Jan 11, 2009

जीवन् एक् सपनाको संसार

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ।

आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाकेट त्यतिकै छ। खोलेका पनि छैनन्। तर छोराले भने त्यति पनि सम्झेन। बिहान सुसारे केटीले ल्याएर छोडेको ब्रेकफास्ट पनि त्यतिकै छ। सुसारेले एक पटक हकारेर गईसकीन। रन्, तिमीले ब्रेकफास्ट अझै खाएनौ? श्रीमतीलाई छिट्टै भेट्न जाने मन् छ कि क्या हो? साँच्चिनै आज श्रीमतीको याद पनि बढी नै आईरहेको छ। तिमी नमरी म मर्दिन बूढा, नत्र तिम्रो स्याहार सुसार कस्ले गर्छ भनेर भन्थिन, तर म भन्दा पहिले ऊ नै गई। रन फेरी भुत्भुताउंछन्। नभन्दै हिउं पर्न शुरु हुन्छ। किन किन यो हिंउँ पर्न थाले पछि रनलाई बिरक्त लाग्छ। पुराना कुराहरु सम्झिन थाल्छन्। घरका छाना, बोटबिरुवाहरु हिउंले पुरिदै जान्छ। रन लाई पनि अतितको घुम्टोले छोप्दै जान्छ।
तोरण प्रसाद नेपालमा कलेजमा पढाउँथे। प्राध्यापक नै चाँहि होइन, उप-प्राध्यापक सम्म भएका थिए। कलेज पढाउने भनेर अलिकति नाम भए पनि शिक्षण पेशामा दाम चांहि हुँदैन थियो। अतिरिक्त ट्यूशन, कोचिंग नपढाए, सरकारी कलेजको तलवले काठमाण्डौंमा खर्च पुर्याउन मुश्किल हुन्थ्यो। भारतीय एटलस साइकल चलाएर तोरण प्रसाद दिन भरी भागदौड गरिरहन्थे। त्यतिबेला मोटर मोटरसाइकल अझै बिलासिताको साधन नै थियो। सायद क्याम्पस चीफ सम्मले स्कूटर चढेको जस्तो लाग्छ। उमेर चालीसको नजीक नजीक पुग्न थालेको हुन्छ। श्रीमती ग्रीहणी। एउटा छोरा, एउटा छोरी। सायद छोरो ४-५ कक्षातिर थियो होला र छोरीको अझै स्कूलजाने बेला भएको थिएन। जीवन गाडी ठीकै चलेको थियो भन्नुपर्छ।
तोरण प्रसादलाई एउटा अवसर आउँछ। प्राध्यापन सम्बन्धी तालिम लिन एक बर्षको लागि अमेरीका जाने। मेट्रीक, आई-एस्सी, एम्-एस्सी सबैमा अब्बल् प्रतिशत्। प्राध्यापनमा पनि नाम चलेको। उनी छानिन्छन्। तोरण प्रसादको अब अमेरीका प्रस्थान हुन्छ। तोरणप्रसादको नाम अब छोट्टिन्छ-रन बन्न पुग्छन् ।

रन को तालिम के सकिन लागेको हुन्छ-नेपालमा पन्चायती ब्यबस्था बिरुद्ध आन्दोलन् छेडिन्छ। पाकिस्तानमा जुल्फिकर भुट्टोलाई फांसीको संजाय दिएको बिरोधमा बिध्यार्थीहरुले काठमाण्डौमा प्रदर्शन् गर्दा प्रहरीबाट लाठीचार्ज भए पछि आम्दोलन मच्चिन्छ। बिध्यार्थीहरु त भईहाले, शिक्षक-प्राध्यापकहरु, स्वाथ्यकर्मी, निजामती कर्मचारीहरु सबै आन्दोलनमा होमिन्छन्। देश तनावग्रस्त बन्न पुग्छ। अव रन दोधारमा पर्छन्। नेपाल फर्किने कि नफर्किने भनेर। नेपालमा भद्रगोल भैराखेको बेलामा यहिं बसेर पि एच् डी पो गर्नु पर्छ कि भन्ने बिचार आउँछ। साथी भाइ, घरपरिवारसंग सल्लाह गर्छन्, सबैले सकारात्मक राय दिन्छन्। रन ले छत्रब्रिती पनि पाइहाल्छन्। श्रीमती, बच्चाबच्ची सबैलाई अमेरीका झिकाउँछन्। रन अध्ययनमा जुट्छन्। पीएचडी सक्छन। पोस्ट डक्टरेट पनि गर्छन्। उनलाई मिनीसोटा विश्वबिध्यालयले जागीर दिन्छ। रन प्राध्यापक बन्छन्। बेला बेलामा उनलाई नेपाल फर्किने ख्याल पनि आउंछ। तर बच्चाबच्चीको भविष्य जहिले पनि अगाडी आईदिन्छ। यहाँ जुन स्तरको शिक्षा छोरा-छोरीले पाईरहेका छन् त्यो नेपालमा कहाँ सम्भव छ? आफुले हासिल गरेको योग्यताको नेपालमा के कदर होला र? नेपालमा जागीर टिकाउन पन्चायती नेताहरुको चाकडीमा जान पर्ने हुन्छ। फेरि यहाँको जस्तो सुख सुबिधा त्यहाँ कहाँ? त्यंहा पुरानो एटलस साइकलमा कुद्ने तोरणप्रसाद यहाँ फोर्ड क्याप्री र भोक्स्वागन कारमा (सत्तरीको दशकको प्रख्यात ) हुंइकिन्छन्। छोरा छोरी हरु पनि त्यहाँ गएपछि उही पर्चा पोस्टर, जुलुश, नाराबाजीमा लाग्ने त होला। यिनीहरु पनि राजनीतिमै होमिएलान्। भबिष्य डाँवाडोल हुन्छ। छोरा-छोरी हुर्किदै जान्छन्। नेपाली भाषा बोल्न मुश्कील अंग्रेजी चांहि फररर। पढ्दै नपढेकी आमा चाहिंलाई छोरा-छोरीसंग कुरै गर्न गारो भैसकेको हुन्छ। नेपालीहरुको दशैं, तिहार जस्ता चाडहरु यी छोरा छोरीहरुलाई अब के याद हुनु? यिनीहरु त अव हलोवीन, थ्यांक्सगिविंग र क्रिशमश पो मनाउंछन्। नेपाल फर्कि हाले पनि छोरा छोरीलाई नेपालको परिबेशमा फेरि ढाल्न गारो हुने स्थिति भैसक्यो।
समय बित्दै जान्छ। नेपालमा २०३६ सालको जनमत संग्रहपछि केही समय केही शान्ति भएको जस्तो हुन्छ, तर २०४६ साल आईहाल्छ। सारा देश फेरि आन्दोलन्मय हुन्छ। प्रजातन्त्रको पुनर्स्थापना हुन्छ। नया संबिधान बन्छ, चुनाव हुन्छ तर शान्ति भन्ने कुरो अझै हुंदैन। पटक् पटक् चुनाव हुन्छ, सरकार परिवर्तन भैरहन्छ। माओबादीको नाममा देशमा सशस्त्र युद्ध शुरु हुन्छ। राजदरबार हत्याकाण्ड पछि राजा ज्ञानेन्द्रको गद्धीआरोहण र त्यसपछि राजाको प्रत्यक्ष शासन्, माओबादी सहित दलहरुको राजतंत्र बिरुद्ध आन्दोलन र राजतंत्रको अन्त्य र गणतंत्रको स्थापना। नेपाल फर्किने उपयुक्त समय कहिले आएन। पछि पछि त उनले त्यसबारे सोच्नै छोडिदिएका थिए। अब किन फर्किने, के का लागि? आफ्नो आमाबाबुहरु, आफुलाई चिन्ने, कोही नातागोता-साथीभाइहरु समेत बितिसके। पछि जन्मेकाहरुले चिन्दा पनि चिन्दैनन्।
यता छोरा छोरीहरुले कलेज सिध्याए। दुबैले यतैका जीवनसाथीहरु पनि रोजे। रन पनि रिटायर्ड भैसकेका हुन्छन्।छोरा छोरीहरु दुबै बिहे गरेपछि आ-आफ्नै घर-अपार्टमेन्टमा सरे। पुरानो घरमा हुन्छन् त रन का बूढा-बूढी। घर शुनसान् भएको थियो तर नाति-नातिना भएपछि बूढा बूढीहरुलाई अलि रमाइलो भएकोछ। बाबु-आमाहरु काममा जान पर्ने भएकोले बच्चा-बच्चीलाई छोडेर जान्थे। रन का बूढा-बूढीहरुको काम् नाति-नातिना खेलाएर बित्दै थियो। त्यहि नाति-नातिना खेलाएर समय बिताउने मेलो पनि बन्द भयो। एक साल छोरा चांहिको कोलोराडो सरुवा भयो। त्यस्को छ महीनापछि छोरी पनि क्यालीफोर्निया गईन्। नाति-नातीना पनि लिएर गैहाले। घर फेरी शुनशान्। रनका बूढाबूढी दुबैको शारीरिक अशक्तता बढ्दै गयो। शारीरिक भन्दा पनि मानसिक चिन्ताले खाएको थियो सायद । हिउँपर्दा हिउँ सोर्ने, हेमन्त ऋतुमा रुखका पत्करहरु सोहोर्ने र ग्रिष्म ऋतुमा यार्डमा घांस काट्न नसक्ने भैसकेका थिए। घरको मोर्टगेज केही तिर्न बांकी नै थियो । पुग नपुगमा छोरा छोरीले सहयोग गरिदिएका पनि थिए तर उनीहरुको आफ्नै संसार फैलदै गएपछि सहयोग गर्न सकेनन्। उनीहरुले भनिदिए, "सरी ड्याड, अब हाम्रो आफ्नै समस्याहरु छन्, अब हामी तपाईहरुलाई सहयोग गर्न सक्दैनौ"।
छोरा छोरी दुबैको सल्लाहमा घर बेचिदिए र त्यसबाटा बचेको पैसा बैंक खातामा राखिदिए र उनीहरुलाई नर्सिंग होममा सारियो। नर्सिंग होममा सरेको एक् बर्षमा रन को बूढी खसिन्। रन एक्लै भयो। रनको यादमा जीवनका एक्-एक पानाहरु पल्टीरहेको हुन्छ। यत्तिकैमा सुसारेको प्रबेश हुन्छ-रन्, तिमी लन्च खान पनि आएनौ , तिम्रो लन्च यहिं ल्याईदिएको छु।
रन व्हीलचेयरलाई हातले गुडाउंदै टेबलतिर बढ्छ। सुसारेले नेपकिन मिलाइदिन्छे। रन्, एन्जोय योर् मील भन्दै सुसारे निस्किन्छे। रन चुपचाप लन्च खान थाल्छ। कांटा चम्चा प्लेटमा ठोक्किदा आउने ट्वाक्-ट्वाक आवाजले शून्यतालाई बेला बेलामा भंग गर्छ। रनलाई जीवनभर हासिल गरेको उपलब्धी, नाम, सम्पत्ती, नातागोताहरु सबै सपना जस्तो लाग्छ। जीवन एक् सपनाको संसार रहेछ -जुन् निंद्राबाट ब्युँझदा हराई जान्छ। बांकि रहन्छ त फगत यादहरु।

13 comments :

Baburam said...

Great, however more optimistic hunu paryo!!!
Baburam

Tara said...

Excellent story, Postak sir. Did I know you wrote stories back in Nepal? Been long time since..
Write more...

From Down Under...
Tara

Amit Shrestha said...

Great Story !
Keep writing !

Postak said...

Taraji, yes I did write poems and stories during school and colleges but couldnt continue after I entered tourism industry. Probably the white skin and $$ were more attractive than writing. Hehehe..

सपनासंसार said...

बास्तबिकतामा आधारित भएर यथार्थ चित्रण प्रस्तुतु गर्न सक्नु नै लेखक को क्षमता हो । पढ्दानै मन सिरीङ्ग् हुने यो कथाले तपाई हामी हरुको लागी एउटा चुनौती दिएको छ । के हामी तोरन बहादुर को जीवन बिताउने कि, भलै छाक जोड्न को लागि दिन भरी काम नै गर्न किन नपरोस, नेपाल को अंधेरी गाउमा वस्ने बिर्खै काका को जीवन बिताउने। फरक यति नै छ , बिर्खे काका आफ्ना छोरा नाति संग संगै छन त तोरन बहादुर, रन बनेर मान्छे हरुको बिचमा एक्लै छन, केवल एक्लै ।

Niranjan said...

Postak Dai,

A great story! When I read the story, it reminded me (one more time) that Nepal is much better than the USA when it comes to taking care of family, especially ailing parents. Here, the only solution they know is a daycare for kids and nursing home for elders. Making more money takes more priority over spending quality time with loved once. Please keep writing and sharing.

Kala Dhar Baral said...

Postakji , great you have started to write congratualations ! Keep writing


regarding story, i would say that we should not forget swodharma even though we are away from mother country.

One should do something , atleast some donations to mother country , there are many people who have not got the chances that we have been enjoying .This will make everyone alive , they will get more love & respect

Sanjuuu said...

Great Story, keep it up

Anonymous said...

Very Touchy story......

I would like to comment on sapanasansar's comment. He had written about Birkhe.....who is Birkhe...... Is that sure that if Toran had been in nepal his childrens look after him.I think it depend upon the children.If they think thats their duty to take care of their parents....Otherwise he may in nepal or USA it doesnot matter..............

Postak Shrestha said...

Hi friends. Thank you for taking your time to go thru my write up and sharing your views. Appreciate them very much and in deed, I need them to keep me going. Thank you once again.

Anonymous said...

Postak Ji,

It is great story. I don't wanna say story it is real life in US. Say truly I ignored it before because I don't have enough time to read, but Amal really pushed me to go through it. It is heart touching. Just question for you, who named Toran Prasad as Ran. Keep it up.

Dadin+Amal

Anonymous said...

good job. keep it up.

hem dahal said...

यथार्थमा जीवन्को सत्य चित्रण गरिएको यो लेख साँच्चिकै जीवनको यथार्थ हो । जीवनलाई जस्ले बुझ्छ , जो जीवनको गती सँग अगाडि बड्दै जाँदा यी आरोह अबरोह भोग्दै र अनुभब गर्दै जान्छ ,र पाठक सामु सत्य चित्रण गरिदिन्छ , ले सबैको हिर्दय छुन्छ । शायद रन् का छोरा छोरी ले पनि आफ्नो भबिस्यको यस्तो कल्पना गरे होलान , तर उनिहरुले गरे पनि नगरे पनि मैले यस्तै चित्रण गरे ।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP