Sep 11, 2009

दण्डहिनता कहिले सम्म? - भाग २:

Facebook


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

भाग १ पढ्न यहा क्लिक गर्नुहोला
अर्को दिन पनि पुगेकी थिइ त्यहाँ उ तर त्यहाँका केही दानब रुपी मान्छेहरुले उल्टो उसलाई बन्दुक देखाएर "अब आइन्दा यस क्षेत्रमा तँ "पत्रकार" आइस भने तेरा दाईहरु त बाँकी हुँदैनन हुँदैनन, तँलाई पनि बाँकी छोड्दैनौ" भनेर तर्साए। तीन गनिन्जेलमा उसलाई त्यहाँबाट भाग्न भने र कहिल्यै त्यिनिहरुको सामु देखा नपर्ने आदेश पनि दिए। ठुलो दाईको अत्तोपत्तो थिएन। कान्छा दाई मात्र देखिनु भएको थियो त्यो दिन पनि। दाईको आँखामा पुलुक्क हेरेकी थिइ त्यतीखेर सुनिताले। हजार कुरा भन्न खोजेका थिए ति निर्दोश आँखाहरुले। त्यही आँखाको सन्कोले पनि उस्लाई भाग्न अह्रायो। यही नै गरेकी थिइ उस्ले त्यती बेला। अहिले ५ बर्ष पूरा भयो उस्का दाईहरु बेपत्ता भएका, दश बर्ष सम्मा द्रोन्द गरेका त्यही पक्षहरुले नै आहिले देश हाँकेका छन तर उ जस्ता लाखौं लाख नेपाली बेपत्ता जनताका परिवारहरुले न त उनिहरुका लाश नै पाएका छन न त सास नै। तै पनि आश मार्न सकेका छैनन त्यस्ता पीडित परिवारहरुले।

दुई जना आफ्ना सन्तान आफ्नै सामु बेपत्ता बनाएपछी सुनितका बाबुआमा र उस्का सारा परिवारको अहिलेको चिनारी नै " बेपत्ता व्यक्तिको तर्फबाट पिडित परिवार" भनेर चिनिदै आएको छ। दाईहरु नभएपछी घरको सारा व्यवहार सुनिताको टाउकोमा परेको छ। बुवा आमा दाईहरुको नाम सुन्ना साथ आँशु बगाउन थाल्नु हुन्छ, ठुलो भाउजु पनि त्यस्तै। दाईहरुलाई लैजाँदा भाउजुको पेटमा दाईको निशानी हुर्किरहेको थियो। आहिले त उ साँढे चार बर्षको पनि भई सक्यो। मानिसले आफ्नो जिम्मेवारी गहनता र इमान्दारीका साथ निर्वाह गरेको खण्डमा उस्ले आँटेका काम कुराहरु पुरा हुन्छन - भनेर एकदिन दाईले उस्लाई आफ्नो लक्ष्य सम्म पुग्न यसरी हौसाउनु भएको थियो। यही जिम्मेवारी र इमान्दारी नै उस्ले उस्का दाईहरु खोज्न प्रयोग गरेकी थिइ तर जति सजिलो बोल्नलाई हुन्छ, त्यसको तीन गुणा ज्यादा मुस्किल गरेर देखाउन हुँदो रहेछ अहिलेको समयमा। कती ठाउँमा उजुरी हाली उस्ले कतैबाट केही भएन। उजुरी हालेको ६० दिन भित्र अपराधीहरुलाई सार्बनिक गर्नुपर्छ भन्छन हाम्रा प्रशासन अनी मानब अधिकारका आयोगहरु तर त्यो ६० दिन कती बर्ष पछी आउने हो त्यो कसैलाई पनि थाहा छैन। पीडित परिवारलाई सहयोग गर्न भनी लाखौंको संख्यामा खोलिएका यस्ता आयोगहरु पनि आफ्नो स्वार्थ पुर्तीका लागि मात्र खोलिएका रहेछन। के त्यस्ता आयोगहरुले आफ्नो लक्ष्य पुरा गर्न सकेका छन होला त? समाजमा अलिकति टाठाबाठा भै टोपलेका व्यक्तिहरुले नै कानुनलाई निक्कम्मा बनाएर हर प्रशासन, हर आयोगहरुलाई राजनैतीक बिषयबस्तुको चट्पट बनाउँछन।आफ्नो फाईदामा छ केही भने राता राता निर्णय लिन पनि पछी पर्दैन्न। थाकी सकेकी छ उ हर ठाउँ, हर समय हरेक चिज राजनीतिकरण हुँदा। "जुन जोगी आए पनी कानै चिरेका" भनेजस्तै जुन पक्षबाट जो सुकै सत्तामा पुगे पनी आफ्नै भुँडी भर्न मात्र खोज्छन, आखिर किन? किन बुज्दैनन हाम्रा देशका ठुलाबडाहरुले यो एउट व्यक्ती बिशेषको समस्या होइन यो त सारा नेपालीहरुको समस्या हो भनेर। किन प्रशासन र आयोगहरु स्वत्रन्त्र हुन सक्दैन। यस्तो परिस्थितीमा के उ सफल होली त उस्को दाईहरु पाउन।
परापूर्व काल देखी नै नेपाली इतिहास काण्ड नै काण्डले भरिएको छ। २००७ सालको काण्ड, २०१७ सालको काण्ड, २०४६ सालको काण्ड, गिरिजा शक्तिमा आउने काण्ड, मदन भण्डारी काण्ड, माओबादी काण्ड, नारायणहिटी काण्ड, गिरिजाले टनकपुर बेचेको काण्ड, ज्ञानेन्द्र हटाउने काण्ड, पारस-काण्ड, जातियता काण्ड, पशुपतिनाथ-काण्ड, सिमाना काण्ड, उमा सिहँ काण्ड, ख्याती काण्ड आदी आदी। कतै यस इतिहासको पानामा सुनिताको पनि नाम कोरिन्छ कि भनेर उस्को आमा आत्तिन थाल्नुभएको छ, आफुलाई धिकार्न थाल्नुभएको छ किन मैले छोरीलाई पत्रकार बनाएँ भनेर। बुवा आमाको अटेर गरी गरी सुनिताले दाईहरुको खोजी गर्न लगिपरेकी छ। राज्यले राज्य भएको आभाष जनतालाई दिन सकेको छैन। यो चरम अस्थिरता अनी दण्डहिनताको अन्योल नेपाली धर्तिबाट बिदा हुने कहिले? कहिले हुन्छ त यस्को अन्त्य। झन एक पछी अर्को गर्दै परिस्थिती नाजुक बन्दै गइरहेको छ। न त कसैसँग विश्वाश नै गर्न सकिन्छ न त मानबता दर्शाउन नै। मानबिय समबेदना छैन आजभोलिका मान्छेहरुमा, खाली मान्छेको खोल ओडेका मात्र छन। सुनिता जस्ता थुप्रै कर्मचारीहरु डर र त्रासमा आफ्नो जीवन बिताइ रहेका छन। के आन्नदले आफ्नो जीवन बच्ने अधिकार उनिहरुमा छैन? उस्ले विश्वाश लिएकी छ कि उस्ले दाईहरुको मात्र नभइ सारा बेपत्ताका तर्फबाट पीडित परिवारहरुको प्रतिनिधित्वो गरी यस्त बेपत्ता, हत्या, हिंसा, अपहरण र अरु कुनै अपराधहरु उन्मोलन गर्न टेवा पुराउने छे। दिन रात त्यसैमा लागि परेकी छ। तर आफ्नो दाईहरुको खोजी आफ्नो देशबाट केही नभएपछी अन्तरराष्ट्रिय अदालत पनि ढक्ढकाइ उस्ले। ९० दिनको समय दिएको थियो हाम्रो सर्वोच अदालतलाई, छानविन गरी दोशीलाई काठघरामा उभाउन तर टेर पुच्छर लगाएन। अब कता जाने के गर्ने, उ आँफै अन्योलमा परेकी छ।
क्रमश…


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Anonymous said...

A good one ! waiting for 3rd part...

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP