Skip to main content

Posts

Showing posts with the label पोस्तकको कलम

निरुत्तर उत्तर

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्। गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर। एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा...

सबरी (भाग-२)

Share पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस् पोस्तक श्रेष्ठ, मिनियापोलिस, मिन्नेसोटा सहदेव गएको पनि चार-पाँच महिना बितिसकेको थियो। तर कुनै खबर आएको थिएन। वर्षा सकिएर, शरद याम शुरू भईसकेको थियो। अकासबाट काला घटाहरु हट्दै गएका थिए तर सबरीको मनभित्रका घटाहरु अझै हटेका थिएनन्। जितीया पावनीको चहलपहलले पनि सबरीलाई छोएको थिएन। तर सहदेवको लागि भनेर पहिलो पटक सबरीले त्यो साल जितीयाको वर्त पनि लिएकी थिइन्। सहदेवलाई पाउने कामना गरेकी थिइन्। शरद ऋतु सकिएर रुखका पातहरु झर्न थालेका थिए। तर सबरीले सहदेव फर्किने आशालाई अझै जतनसंग संगालेकी थिइन्। झर्न दिएकी थिइनन्। सहदेवको कुनै अत्तोपत्तो थिएन। तर यता तिर जमिन्दारको छोरासंग बिहेको कुरा उठ्न थालेको थियो। सबरीका बाबुको जमिन्दारसंग केही ऋण पनि थियो। सबरीलाई दिने भए ऋंण फर्काउन पर्दैन भनेर सबरीका बाबु आमालाई जमिन्दारले प्रलोभन दिएका थिए। घरमा बोलाएर हाँसको मासु र रक्सी खुवाएर फकाईसकेका थिए। तर सबरीले अनेक बहाना गरेर बिहेको कुरा टार्दै आएकी थिइन्। एक बिहान सबरीकी साथी अत्तालिदै आएकी थिईन्। “सबरी, रेडियोमा समाचार सुनलई रि?, सुनई बडसु, माओबादी सब यूद्धबिराम भं...

सबरी (भाग-१)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका Share सबरी सेनाको चौकीको त्यो बाटो सकेसम्म हिंडन खोज्दिनन्। तर कहिलेकांहि त्यो बाटो हिंड्नै पर्छ। जब त्यो बाटो हिंडछिन्, उनको नजर नचाहदा नचाहदै पनि सेनाको त्यो सेन्ट्रीपोष्टतिर उचालिन्छ। उनलाई लाग्छ, कतै सहदेव त्यँहा उभिएर ड्यूटी गरिरहेको त छैन? कतै सबरीतिर हेरेर मुस्कुराई रहेको त छैन? तर त्यहा सहदेव हुंदैन। अरु नै कुनै सिपाही नीर्जिव शालीक जस्तो ऊभिएको हुन्छ। सहदेव नहुदा सबरीलाई त्यो बाटो नै उराठलाग्दो लाग्छ। त्यो चौकी पनि कुनै भग्नावशेष जस्तो कुरुप लाग्छ। सबरीको सहदेवसंग पहिलो भेट राप्ती पारि निकुञ्जको जंगलमा घांस घाट्न जांदा भएको थियो। राष्ट्रिय निकुञ्जको जंगलमा घांस दाउरा गर्न गैरकानूनी भएपनि स्थानीय बासिन्दाहरु सुरक्षा सेना, कर्मचारीको आंखा छलेर छिर्न छोड्दैनथे। घांस दाउरा बाहेक जंगली सागसब्जीहरु कुरिलो, निहुरो, जिब्रेसाग, चठेउल आदि टिप्न पनि मानिसहरु जंगल छिरिरहन्थे। त्यही दौरानमा एकदिन सबरी साथीहरु सहित पक्राउ परेकिथिइन्। पक्राउ गर्ने सिपाहीहरु मध्य सहदेव एक थिए। सहदेव अरु सिपाहीहरु भन्दा बिल्कुलै फरक थिए। अरु सिपाही...

झरी परिरहन्छ (अन्तिम भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोश्रो भाग तेश्रो भाग वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए। मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गए...

झरी परिरहन्छ। (तेस्रो भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग दोस्रो भाग “तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन। “मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो। “तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन। “किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन। मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए। “ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो। त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आ...

झरी परिरहन्छ (दोस्रो भाग)

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका पहिलो भाग पढ्न यहाँ थिच्नु होला। त्यस पछि मैले नैनकलालाई जताततै देख्न थालेको थिएं; भेट्न थालेको थिंए ।मेरा आंखाहरु उनीलाई खोज्दै हिंड्थ्यो वा उनी मलाई खोज्दै हिंडथिन्, त्यो चाँहि यकिन भएन। तर हाम्रो बाक्लो जम्काभेट संयोग मात्र पक्कै हुन सक्दैनथ्यो। मेरो कक्षाकोठाको झ्यालबाट कहिले उनी मलाई चियाईरहेकि हुन्थिन् त म आफैं कहिले उनको कक्षाकोठा बाहिर टहलिरहेको हुन्थें। कुनै दिन नैनकलालाई देख्न पाइन भने नरमाईलो लाग्थ्यो, खल्लो लाग्थ्यो। केही नपुगेको जस्तो, केही नभएको जस्तो। मेरो एसएलसी परिक्षा सकियो र अब स्कुल जानु पर्ने काम रहेन। तर नैनकलासंगको भेट कम भएको थिएन। पानी पंधेरो, घट्ट, गाई चराउन जांदा, हटिया बजारमा, मेलाहरुमा भेट भैरहन्थ्यो। केही दिन भेट भएन भने उनको घरको बाटो काम नपरेपनि हिंड्न थालेको थिंए। थाहा छैन, प्रस्ताव पहिला मैले राखेको थिँए वा उनले। हुन सक्छ, औपचारिक प्रस्ताव नै राखिएन। तर हामीले एक अर्कालाई मन दिईसकेकारहेछौं। मन भन्ने कुरो कुनै वस्तु पनि त होईन नि मुखले भनेर वा मागेर लिने वा दिने। यो आफैं साटिदो रहेछ। साटियो, ...

झरी परिरहन्छ।

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका अलि सञ्चो नभएर आझ घरमै बसेकोछु। एक्लैछु। श्रीमति काममा गएकीछिन् र बच्चाहरु छिमेकी नेपाली साथीको घरमा खेल्न गएकाछन्।आज मौसम त्यति सफा छैन। कालो बादल पश्चिमतिरबाट ढाक्दै ल्याएको झ्यालबाट देखिन्छ। कुनै पनि बेला पानी दर्कन सक्छ। मिन्नेसोटाको मौसम, कुनै भर छैन। बच्चाहरुले खुलै छोडेर गएको टिभी एकनासले कर्कश कराइरहेकोछ। दिक्क लाग्छ। टिभी बन्द गरिदिन्छु। नभन्दै पानी दर्किन्छ।झ्यालका खापाहरु बन्द गरिदिन्छु तर पर्दा भने खुलै राख्छु। मलाई किन किन पानी परेको हेर्न मन पर्छ। पानीका थोप्लाहरु जमीनमा एकनासले बज्रिरहेकाछन्। म नियाली रहेकोछु बाहिर वर्षातको नजारा। किन किन मन त्यसै रोमाञ्चित हुन्छ; तरङ्गित हुन्छ। मलाई लाग्छ, म पानीमा निथ्रुक्क भिज्दै हिंडिरहेकोछु। “पानीमा किन भिज्दै हिंड्नु हुन्छ, एकछिन ओत लाग्नूस्” कतै एउटा नारी स्वर कानमा गुञ्जिन्छ। कतै सुनेको जस्तो, चिनेको जस्तो आवाज। “हँ, म कहाँ पानीमा भिजेको छु र” म झस्किन्छु। “ म त आफ्नो घर भित्रै छु नि” यो के भएको होला मलाई? त्यो कस्को आवाज मेरो कानमा प्रतिध्वनी भएको होला? सम्झने कोशीस...

मेरो एउटा सपना

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका सन् २००२ तिरको कुरो हो। अमेरिका जान भिजिटर भिजा लगाएर बसेको थिंए। उड्न केही दिन मात्र बाँकी थियो। कसैले भनिदियो, आजकल अमेरिकी अध्यागमनले प्रहरी रिपोर्ट खोज्छ, नत्र छिर्न दिंदैन भनेर। त्यो कागज चाहिने भए, अमेरिकी दूतावासले पहिले नै माग्न पर्ने हो, तर मागेको थिएन। अमेरिकाको भिजा लाग्नु भनेको ठूलो कुरो पो हो त, त्यत्रो टाढा पुगिसकेपछि पनि छिर्न दिएन भने बर्बाद भएन भने जस्तो लाग्यो। यसको वास्तविक्ता के हो बुझ्नतिर नलागी, लागें, त्यो कागज जुटाउनतिर। पहिला आफ्नो जिल्ला प्रहरी कार्यालयबाट असल चाल-चरित्रको सिफारिश लिएर आएपछि प्रहरी प्रधान कार्यलय, नक्सालले त्यो कागज् बनाईदिने रहेछ। फेरी जिल्ला प्रहरी कार्यालयले त्यो सिफारिश सिधै बनाउने होईन रहेछ। पहिला गाऊँको प्रहरी कार्यालयले अनुसन्धान गरेर सिफारिश रिपोर्ट दिन पर्ने रे! कति पक्का हाम्रो निती-नियमहरु! मसंग समय कम थियो। पहिला सिधै आफ्नो गाविस (बछौली, चितवन) को प्रहरी कार्यालयमा गएं। त्यहाँको इन्चार्ज असई तहका रहेछन्। ऊनी चौकीमा भेटिएनन्। खोज्दै जाँदा एउटा चिया पसलमा भेटिए। उनले सिध...

जोग मेहरका जोकहरु

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका दार्जिलिंगका हम जाएगा जत्तिको त न भनूं, नेपालका भू पू मन्त्री जोगमेहर श्रेष्ठका जोकहरु बिभिन्न स्वरुप, प्रकारहरुमा सुनिन्छ। हिजो मेरो घरमा केही मित्र आफन्तहरुको सानो जमघट थियो। नेपालका मन्त्रीहरुको कुरा आंउदा पंचायत कालका मन्त्री जोगमेहर श्रेष्ठको कुरो निस्कियो। सबैले जोगमेहरका जोकहरु निकाले। त्यो म यहां प्रस्तुत गर्दैछु। वास्तवमा, जोगमेहरले बिभिन्न समय गरी अर्थ बाहेक सबै मन्त्रालय चाखे र हरेक मन्त्रालयमा हुंदा केही न केही हंसाउने भाषण वा काम गरे। हुन सक्छ कतिपय सत्य होलान् वा कति बढांइ चढाइ गरिएका होलान्, तर ती भरपुर मनोरञ्जक छन्। जोगमेहर श्रेष्ठ खेलकुद मन्त्रीको रुपमा: यिनी एक पटक फूटबल खेलको समापनमा गएछन्। खेल पछिको समापन भाषणमा उनले भनेछन। “ एउटा भकुण्डो २२ जनाले खोसाखोस गरेर खेल्न परेपछि हाम्रो देशमा खेलकुदको बिकास कसरी हुन्छ? म तत्कालै बाबुहरु प्रत्येकलाई एउटा एउटा भकुण्डो दिलाईदिन्छु”। जोगमेहर श्रेष्ठ शिक्षा मन्त्रीको रुपमा: यिनी अमेरीका भ्रमण गएर आएपछि भनेछन्। “ओहो, अम्रिकाने बच्चाहरु कति टाठा! अंग्रेजी त फरर बोल्दा...

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्...