Skip to main content

दण्डहिनता कहिले सम्म? - भाग ३:

उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका


भाग १ पढ्न यहा क्लिक गर्नुहोला
भाग २ पढ्न यहा क्लिक गर्नुहोला
समय आफ्नै बेगमा दौडी रहेको थियो। दाईहरुको केही अत्तोपत्तो थिएन। आश नै मारौ भने पनि लाश नै देखेको छैन,कसरी काजकृया गर्ने। यता फरी आमा बुवा सुनिताको भबिस्य प्रती चिन्तित हुनुहुन्थियो। विवाह गर्ने उमेर पुगिसकेकी छोरी, त्यही माथि पत्रकार, भनेजस्तो केटा पाउन गाह्रो हुन्छ कि भन्नुहुन्थियो आमा। उस्ले पनि "जब सम्म दाईहरु अत्तोपत्तो लाग्दैन तब सम्मा म विवाह गर्दिन" भन्दिएकी थिइ। झन दुखी हुनु भएको थियो उँहाहरु।
अब त उस्को जीवनको लक्ष्य नै दाईहरुको खोजी गर्ने भई सकेको छ। प्रशासन र आयोगहरुका राजनैतीक ओठे प्रतिबद्धता अब उस्लाई विश्वाश लाग्न छाडी सकेका छन। आफ्ना मागहरु पुरा गर्न, प्रशासन र आयोगहरुलाई घच्चघचाउन, देशबाट दण्डहिनताको अन्त्य गर्न अब यस्ता पीडित परिवारहरुको एउटा समुह नै बनाएर आन्दोलनमा उत्रिने बिचार गरेकी छ उस्ले। सबै तिरबाट यस्ता साथीभाईहरुको समुह बनाउन खोज्दै थिइ तर हामी कहाँ खटेर काम गर्ने भन्दा पनि अरुलाई पनि काम गर्न नदिने प्रवृत्तिले नै उस्लाई कती चोटि पछारी रहेको थियो। तर हिम्मत हारिन उस्ले। "थोपा थोपा पानीले समुन्द्र बन्दछ" भने जस्तै अहिले बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवारका सदस्यहरु राष्ट्रिय स्तरबाट नै आएका छन। सबै जनाको एउटै बोली थियो- हाम्रो बेपत्ता व्यक्तिहरुको कि त लाश चहियो कि त सास। दण्डहिनताको अन्त्य हुनु पर्छ। देशका ठुलो ओहदामा बसेका
ब्यक्तिहरु हरेक छलफलमा सकारत्मक जवाफ दिन्छन तर कार्यवायन चाँही कहिलै गर्दैन। त्यसै हुनाले राज्य आँफैले पनि दण्डहिनतालाई प्रत्सोहन गरिरहेको आभस भइरहेको छ सबै जनताहरुलाई। आखिर किन त ? यस्तो अवस्थामा पीडित पक्षहरु आक्रोशित हुनु स्वाभाबिक नै हो। नियम भित्र रहेर आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हरेक जनताको अधिकार हो । त्यो अधिकार राज्यले जनताहरुलाई दिन नै खोज्दैन, किन? के जनताको सुरक्षाको लागि हाम्रो सरकारले अपराध अनुसार कानुन तर्जुमा गर्न सक्दिन्न, आखिर किन ?
यो ५ बर्षमा कती चाडबाड आए गए, न त ति चाडबाडहरुले कुनै हर्स उल्लसको रौनकता नै भित्रायो उस्को घरमा न त कुनै उमङ्ग नै। यसै आउथें, जन्थें ति चाडहरु। तर हरेक सालको तिहार आउँदा त सुनिताको मन साह्रै नै रुन्थियो। यसपाली पनि त्यो आँशुको भेल खहरे खोला झै बर्सिने पक्क थियो। अफिस तिर जाने तर्खर गर्दै थिइ आज बिहान उ मोबाइल को घन्टी बज्यो। मोबाइल हेरी उस्ले तर नाम नै आएको थिएन। हत्तपत्त उठाइ। उताको कुरा सुनेर उसको बोली नै फुटेन। उस्ले यो कुरा त सोचेकी पनि थिइन की आफ्नो चाहना अनुसार, आफ्नो रहर पुरा गर्ने नाममा उस्ले उस्कै दाईहरुको ज्यान खतरामा मोलिदिएकी रहिछ। उ पत्रकार भएको कारण नै उस्का दाईहरु उस्को सामुबाट खोसिएका रहेछन, त्यतिबेला भूमिगत भएका दलबाट। अझ फोनमा आवाज आहिरहेको थियो कि अझ उ बेपत्ता व्यत्तिहरुको खोजीमा सकृया रुपमा लागि परेमा वा त कुनै त्यस्ता सम्बन्धी लेख रचना प्रकाशित गरेमा उस्लाई पनि यस संसार बाट बिदा गरिदिने धम्की दिएर फोन रखिदियो। आज भाईटिकाको दिन नै उस्ले यो के सुन्नु पर्योद। उ जो जहिले पनि आफ्नो दाजुभाईको सु-स्वास्थ अनी दिर्गायुको कामना गर्छे, उसैले नै गर्दा उस्का दाईहरु पीडित हुनु परेको हो त? यही कुराले मन गरुङ्गो पार्दै आजको समाचार वचन गरेकी थिइ उस्ले अनी कसैसँग पनि केही नबोली सरासर आफ्नो अफिस कोठा तिर लगेकी थिइ। सुनिताको मन छट्पटी रहेको छ। के गर्दा बेश होला, के नगर्दा ठीक होला छुटाउन सकेकी छैन उस्ले। आफ्नो बाँच्न पाउने अधिकार पनि उस्ले अरुको ईशारामा प्रयोग भएको महसुस गर्दै छे।
के यही नै हो त मानब अधिकारको सुनिश्चितता? दाईहरुको बिछोडबाट बुवा आमा मरेतुल्य हुनुहुन्छ नै, यदी उस्लाई पनि केही भयो भने उँहाहरुले के गर्नुहुन्छ। ५ बर्ष अगाडिको द्रोन्द्रले अनेक थरीका पिडाहरु दिएका छन उँहाहरुलाई, मानसिक स्थिती झन कम्जोर भइरहेको छ। यस्तो परिस्थितीमा अब फरी अर्को एउटा उमा सिंह पनि थपिएमा के हुन्छ होला यो देशको गती? केहि गर्छु भन्ने सुनिता जस्तालाई गर्ने बातबरण छैन, केहि गर्न नसक्नेलाई उचित बाटो देखाउनु भन्दा ति नै जनताहरुबाट समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले समाजमा उदण्ड मच्याउने मनसायले जातिय, धार्मिक अनी यस्तै यस्तै आपराधिक समुहमा हुलेर आफ्नो स्वार्थ पुरा गरि आफु भव्य जीवन जिइरहेक छन। सभ्यताले भन्दा किन बडी प्राथमिकता पाइरहेको छ भव्यताले आजभोलि? "खुकुरीको चोट अचानोलाई मात्र थाहा हुन्छ" भने जस्तै जे जस्तो परिस्थिती आए पनी आफ्नो ज्यानको बाजी लगाएर दण्डहिनता जस्तो जघन्य प्रकृतिका अपराधीलाई नयाँ बन्ने संविधानमा मृत्युदण्डको प्रावधान हुनुपर्छ भने नारा अगाडि सर्ने अठोट लिइ उस्ले। देशका ठुलाबडाहरुले कानुनको शासनलाई नमाने सम्म, देश र जनता भन्दा आफु ठुलो भएको घमण्ड राजनितिक पार्टिहरुले ब्याबहार मै नत्यागे सम्म र कुरामा मात्रै सहमतिको राजनिति गर्ने प्रबृतिको अन्त्य नभएसम्म राष्ट्र र जनता झन झन दलदल भित्र फस्दै जाने निश्चित छ। त्यस्तै गन्तब्यहिन बाटो हिडेको हाम्रो सरकारले मानवीय कल्याणका लागि उठेका सुनिता जस्ताका पाइलाहरु साँच्चिकै कहिले देखी प्रशंसा गरी, देशमा दण्डहिनता अन्त्य गर्न निश्पक्ष रुपमा त्यस्ता अपराधहरुको अनुसन्धान गर्ने? त्यसैले आउनुहोश सरकारबाट केही आशा नराखी फरी अर्को पत्रकारको हत्य हुन नदिन, दण्डहिनताको अन्त्य गर्न सबै जना जागौ, अबेर भैसक्यो !

~अस्तु~
[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

म आफ्नो घर छोडेर टाढा कसरी जान सक्छु र ?

Reposted after readers request ! "म गरिब परिवार अनि बिमारी पृ्ष्ठभुमी बाट आएको मान्छे हुँ। म यहि जन्मे , म यहि हुर्के अनि धेरै जसो यहि पढेँ अनि फर्केर यहि आएर 'टिम' मै काम गर्दैछु , आफ्नो घर मेरो लागी 'टिम' हो ।घरमा आएर घर संहाल्दा बढो आनन्द आउदो रहेछ । म आफ्नो घर छोडेर कसरी टाढा जान सक्छु र ? " - डा अरुण बुढा करिब ४० बर्ष अधि रघुबिर बुढा कुष्ठ रोगको उपचार गर्न कालीकोट बाट डढेलढुरा आउछन् । बिदेशीद्वारा चलाईएको सामुदायीक टिम, अस्पतालमा उपचारको क्रम मा उनले पार्वती रोकाया लाई भेट्छन् । उपचारको क्रममा एकअर्काबिच चिनाजानी पछि उनिहरु बिहे गर्छन । रघुबिर बुढाले, पछि त्यहि अस्पतलामा भात पकाउने भान्छे, फुलबारी गोढ्ने तथा हुलाकीको काम पनि गर्ने थाल्छन् । पार्वती भने त्यहि अस्पतालमै निम्न स्तरीय काम गर्न थाल्छिन् । बिस्तारै त्यहि काम गर्दै जादा,रघुबिर अलि अलि लेखपढ पनि गर्न थाल्छन् । २ बच्चाहरु अरुण बुढा र कालेब बुढाको बाबु बन्छन् अनि आफ्ना यी दुई बच्चा लाई डाक्टर बनाउने सपना सझाउछन् । रघुबिर बुढाका दुई छोरा हरु , डा अरुण बुढा तथा डा कालेब बुढा सन १९९९ डिसेम

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन