Skip to main content

Posts

Showing posts from October, 2009

देउसी भैली भिडियो २००९

नमस्ते आमा बाबा , दाजु भाइ , दिदी बहिनी , तथा साथी सँगी हरू ! तिहार पनि सकियो, हजुर हुरको तिहार पनि राम्ररी बित्यो होला हैन ! यो पाली पनि बिगतका ३-४ बर्ष जस्तै दिदी सँगै नहुँदा मेरो निदार खालि नै रह्यो तर पनि तिहारको दिन मा भएको दिदी भाइको भलाकुसारीले दिदीसंगै बसेर टीका थापे जस्तै भएको थियो। के बिछोड को कुरा गर्ने हगी, ‍अनि तपाई हरुको देउसी भैलो कस्तो रह्यो कुन्नि ? हाम्रो त सानो समुह भएर देउसी भैलो खेल्यौ , रमाइलो नै भयो । प्रस्तुत देउसी भैली कार्यक्रम को सानो क्लिप यहा पस्केको छु । क्लिप उपलब्ध गराईदिनु भएकोमा दीपक संजेल र कृती दाइलाई मुरी मुरी धन्यवाद ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Back Home ......

Dikshya Dhital (Universal Initation) Kathmandu, Nepal From the day that I have been back, people have been asking me the same question; “How long are you here for, or when are you going back?”! No one seems to understand the fact that I am here for good; that I have left US for a good reason and I am seriously trying to build a career in my own country! At the same time I don’t even want to blame them, after all how many people have returned home after their education abroad to work here? Even if there are some, they might be in such small numbers that you can count them within your fingers! Yes, I am back home and I am proud for the fact that I am here. I am having the time of my life in doing all those things that I had been putting off from the past few years. I am exploring my country and realizing how beautiful it is. I have finally seen Everest, drank through streaming rivers and walked along wild lives. I even had time to take that dance and language class that I always thought

शुँभ दीपावली २०६६ देउसी भैलो कार्यक्रम, मिनिसोटा

शुँभ दीपावली २०६६ को शुभ अवसरमा मिनिसोटा बासी नेपालीहरुले देउसी भैलो कार्यक्रम गरेर उत्साहजनक तवरले मनाएका छन् । संजेल परिवार को संयोजनमा भएको उक्त कार्यक्रममा मा गीत सङ्गीत साथ साथै रमाइला रमाइला देउसी गीत हरू गाइएका थिए । केटा केटीहरुको पनि उत्साहजनक सहभागिता थियो । कतिपय नेपाली मुलका यी केटा केटीहरूको लागी यो नै पहिले देउसी भैलो कार्यक्रम थियो । बिदेशीएका नेपाली परिवार हरुले पनि आफ्नो रीतिरिवाज तथा चालचलन लाई पूर्व रुपमै अगालेको भान भएको थियो । प्राय सबै जसो परिवारहरूले ले सेल रोटी, अनरसा, अर्सा, पुरि, खीर तथा विभिन्न फलफूल हरुले देउसीभैलो टोली लाई स्वागत गरेका थिए । पङ्क्तिकार पनि प्रस्तुत कार्यक्रममा संलग्न थियो । उक्त कार्यक्रम का केही तस्विर यहाँ पेस गरेको छ, तस्विर उपलब्ध गराइदिनु भएको मा संजेल परिवारलाई धन्यवाद ! कार्यक्रम बाट करिब ६०० डलरको हाराहारीमा रकम सङ्कलन भएको थियो। उक्त रकम को सहि ठ सदुपयोग को लागी कार्यक्रम आयोजकहरू भलाकुसारी गर्दै छन् । एउटा निकै रमाइलो प्रस्ताव पनि आएको थियो, केहि देउसी भैलो टोलीका मित्र हरुलाई उक्त ६०० डलर दिएर क्यासिनो पठाउने , अनि उहाँ हरु

दण्डहिनता कहिले सम्म? - भाग ३:

उपमा अर्याल छाउनी, काठमाडौं हाल- मिनेसोटा, अमेरिका भाग १ पढ्न यहा क्लिक गर्नुहोला भाग २ पढ्न यहा क्लिक गर्नुहोला समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु। अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी

अमेरिकी राष्ट्रपती बराक ओबामा द्वारा दिपावली को शुभकामना ब्यक्त

दिपावली को शुभ उपलक्क्षमा अमेरिकी राष्ट्रपती बराक ओबामाले समस्त हिन्दु धर्मावलम्बीलाई दिवावलीको शुभकामना सन्देस ह्वाईटहाउस मार्फत सञ्चालित वेभसाईटमा राखेका छन् । प्रस्तुत छ उक्त शुभकामना सन्देस को भिडियो ! [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

नयाँ संबिधान,संघियता र नेता

-चकेन्द्र राई ‘कैदी’ आज हामी एतिहासीक क्षण नयाँ सबिधान बनाउने पुर्ब संध्यामा उभिई रहेका छौ । यो नयाँ संबिधानले नै हामी र हाम्रो भबिश्यको निर्धारण गर्ने छ । हिजो हामीले २०४७ को संबिधानलाई विश्व कै सर्बोउत्कृष्ट संविधान भनेर घोषण गर्यौ । त्यति बेला हामीलाई खुसी लागेको थियो । तर त्यो संबिधानले देश र देशबासिलाई राम्ररी आधा दशक पनि हिडाउन सकेन । आज हामी ति सम्पुर्ण बिगतका कमजोरीहरुलाई गम्भीर समिक्षा गर्नै पर्छ । संबिधान छिन छिनमा परिवर्तन गर्ने बस्तु होईन । यती सवेदनशिल बिषयमा हामी किन गम्भीर भईरहेको छैनौ अरु राष्ट्रमा एक पल्ट बनेको संबिधान ५० बर्ष पछि पनि त्यतिकै उपयोगी हुन्छन् । हाम्रो मात्र संबिधान किन यसरी बारम्बार परिवर्तन गर्न जरुरी पर्छ हामी कति होसियार र हाम्रो बिचार कति सुदुर छन त भनेर कसैलाई सोधि रहनु पर्दैन । अन्तरीम स्ांबिधान त्यस्को सबै भन्दा ज्वालन्त र राम्रो उदाहरण हुन सक्छ । जसलाई पाचौ पल्ट शसोधन गरि निकट भबिश्यमा नै छैटौ पल्ट सशोधन गर्न लाग्दैछौ । दश वर्षको जनयुद्धले नै आज हामी संबिधान सभाको निर्वाचन गरि नयाँ संबिधान बनाउने ऐतिहासिक मोडमा खडा भएका छौ । यो समयाबधि मा धेरै ने

Norway, The best place to live on !

According to the United Nations Development Index Report 2009[1],compiled on the basis of data from 2007, Norway has been rated as the best country to live in .Out of 182 countries, UNDP ranked the best country to live in based on the criteria like life expectancy, literacy, school enrollment and gross domestic product (GDP) per inhabitant. Canada is on rank 4 where as United State in on Rank 13. Nepal has been ranked on 144. Last years Reports shows Nepal's Rank as 142.[2] Following are the rankings from Human Development Report 2009[1] published by UNDP. 1. Norway 2. Australia 3. Iceland 4. Canada 5. Ireland 6. Netherlands 7. Sweden 8. France 9. Switzerland 10. Japan 11. Luxembourg 12. Finland 13. United States 14. Austria 15. Spain 16. Denmark 17. Belgium 18. Italy 19. Liechtenstein 20. New Zealand 21. United Kingdom 22. Germany 23. Singapore 24. HongKong,China(SAR) 25. Greece 26. Korea(Republic of) 27. Israel 28. Andorra 29. Slovenia 30. Brunei Darussalam 31. Kuwait 32. Cyprus

ए एन एम एन दशै तिहार कार्यक्रम २००९ संपन्न !

ए एन एम एन(एसोसियसन अफ नेप्लीज इन मिनिसोटा)ले गत साल को जस्तै यो साल पनि दशै तिहार कार्यक्रम आयोजना संपन्न गरेको छ । नेपाली मन र मस्तिष्क तथा दशै तिहार को झझल्को दिलाउने प्रस्तुतीहरु सार्है प्रसंसनिय थियो । प्रस्तुत कार्यक्रमका केहि फोटो तथा भिडियो हरु तल पेश गरेको छु । नोट : तपाई यहा भएका कुनै पनि तश्वीर हरु हाई रिजोलुसन(३८८८, ‌‌२५९२ पिक्सल) मा डाउनलोड गर्न चाहनु भएमा माथिको स्लाईड सोमा डबल क्लिक गरेर पिकासा को वेभ एल्बमा गएर डाउनलोड गर्न सक्नु हुनेछ। प्रति पिक्चर साईज लग भग ३।५ एम बि छ । मैले केहि भिडियो दृष्यहरु पनि खिचेको थिए,हेर्नलाई भित्र आउनुहोस् । प्रस्तुत कार्यक्रममा लंगुरबुर्झा तथा कौडा पनि खेलाईएको थियो । साथसाथै केटाकेटिको लागी रमाईला रमाईला खेल कार्यक्रम हरु आयोजना गरिएको थियो । बिजयीहरुलाई फुलमाला सहित पुरस्कृत गरिएको थियो । प्रस्तुत कार्यक्रम मा केहि कामुक नृत्यहरु पनि प्रस्तुत गरिएका थिए , कर्यक्रम समापनको बेलामा भएको, शुवास सिलवाल को कामुक नृत्यले सबैलाई दंगै पारेको थियो । [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रका

कमजोरी

नोट : प्रस्तुत कथा केवल एउटा लोक कथा हो। मैले उक्त कथा कुनै समयमा कुनै ईन्टर्नेट पत्रपत्रिकामा पढेको थिए । कक्षा १० जब म मेरो अंग्रेजी को कक्षामा थिए, मैले उनलाई निकै निहालेर हेरेको थिए । उनी मेरो बेस्ट फ्रेण्ड" थिईन् । मैले उनलाई निकै बेर हेरे, उनको सललल बगेको कपाल ..... ,साहेद उनि मेरी भैदिएको भए ! मलाई थाह थियो, मैले उनलाई यसरी हेरेको साहेद उनलाई भानै भएन् ।कक्षा सकिएपछी उनी मेरो नजिग आईन र हिजो उनले कक्षा छुटाएको क्लासको नोट मागीन् र मैले उनलाई उक्त नोट दिए। ऊनले मलाई धन्यबाद भनिन् अनि मलाई अंगालो हालरे बिदा मागेर गाईन् । मैले त्यति खेर नै भन्न चाहेको थिए ,अथवा उनलाई बुझाउन चाहन्थे कि म केवल तिम्रो बेस्ट फ्राईन्ड मात्र हुन चाहन्न , म त तिमीलाई माया गर्छु । तर म लज्जालु थिए या कमजोर थिए, मैले भन्नै सकिन् । कक्षा ११ फोन मा घण्टि बज्यो। फोनमा उनै थिईन् । उनी रोईरहेकि थिईन् । भन्दै थिईन् , उनी अरु कसैको प्रेममा मा पागल छिन, आफ्नो दिनानु दिन मुटु टुक्राईरहेकि छिन् । उनीले मलाई आफ्नो ठाउँ मा आउन आग्रह गरिन् । उनी त्यो समयमा एक्लै बस्न नसक्ने अवस्था मा थिईन् । म उनलाई भेट्न गए