभएकी आचार्य ले, क्रीती -''तिम्रो पर्खाइमा '',''ड्रीम्स''(गीती एल्बम २०५१ ),''इश्वोर बन्दना '' भजन (अडिओ २०५५ ),'' परदेशबाट '' (कबिता सङ्रह २०६२ ) जस्ता श्रृजना हरु आफ्ना पाठक तथा श्रोता हरुलाई पस्किसक्नु भएको छ । २०५१ साल मा कोठेसाहित्यिक्यात्रा को अधक्ष र २०५२ मा प्रतिभा निकेतन,साहित्यकलासङमको सदस्य पदभार संम्हाल्नुभएको आचर्यले, रेडियो नेपाल को लागि रेडियो नाटक तथा गीतिकथाहर