Skip to main content

Posts

Showing posts with the label लघुकथा

वास्तविकता

संगम 'मरुभूमि' तनहूँ ऊ प्रतिभावन कलाकार हो। उसको कलाको प्रशांसा नगर्ने सायद कोही नहोलान। आज पनि ऊ एउटा राष्ट्रियस्तरको सास्कृतिक कार्यक्रममा सहभागी हुदै छ। त्यसमा उसले नाटकको प्रमुख पात्रको भूमिका निभाउने भएको छ। रङ्गमञ्चको पर्दा विस्तारै खुल्छ नाटक सुरु हुन्छ। अरबपतिको भूमिकामा उसको जीवन्त अभिनय देखेर सबै दर्शक प्रभावित भए। त्यसबखत उसले पैसाको सिरानी बनाएको, सुनको थालीमा खाएको र लाखौँ असफी दान दिइएको दृश्यले व्यक्तित्व नै अर्कै देखियो। कार्यक्रम सकियो र ऊ डेरामा फर्कियो। निकै रात परि सकेछ। उसले स्टोभ वाल्यो पानी ततायो र नुन मिसायो अनि विहानको वाँकी रहेको रोटीको टुक्रा पानीमा चोप्दै स्वादिष्ट मानेर खान थाल्यो।

रक्तबीज

बगाले, मिलन एउटा ठूलो नक्सा गोलो टेबुलमाथी फिजारियो र गम्भीर बिमर्श थालियो। केही बेरको विमर्शपछि टेबुल वरिपरि बसेका काला, गोरा, खैरा, चुच्चे, नेप्टे, थेप्चे सबैको हातमा एक–एक थान रातो कलम थमाईयो। कलम हात पर्नासाथ सबैको ध्यान त्यै नक्सातिर तानियो अनि सुरु भयो रातो कलमले त्यो नक्सालाई अन्धाधुन्ध चिराचिरा पार्ने र घेराबन्दी गर्ने अत्यासलाग्दो उपक्रम। “यहा देखि यहा सम्म मेरो” “यतादेखि उतासम्म मेरो” “यो पिधतिरको सप्पै सर्लक्कै मेरो” “यो बिचतिरको सप्पै मेरो” हेर्दाहेर्दै अघिको त्यो सुन्दर नक्सा विद्रुप, कुरुप र रगताम्य जस्तो देखियो। कलम समात्ने सबैका आखा राता राता भए र भैरवझै डरलाग्दा देखिए। भुगोलका काला धर्साहरु सबै बिलाएको त्यो नक्सा कताकता रक्तकुण्डको झल्को मेटाउने अमूर्त चित्रजस्तो थियो। "नाइ !" म चिच्याउदै उठे। हैन, यो रातो कलम कतै मेरो देश चिराचिरा पार्ने रक्तबीज बनेर सबैको मनमा हुर्कन थालेको त होइन? मेरो मनको यो भुइचालो के ले शान्त होला खै? सुन्दैछु, हिजोआज त्यै भुइचालो ल्याउने विहानीको स्वागतार्थ धेरैजाना रातो कार्पेट ओछ्याएर तम्तयार भइसके रे ! स्थायी ठेगाना : क...

भगवान

कुसुम ज्ञवाली पोष्ट वक्स नं २३३७२, काठमाण्डौ सन्तेकामी पण्डित घनश्याम गुरुभन्दा कम धार्मिक थिएन । क-ख नपढे पनि अनुभवको विद्वान थियो ऊ । एकदिन सन्तेकामी पशुपतिनाथ भगवान्को दर्शन गर्न नेपालतिर हिँड्यो । बसपार्कबाट ओर्लदा खर्चको लागि ल्याएको पैसा चोरियो । भोको सन्तेलाई एक गिलाससम्म चिया खान दिने कोही भएन । पशुपतिनामा जसरी तसरी भोकले मरणासन्न बनेर भौंतारियो । न्तेकामी बाटामा सैयौँ भिखारीसँग माग्न बस्यो । दिनभरिमा एक रुपैयाँ पनि नपाएपछि उसलाई शंका लाग्यो - पशुपतिनाथ मन्दिरमा पनि देवता छैनन् कि कसो हो ? भोकले र काठमाडौंको जाडोले सन्तेलाई बस्न सुत्न दिएन । सन्ते शिव भजनको सुमधुर संगीत छोडेर कतै होटलमा भाँडा माझेर भए पनि एक पेट खान भौतारिँदै हिँड्यो । एक गजल रेस्टुरेन्ट अगाडी सन्ते उभियो । गजल रेस्टुरेन्टमा '........... पिछे क्या हे' भन्ने गीत घन्कदै थियो । भित्रबाट राम्ररी खुट्टाले भुइँ टेक्न नसकेको मान्छे आयो । घनश्याम पण्डितको छोरालाई एक्कासी भेट्दा सन्ते अल्मलियो । 'किन लजाको सन्ते ?' हृवास्स जाँड डकारेर उसले सोध्यो ।सन्तेले जम्लाहात गरेर बिन्ती गर्‍यो 'म बिखर्ची भएँ रा...